काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्। न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो। मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने सहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्। समितिमा पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण बिँडारी समेत थिए। माछापुच्छ्रे बैंकका संचालक रहेका न्यौपानेसँग संचालक समितिमा लेखा… Continue reading उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
Author: Vishwanews.com
झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । हिजो करिब ६ अंकले घटेको बजारमा आज पनि न्यून अंकको गिरावट आएको हो । लगातार बजार घटेको आज दोस्रो दिन हो । पछिल्लो दुई दिनमा बजार करिब १० अंकले घटेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबारको तुलनामा आज कारोबार… Continue reading झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता
काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ। वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएको हो । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश मंगलबार पनि राम्रोसँग खुलेको छैन् । विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर… Continue reading काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बाहिर ननिस्किन विभागको अपिल
कतारमाथिको साउदी नाकाबन्दी खुकुलो
काठमाडौं । कतारमाथि साउदी अरेबियाले पछिल्लो तीन वर्षयता लगाएको कडा प्रतिबन्ध खुकुलो बनाएको छ । बीबीसीका अनुसार गल्फ को–अपरेशन जीसीसी सम्मेलनका दौरान साउदी अरेबियाको यस्तो निर्णय सार्वजनिक भएको कुवेती परराष्ट्रमन्त्रीले जनाएका छन् । कतारमाथि साउदीले प्रतिवन्ध लगाएपछि सबैजसो छिमेकी मुलुकले प्रतिबन्ध घोषणा गरेका थिए । उसलाई त्यसपछि भने इरानले सहयोग गरेको हो । साउदी अमेरिका… Continue reading कतारमाथिको साउदी नाकाबन्दी खुकुलो
पहिलो खोप लगाएको बेलायतमा एकै दिन ५० हजार माथि संक्रमण, लकडाउन घोषणा
काठमाडौं । संसारमा कोरोना विरुद्धको खोप लगाउने बेलायत पहिलो मुलुक हो । तर, कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण तिब्र बन्दै दैनिक ५० हजार माथि संक्रमण पुष्टी भएको छ । यससँगै प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन् । नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न यस्तो कदम चाल्न बाध्य भएको उनले सोमबार गरेको टेलिभिजन अन्तर्वार्तामा उल्लेख… Continue reading पहिलो खोप लगाएको बेलायतमा एकै दिन ५० हजार माथि संक्रमण, लकडाउन घोषणा
नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग
काठमाडौं । नेपाली सेनाले करीव तीन सय जनालाई एकै पटक भर्ना गर्ने गरी जागिर खुलाएको छ । आर्मीको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाका अनुसार धोवीदेखि पण्डितसम्मको माग आएको छ । लेखा जमदार, पूजारी हुद्दा, धोबीका लागि समेत विभिन्न पदमा दरखास्त आह्वान भएको हो । सेनाका अनुसार लेखा जमदारमा ५० जना भर्ना लिन थालिएको… Continue reading नेपाल आर्मीमा खुल्यो तीन सय जनालाई रोजगारी, पण्डितसम्मको माग
विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी
काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा… Continue reading विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी
काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास
काठमाडौं । काठमाडौं उपत्यकाको प्रदुषण लेवल मापदण्डभन्दा माथि पुगेको छ । जसले गर्दा काठमाडौंबासीले भारतको नयाँ दिल्लीबासीले भोगे जस्तै अनुभूति गर्नु परेको छ । कम भिजिविलिटीका कारण सडकमा चर्को जाम समेत भएको छ । सोमबार दिनभर काठमाडौंबासीले घाम पनि देख्न पाएनन् । कतिपयमा आखाँ पोल्ने समस्या समेत देखिएको गुनासो आएको छ । काठमाडौं उपत्यकामा न्यूनतम… Continue reading काठमाडौंमा अधिक प्रदुषण, खुलेन आकास
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८८५ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।
नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज
कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने
काठमाडौं । भारत सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ सरकारले निर्यातमा रोक लगाएको हो । सरकारले अक्सफोर्डको खोप उत्पादन सेरम इन्स्टिच्युटलाई अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो । सेरमका कार्यकारी अधिकृत अदार पुनावालाले खोपमा भारतका नागरिकलाई प्राथमिकता… Continue reading कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । सोमबार दिउँसो श्री एयरलाइनसको विमानमार्फत काठमाडौंबाट भद्रपुर जान लागेका झापा मेचीनगर नगरपालिका–२ का वृजहाङ राईको साथबाट ५० राउण्ड गोली बरामद भएको हो । २० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका थिए। विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि… Continue reading त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० राउण्ड गोलीसहित एक युवा पक्राउ
अमेरिकी सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित
न्युयोर्क । अमेअमेरिकी सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचितरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छिन । आइतबारदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो। पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टी नेता रहँदै आएकी छिन् । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ।… Continue reading अमेरिकी सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित
बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने
काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका… Continue reading बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने
देशभरको मौसम बद्ली: केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात
काठमाडौं । देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात भएको मौसमविद्ले बताएका छन् । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रतिर हिमपात तथा वर्षा सुरु भइसकेको छ भने काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा तथा… Continue reading देशभरको मौसम बद्ली: केही ठाउँमा वर्षा र धेरैजसो हिमाली जिल्लामा हिमपात
निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने
काठमाडौं । सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म… Continue reading निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने
स्पेनिस ला लिगा: बार्सिलोनाको संघर्षपूर्ण जित
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना संघर्षपूर्ण जित निकालेको छ । अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको हो । स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि जित दर्ता गर्न निक्कै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं… Continue reading स्पेनिस ला लिगा: बार्सिलोनाको संघर्षपूर्ण जित
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय ३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना डिस्चार्ज
‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, नयाँ चुनाव भएरै छाड्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् । बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका हुन् । उनले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेकोे बताँउदै वैशाखमा तोकिएकै समयमै चुनाव गर्ने… Continue reading ‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, नयाँ चुनाव भएरै छाड्छ’
नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक
काठमाडौं । पछिल्लो समय निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । गत विहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । बजार खुलेदेखि नै उकालो लागेको बजारले २१७५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले… Continue reading नयाँ रेकर्ड बनाउँदै गएको नेपाली सेयर बजारमा फेरि रेकर्ड ब्रेक
नयाँ उर्जामन्त्री रायमाझी भन्छन्–’मैले हटाएको हो लोडसेडिङ’
अर्घाखाँची । नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले पनि लोडसेडिङ अन्त्यको जस आफूले पाउनुपर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोडसेडिङ अन्त्य विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नभई आफूले गरेको जिकिर गरे । रायमाझीले आफू यसअघि उर्जामन्त्री भएको बेला लोडसेडिङ अन्त्य गर्न विभिन्न योजना बनाउने र कामहरु… Continue reading नयाँ उर्जामन्त्री रायमाझी भन्छन्–’मैले हटाएको हो लोडसेडिङ’
कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन
काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार बिहान ११ बजे नयाँ दिल्लीमा निधन भएको हो। कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए । केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला… Continue reading कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन
कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ५० हजार जना संक्रमणमुक्त
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हाे। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै २० देशमा कोरोना भाइरसबाट ३ सय १५ जना नेपालीकाे मृत्यु भइसकेकाे छ। संघको स्वास्थ्य समितिका संयोजक… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ५० हजार जना संक्रमणमुक्त
प्रतिनिधिसभा विघटन मुद्दा: सरकारको तर्फबाट लिखित जवाफ पेस गरिँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले आज लिखित जवाफ पेस गर्दैछ। यही पुस १० गतेको इजलासले यही पुस १९ गते भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो। सोहि आदेशबमोजिम महान्यायाधीवक्ताको कार्यालयले लिखित जवाफ पेस गर्ने गर्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच… Continue reading प्रतिनिधिसभा विघटन मुद्दा: सरकारको तर्फबाट लिखित जवाफ पेस गरिँदै
संसद विघटनविरुद्ध रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्ष गर्न पौडेल पक्षको जोड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन काँग्रेस पुस ७ गतेदेखि केन्द्रीय समितिमा जुटेको हो। सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन तताउन नमिल्ने बताउँदै आएका छन्। यता देउवाइतर… Continue reading संसद विघटनविरुद्ध रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडक संघर्ष गर्न पौडेल पक्षको जोड
भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेका नटबोल्टको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका हुन् । । ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए ।… Continue reading भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८७० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८७० पुगेको छ ।
नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज
प्रचण्ड–नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्। संघर्ष समितिले घोषणा गरेको आन्दोलन पुस २० देखि माघ २३ गतेसम्मको लागि तय भएको छ । पुस २१ गते संघीय राजधानी र देशका विभिन्न… Continue reading प्रचण्ड–नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा
राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति
काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीर स्वीकृत गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद बैठकले राहदानीको भित्री पानामा राख्ने गरी विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहने भएको छ । पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने भएको छ… Continue reading राहदानीमा राख्ने तस्वीरलाई मन्त्रीपरिषद्को स्वीकृति