आयरल्याण्ड । कोरोना भाइरसको संक्रमणले उग्ररुप लिएसँगै आयरल्याण्डका प्रधानमन्त्ती लियो वराडकर अब चिकित्सकको समेत भूमिकामा देखिने भएका छन् । कोरोना भाइरससँग लड्न उनले आफु पुनः मेडिकल पेशामा फर्कने घोषणा गरेका हुन् । उनी पेशाले चिकित्सक हुन् । लियो भारतीय मूलका डाक्टर हुन् । तर, राजनीतिमा आएपछि भने उनको पेशागत जिम्मेवारीमा समय दिन पाएका थिएनन् ।… Continue reading आयरल्याण्डका प्रधानमन्त्री पुनः चिकित्सकको भूमिकामा देखिने
Author: Vishwanews.com
कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
काठमाडौं । कोरोना भाइरसले संसारभर उत्पन्न गराएको त्रास अझै जारी छ । यस भाइरसले अहिलेसम्म ६९ हजार ३ सय ५० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म संसारभर १२ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ । उनीहरुमध्ये दुई लाख ६० हजार मानिसमा संक्रमण ठिक भइसकेको छ । यसरी निको हुनेहरु… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो । सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्यापिड टेष्टको तयारी थालेको हो । यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय… Continue reading एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।… Continue reading कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
२४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो जानकारी गराइएको हो । यसअघि शुक्रबार भने एकै दिन ३ जनामा कोरोनाको पुष्टी भएको थियो । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ८ जना उपचारार्थ छन् ।… Continue reading २४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ
खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा
काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् । यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्ले चासो देखाउन थालेको छ । परिषद्का प्रशासन… Continue reading खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा
लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने
काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् । तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना गर्नुपर्नेछ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो । यो २५ चैतसम्म जारी रहनेछ… Continue reading लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने
कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने
काठमाडौं । सरकारले कोरोनाविरुद्ध स्वास्थ्य अभियानमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । देशभर करीव ५० हजार हाराहारी यस्ता स्वास्थ्य सेविका रहेको अनुमान छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सुरक्षाको पूर्ण प्रत्याभूति गरेर स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था सरकारले गर्ने… Continue reading कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने
मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना
काठमाडौं । नेपाली सेनाले कोरोनासँग सम्बन्धित मेडिकल सामग्रीको खरीद पारदर्शी हुने दावि गरेको छ । आइतबार पत्रकारहरुसँग भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा सेनाले उक्त दावि गरेको हो । स्वास्थ्य सामग्री खरिदको विषय विवादित बनेपछि यो जिम्मा सरकारले सेनालाई दिएको छ । तर, बाहिर सेनालाई दिने निर्णयको समेत आलोचना भइरहेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा… Continue reading मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना
अष्ट्रेलियामा रहेका नेपालीबारे शिक्षामन्त्रीको चासो
काठमाडौं । अस्ट्रेलिया सरकारले ६ महिनालाई समेत खान पुग्ने अवस्था नभए घर फर्कन आप्रवासी विद्यार्थीहरुलाई आग्रह गरिसकेको छ । यस आग्रहपछि अष्ट्रेलियामा रहेको नेपाली विद्यार्थी समेत प्रभावित हुने पक्का छ । किनकी यहाँ पुग्ने अधिकांश विद्यार्थी आफै कमाएर आफै पढ्ने हुन् । अष्ट्रेलियाले संकटमा पहिलो प्राथमिकतामा आफ्नो मुलुकका नागरिक रहने भन्दै यस्तो आग्रह गरेको हो… Continue reading अष्ट्रेलियामा रहेका नेपालीबारे शिक्षामन्त्रीको चासो
धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने
धनगढी । अब धनगढीमा आजबाट दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द हुने भएका छन् । धनगढीमा थप कोरोना संक्रमित फेला परेसँगै धनगढीमा आइतबारदेखि दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द गर्ने निर्णय भएको हो । धनगढी उप–महानगरपालिकाले सम्पूर्ण पसल बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन… Continue reading धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने
बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ
पोखरा । नेपालकी छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाको परिवारमा भने कोरोना नसरेको पाइएको छ । उनको परिवारको कोरोना परीक्षणबाट नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनका ससुरा, बुहारी र दुई नातिको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ । पोखरा… Continue reading बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ
कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?
न्यूयोर्क । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड १९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दावि गरेका छन् । यद्दपी यसलाई कुनै आधिकारिक निकायले पुष्टी भने गरेका छैनन् । डाक्टरहरुले प्रेस विज्ञप्ती जारी गर्दै खोपको परिक्षण सफल भएको बताएका छन् । उनीहरुले २१ जनवरीबाट खोपको विकास थालिएको उल्लेख गरेका छन् । डाक्टरहरुका… Continue reading कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?
बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट
काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ । सोहीकारण अब ती जिल्लामा… Continue reading बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट
अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने
काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ । यसअनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने गरी निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए । त्यसअनुसार प्रदेशबाट प्रदेश र स्थानीय तहबाट स्थानीय तहसम्म समेत जान नपाउने गरी निर्णय भएको… Continue reading अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने
बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा बहराइन पुगेका नेपालीबारे चासो व्यक्त गरेका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भएका नेपालीका सन्दर्भमा प्रधानमन्त्रीले चासो राखेका हुन् । प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग शनिबार टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आधिकारिक ट्वीटर ह्याण्डल मार्फत्… Continue reading बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो
स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित
काठमाडौं । इटलीमा तुलनात्मक रुपमा संक्रमितको संख्या घट्न थालेको छ । खासगरी नयाँ संक्रमण कम हुन थालेको छ । तर, अर्को यूरोपेली मुलुक स्पेनमा भने निकै तिब्र गतिमा संक्रमण बढीरहेको छ । कोरोना भाइरस (कोभिड १९)बाट स्पेनमा एकै दिन ८०९ जनाको मृत्यु भएको छ । अब स्पेनमा मृतकको संख्या ११ हजार सात सय ४४ पुगेको… Continue reading स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित
नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ । विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको… Continue reading नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो
नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्यो
काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना… Continue reading नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्यो
अब चितवनमा पनि कोरोना परिक्षण
चितवन । अब चितवनमा समेत कोरोनाको परिक्षण सम्भव भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशालाको काम आजबाट संचालनमा आएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बिहीबार दिनभर स्थानको अध्ययनमा जुटेको थियो । प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र… Continue reading अब चितवनमा पनि कोरोना परिक्षण
बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी
काठमाडौं । बहराइनमा एकै क्याम्पमा बसेका ९ जना नेपालीमा कोरोनाको पुष्टी भएको छ । यसअघि पोर्चुगलमा एकै पटक ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको छ । क्याम्पमा अरु पनि… Continue reading बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी
कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले
कपिलवस्तु । कपिलवस्तुमा आगलागीमा परी ४२ घर जलेर नष्ट भएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा शुक्रबार भएको भीषण आगलागीमा ४२ घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुगौलीस्थित काशीराम यादवको घरबाट सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । आगलालीले मानवीय क्षति भने हुन भएन । गाउँको उत्तरदेखि शुरू… Continue reading कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले
कोरोनाबाट अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिन १३ सय २० जनाको मृत्यु भएको छ । यो अमेरिकामा एकै दिन भएको सबैभन्दा ठूलो मानवीय क्षति हो । अमेरिकामा शुक्रबार मात्र ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यहाँ १ हजार ३ सय २० जनाको ज्यान गएको हो । यस भारइसको संक्रमणबाट ज्यान गुमाउनेको… Continue reading कोरोनाबाट अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको ज्यान गयो
तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने
काठमाडौं । तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाएको छ । खासगरी हरेक दिन साँझ लकडाउन कै अवधिमा समेत ठूलो संख्यामा मानिस तरकारी किन्न निस्कने गरेका छन् । सोही जोखिमलाई ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ । कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति… Continue reading तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने
कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोनाको महामारीबाट बच्न सजगता अपनाउनु पर्ने बताएकी छिन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमै रहेको समेत उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको उनको दावि छ । सरकारले… Continue reading कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान
बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा बस्न मुस्किल भए स्वदेश फर्कन आप्रबासीहरुलाई आग्रह गरेका छन् । खासगरी अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई उक्त मुलुकमा बस्ने अप्ठेरो भएको भए आफ्नो देश फर्किने प्रबन्ध मिलाउन प्रधानमन्त्रीले सुझाव दिएका हुन् । एक वर्ष समय नपुगेका आप्रबासीले आफ्नो प्रवन्ध आफैले गर्न पर्ने उनले जानकारी दिए । शुक्रबार… Continue reading बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव
औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेहरुलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ । कोरोना रोकथामसम्बन्धी मेडिकल सामग्री ढिलासुस्ती र अनियमितता गर्नेलाई तत्काल जिम्मेवारी हटाएर कारवाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो । यो काम माफी योग्य नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक शुक्रबार विज्ञप्ति जारी गरेका… Continue reading औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस
आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?
काठमाडौं । अमेरिकाले आइतबार नेपालमा दोस्रो चार्टर्ड उडान गर्ने भएको छ । कतार एयरवेजको जहाजबाट अमेरिकाले नेपालमा छूटफूट अन्य नागरिकलाई समेत स्वदेश फर्काउन लागेको हो । अमेरिकी नागरिकले घर फिर्तीको चाहना राखेपछि जहाज चार्टर्ड गरेको हो । अमेरिका सरकारले व्यक्ति आफैले टिकट काट्नुपर्ने प्रावधानसहित नेपालमा रहेका नागरिकलाई घर फकाउन सहजिकरण गरिरहेको छ । त्यसो त… Continue reading आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?
पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?
काठमाडौं । शुक्रबार अपरान्ह एक समाचार भाइरल बन्यो । समाचार अनुसार पोखरामा एक कोरोना संक्रमित भेटिएको पुष्टी भएको थियो । उक्त समाचारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो नियमित प्रेस ब्रिफिंगका दौरान खारेज गरिदियो । स्वयम स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशका प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्टको खबर संचारमाध्यमलाई टिपाएका थिए… Continue reading पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?
भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ब्लाकआउट घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् । उनका अनुसार ५ अप्रिलका दिन रातको ९ बजे ९ मिनेटका लागि देशभर लाइट अफ गरिने छ । त्यसक्रममा मैनवत्ति र दियो बालेर कोरोना विरुद्धको अभियानमा ऐकिवद्धता जनाउन उनले… Continue reading भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने