काठमाडौं । गत वर्ष कोरोना भाइरसको उदगमस्थल चीनको बुहानबाट नेपाली विद्यार्थीलाई घर फिर्ता गराउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च भएको पाइएको छ । यो उडान सरकारले निःशुल्क गरेको थियो । नेपाली नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको हो । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले यस्तो… Continue reading गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च
Author: Vishwanews.com
नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब
काठमाडौं । नेपालमा सवा ४ खर्ब बेरुजुसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब भन्दा माथि पुगेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६\७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखा परिक्षकको कार्यालले यस्तो जानकारी गराएको हो । प्रतिवेदनका अनुसार सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१… Continue reading नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब
गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनको प्रयोजनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक कमिटि गठन भएको मन्त्रालयले जनाएको छ । सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुँदैछ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू,… Continue reading गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन
अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु
वासिंटन डिसी । अमेरिकाले आफ्ना नागरिकलाई कोभिड खोपको बूस्टर डोज सेप्टेम्बर २० बाट लगाउन शुरु गर्ने भएको छ यसलाई खोपको तेस्रो मात्रा समेत भनिएको छ । यो खोप सबै अमेरिकीले पाउने भएका छन् । सेप्टेम्बर २० तारिखदेखिसबै अमेरिकीका लागि बुस्टार डोज उपलब्ध हुने बीबीसीले जनाएको छ । करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ… Continue reading अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु
काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…
काठमाडौं । काठमाडौंमा भागेको एक राँगोलाई गोली हानेर मार्नु परेको छ । काठमाडौंको सडकमा आतंक मच्याएपछि राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । यो घटना बिहीबार राति करिब १० बजेतिरको हो । कालिमाटी रामघाटस्थितबाट एक राँगो दौडेर सडकमा निस्किएपछि सडकमा भागदौड मच्चिएको थियो । त्यसक्रममा राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्न थालेको थियो । बधशालामा ट्रकबाट… Continue reading काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…
नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टी, २२४४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा २०७९ र ७१२४ एन्टीजेन परीक्षणमा ९६३ जना गरी कुल ३०४२ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टी, २२४४ जना संक्रमण मुक्त
महन्थ ठाकुरको पार्टीबाट जसपा नाम हट्याे, वरिष्ठ नेता थपिए
काठमाडौं । महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएको ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो । यसअघि जसपा (लोकतान्त्रिक) नाम राखेर आयोगमा दर्ताका लागि प्रस्ताव गरिएपनि पुराना पार्टीसँग मिल्दोजुल्दो नाम भएकाले नयाँ नाम लिएर आउन आयोगले आग्रह… Continue reading महन्थ ठाकुरको पार्टीबाट जसपा नाम हट्याे, वरिष्ठ नेता थपिए
निर्वाचन आयोगमा माधव नेपालको नयाँ पार्टी दर्ता, नाम ‘नेकपा एकीकृत समाजवादी’
काठमाडौं । माधव नेपालको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपाल अध्यक्ष रहेको ‘नेकपा एकीकृत समाजवादी’ को नाम दर्ता भएको हो । नेपाल समूहले यसअघि नेकपा एमाले (समाजवादी) नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले एमाले नाम जुधेको भन्दै नाम संशोधन गर्न आग्रह गर्दै फिर्ता पठाएको थियो… Continue reading निर्वाचन आयोगमा माधव नेपालको नयाँ पार्टी दर्ता, नाम ‘नेकपा एकीकृत समाजवादी’
एमाले समाजवादीतर्फ नगएका ९ नेताले भने : एमाले एकता हुनुपर्छ
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका माधव नेपाल पक्षका ९ जना नेताले आफुहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन् । विगतमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका यी नेताहरुले अहिले माधव नेपालको साथ छाडेका छन् । माधव नेपाल भने एमाले समाजवादी पार्टी गठन गरि अगाडी बढेका छन् । आफूहरु पार्टी… Continue reading एमाले समाजवादीतर्फ नगएका ९ नेताले भने : एमाले एकता हुनुपर्छ
उच्च शिक्षाका लागि विश्व बैंकले दिने भयो ७ अर्ब रुपैयाँ ऋण
काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६ करोड अमेरिकी डलर अर्थात् करिब ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित एक समारोहमा बिहीबार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले… Continue reading उच्च शिक्षाका लागि विश्व बैंकले दिने भयो ७ अर्ब रुपैयाँ ऋण
लण्डनमा गोर्खाले तोडे आमरण अनसन, बेलायत सरकार वार्ता गर्न तयार
लण्डन । समान पेन्सनसहितका विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खाले अनसन तोडेका छन्। लण्डनमा विगत १३ दिनदेखि उनीहरु आमरण अनसनमा थिए । त्यहाँको सरकारले गोखाका मागबारे छलफल गर्न तयार रहेको बताएपछि गोर्खाको आन्दोलन स्थगित भएको हो । गोर्खा सत्याग्रह संघर्ष समितिलेका आह्वानमा आन्दोलन जारी छ । समितिका अनुसार गोर्खाको मागबारे बेलायत सरकार नेपाल… Continue reading लण्डनमा गोर्खाले तोडे आमरण अनसन, बेलायत सरकार वार्ता गर्न तयार
रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त
काठमाडौं । माधव कुमार नेपालले एमाले फुटाएसँगै सरकारले उनको नाममा छुट्याएका स्थानमा नियुक्तिहरु गर्न थालेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्न नेपालले नै निर्णायक भूमिका खेलेका हुन् । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।… Continue reading रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त
जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको दुतावासको सूचनामा उल्लेख गरेको छ । जापान सरकारले… Continue reading जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने
रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु
रसुवा । रसुवामा पहिरोले घर पुर्दा एकै घरका चार जनाको मृत्यु भएको छ । गतराती अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको राससले जनाएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष… Continue reading रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु
शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने
काठमाडौं । काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले खोप पाउने जानकारी गराएका छन् । उनका अनुसार शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई समेत… Continue reading शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने
एमाले फुट्नासाथ माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस
काठमाडौं । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो । राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्। शर्मा माधवकुमार नेपाल निकट हुन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन… Continue reading एमाले फुट्नासाथ माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस
कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै सरकारले भदौ ७ गते गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअघि गाईजात्रामा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने… Continue reading कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
‘एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु’ वामदेव गौतम
काठमाडौं । विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताएका छन्। पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्। तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले… Continue reading ‘एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु’ वामदेव गौतम
नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३०७५जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा २३२१ र ४४९२ एन्टीजेन परीक्षणमा ७५४ जना गरी कुल ३०७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१२६जना… Continue reading नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको मृत्यु
‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन भएको दाबी गरेका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालले निहुँ खोज्दा चोइटिएको बताउँदै ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् । ‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट… Continue reading ‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’
भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण
यूएई । काबुलमा तालिबानले कब्जा जमाएपछि देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीलाई संयुक्त अरब इमिरेट्सले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । मानवीयताका आधारमा गनी र उनको परिवारलाई शरण दिइएको मन्त्रालयको भनाई छ । आइतबार तालिबानले काबुल कब्जा गरेपछि उनी मिछेमी मुलुकतर्फ भागेका थिए ।… Continue reading भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण
नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन
दोलखा । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालनमा आएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सोमबारदेखि छ वटा युनिटबाट विद्युत उत्पादन थालिएको हो । यो आयोजनाको कुल क्षमता ४५६ मेगावाट हो । स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको गत जेठमा उद्घाटन भएको थियो । यसअघि ५ वटा युनिटबाट उत्पादन थालेको आयोजनामा सोमबारबाट… Continue reading नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन
साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग
काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कुल ५ मुलुकले सहभागिता जनाउने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्ने छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ खेल तालिका सार्वजनिक गरेको हो । एक वर्ष अगाडी नै… Continue reading साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग
सामान्य बन्दै अफगानिस्तानको जनजिवन
काबुल । २० वर्षको संघर्षपछि तालिवानले सत्ता कब्जा गरेसँगै अफगास्तिानमा देखिएको अनिश्चितता अब क्रमशः सहज बन्दै गएको छ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बनाएको छ । बीबीसीका अनुसार केही शहरमा तालिवान विरोधी प्रदर्शन भएका थिए । ती प्रदर्शनमा गोली चलाएको खबर आएको छ । तर, आम जनजीवन भने सामान्य बन्दै गएको छ… Continue reading सामान्य बन्दै अफगानिस्तानको जनजिवन
अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए
काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका २८८ जना नेपाली नेपाल आएका छन् । यो तालिवानले सत्तामा पकड जमाएयता आएका नेपालीको संख्या हो । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते… Continue reading अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए
अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री
हेटौडा । प्रदेशको मूख्यमन्त्री पदमा पहिलो पटक महिलाको नेतृत्व पुगेको छ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भएसँगै यो इतिहास कायम भएको हो । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि आजै शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएकी थिइन्… Continue reading अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री
दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे
काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा… Continue reading दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे
एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?
काठमाडौं । बुधबार निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएसँगै एमाले औपचारिक रुपमा फुटेको छ । यो पार्टीको नेतृत्व माधव कुमार नेपालले गरेका छन् । माधवकुमार नेपालको अध्यक्षतामा दर्ता भएको नयाँ पार्टीमा पार्टीको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । पार्टीमा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् । चुनाव… Continue reading एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?
नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टीजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त
मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। बुधबार पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्। एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो। अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने सहमतिमा पौडेलले राजीनामा दिएको बताइएको छ। एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा… Continue reading मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने