न्युयोर्क एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कोभिड—१९ महामारीको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरेको हो । कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरिएको थियो । नेपाल भिजन इंक, … Continue reading एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम
Author: Vishwanews.com
अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्यु
न्युयोर्क रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति उम्मेद्वार हरम्यान केनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पूर्व राष्ट्रपति उम्मेद्वार तथा चर्चित गड फादर पिजाका मालिक केनको मृत्यु भएको खबर केनको भेरिफाइड ट्विटर एकाउन्टको हवाला दिदै सिएनएनले पुष्टी गरेको छ । ७४ बर्षीय केन कोरोना संक्रमित भएपछि यसै महिनाको सुरुमा अस्पताल भर्ना भएका थिए… Continue reading अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्यु
सत्ता लम्ब्याउने खेलमा राष्ट्रपति ट्रम्प; भन्छन् नोभेम्बरको चुनाव सार्नु पर्छ
न्युयोर्क अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचन सार्न प्रस्ताव गरेका छन् । अमेरिकी अर्थतन्त्रको दोश्रो त्रैमासिक अप्रिलदेखि जुनसम्म ३३ प्रतिशतले गिरावट आएको समाचार सार्वजनिक भए लगत्तै ट्रम्पले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचन सार्नु पर्ने प्रस्ताव गरेका छन् । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन ईतिहासमा नै सबैभन्दा अपारदर्शी र धाँधलीपूर्ण हुने भन्दै आफ्नो… Continue reading सत्ता लम्ब्याउने खेलमा राष्ट्रपति ट्रम्प; भन्छन् नोभेम्बरको चुनाव सार्नु पर्छ
प्रवीण गिरी सरको सम्झनामा
पुरुषोत्तम लम्साल “हुत्तिनपर्ने ठाउँमा हुत्तिन पर्छ, बत्तिन पर्ने ठाउँमा बत्तिन पर्छ, जहाँ अडिन पर्ने हो त्याँ अडिन पर्छ, ठूलो फ्रेमवाला चश्माबाट तीखा दृष्टी मतिर फालेर प्रवीण सरले थपे – लय खोज्दा भाव पोलेर खाने बानी हटाइदेऊ, जहाँ ठोक्नपर्ने हो त्यहाँ घनै ठोक्नपर्छ।” गिरी सरका ‘यार’ कमल प्रधान सर छेऊमा हुनुहुन्थ्यो। ‘यार’कै शैलीमा कमल सरले अलि… Continue reading प्रवीण गिरी सरको सम्झनामा
कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका
सुर्य नारायण पुरी, काठमाडौं अहिले नेपालमा कोरोना महामारीपछि आउने समस्याहरु के कस्ता हुन्छन र कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा धेरै नै बहस हुने गरेको छन । मुख्यत: बेरोजगारी समस्यालाई कसरी हल गर्न सकिन्छ ? भनेर छलफल तथा बहसहरु विभिन्न मिडिया र सरोकारवाला निकायमा देखिन्छ । अधिकाँश बहस कृषिमा लगानी बढाउनु पर्छ र बेरोजगार युवाहरुहरुलाई… Continue reading कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली
न्युयोर्क अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । मृतकको संख्या १ लाख ५० हजार कटेको मात्र होईन संक्रमितको संख्या बेलुन फुले झैं लगातार फैलिरहेको छ । अस्पतालहरु भरिएका छन् । बिगत केही हप्तादेखि दैनिक १ हजार भन्दा धेरैको दरमा मृत्यु भै रहेको छ । मृतकको यो बढ्दो संख्या जुन महिनाको… Continue reading अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली
नेकपाको राइदालो र छिरोलिएको पराल
पुरुषोत्तम लम्साल [email protected] गाउँमा एउटा कथा थियो । मियोमा बाँधिएका गोरु आपसमा विपरीत दिशाबाट घुमे पनि माडिने त पराल नै हो । पराल माडिन्छ भनेर घरधनीले चारतिर फर्किएका गोरुहरुलाई त्यत्तिकै छाडिदिए । केहीबेर यत्तिकै भयो । गोरुहरु आफ्नै तालमा घुमिरहे, पराल केही डल्लो परिरह्यो, लाठे बिंडी तन्काउन निस्किए । फर्कंदा मियोमा चारै गोरु घाँटी कस्सिएर… Continue reading नेकपाको राइदालो र छिरोलिएको पराल
कविता : छिमेकी
अच्युत सिग्देल, न्युयोर्क मेरो धुरीबाट धुँवा उडेको देखेपछि हनहनी ज्वरो आउँछ बारीको काँक्रा फर्सी मेवा र मकैको घोगामा चोखे लगाउँछ ऱ्याल चुहाउँछ औंसी पुर्णे लागिरहन्छ उसलाई कहिले मेरो घरको जग उस्को हो भन्छ कहिले मेरो आगनको पर्खाल सार्छ बाजे भन्नु हुन्थ्यो, वुवा भन्नु हुन्थ्यो छिमेकी सार्न सकिन्न मर्दा पर्दा चाहिन्छ मन नलागी नलागी म… Continue reading कविता : छिमेकी
न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्यु
न्युयोर्क न्युयोर्क सहरमा आईतबार एकै दिन गोली प्रहारका घटनाबाट ७ जनाको मृत्यु भएर रक्तपातपूर्ण दिन बनेको छ । न्युयोर्कमा गत जुलाई ५ पछि एकै दिनको गोली प्रहारका घटनामा मृत्यु भएको मानिसको यो संख्या सबैभन्दा उच्च हो । यसअघि गत जुलाई ४ स्वतन्त्रता दिवसको भोलिपल्टको रात अर्थात जुलाई ५ का दिन न्युयोर्कमा ९ जनाको गोली प्रहारका… Continue reading न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्यु
एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण
न्युयोर्क स्वास्थ्य बीमा क्षेत्रमा लोकप्रिय ‘एम्बलम् हेल्थ प्लान’ न्युयोर्कका प्रतिनिधि हरिश चन्द्र हमालको अगुवाईमा क्वीन्सस्थित ७४ स्ट्रीट ज्याक्सन हाइट्समा स्वास्थ्य सामग्री बितरण कार्य सम्पन्न भएको छ । गत शनिवार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म सुरक्षा मास्क, ग्वोभ्स, शपिङ् ब्याग लगायत स्वास्थ्य सचेतना सम्वन्धि जानकारी बितरण गरेको हो । समुदायको सेवामा व्यस्त प्रतिनिधि हमालले बताए; “म… Continue reading एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण
राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनलाई कोरोना संक्रमण भएको छ । ओब्रिएनलाई भएको कोरोना संक्रमण ट्रम्प सरकारको हालसम्म कै सबैभन्दा माथिल्लो तहको अधिकारीलाई भएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रिएन कोरोना संक्रमित भएको ह्वाईट हाऊसले पुष्टी गरेको छ । ह्वाईट हाऊसले सोमबार प्रकाशित बिज्ञप्तीमा भनेको छ; ‘राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनमा… Continue reading राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित
भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार
कोरोना महामारी सुरु भए लगत्तै कडा नियम बनाएर क्वारेन्टिनको ब्यबस्था र फराकिलो दायरामा संक्रमण जाँच गर्दै आएको भियतनामको एक सहरमा ३ जना संक्रमित भेटिएपछि उक्त सहरबाट ८० हजार मानिसलाई उद्दार गर्दै अन्यत्र सार्न लागिएको छ । एसियाको दक्षिण पुर्बी देश भियतनाममा अप्रिलपछि पहिलो पटक पुन समुदायमा कोरोना फैलिएको आसंकामा ड नाङ सहरबासी तीन जनामा संक्रमण… Continue reading भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार
अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए
चीनमा अप्रिलपछि जुलाई २६ तारिख सोमबार एकै दिनसबै भन्दा धेरै संक्रमित एकै दिन भेटिएका छन् । पूर्ण रुपमा कोरोना नियन्त्रण गरेर राहत महसुस गर्दै बसेको चीनमा पछिल्लो तीन महिना भित्र सोमबारका दिन एकै दिन ६१ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार त्यहाँ भेटिएका ६१ जना फरक फरक क्षेत्रमा भेटिएका हुन्। सुदुर उत्तर पश्चिमको जियाङ… Continue reading अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए
तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा
न्युयोर्क विस्कन्सिन राज्यका एक ब्यक्तिले झन्डै ३० बर्षअघि एक साथीसँग गरेको अनौपचारिक प्रतिबद्धताका आधारमा दुई करोड १० लाख अमेरिकी डलरको चिट्ठा जितेपछि आधा भाग दिने भएका छन । सन् १९९२ मा थोमस कुक र टम फेनिले अमेरिकाकै चर्चित चिट्ठा ‘पावर बल’ सुरुवात हुँदा यदि कुनै दिन दुई जना मध्ये एकलाई चिट्ठा पर्यो… Continue reading तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा
लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न
न्युयोर्क अमेरिकाभरि छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरी लाईन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा ‘सफलताका कथाहरू २०२०’ मा विभिन्न प्रतिवेदन पेश गर्दै यही जुलाई १८ गते भर्चुयल पध्दतिबाट ३:३० घण्टा लामो बैठक सम्पन्न भएको छ । बैठक ‘हामी सेवा गर्छौं’ मूल नाराका साथ स्थापना भएको लाईन्स क्लबहरुको सहभागितामा भएको हो । सामाजिक सँस्थाहरुको स्थापना… Continue reading लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न
संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र
न्युयोर्क कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि… Continue reading संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र
कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै
एजेन्सी टाउकोको कपाल खुइलिएका ‘तालु खुईले’ मानिसलाई कोरोना संक्रमण भयो भने त्यस्ता मानिसलाई अस्पताल भर्ना हुनै पर्ने सम्भावना ४० प्रतिशत ज्यादा रहेको एक अध्ययनले दाबी गरेको छ । वेष्ट भर्जिनिया युनिभर्सिटीका अनुसन्धानकर्ताको एक टोलीले अनुसन्धानपछि यस्तो दाबी गरेका हुन् । फोक्सो सम्बन्धि रोग, मधुमेह, ब्लड प्रेसर, मुटुको रोग, मोटोपना, कमजोर प्रतिरक्षा प्रणाली, मृगौलाको रोग, लिभर… Continue reading कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै
नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द
न्युयोर्क कोरोना महामारीले केही महिना बन्द रहेको न्युयोर्क अहिले चौंथौं चरणमा समेत खुलिसकेको छ । मार्चपछि कोरोना संक्रमणको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्क सहर ३ महिना अस्वाभाविक रुपमा सुनसान रह्यो । गत जुलाई २० तारिख चौथौं चरणमा समेत अर्थतन्त्र खुली सकेपछि न्युयोर्कमा भिडभाड बढ्न थालेको छ । लामो समय घर भित्रै थन्किएका न्युयोर्कबासी बजार ब्यबसायमा जान… Continue reading नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द
कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता
न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड… Continue reading कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता
कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले
न्युयोर्क कोरोना संक्रमितको कुल संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ । क्यालिफोर्नियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार ७ सय ६३ पुगेको छ भने कुनै बेलाको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्कमा हालसम्म ४ लाख १५ हजार ९४ कुल संक्रमित छन् । हाल कोरोना नियन्त्रित न्युयोर्क राज्यमा मृतकको हालसम्मको जम्मा संख्या भने ३३ हजार ३ सय… Continue reading कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले
पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)
न्युयोर्क गत जुलाई १० तारिख क्यालिफोर्नियास्थित एक क्याफे ‘पनेरा ब्रेड’मा खाना खरिद गर्न जाँदा मास्क लगाउन अस्विकार गर्ने एक स्वेत महिलाले अनौठो तर्क दिएर मास्क लगाउन अस्विकार गरेको भिडियो सार्वजनिक भएको छ । खानेकुरा खरिद गर्न लाईनमा बसेकी ती महिलालाई क्याफेका कर्मचारीले मास्क नलगाएको भन्दै उनको अर्डर लिन मानेन ।खानेकुरा खरिद गर्न नपाएपछि ती महिलाले;… Continue reading पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)
कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप
यसअघि अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको थियो । अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्। उनीहरूले सूचना चोर्न सरकारी सूत्रबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ। चिनियाँ साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियान अन्तर्गत अहिले मुद्दा… Continue reading कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप
अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश
अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो । अमेरिकन जनताका ब्यक्तिगत सुचना र अमेरिकन नागरिकका सम्पत्तिको सुरक्षाका लागि नियोगलाई बन्द गर्ने आदेश… Continue reading अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश
डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा
न्युयोर्क न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यले थप १० राज्यबाट आउनेहरुलाई पनि बाध्यकारी क्वारेन्टिन लागू गरेको छ । यसअघि दक्षिण पश्चिमका २१ वटा राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुको हकमा मात्र क्वारेन्टिनको नियम लगाईएको थियो ।अब आसपासका थप १० राज्यलाई पनि क्वारेन्टिनको सुचीमा राखेपछि जम्मा ३१ राज्यबाट आउनेहरु क्वारेन्टिनमा बस्नु पर्ने भएको छ… Continue reading डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा
बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल
एजेन्सी बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले तयार गर्दै गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको मानव परिक्षण सफल भएको छ । अक्सफोर्डले एस्ट्र जेनेकासँग मिलेर बनाएको भ्याक्सिनले मानवमा गरेको परिक्षणमा शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुनुको साथै संक्रमणबिरुद्ध किलर टि सेल्स समेत बनेर कोरोनाबिरुद्ध दोहोरो काम गरेको सोमबार प्रकाशित ल्यानसेट जर्नलमा जनाईएको छ । परिक्षणको क्रममा दिईएको भ्यासिनले १००… Continue reading बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल
गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्
हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त… Continue reading गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्
गम्बुको अर्को राष्ट्रप्रेमी गीत सार्वजनिक
काठमाडौं गीत मार्फत सन्देश दिन मन पराउने गायक गम्बु शेर्पाको स्वरमा ‘कोही भन्छन UK जा कोही अमेरिका’ नेपा टेक समुहको प्रस्तुतिमा सार्वजनिक भएको छ । ‘नजिक’ एल्बम अन्तर्गत समाविष्ट सो गीतको म्युजिक भिडियोलाई ‘नेपा क्रियसन’ले नै तयार पारी युट्युब मार्फत दर्शक-श्रोता माझ ल्याएको हो । गीतकार तुलसी बस्नेतको रचनामा सन्तोष श्रेष्ठले संगीत एवम् एरेन्ज बिष्णु… Continue reading गम्बुको अर्को राष्ट्रप्रेमी गीत सार्वजनिक
ओलीका अस्त्र र महाराजका ‘रफुभर’
पुरुषोत्तम लम्साल, भर्जिनिया चलन नबिलाएको भए गाउँमा अझै पनि रफू भरिन्छ होला । फेसनको दुनियाँमा चाँहि च्यातिएको, प्वाल परेको, भ्वांग देखिने ठाउँमा पनि कहिले धागोको आडमा त कहिले कपडाको अर्को टुक्रा राखेर रफु भर्ने चलन थियो । यो भनेको मूलतः लाज (भित्री अंग) बाहिरबाट नदेखियोस भनेर दुनियाको आँखामा छारो हाल्ने प्रपञ्च हो । यो रफु… Continue reading ओलीका अस्त्र र महाराजका ‘रफुभर’
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार
न्युयोर्क राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो पोष्ट गरे लगत्तै ब्यापक आलोचना भएपछि बुधबार राष्ट्रपति ट्रम्प स्वयमले ओभल अफिस कै टेबलमा गोया ब्रण्डका बोडी, सिमी, चनाका लगायतका बट्टालाई लहरै राखेर प्रदर्शन गरेका छन् । राष्ट्रपति कार्यालयकी सल्लाहकारले कुनै पनि कम्पनीको सामानलाई प्रोत्साहन र… Continue reading राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार
टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला
टेक्सास अमेरिकामा दिन-दिनै नेपालीको मृत्युको खबर बढ्दै छ । दुई दिन अगाडि मात्र दुई नेपाली युवाको माछा मार्न जाने क्रममा मृत्यु भएको खबरको पिडा सेलाउन नपाउँदै मंगलवार साँझ सेन्ट्रल टेक्सासको कलिनस्थित एक नेपाली युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । मुलघर रुकुम खलङगा निवासी ३० बर्षीय पारस खड्का मंगलवार साँझ ५:३० बजे तिर बरण्डामा झुन्डिएको… Continue reading टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला