आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या

काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले फेरी बर्बरता प्रदर्शन गरेको छ । आइएसले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आईएसले अघिल्लो अक्टोबरमा नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर मारिएको बदला लिन ती मानिसको हत्या गरेको उल्लेख गरेको छ । आईएसले समाचार एजेन्सी अमाकमार्फत्… Continue reading आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या

काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

काजकस्तान । काजकस्तानस्थित अल्माती एयरपोर्ट नजिक भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन । ६० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार रहेका थिए। त्यसमध्ये ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको उल्लेख छ । ‘बेक एयर’ को जेड… Continue reading काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि शुक्रबार शिक्षण अस्पताल पुगेका छन् । उनी नियमित डायलासिसपछि प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टुइट गर्दै जानकारी गराएका छन् । १२ वर्ष अघि फेरेको मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्रीलाई अहिले नियमित डायलासिस गर्नुपर्ने भएको छ । त्यसका लागि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल… Continue reading प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि

मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१… Continue reading मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ । महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो… Continue reading अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो । शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले… Continue reading कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो । अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् । १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट… Continue reading छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र

प्रतिकात्मक तस्वीर

म्याग्दी । बेनी–जोमसोम सडक खण्डमा गएको सुख्खा पहिरोका कारण मुस्ताङ जाने सवारी साधन रोकिएको छन् । यसले मुक्तिनाथका लागि हिडेका यात्री अलपत्र परेका हुने । म्याग्दी प्रहरीका अनुसार शुक्रबार बिहानैबाट यो बाटो बन्द भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गुइठेभिरमा सुक्खा पहिरो गएको हो । जसले गर्दा बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुन पुगेको… Continue reading मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र

कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कार प्रयासको आरोप लागेपछि यतिबेला व्यवस्थापिका संसद नेतृत्वबिहिन रहेको छ । तर, सत्तारुढ नेकपाले सभामुखको लागि पार्टी भित्रैबाटै सहमति निकाल्न सकेको छैन । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नै सहमति जुट्न नसकेपछि संसदले नयाँ सभामुख नपाएको हो । अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाइरहेको यो पदमा उनले समेत… Continue reading कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ । ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए । तर, भित्रभत्रै… Continue reading ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् । यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको… Continue reading अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

काठमाडौं । सरकारले १२ वैशाख २०७२ को भूकम्पयता पुनर्निर्माणका क्रममा संरचना निर्माणमा मात्र साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्राधिकरण १२ पुसमा ५ औं वर्षमा प्रवेश गर्दैछ । यसको… Continue reading पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ । तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ ।… Continue reading काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

पोखरामा भारतीय बस आउन रोक

पोखरा । पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमा प्रतिवन्ध लागेको छ । पोखरामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि प्रतिवन्ध लगाएको हो । पोखरामा भारतीय पर्यटकको बाहुल्य रहेको छ । उनीहरु आफ्नै सवारी साधन लिएर आउने गरेका छन् । प्रतिवन्धपछि पोखरा आउने भारतीय पर्यटकको आगमनमा भने असर पर्न सक्ने… Continue reading पोखरामा भारतीय बस आउन रोक

आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

काठमाडौं । आज बिहान नेपालसहित विश्वका अधिकांश मुलुकमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। उक्त अवसरमा नेपालका कतिपय स्थानीय तह र विद्यालयले सार्वजनिक बिदा समेत घोषणा गरेको छ । बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । ग्रहणले बिहान ८.४२ मा स्पर्श गर्ने छ भने ११.३१ बजे… Continue reading आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो । उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । भोस्लेले शनिबार संगीतकार… Continue reading प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा ट्राफिक नियम उल्लंघन गर्नेका लागि पहिलो पटकमै ५ हजार रुपैयाँ जरिवानाको नियम ल्याउने तयारी गरेको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदा बनिरहेको छ । ऐनमा उक्त विषय उल्लेख गरिएको विभाग स्रोतले जनाएको छ । बन्दै गरेको ऐनको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव… Continue reading नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी

उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं पर्यटकीय शहर भएकाले ६ बजे नै सुत्न नहुने बताएका छन् । बुधबार भ्रमण वर्षका अवसरमा राजधानीका सबै स्थानीय तहका प्रमुखसँगको छलफलमा मन्त्री भट्टराईले काठमाडौंमा रात्रिकालिन जीवन ब्यूझाउन आग्रह गरेका छन् । कुनै पनि पर्यटकीय शहर ६ बजे नै बन्द नहुने भन्दै उनले राजधानीमा रात्रिकालिन… Continue reading उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन

टुट्यो रामकृष्ण ढकालको जोडी

काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो । पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो । सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी… Continue reading टुट्यो रामकृष्ण ढकालको जोडी

काठमाडौंमा वर्षकै चिसो दिन मापन

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । महाशाखाका अनुसार अहिले देशका… Continue reading काठमाडौंमा वर्षकै चिसो दिन मापन

छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।… Continue reading छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ । यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ । आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम… Continue reading आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

काठमाडौं । घर र गाडी किन्दा बैंकले दिने कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ। बैंक तथा वित्तीय संस्थाका नाममा मंगलबार नयाँ निर्देशन जारी गरेको राष्ट्रबैंकले ऋणीको आयस्रोतमा हुने भुक्तानी र त्यसको किस्ता रकमको परिमाणमा कडाई गरेको छ । ऋणीले तिर्ने किस्ता रकम व्यक्तिको कुल आम्दानी भन्दा ५० प्रतिशत नाघ्न पाउने छैन । ऋण भुक्तानीलाई आम्दानीको… Continue reading घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ । उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो । एन्फाले चारै जना खेलाडीको कारवाही… Continue reading ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

भ्रमण वर्षकै मुखमा पर्यटन बोर्ड नेतृत्वविहिन

काठमाडौं । नेपाल पर्यटन बोर्ड नेतृत्वबिहिन भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले नियमित अवकास पाएसँगै बोर्ड नेतृत्व बिहिन भएको हो । उनको ४ वर्षे कार्यकाल सोमबार सकिएको हो । नयाँ सीइओ नियुक्ति प्रक्रिया चलिरहेको भएपनि पुरा नभएका कारण भ्रमण वर्षको मूखमै पर्यटन बोर्ड भने नेतत्वबिहिन भएको हो । यसले बोर्डको महत्वपूर्ण… Continue reading भ्रमण वर्षकै मुखमा पर्यटन बोर्ड नेतृत्वविहिन

सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ । संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ । किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको… Continue reading सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो । सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए । उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री… Continue reading समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

क्वालालाम्पुर । मलेसिया सरकारले आगामी १ जनवरीबाट श्रमिकको न्यनतम पारिश्रमिक वृद्धि गर्दैछ । यसबाट १ लाखभन्दा माथिको संख्यामा रहेका नेपाली कामदार समेत लाभान्वित हुने भएका हुन् । मलेसिया नेपाली कामदारको मूख्य गन्तब्य स्थलमध्ये एक हो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक बढाउने नीतिले स्वदेशी तथा विदेशी दुबै श्रमिकहरुको पारिश्रमिक बढ्न लागेको हो । मलेसियाली मानव संसाधन… Continue reading मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी… Continue reading तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

सांकेतिक तस्वीर

चितवन । २ सय २० यात्रु क्षमतामा यात्रु बोक्ने सक्ने क्रुजसिप (मिनीपानीजहाज) को नारायणी नदीमा परीक्षण गरिएको छ । परिक्षण सफल भएको राइनो इन्टरटेन्मेन्ट कम्पनीले जानकारी दिएको छ । आइतबार बेलुका २५ जना यात्रुसहित जहाजको सफल परीक्षण गरिएको हो । भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्टबाट नदीमा निकालेर जहाजको परीक्षण गरिएको थियो । त्यसका लागि भारतबाट प्राविधिक… Continue reading पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण