पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

९ असोज, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ पासाङल्हामु राजमार्गस्थित नेपाल… Continue reading पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिन बिहीबार काठमाडौँस्थित शक्तिपीठ भद्रकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

रासस९ असोज, काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी… Continue reading आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

९ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ । पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद… Continue reading पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

९ असोज, गलकोट । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको… Continue reading दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

९ असोज, दोधारा चाँदनी । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । “यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय… Continue reading विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

‘जेन-जी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

file

९ असोज, झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन्… Continue reading ‘जेन-जी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

९ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने ५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र… Continue reading गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

rss

८ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक… Continue reading प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

तुइन खोलाको पहिरो आज दिनभर पन्छाइयो, तर यात्रा अनिश्चित

८ असोज, चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको थियो । दिनभर पन्छाउँदा समेत काम भने… Continue reading तुइन खोलाको पहिरो आज दिनभर पन्छाइयो, तर यात्रा अनिश्चित

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

८ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो । महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए ।… Continue reading काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

फेरियो लोपोन्मुख राउटेको जीवनशैली

राष्ट्रिय समाचार समिति (रासस) ७ असोज, दोधारा चाँदनी । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका… Continue reading फेरियो लोपोन्मुख राउटेको जीवनशैली

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

८ असोज, ढोरपाटन । दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठाला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि… Continue reading दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

सिङ्गापुरको मुद्रास्फीति दरमा व्यापक कमी

AP Images

८ असोज, काठमाडौं । सिङ्गापुरमा वार्षिक आधारमा मापन हुने मूल्य वृद्धि (मुद्रास्फीति) दर अगस्ट महिनामा ०.३ प्रतिशतमा झरेको छ, जुन जुलाई महिनाको ०.५ प्रतिशतभन्दा कम हो । यो तथ्य सरकारी तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको हो । व्यापार तथा उद्योग मन्त्रालय र सिङ्गापुरको मौद्रिक प्राधिकरणले संयुक्त विज्ञप्तिमा सेवासम्बन्धी मूल्य वृद्धिमा भएको कमीले कुल मूल्य वृद्धिलाई कम… Continue reading सिङ्गापुरको मुद्रास्फीति दरमा व्यापक कमी

विश्वको आर्थिक वृद्धिदर निरन्तर घट्ने प्रक्षेपण

८ असोज, काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, विश्वको आर्थिक वृद्धिदर क्रमशः घट्दै जाने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा झनै घटेर २.९ प्रतिशतमा पुग्ने अनुमान छ । यस गिरावटको मुख्य कारणहरूमा अग्रिम… Continue reading विश्वको आर्थिक वृद्धिदर निरन्तर घट्ने प्रक्षेपण

संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

NEW YORK, NEW YORK - SEPTEMBER 23: A general view as President of Brazil Luiz Inacio Lula Da Silva speaks during the 80th session of the UN’s General Assembly (UNGA) at the United Nations headquarters on September 23, 2025 in New York City. World leaders convened for the 80th Session of UNGA, with this year’s theme for the annual global meeting being “Better together: 80 years and more for peace, development and human rights.” Chip Somodevilla/Getty Images/AFP (Photo by CHIP SOMODEVILLA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

एजेन्सी८ असोज, काठमाडौं । विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका लागि न्युयोर्कमा भेला भएका छन् । त्यहाँ गाजा र युक्रेन द्वन्द्व प्रमुख छलफलको विषय बन्ने अपेक्षा गरिएको छ । म्यानहट्टनस्थित संयुक्त राष्ट्र मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय सामान्य बहससँगै वार्षिक सभा सेप्टेम्बर ९ मा आधिकारिक रूपमा प्रारम्भ भएको हो । परम्पराअनुसार ब्राजिलले… Continue reading संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध गराइदै

rss

८ असोज, काठमाडौं । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्दी मिलान गर्र्न लागिएको स्पष्ट पारेको छ । गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा असपष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका… Continue reading कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध गराइदै

आज दसैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको साधना गरिँदै

जनकपुरधामस्थित शक्तिपीठ राजदेवी माताको मन्दिरमा नवरात्रको बुधबार तेस्रो दिन पूजाअर्चनका लागि आएका भक्तजन । तस्बिर : निरंजनकुमार साह / रासस

८ असोज, काठमाडौं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको… Continue reading आज दसैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको साधना गरिँदै

मुग्लिन–नारायणगढको विकल्पमा कुन सडक प्रयोग गर्ने ?

८ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका… Continue reading मुग्लिन–नारायणगढको विकल्पमा कुन सडक प्रयोग गर्ने ?

जेनजी आन्दोलनमा निजी क्षेत्रले मात्र ८० अर्ब गुमाएको प्रारम्भिक अनुमान

८ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन… Continue reading जेनजी आन्दोलनमा निजी क्षेत्रले मात्र ८० अर्ब गुमाएको प्रारम्भिक अनुमान

आजबाट शिक्षामन्त्रीको मन्त्रालयमै बास, कर्मचारीलाई दिए तीन निर्देशन

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका कर्मचारीलाई आज तीन वटा दिएका छन् । मन्त्रालयमा आज ब्रिफिङका क्रममा उनले नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने बताए । उनले भने, “केही विश्वविद्यालयहरूले परीक्षा… Continue reading आजबाट शिक्षामन्त्रीको मन्त्रालयमै बास, कर्मचारीलाई दिए तीन निर्देशन

इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

file

८ असोज, काठमाडौं । इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ । गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत… Continue reading इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

तुइनखोलामा डाँडै खस्यो, भयानक पहिरोपछि अनिश्चितकालका लागि बन्द भयो राजमार्ग

७ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । आज दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए । उनले भने, “पहिरो झर्ने क्रम नरोकिँदा… Continue reading तुइनखोलामा डाँडै खस्यो, भयानक पहिरोपछि अनिश्चितकालका लागि बन्द भयो राजमार्ग

टोपबहादुर रायमाझी फर्किए कारागार

७ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका… Continue reading टोपबहादुर रायमाझी फर्किए कारागार

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

नवनियुक्त मन्त्री सिन्हा – पदभार ग्रहण काठमाडौँ, ७ असोजः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सिंहदरबारस्थित कानुन मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

७ असोज, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गरे । पदबहालीपछि मन्त्री सिन्हाले कानुनलाई आमजनताले कसरी स्पष्टसँग बुझ्न सक्छन् त्यसको निर्माण प्रक्रिया, भाषा, शैलीलगायत प्राविधिक विषयमा अध्ययन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गरे । त्यसअवसरमा… Continue reading जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने, १३,३५३ रुपैयाँ भाडा

File

७ असोज, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बङ्गालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो । कोलकाता–काठमाडौँको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो ।… Continue reading बुद्ध एयरले काठमाडौँ–कोलकाता सीधा उडान गर्ने, १३,३५३ रुपैयाँ भाडा

प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

rss

७ असोज, काठमाडौं । निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल… Continue reading प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

७ असोज, राजविराज । यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो । दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार… Continue reading पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या

७ असोज, गोलबजार । यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ… Continue reading अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या

सुनको मूल्यले फेरी राख्यो कीर्तिमान, तोलाको दुई लाख २१ हजार ७००

७ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।… Continue reading सुनको मूल्यले फेरी राख्यो कीर्तिमान, तोलाको दुई लाख २१ हजार ७००

सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

A man walks along a road amid heavy rain due to weather patterns from Super Typhoon Ragasa in Lal-lo town, Cagayan province on September 22, 2025. Hundreds of families sheltered in schools and evacuation centres on September 22 as heavy rains and gale-force winds from Super Typhoon Ragasa lashed the northern Philippines and southern Taiwan. (Photo by John Dimain / AFP)

एजेन्सी७ असोज, मनिला । सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ । फिलिपिन्स मौसम सेवाका अनुसार दिउँसो ३ बजे टाइफुनले अत्यन्त कम जनसङ्ख्या भएको बाबुयान शृङ्खलाको कालायन टापुमा जमिन छोयो । दिउँसो २ बजेसम्म आँधीको केन्द्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टा स्थिर हावा र… Continue reading सुपर टाइफुन रागासा : फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी