स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

Setopati

काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् । उनले बालेन अन्तर्राष्ट्रिय ठग भएको भन्दै जातीय टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयाजना भएको एक कार्यक्रममा स्थापितले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, यो त अन्तर्राष्ट्रिय ठग रहेछ, युवाहरूले सुनौं है, मसँग… Continue reading स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने… Continue reading भारतबाट इन्धनको लागत मूल्य बढेर आयो, पेट्रोल भन्दा डिजेल महंगो

एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीहरुलाई कारबाही नगर्न समेत आग्रह गरेका छन् । प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १०… Continue reading एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन

काठमाडौं । टी-२० क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ । किर्तिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेल… Continue reading टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन

को हुन् आईजीपी नियुक्त भएका सिंह, नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने

काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो। सिंहभन्दा डेढ वर्षअघि… Continue reading को हुन् आईजीपी नियुक्त भएका सिंह, नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने

वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए । सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो। सिंहभन्दा डेढ वर्षअघि… Continue reading वरियतामा मिच्दै नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

काठमाडौं । सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ। आइतवार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । वैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने… Continue reading गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

काठमाडौं । निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गरेमा निर्वाचन आयोगले पुरस्कृत गर्ने निर्णय गरेको छ । चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने आयोगले सूचना मार्फत जानकारी… Continue reading निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

Photo : spotlightnepal

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारबाट मेलम्चीको पानी वितरण क्षमता बढाउने भएको छ । अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने भएको हो । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पान िपुगिसक्ने भएको हो । वैशाख ११… Continue reading आजबाट मेलम्चीको पानी वितरण बढ्ने, कति जाने छ काठमाडौंका धारामा ?

रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन

काठमाडौं । रियल म्याड्रिड सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ । गतराती स्पान्योलमाथि ४–० को जित निकालेको रियल चार खेल अगाडी नै च्याम्पियन बन्न सफल भयो । स्पान्योलमाथि घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एकएक गोल गरेका छन् । खेलको ३३ औं मिनेटमा रोड्रिगोले… Continue reading रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन

कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने, कुन शहरमा कहिले ?

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी खुला सभा गर्ने निर्णय गरेको छ । स्थानीय चुनाव केन्द्रित सभा वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सक्ने गरि तालिका राखिएको छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो। जिल्ला कार्यसमितिहरूको संयोजनमा सभाहरू हुनेछन् । काठमाडौंमा कांग्रेसले वैशाख २३… Continue reading कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभा गर्ने, कुन शहरमा कहिले ?

कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा तीन दलसहित नेताहरू र गण्डकी प्रदेश सभामुखलाई सचेत गराउने निर्णय गरेको छ। आयोगले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराउने निर्णय गरेको हो। आचारसंहिता उल्लङ्घनबारे आयोगमा १० उजुरी परेको थियो। ती उजुरीबारे शुक्रबारको आयोग बैठकमा छलफल भएको थियो। आयोगले आचारसंहिता प्रतिकूल हुने काम नगर्न ती… Continue reading कांग्रेस नेता कोइरालासहित दल र नेतालाई आचारसंहिता उल्लघंनमा आयोगले सचेत गराउने

आज श्रमिक दिवस, विश्वभर मनाइदैं

काठमाडौं । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ ।… Continue reading आज श्रमिक दिवस, विश्वभर मनाइदैं

वर्षाले गर्दा जिम्बाब्वे र नेपालबीचको खेल तालिका परिवर्तन

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीच हुने गरि तोकिएको एकदिवसीय र टी–२० सिरिजको खेल तालिका परिमार्जन भएको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा हुने गरि तोकिएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएसँगै अन्य तालिका समेत परिवर्तन भएको हो । अब पहिले टी–२० सिरिज हुने भएको छ । पहिलो टी–२० वैशाख १८ मा, दोस्रो… Continue reading वर्षाले गर्दा जिम्बाब्वे र नेपालबीचको खेल तालिका परिवर्तन

बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

प्यूठान । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। नौबहिनी गाउँपालिका(४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको… Continue reading बुबाको हत्याको आरोपमा प्यूठानमा छोरा पक्राउ

कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

काठमाडौं । नेपाल सरकारले मलेसियामा कार्यरत नेपाली मजदुरको पारिश्रमिक बढाउन त्यहाँको सरकारसँग आग्रह गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा… Continue reading कामदारको न्यूनतम पारिश्रमिक बढाउन मलेसियासँग नेपालको आग्रह

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

काठमाडौं । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ उड्नै लाग्दा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज अकस्मात रोक्नु परेको र सो क्रममा जहाजका पांग्रा पड्किएको बताइएको छ । विमान ठूलो दुर्घटनाबाट बचेको हो । जहाजमा ७० जना सवार थिए । त्यस क्रममा रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको पाङ्ग्रा पड्किएपछि…

भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी

File

नयाँ दिल्ली । भारतमा बढ्दो कोरोना संक्रमण र मृत्युका कारण चिन्ता व्यक्त गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० जनाको कोरोनाका कारण ज्यान गएको छ । ३६८८ जनामा कोरोना पुष्टी भएको छ । यो पछिल्लो केही दिनयताकै बढी हो । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ हजार ६८४ पुगेको छ ।… Continue reading भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी

कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गतराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण… Continue reading कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाले प्रभावित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण प्रभावित बनेको छ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे शुरु हुने तालीका थियो । तर, बिहानबाट काठमाडौंमा परेको वर्षाका कारण खेल प्रभावित बनेको हो । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन… Continue reading नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाले प्रभावित

उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई २४ घण्टाभित्र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको खाताको विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र विवरण बुझाउन निर्देशन दिएको हो । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दलले प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको सामाजिक सञ्जालको खाता विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने बताएका छन् ।… Continue reading उमेदवारलाई सामाजिक संजालको प्रयोगमा आयोगको कडाई

देशभरबाट ५ हजार भन्दा बढी उमेदवारले लिए उमेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार भन्दा बढी उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका रहेको थियो । आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहमा मनोनयन दर्ता गराएका उम्मेदवारको एकीकृत सूचीलाई आयोगले अझै अन्तिम रूप भने दिइसकेको छैन ।… Continue reading देशभरबाट ५ हजार भन्दा बढी उमेदवारले लिए उमेदवारी फिर्ता

दक्षिण अफ्रिकाका बाढी-पहिरो पिडितलाई नेपालले दियो सहायता

काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी-पहिरोमा परेकालाई नेपालले सहायता प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच बाढी(पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको छ । दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् । कार्यक्रममा… Continue reading दक्षिण अफ्रिकाका बाढी-पहिरो पिडितलाई नेपालले दियो सहायता

आज उमेदवारले निर्वाचन चिन्ह पाउने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् । स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ । शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको… Continue reading आज उमेदवारले निर्वाचन चिन्ह पाउने

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइदैं

काठमाडौं । आज मातातीर्थ औसी, देशभर आमाको मुख हेर्ने दिनका रुपमा मनाइंदैछ । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिएको हो । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर… Continue reading आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइदैं

भरतपुरमा रेणु दाहालविरुद्ध बागी उठेका कांग्रेसका उमेदवार पार्टीबाट निष्काशित

काठमाडौं । चितवनमा गठबन्धनलाई चूनौति दिँदै बागी उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट स्वतः निष्काशनमा परेका छन् । पार्टीले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निष्काशन गरेको हो । भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वतः निष्काशनमा परेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले… Continue reading भरतपुरमा रेणु दाहालविरुद्ध बागी उठेका कांग्रेसका उमेदवार पार्टीबाट निष्काशित

२३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

काठमाडौं । आगामी २३ वैशाखबाट नेपालका आन्तरिक विमानस्थलमा रातको १२ बजेसम्म जहाज उड्ने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय उडानमा मात्र यो नियम कार्यान्वयनमा रहेको थियो । वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको छ… Continue reading २३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यससँगै गभर्नर अधिकारीको पद नहट्ने भएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको… Continue reading गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

काठमाडौं । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेफ साहलाई सद्भावना दूत नियुक्त गरेका हुन् । उनले खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई… Continue reading सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

नेपालमा थप १४ जनामा कोरोना पुष्टी, १९ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ। त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा… Continue reading नेपालमा थप १४ जनामा कोरोना पुष्टी, १९ जना कोरोनामुक्त