काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ । शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ । साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ… Continue reading नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
Author: Vishwanews.com
अब भेडेटारमा समेत जीपलाइनको मज्जा
धरान । अब धरानमा समेत जीपलाइन चढ्न पाइने भएको छ । शनिबार धरान ४ स्थित भेडेटारमा साहसिक खेल जीपलाइनको औपचारिक शुभारम्भ भएको छ । भेडेटार देवीथान जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मुख्यमन्त्रीले उद्घाटन गरेको यस जीपलाइनमा धरानकी उपप्रमुख मन्जु भन्डारी आफै चढेर जीपलाइनको उद्घाटनमा सहभागी भइन् । उनले सुपरम्यान… Continue reading अब भेडेटारमा समेत जीपलाइनको मज्जा
सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो
धनकुटा । धनकुटामा तमोर नदिले एक युवकलाई बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार एक युवक बेपत्ता भएको प्रहरीले पुष्टी गरेको छ । भारतको बिहार राज्यस्थित पूर्णिया घर भएका भिनित कुमार नमोर नदीमा खसेका थिए । त्यसपछि उनलाई नदीले बगाएर वेपत्ता पारेको हो । उनी विराटनगरस्थित नोबेल मेडिकल… Continue reading सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो
पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् । यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ । देशको उत्तर… Continue reading पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको… Continue reading प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक… Continue reading प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार
कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय
काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न… Continue reading कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय
कोरियाले घटायो नेपालीको कोटा
काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदार कम लैजाने भएको छ । आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने जानकारी दिएको छ । अब कृषि क्षेत्रमा कोरियाले कामदार नलैजाने भएको हो । एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार वार्ता भएको थियो । उक्त वार्तामा दक्षिण कोरियाली पक्षले कामदारको कोटा… Continue reading कोरियाले घटायो नेपालीको कोटा
सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् । विश्व शान्ति स्थापनामा फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ । १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा… Continue reading सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो । त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ । नेपाल औषधि उत्पादक संघका अनुसार… Continue reading औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ
आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात
काठमाडौं । पश्चिमी न्युनचापीय प्रणाली प्रवेश गरेका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । शनिबार दिनभर जसो पानी पर्नेछ । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने… Continue reading आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात
वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने
काठमाडौं । नेपाली आन्तरिक वायुसेवा कम्पनीले कर्मचारीको सेवा सुविधा कटौती गर्ने भएका छन् । सेवा सुविधा कटौती गर्नुका साथै बेतलवी बिदामा बस्न समेत प्रोत्साहन गर्ने नीति कम्पनीले लिने भएका छन् । कोरोना भाइरसका कारण पर्यटक आगमन ८० प्रतिशतसम्म ओरालो लागेको छ । यस अवस्थामा व्यवसाय नचल्ने र खर्च धान्न मुस्किल पर्ने भन्दै व्यवसायीले कर्मचारीको सेवा… Continue reading वायुसेवा कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गर्ने
आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच
काठमाडौं । नेपालमा कोरोनाबाट बच्न सचेतना तीब्र पारिएको छ । शुक्रबारबाट आन्तरिक विमानस्थल र जहाजमा समेत कोरोनाको जाँच प्रारम्भ गरिएको छ । बुद्ध एयरले चेकइन काउन्टरबाट ज्वरो नाप गरी १ सय फरेनहाइडभन्दा बढी तापक्रम भएका यात्रुलाई काउन्टरबाटै घर फर्काउन शुरु गरेको छ । त्यसो त तराईका विमानस्थलमा हेल्थ डेस्कसमेत संचालनमा आएको पर्यटन सचिव केदारबहादुर अधिकारीले… Continue reading आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच
ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री
काठमाडौं । कोरोना भाइरसका कारण नाकाबन्दी हुने हल्ला नेपालमा फैलाइएको छ । यसले कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई ठूलो राहत दिएको छ । किनकी बजारमा मानिसहरु आत्तिसकेका छन् । कतै २०७२ सालमा जस्तै अभाव भोग्नु पर्ने त होइन ? शुक्रबार यस्तै दृष्य अनामनगरमा देखियो । ग्याँस किन्न लामो लाइनमा मानिस बसिरहेका थिए । मानिस ग्याँस… Continue reading ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री
गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य
काठमाडौं । विजय कुमार गच्छदार समूहका एक दर्जन नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनेका छन् । उक्त समूहका ११ जना केन्द्रीय सदस्य कांग्रेसमा थपिएका हुन् । काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जानकराी गराएको छ । रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्द्रकुमार मल्लिक, हेमराज तातेड,… Continue reading गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य
चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ
काठमाडौं । कोरोना भाइरसका कारण सर्वाधिक पिडित चीनले यस भाइरसविरुद्ध खोप तयार भइरहेको जनाएको छ । कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान तिब्र भइरहेको र आगामी महिनाबाट आपतकालीन प्रयोगमा उपयोगमा ल्याइने चिनियाँ अधिकारीले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले यसको जानकारी गराएका हुन् । उनका… Continue reading चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ
बेलायतमा कोरोनाले लियो पहिलो व्यक्तिको ज्यान, ११६ मा संक्रमण
लण्डन । कोरोना भाइरसले बेलायतमा एक जनाको ज्यान लिएको छ । बेलायतमा एक ७० वर्षिय वृद्धाको ज्यान गएको हो । उनी बेलायतमा यस रोगको संक्रमणबाट निधन हुने पहिलो व्यक्ति हुन् । बेलायती स्वास्थ्य मन्त्रालयका अधिकारीले यसको पुष्टी गरेका छन् । अघिल्लो बुधबार अस्पताल भर्ना भएकी उनको बिहीबार ज्यान गएको हो । बेलायतमा कोरोना संक्रमित एक… Continue reading बेलायतमा कोरोनाले लियो पहिलो व्यक्तिको ज्यान, ११६ मा संक्रमण
थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो
रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ । यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ… Continue reading थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो
के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?
काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह अहिले नेपाल भ्रमणमा छिन् । उनी बिहीबार काठमाडौं आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयले उनलाई नेपाल आउने चाजोपाँजो मिलाएको हो । मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएसँगै नेपालमा यो मेघा इभेन्ट आयोजनाको सम्भावनाका विषयमा समेत चर्चा शुरु भएको छ ।… Continue reading के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?
ललितपुरमा आइतबारसम्म यसकारण हुँदैछ विद्युत आपूर्ति कटौती
ललितपुर । ललितपुरका विभिन्न स्थानमा विद्यूत आपूर्ति प्रभावित हुँदैछ । कतिपय स्थानमा नियमित विद्यूत आपूर्ति नहुँदा लाइन काटिने भएको छ । नेपाल विद्यूत प्राधिकरणका अनुसार वितरण लाइन सुधारको काम भइरहेका कारण बिहीबार साँझबाटै आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरण भएको ११… Continue reading ललितपुरमा आइतबारसम्म यसकारण हुँदैछ विद्युत आपूर्ति कटौती
भारतमा विद्यूतीय हाजिर बन्द, ट्राभल एडभाइजरी जारी
नयाँ दिल्ली । भारत सरकारले विद्यूतीय हाजिर बन्द गरेको छ । हातबाट कोरोना भाइरसको संक्रमण फैलने भएकाले भारतको राजधानी नयाँ दिल्लीमा कार्यालयहरुका अब विद्युतीय हाजिरी बन्द गरिएको हो । खासगरी जहाँ औलाको छापबाट हाजिर हुने सिस्टम जडान छ, त्यहाँ अब हातबाट हुने विद्यूतीय हाजिरी बन्द भएको हो । उता, भारत सरकारले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी… Continue reading भारतमा विद्यूतीय हाजिर बन्द, ट्राभल एडभाइजरी जारी
नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने
काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ । यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो । यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको… Continue reading नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने
प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो । प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ । सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज… Continue reading प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि
भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काम रोकेको छ । विदेशमा हुने सबै प्रकारका यस्ता कार्यक्रम रोकिएका हुन् । तर, नेपाल भ्रमण वर्षलाई भने के गर्ने भन्ने सम्बन्धमा अझै अन्यौल कायम छ । यही संकेत सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । उनका अनुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको… Continue reading भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल
अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने
काठमाडौं । अब बैंकहरुमा ग्राहकले सुनलाई निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र गरेको छ । बिहीबार बैंकहरुका नाममा परिपत्र गर्दै राष्ट्र बैंकले कार्यविधि बनाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट नेपाली नागरिकले सम्पत्तिको रुपमा… Continue reading अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने
इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?
काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो । संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ । टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस… Continue reading इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?
अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान
क्विन्सल्याण्ड । अष्ट्रेलियामा फेरी एक नेपालीको समुन्द्रमा डुबेर ज्यान गएको छ । केही महिना अगाडीसमेत यहाँ दुई नेपाली समुन्द्रमा डुबेर ज्यान गुमाउन बाध्य भएका थिए । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको स्थानीय प्रशासनले पुष्टी गरेको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले तानेको थियो ।… Continue reading अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान
इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित
रोम । कोरोना भाइरसले महामारीको रुप लिएसँगै इटलीमा भयाभह अवस्था सिर्जना हुन थालेको छ । संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गरेको छ । बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । देशभित्रका सबै प्रकारका खेल प्रतियोगिता समेत अब स्थागित भएका छन् । यसले विश्वचर्चित… Continue reading इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित
अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल
क्यालिफोर्निया । कोरोना भाइरसका कारण अमेरिकामा मात्र ११ जनाको ज्यान गएको छ । बिहीबार मात्र एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी सानफ्रान्सिस्कोबाट मेक्सिको गएका यात्रु थिए । क्यालिफोर्नियामा कोरोनाबाट पहिलो व्यक्तिको ज्यान गएको हो । अमेरिकामा १६… Continue reading अमेरिकामा कोरानाबाट मर्नेको संख्या ११, क्यालिफोर्नियामा संकटकाल
जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो
गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो । जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप… Continue reading जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो