झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार साँझ मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु… Continue reading झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु

अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

पोखरा । अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिका सिंहले स्वर्ण पदक संख्या चार पुर्याएकी छिन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेसँगै उनको स्वर्ण संख्या चार पुगेको हो । त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।… Continue reading अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

काठमाडौं । विश्वचर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपाल आएका छन् । उनी आइतबार काठमाडौं अवतरण गरेका हुन् । उनी सोमबार बिहान लुक्ला उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी नेपाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । लुक्लामा उनले स्काई डाइभिङ गर्ने छन्… Continue reading मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा

निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने जनाएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले… Continue reading निर्वाचन आयोगले फेसबुकसँग सहकार्य गर्ने, गलत सूचनामा बन्देज

सत्यमोहन जोशीको निधनको शोकमा मंगलवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले कात्तिक १ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालय सोमबार एक विज्ञप्ति जारी गरी शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएको हो । १०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

तस्बिरः चौधरीको सचिवालय

काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा पर्ने एक मात्र नेपाली उम्मेदवार चुनावी अभियानमा लागेका छन् । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विनोद चौधरी मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा लागेका हुन् । चौधरीले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को सिसानी, प्रतापपुर क्षेत्रमा चुनावी अभियान शुरु गरेका छन्… Continue reading मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँ बराबरको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

Photo : The Rising Nepal

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ४७ मिनेट जुरेको जनाएको हो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ… Continue reading भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ… Continue reading भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो। आयोगका सहसचिव… Continue reading लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण

राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?

काठमाडौं । अहिले नवौं राष्ट्रिय खेलकुद जारी छ । पोखरामा गत शुक्रबार औपचारिक उद्घाटन भएको प्रतियोगिता गण्डकी प्रदेशमा जारी छ । तेस्रो दिनका खेल सकिदासम्म पदक तालिकामा विभागीय टीमहरुको दवदवा देखिएको छ । पदक तालिकामा नेपाल आर्मी ८६ पदकसहित शीर्षस्थानमा छ । उसले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेको… Continue reading राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?

भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन

The indian ecpress

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष चुन्न सोमबार मतदान हुने भएको छ । भारतको पुरानो राजनीतिक पार्टी कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्न लागेको छ । कंग्रेसको अध्यक्षका लागि मालिकार्जुन खार्गे र शशि थरूर चुनावी मैदानमा छन्। टाइम्स अफ इन्डियाका अनुसार अध्यक्षको दौडमा ८० वर्षका खार्गे थरूरभन्दा अघि छन्। कर्नाटका राज्यबाट माथिल्लो… Continue reading भारतीय कंग्रेसको नेतृत्वका लागि आज निर्वाचन

बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?

BBC

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा बनाएको छ । मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्‍बाट पारित गर्ने तयारी छ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो । मन्त्रालयले… Continue reading बेलायतमा कहिलेबाट जान पाउँछन् नेपाली नर्स ?

एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुई जना किशोर–किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।, उनीहरु तीन दिनअघि बाट सम्पर्क… Continue reading एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा रिटको सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो । बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द… Continue reading राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित

file

काठमाडौं । सरकारले देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो। आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा… Continue reading खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित

शताब्दी पुरूषको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका परिसरमा पुगेर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका हुन् । १०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो । श्रद्धाञ्जली दिँदै… Continue reading शताब्दी पुरूषको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

शताब्दी पुरूष सत्यमोहन जोशीको दाहसंस्कार नहुने, पार्थिव शरीर अध्ययनका लागि राखिने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । जोशीको शरीरमा नगल्ने खालको केमिकल प्रयोग गरेर अध्ययनका लागि किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि राखिने भएको हो । जोशीले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार राख्न लागिएको हो । जोशीको किष्ट… Continue reading शताब्दी पुरूष सत्यमोहन जोशीको दाहसंस्कार नहुने, पार्थिव शरीर अध्ययनका लागि राखिने

सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने

काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा घोषणा गरेको छ । आइतबार किष्ट मेडिकल कलेजमा जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त जनाकारी गराएका हुन् । जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरमै राखिएको छ ।

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु

file

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको खसेर मृत्यु भएको छ। क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको… Continue reading नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु

आठौं संस्करणको टी–२० विश्वकप आजबाट

काठमाडौं । आठौं संस्करणको टी–२० विश्वकप आजबाट सुरू हुँदैछ। अष्ट्रेलियामा चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता दुई चरणमा चल्नेछ । पहिलो चरणमा समूह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९ः४५ बजे सुरू हुनेछ। दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ… Continue reading आठौं संस्करणको टी–२० विश्वकप आजबाट

सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीका योगदानलाई राज्यले सधैं सम्झिइरहने प्रतिक्रिया दिएका छन् । जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनी २४ दिनदेखि किष्ट अस्पतालमा उपचारत थिए । जोशीको निधनको खबरले आफूलाई दुखि बनाएको देउवाले आज ट्वीट गर्दै उल्लेख गरेका छन्। उनले भनेका छन् , ‘शताब्दी पुरूष सत्यमोहन… Continue reading सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा संयुक्त प्रशिक्षण दिँदै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज काठमाडौंमा कार्यकर्तालाई चुनावी रणनीतिबारे संयुक्त प्रशिक्षण दिँदै छन् । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम छ। उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण… Continue reading सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा संयुक्त प्रशिक्षण दिँदै

शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ । उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ । उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए… Continue reading शरीर नै दान गरेका थिए शताब्दी पुरूष जोशीले, कसरी हुन्छ अन्त्येष्टी ?

एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण… Continue reading एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली

रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको१०३ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट स्रोतलाइ उदृत गर्दै संचारमाध्यमले पुष्टि गरेका छन् । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल… Continue reading रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

प्रचण्डले घुमे गोरखा दरवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने… Continue reading प्रचण्डले घुमे गोरखा दरवार

टर्कीमा कोइला खानीमा विष्फोट, कम्तिमा २५ जना मारिए

Photo : Time

इस्तानबुल\बीबीसी । उत्तरी टर्कीको बार्टिन प्रान्तमा एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २५ जना मारिनुका साथै दर्जनौँ मानिसहरू पुरिएका छन्।विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए। टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्। आपतकालिन… Continue reading टर्कीमा कोइला खानीमा विष्फोट, कम्तिमा २५ जना मारिए

अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने

सिड्नी\एजेन्सी । अस्ट्रेलियामा कोभिड महामारीका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्न सक्ने अधिकार घटेको छ । यससँगै अब काम गर्न पाउने समय कम हुने भएको छ । जसका कारण त्यहाँ रहेका हजारौं नेपाली समेत प्रभावित हुनेछन् । गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने भनेको छ । अस्ट्रेलियामा… Continue reading अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई काम गर्न पाउने समय घट्यो, नेपाली पनि प्रभावित हुने