आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् । आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक… Continue reading आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ । कार्यक्रममा राष्ट्रपति,… Continue reading आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक

File photo

काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले अनुमति बीना नै नेपालविरुद्ध कार्यक्रम छायांकन गरेर प्रसारणमा ल्याएपछि सगरमाथा क्षेत्रको कालापत्थरसहितका क्षेत्रमा अब हेलिकोप्टर अवतरणमा रोक लगाइएको छ । अब नियमित उद्धार, सामानको ढुवानी र विशेष परिस्थितिमा सगरमाथा राष्ट्रिय निकुन्जको अनुमति लिएर मात्र हेलिकोप्टर उडान सकिने छ । त्यसबाहेक नियमित रुपमा पर्यटक लगेर भने यो क्षेत्रमा अवतरण गर्न… Continue reading सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक

नासाको यान मंगल ग्रहमा सफल अवतरण

USA Today

काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । बिबिसीका अनुसार यो यानलाई सात महिनाअघि जमिनबाट पठाइएको थियो । आधा अर्ब किलोमिटर पार गर्दै यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेसँगै यानबाट एक तस्वीर प्राप्त भएको छ । यो यानलाई ‘पिर्जाभियरेन्स मार्स… Continue reading नासाको यान मंगल ग्रहमा सफल अवतरण

सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

काठमाडौं । नेपाली सेनाले नेपालका ६ वटा हिमालमा सफाई अभियान चलाउने भएको छ । सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने योजना रहेको सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको छ… Continue reading सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

आईपीएल अक्सनमा बिकेनन् नेपाली लेग स्पीनर सन्दीप लामिछाने

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै पनि टोलीको रोजाइमा परेनन् । चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । आईपीएलको १४औं संस्करणमा सन्दीपले ४० लाख भारु न्युनतम मूल्य राखेका थिए । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन… Continue reading आईपीएल अक्सनमा बिकेनन् नेपाली लेग स्पीनर सन्दीप लामिछाने

क्रिस मोरिस आईपीएल इतिहासकै महँगा खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग आईपीएलको महंगा खेलाडी बनेका छन् । बिहीबार चेन्नाईमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको हो । यसअघि, रोयल च्यालेन्जर्स बैंगलोरले १६ करोड भारुमा युवराज सिंहलाई किनेको थियो । आईपीएलमा त्यो कुनै खेलाडीको लागि सर्वाधिक मूल्य थियो ।

नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैँ उपस्थित… Continue reading प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश

नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । कारोबारको अन्तिम दिन नेप्सेले २६३६.६८ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले २६११ विन्दु पार गरेको थियो । विहिबार सेयर बजार मापक… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

आज आइपीएल अक्सन, नेपालीको नजर सन्दीपमा

काठमाडौैं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि आज मिनी अक्सन हुँदैछ । यसै अक्सनबाट अधिकांश टीम र खेलाडीको टुंगो लाग्छ । चेन्नईमा आयोजना हुने यो अक्सन नेपाली क्रिकेट फ्यानका लागि पनि महत्वपूर्ण छ । किनकी यो पटक सन्दीप लामिछाने पुनः अक्सनमा छन् । तीन वर्ष अगाडी उनलाई दिल्लीले २० लाख भारुमा खरीद गरेको… Continue reading आज आइपीएल अक्सन, नेपालीको नजर सन्दीपमा

च्याम्पियन्स लिग : युभेन्टसलाई पोर्टोले हरायो

Moussa Marega doubled Porto’s lead 20 seconds into the second half (AFP via Getty Images)

काठमाडौं । जारी च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लव युभेन्टसलाई पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्स क्रिष्टियानो रोनाल्डोसहित मैदान उत्रिएको थियो । बुधबार राती सम्पन्न खेलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका हुन् । घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका… Continue reading च्याम्पियन्स लिग : युभेन्टसलाई पोर्टोले हरायो

नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहले आजबाट चौथो चरणका आन्दोलनका कार्यक्रम गर्दैछन् । यसै सिलसिलामा दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लोले घेर्ने कार्यक्रम राखिएको छ । चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गगरिने समुहले जनाएको छ । काठमाडौंबाहेक विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गरिने भएका छन्… Continue reading नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै

दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित रामलिला पार्कमा एक नेपाली युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनको नाम २४ वर्षिय दिपेश थापा बताइएको छ । उनको नेपालको ठेगाना भने खुलेको छैन । भारतीय न्यूज एजेन्सी इन्डो–एसियन न्यूज सर्भिस (आइएएनए)ले जनाए अनुसार रुखमा झुण्डिएको अवस्थामा बुधबार उनको शव फेला परेको… Continue reading दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला

अष्ट्रेलियामा चुलियो फेसबुक र सरकारबीच विवाद, न्यूज फिडमा समाचार शेयर गर्न बन्द

सिड्नी । अष्ट्रेलियाको सरकारले कडा कानून ल्याएर फेसबुकमाथि नियन्त्रणको प्रयास गरेपछि सामाजिक सञ्जाल फेसबुकले समेत आफ्नातर्फबाट प्रतिक्रियात्मक कदम चालेको छ । फेसबुकले तत्कालका लागि अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न नपाउने गरी बन्द गरेको छ । उता, अष्ट्रेलियाको सरकारले नयाँ कानून बनाइरहेको छ । जहाँ फेसबुक र गुगलजस्ता माध्यममा संचरमाध्यमका सामाग्री राखेबापत् सम्बन्धी… Continue reading अष्ट्रेलियामा चुलियो फेसबुक र सरकारबीच विवाद, न्यूज फिडमा समाचार शेयर गर्न बन्द

परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पढ्ने एक विद्यार्थीका सम्पूर्ण परीक्षा रद्द गरिदिएको छ । परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । बोर्डले गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी शाहीले परीक्षा चलिरहेकै समयमा टिकटक बनाएर सामाजिक संजालमा भाइरल बनाएका थिए ।… Continue reading परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

पश्चिम बंगालका श्रममन्त्री माथि पेट्रोल बम प्रहार, गम्भीर घाइते

photo : India Today

पश्चिम बंगाल । भारतको पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार हुँदा गम्भीर घाइते भएका छन् । मन्त्री हुसेनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जान उनी रेल चढ्ने तयारीमा थिए । सोही समयमा अज्ञात व्यक्तिले उनीमाथि बम प्रहार गरेको थियो । बम किन… Continue reading पश्चिम बंगालका श्रममन्त्री माथि पेट्रोल बम प्रहार, गम्भीर घाइते

गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । घटनामा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुधवार साँझ सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने स्थानमा दुर्घटनामा परेको छ । दुर्घटनामा २७ वर्षिया गोमा नेपाली, २८ वर्षिया शान्ती नेपाली… Continue reading गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

बजेट निर्माणबारे अर्थले पूर्वसचिवसँग लियो सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\८९ को बजेट निर्माणका लागि गृहकार्य थालेको छ । सोही क्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरुसँग छलफल कार्यक्रम आयोजना गर्यो । पूर्वअर्थ सचिवहरुले कोभिड १९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिए । उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं… Continue reading बजेट निर्माणबारे अर्थले पूर्वसचिवसँग लियो सुझाव

२३ फागुनदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने

काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप अभियान शुरु गर्ने भएको छ । प्राथमिकतामा परेका नागरिकलाई त्यस अगाडी नै खोप दिने र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप वितरणको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने… Continue reading २३ फागुनदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने

नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । दोगडाकेदार गाउँपालिका–७ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टलाई भागरथी हत्या प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११… Continue reading भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट सुझाव दिँदै अधिवक्ता खरेलले संसद विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका… Continue reading संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

ओपिडी शुल्क बढ्यो, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

काठमाडौं । अस्पतालको बिहिरंग (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को बुधबार बसेको बैठकले चिकित्सककोको परामर्श शुल्क बढाउने निर्णय गरेको हो। निर्णय अनुसार ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने छन् । नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव… Continue reading ओपिडी शुल्क बढ्यो, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

प्रतिखोप ४ डलर खर्चेर भारतबाट थप २० लाख डोज किन्ने सरकारको निर्णय

File Pic : BBC

काठमाडौं । सरकारले भारतबाट थप २० लाख कोरोना खोप किन्ने निर्णय गरेको छ । यसका लागि प्रतिखोप ४ डलर खर्च गर्ने निर्णय समेत भएको छ । कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने निर्णय समेत सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको नेपाली संचारमाध्यमले जनाएका छन्… Continue reading प्रतिखोप ४ डलर खर्चेर भारतबाट थप २० लाख डोज किन्ने सरकारको निर्णय

अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

CNN

टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै… Continue reading अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

आज कांग्रेसको केन्द्रिय समिति बैठक, आगामी रणनीति तय हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको पार्टीले जनाएको छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने भएको हो । १३ औं… Continue reading आज कांग्रेसको केन्द्रिय समिति बैठक, आगामी रणनीति तय हुने

भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । बैतडीमा बलात्कारपछि विभत्स हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ । प्रहरीले भागरथीको हत्या भएको १३ औं दिनमा हत्या अभियोगमा एक युवालाई पक्राउ गरेको छ । उनलाई आज सार्वजनिक गरिने भएको छ । दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी… Continue reading भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले स्पानिस क्लब बार्सिलोनालाई हराएको छ । खेलमा किलिएन एमबाप्पेले ह्याट्रिक गरे । घरेलु मैदानमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा ४-१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो । क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले बार्सिलोनालाई… Continue reading पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको भाउ, सातामै दुई पटक मूल्यवृद्धि

काठमाडौं । सरकारले एक साता भित्र दोस्रो पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढेको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ… Continue reading सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको भाउ, सातामै दुई पटक मूल्यवृद्धि