आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ । गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो… Continue reading आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित

काठमाडौं । पाका पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान आफ्नै निवासमा उनको निधन भएको हो । दिक्षितको बिहीबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरियो । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । सरकारले दीक्षितको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । नेपाल प्रहरीको एक टुकडीले… Continue reading रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित

प्रधानमन्त्री फेरी अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या आएको छ । ९ दिन सिंगापुरमा उपचार गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वास्थ स्थिति पुनः बिग्रिएको बालुवाटर स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । नेकपाका अनुसार बैठक अब शुक्रबार पुनः बस्ने गरी डाकिएको… Continue reading प्रधानमन्त्री फेरी अस्वस्थ

रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

तस्वीर साभार : बीबीसी

मस्को । रुसको राजधानी मस्को नजिक विमानस्थलबाट उडेको एक जहाज आकस्मिक अवतरण गर्नुपरेको छ । जहाजमा चरा ठोक्किएपछि एक खाली मैदान खाजेर आकस्मिक अवतरण गराइएको छ । खेतमा अवतरण भएको यस दूर्घटनामा २३ जना यात्रु घाइते भए पनि हताहतीका खबर नभएको बीबीसीले लेखेको छ । जहाजमा यात्रु र चालक दलका सदस्य गरी दुई सय ३३… Continue reading रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त

अमेरिका । संयुक्त राज्य अमेरिकामा फेरी गोली चलेको छ । अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थ कारोबारीसँग प्रहरीको गोली हानाहान भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् ।   घटनामा ६ जना प्रहरी घाइते भएका छन् ।फिलाडेल्फिया प्रहरी विभागका अनुसार लागूपदार्थ कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली हानाहान भएको हो । निकै बेरको संघर्षपछि मात्र कारोबारीलाई पक्रन प्रहरी… Continue reading अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त

रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ । आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले… Continue reading रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

काठमाडौं । कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण भएको भन्दै नेपाली दूतावासले भिडभाडमा नजान नेपालीहरुलाई सचेत गराएको छ । दोहामा भएको सांघातिक आक्रमणमा एक जनाको निधन भएको र पाँचजना घाइते भएको दूतावासले उल्लेख गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार दोहाको जैदा पार्कमा नेपालीमाथि आक्रामण भएको थियो । आक्रमणमा परी सुनसरीका तवरेज अन्सारीको निधन भएको दूतावासले… Continue reading कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं : सरकार

काठमाडौं । सरकारले सगरमाथा लगायत हिमाल सुरक्षित रहेको भन्दै यहाँ हुने दूर्घटनाबाट नआत्तिन संसारभरका पर्यटकलाई आग्रह गरेको छ । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणमा १५ जनाको निधन भएको र त्यसबारे अफवाह फैलिएपछि सरकारले छानविन समिति बनाएको थियो । त्यसमध्ये सगरमाथामा मात्र ८ जनाको निधन भएको थिया । प्रतिकूल मौसमका कारण बेलैमा आरोहण गर्न नसकेका… Continue reading सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं : सरकार

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स

काठमाडौं । नेपालबाट अब ४ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय सेड्यूल उडान गर्ने भएका छन् । सरकारले श्री एयरलाइन्सलाई बुधबार अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति दिएएपछि यस्ता कम्पनीको संख्या ४ पुगेको हो । यसअघि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसँग मात्र यस्तो लाइसेन्स थियो । श्रीले भने चार्टर्ड उडान मात्र गर्न सक्ने गरी अनुमति पाएको छ… Continue reading श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स

यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

अमेरिकाले भिषा तथा ग्रीनकार्ड सम्बन्धमा आफ्ना नीतिहरु परिवर्तन गरेको छ । अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्प आफ्नो  कार्यकालको प्रारम्भदेखि नै आप्रवासीहरुविरुद्ध आक्रामक छन् । यसै मेसोमा नयाँ नियम ल्याएर ग्रिनकार्ड प्राप्ती सम्बन्धि प्रावधान कडा बनाइएको हो । अमेरिकामा बसिरहेका आप्रवासीले भिषा थप र स्थायी नागरिकता (ग्रीन कार्डै पाउने प्रक्रियामा झण्झाट थपिदिएको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

प्रदेश मन्त्रीलाई पक्रन आदेश

काठमाडौं । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पक्रन प्रहरीलाई आदेश दिएको छ । बैंकिङ कसूरको मुद्दामा अदालतले उनलाई पक्रन आदेश दिएको हो । त्यसका लागि अदालतले तीन दिनको समय दिएको छ । कृषि विकास बैंकको बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र अदालतमा… Continue reading प्रदेश मन्त्रीलाई पक्रन आदेश

सागमा भारतको सहभागिता निश्चित

काठमाडौं । भारतले दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता निश्चित गरेको छ । आगामी १५ देखि २४ मंसिरसम्म काठमाडौंमा साग आयोजना हुँदैछ । प्रतियोगिताका लागि भारतले सहभागिता सुनिश्चित गरेको हो । सागमा सहभागि हुने प्रत्येक देशले आफ्नो सहभागिता निश्चित रहेको पत्र आयोजक देशलाई पठाउनु पर्छ । नेपाल ओलम्पिक कमिटिका अनुसार भारले कन्फरमेसन लेटर पठाएर आफ्नो सहभागिता… Continue reading सागमा भारतको सहभागिता निश्चित

विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशी लगानी नआए निजगढ विमानस्थल सरकार आफैले निर्माण गर्ने बताएका छन् । सरकारले यस आयोजनाका लागि विदेशी लगानी कुरिरहेको छ । यद्दपी लगानीको मोडालिटी भने तय भइसकेको छैन । अर्कोतर्फ लगानी बोर्डमार्फत करीव ७ वटा लगानीकर्ताले निजगढ विमानस्थलमा चासो देखाएका छन् । संसारकै ठूला विमानस्थलमध्ये… Continue reading विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई

प्राधिकरणमा कूलमान जादू, १ वर्षमै सवा ७ अर्ब मुनाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इतिहासमै सबैभन्दा ठूलो आर्थिक वृद्धि हाँसिल गर्न सफल भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको कूशल व्यवस्थापनमा प्राधिकरणले निरन्तर सकारात्मक नतिजा निकाल्न सफल भएको हो । लोडसेडिङ अन्त्य भएपछिको एक वर्ष अवधिमा प्राधिकरणको नाफा ७ अर्ब २० करोड पुगेको छ । अहिले प्राधिकरण जलविद्युत आयोजनाको निर्माण सक्ने र प्रसारण क्षमता… Continue reading प्राधिकरणमा कूलमान जादू, १ वर्षमै सवा ७ अर्ब मुनाफा

अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने । मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए । जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक… Continue reading अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७५\७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हाँसिल गर्ने क्रममा यो उपलब्धी प्राप्त गरेको हो । आव २०७३\७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धि भएकोमा आव २०७४\७५ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो । गत… Continue reading नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

धादिङ । त्रिशुली नदीमा बस दूर्घटनामा परी हराइरहेका १९ यात्रु अझै वेपत्ता छन् । शुक्रबार पृथ्वीराजमार्गको धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार यात्रुको खोजीमा गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसम्म खोजी कार्य जारी रहेपनि वेपत्ताको कुनै अत्तोपत्तो छैन । प्रहरी नदि किनारमा खटिएर खोजी जारी राखेपनि… Continue reading अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ

काठमाडौं । यूरोपमा आकर्षक रोजगारीमा पठाउने भन्द्यै व्यापक प्रचार प्रसार गरिरहेको एलाएन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। उक्त कन्सल्टेन्सीले विभिन्न सामाजिक संजालमा यूरोपका लागि आकर्षक जागिरका लागि भन्दै विज्ञापन गरेको थियो । उक्त झुठो विज्ञापनमार्फत यूवालाई ठगि गर्ने मनसाय राखेको भन्दै विभागको टोलीले छापा मारेको हो । कन्सल्टेन्सीको सिनामंगलस्थित कार्यालयमा छापा… Continue reading कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ

सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या

रौटहट । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका एक कर्मचारीले इमानदारीसाथ काम गर्दागर्दै फसाएको भन्दै आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आइतबार आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटे जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । सोही स्थानका स्थानीय उनी शनिबार काठमाडौंदेखि उदयपुर गएका थिए। प्रहरीका… Continue reading सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या

स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । सिंगापुरमा स्वास्थ्योपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम तय गरी अघिल्लो शनिबार सिंगापुर गएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई अनौपचारिक भएको बताए । उनले विमानस्थलमा संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । आफू ठिक भएको फर्किएको भन्दै प्रधानमन्त्रीले केही दिनपछि सबै जानकारी थाहा… Continue reading स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड… Continue reading काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..

हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । हजारौं मानिसको भीड टर्मीनलमा छिरेपछि प्रहरीको केही लागेन । फलस्वरुप सोमबारका लागि निर्धारित सबै उडान अवतरण रद्द भएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । हङकङमा सरकार विरोधी आन्दोलनमा सहभागी हजरौं मानिस एकै पटक विमानस्थल भित्र छिरेर अड्डा जमाएका थिए… Continue reading जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..

विमानस्थलमा मध्यरातमा आउने जहाजलाई सहुलियत

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा मध्यरातपछि अवतरण गर्ने जहाजलाई सहुलियत दिने तयारी गरेको छ । यसको सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरोकारवालालाई निर्देशन दिएका छन् । खासगरी रातको १२ बजेपछि आउने जहाजका लागि नेभिगशनल शूल्क तथा ग्राउण्ड ह्याडिलिङमा दिन सकिने सुविधा सहुलीयत र सुविधाबारे मन्त्री भट्टराईले सरोकारवालासँग प्रस्ताव मागेका हुन्… Continue reading विमानस्थलमा मध्यरातमा आउने जहाजलाई सहुलियत

सामान्य बन्दै जम्मु कश्मीर

श्रीनगर । संविधानको एक अनुच्छेद नै खारेज गर्दै केन्द्र प्रशासित प्रदेशमा रुपान्तरण भएको भारतको जम्मु कश्मीर अब क्रमशः सामान्य बन्दै गएको छ । सरकारले पाँच दिनपछि शुक्रबार टेलिफोन र इन्टरनेट आंशिक रूपमा खोलेको छ । जसले गर्दा संचारले गति लिएको छ । प्रहरीका अनुसार पछिल्लो ६ दिन यता एउटा पनि अप्रिय घटना भएको छैन ।… Continue reading सामान्य बन्दै जम्मु कश्मीर

अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

काठमाडौं । सरकारले विद्यूतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै मुलुकभित्र अब पूर्वाधार विकासले गति लिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र मात्र करी डेढ दर्जन स्थानमा चार्जिङ स्टेशन स्थापनाको लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयक कार्ययोजनामा १ वर्ष भित्र २० स्थानमा चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखिएको छ । सरकारले… Continue reading अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ

दार्चुला । सशस्त्र प्रहरी जवान दीपकसिंह बडाल बाघको अबैध छालासहित पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट प्रहरीले सशस्त्र प्रहरीका जवानलाई बाघको छालासहित पक्राउ गरेको हो । उनी शुक्रबार राति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ गस्तीमा खटिएको प्रहरीले जवान बडाललाई पक्राउ गरेका हो । उनको साथबाट ३९ इन्च लामो तथा १० इन्च चौडा… Continue reading प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ

किन आक्रामक छन् प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकसाता यता नेपालमा छैनन् । नेपालमा सरकारको नेतृत्व कार्यबाहक प्रधानमन्त्रीका रुपमा इश्वर पोखरेलले गरिरहेका छन् भने नेकपाको नेतृत्व अध्यक्ष प्रचण्डले । जुन दिन प्रधानमन्त्री ओली स्वास्थोपचारका सिलसिलामा सिंगापुरतर्फ लागे, त्यसै रात प्रचण्ड यूएईबाट श्रीमती सिताको उपचार गरी स्वदेश फर्किए । जब प्रचण्ड नेपाल फर्किए , तब उनको आक्रामक अभिव्यक्ति… Continue reading किन आक्रामक छन् प्रचण्ड ?

बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

धादिङ । जथाभावी वालुवा निकाल्ने र खोलानालाको दोहन अत्यधिक भएका क्षेत्रमा दूर्घटनाको जोखिम ह्वात्तै बढेको छ । शनिबार मात्र धादिङमा दुई युवाले बालुवा निकाल्न खनेको खाल्डोमा परी ज्यान गुमाउनु परेको छ । गजुरी गाउँपालिका-६ ठुलीफाँटस्थित दरिङगाल खोलामा खाल्डोमा डुबेर स्थानीय २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ… Continue reading बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

नेपालमा छोइनसक्नु सुनको भाउ, खुम्चियो बजार

काठमाडौं ।सुनको भाउ आकासीयपछि नेपालमा सुन आम सर्वसाधारणको पहुँचबाट निकै टाढा पुगेको छ । अहिले प्रतितोला सुनको मूल्य ७० हजार नाघेको छ । यो इतिहासकै सर्वाधिक हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार भाउ आकासिएपछि बिक्रि ठप्प भएको छ । जसले गर्दा बजार खुम्च्याइदिएको छ । नेपालमा तीन, दशैं र बिवाहको मौसममा बढी सुनको कारोबार… Continue reading नेपालमा छोइनसक्नु सुनको भाउ, खुम्चियो बजार

अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए । महानगरपालिकाले यी दुई ब्रुमरका लागि ४ करोड रुपैयाँ खर्च गरेको छ । सोहीअवसरमा महानगरका… Continue reading अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने