अमेरिका । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ । स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो । बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज… Continue reading अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित
Author: Vishwanews.com
जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?
काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओेलीलाई हिटलरको संज्ञा दिएका छन् । राष्ट्रियसभा बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रायमाझीले ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका हुन् । उनले असंवैधानिक काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री भन्ने कि नभन्ने भन्दै यस्तो प्रश्न गरे । प्रधानमन्त्री ओलीले… Continue reading जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल (ट्वीटर, इन्स्टाग्राम र फेसबुक) २४ घन्टाका लागि ब्लक भएका छन् । ट्रम्पले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा हिंसा भड्काउने गरी पोस्ट गरेको र त्यसपछि अमेरिकी संसदमाथि नै आक्रमण भएको आरोपमा सामाजिक संजालसँग सम्बन्धित निकायले उनले प्रयोग गर्दै आएको फेसबुक, ट्वीटर र इन्सटाग्राम बन्द गरेका हो… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक
‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’
काठमाडौं । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् । राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उहाँले राजीनामा दिएको भए मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो गौतमले भने ।… Continue reading ‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’
ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको… Continue reading ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा
लयमा फर्कदै मेसी, बार्सिलोनालाई दिलाए महत्वपूर्ण जीत
काठमाडौं । कप्तान लियोनल मेसीको दाजुमयी खेल प्रदर्शनको जोडमा बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जीत निकालेको छ । उसले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको हो । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले बिल्बाओलाई ३, २ गोलले हरायो । टोलीका लागि कप्तान मेसीले दुई गोल गरे । थप एक गोलका लागि समेत महत्वपूर्ण भूमिका खेलेका उनी म्यान अफ… Continue reading लयमा फर्कदै मेसी, बार्सिलोनालाई दिलाए महत्वपूर्ण जीत
अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना
वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिंटन डीसीस्थित संसद भवनमा गरेको हिंसात्मक प्रदर्शनको विश्वभरबाट व्यापक आलोचना शुरु भएको छ । खासगरी विश्वका नेताहरुले यो कदमले संसारलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न कंग्रेसको बैठक बसिरहेका समयमा ट्रम्पको… Continue reading अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना
कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत
काठमाडौं । कतारमाथि साउदी अरबले लगाएको नाकाबन्दी हटाएकोमा नेपालले त्यस कदमको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने बारे गरेको निर्णयको स्वागत गरेको हो । यो कदमलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको समेत नेपाल सरकारको प्रतिक्रिया छ । यो कदमले काउन्सिलका सदस्य… Continue reading कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत
अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु
वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी… Continue reading अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु
बालाजुमा कैंचीले घोपेर एक जनाको हत्या
काठमाडौं । काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले पेटमा घोपेर एक जनाको हत्या भएको छ । बाईपासस्थित सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरेको छ । शर्माले पेटमा कैंचीले घोपेर घाइते… Continue reading बालाजुमा कैंचीले घोपेर एक जनाको हत्या
कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता
काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ । नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने… Continue reading कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता
सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा
काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार… Continue reading सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा
काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ९५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज
ट्रम्पलाई अर्को झड्काः सिनेटमा डेमोक्रेट उम्मेदवार थप एक स्थानमा विजयी
अमेरिका । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार थिए । सिबिएस, एनबिसी र सिएनएनले… Continue reading ट्रम्पलाई अर्को झड्काः सिनेटमा डेमोक्रेट उम्मेदवार थप एक स्थानमा विजयी
लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा
काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले बढेर लयमा फर्किएको हो । सूचकमा सूधार आए पनि कारोबार रहम भने बढ्न सकेन् । मंगलबारको तुलनामा आज कारोबार रकम १४ करोड बढीले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से १३.०७ अंकले बढेर २१७८.५७… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको घोषणा गर्दै राजीनामा दिएका हुन् । पूर्वमाअोवादी नेतासमेत रहेका बोहरा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिन्छन् । उनले अछामबाट चुनाव लडेका हुन् । पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेको भट्टसमेत ओली नेतृत्वको नेकपामा आएका थिए… Continue reading सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा
संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने
काठमाडौं । संसद विघटनविरुद्ध परेको मुद्धाहरुको अर्को सुनुवाई २९ गते हुने भएको छ । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्धाहरुको अर्को सुनुवाई आउने २९ गते बुधबार हुने निर्णय गरेको हो । आजको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भन्दै वृहत पूर्ण… Continue reading संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने
संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा
काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास मा नबस्ने भएका छन्। बहस गरिरहेका अधिवक्ताले कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए । बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् ।… Continue reading संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा
पिसिएल ड्राफ्टमा सन्दीप मंहगो श्रेणीमा परे, छनोट होलान ?
काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिसिएल) को आगामी संस्करणका लागि ड्राफ्टमा पर्न सफल भएका छन् । यस पटक उनको नाम सबैभन्दा बढी मूल्यका खेलाडीको श्रेणीमा छन् । यस वर्गमा विश्वस्तरीय खेलाडीहरु क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान समेत छन् । पाकिस्तान… Continue reading पिसिएल ड्राफ्टमा सन्दीप मंहगो श्रेणीमा परे, छनोट होलान ?
खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै
काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ… Continue reading खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै
कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेताले प्रमुख पद नपाउने
काठमाडौं । नेपाली कांग्रेसले अन्य पार्टी छाडेर आफ्नो पार्टीमा आएपनि नेताले सांगठनिक मूख्य पद नपाउने नियम बनाएको छ । १९ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी प्रावधानमा सहमति जुटाएको हो । जसमा अन्य दलबाट आएर संगठनमा सिधै प्रमुख पद प्राप्त गर्न नसक्ने उल्लेख छ । अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिले पार्टीको सांगठनिक… Continue reading कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेताले प्रमुख पद नपाउने
संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । जनइच्छा विपरित र संविधानमा उल्लेख नै नभएको व्यवस्थालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विषय अदालत पुगेको हो । आम मानिसले संविधान विपरित रहेको मानेको यो कदम अदालतबाट उल्टने अपेक्षा समेत गरेका छन् । सर्वोच्चले… Continue reading संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु
सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस
सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न विज्ञले सिफारिस गरेका छन् । जिल्लाको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको हो । गत असार र साउनमा गएको भीषण पहिराले लिदीमा ३९ जनाको मृत्यु भएको थियो । सरकारले सो क्षेत्रलाई आधार बनाएर त्यस आसपासका… Continue reading सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस
एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?
काठमाडौं । नेपाल खेलकुद पत्रकारले हरेक वर्ष प्रदान गर्ने विभिन्न खेल विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अनुसार चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक भएको छ । साविकमा जस्तै मञ्चले… Continue reading एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?
सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक… Continue reading सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो… Continue reading गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने
झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
झापा । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ५ की २८ वर्षीया सलिना राई छन् । मोटरसाइकल तामाङले चलाएका थिए । राई पछाडि सवार रहेको बताइएको छ । शिवसताक्षी नगरपालिका ८… Continue reading झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ९३ महिला र १३९ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ व्यक्ति संक्रमित भएका… Continue reading काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिए
नेपालमा ५२२ जना कोरोना संक्रमित थपिए,५७८ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५२२ कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ… Continue reading नेपालमा ५२२ जना कोरोना संक्रमित थपिए,५७८ जना डिस्चार्ज