उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने

काठमाडौं । उत्पादनमुलक उद्योगहरुले लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्कमा छूट पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार यो निर्णयको कार्यान्वयन आजबाट हुन लागेको हो । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेको हो । यस्तो व्यवस्था बजेट मै उल्लेख थियो । लामो समयदेखि व्यवसायीले… Continue reading उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने

प्रदेश दुईमा आज सार्वजनिक बिदा

जनकपुर । मधेष आन्दोलनको सम्झनामा प्रदेश नं २ मा हरेक वर्ष ५ लाई बलिदानी दिवसका रुपमा मनाइन्छ । यसै दिनको अवसर पारी दिन आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइने गरिएको हो । बलिदानी दिवस सिरहाको लहानका मधेश… Continue reading प्रदेश दुईमा आज सार्वजनिक बिदा

निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

काठमाडौं । संसद विघटन गरी सरकारले निर्वाचनको नयाँ मिति तोकेपछि यसको तयारीमा निर्वाचन आयोग र सुरक्षा निकाय जुटेका छन् । सरकारले निर्वाचनको मिति नै घोषणा गरेको अवस्थामा अदालतमा विचाराधिन भएपनि तयारी समेत थाल्नुपर्ने तर्क आयोगको छ । सोहीकारण १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख… Continue reading निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशमाथि गोली हानियो

File

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि गोली प्रहार भएको छ । उनीहरुको गोली हानी हत्या भएको पुष्टी सरकारी अधिकारीले गरेका छन् । दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीको आक्रमणमा परेको अदालतका प्रवक्तालाई उदृत गर्दै समाचार संस्था एएफपीले जानकारी गराएको छ । सञ्चारकर्मी, अधिकारवादी, राजनीतिक व्यक्तित्वलगायतलाई लक्षित गरि… Continue reading अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशमाथि गोली हानियो

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

ओस्लो । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमलले उल्लेख गरेका छन् । खोपको साइड इफेक्टपछि उनीहरुको मृत्यु भएको बताइएको छ । त्यसो त शनिबारबाट शुरु भएको कोरोना खोप लगाएपछि भारतमा समेत सयौं… Continue reading नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

राज्यमन्त्री खोसिएका व्यापारी दुगडलाई प्रधानमन्त्रीको उपहार, बने विशेष सल्लाहकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । उनी अब मन्त्रीसरहको नियुक्ति भएका हुन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा यस पदमा थिए । खतिवडालाई सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति दिएपछि रिक्त रहेको पदमा दुगडलाई लिइएको हो । संसद विघटनपछि भएको… Continue reading राज्यमन्त्री खोसिएका व्यापारी दुगडलाई प्रधानमन्त्रीको उपहार, बने विशेष सल्लाहकार

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५९पुगेको छ ।

नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, ४०० जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, ४०० जना डिस्चार्ज

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ गरेको स्रोतले जानकारी दियो । त्यस्तै उनले पार्टी र आगामी निर्वाचनबारे पनि राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ । संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बहस… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ

‘ओलीले रोजेको पतनको बाटो हो, त्यो हामीलाई स्वीकार्य छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोली जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने व्यक्ति भएको जनाएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् विघटन हुँदा जनता स्तब्ध भएको… Continue reading ‘ओलीले रोजेको पतनको बाटो हो, त्यो हामीलाई स्वीकार्य छैन’

काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

काठमाडौं । आजबाट काठमाडौं उपत्यका भित्रका अधिकांश विद्यालय संचलनमा आउने भएका छन् । यसअघि अनलाइन कक्षा संचालन भइरहेका विद्यालयलहरुले अब भौतिक रुपमै कक्षा संचालन गर्न लागेका हुन् । कोरोनाको जोखिम कम भएको भन्दै स्थानीय सरकारहरुले विद्यालय खोल्न अनुमति दिएका छन् । केही विद्यालय भने अझै बन्द हुने भएका छन् । विद्यालय खोल्ने वा बन्द गर्ने… Continue reading काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

काठमाडौं । संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन भएका छन् । संघको १० औं साधारणसभाले संगीतकार पारस मुकारुङलाई संगीतकार संघ नेपालको अध्यक्षमा चयन गरेको हो । संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा चयन भए । सदस्यमा जेम्स… Continue reading संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पोखरा । बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएको छन् । प्रहरीका अनुसार यस दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको… Continue reading पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजबाट निरन्तर सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने राष्ट्रिय समाचार समितिले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश… Continue reading संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

काठमाडौं । आर्थिक प्रलोभनमा पारी सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा फसाउन खोज्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वर्षिया युवतीले २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा उजुरी गरेकी थिइन् । ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा ५ जना व्यक्तिले अपहरण गरी रौतहट,… Continue reading सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । बिहिबार दिल्ली पुगेका उनी शुक्रबार भने नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिएका थिए । स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए । भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई… Continue reading स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

काठमाडौं । हिँउदे सिजनमा संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु आरोहण हुन सकेको थिएन । नेपालका १० जना पर्वतारोहीले शनिबार यो कीर्तिमान राखेका छन् । केटु पाकिस्तानमा पर्छ । यसअघि संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले नेपालीले टोलीले यो कीर्तिमान राखेको… Continue reading हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

नेपालमा थप २४० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३८१९ परीक्षणबाट उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । अब नेपालामा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । २ लाख… Continue reading नेपालमा थप २४० जनामा कोरोना पुष्टी

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

काठमाडौं । संसारमा कोरोनाबाट अति प्रभावित मुलुक अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएपछि अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि… Continue reading अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

सचिन पुत्र अर्जुनले गरे मुम्बईको सिनियर टीममा डेब्यू

मुम्बई । विश्व क्रिकेटका एक महान हस्ती सचिन तेन्दुलकरका पुत्र अर्जुन सिनियर टीममा आएका छन् । २१ वर्षिय अर्जुनले मुम्बईको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । भारतमा जारी सैयद मुश्ताक अली ट्रफी टी २० प्रतियोगितामा शुक्रबार अर्जुनले हरियाणाविरूद्ध मुम्बईबाट डेब्यू खेल खेलेका छन् । उनी बलरको रुपमा टीममा आएका हुन् । अर्जुनले डेब्यू म्याचमै विकेट… Continue reading सचिन पुत्र अर्जुनले गरे मुम्बईको सिनियर टीममा डेब्यू

भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

Photo : DNA India

नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई… Continue reading भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

काठमाडौं । आज सरकारको संसद विघटन गर्ने अंवैधानिक निर्णयको विरुद्धमा नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको जनाएको छ । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पुस… Continue reading सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल

काठमाडौं । राजनीतिक उचारचढावका बीच शुक्रबार एक खबर सार्वजनिक भयो, जसअनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने निश्चित भएको छ । सामाजिक संजालमा गसिपका लागि यो खबर राम्रो मसला भएको छ । ५० वर्षीय राईले माघ ११ मा काठमाडौंमा विवाह गर्ने भएका छन् । तर, उनी कोसँग बिवाह बन्धनमा बाँधिने छन्, त्यो भने… Continue reading मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल

पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भन्दै आज भारतीय संचारमाध्यमले खुलासा गरेका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गत नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी नवभारत टाइम्सले उल्लेख गरेको छ । यता, नेपाल आयल निगमले भने पाइपलाइनमा आक्रमण भएको जानकारी… Continue reading पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

नयाँ दिल्ली । नेपाल भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषय यो बैठकमा औपचारिक प्रवेश नै नभएको पाइएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका थिए । तर,… Continue reading नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

सरकारले सञ्चालनमा ल्यायो नागरिक एप, के छ सुविधा ?काठमाडौं । सरकारले नागरिक एप संचालनमा ल्याउने निर्णय गरेको छ । आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता/सूचना तथा संचारमन्त्री पार्वत गुरुङले नागरिक एप संचलनमा आएको जानकारी दिए । उनका अनुसार आजैबाट यसको सेवा नागरिकले लिन सक्नेछन् ।अहिले यो एप मार्फत नागरिकले नागरिकता विवरण, स्थायी लेखा… Continue reading सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो । कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल… Continue reading नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४८ पुगेको छ ।

नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ। बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै… Continue reading नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?