काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ९ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५३८ पुगेको छ । यो हप्तामा मंगलबार १२, सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको थियो ।
Author: Vishwanews.com
काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३९८ पुरुष र ३२५ महिला संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको हो । यो सहित। काठमाडौंमा ६६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १४०४ जना सक्रिय… Continue reading काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिए
कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले सुरक्षा घेरा (निषेधाज्ञा) तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको बताएको छ । पौडेलले… Continue reading कांग्रेसका वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा
कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?
काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु हुनेछ । खोप लगाउन केही दिनमै सर्वाधिक… Continue reading कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?
एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ । बुधरबार नेप्से एकैदिन करिब ७१ अंकले बढेर २०७१ विन्दु पारे गर्दै हालसम्मकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । आज सेयर बजार मापक सूचक नेप्से ७०.६२ अंकले बढेर २०७१.०३ विन्दुमा पुगेको छ । यसदिन… Continue reading एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त
च्याम्पियन्स लिगमा हार्यो रियल, समुह चरणबाटै बाहिरिने खतरा
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तगर्त गत राती सम्पन्न खेलमा रियल म्याड्रिड हारेको छ । उसको हारले समुह चरणबाटै बाहिरिने जोखिम समेत बढाएको छ । रियल म्याड्रिड कमजोर टोली शख्तर डोनेटस्कसँग २\० गोल अन्तरले पराजित भएको हो। शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरे । रियल म्याड्रिडको ५ खेलबाट ७ अंक भएको… Continue reading च्याम्पियन्स लिगमा हार्यो रियल, समुह चरणबाटै बाहिरिने खतरा
राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका २२ वटा आयोजनाका कोरोना भाइरसले पारेको प्रभावबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस प्रयोजनका लागि उपसमिति गठन गरेको छ । नेपालमा २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् । त्यसमध्ये केही आयोजना गत आवमै सम्पन्न हुनु पर्ने थियो । तर, कोरोना भाइरसको… Continue reading राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने
पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ
पोखरा । एक फ्रान्सेली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् । गैर पर्यटकीय भिसामा नेपाल आएर पोखरामा बसिरहेका फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोप उनीमाथि लागेको छ । उनलाई… Continue reading पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ
किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?
काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ । त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि… Continue reading किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?
अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य
काठमाडौं । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो। ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो… Continue reading अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य
सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा
काठमाडौं । मंगलबार सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विण्णु पौडेलको जन्मदिन । यसै दिन नेकपाको सचिवालय बैठक समेत प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना भयो । यसअघि बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । तर पार्टी कार्यालयमा आफुमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रधानमन्त्रीले नजाने अडान लिए । त्यसपछि सबै नेताहरु वालुवाटारतर्फ लागे । वालुवाटारमा विण्णु… Continue reading सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा
‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । केहिदिनदेखि राजावादीहरुको समूहले उपत्यकामा आन्दोलन गर्दै आएकाले कोरोनाभाइरस महामारी अझै रहेको हुनाले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो। ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान… Continue reading ‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन
काठमाडौं उपत्यकामा ५३० जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाकोकाठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८ ५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २१ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५२९ पुगेको छ । सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको थियो ।
नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको परीक्षणमा गर्दा थप १३०४ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३४ हजार ७५६ रहेको छ । थप २०७४ जना संक्रमण मुक्त… Continue reading नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त
झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो । यसदिन १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८५ लाख ७६ हजार ७ सय… Continue reading झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार
सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन
काठमाडौं । हिउँदेबाली लगाउने समय भएको छ । आलु, गहँुसमेत लगाउने समयमा नेपालमा भने रासायनिक मल आउन सकेको छैन । तर, सरकारले भने हिँउदेबालीका लागि आवश्यक मलको अभाव नहुने आश्वासन दिएको छ । यसअघि धानबालीका लागि भने रासायनिक मलको चरम अभाव भएको छ । सरकारले खरिद गरेको मल आइरहेको र हिउँदेबालीका लागि अभाव नहुने कृषि… Continue reading सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन
आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ। दुबै अध्यक्षले एक अर्का विरुद्ध गम्भीर आरोपसहित ल्याएको दुबै प्रतिवेदनमाथि आज सचिवालय बैठकमा छलफल हुन लागेको हो । आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ । बैठक अघि गुटगत रणनीति बनेका कारण आज निर्णायक छलफल हुने अपेक्षा गरिएको छ । नेकपाका कार्यकारी… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, दुबै अध्यक्षका प्रतिवेदनबारे छलफल
यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’
काठमाडौं । मेरियम वेब्स्टर शब्दकोशका प्रकाशकको भनाई अनुसार कुनै एक शब्दले युगकै परिभाषा बोल्छ । सन् २०२० मा यस्तै शब्दको चर्चा सर्वाधिक भएको छ । जसको नाम हो प्यान्ड्यामिक । महामारीका रुपमा चिनिने यो वर्ष इन्टरनेटमा सन् २०२० मा सबैभन्दा बढी खोजी गरिएको शब्द बन्न सफल भएको हो । मेरियम वेब्स्टर शब्दकोशले इन्टरनेटका माध्यमबाट वर्षभर… Continue reading यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’
चक्रपथ बिस्तारका कारण आज काठमाडौंका विभिन्न स्थानमा दिनभर विद्युत काटिने
काठमाडौं । चक्रपथ बिस्तारको काम अहिले जारी छ । सोहीक्रममा नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्ने भएको छ । यसका लापग आज दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुने भएको छ । दिउँसो… Continue reading चक्रपथ बिस्तारका कारण आज काठमाडौंका विभिन्न स्थानमा दिनभर विद्युत काटिने
नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या
काठमाडौं । नाइजेरियामा बोको हराम समूहले बर्बर आतंक फैलाएको छ । यहाँ एकै पटक १ सय १० मजदुरको हत्या भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख छ । बोको हरामका लडाकुले मजदुरको हत्या गरेका हुन् । नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानलाई बाँधेर घाँटी रेटेर बर्बर हत्या भएको हो ।… Continue reading नाइजेरियामा बोको हरामको बर्बर आतंक, १ सय १० मजदुरको हत्या
श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु
कोलम्बो । श्रीलंकामा एक कारागार भित्र भएको झडपमा कम्तीमा ८ जना कैदीको ज्यान गएको छ । कोलोम्बोको महारा कारागारमा कोरोना भाइरसका संक्रमित बढेको भन्दै कैदीले आन्दोलन थालेका थिए । उक्त आन्दोलनमा दमन गरिएपछि भएको झडपमा ती कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । झडपमा ५० जनाभन्दा बढी घाइते भएका छन्। बढी भीडभाड हुने कारागारमा… Continue reading श्रीलंकामा कारागारमा झडप, कम्तिमा ८ जनाको मृत्यु
१ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर
काठमाडौं । ११ चैत २०७६ पछि बन्द भएको पशुपतिनाथ मन्दिर अब दर्शनार्थीको दर्शनका लागि खुला हुने भएको छ । राष्ट्रिय समाचार समितिले पशुपति क्षेत्र विकास कोषलाई उदृत गर्दै जनाएअनुसार भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने निर्णय भएको हो । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत… Continue reading १ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर
काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त
काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७४ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ रहेको छ । थप १९३१ जना संक्रमण मुक्त भएको छन् । संक्रमित… Continue reading नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त
नेपालमा कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २९ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५०८ पुगेको छ । आइतबार २५ जना, शनिबार १९ जना सुंक्रमितको मृत्यु भएको थियो ।
उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि सोमाबार निर्वाचन गरिएको हो । महासंघमा भएको निर्वाचनमा हिराचनले उनका प्रतिद्वन्द्वी डीबी बस्नेतलाई ९ मतले पराजित गरे । हिराचनले ४० मत प्राप्त गरे भने बस्नेतले ३१ मत प्राप्त गरे । महासंघको विधानअनुसार… Continue reading उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित
साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायमै
काठमाडौं । पछिल्लो समय दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आफ्नो गति कायमै रहेको छ । गत बिहीबार साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको बजारले आफ्नो लय कायमै राखेको हो । आज बजार सूचक करिब २९ अंकले बढेर फेरि नयाँ रेकर्ड बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारले २००० विन्दु पारे… Continue reading साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायमै
बाइडेनले घोषणा गरेका प्रेस टिममा सबैजना महिला
अमेरिका । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो ‘प्रेस टिम’ घोषणा गरेको छ। उनले घोषणा गरेको टिममा सबै महिला रहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकाको इतिहासमा नै महिलामात्रै रहेको टिम गठन भएको यो पहिलोपटक भएको दाबी बाइडेनको कार्यालयले गरेको छ। प्रेम टिमको नेतृत्व के बेडिङफिल्डले गर्नेछिन्। यसअघि उनले बाइडेनको चुनावी प्रचारप्रसारमा उपप्रमुख भएर काम गरेकी… Continue reading बाइडेनले घोषणा गरेका प्रेस टिममा सबैजना महिला
विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु
विराटनगर । विराटनगरमा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको ज्यान गएको छ… Continue reading विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु