लण्डन । बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी संक्रमणको पुष्टी भएसँगै आइसोलेसनमा बसेको संचारमाध्यमले लेखेका छन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस आफैले संक्रमणको जानकारी गराएकी हुन् । उनी बेलायतमा संक्रमण हुने पहिलो उच्च पदस्थ अधिकारी हुन । आफु चिकित्सकको सल्लाहमै निजी निवासको आइसोलेसनमा बसेको उनले बताएकी हुन् ।… Continue reading बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना
Author: Vishwanews.com
पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गर्दै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खाली ठाउँमा बुधबार बिहानै कुकर बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाको पुष्टी गरेको छ । बुधबार बिहान ७ः४५ बजे बम विष्फोट गराएको छ । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइए पनि… Continue reading पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट
पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने
काठमाडौं । पर्वतारोहणमा आउने पर्यटकमार्फत नेपालमा कारोना नफैलियोस भन्ने उद्देश्यले सरकारले सचेतना बढाएको छ । बसन्त ऋतुमा हुने पर्वतारोहणमा सरकारले कडा नियम ल्याएको छ । पर्यटन विभागका अनुसार आरोहीले पर्वतारोहण अनुमति पत्र लिनु अगाडि गरेको १४ दिनको यात्रा विवरण पेश गर्नुपर्ने भएको छ । यसको व्यवस्थापन भने ट्राभल एजेन्सीले गर्नेछ । अहिले विश्वभर कोरोनाको संक्रमण… Continue reading पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने
अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन
काठमाडौं । कोटेश्वर-कलंकी सडकमा अब डेडिकेटेड लेन तोकिने भएको छ । त्यसअनुसार अब यात्रुबाहक तथा मालबाहक सवारी साधनले छुट्टै लेनमा मात्र गुड्न पाउने छन् । ८ लेन सडक रहेको यहाँ निजी र द्रुत गतिमा गुड्ने सवारी साधनले भने छुटटै लेनको प्रयोग गर्नुपर्ने भएको छ । यद्दपी यो नियम २ चैतबाट मात्र कार्यान्वयनमा आउने महानगरीय ट्राफिक… Continue reading अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन
वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश
वुहान । कोरोना भाइरसविरुद्ध चीन अब झण्डै जीतको नजिक छ । कोरोना भाइरसको उद्गम स्थल पुगेर मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले संसारलाई यही सन्देश प्रवाह गरे । कोरोना भाइरस सङ्क्रमण शुरु भएको सहर वुहानमा उनले रोग विरुद्ध भइरहेको कामको अवलोकनमात्र गरेनन्, स्थानीयबासीसँग भलाकुसारी समेत गरे । भाइरसको सङ्क्रमणबाट चीनमा मङ्गलबारसम्म ३ हजार १ सय ३६… Continue reading वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश
श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो । काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि… Continue reading श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड
प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले मंगलबार दिएको जानकारी अनुसार उनको तत्काल डिस्चार्ज नहुने भएको हो । उनलाई अझै केही दिन अस्पतालमा राखिने भएको हो । उनी अघिल्लो सोमबार अस्पताल भर्ना भएका थिए । उनको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीले घर… Continue reading प्रधानमन्त्रीको तत्काल डिस्चार्ज नहुने
कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो
काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित देशबाट नेपालमा खाद्यान्न आयात गर्न रोक लगाएको छ । कृृषि तथा पशुपछी विकास मन्त्रालयले कोरोना भाइरसबाट अति प्रभावित पाँच देशबाट पशु, विरुवा र खाद्यवस्तु आयात गर्न नपाउने गरी रोक लगाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट धेरै प्रभावित बनेका चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा… Continue reading कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो
नेपाल एयरलाइन्स र हिमालयद्धारा कतार उडान बन्द
काठमाडौं । कतार सरकारले नेपालीलाई कतार प्रवेशमा रोक लगाएसँगै दुई नेपाली कम्पनीले कतार सँगको हवाई उडान बन्द गरिदिएका छन् । सरकारी कम्पनी नेपाल एयरलाइन्स र निजी कम्पनी हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा गर्दै आएको उडान बन्द गरेका हुन् । कतारले नेपाललाई रोकसँगै यहाँ एक त विजेनश नहुने र अर्कोतर्फ झण्झटसमेत उत्तिकै हुने भएपछि कम्पनीले उडान… Continue reading नेपाल एयरलाइन्स र हिमालयद्धारा कतार उडान बन्द
कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना… Continue reading कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित
इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध
रोम । इटली सरकारले अब नागरिकलाई सडकमा निस्कन प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएसँगै सरकार यो निष्कर्षमा पुगेको हो । इटलीभर यात्रा बन्द गरिएको छ । नागरिकले अब सडकमा निकस्न पाउने छैनन् । बाहिर निस्कनै पर्ने काम भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने भएको छ । सडकमा हिड्न प्रतिवन्ध लगाएसँगै अब नागरिकहरुले… Continue reading इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध
कोरोनाले अमेरिकामा २६ को निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ४ हजार पार गरेको छ । त्यसमध्ये अमेरिकामा मात्र २६ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । चीनबाट शुरु भएको यस रोगबाट सोमबारसम्म २६ जनाले अमेरिकामा ज्यान गुमाएको तथ्यांक छ । सोमबारसम्म कूल संख्या ४ हजार २५ ले विश्वभर ज्यान गएको छ । चीनमा… Continue reading कोरोनाले अमेरिकामा २६ को निधन
नेपालले थप तीन देशका नागरिकलाई रोक्यो अनअराइभल भिसा
काठमाडौं । सरकारले नेपाल आउने विश्वका विभिन्न मुलुकलाई अनअराभइल सुविधा दिने गरेको छ । त्यसमध्ये कोरोना भाइरसको संक्रमण बढी फैलिएका ५ मुलुकलाई अनअराइभल भिसा नदिने निर्णय भएकोमा त्यसलाई थपेर ८ देश पुर्याइएको छ । यो नीति आजैबाट लागु हुँदैछ । अब अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकले समेत नेपाल आउन ‘अन–अराइभल’ भिसा नपाउने भएका छन्… Continue reading नेपालले थप तीन देशका नागरिकलाई रोक्यो अनअराइभल भिसा
चीनलाई नेपालको सान्त्वना
काठमाडौं । नेपालले चीनलाई विपदको घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएको छ । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालले आफ्नो बलियो साथ रहेको बताएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मन्त्री ज्ञवालीले विपद्को घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएका… Continue reading चीनलाई नेपालको सान्त्वना
सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
सुडान । सुडानका प्रधानमन्त्रीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विष्फोट गराइएको छ । यद्दपी उनी बच्न सफल भएका छन् । सोमबार बिहान निवासबाट कार्यालय जान लाग्दा उनको सवारीमाथि बम विस्फोट गराइएको हो । राजधानी खार्तुममा बिस्फोट भएको हो । बिस्फोटले प्रधानमन्त्तीलाई कुनै असर गरेन् । तर, उनको कारगेडमा प्रयोग… Continue reading सुडानका प्रधानमन्त्री अब्दल्लाको हत्या प्रयास
होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा
काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो । सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए । होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय… Continue reading होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा
चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी
काठमाडौं । चीनमा गत डिसेम्बरबाट शुरु भएको कोरानो भाइरसको संक्रमणबाट ३६ सय भन्दा बढीका ज्यान गइसकेको छ । दिन प्रतिदिन तिब्रताका साथ फैलिएको यस रोगले चीनमामात्र करीव ९० हजार मानिसमा संक्रमण फैलियो । तर, सोमबार चीनमा नयाँ संक्रमण हुने दर अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ । चीनको बुहानभन्दा बाहिर संक्रमण देखिएको छैन । महामारीको रूप… Continue reading चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी
यूएइमा पनि नेपालीमा कोरोना
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा समेत नेपालीमा कोरानाको संक्रमण देखिएको छ । दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । सोमबार दुई नेपालीसहित १४ नयाँ संक्रमित पुष्टी भएको यूएईको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका हुन् । दुई नेपाली, तीन इटाली, दुई बंगलादेशीसँगै रुस, सिरिया… Continue reading यूएइमा पनि नेपालीमा कोरोना
अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना
तास्मानिया । अष्ट्रेलियामा नेपालीमाथि पनि कोरोनाको संक्रमण भेटिएको छ । संचारमाध्यमका अनुसार तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो । उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको साथमा रहेका अन्य चार जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएको… Continue reading अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना
इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु
काठमाडौं । चीनमा केही कमी देखिएको कोरोना भाइरसले इटाली र इरानलाई भने ठूलो झट्का दिएको छ । आइतबार मात्र इटालीमा १ सय ३३ र इरानमा ४९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । संगठनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेअनुसार आइतबार एक दिन मै विश्वभर २ सय ३० जनाको मृत्यु भएको छ ।… Continue reading इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु
आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान
काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ । केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस… Continue reading आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान
कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक
दोहा । कतार सरकारले कोरोनाको सतर्कता भन्दै १४ देशका नागरिकलाई रोक्ने निर्णय गरेको छ । यसमा नेपाल पनि समावेश रहेको छ । कतारको यो निर्णयसँगै अब नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतार प्रवेश नेपालीका लागि तत्कालका लागि कठिन हुने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएको र यसबाट बच्न १४ देशका नागरिकलाई कतार प्रवेश रोकिएको कतारको… Continue reading कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक
महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित
मेलवर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको छ। आइतबार उसकै मैदानमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधी जितेको हो । अष्ट्रेलियाले पाँचौ पटक उपाधी जितेको हो । समूह चरणमा अष्ट्रेलियालाई भारतले हराएको थियो । तर, फाइनलमा भने घरेलु मैदानको फाइदा उठाउँदै अष्टेलिया हावी भयो । मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले टस… Continue reading महिला विश्वकपको उपाधी अष्ट्रेलियालाई, भारत पराजित
पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस
काठमाडौं । पूर्वयुवराज पारस शाह शनिबार पशुपतिनाथ मन्दिर परिसरमा देखिए । पारसको राजशी रवाफ समाप्त भइसकेको धेरै भइसक्यो, तर उनी आफ्नो स्टाटसलाई मेन्टेन गर्न नसकेका कारण आम नागरिकका नजरमा भने आलोचित पात्र हुन् । शनिबार भने उनी अलि भिन्न रुपमा प्रस्तुत भए । पशुपतिनाथ मन्दिर परिसरमा उनले झाडु समातेर सरसफाइ गर्न लागे । लामो समय… Continue reading पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस
होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी
काठमाडौं । नेपाल आयल निगमले बिदाको दिनमा समेत ग्यास ढुवानीलाई निरन्तर दिने भएको छ । कोरोना भाइरस त्रिभने र त्यसले नाका ठप्प हुने त्रासका कारण उपभोक्ता अहिले घरघरमा रहेका अतिरिक्त रित्तो सिलिन्डर भर्न लाइन लाग्न थालेका छन् । सोहीकारण माग अनुसारको आपूर्तिका लागि बिदाको दिनमा समेत आयात जारी राख्ने निर्णयमा निगम पुगेको हो । निगमका… Continue reading होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी
बजार अनुगमनमा निस्किए उद्योगमन्त्री
काठमाडौं । कोरोना भाइरसको त्रासमा उपभोक्ताले बढी सामान किन्ने र व्यापारीले कृतिम अभाव सिर्जना गर्न थालेपछि सरकारले बजार अनुगमन थालेको छ । बजारमा अत्यावश्यक सामानको चरम अभाव रहेको उपभोक्ताको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार निरीक्षणमा निस्किएका हुन् । वाणिज्य सचिव डबैकुण्ठ अर्यालसहित मन्त्री भट्टको उच्चस्तरीय टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी… Continue reading बजार अनुगमनमा निस्किए उद्योगमन्त्री
कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै
काठमाडौं । डिसेम्बर २०१९ बाट चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरसले संसारभर ३ हजार ६ सयको ज्यान गएको छ । यसमध्ये ठूलो संख्या चीनमा रहेको छ । तर, पछिल्ला दिनहरुमा कोरोना विरुद्ध चीनले उल्लेख्य सफलता हात पार्दा नयाँ संक्रमित र मृत्युको संख्यामा कमी आएको छ । दुई महिना कै अवधिमा कोरोना भाइरसको संक्रमण १ सय… Continue reading कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै
आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै
काठमाडौं । आज ११४ औं नारि दिवस मनाईंदैछ । नेपालसहित संसारभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनमा खटिएकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना भाइरसका… Continue reading आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाईंदै
नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ । शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ । साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ… Continue reading नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
अब भेडेटारमा समेत जीपलाइनको मज्जा
धरान । अब धरानमा समेत जीपलाइन चढ्न पाइने भएको छ । शनिबार धरान ४ स्थित भेडेटारमा साहसिक खेल जीपलाइनको औपचारिक शुभारम्भ भएको छ । भेडेटार देवीथान जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मुख्यमन्त्रीले उद्घाटन गरेको यस जीपलाइनमा धरानकी उपप्रमुख मन्जु भन्डारी आफै चढेर जीपलाइनको उद्घाटनमा सहभागी भइन् । उनले सुपरम्यान… Continue reading अब भेडेटारमा समेत जीपलाइनको मज्जा