काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लीग फुटबलका खेलहरु आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुँदैछन् । नेपाल भ्रमण वर्षको उद्घाटनका दौरान रंगशालामा तयारी शुरु भएका कारण ए डिभिजन लीगका खेल सातदोबाटो सार्नु परेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जानकारी दिएको छ । लीगमा सोमबारबाट चौथो चरणका खेल सुरु हुँदैछन्। चौथो चरणका खेल अन्तर्गत… Continue reading रंगशालामा ए डिभिजनका खेल केही दिन नहुने, भ्रमण वर्ष उद्घाटनको तयारी
Author: Vishwanews.com
एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डले एकै पटक पौने खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीलाई स्वीकृति प्रदान गरेको छ । तीनवटा जलविद्युत आयोजना निर्माण गर्न ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बोर्डको बैठक बसेको थियो । बैठकले उक्त लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार… Continue reading एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत
सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै
काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो… Continue reading सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै
धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष
धनुषा । एक प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात हरेको निष्कर्ष प्रहरीले निकालेको छ । अनुसन्धानका दौरान विप्लव कार्यक्रताबाट विस्फोट गराएको निष्कर्षमा प्रहरी पुगेको हो । २७ मंसिरमा धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी बम बिस्फोट भएको… Continue reading धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष
माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपरान्ह सिंहदरबार प्रवेश गर्ने क्रममा पक्राउ परेका उनीसहित १५ जना नेता, कार्यक्रतालाई प्रहरीले साँझ छाडेको छ । सिंहदरवारमा हुलदंगा गरी प्रहरीमाथि ढुंगामुडा गर्न उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गजुरेलले सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई… Continue reading माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो
प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ । नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने… Continue reading प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय
भ्रमण वर्ष उद्घाटनको तयारी तिब्र, राष्ट्रपतिबाट शुभारम्भ हुने
काठमाडौं । नेपाल भ्रमण वर्षका शुभारम्भ भब्य बनाउने तयारीमा सरकार जुटेको छ । यसका लागि सबै तयारी पुरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । १ जनवरीमा हुने उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । उद्घाटनमा विभिन्न आधा दर्जन मुलुकले पर्यटन मन्त्री वा मन्त्रीस्तरीय टोली नेपाल पठाउने तयारी गरेका छन् । यसले विश्वभर नेपालको प्रचार गर्न… Continue reading भ्रमण वर्ष उद्घाटनको तयारी तिब्र, राष्ट्रपतिबाट शुभारम्भ हुने
अब औषधिको जानकारी मोवाइल एपबाटै
काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ । विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ । विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको जानकारी गराएको छ । एप्स लगइन गरेपछि औषधिको प्रयोग, कतिपय औषधीबाट… Continue reading अब औषधिको जानकारी मोवाइल एपबाटै
सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ मारिए
काठमाडौं । सोमालियामा भएकोशक्तिशाली कार बम विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । १ सय भन्दा बढी घाइते भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बिहान अति व्यस्त हुने समयमा राजधानी मोगादिशुस्थित एक प्रहरी चेकपोस्ट नजिकै बम विस्फोट गराइएको थिया । त्यहाँ सडक निर्माण गर्न टर्किस इन्जिनियर खटिएका थिए… Continue reading सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ मारिए
संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन र विभाग गठनका सम्बन्धमा भएका निर्णय सच्चिनु पर्ने बताएका छन् । शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पोडेल पक्षधर नेताहरुको बैठकपछि आयोजित पत्रकार सम्मेलनका दौरान उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पौडेलसँगै उपस्थित थिए । पौडेलले सभापति शेरबहादुर… Continue reading संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल
फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला
ललितपुर । फूलचोकी घना जंगलले घेरिएको डाँडो हो । यहाँ हरेक दिन कैयौं मानिस घुमघाममा जाने गर्छन् । र खासगरी जाडो मौसममा केही मानिस हराउने पनि गर्छन् । फूलचोकीमा केही पहिले साइनिंगहरु थिएनन् । त्यसकारण मानिस हराउनु स्वाभाविक मानिन्थ्यो । तर, अहिले यहाँ व्यवस्थित हाइकिंग रुट बनाइएको छ । त्यही रुटलाई नछोडी यात्रा गर्दा कोही… Continue reading फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला
राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ
काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी, लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध कारवाही तिब्र बनाएको छ । स्वीप अपरेसनका दौरान शुक्रबार मात्र सयौं मानिस समातिएका छन् । बिहीबार र शुक्रबार गरी २ सय भन्दा बढी व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ । बसुन्धरा, टोखा, बाँसबारी, मन्डिखाटार, गौशाला, चाबहिल र बानेश्वर क्षेत्रबाट ति व्यक्ति पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको… Continue reading राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ
हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी
कंचनपुर । कंचनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुन्जको सबैभन्दा पुरानो तथा वृद्ध उमेरको हात्ति रतनकलीको विहिबार निधन भयो । विसं २०३५ सालमा चितवन राष्ट्रिय निकुन्जबाट शुक्लाफाँटा ल्याइएको हात्ती ‘रतनकली’ को शुक्रबार हिन्दु संस्कार अनुसार अन्तेष्टी गरिएके छ । रतनकलीलाई निकुञ्जस्थित हात्तीसारमा राखिएको थियो । रतनकलीको उमेर ८४ वर्ष थियो । रतनकलीलाई चराउन जाँदा बसेको हात्ति उठ्न सकेन… Continue reading हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी
कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज
काठमाडों । कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले केन्द्रीय कार्य समितिको अवधि एक बर्ष बढाएपछि कांग्रेसमा जारी किचलो अझ बढ्ने भएको छ । बहुमतबाट एकलौटी निर्णय आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षका नेता भने असन्तुष्ट छन् । शनिबार पौडेल पक्षका नेताहरु भेला हुँदैछन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल निकट नेताहरु भेला… Continue reading कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज
काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो
काठमाडौं । देशभर चिसोले जनजीवन प्रभावित हुने क्रम जारी छ । शनिबार काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्रीमा झरेको उल्लेख गरेको छ । बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियसमा थियो । आज यस वर्षको… Continue reading काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो
आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या
काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले फेरी बर्बरता प्रदर्शन गरेको छ । आइएसले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आईएसले अघिल्लो अक्टोबरमा नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर मारिएको बदला लिन ती मानिसको हत्या गरेको उल्लेख गरेको छ । आईएसले समाचार एजेन्सी अमाकमार्फत्… Continue reading आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या
काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान
काजकस्तान । काजकस्तानस्थित अल्माती एयरपोर्ट नजिक भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन । ६० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार रहेका थिए। त्यसमध्ये ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको उल्लेख छ । ‘बेक एयर’ को जेड… Continue reading काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान
प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि शुक्रबार शिक्षण अस्पताल पुगेका छन् । उनी नियमित डायलासिसपछि प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टुइट गर्दै जानकारी गराएका छन् । १२ वर्ष अघि फेरेको मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्रीलाई अहिले नियमित डायलासिस गर्नुपर्ने भएको छ । त्यसका लागि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल… Continue reading प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि
मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो
हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१… Continue reading मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो
अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम
काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ । महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो… Continue reading अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम
कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो । शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले… Continue reading कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति
छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना
काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो । अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् । १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट… Continue reading छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना
मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र
म्याग्दी । बेनी–जोमसोम सडक खण्डमा गएको सुख्खा पहिरोका कारण मुस्ताङ जाने सवारी साधन रोकिएको छन् । यसले मुक्तिनाथका लागि हिडेका यात्री अलपत्र परेका हुने । म्याग्दी प्रहरीका अनुसार शुक्रबार बिहानैबाट यो बाटो बन्द भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गुइठेभिरमा सुक्खा पहिरो गएको हो । जसले गर्दा बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुन पुगेको… Continue reading मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र
कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कार प्रयासको आरोप लागेपछि यतिबेला व्यवस्थापिका संसद नेतृत्वबिहिन रहेको छ । तर, सत्तारुढ नेकपाले सभामुखको लागि पार्टी भित्रैबाटै सहमति निकाल्न सकेको छैन । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नै सहमति जुट्न नसकेपछि संसदले नयाँ सभामुख नपाएको हो । अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाइरहेको यो पदमा उनले समेत… Continue reading कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै
ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली
काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ । ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए । तर, भित्रभत्रै… Continue reading ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली
अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने
काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् । यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको… Continue reading अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने
पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने
काठमाडौं । सरकारले १२ वैशाख २०७२ को भूकम्पयता पुनर्निर्माणका क्रममा संरचना निर्माणमा मात्र साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्राधिकरण १२ पुसमा ५ औं वर्षमा प्रवेश गर्दैछ । यसको… Continue reading पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने
काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ । तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ ।… Continue reading काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म
पोखरामा भारतीय बस आउन रोक
पोखरा । पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमा प्रतिवन्ध लागेको छ । पोखरामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि प्रतिवन्ध लगाएको हो । पोखरामा भारतीय पर्यटकको बाहुल्य रहेको छ । उनीहरु आफ्नै सवारी साधन लिएर आउने गरेका छन् । प्रतिवन्धपछि पोखरा आउने भारतीय पर्यटकको आगमनमा भने असर पर्न सक्ने… Continue reading पोखरामा भारतीय बस आउन रोक
आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?
काठमाडौं । आज बिहान नेपालसहित विश्वका अधिकांश मुलुकमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। उक्त अवसरमा नेपालका कतिपय स्थानीय तह र विद्यालयले सार्वजनिक बिदा समेत घोषणा गरेको छ । बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । ग्रहणले बिहान ८.४२ मा स्पर्श गर्ने छ भने ११.३१ बजे… Continue reading आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?