न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा स्वस्थानी व्रतकथा हुने

न्युयोर्क । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा जनवरी १३ बाट न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा सुरु हुने भएको छ ।  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिने प्रचलन अनुसार प्रवासको जीवनशैलीलाई सहजतास्वरुप सामुहिक वाचन… Continue reading न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा स्वस्थानी व्रतकथा हुने

कीर्तिपुरको एमाले सगरबाट अब दुईचार तारा झर्नुपर्छ

प्रेमकृष्ण श्रेष्ठ। कीर्तिपुर वि.स. २०४८ सालको आमचुनावमा काठमाडौं क्षेत्र नं १ मा सन्त नेता कृष्णप्रसाद भट्टराईको अप्रत्याशित हार भयो । हारलाई अन्र्तघातको अडकल गरी गणेशमानलगायत अन्य नेताले गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्न सुझाउँदा सन्त नेताले यसो भनेको थिए रे, “बिपी कोइराला, जस्ले मलाई महामन्त्री, सभामुख र सभापति बनाए, उनको भाइलाई म कारवाही गर्न सक्दिनँ । र,… Continue reading कीर्तिपुरको एमाले सगरबाट अब दुईचार तारा झर्नुपर्छ

द्वन्द र अनेकताकाबीच जनसम्पर्कको ४९ राष्ट्रिय एकता र मेलमिलाप दिवस

बिष्णु सिंह, न्युयोर्क जनसम्पर्क समिति अमेरिका पनि बिबाद रहितछैन । बर्तमान सस्थापन पक्षले त्यो समाधान गर्नु पर्ने देखिन्छ । आफु बिरुद्द मुद्दा मामला चलाउनेहरुसंग संस्थापन पक्षले एकता र मेलमिलाप गरि समस्याको समाधान गर्न सकेको छैन। प्रजातान्त्रिक पार्टिमा संस्कार, संस्कृति, ठुलाको सम्मान, सानालाई स्नेह हुने गर्दछ। स्वर्गीय बिपीसंग सामिप्यमा आएकाहरुलाई बीपीले भन्ने गरेको यो आदर्श राम्ररी… Continue reading द्वन्द र अनेकताकाबीच जनसम्पर्कको ४९ राष्ट्रिय एकता र मेलमिलाप दिवस

लङ्ग आईल्यान्ड्मा नेपाली भाषा कक्षा २०२४ दीक्षान्त सम्पन्न

न्युयोर्क । शनिबार , डिसेम्बर २८,२०२४ लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले नेपाली भाषा कक्षामा संलग्न विद्यार्थीहरुलाई दीक्षित गर्दै विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ। ६२ जना नेपाली भाषा कक्षाबाट यस बर्ष ग्राजुयसन भएका छन। हिक्सिभिलस्थित लेभिटाउन सामुदायिक भवनमा सम्पन्न उक्त कार्यक्रममा NRN ICC बाट दुर्गेश कार्की , डा. हरि दाहाल, NRNA बाट श्री दिबाकर… Continue reading लङ्ग आईल्यान्ड्मा नेपाली भाषा कक्षा २०२४ दीक्षान्त सम्पन्न

गजल

होसियार ! देश माफियाहरुको खजाना हुँदैछसरकार भ्रष्टचारी उत्पादनको कारखाना हुँदैछ देवरहरुको सासमा भाउजूको गन्ध आउनेबा ! भन्नुस् त यो कस्तो जमाना हुँदैछ चौका छक्का हान्ने जनता भकुण्डो मान्नेके नयाँ रंगशाला अब पुलिसथाना हुँदैछ? भाग्य बलियो हुँदैमा डोकोमा दुध रहँदैनखबरदार ! तिम्रा निधार जनताको निशाना हुँदैछ होसियार ! देश माफियाहरुको खजाना हुँदैछसरकार भ्रष्टचारी उत्पादनको कारखाना हुँदैछ… Continue reading गजल

नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा दुईदिने मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न भएको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निम्जिन)सँगको सहकार्यमा नेजाले अनलाइन प्रविधिमार्फत वर्कसपको आयोजना गरेको हो । वर्कसपमा मल्टिमिडिया जर्नालिस्ट रजनीश भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । भण्डारीले “मल्टिमिडिया स्टोरीटेलिङ” विषयमा प्रशिक्षण दिने क्रममा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षलाई… Continue reading नेजाद्वारा मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाकोखाद्यान्न वितरण कार्यक्रम

बिष्णु सिंह , न्युयोर्क / डिसम्बर ४,२०२४ गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले हिजो न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परिसरमा ४८औं पटक निःशुल्क खाद्यान्न वितरण गरेको छ। अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा आउॅंदै गरेको क्रिसमसको अवसरमा २८० जनालाई निःशुल्क सुख्खा खानाहरू, फलफूलसहित तरकारी बाँडेको हो। यस कार्यक्रमवाट विभिन्न समुदायहरु क्रमश: नेपाली, बंगाली, स्पानिस, तिब्बती, भारतीय,… Continue reading गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाकोखाद्यान्न वितरण कार्यक्रम

ओलीबा अब कीर्तिपुरको एमाले राजनीति शुन्यबाट सुरु गर्न दिनुस्

ओलीबा, नेकपा एमालेको एक क्रियाशील सदस्य एवम कीर्तिपुरबासीको नाताले, अझ भनुँ आफ्नो जनमतको हत्या भएको दुखेसोमा, पत्रपत्रिकाले मुखर गरिसकेको अभिब्यक्ति सापटी लिँदै फेरि एकपटक जानकारी दिएँ की कीर्तिपुर नगरपालिकामा सम्पन्न भएको ८१ को उपनिर्वाचनमा एमालेको मेयरसहित दुइटै वडा अध्यक्ष हार भएर फेरि एकपटक ‘क्लिन स्वीप’ भएको छ । फेरि एकपटक हामी यहाँ लज्जित भएका छौँ… Continue reading ओलीबा अब कीर्तिपुरको एमाले राजनीति शुन्यबाट सुरु गर्न दिनुस्

योगेश आदीको ‘तिम्रै बजारमा’ बजारमा आउँदै गर्दा

दीपकराज पाण्डे, न्युयोर्क बजारमा निस्कने थुप्रै गीतहरुको माझ योगेश आदीको रचना र स्वरमा “तिम्रै बजारमा” युट्युब मार्फत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बियोगान्त भावको गीत उनले रक शैलीमा गाएको छ । न्युयोर्कका संगीतकर्मी ओम कर्माचार्यको संगीत र छायाँकन रहेको गीतको सम्पुर्ण कार्यसम्पादन न्युयोर्क सहरमा गरिएको हो । योगेशसँग संगत गरेको करिव ३० वर्षमा… Continue reading योगेश आदीको ‘तिम्रै बजारमा’ बजारमा आउँदै गर्दा

संगीत नै जीवनसार, संगीत नै आधारमान्ने ओम कर्माचार्यसँग गफिदैं जाँदा

“संगीत मेरो लागि जीवनको सार हो । संगीतले मेरो मन मस्तिष्कमा स्वस्तिशान्ति कायम भइ रहन्छ, त्यसैले म बिगत ३० वर्षदेखि यसैमा व्यवसाय एवम् साधक भएर लागिरहेको छु । कहिले गाएर, कहिले बजाएर, त कहिले अरुलाई गाउन लगाएर बसेको छु।” रुचि र रहरलाई व्यवसायमा परिणत गर्न सफल न्युयोर्क सहरका एक संगीत साधक ओम कर्माचार्यको यो अभिव्यक्तिले… Continue reading संगीत नै जीवनसार, संगीत नै आधारमान्ने ओम कर्माचार्यसँग गफिदैं जाँदा

नेपालीको उद्दार कार्यमा एनआरएनए एनसिसी पेन्सिलभानिया च्याप्टरको सक्रियता

न्युयोर्क नेपालको बेरोजगारीले आजित भएर संसारभरी काम खोज्दै हिडेका नेपाली युवायुवतीहरुले प्रदेशमा अनेकन दुख कष्ट भोग्नु पर्ने निश्चित नै छ। यसै शिलशिलामा अमेरिकाको पिट्स्बर्ग, पेन्सिलभानिया आएका एक युवा क्षितिज बहादुर सिंह कामबाट डेरा फर्कदै गर्दा बाटोमा अकस्मात बेहोस् भई आफ्नो पासपोर्ट, केही पैसा र अन्य समान गुमाएर अस्पतालको बिस्तारामा पुगेर होस् प्राप्त गरेका थिए। गत… Continue reading नेपालीको उद्दार कार्यमा एनआरएनए एनसिसी पेन्सिलभानिया च्याप्टरको सक्रियता

अनेसास न्युयोर्कको लक्ष्मी जयन्तिमा डा. गोविन्द कोईरालाको “सानो मास्टर” को समिक्षा

बिष्णु सिंह – न्युयोर्क अन्तराष्ट्रिय नेपाली साहित्य समाज , न्युयोर्क च्याप्टरले आईतवार नेभेम्बर १० अपरान्ह १२ देखि ४ सम्म महाकवि लक्ष्मी प्रसाद देवकोटा, ११६ औं लक्ष्मी जयन्ती भब्यरुपमा आयोजना गर्यो। कार्यक्रममा साहित्यकार डा. गोविन्द कोईरालाको “सानो मास्टर” उपन्यासको विवेचना गरिएको थियो।च्याप्टरकी उपासभापति जानुका वस्तीले कार्यक्रमको शुरुवात उपस्थित सहभागीहरुलाई आशंन ग्रहण गराएकी थीइन। अध्यक्ष लक्ष्मी श्रेष्ठले… Continue reading अनेसास न्युयोर्कको लक्ष्मी जयन्तिमा डा. गोविन्द कोईरालाको “सानो मास्टर” को समिक्षा

न्युयोर्कमा न्हू दँया भिंतुना र नेसं. ११४५ याली सम्पन्न

न्युयोर्क । नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा गत नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्‍यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिबार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ बर्षको पहिलो दिन हो । नेपाल सम्वत… Continue reading न्युयोर्कमा न्हू दँया भिंतुना र नेसं. ११४५ याली सम्पन्न

केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो

केप कड नेपाली समाजले आयोजना गरेको २०८१ को तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही नोभेम्बर महिनाको १ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव इच्छा खड्काद्वारा संचालित उक्त कार्यक्रम दुवै देशको राष्ट्रीय गानका साथै स- साना नानीबावुहरूले दीप प्रज्वलन… Continue reading केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो

जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरको दशैँ दिपावली शुभकामना कार्यक्रम

बिष्णु सिंह, न्युयोर्क जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरले अक्टोबर २४ अपरान्ह ज्याक्सन हाईटस्थित आफनै कार्यालय प्राङ्गणमा २०८१ दशैँ र दिपावलीको नेपालीबीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बिभिन्न तह र तप्काका नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न वक्ताहरुले नेपालमा हालै भएको बाढी पहिरो प्रकोपबाट पिडित आफ्ना नेपाली देशबासीहरु प्रति गहिरो समबेदना प्रकट गरेका थिए।… Continue reading जिपि कोइराला फाउन्डेसन न्युयोर्क च्याप्टरको दशैँ दिपावली शुभकामना कार्यक्रम

केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

म्यासाच्युसेट्स केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण,… Continue reading केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

न्युयोर्कमा हिमालय साँस्कृतिक प्रतिष्ठानको ‘साँस्कृतिक साँझ’ भव्य

दीपकराज पाण्डे, न्युयोर्क । नेपाली गीत तथा नृत्यको आकर्षक प्रस्तुतिहरु रहेको “दशैं तिहार विविध साँस्कृतिक साँझ -२०२४” न्युयोर्कको ज्याक्सन हाइट्सस्थित धर्म हाउसमा भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली कलाकारहरुको उम्दा कलाकारिता प्रस्तुत गरिएको कार्यक्रमको आयोजना ‘हिमालय साँस्कृतिक प्रतिष्ठान’ले दशैं तिहारको अवसर पारेर गरेको हो । गत शनिबार २८ तरिख साँझ ७ बजे शुरु भएको मनोरञ्जनात्मक… Continue reading न्युयोर्कमा हिमालय साँस्कृतिक प्रतिष्ठानको ‘साँस्कृतिक साँझ’ भव्य

न्युयोर्कमा उपमेयर सुनिता डंगोल सम्मानित

बी.के. नेवा, न्युयोर्क न्युयोर्क । काठमाडौँ महानगरपालिकाका बहुप्रतिभाशाली व्यक्तित्व उपमेयर सुनिता डंगोललाई नेवा गुठी न्युयोर्कले भव्य स्वागत गरी सम्मान गरेको छ ।संयुक्त राष्ट्रसङ्घको हाल चलिरहेको महासभामा नेपालबाट युवापुस्ता र नेतृत्वबारे विशेष बैठकमा भाग लिन आउनुभएकी उपमेयर डंगोललाई स्वागत एवं भेटघाट कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर डंगोलले आफू संयुक्त राष्ट्रसङ्घको महासभामा विशेष… Continue reading न्युयोर्कमा उपमेयर सुनिता डंगोल सम्मानित

कवि एवं गीतकार दीपा राईको ‘कुनै मधुर धुन’ सार्वजनिक

काठमाडौँ । कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समय अनुसार असोज तीन गते बिहिवार बिहान आठ बजे र अमेरिकी समय अनुसार बुधबार राति दश बजे गीतकार स्वयंको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दीपा राई पुनको शब्दमा मेलिना राईको स्वर रहेको छ… Continue reading कवि एवं गीतकार दीपा राईको ‘कुनै मधुर धुन’ सार्वजनिक

न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

बी.के. नेवा, न्युयोर्क । हरेक वर्षझैँ यस पटक नेवा गुठी न्युयोर्कले न्युयोर्कमा भव्यरुपमा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएको छ ।न्युयोर्कका ज्याक्सन हाइटमा नेवारी परम्पराले सिँगारिएको समयबजीको प्रतिक जसमा चिउरा, माछा, उसिनेको अण्डा, बारा, उसिनेको आलु, छोइला, अदुवा, मिठाई र फलफूलले सजाएको चिन्ह राखिएको थियो । उक्त प्रतिक हेर्न र फोटो खिच्न ठूलो संख्यामा मानिसको भिड लागेको… Continue reading न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

बिष्णु सिंह, न्युयोर्क । संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन न्युयोर्क आएको मौका पारि प्रधानमन्त्री के पी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउबासंग नेपालीहरुले आफ्ना सरोकारका बिषयहरुमा भेटघाट गरि जानकारी गराउने र त्यसको समाधान प्राप्तिका लागि आईतबार, सेप्टेम्बर २२ बेलुकी ५:३० बजे, उड्साईड न्युयोर्कस्थित गुलसन टेरेस हलमा कार्यक्रम आयोजना गरिएको थियो।सुरक्षाको कारण प्रधानमन्त्री… Continue reading सुरक्षाको कारण प्रम ओली र पम राणाको न्युयोर्कमा नेपालीहरुसंगको कार्यक्रम रद्द

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको ११औं साधारणसभा सम्पन्न

ज्ञानमणी न्यौपाने, ललितपुर नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संघले आफ्नो ११ औं साधारणसभा गत शनिबार ललितपुरमा सम्पन्न गरेको हो । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले १५ सदस्यीय संचालक समिति चयन गर्नुका साथै तीन सदस्यीय लेखा सुपरिवेक्षण… Continue reading नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको ११औं साधारणसभा सम्पन्न

न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

दिपक राज पाण्डे, न्युयोर्क । बिगत ८ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.SNLCC.org) ले सेप्टेम्बर ०८, २०२४ आइतबारका दिन संस्थाको आठौँ वार्षिक उत्सव एवम् वार्षिक पटलक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। हरेक वर्ष कक्षामा सहभागी हुने विद्यार्थीहरु तथा परिवार सहित मनाउँदै आएको वार्षिक कार्यक्रम यो वर्ष पनि न्युयोर्कस्थित फरेष्ट पार्कमा… Continue reading न्युयोर्कमा सरल नेपाली भाषा तथा संकृति केन्द्रले आठौँ वार्षिक उत्सव मनायो

लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न

न्यूयोर्क । हरितालिका तीजको अवसरमा अमेरिकाको न्यूयोर्कमा लायन्स क्लब न्युयोर्कद्वारा आयोजना गरिएको “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” सम्पन्न भएको छ । गत अगस्ट ३१, शनिबार सॅाझ न्युयोर्कको क्विन्सस्थित सत्यनारायण मन्दिरको प्रांगणमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा भएको नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “तीज बिशेष कार्यक्रम… Continue reading लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न

लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने

न्युयोर्क । न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा क्लबले “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गर्दैछ । आगामी अगस्ट ३१, शनिबार सॅाझ ६ः३० बजेदेखि १२ः०० बजेसम्म क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली महिलाहरुको महापर्व हरितालिका तिजको बिशेष अवसरमा “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिताको आयोजना न्युयोर्कको… Continue reading लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने

एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज पर्वको रौंनक घरदेशदेखि परदेशसम्म शुरू भइसेको छ । हिजोआज अरू जातिका महिलाले पनि यो चाड मनाउन थालेको पाइन्छ । मान्छे जति आधुनिक बने पनि जन्मसॅगै लिएर आएको संस्कार र संस्कृति छोड्न सक्दैन । हामी जहाँ गएपनि जहाँ रहेपनि हाम्रो संस्कार र संस्कृति हामीसॅगै गएको हुन्छ । हिमालयपुत्री पार्वतीले… Continue reading एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य

न्युयोर्क अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासीको संस्था फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्ना) ले आफ्नो वार्षिक भेला सम्पन्न गरेको छ । इष्ट रिभर किनारमा अवस्थित क्वीन्स ब्रिज पार्कमा सम्पन्न भेलामा उपस्थित करिव डेढ सय नुवाकोटेहरुले जिल्लाबासीहरुको समस्या समाधानको लागि भविष्यमा ५० हजार डलरको अक्षय कोष स्थापना गर्ने लक्ष्य समेत तय गरेको छ ।… Continue reading फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य

यथार्थवादी उपन्यास–रोबोट जर्ज

बी.के. नेवा, न्युयोर्क गीता खत्री नेपाली साहित्यमा चर्चित नाम हो । उहाँ आख्यानकार, कवि, गजलकार, गीतकार, नियात्राकार, नाटककार, सम्पादक हुँदै अब एक सफल उपन्यासकार बन्नु भएको छ ।उहाँको पहिलो उपन्यास रोबोट जर्ज पाठकसामु आएको छ । विज्ञान र प्रविधिले मानिसको जीवनमा पारेको प्रभावसहित आजको सामाजिक यथार्थवादका साथै यौन मनोवादमा आधारित यो उपन्यायले पाठकलाई भरपुर तिर्खा… Continue reading यथार्थवादी उपन्यास–रोबोट जर्ज

नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया

ज्याक्सन हाइट्स, न्युयोर्क । नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो । कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको… Continue reading नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया

न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने

न्यूयोर्क । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले आफ्नो निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहले न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने घोषणा गरेका छन् । म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क सहरका मेयरद्वारा आयोजना गरेको ऐतिहासिक कार्यक्रममा मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो । कार्यक्रममा… Continue reading न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने