थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १० जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५७७ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १६ जना, विहिबार १३ जनाको मृत्यु भएको थियो ।

नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०२४जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ रहेको छ । थप २२०६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये २ लाख २४… Continue reading नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन

काठमाडौं । राजतन्त्रको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ। शनिबारको संघीयता खारेज हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने लगायतका माग सहित प्रदर्शन गरेका हुन् । शनिबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शनमा… Continue reading राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’

File Photo : (AP Photo/Paul Sancya)

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो अभियान मास्क लगाउनेबारे गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प मास्कको विरोधी छन् । उनी यसलाई चिनियाँ कल्चरका रुपमा लिने गर्छन् । तर, कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क महत्वपूर्ण सावित भइरहेको छ । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै… Continue reading अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’

नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र

काठमाडौं । पछिल्लो एक सातामा नेपालमा औसतः दैनिक १५ सय हाराहारीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले सक्रिय संक्रमितको संख्यामा कमी आउनुका साथै गम्भीर प्रकृतिका बिरामीको संख्या समेत घटेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार जारी छ । मन्त्रालयको तथ्यांक… Continue reading नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र

त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घन्टा मात्रै हुने निर्णय गरिएको छ । त्रिविका अनुसार कोभिड१९ संक्रमण जोखिमका कारण परीक्षा समय घटाइएको हो । यसअघि स्नातकोत्तर (एमए) व्यवस्थापन संकायको परीक्षा चार घण्टासम्म सञ्चालन हुने गरेको थियो। कोरोना त्रास कायमै रहेकाले परीक्षा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । राष्ट्रिय परीक्षा… Continue reading त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

२९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदर्शन गर्ने भएको छ। नेकपा भित्रको विवादका बीच सरकारले संसदको अधिवेशन बोलाउन सकेको छैन । मंसिर २९ मा देशैभर सरकार विरुद्ध प्रदर्शन गर्ने पनि निर्णय कांग्रेसले गरेको छ । शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले कांग्रेसले भ्रष्टाचार, कोरोना… Continue reading २९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २४७ महिला र ३५९ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन्। स्थ्य तथा… Continue reading काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिए

चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिएका हुन्। भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले मंसिर ११ र चीनका राज्यपरिषद्… Continue reading चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री ज्ञवाली

थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १६ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५६७ जना संक्रमितको मृत्यु भएको छ । विहिबार १३ जनाको मृत्यु भएको थियो ।

नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १२७२ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८हजार ८६१ रहेको छ । थप १५७५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २… Continue reading नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि १५ दिनको बन्देज लगाएको हो । यसअघि यस्तै घटनामा नेपाल एयरलाइन्स तीन पटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । यो चौथो घटना हो । पहिलो पटक अक्टोबर… Continue reading नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

गाँजालाई लागु औषधको सूचिबाट हटाउने प्रस्तावमा नेपालको मतदान

file

काठमाडौं । नेपाल गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउनु पक्षमा देखिएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई लागु औषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेको हो । नेपालसहित तीन दर्जन मुलुक यस्तो पक्षमा देखिएका छन् । नेपालमा अहिले गाँजामाथिको प्रतिवन्ध हटाउनु पर्ने वहस तिब्र बनेको छ । राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा मतदान भएको… Continue reading गाँजालाई लागु औषधको सूचिबाट हटाउने प्रस्तावमा नेपालको मतदान

कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई… Continue reading कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’

काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न अर्को निर्देशन जारी गरेको छ । यसअघि अर्थ मन्त्रालयले एक महिना अगाडी कोरोना बीमाको भुक्तानी एक साता भित्रै गरिसक्नु निर्देशन दिएको थियो । तर, अर्थको निर्देशन पालना नभएपछि अर्को निर्देशन जारी भएको हो । अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात… Continue reading अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’

नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो । दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले… Continue reading नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिहीबार आमाछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका स्थायी घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शेपाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पालाई अचेत अवस्थामा भेटाइएको छ । उनको नेपाल… Continue reading काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

file

काठमाडौं । यो वर्ष नेपालमा गैंडा गणना हुने भएको छ । पछिल्लो दुई वर्षयता गैंडा गणना हुन सकेको छैन । चालु हिँउद मै गैंडा गणनाको तयारी रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र… Continue reading चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

‘केपी ओलीसँग सम्झौता हुँदैन, एक पद छाड्नैपर्छ’ – देवेन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष… Continue reading ‘केपी ओलीसँग सम्झौता हुँदैन, एक पद छाड्नैपर्छ’ – देवेन्द्र पौडेल

काठमाडौं उपत्यकामा ५६१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १३ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १५५१ पुगेको छ । यो हप्तामा बुधबार ९, मंगलबार १२, सोमबार २९ जना आइतबार २५ जना सुंक्रमितको मृत्यु भएको… Continue reading थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३४३ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५८९ रहेको छ । थप २१११ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण… Continue reading प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो दुई साता समय निरन्तर उकालो लागेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । दिनभर तीव्र उतरभढाव देखिएको बजार अन्तिममा करिब १६ अंकले घटेर बन्द भएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सेयर बजार मापक सूचक नेप्से… Continue reading नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान

चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

काठमाडौं । सरकारले चाल अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ । यस्तो आवेदन सातै प्रदेशका लागि खुला भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका अनुसार अब अनलाइनबाटै लाइसेन्सका लागि आवेदन दिन सकिने छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र… Continue reading चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

सिमकोट । हुम्लास्थित सिमकोट विमानस्थलमा आगोलागी भएको छ । विमानस्थल प्रमुख बस्ने क्वाटरको भवनमा आज बिहान एक्कासी आगालागी भएको स्थानीय प्रहरीले जनाएको छ । तर, कसैमाथि पनि क्षति भने भएन । बिहीबार विहानदेखि लागेको आगो प्रहरी, सेना र स्थानीयले निभाउने प्रयास गरिरहेको बताइएको छ । तर, हुम्लामा अधिक चिसोका कारण पानी जमेको छ । जमेको… Continue reading हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने

काठमाडौं । सरकारले नवीनतम ज्ञान, सीप र क्षमताका आधारमा व्यापार अगाडी बढाउन चाहने युवालाई प्रोत्साहन गर्न कार्यविधि ल्याएको छ । अब त्यस्ता युवालाई पूँजी जुटाउन सहयोग पुगोस भनेर मात्र २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिइने भएको छ । मन्त्रीपरिषद् बैठकले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । नवआविस्कारकर्ता, उद्यमी वा… Continue reading स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने

फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द

काठमाडौं । फिल्म हल र रात्रिकालीन व्यवसाय अझै १५ दिन बन्द हुने भएका छन् । मानिसहरुको एकसाथ भेला हुने र भिडभाड हुने क्षेत्रलाई थप १५ दिन प्रतिवन्ध लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द… Continue reading फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघी विशेष महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको सम्बोधनको भिडियो रेकर्ड संयुक्त राष्ट्रसंघ पुगेको हो । प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम बिहीबार रहेको छ । महासभा बिहीबार शुरु हुनेछ । उद्घाटनकै दिन नेपालको सम्बोधनको कार्यक्रम राखिएको छ । विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च… Continue reading प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन घण्टा प्रहरी नियन्त्रणपछि रिहा भएका छन् । उनलाई तनहुँमा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ गरिएको हो । गृहजिल्ला ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका उनीमाथि स्थानीय प्रशासनले निषेधाज्ञा तोडेको आरोप लगाएको छ । उनीसहित प्रदेश सांसद… Continue reading ३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित