ओढारमा भेटियो १६ किलो सुन

काठमाडौं । पानी परेका बेला ओत लाग्ने ओढार, सामान्यतया ओडार बाघ र चितुवाको बासस्थान पनि मानिन्छन् । बढ्दो जनसंंख्याका कारण बाघ र चितुवा त क्रमशः लोप हुँदै गए । तिनै बाघ लुक्ने ओढारमा अब सुन भेटिन थालेको छ । यस्तै चमत्कार गोरखाको धार्चे गाउँपालिका (३ खोर्लाबेशीमा भएको छ । प्रहरीले ओढारमा लुकाएर राखेको १६ किलो… Continue reading ओढारमा भेटियो १६ किलो सुन

अब हवाईमा नियमन र सेवा प्रदायक छुट्टाछुट्टै संस्थाबाट

काठमाडौं । नेपालमा हवाई सेवाको नियमन र सेवा अब छुट्टाछुट्टै संस्थाबाट संचालन हुने भएको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई प्राधिकरण ऐन बनाउन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले सूचना तथा संचार प्रविधि मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित… Continue reading अब हवाईमा नियमन र सेवा प्रदायक छुट्टाछुट्टै संस्थाबाट

फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना

अमेरिकाको केन्द्रिय व्यापार आयोग (एफटीसी)ले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना सुनाएको छ । फेसबुकको गोपनीयतासम्बन्धी मुद्दामा करीव १ वर्षको अनुसन्धानपछि आयोग उक्त निर्णयमा पुगेको अंतरराष्ट्रीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो जरिवाना सम्भवतः फेसबुकमाथि लगाइएको सबैभन्दा ठूलो हो । संसारभर फेसबुकको गोपनीयतासम्बन्धी विषयले अहिले निकै चिन्ताका रुपमा हेरिएको छ । फेसबुकले व्यक्तिको गोपनीयतासँग सम्बन्धी कानूनको… Continue reading फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना

पर्यटकीय गन्तब्यमा विदेशी मुद्रा सटही सुविधा

काठमाडौं । देशका मूख्य पर्यटकीय क्षेत्रमा अब विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा बैंक तथा वित्तीय संस्थाहरुहरुलाई छुट्टै काउण्टर खोली विदेशी मुद्रा सटही गर्न सक्ने सुविधा दिन लागिएको नेपाल राष्ट्र बैंकले बताएको छ । बुधबार सार्वजनिक मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटकीय… Continue reading पर्यटकीय गन्तब्यमा विदेशी मुद्रा सटही सुविधा

मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका व्यक्ति फरार भएको ३४ वर्षपछि पक्राउ परेका छन् । बारा जिल्ला, फेटा गाउँपालिका-३ जलेश्वरका लखिचन साह कलवारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले मंगलबार दिउँसो कलैया उपमहानगरपालिका-१० निलकण्डबाट पक्राउ गरेको बताइएको छ । ३० असार २०४२ मा फेटा… Continue reading मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

विश्वकप खेल्ने नेपालको सम्भावना जिवितै

काठमाडौं । सन् २०२० मा आयोजना हुने आइसीसी टी २० विश्वकपका लागि छनोट प्रतियोगिताको एसिया फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको छ । प्रतियोगिताको पहिलो खेल कतारसँग हारेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको हो । बुधबार सिंगापुरमा सम्पन्न खेल पानीले प्रभावित भएको थियो । २० ओभरको खेललाई ९ ओभरमा झारेर खेलाइएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल… Continue reading विश्वकप खेल्ने नेपालको सम्भावना जिवितै

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । बहुविवाहको मुद्दामा फिल्म निर्देशक छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएकाले उनीहरु अब प्रहरीको खोजीमा रहेको महानगरीय प्रहरी प्रभाग काठमाडौंले जानकारी दिएको छ । नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई… Continue reading छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति

प्रतिकात्मक तस्वीर

काठमाडौं । लमजुङमा निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बाढीमा परेका छन् । बाढीका कारण ४ जनाको निधन भइसकेको र दर्जनभन्दा बढी मजदुर वेपत्ता रहेको लमजुङ प्रहरीले जानकारी दिएको छ । यद्दपी खोजी कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाई छ । लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको… Continue reading रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति

आयो मौद्रिक नीति-आएन बैंक संख्या घटाउन बाध्यकारी मर्जर नीति

काठमाडौं । बैंक संख्या घटाएर ठूला वित्तीय संस्था कायम गर्न मौद्रिक नीतिमार्फत बाध्यकारी मर्जरको नीति आउने अपेक्षा यस पटक गरिएको थियो । तर, बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिले बाध्यकारी मर्जरको नीति भने अंगिकार गरेन् । त्यसको साटो मर्जरमा प्रोत्साहन गर्ने प्याकेजहरु ल्याइएको छ । जसले गर्दा बैंकहरु मर्जरमा… Continue reading आयो मौद्रिक नीति-आएन बैंक संख्या घटाउन बाध्यकारी मर्जर नीति

नक्कली भिसा र सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मंगलबार विदेश जान विमानस्थल पुगेका करीव ३० युवालाई घर फर्काइदिएको छ । कार्यालयका अनुसार कोरिया जान हिँडेका २९ युवा र सान्जेन भिसा लिएर स्विट्जरल्यान्ड उड्न लागेका एक युवा लाई फकाइएको हो । उनीमध्ये सान्जेन भिसा वाहक युवाको भिसा नक्कली पाइएपछि अध्यागमनले हिरासतमा लिएको कार्यालयले पुष्टी गरेको छ ।… Continue reading नक्कली भिसा र सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए

डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समिति हेभिवेट नेताहरु भएको समितिका रुपमा परिचित छ । किनकी यस समितिको सदस्यमा दुई जना पूर्वप्रधानमन्त्री रहेका छन् । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस समितिका ठूला नेता हुन् । समितिको बैठकमा नेता खनाल भने… Continue reading डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा

गुल्मीमा पहिरो, ११ को ज्यान गयो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका, वडा नं.३ र ४ मा पहिरोमा परी ११ जनाको निधन भएको छ । दुई जना भने वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार राती पहिरोले घर बगाउँदा ठूलो मानवीय क्षति भएको हो । प्रहरीले ११ जनाको निधन भएको बताएको छ । उक्त गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका… Continue reading गुल्मीमा पहिरो, ११ को ज्यान गयो

काठमाडौं माग्ने मुक्त बन्ला ?

काठमाडौं । स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथ क्षेत्रबाट माग्नेहरुलाई हटाउने निर्णय गरी उक्त क्षेत्रलाई माग्ने निषेध गरेका थिए । अहिले पशुपतिनाथ पुग्ने यात्रु तथा पर्यटक माग्नेको झम्टाईमा पर्नु पर्दैन । त्यसो त सरकारको नेतृत्व गरेका स्वयमः प्रधानमन्त्रीले नेपाललाई नै माग्ने मुक्त बनाउने घोषणा गरेका थिए । त्यसमा पनि प्राथमिकता काठमाडौं… Continue reading काठमाडौं माग्ने मुक्त बन्ला ?

कतारसँग हारेको नेपाललाई  विश्वकप छनोट कठिन

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ। सिंगापुरको इन्डियन ग्राउन्डमा मंगलबार बिहान सम्पन्न खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १२२ रन बनाउन सक्यो । १२३ रनको विजयी लक्ष्य कतारले १९ दशमलव २… Continue reading कतारसँग हारेको नेपाललाई  विश्वकप छनोट कठिन

६२ हजार भूकम्पपिडितले ३ लाख अनुदान नपाउने

काठमाडौं । करीव ६२ हजार भूकम्प पिडितले सरकारद्धारा प्रदान गरिने निजी आवास अनुदान नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान… Continue reading ६२ हजार भूकम्पपिडितले ३ लाख अनुदान नपाउने

फेरी हुँदैछ भारी वर्षा, सचेत रहन आग्रह

फाइल तस्वीर

काठमाडौं । मंगलबारदेखि नेपालमा पुनः भारती वर्षाको सम्भावना रहेको भन्दै मौसम पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । मंगलबार देशका विभिन्न स्थानमा भारी तथा एक\दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम बदली भएको छ । काठमाडौं उपत्यका सहितका स्थानमा वर्षातको सम्भावना रहेको छ… Continue reading फेरी हुँदैछ भारी वर्षा, सचेत रहन आग्रह

विमानस्थलका सुरक्षाकर्मीलाई विदेशी भाषाको कक्षा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई विदेशी भाषाको प्रशिक्षण दिन थालिएको छ । सुरक्षाकर्मीका लागि चाइनिज र फ्रेन्च भाषा सिकाउन कक्षा सञ्चालन विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरीलगायत यूनिटका प्रहरीलाई विदेशी भाषाको सामान्य ज्ञान दिन शुरु गरिएको कार्यालयको भनाई छ… Continue reading विमानस्थलका सुरक्षाकर्मीलाई विदेशी भाषाको कक्षा

कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई दर्जन स्थानीय नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको अनुशासन कमितिले २३ जना स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गरेको कांग्रेसले उल्लेख गरेको छ । सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई पार्टीबाट निष्कासन भएका छन् । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थक भई पार्टी… Continue reading कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा

प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

काठमाडौं । नेपालमा सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिवन्ध गरेपनि विभिन्न रुपमा यसको अवेशष भने बाँकि रहेको पाइएको छ । प्रहरीले आइतबार चितवनबाट तीन जनालाई नेटवर्किङ व्यवसाय गरेको आरोपमा पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिकाका दलबहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिकाकी पार्वती केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ… Continue reading प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

काठमाडौं । चिनियाँ फिचर फिल्म ‘द वे अफ पियोर ल्याण्ड’को नेपालमा छायांकन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोमबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइयो । उक्त अवसरमा चलचित्रको छायांकनका लागि नेपाल आएको टोली पनि सार्वजनिक भएको थियो । चीनबाट चर्चित निर्देशक किम किङ, कलाकार सेलिना, लेखक रे चेन, निर्माता वेङ वीन… Continue reading चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

काठमाडौं । नेपालबाट तालीमका लागि थाइल्याण्ड पुगि अलपत्र परेका १० नेपाली विद्यार्थीलाई दूतावासको सहयोगमा नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको सोमबार विज्ञप्ती जारी गर्दै बताएको छ । काठमाडों, बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत उनीहरु थाइल्याण्ड पुगेको दूतावासले जनाएको छ । उनीहरु फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल… Continue reading थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

ढाकामा अब नेपाली वायुसेवा कम्पनीको उडान, हिमालयले थाल्यो सेवा

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एयरलाइन्सले बंङ्गलादेशको राजधानी ढाकामा सिधा उडान शुरु गरेको छ । हिमालयले सोमबार ढाकामा काठमाडौंबाट पहिलो उडान सम्पन्न गर्यो । प्रिमियम इकोनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउने कम्पनीले… Continue reading ढाकामा अब नेपाली वायुसेवा कम्पनीको उडान, हिमालयले थाल्यो सेवा

१७ वर्षिय किशोरको साथमा २ किलो सुन

काठकाडौं । अबैध २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई नागढुंगामा प्रहरीले पक्राउ गरेको जानकारी छ । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले गोप्य सूचना पाएपछि चेकजाँचका क्रममा… Continue reading १७ वर्षिय किशोरको साथमा २ किलो सुन

नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाएको छ । अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डले प्रस्ताव गरेका जिल्ला इन्चार्ज तथा सहइन्चार्जको नाम पार्टीले अनुमोदन गरेको छ । यसैगरी ६ महानगरको इन्चार्ज पनि तोकिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु… Continue reading नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज

नयाँ आवको शुरु मै झस्किए व्यवसायी, समस्या सल्टाउन समिति गठन

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै निजी क्षेत्र र सरकारबीच टकराव शुरु भयो । सरकारले सरकारले ल्याएका नयाँ नयाँ प्रावधानमा चित्त नबुझाई आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार भने औपचारिक वार्ता भएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न सिंहदरबार पुगेको थिया । उक्त… Continue reading नयाँ आवको शुरु मै झस्किए व्यवसायी, समस्या सल्टाउन समिति गठन

बजेट सक्न तीब्र रकमान्तर

काठमाडौं । बजेट खर्चको आंकडा बडी देखाउन सरकारले आर्थिक वर्षको अन्त्यमा तीब्र रकमान्तर गरेको पाइएको छ । अर्थ मन्त्रालयद्धारा आइतबार सार्वजनिक तथ्यांक अनुसार सरकारले असार महिनामा मात्र १९ अर्ब ६१ करोड रुपैयाँ मात्र रकमान्तर भएको छ । बैशाखदेखि असार सम्मको तथ्यांक अनुसार ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरी एउटा कार्यक्रमको बजेट अर्कै कार्यक्रममा लगेर… Continue reading बजेट सक्न तीब्र रकमान्तर

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ । नेपाललाई शनिबार दुई स्वर्ण प्राप्त भयो । शुक्रबार एक स्वर्ण हात पारेको नेपालको खातामा शनिबार पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जिते । शुक्रबार समीर श्रेष्ठले पुरूष ६५ केजीमा स्वर्ण हात… Continue reading दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं । प्रहरीले विप्लव समूहका प्रभावशाली नेता माइला लामालाई पक्राउ गरेको छ । उनी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज हुन् । काँडाघारीबाट शनिबार मध्यरातमा लामा पक्राउ परेको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको हो । उक्त स्थानबाट दुई जना पक्राउ परेको प्रहरीको भनाई छ । अर्का विप्लव कार्यक्रता रेशम तामाङ हुन । नेता लामालाई काठमाडौं… Continue reading विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

१५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु घुससहित पक्राउ पर्ने क्रम तिब्र भएको छ । शनिबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको हो । कर्णाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेको अख्तियारले जानकारी दिएको छ । शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको… Continue reading १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

साना दल आन्दोलित

काठमाडौं । साना राजनीतिक दलले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । धर्म र संस्कृतिको संरक्षणमा सरकारलाई दवाव दिने उद्देश्यले भन्दै विभिन्न साना राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव बढेको भन्दै सरकारलाई खबरदारी गर्नु परेको उनीहरुको भनाई छ । नेपालीको पहिचान मेटाउन नदिन सरकारलाई दवाव दिन आन्दोलनमा जानु… Continue reading साना दल आन्दोलित