काठमाडौं । सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययनको काम शुरु हुने भएको छ । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययन गर्न थालिएको हो । सुरूमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरूले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने भएको छ । जिल्ला आयोजना कार्यन्वयन… Continue reading सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययन गरिदै
Author: Vishwanews.com
गुल्मीमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
गुल्मी । गुल्मीमा आज भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा पर्दा उक्त मानवीय क्षति भएको हो । कुल ९ जा सवार जीपमा तीन जना घाइते रहेको र चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप… Continue reading गुल्मीमा जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो
काठमाडौं । भारत सरकारले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको छ । नेपा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बर दोस्रो साता भारतमा आयोजना गरिएको परराष्ट्र मन्त्री स्तरीय बैठकका लागि औपचारिक निम्तो दिएका हन् । बैठकको मिति यकिन भएको छैन । तर, डिसेम्बरको दोस्रो साता बैठक… Continue reading नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो
म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड
काठमाडौं । डिएगो म्याराडोनाको निधन भएपछि अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोक घोषणा भएको छ । उनको शव राजधानीस्थित पे्रसिडेन्टल प्यालेस कासा रोसारामा राखिएको छ । जहाँ अन्तिम दर्शनको काम जारी छ । सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएका कारण लाखौं समर्थकले उनको दर्शन गरिरहेका छन् । लोकप्रिय फुटबलर म्याराडोनाको बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण… Continue reading म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड
भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त
काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेका छन् । काठमाडौं आएसँगै उनी द्धिपक्षीय भेटघाटमा व्यस्त रहे । बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उनले नेपाली भाषामा आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसक्रममा उनले नेपालमा आउँदा आफु खुसीको भएको बताएका थिए । विदेश सचिवका रुपमा पहिलो भ्रमणका लागि नेपाल आएपछि… Continue reading भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त
काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा ३३७ महिला र ४४८ जना पुरुष रहेका छन् । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु… Continue reading काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए
नेपालमा थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा १६१४ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६४० रहेको छ । थप १४३७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये दुई लाख… Continue reading नेपालमा थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २३ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४१२ पुगेको छ । यसअघि बुधबार २८, मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।
‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मनको गरिब नभएको तर साधन स्रोतको भने सीमितता रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएपनि धनको भने गरिब रहेकाले सोही अनुसार अपेक्षा राख्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले साधारण सभालाई सम्बोधन गर्दै केटाकेटीले अभिभावको गक्ष हेरेर सोही… Continue reading ‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’
नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड
नेपाकाठमाडौं । सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो। कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१… Continue reading नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड
भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित
तमिलनाडु । दक्षिण भारतमा शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीका विभिन्न स्थानमा भारी वर्षा र तीव्र गतिको हावासहित ‘निवार तुफान’ आएको छ । समुन्द्री तटका १ हजार घरपरिवारबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको र जलसेनाका ४० भन्दा बढी उद्धार समुह तयारी अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन्… Continue reading भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित
भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध
नयाँ दिल्ली । भारतले पछिल्ला दिनमा चिनियाँ एप्स धमाधम बन्द गराइरहेको छ । सोहीक्रममा थप ४३ वटा एप्समा प्रतिवन्ध लागेको छ । प्रतिवन्ध लाग्ने एप्सहरु अधिकांश चिनियाँ छन् । भारतीय सूचना प्रविधि मन्त्रालयका अनुसार प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको छ । चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्स समेत यसै चरणमा… Continue reading भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध
सरकारले कसैलाई एक्लो महशुस हुन दिन्न : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि व्यक्ति साहाराबिहिन भएर बाच्नु नपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसर पारी भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकारले कसैलाई पनि एक्लो महशुस हुन नदिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अनाथ वा सहाराविहीन भएँ भन्नु पर्दैन, उनीहरुको साथमा सरकार छ ।’ अनाथ वा सहाराविहीन… Continue reading सरकारले कसैलाई एक्लो महशुस हुन दिन्न : प्रधानमन्त्री
व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन् । नेपाल र भारतबीचको सम्बन्धमा उचारचढाव आइरहेको समयमा भारतबाट लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन् । यसअघि गुप्तचर विभागका प्रमुख र सेनाप्रमुखबाट नेपालको भ्रमण भइसकेको छ । त्यसो… Continue reading व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै
सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति
काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले स्विकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाको स्वीकृति दिएको हो । अब भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सगरमाथाको उचाई साविकको तुलनामा केही वृद्धि भएको बताइएको छ ।… Continue reading सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति
महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जन्टाइन फुटबल एशोसिएनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार उनको हर्टअट्याकका कारण निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको गत नोभेम्बरमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भएको थियो । त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने… Continue reading महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी र एक जना स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आजबाट प्रशिक्षण थाल्नु अगाडी उनीहरुको स्वाव संकलन गरिएको थियो । ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलमा संक्रमण पुष्टी भएको हो । अर्का एक जना स्टाफमा समेत कोरोना पुष्टी भएको छ । खेलाडीमा… Continue reading नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी
व्यापार घाटा १५ प्रतिशतले घट्यो, आयातमा १२.७ प्रतिशतको कमी
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा १५.१ प्रतिशतले कम भएको हो । वस्तु व्यापार घटेर ले २६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२.०… Continue reading व्यापार घाटा १५ प्रतिशतले घट्यो, आयातमा १२.७ प्रतिशतको कमी
काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७ हजार ९९८ जना निको भएर घर फर्किसकेका… Continue reading नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना संक्रमणमुक्त
एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २८ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८९ पुगेको छ । यसअघि मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।
अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरणको तयारी
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय… Continue reading अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरणको तयारी
नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक, परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उत्साह छाएको छ । नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ । यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । नेप्सेले सोहि विन्दुमा पुग्न ७ अंक बाँकी रहेको… Continue reading नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक, परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली
रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ विशेषता
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा दुइवटा नयाँ फोन सार्वजनिक गरेको छ । विश्वको सब भन्दा द्रुत वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड, रियलमीले युवा तीव्र तस्वीर खिच्न र छिटो चार्ज गर्न सक्षम गर्न आज रियलमी ७ र ७आई सार्वजनिक गरेको छ । धेरै छिटो प्रदर्शन प्रदान गर्न, रियलमी ७ र ७आईमा ९० हर्ट्जको अल्ट्रा स्मूथ… Continue reading रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ विशेषता
‘मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन, बिलकुल बेग्लै विश्वको सामना गर्दैछु’- बाइडेन
अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफू सरकारको नेतृत्वमा आउनु पूर्वराष्ट्रपति बाराक ओबामाकै तेस्रो कार्यकाल नभएको बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलोपटक एनसीबी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाइडेनले अहिले अमेरिकाका अवस्था पहिलेजस्तो नरहेको र एकदमै फरक परिस्थिति आफूले सामना गरिरहेको बताएका हुन्। उल्लेखनीय कुरा के छ भने ओबामा राष्ट्रपति भएका बेला बाइडेन उपराष्ट्रपति थिए। अहिले… Continue reading ‘मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन, बिलकुल बेग्लै विश्वको सामना गर्दैछु’- बाइडेन
न्युजिल्यान्डका ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले चयन भएका छन । उनी भारतका शशांक मनोहरको ठाउमा अध्यक्ष भएका हुन । पहिलो चरणमा बहुमत नपुगेपछि दोस्रो चरणमा भएको निर्वाचनमा बार्कले इमरान खवाजालाई पराजित गर्दै आईसीसीको अध्यक्ष बनेका हुन्। पहिलो चरणमा बार्कलेले १० र इमरान खवाजाले ६ भोट पाएका थिए। शशांक यसअघि आईसीसीको… Continue reading न्युजिल्यान्डका ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित
नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको पहिलो नोट आजबाट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविककै आकार तथा रङमा १० रुपैयाको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याइएको छ । १० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। यो साविकमा समेत थियो । गभर्नर भएपछि महाप्रसाद अधिकारीको पहिलो… Continue reading नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा
बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा
बुटवल । कुर्सिसँग राजधानी साटेको भन्दै बुटलवमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । बुटवलमा आज बिहान कांग्रेस, नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । उनी मंगलबार गृहजिल्ला पुगेका थिए । त्यसक्रममा बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शन… Continue reading बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा
महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु
बर्दिबास । महोत्तरीमा सोमबार ६ वर्षिय बालिकाको हत्या भएको अवस्थामा शव फेला पर्यो । यस घटनापछि मंगलबार दिनभर महोत्तरीको बर्दिबास दिनभर तनावग्रस्त रह्यो । स्थानीयले हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहको घरमा आगजनी गरे । पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाए । उक्त अवरोध हटाउने… Continue reading महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु
युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका
काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको छ । विभागको पूर्व श्रमस्वीकृति नलिई युवालाई कतार पठाउने भन्दै नेपाली युवासँग अन्तर्वार्ता लिएको सूचना विभागमा पुगेपछि टोली त्यहा पुगेको थियो । विभागको टोली र प्रहरीमाथि म्यानपावरका व्यक्तिले हातपातको प्रयास समेत गरेका छन् । कम्पाउण्डमा अन्तर्वार्ता भएको भए पनि विभागको टोली पुगेपछि म्यानपावर… Continue reading युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका