नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा

काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।मंगलबार सामान्य करेक्शन आएको बजारले आज फेरि नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २३४२ विन्दु पार गर्दै इतिहासकै… Continue reading नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा

काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ३, ललितपुरमा २६ र काठमाडौंमा ११६ जना कोरोना संक्रमित भेटिएका हुन्।

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९७५ पुग्यो

File

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९७५ पुगेको छ ।

नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ जना डिस्चार्ज

कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्चद्धारा आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कृषिमा वैदेशिक लगानी खुला गर्ने नीति तत्कालै कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले कृषिका प्राथमिक उत्पादन… Continue reading कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्चद्धारा आदेश जारी

नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा

काठमाडौं । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले १० लाख डोज खोप स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने त्रिपाठीले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए… Continue reading नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा

दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

सोल । दक्षिण कोरियाले सो मुलुक भित्र रहने सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले यस्तो घोषणा गरेका हुन् । उनको घोषणासँगै यस मुलुकमा रहेका हजारौं नेपाली नागरिक समेत लाभान्वित हुने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा करीव… Continue reading दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

Photo : The Economic Times

वासिंटन डिसी । ट्रम्प समर्थकले हिंसात्मक आन्दोलन गर्न सक्ने आशंका सहित अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण कार्यक्रमका दौरान २५ हजार सुरक्षाकर्मी खटाइएको छ । शपथ ग्रहण कार्यक्रमको तयारीको काम भने पुरा भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । शपथ कार्यक्रमका दौरान हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै अमेरिकाका ५०… Continue reading बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

भारतले अनुदानमा दिएको खोप आज हस्तान्तरण गरिँदै

काठमाडौं । भारतले नेपालसहित आफ्ना छिमेकी मुलुकका लागि करोडौं डोज खोप अनुदानमा निशुल्क उपलब्ध गराउँदैछ । यसको पहिलो किस्ता आज काठमाडौं आउने भएको छ । काठमाडौंमा भारतीय राजदुतले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा… Continue reading भारतले अनुदानमा दिएको खोप आज हस्तान्तरण गरिँदै

आन्दोलन बल्ल शुरु भयो : ट्रम्प

फाईल फोटो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी बिदाई भएका छन् । नयाँ राष्ट्रपतिका रुपमा जो बाइडेन विजयी भएसँगै उनले दोस्रो कार्यकाल भने चलाउन पाएनन् । उनी जाँदा जाँदै आलोचनाको शिकार बनेका छन् । तर, उत्तेजित भाषण भने गर्न छाडेनन् । आफ्नो विदाई सम्बोधनमा समेत उनले यस्तै आक्रमक अभिव्यक्ति दिएका छन्… Continue reading आन्दोलन बल्ल शुरु भयो : ट्रम्प

अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो ऐतिहासिक टेस्ट सिरिज

ब्रिसबेन । चौथो तथा निर्णायक टेस्टमा भारतले अस्ट्रेलियालाई मंगलबार ३ विकेट पराजित गरी इतिहास रचेको छ । अष्ट्रेलियाको ब्रिसबेनमा घरेलु टीम ३३ वर्षयता पहिलो पटक कुनै पनि टोलीबाट पराजित भएको हो । आजको जितसँगै भारतले ४ खेलको सिरिज २, १ ले आफ्नो पक्षमा पारेको हो । एक खेल बराबरीमा सकिएको थियो । पहिलो टेस्टमा अस्ट्रेलिया… Continue reading अष्ट्रेलियालाई हराउँदै भारतले जित्यो ऐतिहासिक टेस्ट सिरिज

सुनसरीमा सडक दुर्घटना, तीन जनाको मृत्यु

सुनसरी । सुनसरीमा भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा उक्त हताहती भएको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा दुर्घटना… Continue reading सुनसरीमा सडक दुर्घटना, तीन जनाको मृत्यु

‘संसद विघटन सिफारिस भएको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनपछि देशमा विशिष्ठ अवस्था सिर्जना भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपछि देशमा विशिष्ट परिस्थिति सिर्जना भएको बताएका हुन् । त्यस्तै उनले राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको… Continue reading ‘संसद विघटन सिफारिस भएको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ’

नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्… Continue reading नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना डिस्चार्ज

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९६९पुगेको छ ।

ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत

बीबीसी । बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन्। कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हाल्नेछन्। नयाँ प्रशासनको आगमनले सरकारको केन्द्रमा यसरी व्यापक परिवर्तन ल्याउनेछ। गत साता एक साँझ ट्रम्प प्रशासनका एक केन्द्रीय अधिकारी एवं नीति सल्लाहकार स्टीभन मिलर वेस्ट… Continue reading ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत

भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाल र भुटानलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । बंगलादेशलाई भने दुई करोड डोज खोप दिने निर्णय बैठकले गरेको हो । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको भारतीय सञ्चारमाध्यमले… Continue reading भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उनले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने… Continue reading प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे। प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा… Continue reading पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अरू नेताको निवास नधाउने देउवा यो पटक भने बोहराटार पुगेर वरिष्ठ नेता पौडेलसँग करिब १ घण्टा कुराकानी गरेका हुन् । श्रोतका अनुसार उनीहरुबीच प्रतिनिधि सभा विघटन, निर्वाचन, केन्द्रदेखि प्रदेशसम्म हुन सक्ने सत्तारोहण र पार्टीको १४औं महाधिवेशनबारे छलफल… Continue reading देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

File

काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ । निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो । एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो।… Continue reading ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ । नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप… Continue reading भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कलङ्कीस्थित खड्का गाउँ भन्ने स्थानमा एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षिय शिवराम खड्काको जलेर ज्यान गएको हो । आफ्नो घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।… Continue reading कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल, मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको हो । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल, मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० रूपैयाँ र… Continue reading नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

जनकपुर । अत्यधिक चिसोका कारण यो वर्ष प्रदेश नं २ मा चार जनाको मृत्यु भएको छ । अहिले पनि तराईका धेरैजसो जिल्लामा शितलहर जारी रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको ज्यान गइसकेको छ… Continue reading अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

भारतमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक, कम्तिमा १५ को मृत्यु

photo : ANI news

गुजरात । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक कुदेर भएको विभत्स दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत भन्नै स्थान नजिकै कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको हो । ट्रकले उखु बोकेको थियो । सडकमा ट्याक्ट्ररसँग ठोक्किएको ट्रक फुटपाथमा उछिट्टीएको थियो । चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको संचारमाध्यमले लेखेका छन्… Continue reading भारतमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक, कम्तिमा १५ को मृत्यु

सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

काठमाडौं । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाको आक्रमणमा कम्तिमा ८३ जनाको ज्यान गएको छ । सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)लाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाए अनुसार शनिबारबाट शुरु भएको झडपमा यो हताहती भएको हो । झडपमा अन्य एक सय ६० जना घाइते भएको बताइएको छ । यसको… Continue reading सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

काठमाडौं । पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पूर्वमूख्य सचिवसमेत रहेका रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने… Continue reading पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका… Continue reading इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६५पुग्यो

File

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९६५ पुगेको छ ।