सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधारको बाटोमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ७ प्रतिशत घटेको छ । निर्यात भने २३.९० प्रतिशतले वृद्धि भएको छ । तथ्याङक अनुसार यसअवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ… Continue reading सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन १ महिना मात्र बाँकि छ । यसबीचमा सरकार, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालय यसको तयारीमा धुमधामका साथ लागेका छन् । यता, निजी क्षेत्र पनि यसमा साथसाथै अगाडी बढेको छ । बिहीबार मात्र नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टूर्सले पर्यटकका लागि १० प्रतिशत छूटको घोषणा गर्यो ।… Continue reading भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

उपत्यकामा यस वर्षकौ चिसो, हिमालमा हिउँ पर्न थाल्यो

काठमाडौं । नेपालमा मौसम चिसिने क्रम जारी रहेको छ । मौसमविद्हरुका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको दिन बनेको छ । उता, हुम्लालगायत हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस कायम भएको छ । बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री… Continue reading उपत्यकामा यस वर्षकौ चिसो, हिमालमा हिउँ पर्न थाल्यो

विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करीका रोकेको दावि गर्ने सरकारलाई चूनौति दिँदै बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अनुसार उनीहरु नियमित जाँचका क्रममा समातिएका हुन् । चेन होङयाङ र चेन क्वीनहाङ रहेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरु नेपाल एयरलाइन्सको हङकङ उडानबाट नेपाल आएका… Continue reading विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ । १३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ । १५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक… Continue reading सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

साग उद्घाटन र समापनको दिन काठमाडौंमा जोर-विजोर प्रणाली

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापन भब्य बनाउने तयारीमा सरकार रहेको छ । यस समय करीव ५ हजार विदेशी पाहुना नेपालमा आउने अनुमान छ । खेलाडी, अफिसियल, उच्चपदस्थ अधिकारी, संचारकर्मीसहित ठूलो टोली नेपालमा रहनेछन् । १५ मंसिरमा औपचारिक उद्घाटन हुनेछ । दशरथ रंगशालामा यसको भब्य तयारी गरिएको छ… Continue reading साग उद्घाटन र समापनको दिन काठमाडौंमा जोर-विजोर प्रणाली

प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

फाइल तस्वीर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । उनी बिहीबार साँझ अस्पताल पुगेकी हुन् । मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उनी अस्पताल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको बताइएको छ । उनले बिहीबार… Continue reading प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

एनआरएनएबाट ८३ वटा मुलुकमा भ्रमण वर्ष लक्षित कार्यक्रमको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संजाल बिस्तार भएका विश्वका ८३ औं मुलुकमा नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै कार र्याली आयोजना हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले उक्त जानकारी दिएका हुन् । उनका अनुसार ८३ वटै मुलुकमा साइकल र्याली, कार र्याली, विभिन्न प्रवद्धनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको प्रचार प्रसार गर्ने… Continue reading एनआरएनएबाट ८३ वटा मुलुकमा भ्रमण वर्ष लक्षित कार्यक्रमको तयारी

महिला भलिबलमा नेपाललाई भारतले हरायो

काठमाडौं । बंगलादेशलाई जित्दै सनसनीपूर्ण नतिजा निकालेको महिला भलिबलमा नेपाल बिहीबार भारतसँग भने सोझो सेटमा पराजित भएको छ । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा हरायो । भारत डिफेन्डिंग च्याम्पियनसमेत हो । सागमा भारतलाई उपाधी दावेदार मानिएको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा खेलमा पहिलो सेटमा भने… Continue reading महिला भलिबलमा नेपाललाई भारतले हरायो

‘पुटिन नेपाल आउनेमा सरकार आशावादी’

काठमाडौं । विश्वकै शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने विषयमा नेपाल सरकार आशावादी रहेको सरकार प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनका दौरान सूचना तथा संचार प्रविधि मन्त्रालयमा बास्काटोले यस्तो बताएका हुन् । उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका छौं ।’ सरकारका अहिलेका गतिविधिले नेपाललाई… Continue reading ‘पुटिन नेपाल आउनेमा सरकार आशावादी’

उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबारबाट मौन अवधि सुरु भएको छ । अब निर्वाचन सामग्री निर्वाचन स्थलमा लैजाने र निर्वाचन हुने स्थलको व्यवस्थापनको काम भइरहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । मौन… Continue reading उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

हुम्लामा चालकले मापसे गरी चलाएको टिपर दूर्घटनामा ४ को मृत्यु

हुम्ला । हुम्लामा चालकले अधिक मदिरा सेवन गरी चलाएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। बुधबार भएको दुर्घटनामा १३ परेका थिए । त्यसमध्ये चार जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो । नेपाल खाद्य संस्थानको… Continue reading हुम्लामा चालकले मापसे गरी चलाएको टिपर दूर्घटनामा ४ को मृत्यु

युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो । ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत… Continue reading युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

अर्घाखाँची बस दूर्घटना अपडेट : १९ को मृत्य, ९ को सनाखत

बुटवल । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलका लाग छुटेको यात्रुबाहक बस दूर्घटनामा १९ जनाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको दूर्घटनामा गुल्मी र अर्घाखाँचीका ९ जना यात्रुको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक ओमबहादुर थापा (रुपन्देही)को दूर्घटनामा परी मृत्यु भएको छ । यसबाहेक खाचिकोटकी १८ वर्षिया माया पुरी, खाचिकोटकै ८… Continue reading अर्घाखाँची बस दूर्घटना अपडेट : १९ को मृत्य, ९ को सनाखत

साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले सुखद सुरूआत गरेको छ। नेपालले बुधबार बंगलादेशलाई सजिलै हरायो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३ ० को सोझो सेटमा हराएको हो र । नेपालको समूहमा भारत र बंगलादेश छन् । बंगलादेशलाई हराएको नेपाल भारतसँग कम दवावमा खेल्न सक्नेछ । सन् २०१६ मा… Continue reading साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

काठमाडौं । अरुको खाताबाट सक्कली चेक नै बनाएर रकम निकाल्ने धन्दामा संलग्न ६ जनालाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ । प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ, मनिष घिमिरे, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट कैयौ व्यक्तिको सक्कली चेक नै फेला परेको प्रहरीले बताएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन… Continue reading नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

कस्तो छ प्रधानमन्त्रीलाई ?

काठमाडौं । मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमै उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबारबाट सुधार हुन थालेको छ । यससँगै उनको मृगौलाको डायलासिस गर्ने तयारी समेत गरिएको छ। यसअघि ग्राण्डी अस्पतालमा भइरहेको डायलासिस महराजगञ्जस्थित शिक्षण अस्पतालमै गर्ने तयारी छ । प्रधानमन्त्री मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका हुन् । बुधबार प्रधानमन्त्री बोल्न… Continue reading कस्तो छ प्रधानमन्त्रीलाई ?

अर्घाखाँचीमा बस दूर्घटना, १७ को मृत्यु

बुटवल । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छूटेको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका–६ नरपानीमा दूर्घटना हुँदा १७ जनाको घटनास्थलमै निधन भएको छ । करीव १ दर्जन घाइते भएका छन् । बुधबार बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकै घुम्तीबाट ४… Continue reading अर्घाखाँचीमा बस दूर्घटना, १७ को मृत्यु

आजबाट उपनिर्वाचन लक्षित मौनअवधि शुरु, अन्तिम दिन ठाउँठाउँमा चुनावी सभा

काठमाडौं । शनिबार हुने उपनिर्वाचनको प्रयोजनका लागि बुधबार रातीबाट मौन अवधि प्रारम्भ हुने भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार रातिबाट मौन अवधि सुरु हुने भएको हो । कास्की–२ मा प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदमा १४ मंसिरमा उपनिर्वाचन हुनेछ । आज प्रचार प्रसार गर्न पाउने अन्तिम दिन बुधबार दलहरुले आफ्नो… Continue reading आजबाट उपनिर्वाचन लक्षित मौनअवधि शुरु, अन्तिम दिन ठाउँठाउँमा चुनावी सभा

आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

काठमाडौं । निजी कलेज सञ्चालक एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्। शिक्षा मन्त्रालयमा बुधबार मध्यरातमा निजी कलेज संचालक र शिक्षा मन्त्रीबीच वार्तामा सहमति जुटेको हो । किनकी मंगलबार नै गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले निजी कलेजहरुले शूल्क फिर्ता नगरेपछि बुधबारबाट पक्राउ गरी कानून अनुसार कारवाही चलाउने निर्ण गरेको… Continue reading आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । आकस्मिक अपरेशनपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । उनको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । मंगलबारभन्दा क्रमशः सस्थ्यमा सुधार हुँदै गएको र बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको अस्पताल स्रोतले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई कति दिन अस्पतालमा राख्नु… Continue reading प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस रामेछापमा, चालकलाई मुद्दा

काठमाडौं । काठमाडौँको बानेश्वरमा गत आइतबार डा प्रभु जोशीलाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । डा. जोशीको घटनास्थलमै मृत्यु भएको थियो । आइतबार बिहान पैदल हिडेका चिकित्सकलाई ठक्कर दिएर बस भागेको थियो । उक्त बसका चालक बुद्धकुमार कोँजु रहेको र उनलाई सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।… Continue reading बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस रामेछापमा, चालकलाई मुद्दा

मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ । अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड… Continue reading मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

काठमाडौं । नेपाल र चीन केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वे आयोजनाको भौगर्भिक अध्ययन गर्न सहमत भएका छन् । चीन सरकारले स्वय: एरियल म्यापिङ र भौगर्भिक अध्ययनको काम सुरू गर्ने सहमति जनाएको हो । मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच काठमाडौंमा यस आयोजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा उक्त सहमति जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च… Continue reading केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ

काठमाडौं । सोमबार साँझ समय माग्दै गैरकानूनी शूल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेज संचालकले मंगलबार त्यसतर्फ चासो देखाएनन् । सोहीअनुसार शूल्क फिर्ता नगर्ने कलेज संचालकमाथि कारवाही गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । मंगलबार साँझ गृह मन्त्रालयमा सर्वदलीय बैठक बसेको थियो । मेडिकल कलेजले गैरकानूनी रुपमा उठाएको शूल्क फिर्ता नभएपछि कलेज सञ्चालकलाई बुधबारबाट कारबाही… Continue reading गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ

सागमा १८ हजार सुरक्षाकर्मी, बुधबारबाट खेल शुरु

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूदका खेलहरु बुधबारबाट शुरु हुँदैछन् । यद्दपी औपचारिक शुरुवात भने १५ मंसिरमा हुँदैछ । यस दिन राष्ट्रपतिले सागको ज्योती बालेर सागको औपचारिक शुरुवात गर्ने कार्यक्रम रहेको छ । ८ राष्ट्रको सहभागितामा हुने दइिक्षण एसियाली क्षेत्रकै वृहत खेलमेला व्यवस्थित गर्न सरकार कस्सिएको छ । यसैबीच, खेलको सुरक्षामा चारवटै सुरक्षा निकायको… Continue reading सागमा १८ हजार सुरक्षाकर्मी, बुधबारबाट खेल शुरु

प्रधानमन्त्री अस्पताल भर्ना, एपेन्डिसाइटिसको अपरेसन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको छ । प्रधानमन्त्रीको मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा निरन्रता सुधार भइरहेको जानकारी गराएका छन् । पेट दुखेपछि उनलाई स्वास्थ्य उपचारका… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, एपेन्डिसाइटिसको अपरेसन

गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

काठमाडौं । भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको विमानस्थल आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको ९० प्रतिशत काम पुरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम सकिएसँगै व्यवस्थापनमा खटिने गरी विमानस्थल प्रमुख तोकिएको छ । प्राधिकरणका निर्देशक प्रतापबाबु तिवारीले अब भैरहवास्थित गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी… Continue reading गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

काठमाडौं । नेपालमा सामान्यतया राजनीतिक नेतृत्वको ध्यान खेलमा कमै मात्र पुग्छ । नेताहरु खेल उत्तिसारो बुझ्दैनन् पनि, त्यसकारण उनीहरुले यसलाई अनुत्पादक सरह मान्छन् । तर, नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च चासो देखाएका छन् । नेपालमा दुई दशकपछि आयोजना भएको साग शुरु हुन पाँच दिन… Continue reading प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

सरकारले सहसचिवको दरवन्दी थप्यो

साभार स्केच

काठमाडौं । सरकारले २० सह–सचिवको दरबन्दी थप गरेको छ । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषदले हालै २० सहसचिवको दरवन्दी थप्ने निर्णय गरेको हो । पहाडका १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रमुखका लागि उक्त दरवन्दी थप गरिएको मन्त्रालयले जनाएको छ । अहिले पहाडी जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारीका रुपमा रहने प्रावधान रहेको छ… Continue reading सरकारले सहसचिवको दरवन्दी थप्यो