सिरिया । यसअघि विकसित मुलुकहरुले इस्लामिक स्टेट (आईएस)का नेता अबु बक्र अल बगदादी मारिएको पटक पटक बताएका थिए । तर, उनीहरुको दाविलाई गलत सावित गर्दै बगदादी पुनः सार्वजनिक हुने गर्थे । तर यस पटकको अमेरिकी सैन्य अपरेशनमा भने उनी मारिएको संगठन स्वयमले पुष्टि गरेको छ । बगदादी मारिएको भन्दै संगठनले नयाँ नेता समेत चयन गरेको… Continue reading आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी
Author: Vishwanews.com
महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर
काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो। महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।… Continue reading महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर
कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु
कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ । घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर… Continue reading कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु
काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको ज्यान गयो
काठमाडौं । काठमाडौंमा बस दूर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौंको साखुँमा बस दूर्घटनामा परेको हो । प्रहरीका अनुसार बिहीबार सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट बस काठमाडौं आउँदै थियो । बा ५ ख ५०७० नम्बरको बस साँखुस्थित जंगलमा दुर्घटना भएको हो । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको… Continue reading काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको ज्यान गयो
कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउन भएको छ । सोही प्रयोजनका लागि बिहीबार पदाधिकारी बैठक डाकिएको छ । १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । देशभर करीव ५० पदमा उपनिर्वाचन हुनेछ । पदाधिकारी बैठकले उपनिर्वाचनका उमेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा… Continue reading कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै
नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा
काठमाडौं । पारस खड्काको राजिनामा पछि खाली भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र खड्कालाई दिइएको छ । निर्वतमान कप्तान पासर खड्काले यसको पुष्टी गरेका छन् । उनले ज्ञानेन्द्रलाई नयाँ जिम्मेवारीका लागि बधाई समेत दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको हो । क्रिकेट… Continue reading नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा
किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भए । दिनभर संचारमाध्यम र अन्य सामाजिक संजालमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निकै चासो व्यक्त भयो । तर, साँझ अस्पताल र प्रधानमन्त्रीको निजी सचिवका तर्फबाट एक विज्ञप्ती जारी गर्दै भनियो, यो प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षण भएको र बुधबार साँझ नै या बिहीबारसम्म डिस्चार्ज हुने उल्लेख छ… Continue reading किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?
काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ । २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक… Continue reading काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ
आज दिन भर देशभर बत्ति नजाने
काठमाडौं । यस वर्ष पनि देशभर लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने भएको छ । आइतबार परेको लक्ष्मीपूजाका लागि देशभर आवश्यकता अनुसार विद्यूत लोड पुर्याउने गरी तयारी भएको नेपाल विद्यूत प्राधिकरणले जानकारी दिएको छ । नेपालमा २०७३ साल अगाडी हरेक लक्ष्मी पूजाका दिन नेपाल विद्यूत प्राधिकरणले लोड कम हुने सामान चलाउन आग्रह गर्दै आएको थियो ।… Continue reading आज दिन भर देशभर बत्ति नजाने
अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यति बेला अजरवैजानमा छ । उनी अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलनको १८औँ शिखर सम्मेलनमा भाग लिन अजरवैजान आएका हुन् । सोही अवसरमा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरोसँग भेटवार्ता गरे । उनीहरुबीच शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।… Continue reading अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता
अब चितवनसम्म पाइपलाइनबाट ग्यास
बारा । भारतको मोतिहारीबाट अब चितवनसम्म पाइपलाइनबाट ग्यास आउने भएको छ । मोतीहारी–चितवन पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइनको काम शुरु गरिएको छ । शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाड्दै यस आयोजनाको शुरुवात भएको घोषणा गरे । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवनपेट्रोलियम पाइपलाइन समेत बिस्तार हुने उक्त अवसरमा जानकारी… Continue reading अब चितवनसम्म पाइपलाइनबाट ग्यास
दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए
काठमाडौं । नेपालका दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक मर्जर भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाध्यकारी वीग मर्जर नीति ल्याउने अपेक्षा गरिएको थियो । तर, नीति नआएपनि दुई ठूला बैंक गाभिने निष्कर्षमा पुगेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामा मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका… Continue reading दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए
जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस
काठमाडौं । व्यवस्थापिका संसद, संसदीय उपसमितिले जर्मनी, बोनस्थित नेपाली राजदूतावास भवन बेच्न सरकारलाई सिफारिस गरेको छ । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिबाट जर्मनीको बोनस्थित दूतावासको भवन प्रयोगविहीन रहेको भन्दै तत्काल बेच्नु पर्ने सुझाव दिएको छ । उपसमितिका संयोजक राजेन्द्र कुमार केसीका अनुसार त्यहाँ रहेका दुई वटा भवन प्रयोग विहिन रहेका छन् । जर्मनीको राजधानी… Continue reading जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस
एएसफीबाट एन्फालाई नगद जरिवाना
काठमाडौं । मापदण्ड नपुगि क्लवहरुलाई मान्यता दिएको कसुरमा एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नगद जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचार संहिता समिति एन्फालाई १० हजार अमेरिकी डलर जरिवानको निर्णय गरेको हो । एएफसीले एन्फालाई गल्ती सच्याउने अवसर पनि प्रदान गरेको छ । दुई वर्ष भित्र त्यसो नगरे ३५… Continue reading एएसफीबाट एन्फालाई नगद जरिवाना
कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने
पोखरा । आगामी उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ का लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । नेकपा कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उठाउने निर्णय गरेको हो । उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेकै समयमा पाथिभरामा हेलिकोप्टर दूर्घटना हुँदा… Continue reading कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने
प्रधानमन्त्री बाकुमा
बाकु । असंलग्न आन्दोलनमा सहभागी देशहरुको समूहमा आवद्ध राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकु पुगेका छन् । बिहीबार बिहान अपरान्ह नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री राती बाकु पुगेका हुन् । सम्मेलन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभले स्वागत गरे । उक्त… Continue reading प्रधानमन्त्री बाकुमा
काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण नसकिदै जिम्मेवारीबाट पन्छिएको छ । गोरखा भूकम्पको केन्द्रिविन्दु पनि हो । सबैभन्दा बढी क्षती पुगेको यो वस्तीलाई दुई वर्षमा ठडाउने भन्दै एनआरएनएले यसको जिम्मेवारी लिएको थियो । यसबीचमा दुई कार्यकाल फेरीए, ४ वर्ष बित्यो, तर वस्ती निर्माणको काम सकिएको… Continue reading काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए
आजबाट शुरु भयो निर्वाचन आचारसंहिता
काठमाडौं । आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको तयारीमा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म होमिएका छन् । सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता लागु लागेको छ । उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको आयोगले जानकारी दिएको छ । आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार,… Continue reading आजबाट शुरु भयो निर्वाचन आचारसंहिता
वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी
काठमाडौं इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो । सिडिसी बेलायत… Continue reading वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी
चर्चित र्यापर भिटेन पक्राउ
काठमाडौं । प्रहरीले अर्का विवादित गायक (र्यापर) भिटेनलाई पक्राउ गरेको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट उनलाई पक्रेको हो । अस्लिल शब्द मिसाएर गीत गाउने र त्यसलाई टिकटक तथा यूट्यूवमा राख्ने होडबाजीमा पछिल्लो समय गायक गायीकाले नेपाली संस्कृतिमाथि नै प्रहार गरिरहेका छन् । प्रहरीले पछिल्लो समय अराजकता फैलने शब्द राखी गीत संगित… Continue reading चर्चित र्यापर भिटेन पक्राउ
आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती
काठमाडौं । बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सवारीका दौरान करीव आधा घण्टा विमानस्थल बन्द भयो । विमानस्थलले जारी गरेको नोटाम अबधिभर कुनै पनि व्यवसायीक उडानका जहाजले उड्ने वा ओर्लने अनुमति पाउँदैनन् । त्यसबेला आकासमा होल्ड भएका र मैदानमा रहेका जहाजहरुले भने बिहीबार दिउसो तीन चार घण्टासम्म पनि सास्ती भोग्नु पर्यो । १ बजे अपरान्हका… Continue reading आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती
डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ
काठमाडौं । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विश्व बैंकले निकाल्ने यस्तो प्रतिवेदनले विश्वव्यापी मान्यता पाउने गर्छ । डुइङ विजनेस २०२० प्रतिवेदन अनुसार नेपाल ९४ औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १ सय १० औं स्थानमा रहेको थियो । डुइङ विजनेसले हेर्ने विभिन्न १० क्षेत्रमध्ये नेपालले ५ क्षेत्रमा सकारात्मक… Continue reading डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ
ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?
लण्डन । बुधबार बेलायतको राजधानी लन्डनमा एक ट्रक भित्र ३९ शव बरामद भयो । ट्रक चालक २५ वर्षिय एक यूवक पनि पक्राउ परे । यस घटनाले विश्वलाई भयभित मात्र पारेको छैन, आखिर अति विकसित मुलुक बेलायतमै यो अमानवीय घटना कसरी भयो भने जिज्ञासा समेत उत्पन्न गराएको छ । ट्रक बेल्जियमबाट जहाजमा चढाएर वेलायत पुगेको प्रहरीले… Continue reading ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?
राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् । उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।… Continue reading राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने
नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम ‘ल्याण्ड फोर्स टल्क’ सुरू भएको छ। कार्यक्रम सैनिक मुख्यालय जंगी अड्डामा बुधबारबाट शुरु भएको हो । कार्यक्रम बिहीबारसम्म चल्ने भएको छ । संयुक्त कार्यक्रममा नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य फौज व्यवसायीकरण सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन… Continue reading नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम
युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ
काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो । बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले… Continue reading युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ
आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता
काठमाडौं । पशुपति आर्यघाटमा बुधबार एकाएक एक सूचना टासिएको पाइयो । सूचना अनुसार पशुपति आर्यघाटमा दाह संस्कारको काम अनिश्चितकालका लागि बन्द गरिएको र सेवा अवरुद्ध भएको उल्लेख थियो । यो सूचनासँगै घाट सेवकहरुले दाहसंस्कार रोकेका थिए । आफन्त गुमाएको शोकमा पशुपतिना मन्दिरको पवित्र स्थलमा दाहसंस्कारका लागि पुगेका मानिस अलपत्र परेका थिए । तर, दिउँसो समस्या… Continue reading आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता
प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अपडेट लिए । तीन जना केन्द्रिय मन्त्री र प्रमुख सल्लाहकारसहित उनी करीव एक घन्टा एक्सन रुममा बसेका थिए । त्यसक्रममा उनले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अपडेट भिडियो मार्फत लिएका थिए । एक्सन रुपमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई… Continue reading प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए
लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार
काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो । तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो वर्ष काठमाडौंबाट लोडसेडिङ हट्यो । त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरबाट लोडसेडिङको कालो इतिहास मेटिने क्रममा… Continue reading लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार
भाइरल डोजर काण्ड, चालक पक्राउ
बैतडी । सामाजिक सञ्जाल अहिले एक भाइरल भिडियोका कारण तात्तिएको छ । सोमबारदेखि भाइरल उक्त भिडियो एभिन्यूज च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा केही मानिसहरुले डोजरमा ढुंगा हानिरहेका छन् भने डोजरले मानिसहरुलाई नै पेल्न खोजेको देखिन्छ । यसै मेसोमा डोजरले एक महिलाई नराम्ररी धक्का दिन्छ । उनी पल्टिन्छिन् । यो भिडियो बैतडी जिल्ला, दशरथचन्द नगरपालिका ९… Continue reading भाइरल डोजर काण्ड, चालक पक्राउ