काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारको काम संतोषजनक नभएको भन्दै असन्तुष्टी जनाएका छन् । यसबीचमा पूँजिगत खर्च निकै कम भएको छ । विकास निर्माणले अझै गति लिन सकेको छैन । संविधानतः १ साउनपछि बजेट कार्यान्वयनले गति लिनु पर्ने हो सोमबार प्रधानमन्त्री कार्यालयमा सबै मन्त्री र सचिवहरुसहितको समिक्षा बैठकमा प्रधानमन्त्री… Continue reading सरकारको चार महिनाको कामबाट स्वयम: प्रधानमन्त्री असन्तुष्ट
Author: Vishwanews.com
बढी लिएको शूल्क फिर्ता गर्न मेडिकल कलेज सहमत
काठमाडौं । मेडिकल कलेजहरुमा विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता गर्न तयार भएका छन् । सरकारले कारवाहीको तयारी गरेपछि कलेजहरु शूल्क फिर्ता लिन तयार भएका हुन् । सरकारले १५ दिनको अल्टिमेटम दिँदै बढी लिएको शूल्क फिर्ता गर्न निर्देशन दिएको थियो । अल्टिमेटम सोमबार सकिएको छ । सोमबार नै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेजका संचालक र… Continue reading बढी लिएको शूल्क फिर्ता गर्न मेडिकल कलेज सहमत
नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट
काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् । उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली… Continue reading नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट
रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्ता
काठमाडौं । नेपालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएको छ । रुसको भ्रमणमा मस्को पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी सेर्गेइ लाभ्रोभलाई भेटेका छन् । उनीमार्फत मन्त्री ज्ञवालीले राष्ट्रपति विद्या भण्डारीबाट पुटिनलाई पठाइएको औपचारिक निम्तोपत्र हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मस्कोमा मन्त्री ज्ञवालीले समकक्षी सेर्गेइ लाभ्रोभलाई भेटेका हुन् ।… Continue reading रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्ता
बिरामीमाथि जवर्जस्ती करणीको प्रयास, डाक्टर पक्राउ
काठमाडौं । आफ्नो नियमित चेकजाँच गर्ने बिरामी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चिकित्सक रोहित प्रसाद झा पक्राउ परेका छन् । उनी मेडिसिटी अस्पतालका डाक्टर हुने । उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । कीर्तिपुर निवासी एक महिला उनकोमा ‘होलबडी चेकअप’का लागि पुग्ने गरेकी थिइन् । आइतबार सोही सिलसिलामा अस्पताल पुग्दा डाक्टरले हातपात गर्न खोजेको आरोप… Continue reading बिरामीमाथि जवर्जस्ती करणीको प्रयास, डाक्टर पक्राउ
१ जनवरीमा नेपाल ओर्लने सबै पर्यटकलाई सप्राइज गिफ्ट
काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक शूभारम्भका दिन नेपाल आउने पर्यटकले विमानस्थल तथा हरेक सीमा नाकामा सरप्राइज गिफ्ट प्राप्त गर्ने भएका छन् । भ्रमण वर्ष सचिवालयले त्यसको तयारी गरेका हो । १ जनवरी २०२० का दिन नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ गरिने छ । त्यस अगाडी विमानस्थलमा हात्तीले पर्यटकलाई माला लगाएर नेपालमा… Continue reading १ जनवरीमा नेपाल ओर्लने सबै पर्यटकलाई सप्राइज गिफ्ट
बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि
काठमाडौं । बुद्ध एयरले कोलकत्ता उडान फिर्ता गरेको छ । २ डिसेम्बरबाट कोलकत्ताका लागि नियमित भइरहेको उडान बन्द गर्ने तयारी कम्पनीले गरेको हो । यस रुटमा कम्पनीले पर्याप्त पर्यटक पाउने अपेक्षा गरेको थियो । तर, सोचजस्तो व्यापार गर्न नसकेपछि फिर्ता हुनु परेको बुद्ध एयरको भनाई छ । बुद्ध आफैले गरेको प्रवद्र्धनले नपुग्ने भन्दै गन्तब्यमा राज्यकै… Continue reading बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि
हङ्कङमा विपक्षी दललाई सफलता
हङ्कङ । आन्दोलनमा होमिएको विपक्षी दलले ठूलो सफलता पाएपछि हङ्कङमा बेइजिङ समर्थक दलले पराजय भोगेको छ । शनिबार सम्पन्न जिल्ला तहको चुनावमा विपक्षी दललाई जनताले भारती मतले जिताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । कूल २४१ स्थानमा मतदान भएको थियो । त्यसमध्ये विपक्षी आन्दोलनका सदस्यले २०१ स्थानमा विजय प्राप्त गरेका छन् । बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा… Continue reading हङ्कङमा विपक्षी दललाई सफलता
सागका खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औैैं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने खेलाडी तथा पदाधिकारीसँग सामूहिक भेटघाट गर्ने भएका छन् । खेलाडीको मनोबल बढाउन प्रधानमन्त्रीले उनीहरुलाई सामूहिक रुपमा भेट्न लागेको प्रधानमन्त्री कार्यायले जनाएको छ । मंगलबार २६ खेलमा सहभागी खेलाडी, प्रशिक्षक, ब्यवस्थापक तथा सम्बन्धित खेल संघका पदाधिकारीलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्… Continue reading सागका खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै
आज बालाचर्तुदशी, शतबीज छरिँदै
काठमाडौं । पितृको मोक्ष तथा उद्धार हुने आस्था र विश्वाससहित आज बालाचतुर्दशी पर्व मनाइदैछ । यस दिन देशभर शिवालयमा शतबीज छर्ने प्रचलन रहेको छ । मंसिर कृष्ण चर्तुदशीका दिन परिवार कुनै सदस्य दिवंगत भए उनको मृतआत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरपर छर्ने पचलन रहेको छ ।… Continue reading आज बालाचर्तुदशी, शतबीज छरिँदै
टूटल र पठायोमाथि कारवाही शुरु, व्यवसायीको दवावमा सरकार
काठमाडौं । पछिल्लो समय ट्याक्सी चालकको ज्यादतीबाट क्रमशः सर्वसाधारण मुक्त हुँदै गएका थिए । किनकी मनपरी भाडा लिने, मिटरमा नजाने, भनेके स्थानमा नजाने दादागिरि ट्याक्सी चालकको थियो । यस्तो अवस्थामा सर्वसाधारणको रोजाईमा परेका थिए टूटल र पठायो । निश्चित भाडा, भनेको समयमा पुर्याउने, नठगिने भएका कारण आम सर्वसाधारणले निकै रुचाएको यी दुई नविन प्रडक्ट अहिले… Continue reading टूटल र पठायोमाथि कारवाही शुरु, व्यवसायीको दवावमा सरकार
पोखरामा वडा अध्यक्षको गाडीमा बम विस्फोट
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य चढ्ने गाडीमा बम विष्फोट भएको छ । राती भएको विस्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । घरमा पार्किङ गरेर राखेको गाढीमा राती बम विष्फोट आचार्यले जानकारी दिएका छन् । उनी वडा नम्बर ३३ का अध्यक्ष हुन्, तर उनको घर भने वडा नम्बर… Continue reading पोखरामा वडा अध्यक्षको गाडीमा बम विस्फोट
बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको सवारी अझै फरार, प्रहरीलाई चूनौति
काठमाडौं । आइतबार एका बिहानै सिभिल हस्पिटलका डाक्टर प्रभु जोशीलाई एक सवारी साधनले ठक्कर दियो । ठक्करबाट ७२ वर्षिय डाक्टरको ज्यान गयो । हजारौं विरामीलाई उपचार गरी निको पारेका डाक्टरले आफूलाई भने बचाउन सकेनन् । मर्निंग बाकमा निस्केका उनलाई बाटो काट्दा सवारी साधनले हानेको हो । आइतबार दिनभर प्रहरीले उक्त सवारी साधनको खोजि जारी राखेको… Continue reading बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको सवारी अझै फरार, प्रहरीलाई चूनौति
भ्रमण वर्ष लक्षित निगमको योजना, हरेक महिना एउटा टिकट उपहार
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका टिकटबाट हरेक महिना हरेक देश शहरबाट एउटा टिकट गोलाप्रथाबाट निशुल्क उपलब्ध गराउने भएको छ । नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्न निगमले यस्तो निर्णय गरेको हो । निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा समेत नेपाल भ्रमण वर्षको लोगो राख्ने निर्णय गरेको छ । निगम कार्यकारी समितिको वैठकले नेपाल… Continue reading भ्रमण वर्ष लक्षित निगमको योजना, हरेक महिना एउटा टिकट उपहार
प्रधानमन्त्रीको ग्राण्डी हस्पिटलमा स्वास्थ्य जाँच
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गर्न ग्राण्डी अस्पताल पुगेका छन् । यस अघि पनि मिर्गौलाको नियमित डायलसिसका लागि उनी ग्राण्डी अस्पताल गइरहेका थिए । आइतबार भने नियमति उपचारसँगै उपचारका अन्य विधिमा समेत चिकित्सकसँग प्रधानमन्त्रीका निजी चिकित्सकहरुले परामर्श गरेका छन् । १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले केही महिना अघि दुई… Continue reading प्रधानमन्त्रीको ग्राण्डी हस्पिटलमा स्वास्थ्य जाँच
साउदीमा विदेशी कामदारलाई कडा प्रावधान, के के भयो परिवर्तन ?
काठमाडौं । साउदी सरकारले विदेशी कामदारका लागि कडा प्रावधान समेटेर नयाँ कानून ल्याएको छ । साउदीस्थित नेपाली दुतावासका अनुसार अब कामदारले एउटा रोजगारदातासँगको करार अवधि नसकी रोजगारदाता छाडेर अवैध रुपमा बसेमा कामदारलाई पुनः साउदी प्रवेशमा आजीवन प्रतिबन्ध लगाउने भएको छ । नयाँ कानुले यो प्रावधान समेटेको हो । नेपालीहरु साउदी अरव पुगेपछि करार सम्झौता गरेर… Continue reading साउदीमा विदेशी कामदारलाई कडा प्रावधान, के के भयो परिवर्तन ?
वैधानिक हतियार बुझाउन गृहको निर्देशन, चुनावपछि फिर्ता
काठमाडौं । गृह मन्त्रालयले घर घरमा रहेका वैधानिक हतियार चुनाव अवधिभरका लागि प्रहरीलाई बुझाउन निर्देशन दिएको छ । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका दौरान निर्वाचन हुने जिल्ला र क्षेत्रका नागरिकले आफुसँग रहेको अनुमति प्राप्त हतियार अब नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने भएका छ । चुनाव प्रभावित नहोस र शान्ती सुरक्षा कायम होस भन्ने उद्देश्यले यस्तो… Continue reading वैधानिक हतियार बुझाउन गृहको निर्देशन, चुनावपछि फिर्ता
धादिङमा जन्ती बोकेको बस दूर्घटना, १ को ज्यान गयो
धादिङ । जन्ती बोकेको बस दूर्घटना हुँदा धादिङमा एक जनाको ज्यान गएको छ । ४० जना घाइते भएको छ । त्यसमध्ये पनि एक दर्जन यात्रुको अवस्था गम्भीर भएको र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जाएको छ । आइतबार बिहान पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा बस दूर्घटनामा परेको हो । नुवाकोटको बाँसगडीबाट जन्ती बोकेर बस… Continue reading धादिङमा जन्ती बोकेको बस दूर्घटना, १ को ज्यान गयो
अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ
काठमाडौं । सरकारले श्रम स्वीकृति लिन रहेको झण्झट हटाउने भएको छ । अब युवाले बिहान ३ बजेदेखि श्रम कार्यालयमा लाइन बस्नु पर्ने छैन । यसको साटो इ-टोकनका माध्यमबाट आफ्नो पालोको दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने… Continue reading अब श्रम स्वीकृति लिन लाइन बस्नु नपर्ने, इ-टोकन प्रारम्भ
देशैभर बढ्यो चिसो, हिमपातको सम्भावना
काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसले केही स्थानमा वर्षात गराउने छ । हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना देखिएको… Continue reading देशैभर बढ्यो चिसो, हिमपातको सम्भावना
ओलीकै सहमतिमा भारतले नयाँ नक्सा ल्याएको हो : देउवा
पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति लिएको आरोप लगाएका छन् । शनिबार उपनिर्वाचनका दौरान प्रचार प्रसारमा पोखरा पुगेका उनले चुनावी सभालाई सम्बोधनका क्रममा उक्त आरोप लगाएका हुन् । भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा सार्वजनिक गरेको हुन सक्ने भन्दै उनले… Continue reading ओलीकै सहमतिमा भारतले नयाँ नक्सा ल्याएको हो : देउवा
किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ
काठमाडौं । महिलाकै मिलेमतोमा राजधानीमै एक किशोरीको बलत्कार प्रयास भएको छ । बलत्कार प्रयासको आरोपमा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ । कन्सल्टेन्सीमा जागिरको प्रलोभन देखाई अन्तर्वार्तामा बोलाएको र जबर्जस्ती करणी गर्न खोजेको भन्दै किशोरीले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिंनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै किशोरीमाथि जबर्जस्ती गर्न… Continue reading किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ
चितवन मेडिकल कलेज होस्टेलमा हतियार
चितवन । प्रहरीले चितवन मेडिकल कलेजको होस्टेलबाट हतियार फेला पारेको छ । चितवन प्रहरीका अनुसार शनिबार दिउसो कलेजको होस्टेलमा गोलीसहितको हतियार भेटिएको हो । मेड इन युएसए लेखिएको हतियार होस्टेलमा फेला परेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । होस्टेललका गार्डले हतियार भएको जानकारी प्रहरीलाई गराएका थिए । प्रहरीले हतियार र गोलीसमेत… Continue reading चितवन मेडिकल कलेज होस्टेलमा हतियार
नेपालमा ट्याक्सीको नयाँ मापदण्ड आउँदै
काठमाडौं । सरकारले नेपालमा गुड्ने ट्याक्सीका लागि नयाँ मापदण्ड तोक्ने भएको छ । विद्युतीय सवारीलाई समेत ट्याक्सीका रुपमा उपयोग गर्न सकिने गरी सरकारले नयाँ मापदण्ड ल्याउने तयारी गरिरहेको छ । यातायात व्यवस्था विभागका अनुसार पहिलो पटक विद्युतीय गाडीलाई ट्याक्सीका रुपमा मान्यता दिने गरी मापदण्ड बन्दैछ । त्यसका लागि भने मापदण्ड पुरा भएको हुनुपर्छ । मंहगो… Continue reading नेपालमा ट्याक्सीको नयाँ मापदण्ड आउँदै
कन्फ्यूजन सकिए, अब रफ्तार : प्रचण्ड
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यविभाजनका सन्दर्भमा रहेका कन्फ्युजन हटेको भन्दै अब सरकार र पार्टी दुबैले रफ्तार लिने बताएका छन् । पार्टीलाई बलियो बनाउने र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच अब कुनै द्धिविधा नरहेको उनले स्पष्ट पारे । अब ओलीले सरकार र आफूले पार्टी… Continue reading कन्फ्यूजन सकिए, अब रफ्तार : प्रचण्ड
विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको प्रारम्भिक तथ्यांक अनुसार मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको आभाष भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामै ४ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आइसकेको छ । यो रकम अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा १ सय ५९ प्रतिशतले बढी हो । गत आवमा १… Continue reading विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब
गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेको छ । भेटमा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे परराष्ट्र मन्त्रीलाई जानकारी गराएका थिए । नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु. १० अर्ब लगानी भित्र्याउने घोषणा गरिएको छ । यस अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण… Continue reading गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग
एभरेष्ट पदमार्ग क्षेत्रमा बेलायती नागरिक वेपत्ता
काठमाडौं । बेलायती नागरिक जेम्स ग्रिफिन सगरमाथा क्षेत्रबाट हराएका छन् । ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अनुसार २ नोभेम्बरदेखि उनी वेपत्ता छन् । उनी २९ अक्टोवरमा नेपाल आएको रेकर्ड देखिएको टानले उल्लेख गरेको छ । ५३६५३८४५२ पासपोर्ट नम्बर बाहक उनी सगरमाथा आधार शिविरको पदयात्राका लागि नेपाल आएका थिए । टानले आफ्नो संगठन मातहतका सबै… Continue reading एभरेष्ट पदमार्ग क्षेत्रमा बेलायती नागरिक वेपत्ता
भद्रपुर विमानस्थल नियमित संचालनमा
काठमाडौं । धावनमार्गको नियमित मर्मत गर्न १० दिनका लागि बन्द भएको झापाको भद्रपुरस्थित विमानस्थल पुनः संचालनमा आएको छ । मंसिर २६ गतेबाट बन्द भएको यो विमानस्थलबाट शुक्रबारदेखि नियमित उडान शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिरकरणले उल्लेख गरेको छ । विमानस्थल बन्द भएपछि यहाँ बाट भइरहेका सबै उडान विराटनगरबाट हुने व्यवस्था मिलाइएको थियो । जसले गर्दा… Continue reading भद्रपुर विमानस्थल नियमित संचालनमा
टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने
काठमाडौं । टुँडिखेल अतिक्रमण हटाउन माग गर्दै खुला पार्क बनाउन दवाव दिने उद्देश्यले शुरु भएको अकुपाई टुँडिखेल अन्तर्गत शनिबार साहित्यिक जमघट हुँदैछ । हरेक शनिबार दवावमुलुक कार्यक्रमअन्तर्गत शनिबार तेस्रो साताको कार्यक्रम आयोजना हुँदैछ । टुँडिखेलस्थित खरी बोटमा बिहान ८ बजेबाट कार्यक्रम शुरु गर्ने कार्यतालिका राखिएको छ । जहाँ ३२ जना कविले चेतनामुलक कविता वाचन गर्ने… Continue reading टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने