नयाँ दिल्ली । सम्पत्ति सुद्धिकरणका माध्यमबाट भ्रष्टाचार गरेको अभियोगमा भारतका पूर्वअर्थमन्त्री पी. चिदम्बरम पक्राउ परेका छन् । भारतीय केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले बुधबार मध्यरातमा उनलाई घरबाटै पक्राउ गरेको थियो । पक्राउ गर्ने समयमा ठूलो संख्यामा समर्थक उनको घरबाहिर भेला भएका थिए । प्रधानमन्त्री मनमहोन सिंहको पालामा अर्थमन्त्री बनेका उनी भारतका चर्चित अर्थमन्त्री पनि हुन् ।… Continue reading सम्पत्ति सुद्धिकरण मामलामा भारतका पूर्व अर्थमन्त्री चिदम्बरम पक्राउ
Author: Vishwanews.com
भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पशुपतिनाथ भगवानको दर्शन गरेका छन् । त्यहा उनले पारिजातको विरुवा समेत रोपेका छन् । बिहावार बिहान पशुपतिनाथ दर्शन गरी अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी बुधबार बिहान नेपाल आइपुगको हुन् । नेपाल-भारत संयुक्त… Continue reading भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने
हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक
काठमाडौं । नेपाल र म्यानमारबीच हिमालयन टू रुट टुंगोमा पुर्याउने सहमति भएको छ । दुवै मुलुक निकट भविश्यमै यस सम्बन्धमा छलफल गरी रुट कार्यान्वयनमा लैजाने सम्बन्धमा सहमत भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र म्यानमारको हवाई नियामक निकायका प्रमुखबीचको बैठकमा उक्त सहमति भएको प्राधिकरणले उल्लेख गरेको छ । यो रुट नेपाली आकासलाई पूर्वमेची देखि… Continue reading हिमालयन टू रुट कार्यान्वयनमा म्यानमार सकारात्मक
घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला
काठमाडौं । विदेशमा घरेलु कामदारका रुपमा काम गरी नेपाल फर्किएका कामदारले पुनः श्रम स्वीकृति पाउने बाटो खुलेको छ । प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारमा काम गरी स्वदेश फर्किएको व्यक्ति पुनः वैदेशिक रोजगारीमा जान चाहे तोकिएका शर्त पूरा गरी जान सक्ने गरी खुला गरेको छ । यसअघि समितिले… Continue reading घरेलु कामदारलाई पुनः श्रम स्वीकृति खुला
फेरी बिबाहित जोडी होटेलमा भेटिए मृत
काठमाडौं । सामाजिक विकृति र विसंगतिको अर्को भयाभह अवस्था बुधबार पुनः अर्को एक घटना सार्वजनिक भएको छ । काठमाडौंको नयाँ बसपार्कमा बुधबार एक जोडी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा चितवन घर भएका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी… Continue reading फेरी बिबाहित जोडी होटेलमा भेटिए मृत
सुदूरपश्चिममा गौराको बिदा
धनगढी । प्रदेश सरकारले सुदूरपश्चिममा गौरा पर्वका दिन सार्वजनिक बिदा घोषणा गरेको छ । ६ भदौ, शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिदा दिने निर्णय भएको सार्वजनिक गरेको छ । सरकारको उक्त निर्णयसँगै शुक्रबार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा… Continue reading सुदूरपश्चिममा गौराको बिदा
आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक
काठमाडौं। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट काठमाडौंमा शुरु हुँदैछ । अपरान्ह तीन बजेबाट बैठक प्रारम्भ हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउने कार्यक्रम रहेको छ । बैठक बिहीबार सकिने भएको छ । जय शंकरले नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता समेत गर्ने… Continue reading आजदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक
रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा
चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनले थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । बयान नसकिएका कारण उनीहरुलाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको… Continue reading रवि लामिछाने अझै ५ दिन प्रहरी हिरासतमा
सिम्रिकका जहाज उडाउन रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाजहरु ग्राउण्डेड गराइदिएको छ । कम्पनीले जहाजमा प्रयोग गरेका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणबाट जोखमपूर्ण रहेको भन्दै प्राधिकरणले उक्त कम्पनीले तत्काल जहाज उडाउन नपाउने गरी रोक लगाएको छ । ४ वटा जहाज रहेको यस कम्पनीले काठमाडौंबाट पोखरा, भैरहवा, सिमरालगायत गन्तब्यमा उडान गर्दै आएको थियो । एक प्रकारको जहाजमा… Continue reading सिम्रिकका जहाज उडाउन रोक
सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या
काठमाडौं । देशको सबैभन्दा ठूलो तथा मुख्य प्रशासनिक केन्द्र मै कर्मचारीले विष सेवन गरी आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी आफनो कार्यकक्षमै मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टी गरेको छ । उनले विष सेवन गरेको र साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीको भनाई छ । केसीले सुसाइट नोटमा अंशबन्डाको… Continue reading सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या
मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?
काठमाडौं । इटालियन ठेकदार सीएमसी पुरै काम सम्पन्न नगरी भागेपछि बन्द रहको गौरवको आयोजना मेलम्ची खानेपानीको सम्पन्न हुन बाँकि कामका लागि ठेक्काको टुंगो लागेको छ । आयोजनाका अनुसार अब यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ । माथिल्लो तामाकोशीको काम फटाफट गरेर नाम कमाएको यो कम्पनीले अन्य धेरै जलविद्युत आयोजनाको पनि ठेक्का पाएको… Continue reading मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?
नेपाल एयरलाइन्सले भन्यो : जापान उडानको तयारी पुरा
काठमाडौं । देशको ध्वजाबाहक वायुसेवा कम्पनी १२ वर्षपछि जापानी आकासमा पुग्दैछ । १२ भदौको बिहान २ बजे उड्ने नेपाल एयरलाइन्सको जहाज करीव साढे ६ घण्टाको सिधा उडानपछि जापानको ओशाका विमानस्थलमा पुग्नेछ । निगमले यस क्षेत्रबाट निकै ठूलो भरोसा गरेको छ । किनकी नयाँ जहाजको किस्ता तिर्न नसकेर ऋण बढिरहेको निगमले पहिलो पटक लामो दूरीको गन्तब्यमा… Continue reading नेपाल एयरलाइन्सले भन्यो : जापान उडानको तयारी पुरा
कर नबुझाउने फिल्म हलमाथि कारवाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमअनुसार कर तिर्न फिल्महरु संचालकहरुलाई सूचित गरेको छ । चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर बुझाउनु पर्ने प्रावधान रहेको छ । कानून अनुसार यस्तो कर उठाउने अधिकारी स्थानीय सरकारको हो । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै १५ दिन भित्र सम्पर्कमा आउन आग्रह गरेको छ । महानगररपालिका भित्र ४२ वटा फिल्म हल… Continue reading कर नबुझाउने फिल्म हलमाथि कारवाही
सुदूरपश्चिमको दशैं गौरा शुरु
काठमाडौं । सुदूरपश्चिमेलीका लागि दशैं जत्तिकै महत्वपूर्ण पर्व गौरा मंगलवारबाट सुरु भएको छ। माता पार्वतीको सम्झानामा यो पर्व मनाउने प्रचलन रहेको छ । पौराणिक कालमा भगवान शिव महेश्वरलाई पाउन गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको किंवदन्ती रहेको छ । उनको तपश्याबाट शिवसँग विवाह भएको मान्यता अनुसार सोही समयदेखि शिव पार्वर्तीको पूजा आरधना गर्ने… Continue reading सुदूरपश्चिमको दशैं गौरा शुरु
उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् । उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो… Continue reading उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक
बढ्दैछ दूधको भाउ
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । मूल्य बढाउने या नबढाउने भन्ने सम्बन्धमा सिफारिस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यदल गठन गरेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन कृषि मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । कार्यदलले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो । मन्त्रालय स्रोतका अनुसार कार्यदलले दूघको मूल्य वृद्धि गर्न सिफारिस… Continue reading बढ्दैछ दूधको भाउ
हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली गैँडालाई अंग्रेजीमा राइनो भनिएकोतर्फ पुनः आपत्ति जनाएका छन् । एसिया प्यासिफिक क्षेत्रका हवाई क्षेत्रका नियामक निकायका प्रमुखहरुको सम्मेलनलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गैँडालाई गैँडा नै उच्चरण गर्न आग्रह गरे । “गैडाज आर गैडाज, नट राइनोज”, त्यसो त सगरमाथालाई माउण्ट एभरेष्ट भन्ने गरेकोतर्फ पनि प्रधानमन्त्रीको असन्तुष्टी थियो ।… Continue reading हवाई सुरक्षासम्बन्धी कार्यक्रममा प्रधानमन्त्री भन्छन् : गैडालाई किन राइनो भनेको ?
माधव नेपालभन्दा झलनाथ अगाडी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई चयन गरेको छ । यसअघि माधव कुमार नेपाल तेस्रो वरियतामा थिए । आइतबार बसेको नेकपा सचिवालय बैठकले बरिष्ठ नेताहरूको मर्यादा टुग्याएको हो । यसक्रममा अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डपछि पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय भएको छ । दुबै… Continue reading माधव नेपालभन्दा झलनाथ अगाडी
एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला
काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका प्रमुखहरुको भेला सोमबारबाट काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको तयारी पुरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यो महानिर्देशकहरुको ५६ औं सम्मेलन हो । यस सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू समेत नेपाल आएका छन् । यस भेलामा… Continue reading एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला
वायुसेवा कम्पनीमा ठूला जहाज भित्राउने होड, श्रीले ल्यायो पाँचौं जहाज
काठमाडौं । नेपालमा हवाई यात्रुको बढ्दो चापसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीबीच जहाज भित्राउने होड तिब्र बनेको छ । कम्पनीहरु खासगरी ठूलो क्षमताका जहाजमा केन्द्रित देखिएका छन् । आइतबार मात्र श्री एयरलाइन्सले बम्बाडियर जहाज काठमाडौं अवतरण गरायो । यो श्री एयरलाइन्सको पाँचौ जहाज हो । कम्पनीसँग यसअघि चार वटा जहाज थिए । ९ एन-एएनएफ जहाज काठमाडौं… Continue reading वायुसेवा कम्पनीमा ठूला जहाज भित्राउने होड, श्रीले ल्यायो पाँचौं जहाज
भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर विदेशमन्त्रीका रुपमा पहिलो पटक काठमाडौं आउने भएका छन् । आगामी बुधबारदेखि काठमाडौंमा शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी भारतीय विदेश सचिव भएका बेला भने काठमाडौं आइसकेका छन् । खासगरी संविधान निर्माणका बेला भारतीय सरकारको दूतका… Continue reading भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
विवाह समारोह मै आत्मघाती बम विस्फोट
काबुल । अफगानिस्तानमा विवाह समारोह भइरहेको हल भित्रै आत्मघाती बम विस्फोट भएको छ । विस्फोटबाट भएको मानवीय हताहतीको विवरण सार्वजनिक नभइसकेको संचारमाध्यमले उल्लेख गरेका छन् । करीव १ हजार पाहुना बोलाइएको पार्टी हल भित्रै गराइएको बम विस्फोटबाट दर्जनौं मारिएको हुन सक्ने संचारमाध्यमले स्थानीय प्रशासन स्रोतलाई उदृत गर्दै लेखेका छन् । राजधानी काबुलको एक व्यस्त शहरमा… Continue reading विवाह समारोह मै आत्मघाती बम विस्फोट
७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या
यूपी । भारतको उत्तर प्रदेशमा एक वृद्धले दोस्रो विहे गर्न नपाएको झोँकमा आत्महत्या गरेका छन् । समाचार अनुसार यूपीको बरेली जिल्लाका ७५ वर्षिय वृद्धले केही दिनदेखि दोस्रो विहे गर्न परिवारलाई दवाव दिइरहेका थिए । तर, परिवारले उनको प्रस्ताव स्वीकार गरेनन् । त्यसैको झोँकमा वृद्धले आत्महत्या गरेका छन् । उनले आफ्नो कोठाको पंख्खामा झुण्डिएर आत्महत्या गरेका… Continue reading ७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या
बिग्रदैछ मौसम, सचेत रहन आग्रह
काठमाडौं । देशभर मौसम अदलबदल भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहने सर्वसाधारणसँग आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने र पश्चिमी पहाडी भू-भागका मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको… Continue reading बिग्रदैछ मौसम, सचेत रहन आग्रह
२८ वाणिज्य बैंकको नाफा साढे ६५ अर्ब
काठमाडौं । नेपालमा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । विकास निर्माणको गति सुस्त छ । व्यापार व्यवसाय फस्टाउन सकेको छैन । तर, एक क्षेत्र भने हरेक वर्ष उच्च मुनाफामा रहन्छ । त्यो हो वित्तीय क्षेत्र । नेपालमा कूल २८ वाणिज्य बैंक छन् । यी बैंकले एक आर्थिक वर्षमा मात्र ६५ अर्ब ४० करोड रुपैयाँ… Continue reading २८ वाणिज्य बैंकको नाफा साढे ६५ अर्ब
एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त नबुझ्दा नबुझदै पनि पार्टी एकता बलियो बनाउन निर्णयहरु लिनु परेको बताएका छन् । शनिबार नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कतिपय विषय चित्त नबुझेर पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका हुन् । कतै एकता नै… Continue reading एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड
देशले एकै दिन गुमायो दुई प्रतिभा
काठमाडौं । शनिवार एकै दिन कलाकार सुभद्रा अधिकारी र पत्रकार डायलसन अधिकारीको निधन भएको छ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको काठमाडौंमा निधन भएको हो भने पत्रकार अधिकारीको भने सप्तरीमा भएको सवारी दूर्घटनामा ज्यान गएको हो । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि निमोनियाबाट ग्रस्त थिइन् । पारिवारिक… Continue reading देशले एकै दिन गुमायो दुई प्रतिभा
श्रमिकको न्यूनतम पारिश्रमिक देउ : श्रम मन्त्रालय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कानून बमोजम श्रमिकले पाउनु पर्ने न्यूनतम पारिश्रमिक अनिवार्य रुपमा उपलब्ध गराउन आर्थिक प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम कानूनले प्रत्याभूत गरेका आर्थिक सुविधाहरु रोजगारदाता कम्पनीले अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयले श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य आर्थिक… Continue reading श्रमिकको न्यूनतम पारिश्रमिक देउ : श्रम मन्त्रालय
ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित
स्पेन । बार्सिलोनाका लागि लियोनल मेसी कति महत्वपूर्ण खेलाडी हुन भन्ने तथ्य यसबाट पुष्टी हुन्छ कि उनी पछिल्लो १० वर्षयता हरेक सिजनको ला-लीगाको उद्घाटन खेलका महत्वपूर्ण सदस्य रहे । तर, सन् २०१९ २० सिजनको पहिलो खेल भने स्टार फरवार्ड लियोनल मेसीले गुमाउँदैछन् । खुट्टाको चोटका कारण उनी पहिलो खेलमा अनुपस्थित हुने भएका हुन् । संचारमाध्यमहरुका… Continue reading ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित
नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रिय विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । नेकपाको सचिवालय बैठकले केन्द्रिय कार्यालयका विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी तय गरेको हो । बैठकले सात प्रदेशका लागि सहइन्चार्जसमेत तोकेको छ । सचिवालय बैठक शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकले केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन… Continue reading नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?