विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताए । उनले नेपालमा… Continue reading विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए । उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले… Continue reading व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले निरन्तर लज्जास्पद प्रदर्शन गर्दा कुनै पनि खेलमा जित निकाल्न सकेन । प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टूको यस सिरिजमा नेपालले मात्र एक अंक जोडेको छ । नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा… Continue reading आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालको निरन्तर लज्जास्पद प्रदर्शन

तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आजदेखि आगामी पुस ७ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सिरुखर्क–माल्मुल क्षेत्रमा आजदेखि आगामी पुस ७ गतेसम्म बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२… Continue reading तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

रोनाल्डो करिअरकै कठिन मोडमा, प्रशिक्षक सान्तोससँगको विवाद झनै चर्किँदै

काठमाडौं । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। कीर्तिमानै–कीर्तिमान बनाएका रोनाल्डाको क्लबसँगै अन्तर्राष्ट्रिय करिअर पनि जोखिम मोडमा पुगेको छ। पोर्चुगल राष्ट्रिय टोलीका निर्विकल्प स्टार रहेका रोनाल्डोले जारी विश्वकपको नकआउटको स्विट्जरल्याण्डविरुद्धको महत्वपूर्ण खेलको अधिकांश समय बेन्चमा बिताए । रोनाल्डो र मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसबीचको विवाद झनै चकिँदै गएको छ। सान्तोसले बिहीबार… Continue reading रोनाल्डो करिअरकै कठिन मोडमा, प्रशिक्षक सान्तोससँगको विवाद झनै चर्किँदै

मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्। बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको… Continue reading मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

काठमाडौं । ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण शुक्रबारदेखि शुरु हुने भएको छ। निर्माणको ठेक्का पाएको एमरएस आशिष-समानान्तर जेभीले शुक्रबारदेखि काम शुरु गर्न लागेको हो । ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आशिष-समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको… Continue reading ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

Boris Roessler/dpa via AP

काठमाडौं । जर्मनीमा ‘कु’को प्रयास भएको छ । सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मन प्रहरीले देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जर्मन अधिकारीहरूले सरकारविरुद्धको ‘कु’ को प्रयासमा उग्रदक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरू समूह सक्रिय रहेको उल्लेख गरेका छन् । उक्त समूहले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने… Continue reading जर्मनीमा ‘कु’को प्रयास, देशभर हाइ अलर्ट

ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ। मङ्गलवार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन्। उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश रहेको बीबीसीले लेखेको छ ।… Continue reading ट्रम्प अर्गनाइजेसन कर छलिमा दोषी ठहरिँदा ट्रम्पलाई राष्ट्रपति उम्मेदवारको होडमा के असर पर्छ ?

लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो… Continue reading लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

आज योमरी पुन्हि, यस्तो छ महत्व

काठमाडौं\रासस । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना… Continue reading आज योमरी पुन्हि, यस्तो छ महत्व

सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

File

काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा कडाई गर्ने भएको छ । जाँच नगरी सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी वातावरण विभागले दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिँदै सूचना जारी… Continue reading सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

काठमाडौं । नेपालले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान लिने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री… Continue reading फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल… Continue reading उडिरहेको जहाजमा चिल ठोक्किएपछि..

परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को सेमिफाइनलबाट बाहिरिएकी छिन् । कम भोटको आधारमा परिजिता अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको हो । नेपाली समयानुसार बुधवार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए हुन् । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँचमा प्रवेश गरेका… Continue reading परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

काठमाडौं । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । एक महिनाकै अवधिमा विश्व बजारमा कच्चा तेलको भाउ करिब १९ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो । एक महिनामै कच्चा तेलको भाउ… Continue reading कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

रोकिएन् शेयर बजारको ओरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् । मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । गोरखा–२ को… Continue reading प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

‘संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा हुँदैन्’- सर्वोच्च बार अध्यक्ष शाक्य

photo: onlinekhabar

काठमाडौं । संविधानविद् एवं सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले महाअभियोगबारे संसदले निर्णय गर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएसँगै शाक्यले उक्त कुरा बताएका हुन् । संविधानत: संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा नहुने उनले बताए। सचिवालयले महाअभियोग निष्क्रिय गर्न मिल्दैन। उहाँलाई संसदमा महाअभियोग… Continue reading ‘संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा हुँदैन्’- सर्वोच्च बार अध्यक्ष शाक्य

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा.भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ महाअभियोग निष्क्रिय भएको पत्र दिएका हुन् । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी… Continue reading चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र एभरेस्ट म्यानले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । कजाकस्तानको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो । वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको… Continue reading ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल र नामिबिया आज दोस्रो पटक भिड्दैछन् । नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र… Continue reading आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा गरेको खर्च विवरण बुझाएका छन् । जस अनुसार उनको खर्च २३ लाख १२ हजार रुपैयाँ भएको देखिएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि… Continue reading प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

हँसिया प्रहार गरी कैलालीमा एक जनाको हत्या

कैलाली । कैलालीमा हँसिया प्रहार गरी एक जनाको हत्या भएको छ । हत्या मृतकका भिनाजुबाटै भएको प्रहरीले जनाएको छ । हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज… Continue reading हँसिया प्रहार गरी कैलालीमा एक जनाको हत्या

निर्वाचनमा धाँधली भएको भन्दै विष्णु पौडेलको जितविरुद्ध रास्वपाले गर्यो मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप… Continue reading निर्वाचनमा धाँधली भएको भन्दै विष्णु पौडेलको जितविरुद्ध रास्वपाले गर्यो मुद्दा दायर

रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

काठमाडौं । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको पोर्चुगलले विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकालेको छ । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेलेका थिए । उनले ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । यससँगै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस… Continue reading रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनेको छ । उसलाई मोरककोले पेनाल्टीमा ३–० ले हरायो । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने । उनले दुई पेनाल्टी बचाए । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकप इतिहासमा… Continue reading स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौंका आकासे पुल मर्मत गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण… Continue reading काठमाडौंका आकासे पुल मर्मत गरिने

पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए।… Continue reading पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध