काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा बिहीबारसाँझ सम्म अर्ब ९ करोड रुपैयाँ जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा उक्त रकम जम्मा भइसकेको छ । यअअघि सरकारले ५० करोड रुपैयाँ राखेर यस्तो कोष स्थापना गरेको थियो । जम्मा भएको रकम भने… Continue reading कोरोना कोषमा आइपुग्यो १ अर्ब ९ करोड
Author: Vishwanews.com
कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणले १० लाख माथिको आंकडा पार गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको केही घण्टा भित्रै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो । बिहीबार साँझसम्मको तथ्यांक अनुसार कोभिड–१९बाट संक्रमितको संख्या विश्वभर १० लाखको नेटो काटेको हो । यस रोगबाट अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ ।… Continue reading कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो
रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो
मस्को । रूस सरकारले उक्त देशमा जारी गरेको लकडाउनको अवधी बढाएको छ । यस मुलुकमा लगातार कोरोनाको संक्रमण बढेसँगै लकडाउनको अवधि समेत बढाइएको हो । अब रूसमा ३० अप्रिलसम्म नै लकडाउन जारी रहने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले यस्तो घोषणा गरेका हुन । रुसको मस्कोमा अवस्था गम्भीर रहेको बढाइएको छ । अन्य स्थानमा भने… Continue reading रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो
रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा… Continue reading रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने
काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् । तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ । धार्चुला, रुपैडिहा… Continue reading १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने
आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने
काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ । यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो । बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो… Continue reading आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने
नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक
काठमाडौं । यूरोपेली मुलुक नेदरल्याण्ड्सले समेत नेपालबाट आफ्ना १२२ जना नागरिकलाई फिर्ता लगेको छ । नेपालमा लकडाउनको अवधी एक साता र अन्तर्राष्ट्रिय उडान १५ दिन बन्द भएपछि यूरोपेली अधिकांश मुलुकले नेपाल भ्रमणमा आएका आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । सोही क्रममा नेदरल्याण्ड्सले नेपालबाट मलेसिया एयरलाइन्सको जहाजबाट आफ्ना नागरिक फिर्ता गरेको हो । यसअघि बुधबार अष्ट्रेलियाले… Continue reading नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक
नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी
काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् । उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।… Continue reading नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी
अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने
काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ । सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् । प्रदेश १ को धरानस्थित… Continue reading अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने
कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु
नयाँ दिल्ली । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। नेपालका लागि भारतको स्वास्थ्य अवस्था निकै महत्वपूर्ण हुने गर्छ । किनकी भारतमा संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म हुने गर्छ । भारतमा कोरानका कारण सबैभन्दा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो । मंगलबार ३ जनाले मात्र ज्यान… Continue reading कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु
जापानले अमेरिकासहित ७३ देशका नागरिकलाई लगायो यात्रा प्रतिवन्ध
टोकियो । जापानले थप यात्रा प्रतिवन्धको घोषणा गरेको छ । आफ्नो मुलुकभित्र करीव नियन्त्रणमै रहेको कोरोना भाइरसको संक्रमण मुलुक भित्र फैलन नदिन भन्दै जापानले बिदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो । जापान सरकारले ७३ देशका नागरिकलाई आफ्नो देश आउन रोकेको छ । प्रधानमन्त्री सिन्जो आवेले यस्तो घोषणा गरेका हुन् । उनकाअनुसार अमेरिका, क्यानडा, चीन, दक्षिण… Continue reading जापानले अमेरिकासहित ७३ देशका नागरिकलाई लगायो यात्रा प्रतिवन्ध
एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित
काठमाडौं । कोरोना (केभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । ३१ डिसेम्बरबाट फैलावट शुरु भएको यो भाइरस संसारका करीव सबै मुलुक प्रभावित छन् । बुधबार विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ । यसअनुसार यो भाइरस अझै पनि थामिने पक्षमा छैन । अमेरिकामा मात्र २६ हजार भन्दा… Continue reading एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित
अमेरिकामा संक्रमितको संख्या २ लाख नाघ्यो
न्यूयोर्क । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । यो संख्या संसारमा कुनै एक देशमा भएको सर्वाधिक संक्रमण हो । संचारमाध्यमहरुका अनुसार अमेरिकामा बुधबार साँझसम्म २ लाख १३ हजार ३ सय ७२ जनामा यसको पुष्टी भइसकेको छ । यो भाइरसको संक्रमण अमेरिकामा तिब्र रुपमा बढिरहेको छ । अमेरिकामा… Continue reading अमेरिकामा संक्रमितको संख्या २ लाख नाघ्यो
स्पेनमा कोरोना संक्रमित १ लाख नाघे
काठमाडौं । कोरोनाको नयाँ इपिसेन्टर बनेको स्पेनमा कोरोना प्रभावितको संख्या १ लाख नाघेको छ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको अमेरिका र इटली पछि स्पेनमा बढी मानिसलाई संक्रमण भएको छ । बुधबार यहाँ संक्रमितको आंकडा १ लाख नाघेको हो । बुधबार स्पेनमा ६ हजार २ सय १३ जना नयाँ संक्रमित फेला परेको संचारमाध्यमले उल्लेख गरेका… Continue reading स्पेनमा कोरोना संक्रमित १ लाख नाघे
पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो । कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको… Continue reading पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती
विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द
काठमाडौं । सरकारले विवादित बनेको कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरेको छ । सम्झौता अनुसार तोकिएको समयमा सामग्री आपूर्ति गर्न नसकेको भन्दै सरकारले सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका… Continue reading विवादित मेडिकल सामग्री खरीद सम्झौता रद्द
पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित
काठमाडौं । पछिल्लो तीन दिनयता नेपालमा थप कोरोना संक्रमित नभेटिएको सरकारले बताएको छ । देशभर कूल ११ सय ३३ परिक्षण भएकोमा कूल ५ जनामा कोरोना देखिएको छ । तर, पछिल्लो तीन दिनयता कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार देशभर आइसुलेसनमा ९९ बिरामी रहेका… Continue reading पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित
लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा
काठमाडौं । नेपालले लकडाउन गरेपछि नेपाल र भारतको सीमानामा आएर रोकिएका नेपाली नागरिकलाई भारती भूमिमै क्वारेन्टाइनमा राखिने भएको छ । यसअघि सीमामै आइसकेका नेपालीलाई घर छिर्नु दिनुपर्ने चर्को दवाव थियो । तर, सरकारले भने सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय भूमिमै व्यवस्थापन गरिएको बताएको छ । महामारी फैलन नदिन नेपाल सरकारले सीमा नाका बन्द गरेको छ… Continue reading लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा
आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै
काठमाडौं । नेपाल एयरलाइन्स आज इतिहासमै पहिलो पटक अष्ट्रेलिया पुग्दैछ । नेपालबाट साँझ २६४ यात्रु बोकेर अष्ट्रलिया उड्ने नेपाल एयरलाइन्सको जहाज ब्रिस्बेनमा जान लागेको हो । यसअघि यो जहाज सिड्नी जाने तयारी थियो । तर, ब्रिस्बेनमा धेरै यात्रु भएपछि गन्तब्य परिवर्तन गरिएको हो । अष्ट्रेलियाको आकासमा नेपाल एयरलाइन्स पहिलो पटक पुग्न लागेको हो । यसले… Continue reading आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै
पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना
लिस्बन । पोर्चुगलमा एकै पटक ८ जना नेपालीका कोरोनाको संक्रमण पुष्टी भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टी भएको हो । संचारमाध्यमहरुका अनुसार उनीहरु मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ मा बस्दै आएका थिए। उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरिरहेका… Continue reading पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना
कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकमा ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो संख्या चीनमा कोरोनाका कारण मर्ने मानिसको संख्या भन्दा धेरै हो । चीनमा ३ हजार ३ सय ५ मानिसको ज्यान गएको तथ्यांक रहेको छ । अहिले कोरोनाको मूख्य महामारी यूरोप र अमेरिकामा सरेको छ । चीन र युरोपपछि… Continue reading कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो
संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९)लाई दोस्रो विश्वयुद्ध यताकै ठूलो चेतावनीको संज्ञा दिएका छन् । यस महामारीले दोस्रो विश्वयुद्धयताकै ठूलो चुनौती पेश गरेको उनको भनाई छ । कोरोनाले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ । सोहीअवसरमा महासचिव गुट्रेसले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्… Continue reading संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति
पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड
काठमाडौं । सम्पूर्ण विश्व कोरोना भाइरससँग जुधिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सरकारसँग हातेमालो गर्न आइपुगेका छन् । उनले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ती जारी गरेका छन् । जसमा उनले यस कोषमा आफ्नो तर्फबाट २ करोड दिने घोषणा गरेका हुन् ।… Continue reading पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड
अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क रहन सचेत गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्। तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन… Continue reading अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न
खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित
काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् । अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका… Continue reading खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित
निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश
काठमाडौं । निजी अस्पतालहरु कोरोनाको संक्रमणसँगै बिरामीको उपचार गर्ने दायित्वबाट क्रमशः पन्छिरहेका छन् । कतिपय अस्पतालमा ज्वरोको समेत उपचार गर्न नमानेर बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भमा सर्वोच्च अदालतले निजी अस्पताललाई बिनाशर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश गरेो छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले रिट दायर गरेका… Continue reading निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश
भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगन गरेको छ । मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष स्थगित भएको जानकारी गराएका हुन् । सरकारले यसअघि अप्रिलसम्म मात्र यो कार्यक्रम स्थगित गरेको थियो । अब भने औपचारिक रुपमा स्थगित भएको सचिव अधिकारीले जनाएका छन् । उनका अनुसार सरकारले ९ चैतमा भ्रमण वर्ष स्थगित… Continue reading भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन
एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । यो रकम सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर हो । कूल २२ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण भएको यो कम्पनीले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ बुझाइसकेको छ । ठूला करदाता कार्यालयका अनुसार यस… Continue reading एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर
३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज
काठमाडौं । नेपालमा रहेका अमेरिकी नागरिक फिर्ता भएका छन् । मंगलबार साढे १ बजे त्रिभुवन विमानस्थबाट ३ सय २ जना अमेरिकी नागरिकलाई बोकेर कतार एयरवेजको जहाज कतारतर्फ उडेको हो । यो जहाज दोहामा इन्धन भरेर डल्लासतर्फ लाग्नेछ । सोमबार दिनभर देशभर रहेका अमेरिकी नागरिकलाई काठमाडौंमा जम्मा पारिएको थियो । उनीहरु आज सबै प्रक्रिया पुरा गरी… Continue reading ३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज
२०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा
काठमाडौं । २०७७ सालमा शनिबारसहित कूल ६७ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले आगामी वर्षको पात्रो सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । यस वर्ष कूल ५२ दिन शनिबार पर्नेछ । त्यो बाहेक दशैंमा ५ दिन बिदा हुने भएको छ । तिहारमा तीन दिन बिदा राखिएको छ भने अन्य दिन मात्र ७ दिन… Continue reading २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा