काठमाडौं । अब नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापन बजाउन पाउने छैनन् । सरकारले विज्ञापन ऐन राजपत्रमा प्रकाशित गरेको छ । यस ऐन अनुसार ऐन लागू भएको एक वर्षभित्र क्लिनफिड लागू भइसक्नु पर्छ । यो ऐन १ साउन अर्थातः चालु आर्थिक वर्षबाट लागु हुने गरी बनाइएको हो । सोहीकारण आगामी १ साउन २०७६ बाट सबै… Continue reading साउनबाट विदेशी च्यानलमा विज्ञापन बन्द
Author: Vishwanews.com
बंगलादेशका राष्ट्रपति आज दिनभर भेटघाटमा, भोली पोखरा
काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर भेटघाटमा व्यस्त हुने भएका छन् । उनले बुधबार समकक्षी विद्यादेवी भण्डारीसँग उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराट्र मन्त्रालयले जनाएको छ । दुई राष्ट्रपतिबीच साँझ ४ बजे औपचारिक भेटवार्ता हुँदैछ । हमिद शितलनिवास जाने कार्यक्रम रहेको छ । यस भेटका क्रममा द्धिपक्षीय… Continue reading बंगलादेशका राष्ट्रपति आज दिनभर भेटघाटमा, भोली पोखरा
स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज
काठमाडौं । स्थानीय तहमा रिक्त पदमा पदाधिकारीको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने भएको छ । १४ मंसिरमा हुने निर्वाचनका लागि आजबाट स्थानीय तहको प्रक्रिया शुरु भएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको मनोनयन भने टुंगिसकेको… Continue reading स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज
मन्त्रीपरिषद् पुनर्गठनको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् । बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण लगत्तै प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र अन्य शीर्ष नेताको बीचमा मन्त्रीपरिषद् पुनर्गठनको सहमति भइसकेको छ । सोही अनुसार केही मन्त्रीहरु बाहिरिदै छन् भने नेकपामा प्रभावशाली मानिने नेता सरकारमा सहभागी हुँदैछन्… Continue reading मन्त्रीपरिषद् पुनर्गठनको तयारी
नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र
काठमाडौं । सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरालाइन्सको एयरबस ३३० जहाजले अवतरण गरेपछि पार्किंग गर्ने स्थल नपाएपछि एक घण्टा ५ मिनेटसम्म यात्रु जहाज भित्रै थुनिनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जहाजहरु आएका कारण र्पािर्कंग फूल भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सको जहाजले स्थान पाएन । दिल्लीबाट आएका यात्रुले एक घण्टा… Continue reading नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र
राष्ट्रियता प्राथमिकतामा भन्दै केसीले तोडे अनसन
डडेलधुरा । डडेलधुरामा पुगेर अनसन थालेका डा. गोविन्द केसीले ९ औं दिनमा अनसन तोडेका छन् । मंगलबार उनले अनसन ताड्ने फैसला गरेका हुन् । यद्दपी उनी र राज्यबीचमा भने कुनै संवाद भएन् । चिकित्सा क्षेत्र सुधार र विगतका सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेका केसी सीमा विवादका कारण अहिले राष्ट्रियता प्राथमिक विषय भएको भन्दै अनसन… Continue reading राष्ट्रियता प्राथमिकतामा भन्दै केसीले तोडे अनसन
विदेशबाट यात्रुले ल्याउन पाउने सुनको भन्सार महशुल बढ्यो
काठमाडौं । सरकारले विदेशबाट नेपाल आउँदा यात्रुले बोक्न पाउने परिमाणको सुनमा लाग्दै आएको महशुल बढाएको छ । व्यवसायिक प्रयोजनमा भित्रने सुनसँगै आम व्यक्तिले बोकेर ल्याउन पाउने सुनमा समेत अब भन्सार बढेको छ । यात्रुले साविकमा भन्दा अब प्रतितोला कम्तिमा १५ सय रुपैयाँ बढी तिरेर मात्र भन्सारले पार गर्न दिने भएको छ । विदेशबाट आउँदा १… Continue reading विदेशबाट यात्रुले ल्याउन पाउने सुनको भन्सार महशुल बढ्यो
बंगलादेशका राष्ट्रपति नेपालमा, थाले घुमघाम
काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं ओर्लिएका छन् । उनलाई मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विवमानस्थलमा स्वागत गरिन् । उनको साथमा ५२ सदस्यीय प्रतिनिधिमण्डलसमेत नेपाल आएको छ । २९ कात्तिकसम्म नेपाल घुमघाम गरी राष्ट्रपति हमिद स्वदेश फर्कने छन् । नेपालमा प्रधानमन्त्रीस्तरको भ्रमण भएपनि राष्ट्रपति स्तरमा भने तीन दशकपछि… Continue reading बंगलादेशका राष्ट्रपति नेपालमा, थाले घुमघाम
नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल
काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारती विरोधी धारणा बढिरहेको सन्दर्भमा भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छन् । उनले अघिल्लो शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेटसँग भेटवार्ता गरेका हुन् । नेपाल र भारतबीच कालापानीको सीमा क्षेत्रमा लामो समयदेखि विवाद छ । पछिल्लो समय भने नक्सा सार्वजनिक भएपछि यो… Continue reading नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल
बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लायग आज काठमाडौं ओर्लदैं छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । २९ कात्तिकसम्म रहने राष्ट्रपतिको भ्रमण दलमा ५२ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । करीव दुई दशकपछि बंगलादेशबाट पहिलो पटक राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको छ । राष्ट्रपतिको… Continue reading बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
उद्योगपति पद्म ज्योतिका नाममा पनि पक्राउ पूर्जी
काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगपछि पद्य ज्योतीका नाममा पक्राउ पूर्जी जारी गरेको छ । उनी यसअघि पक्राउ परेका व्यवसायी रुप ज्योतीका दाई हुन् । पद्यलाई पनि रुप ज्योती कै प्रकरणमा पक्राउ पूर्जी जारी भएको हो । ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणका कारण पछिल्लो समय ज्योती परिवारलाई श्रृंखलावद्ध रुपमा पक्राउ गरिएको छ । रुप ज्योतीसागै उनकी… Continue reading उद्योगपति पद्म ज्योतिका नाममा पनि पक्राउ पूर्जी
नेपाल र कुवेतबीच भूटानमा प्रतिस्पर्धा
काठमाडौं । अन्तर्राष्ट्रिय रंगशालाको अभावले नेपालले कुवेतसँग हुने होम म्याच घरमै खेल्ने अवसर गुमाएको छ । अब नेपाल र कुवेतबीचको प्रतिस्पर्धा भूटानमा हुने भएको छ । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनका लागि छनोट प्रतियोगितामा यी दुई मुलुक भिड्न लागेका हुन् । यो खेल ३ मंसिरमा हुँदैछ । भुटानको राजधानी थिम्पुस्थित… Continue reading नेपाल र कुवेतबीच भूटानमा प्रतिस्पर्धा
आलमको बहस जारी, पक्षधर वकिलले बहस थाले
रौतहट । बम विष्फोटबाट घाइते भएका मानिसलाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद आफताव आलमको मुद्दाको वहस अझै जारी रहेको छ । सोमबारदेखि आलमको पक्षधर वलिकले बहस थालेको जिल्ला अदालत रौतहटले जनाएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्षमा बहस शुरु भएको छ । आलमको पक्षबाट वरिष्ठ… Continue reading आलमको बहस जारी, पक्षधर वकिलले बहस थाले
नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल
काठमाडौं । प्रतिनिधिसभाका दुई समितिले सोमबार नेपाल र भारतको सीमा विवादका सम्बन्धमा छलफल गरेका छन् । राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाएको थियो । तर, उनी समितिमा पुगेनन् । उनको स्थानमा भूमिव्यवस्था मन्त्री पदमा अर्याल उपस्थित भएर सांसदहरुको जिज्ञासा मेटाउने प्रयास गरिन् । सोमबार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस विषयमा… Continue reading नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल
ओमानसँग श्रम सम्झौताको तयारी
काठमाडौं । नेपाल र ओमानबीच श्रम सम्झौता हुने भएको छ । नेपालबाट शून्य लागतमा कामदार ओमान जान सक्ने गरी सम्झौताको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालले रोजगारदाता मुलुकसँग श्रम सम्झौतालाई उच्च प्राथमिकता दिएको छ । यसबाट कामदारको सुरक्षा र पारिश्रमिकको ग्यारेन्ट गर्छ । उनीहरुको लागत पनि कम… Continue reading ओमानसँग श्रम सम्झौताको तयारी
राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना
काठमाडौं । काठमाडौंमा काटिएका राँगा भैसीको हाड र छाला बोरामी हाली जलाएर काठमाडौंमा दूर्गन्ध फैलाएका तीन जनालाई नगद जरिवाना तिराएर छाडिएको छ । उनीहरु अघिल्लो साता पक्राउ परेका थिए । तीनै जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको हो । नगदसहित आगामी दिनमा सोही प्रकारका गतिविधि दोहोर्याएमा कडा सजाय हुने शर्तसमेत राखिएको छ । राजेश… Continue reading राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना
डा. केसीको स्वास्थ बिग्रिदै
काठमाडौं । डडेल्धुरा पुगेर अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएको छ । जिल्ला अस्पताल डडेलधुराले केसीको सस्थ अवस्था जटिल बन्दै गएको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको छ । केसीको स्वास्थ्यमा समस्या आइसकेको भन्दै डडेल्धुरा जिल्ला अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजाने सुझाव दिएको हो । अस्पतालका अनुसार केसीको ब्लड प्रेसर घटेको छ ।… Continue reading डा. केसीको स्वास्थ बिग्रिदै
रुप ज्योती भन्छन्, ‘परिवारलाई नै फसाउन खोजियो’
काठमाडौं । उद्योगपति डा. रुप ज्योतीले आफू र आफ्नो परिवारलाई फसाउन नियोजित रुपमा लागिएको बताएका छन् । आफूमाथि लागेको आरोपको अस्वीकार गर्दै अमेरिकामा बस्ने छोरीलाई समेत मुद्दा हालेर नियोजित रुपमा बदनाम गर्न खोजिएको उनको भनाई छ । आइतबार जिल्ला अदालत काठमाडौमा उपस्थित गराइएका उनले बदनाम गराउने उद्देश्यबाटै आफुमाथि नियोजित प्रहार भइरहेको बताए । उनले वकिल… Continue reading रुप ज्योती भन्छन्, ‘परिवारलाई नै फसाउन खोजियो’
प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण
काठमाडौं । नेपालले आन्तरिक तथा बाह्य निकायसँग लिएको सार्वजनिक ऋण करीव ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र १८ अर्ब रुपैयाँले ऋण बढ्दा प्रतिनेपालीको हिस्सामा पर्ने ऋण समेत बढेको हो । आंकडा अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य… Continue reading प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण
तस्करी बढेपछि सुनचाँदीको भन्सार बढ्यो
काठमाडौं । सरकारले सुन र चाँदीको भन्सार दर बढाएको छ । भातरमा भन्दा नेपालमा सुन चाँदी सस्तो हुँदा भारततर्फ हुने अवैध तस्करीलाई निरुत्साहित गर्न यस्तो कदम चाल्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयका अनुसार सुनमा प्रति दशग्राम ५ हजार रुपैयाँबाट बढाएर ६५ सय रुपैयाँ भन्सार कायम गरिएको छ । चाँदीमा प्रति दशग्राम ५६… Continue reading तस्करी बढेपछि सुनचाँदीको भन्सार बढ्यो
उपनिर्वाचनको तयारी अन्तिम चरणमा, आज नामावली प्रकाशन
काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा निर्धारित उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको छ । यसै सिलसिलामा आइतबार सबै दलका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनरसार अन्तिम नामावली प्रशासन गर्नु अगाडी कुनै उम्मेदवारले नाम फिर्ता लिने भए त्यसका लागि… Continue reading उपनिर्वाचनको तयारी अन्तिम चरणमा, आज नामावली प्रकाशन
मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत
बार्सिलोना । स्पेनिस लालिगा फुटबलमा कप्तान लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले सेल्टा भिगोमाथि जीत निकालेको छ । यस जीतसँगै बार्सिलोना लीगको शीर्ष स्थानमा समेत उक्लिएको छ । शनिबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हराएको हो । मेसीले दुई फ्रिकीकलाई गोल पोष्टको दिशा दिए । एक गोल भने… Continue reading मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत
प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी
काठमाडौं । सचिवालय तथा सल्लाहकारहरुको कामप्रति प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरु फेरिने भएका छन् । सचिवालयका वर्तमान सदस्यले सामूहिक राजीनामाको तयारी गरिरहेको वालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीका मूख्य सल्लाहकार विण्णु रिमालसहित विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना… Continue reading प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी
बंगलादेशका राष्ट्रपति नेपाल आउँदै
काठमाडौं । बंगलादेशका राष्ट्रपति राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको चार दिने भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपतिले २६ देखि २९ कात्तिकसम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनलाई चिनियाँ राष्ट्रपतिलाई जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मै औपचारिक गार्ड अफ अनर प्रदान गरिने भएको… Continue reading बंगलादेशका राष्ट्रपति नेपाल आउँदै
आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने… Continue reading आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?
बालुवाटारबाट नेताहरुको सन्देश, कालापानी नेपालकै हो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको विषयमा समान धारणा बनाउन सर्वपक्षिय बैठक राखेका छन् । बालुवाटारमा सम्पन्न बैठकमा नेताहरुले यस विषयमा समान धारणा बनाउने प्रयास गरेका छन् । नेताहरुले कालापानी नेपालको भूभाग हो भन्नेमा विवाद नरहेको भन्दै कूटनीतिक तवरबाट समस्या सुल्भाउन सरकारलाई सुझाव दिएका छन् । यसका लागि… Continue reading बालुवाटारबाट नेताहरुको सन्देश, कालापानी नेपालकै हो
स्व. रवीन्द्र अधिकारीको ट्वीटर अब विद्याले चलाउने
काठमाडौं । स्व. नेता रवीन्द्र अधिकारीको ट्वीटर ह्याण्डिल अब पत्नि विद्या भट्टराईले आफ्नो नाममा चलाउने भएकी छिन् । उनले शुक्रबाट यसको औपचारिक जानकारी ट्वीट गर्दै गराएकी छिन् । पाथिभरा देविको दर्शन सकेर काठमाडौं फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेपछि पर्यटन मन्त्री रहेका अधिकारीको १५ फागुन २०७५ मा निधन भएको थियो । उनकी पत्नी अहिले अधिकारीले जितेको… Continue reading स्व. रवीन्द्र अधिकारीको ट्वीटर अब विद्याले चलाउने
टुँडिखेल जनताले घेरे, अतिक्रमण हटाउन दवाव
काठमाडौं । टुँडिखेललाई रज्यकै निकायले अतिक्रमण गरेको भन्दै शनिबारबाट दवावमुलक कार्यक्रम शुरु भएको छ । अतिक्रमण हटाई टुँडिखेलको पुरानै स्वरुप कायम गर्न माग गर्दै शनिबारबाट नागरिक अभियन्ताको सक्रियतामा ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भयो । यस अभियानमा खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लोले घेरिएको छ । यस अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ दिएका छन् । कांग्रेस नेता… Continue reading टुँडिखेल जनताले घेरे, अतिक्रमण हटाउन दवाव
आजदेखि अकुपाई टुँडिखेल अभियान शुरु, हातेसांलोले खुलामञ्च घेरिने
काठमाडौं । अतिक्रमणका कारण खुम्चिएको खुलामञ्च खाली गराई सरंक्षणमा दवाव सिर्जना गर्न अभियान शुरु हुँदैछ । अकुपाई टुँडिखेल नामक उक्त अभियान शनिबारबाट शुरु हुन लागेको छ । रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई खाली गरी खुला क्षेत्रका रुपमा संरक्षण गर्न दवाव सिर्जना गर्ने उद्देश्यले यो अभियान प्रारम्भ भएको हो । नागरिक अभियानकर्मीले यो अभियानको नेतृत्व गरेका… Continue reading आजदेखि अकुपाई टुँडिखेल अभियान शुरु, हातेसांलोले खुलामञ्च घेरिने
डा. केसीलाई जिल्ला अस्पताल लगियो
डडेलधुरा । अनसनरत डा. गोविन्द केसीलाई अस्पतालमा सारिएको छ । स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएपछि उनलाई शुक्रबार अनसनस्थलबाट अस्पतालमा सारिएको हो । उनी जिल्ला अस्पताल नजिकै रहेको एक घरमा अनसन बसेका थिए । उनी बसेको घरमा निजी क्लिनिक रहेको छ । नेपालको चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गर्दै उनी १७ औं पटकको अनसनमा बसेका छन्… Continue reading डा. केसीलाई जिल्ला अस्पताल लगियो