साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई,आयोजनाको अवसर नेपालले पाएन

काठमाडौं । १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । कोरोना महामारीका कारण बंगलादेशले साफ आयोजना गर्न नसक्ने बताएपछि नयाँ आयोजकका रूपमा माल्दिभ्सलाई छनोट गरिएको हो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको… Continue reading साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई,आयोजनाको अवसर नेपालले पाएन

नयाँ विवरण अध्यावधिक: जसपा अध्यक्षबाट ठाकुर आउट, १६ केन्द्रीय सदस्यको पद खोसियो

काठमाडौं। जनता समाजवादी पार्टी जसपाको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको हो। अध्यावधिसँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ। अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए। आयोगले… Continue reading नयाँ विवरण अध्यावधिक: जसपा अध्यक्षबाट ठाकुर आउट, १६ केन्द्रीय सदस्यको पद खोसियो

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय… Continue reading एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने

हाइड्रो र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा १४ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज विकास बैंक र फाइनान्सको समूहको सेयरमा चमक आए पनि अरु समूहको परिसूचकमा गिरावट आउँदा बजारले गति लिन नसकेको हो । सूचकमा झिनो बढोत्तरी आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज पनि १४ अर्ब बढीको कारोबार भएको छ । आज सेयर… Continue reading हाइड्रो र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा १४ अर्बको कारोबार

भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश पनि जारी गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको… Continue reading भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

फाइल तस्वीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने सबै प्रकारका परीक्षा नरोकिने भएको छ । परीक्षाबारे अन्यौल उत्पन्न भइरहेको समयमा विश्वविद्यालयले यस्तो जानकारी गराएको हो । भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने त्रिविले जनाएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको… Continue reading त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

अफगानिस्तानमा पाँच वटा प्रान्तिय राजधानी तालिवानको कब्जामा

GETTY IMAGES\BBC

काबुल । अन्तर्राष्ट्रिय फौजसँगको भिषण युद्धका वावजुत तालिबानले अफगानिस्तानमा देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाएको छ । अफगानिस्तानका कुल पाँचवटा क्षेत्रीय राजधानीमा कब्जा जमाएको बीबीसीले लेखेको छ। अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो। उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको समेत बीबीसीले लेखेको छ। तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई… Continue reading अफगानिस्तानमा पाँच वटा प्रान्तिय राजधानी तालिवानको कब्जामा

कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

File Pic : BBC

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए लामो समय दोस्रो मात्रा कुरेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज खोप प्रदान गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाले यसबारे जानकारी गराएको हो । जापानले नेपाललाई दिएको कुल १० लाखमध्ये ८ लाख डोज नेपाल आएको छ । भुटानबाट ३ लाख डोज… Continue reading कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

सरकारको लक्ष्य : खोप उत्पादन गर्ने ल्याव नेपालमा स्थापना गर्ने

Photo : AA Photo

काठमाडौं । सरकारले नेपालमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने ल्याव स्थापनाको घोषणा गरेको छ । अहिले नेपालले अन्य मुलुकमा बनिरहेको खोप विभिन्न माध्यमबाट ल्याउँदै नागरिकमा वितरण गरिरहेको छ । गठबन्धन सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब स्थापनाको लक्ष्य साझा न्यूनतम कार्यक्रममा राखिएको छ । सरकारले आइतबार कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा कोभिड–१९… Continue reading सरकारको लक्ष्य : खोप उत्पादन गर्ने ल्याव नेपालमा स्थापना गर्ने

सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

File Photo : AP

टोकियो । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ । अमेरिकाले ३९ स्वर्णसहित कुल ११३ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको ओलम्पिकको समापन समारोह भने जापानको राष्ट्रिय रङ्गशालामा आइतबार साँझ आयोजित भएको हो । दर्शकको उपस्थिति बिना नै ओलिम्पिक समापन कार्यक्रम आयोजना गरियो । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सो अवसरमा भब्य आयोजनाका… Continue reading सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

२१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

काठमाडौं । ‘गत वर्ष म बार्सिलोना छाड्न चाहन्थे, तर यो वर्ष म यही बस्न चाहन्छु,’ करीयरको २१ वर्ष बिताएको क्लव बार्सिलोनाबाट बिदाई हुने क्रममा अर्जेन्टाइन स्ट्राइकर मेसीले यसो भन्दै गर्दा उनको गहभरी आँसु आयो । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित हुनासाथ मेसी भावुक बने । उनको आँखाबाट अविरल आँसु बगिरह्यो… Continue reading २१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा पहिलो प्रथामिकताका कोरोनाविरुद्धको खोप राखिएको छ । कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण

काठमाडौं । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाफा तथा लाभांश वितरणमा राष्ट बैंकले कडाइ गरेपछि लगानीकर्ता हाइड्रोप्रति आकर्षित भएका हुन् । तुलनात्मक रुपमा हाइड्रोपावर कम्पनीहरुले पनि धमाधम आकर्षक वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि लगानीकर्ता यसप्रति आकर्षित भएक हुन् । यस्तै,मौद्रिक नीतिमार्फत हाइड्रोपावरलाई प्रोत्साहन गर्ने नीति ल्याइने हल्लाले… Continue reading जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण

थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख… Continue reading थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५५ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३पुगेको छ ।

कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनेका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

Reuters

काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खोप सोमबारबाट लगाइँदै छ । यो खोप सोमबार र मंगलबार लगाइनको लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। यसअघि एस्ट्राजेनेकाले नै विकास गरेको तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दोस्रो मात्राको रूपमा उक्त एस्ट्राजेनेका खोप लगाइन लागिएको हो । खोप तोकिएको लक्षित समूहलाई… Continue reading कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनेका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा

काठमाडौं । गायन क्षेत्रको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरले भुटानी शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका छन्। उनले प्राप्त गरेको २५ लाख रुपैयाँमा एक हजार रुपैयाँ आफ्नी आमालाई लगेर दिने र बाँकी रहेको पैसा र अन्य पैसा थपेर भुटानी शरणार्थीका लागि एउटा एम्बुलेन्स किन्ने घोषणा गरेका… Continue reading जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा

टोकियो ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक आज सकिदै छ । जुलाइ २३ मा शुरु भएको खेलहरुको आज अन्तिमदिन हो । अन्तिम दिनसम्ममा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काश्य जितेको छ । चीनलाई अमेरिका र जापानले पछ्याइरहेका… Continue reading टोकियो ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टी, १७२२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २२३१ र ४७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ ।… Continue reading नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टी, १७२२ जना संक्रमण मुक्त

कक्षा १२ को परीक्षा हाललाई स्थगित

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को परीक्षा हाललाई स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो । ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा पछि सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगित भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण… Continue reading कक्षा १२ को परीक्षा हाललाई स्थगित

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५… Continue reading एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा, कसरी ताेकिन्छ खाेप केन्द्र ?

Reuters

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले… Continue reading कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा, कसरी ताेकिन्छ खाेप केन्द्र ?

कोरोनाबाट विदेशी भूमिमा ४८६ जना नेपालीको मृत्यु,९१.८६ प्रतिशत संक्रमणमुक्त

File Photo REUTERS/Danish Siddiqui/THT

काठमाडौं । विभिन्न देशमा कोेरोेनाबाट हालसम्म ५ सय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाबाट गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । २९ देशमा रहेका नेपालीले विदेशमा मृत्यु भएको हो । संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोरोनाबाट प्रभावित भएका छन्… Continue reading कोरोनाबाट विदेशी भूमिमा ४८६ जना नेपालीको मृत्यु,९१.८६ प्रतिशत संक्रमणमुक्त

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ । दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । “आगलागी नियन्त्रणमा… Continue reading बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

नेपालमा थप ३७२९ जनामा कोरोना पुष्टी, १८८५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २४३० र ६१८२ एन्टिजेन परीक्षणमा १२९९जना गरी ३७२९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ३७२९ जनामा कोरोना पुष्टी, १८८५ जना संक्रमण मुक्त

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

AP Photo/Niranjan Shrestha

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा देशभर थप २५ जनाको मृत्यु भएसँगै उक्त संख्या १० हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

परमाणुसम्बन्धी वार्तामा फर्कन इरानलाई अमेरिकाको आग्रह, अवसर सधैँ खुल्ला नरहने चेतावनी

अमेरिका । अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएका छन् । सन् २०१५ मा इरान र… Continue reading परमाणुसम्बन्धी वार्तामा फर्कन इरानलाई अमेरिकाको आग्रह, अवसर सधैँ खुल्ला नरहने चेतावनी

नेपाल पक्षको शर्त:ओलीलाई आत्मालोचना गर्न एक साताको समय, अनि एकता

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले साउन २४ गतेसम्म एकताको काम सक्न वार्ता टोलीलाई निर्देशन दिएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमालेसँगको एकतालाई अन्तिम रुप दिन वार्ता टोलीलाई साउन २४ गतेसम्मको समय दिएको हो । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि… Continue reading नेपाल पक्षको शर्त:ओलीलाई आत्मालोचना गर्न एक साताको समय, अनि एकता

अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी विक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदूषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ । बिहीबार ह्वाइट हाउसद्वारा… Continue reading अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने

उज्यालिँदै काठमाडौंका मुख्य सडक, १७०० थान आधुनिक सडक बत्ती जगान गरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब ३० करोड रुपैयाँको लगानीमा १ हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख… Continue reading उज्यालिँदै काठमाडौंका मुख्य सडक, १७०० थान आधुनिक सडक बत्ती जगान गरिँदै