काठमाडौं । कम्बोडियाले आफ्ना सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । प्रधानमन्त्री हुन सेनले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार खोप पुरै जनसंख्याले प्राप्त गर्नेछ । नागरिकबाट खोपवापत सरकारले कुनै शुल्क पनि लिने छैन । उनले निःशुल्क खोप प्रदान गर्ने गरी सरोकारवालासँग परामर्श गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । त्यसका… Continue reading कम्बोडियाले सबै नागरिकलाई कोरोनाको खोप निःशुल्क लगाउने
Author: Vishwanews.com
आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ… Continue reading आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी
आज भारत ठप्प पार्दै किसान, मोदी सरकार संकटमा
नयाँ दिल्ली । भारतमा कृषि विधेयकविरुद्ध किसानको आन्दोलन देशव्यापी बनेको छ । त्यसक्रममा कृषकहरुले आज भारत बन्दको आयोजना गरेका छन् । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसहित कैयौं संगठनको स्वतस्फुर्त साथ पाएका किसानहरुले उठाएको विशाल आन्दोलनका कारण मोदी सरकार भने संकटमा पर्दै गएको छ । यसले आसन्न निर्वाचनहरु भारतीय जनता पार्टी (भाजपा)का लागि कठिन हुने संकेत गरेको… Continue reading आज भारत ठप्प पार्दै किसान, मोदी सरकार संकटमा
आज सगरमाथाको नयाँ उचाई घोषणा
काठमाडौं । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा हुँदैछ । सरकारले एकवर्ष अगाडी टोली खटाएर चुचुरो सम्मै पुगेर नापजाँच गरेको सगरमाथाको उचाई आज नापी विभागले सार्वजनिक गर्न लागेको हो । यस पटक चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्न लागेका छन् । सोहीकारण नयाँ उचाई सहजै विश्वव्यापी मान्य हुने भएको छ ।… Continue reading आज सगरमाथाको नयाँ उचाई घोषणा
नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा छ । अर्कोतर्फ निको हुनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । सोहीकारण सक्रिय संक्रमित र गम्भीर बिरामीको संख्यामा पनि उल्लेख्य कमी आएको देखिएको छ । तर, मृत्युदरमा भने सोचेजती प्रगति देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९४… Continue reading नेपालमा ९४ प्रतिशत संक्रमितले जिते कोरोना, ह्वात्तै घट्यो सक्रिय संक्रमित
प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बस्ने गरी सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ । समसामयीक विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्रीले बैठक डाकेका हुन् । पछिल्लो समय नेपालमा गणतन्त्र विरोधी आन्दोलन चर्किएको छ । राजतन्त्रको पक्षमा देशव्यापी आन्दोलन हुन थालेपछि सम्भवतः सोही विषयमा चर्चा… Continue reading प्रधानमन्त्रीले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक, के छन् एजेण्डा ?
लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना पक्राउ
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना ह्याकर पक्राउ परेका छन् । उनीहरुले सिस्टम ह्याक गरी परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोप प्रहरीको छ । प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २… Continue reading लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना पक्राउ
नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्
काठमाडौं । नायिका श्वेता खड्काले सोमबार विवाह गरेकी छिन् । स्व. नायक श्रीकृष्ण श्रेष्ठसँग ६ वर्ष अगाडी उनको पहिलो विवाह भएको थियो । तर, विवाहको एक महिनामै उनले पति वियोग सहनु परेको थियो । त्यसपछि आफुलाई सम्हाल्दै सिने क्षेत्रमा निरन्तर अगाडी बढेकी उनले आज दोस्रो विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग गरेकी हुन् । उनी चलचित्रसँगै… Continue reading नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्
विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीलाई ठूला र राष्ट्रिय गौरवका आयोजनामा रोजगारी प्रदान गर्न माग गरेको छ । विदेशमा यस्तै प्रकृतिका आयोजनामा श्रम बेचिरहेका नेपाली श्रमिकलाई स्वदेशमै उचित पारिश्रमिकसहित रोजगारीको ग्यारेन्टी गर्न सकिने एनआरएनएको भनाई छ । यसका लागि श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिन सकिने… Continue reading विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग
नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार २ सय २० जनाको नमुना परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस… Continue reading नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए
युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग
काठमाडौं । युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)ले चक्रपथ बिस्तारका क्रममा स्वयम्भू क्षेत्रमा रहेका संरचना नभत्काउन माग गरेको छ । नेपाल सरकारले काठमाडौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको… Continue reading युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग
बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भ्एको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौं आलोकनगरका ७० वर्षिय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकार दिएको छ । धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल… Continue reading बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु
दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु
दार्चुला । दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको प्रहरीले जनाएके छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्। मृतक दुईजनाको परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३… Continue reading दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु
उपत्यकामा ‘नाम मात्र’को जोरबिजोर प्रणाली, हटाउन व्यवसायीको माग
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले चार महिना भन्दा लामो समयदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर, यसको कार्यान्वयन भने हुन सकेको छैन । हरेक दिन बिहान ट्राफिक प्रहरीले केही सवारी साधनलाई सडकमा थुनेर राख्ने गर्छ । त्यसपछि खुला भएको सडकमा निर्वाध सवारी गुडिरहेका छन् । तर, यसले सवारी साधन चालकलाई मनोवैज्ञानिक… Continue reading उपत्यकामा ‘नाम मात्र’को जोरबिजोर प्रणाली, हटाउन व्यवसायीको माग
इयूद्धारा नेपाली नागरिक उड्डयन क्षेत्रको प्रशंसा, हट्ला प्रतिवन्ध ?
काठमाडौं । युरोपियन युनियनले नेपाली नागरिक उडड्न क्षेत्रमा व्यापक सुधार भएको भन्दै प्रशंसा गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आज जारी गरेको वक्तब्यमा इयूले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने समेत संकेत गरेको छ। अन्तर्राष्ट्रिय नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको भन्दै यस्तो संकेत गरेको हो । नेपाल सन् २०१३ यता… Continue reading इयूद्धारा नेपाली नागरिक उड्डयन क्षेत्रको प्रशंसा, हट्ला प्रतिवन्ध ?
लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर
लुम्बिनी। कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । मन्दिर आठ महिनादेखि बन्द थियो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप बाल्दै मन्दिर खुला भएको घोषणा गरेका हुन् । लामो समयसम्म मायादेवी मन्दिर नखुलेपछि लुम्बिनी क्षेत्र सुनसान बनेको थियो ।… Continue reading लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर
मन्त्रीपरिषदद्वारा प्राधिकरणको अवधि एक वर्ष थप
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को… Continue reading मन्त्रीपरिषदद्वारा प्राधिकरणको अवधि एक वर्ष थप
कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो
काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको हो। जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय… Continue reading कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो
काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ३५१ जना, ललितपुरका ७४ जना र भक्तपुरका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १७ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५९४जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ रहेको छ । थप १७५२ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त
नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्यो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक मंसिर २८ गतेबस्ने गरि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक एक साताको लागि रोकिएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागि भएका थिएनन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको… Continue reading नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्यो
नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । विगत केही दिनयताको विभिन्न समाचारहरु र त्यसले निर्माण गर्दै लगेको लगानीकर्ताको मनोविज्ञानका कारण बजारमा आज पहिरो गएको देखिएको छ । धितोपत्र बोर्डले निकालेको विज्ञप्ति र राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्ने भन्ने समाचारहरु बाहिर आएसँगै लगानीकर्ताहरु आत्तिन थालेका थिए । आज बिहानै देखि घट्न थालेको सेयर… Continue reading नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट
कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। कडा सुरक्षा घेराबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकमा यसअघि दुवैजना… Continue reading कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित
कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी युवतीलाई अस्पताल लैजाने क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ८ च… Continue reading कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु
आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यद्दपी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने निश्चित छैन । पार्टीमा बैठक बोलाउन… Continue reading आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै
देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण नेपालको धेरै ठाउँको मौसम बद्ली भएको छ । जल तथा मौसम विज्ञान विभागको अनुसार उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागको एक/ दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो… Continue reading देशका केही ठाउँमा वर्षासहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी
काठमाडौं । यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छिन् । फाइनलमा पुगेका कुल २० प्रतिस्पर्धीबाट उनी उत्कृष्ट बन्दै उपाधी जितेकी हुन् । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट २० जना छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । शनिबार राती काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अन्तिम प्रतिस्पर्धा आयोजना भएको हो । नम्रताले ‘मिस नेपाल वर्ल्ड’को… Continue reading नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी
बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो । यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक… Continue reading बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !
डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष… Continue reading डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु