काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.९९अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३४ कम्पनीको ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
Author: Vishwanews.com
समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान
बर्दीया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उनको भनाइ छ… Continue reading समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान
९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका हुन् । केही बैंकले… Continue reading ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?
टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । कँडेलको उपचारका क्रममा… Continue reading टोखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे संघीय सरकारको साथ मागेको छ । सोमबार थापाथलीमा झडप भएको थियो । सो क्रममा महानगरका प्रहरीहरु घाइते भएका छन् । केही मानिसहरुले मेयर बालेन्द्र साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । सो भिडियो सामाजिक सञ्जालमा राख्दै बालेनले संघीय सरकारको साथ मागेका… Continue reading सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ
सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछाने सांसद भएदेखि नै चितवनमा सक्रिय छन् । उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुने भन्दै आफुले काम थालेको बताएका छन् । ‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति… Continue reading सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी,… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
काठमाडौं । सबैभन्दा धेरै विश्वकप उचाल्ने टीम ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकाल्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई ब्राजिलले १–० गोलले हरायो । पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश… Continue reading स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकालेको ब्राजिल अन्तिम १६ मा
विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सोमबार राती सम्पन्न खेलमा दुवै टिमले उत्कृष्ट फुटबल खेले पनि नतिजा पोर्चुगलको पक्षमा आएको हो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो… Continue reading विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा
नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका नेताहरुबीच छलफल
काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । उता, पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच नयाँ सरकार गठन बारे भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा… Continue reading नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका नेताहरुबीच छलफल
मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?
काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। एक हप्तापछि भने दैनिक… Continue reading मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?
अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने
काठमाडौं । यूरोपेली यूनियनले एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको छ । यसबारे युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले पुनः स्थलगत परीक्षण गर्ने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे… Continue reading अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने
महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुमाथि उजुरी परेको छ । महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले धारिलो हतियार, ढुंगा, मुढासहितका सामग्री बोकेर आपराधिक मनसायले… Continue reading महानगरका प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको… Continue reading ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै
काठमाडौं । चिनियाँ वायुसेवा प्रदायक कम्पनी चाइना साउदर्नले फेरि काठमाडौंमा नेपालमा नियमित उडान गर्ने भएको छ । एयरलाइन्सले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको हो । यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने कम्पनीले जनाएको छ । एयरलाइन्सका अनुसार काठमाडौंमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज… Continue reading चाइना साउदर्नले ग्वाङझाउ-काठमाडौं नियमित उडान थाल्दै
बागमतीको सुकुम्बासी बस्तीमा महानगर पसेपछि कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । स्थानीयले टायर बालेर प्रदर्शन… Continue reading बागमतीको सुकुम्बासी बस्तीमा महानगर पसेपछि कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार
नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १५.५० अंकले घटेर१९५०. ३७ विन्दुमा झरेको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेसँगै बजार बढ्ने आकंलन गरिएको थियो । तर त्यो आंकलन प्रमाणित हुन सकेन । आइतवार दोहोरो अंकले… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन
काठमाडौं । चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ। राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेको बीबीसीले लेखेको छ । प्रदर्शनकारीहरूले सीको शून्य(कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक… Continue reading चीनमा लकडाउन विरुद्ध देशैभर चर्कियो प्रदर्शन
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा
काठमाडौं । समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना भइसकेको छ । जस अनुसार एमालेको मत २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत पाएइका छन् ।, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा… Continue reading समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा
सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी
धरान । सुनसरी १ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन् । सुरुवाती गणनामा तामाङले अग्रता लिएकी थिइन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याए । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३… Continue reading सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी
विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन
काठमाडौं । फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बने पनि कठिन भएको छ । स्पेन भने सहज अवस्थामा छ। समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता… Continue reading विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन
कोरियन भाषा परीक्षाको आवेदन खुला
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना… Continue reading कोरियन भाषा परीक्षाको आवेदन खुला
विश्वकप : बेल्जियम र क्यानडा हारे
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बेल्जियम र क्यानडाले हार बेहोरेका छन् । यससँगै क्यानडा समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ । आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा विश्वकपको डेब्यू गोल गर्दै क्रोएसियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा क्यानडा ४–१ ले पराजित भयो ।पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा लगातार दोस्रो हारपछि अंकविहीन छ… Continue reading विश्वकप : बेल्जियम र क्यानडा हारे
आज विवाह पञ्चमी, जनकपुरमा विशेष तामधाम
जनकपुर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी मनाइंदैछ । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको थयो । सोही विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र… Continue reading आज विवाह पञ्चमी, जनकपुरमा विशेष तामधाम
दोलखाका १० क्षेत्रमा पुनः मतदान हुने
काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । मंसिर ४ गते आइतबार भएकै निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका ६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र… Continue reading दोलखाका १० क्षेत्रमा पुनः मतदान हुने
स्रोत नखुलेको १४ लाख भारुसहित भारतीय नागरिक समातिए
काठमाडौं । स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिक समातिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले बुद्ध एयरको विमानबाट काठमाडौैंबाट विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका अलीसँग एक हजार रुपैयाँका चार सय ८४ थान र पाँच सय रुपैयाँका… Continue reading स्रोत नखुलेको १४ लाख भारुसहित भारतीय नागरिक समातिए
पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित
काठमाडौं । इलाम-१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो । खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए ।
फागुन मसान्तभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौं । आगामी फागुन मसान्त भित्र देशभरका सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक २८ गतेको बैठकले फागुन मसान्त भित्र सम्पूर्ण सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जोड्नु पर्ने निर्णय गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ अनुसार यस्तो… Continue reading फागुन मसान्तभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
जसपा पनि बन्यो राष्ट्रिय पार्टी, समानुपातिकमा कट्यो तीन लाख मत
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ सिट जितिसकेको जसपाले समानुपातिकमा पनि तीन लाख मत कटाएको छ । ८७ लाख मतगणना हुँदा उसले तीन लाख ३३० मत पाइसकेको छ । राष्ट्रिय पार्टी हुन कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने थ्रेस होल्ड छ । जसपाले… Continue reading जसपा पनि बन्यो राष्ट्रिय पार्टी, समानुपातिकमा कट्यो तीन लाख मत
माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.४३ अंकले बढेर १९६५..९८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि