काठमाडौं । नेपाल र भारतबिच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बन्ने भएको छ । यसका लागि भारतले आन्तरिक तयारी थालेको छ । भारतले टोली नै खटाएर अध्ययन थालेको नेपाल आयल निगमले जनाएको छ । सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईन बनाउने सन्दर्भमा भारतीय आयल निगमका अधिकारी फिल्डमा खटिएका हुन । उक्त पेट्रोलियम पाइपलाइनको स्थलगत रेखांकन बाट दूरी समेत कम… Continue reading नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने
Author: Vishwanews.com
वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास
काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई फिर्ता ल्याउदैछ । शुक्रबार त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा पुर्याउने सम्बन्धमा पूर्वाभ्यास गरिएको छ । चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिदैछ । त्यहासम्म कसरी उनीहरुलाई पुर्याउने भन्ने सम्बन्धमा प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरिएको हो । चीनबाट शनिबार… Continue reading वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास
८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र
देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ । यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो… Continue reading ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र
आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै
काठमाडौं । आज १४ फेब्रुअरी, विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा यस दिनलाई मनाइदैछ । प्रेमिल जोडीहरुले एक अर्काको माया साटासाट गर्ने दिनका रुपमा यस दिनलाई एक पर्वकै रुपमा मनाउन थालेका छन् । नेपालमा पछिल्ला दिनमा यो दिवस मनाउन थालिएको छ । युवायुवतीहरु एक अर्कालाई उपहार, गुलाफ दिएर यो पर्व मनाउँछन् । आफ्नो प्रेमी… Continue reading आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै
असारसम्म काठमाडौंमा मेलम्ची !
काठमाडौं । सरकारले आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइसक्ने दावी गरेको छ । खानेपानी मन्त्री विना मगरले बिहिवार मन्त्रालयको तर्फबाट स्वेतपत्र जारी गर्दै उक्त दावी गरेकी हुन । मन्त्री मगरका अनुसार आयोजनाको कामले गति लिएको छ काठमाडौं उपत्यका भित्र खानेपानी पाइपको सन्जाल बिस्तारको काम उत्तिकै गतिमा भइरहेको छ । जसले गर्दा असारसम्म मेलम्चीको पानी काठमाडौं… Continue reading असारसम्म काठमाडौंमा मेलम्ची !
कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान
कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान खुलेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीको भने पहिचान भइसकेको छैन । ढल निर्माण सम्बन्धी काम गरिरहेको समयमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको थियो । अन्य दुई जना नेपाली कामदार घाइते… Continue reading कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान
प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दैछन् । दिउँसो २ बजे संसदमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको छ । यस उपलक्ष्यमा सरकारका कामको बचाउ र प्रचार गर्ने उद्देश्यले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् । पछिल्लो समय सरकारका कामबाट प्रधानमन्त्री स्वयमः… Continue reading प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने
नेपाली युवाको भारतमा गोली हानी हत्या
सप्तरी । एक नेपाली युवाको भारतमा गोली हानी हत्या भएको छ । सप्तरीका डम्बर यादवको भारतमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका स्थायी बासिन्दा यादवको भारतमा हत्या भएको हो । उनी सोही नगरपालिकास्थित ग्यारेजमा काम गर्थे । कामको सिलसिलामा भारत गएर नेपाल आउँदै गर्दा उनमाथि… Continue reading नेपाली युवाको भारतमा गोली हानी हत्या
कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो
कुवेत । कुवेतमा काम गर्ने स्थानमा भएको दूर्घटनामा पुरिएर ४ नेपालीको ज्यान गएको छ । अन्य ३ जना घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार बालुवा र ग्राभेलसहितको ढिस्को खसेको थियो । जसले कामदारहरुलाई पुरेको बताइएको छ । घटनामा ४ नेपाली कामदार परेको बताइएको छ । परिचय भने सार्वजनिक गरिएको… Continue reading कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो
चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार
काठमाडौं । सरकारले शनिबार चीनबाट झण्डै २ सय विद्यार्थीलाई नेपाल फर्काउँदैछ । उनीहरुलाई नेपाल ल्याएपछि घर परिवारसँग भेट गर्न भने दिइने छैन । नेपाल एयरलाइन्सको विशेष विमानबाट नेपाल आउने उनीहरुलाई त्यहाबाट एम्बुलेन्समा राखेर सिधै खरीपाटीस्थित क्वारेन्टाइनमा लगिने भएको छ । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको… Continue reading चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार
अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत
काठमाडौं । अमेरिकामाथि एक दिवसीय क्रिकेटमा नेपालले कीर्तिमानी जीत निकालेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले बुधबार अमेरिकामाथि ८ विकेटको रवाफिलो जीत निकालेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई वानडे इतिहासमै कीर्तिमानी कम स्कोरमा सम्ट्दा मात्र ३५ रन मात्र बनाउन दियो । टस जितेर बल रोजेको नेपालले अमेरिकालाई… Continue reading अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत
पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विवाद प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय भएका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो । मन्त्रीपरिषद्को निर्णयमा अख्तियारले… Continue reading पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो
सल्यान । सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना भएको छ । दूर्घटनामा एक जनाको ज्यान गएको छ । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाही विशाल गुरुङ, रेशम हिटन मगर,… Continue reading सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो
नयाँ भारतीय वायुसेवा भिस्ताराले नेपाल उडान थाल्यो
काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले काठमाडौं उडान थालेको छ । मंगलबारदेखि यो कम्पनीले दिल्ली-काठमाडौं रुटमा उडान थालेको हो । टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेन्चरमा खुलेको यो कम्पनीको काठमाडौं पाँचौ अन्तर्राष्ट्रिय गन्तब्य हो । कम्पनीले पहिलो उडान सिंगापुरमा गरेको थियो । जहाजमा प्रिमियम र इकोनोमी क्लासका सीट राखिएको छ । दिल्लीबाट काठमाडौं… Continue reading नयाँ भारतीय वायुसेवा भिस्ताराले नेपाल उडान थाल्यो
१० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती
काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् । चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो । अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम… Continue reading १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती
नवलपरासीमा ट्याक्टर दूर्घटना, ४ जनाको मृत्यु
नवलपरासी । पूर्वी नवलपरासीमा भएको सवारी दूर्घटनामा चार जनाको ज्यान गएको छ । नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार दूर्घटनामा चारजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन्। छरछरेबाट ट्याक्टर बुलिङ्गटारतर्फ जाने क्रममा दूर्घटनामा परेको हो । लु ४ च २५५६ नम्बरको ट्याक्टर मंगलबार बेलुका दुर्घटनामा परेको हो। प्रहरीका… Continue reading नवलपरासीमा ट्याक्टर दूर्घटना, ४ जनाको मृत्यु
फिलिपिन्सद्धारा अमेरिकासँगको सैन्य सम्झौता रद्द
मनिला । फिलिपिन्सले अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्ने निर्णय गरेको छ । दुई मुलुकबीचको सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौता रद्द गर्ने निर्णयमा फिलिपिन्स पुगेको हो । फिलिपिन्स पछिल्ला दिनमा चीनसँग नजिक हुँदै गएको छ । फिलिपिनी रोड्रिगो दुतेर्तेले सैन्य साझेदार अमेरिकाबाट अलगत हुने चेतावनी दिँदै आएका थिए । सोही मेसोमा फिलिपिन्सले यस्तो निर्णय गरेको हो… Continue reading फिलिपिन्सद्धारा अमेरिकासँगको सैन्य सम्झौता रद्द
के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?
काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस जस्तै लक्षणमा संक्रमित बिरामी भेटिएपछि यसले नेपालको चिन्ता बढाइदिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सोही रोगसँग मिल्ने प्रकृतिको लक्षण देखिएको भन्दै गाउँपालिकाले रोगको पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पत्राचार गरेको छ । गाउँपालिकाकाको गुम्बा बस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोको लक्षण देखिएको छ । यसको प्रकृति ठ्याक्कै कोरोनासँग मिल्छ… Continue reading के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?
चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने
काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो । वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् । नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ ।… Continue reading चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने
एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित
काठमाडौं । पाहुनाको सेवा सुविधामा लापरवाही गरेको भन्दै दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनस्थित एभरेष्ट पानारोमा रिसोर्ट तीन महिना बन्द गराउन निर्देशन दिएको हो । यस रिसोर्टमा ७ माघमा ८ जना भारतीय पर्यटकको कोठामा निसास्सिएर ज्यान गएको थियो । ग्यास हिटर बालेर सुत्दा… Continue reading एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित
दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत
काठमाडौं । भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले लगातार तेस्रो पटक चुनाव जितेको छ । केजरीवालको पार्टी आम आदमीले भारी बहुमतका साथ चुनाव जितेको हो । मंगलबार साँझसम्म अधिकांश सीटको नतिजा आइसकेको छ । कूल ७० सीटका लागि भएको निर्वाचनमा आम आदमीले भारी बहुमत ल्याएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई समेत दिएका छन्। शनिबार… Continue reading दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत
विमानस्थलमा लागेको आगोबारे छानविन गर्न समिति गठन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लागेको आगलागीबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको हो । सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ । मन्त्रालयका उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल,… Continue reading विमानस्थलमा लागेको आगोबारे छानविन गर्न समिति गठन
बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै
काठमाडौं । पछिल्लो समय नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमणले तीब्रता पाएको छ । मंगलबार मात्र बंगलादेशी सेनापति अजिज अहमद नेपालको ५ दिने भ्रमण पुरा गरी स्वदेश फर्किएलगत्तै नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बंगलादेशको भ्रमण गर्ने भएका छन् । यसअघि तीन महिनाअघि बंगलादेशका राष्ट्रपतिले नेपालका ५ दिने भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली फागुन ५मा… Continue reading बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै
प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी
काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । अत्यन्तै कम प्रोफाइलमा बसेर इमानदारीसाथ काम गरेका ज्ञवालीलाई मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले आइजीपी बनाएको हो । सर्वेन्द्र खनालको कार्यकाल सकिएसँगै उनी नेपाल प्रहरीको शक्तिशाली प्रमुख पदमा आइपुगेका हुन् । ज्ञवाली निर्विवाद रुपमा आईजीपी बनेका छन् । ज्ञवालीले आगामी ५ महिना… Continue reading प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी
भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक
काठमाडौं । नेपाल आउने पर्यटक भ्रमण वर्ष २०२० को पहिलो महिनामै घटेका छन् । यसले सरकारको वार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नराम्रोसँग प्रभावित हुने संकेत गरेको छ । अझ रोचक तथ्थ्य, चीनबाट आउने पर्यटक कोरोना भाइरसका वावजुत बढेका छन् भने भारतीय पर्यटकको संख्यामा कमी आएको छ । अमेरिकाबाट आउने पर्यटकको संख्यामा समेत जनवरीमा… Continue reading भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक
१८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने
काठमाडौं । अब नेपालमा सवारी चालक अनुमति पत्र लिन १८ वर्ष पुग्नु पर्ने भएको छ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ । यसअघि १६ वर्षको उमेरमै लाइसेन्स पाउने प्रावधान छ । यातायात व्यवस्था विभागका अनुसार अब न्यूनतम उमेर १८ वर्ष तोक्नेगरी ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ आउँदैछ ।… Continue reading १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने
नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा
काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि प्रवद्र्धनात्मक भाडादर सार्वजनिक गरेको छ । जापानमा रहेका नेपाली र पर्यटकले नेपाल आउँदा होस वा नेपालबाट जापानमा जाँदा अब राष्ट्रिय ध्वजाबाहकमा मात्र ३७ हजार भाडा तिरेर नारितासम्म उड्न सकिने भएको छ । नेपाल एयरलाइन्सले २ मार्च (१९ फागुन)बाट जापानमा उडान थाल्दैछ । उडानको तयारी पुरा भएको र टिकट… Continue reading नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा
गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने
काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ । अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो । खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै… Continue reading गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने
पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो । उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् । कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको… Continue reading पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या
हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त
हङकङ । हङकङ चार दिनसम्म पानीजहाजमा थुनिएका ३६ सय मानिस मुक्त भएका छन् । कोरोना भाइरसको निगरानीका लागि भन्दै उनीहरुलाई जहाजमै बन्धक बनाइएको थियो । उनीहरुलाई कोरोनाको परीक्षण गरि मुक्त गरिएको छ । जहाजका केही कर्मचारी र यात्रमा कोरोना रहेको आंशक गरिएकोपछि वर्ल्ड ड्रीम क्रुजमा करीव३ हजार ६ सय यात्रु र चालक दललाई सदस्य जहाजमै… Continue reading हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त