कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

न्युयोर्क न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्‍यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु  आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो (साउथ अफ हाउष्टन) क्षेत्रका दर्जनौं ब्रान्डेड स्टोर लगायत फिफ्थ एभिन्युका डिजाईनर शपदेखि महंगा स्टोरहरु सोमबार… Continue reading कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

न्युयोर्क न्युयोर्कमा सोमबार रातभरीका लागि कर्फ्यु  घोषणा गरिएको छ । न्युयोर्कमा गत सप्ताहन्तमा भएको प्रदर्शनी हिंसात्मक भए पछि कर्फ्यु लगाउनु परेको मेयर बिल दि ब्लाजियो र एन्ड्रु कुमोद्वारा जारी संयुक्त बिज्ञप्तीमा भनिएको छ । कर्फ्यु राती ११ बजेदेखि बिहान ५ बजेसम्मको लागि घोषणा गरिएको हो ।   कर्फ्युको समयमा न्युयोर्क प्रहरी सुरक्षार्थ प्रहरीको संख्या दोब्बर… Continue reading न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव

एजेन्सी जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि एक हप्तादेखि भड्किएको प्रदर्शनको बिषयमा सोमबार बिहान अमेरिकाका बिभिन्न्न राज्यका गभर्नरसँग छलफल गरेका राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई ‘कमजोर’ भन्दै कडारुपमा प्रस्तुत हुन भनेका छन् । देशभर केही हिँसात्मक कृयाकलाप सहित जारी प्रदर्शनबाट एकाएक अशान्त भएको अमेरिकाको सुरक्षा लगायतको बिषयमा राज्यका गभर्नरहरुसँग भिडियो कन्फरेन्स गरेका ट्रम्पले स्थानीय नेताहरुलाई कडारुप प्रस्तुत हुन… Continue reading प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव

अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

न्युयोर्क गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि  फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो ।  फ्लोएडको न्यायको माग गर्दै अमेरिकाको करिब २५ राज्यका ६० वटा ठुला सहरमा भएका प्रदर्शनले… Continue reading अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ

न्युयोर्क न्युयोर्कमा जर्ज फ्लोएडको न्यायको माग गर्दै शनिबार भएको प्रदर्शनीमा न्युयोर्क शहरको मेयर बिल दि ब्लाजियोको छोरी समेत  पक्राऊ परेकी छिन् ।शनिबार न्युयोर्कमा ३ सय ४५ जना पक्राऊ परेका थिए ।मेयर ब्लाजियोको २५ वर्षीया छोरी चियारा दि ब्लाजियो पक्राऊ परेको न्युयोर्क प्रहरी श्रोतले जनाएको छ ।उनी शनिबार राती साँढे दश बजे न्युयोर्कको प्रदर्शनबाट पक्राऊ परेकी हुन्।प्रदर्शन… Continue reading न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ

अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

न्युयोर्क      मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि लगातार ३ दिनदेखि भएको प्रदर्शनीमा १७ सय मानिस पक्राउ परेका छन् । गत २५ तारिख सोमबार मृतक फ्लोएडले २० डलरको नक्कली नोट स्थानीय किराना पसलमा चलाऊन खोजेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिएको करिव २० मिनेटपछि फ्लोएडको मृत्‍यु… Continue reading अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

न्यूयोर्क मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्‍यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको… Continue reading जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

न्युयोर्क      लकडाउन खुकुलो पार्दै ब्यापार ब्यवसाय सुरु गरेसँगै अमेरिकाको अलाबामा, क्यालिफोर्निया, विस्कन्सिन र आर्कान्सास गरी ४ वटा राज्यहरु कोरोनाको नयाँ एपिसेन्टरको रुपमा देखा परेका छन् । अलाबामामा पछिल्लो १४ दिनमा कोरोना संक्रमितको संख्या ६० प्रतिशत बृद्धि भएको ‘कोभिड एक्जिट स्ट्राटेजी’ ले जनाएको छ भने अर्कान्सास र नर्थ क्यारोलाइनामा ४० प्रतिशतले कोरोना संक्रमित बृद्धि… Continue reading न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

न्युयोर्क      मिनियापोलिसमा मृत्‍यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा  एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार… Continue reading प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट

एजेन्सी अस्पताल भर्ना भएका हरेक १० कोरोना भाईरस संक्रमित डाईबेटिजका बिरामी मध्ये प्रत्येक एक जनाको ७ दिन भित्रै मृत्‍यु हुने गरेको र पाँच जना मध्ये १ जनालाई भेण्टिलेटरमा राखेरै उपचार गर्ने  गरेको एक अध्यनले देखाएको छ । फ्रेन्च अनुसन्धानकर्ताहरुको ४० जनाको समुहले गरेको उक्त अनुसन्धानको प्रयोग र नतिजा  ‘डाईबेटोलिजा’ नामक म्यागाजिनमा बिहीवार प्रकाशित भएको हो… Continue reading डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट

जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क

न्युयोर्क      कोरोनाको कारण लकडाउनमा बसेका लाखौं न्युयोर्कबासीलाई गभर्नर एन्ड्रु कुमो र मेयर बिल दि ब्लाजियोले शुक्रबार न्युयोर्क खुल्ने खुसीको खबर बाँडेका छन् ।उनीहरुले आगामी जुन ८ तारिखदेखि न्युयोर्क सहरलाई पहिलो चरणमा खोलिने बताएका हुन् । यद्यपी सहरलाई पहिलो चरणमा सुचारु गर्न तोकिएको तीन ‘रेस होल्ड’ भने पुरा गर्नै पर्छ । राज्यले न्युयोर्कलाई चरणबद्ध खुला गर्न… Continue reading जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क

मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो

न्युयोर्क सोमबार मिनियासोटा राज्यको मिनियापोलिसमा जर्ज फ्लोएडलाई पक्राऊ गरी हतकडी लगाई भुँईमा लडाएर घुँडाले घाँटीमा थिचिरहेको भिडियोमा देखिएका प्रहरी अफिसर डेरेक चौभिनलाई प्रहरी हिरासतमा लिईएको शुक्रबार प्रहरी श्रोतले जनाएको छ । ती प्रहरी अफिसरले चोरीको आरोपमा समातिएका जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिचेको केही समय पछि जर्ज फ्लोएडको मृत्‍यु भएको थियो भने उनको मृत्‍यु… Continue reading मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो

राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्‍यो अस्विकृत

न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुक्रबार बिहानको एउटा ट्विटलाई कम्पनीको नियम बिरुद्ध र हिँसाको स्तुतिगान भएको भन्दै  ट्विटरले आफ्नो टाईम लाईनमा प्रकाशित गर्न अस्विकार गरेको छ । राष्ट्रपति ट्रम्पको उक्त ट्विटको बारेमा ट्विटरले भनेको छ; ‘मिनियापोलिसमा जारी आन्दोलनका आन्दोलनकारी तर्फ संकेत गर्दै गरिएको ट्विट कम्पनीको नियम बिरुद्ध छ’ । राष्ट्रपति ट्रम्प र सामाजिक संजालको हस्ती… Continue reading राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्‍यो अस्विकृत

कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री

एजेन्सी कोरोनाको कारण सबैतिर निराशा छाइरहेको समयमा अमेरिकामा एक जना बालकले हासिल गरेको उपलब्धिले भने साँच्चै उत्साहित बनाउँदछ । साधारणतया १३ बर्षको उमेर भनेको भिडियो गेम खेलेर कार्टुन हेर्दै रमाईलो गर्ने उमेर हो ।औपचारिक शिक्षाको कुरा गर्ने हो भने १३ बर्षको उमेर हरेक बाल-बालिकाको ६-७ कक्षामा पढ्ने उमेर न हो । तर यहाँ अचम्मको खबर… Continue reading कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री

मिनियापोलिसमा सयौं मानिस पसेर यसरी लुटे टार्गेट (भिडियो)

न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि मिनियापोलिसमा अहिले हिँसा भड्किएको छ । हजारौं प्रदर्शनकारीहरुको अनियन्त्रित भिडले तोडफोड लुटपाट सुरु गरेको छ ।  अमेरिकाकै चर्चित सुपर मार्केट टार्गेटमा भएको लुटपाटको पछिल्लो दृष्य ।

एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर

न्युयोर्क       लुजियानाका एक प्रहरी अधिकृतले फेसबुकमा जातिबाद झल्कने कमेन्ट गरेका कारण उनलाई सेवाबाट बर्खास्त गरिएको छ । लुजियानास्थित क्याप्लन पुलिस डिपार्टमेन्टमा कार्यरत स्टेभन अक्वान नामका ती प्रहरी अधिकृतले राज्यका गभर्नरको कोरोना भाइरस सम्बन्धि नियमित प्रेस ब्रिफिङको प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय मिडियाको भिडियो न्युज फिडमा अक्वानले जातियता सम्बन्धि कमेन्ट गरेका थिए ।… Continue reading एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर

प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार  दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता… Continue reading प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्‍यु  भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् । सञ्चो भएर फर्किएका मध्ये हालै दक्षिण अमेरिकी मुलुक चिलीकी एक १ सय ११ बर्षीया बृद्धाले… Continue reading सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै

न्युयोर्क कोरोना महामारीको कारण दिन रात सुरक्षामा खाटिनु पर्ने प्रहरीले प्रयोग गर्ने हजारौं गाडीलाई भाइरस निस्क्रामण कसरी बनाउने भन्ने चुनौती बीच गाडी निर्माण कम्पनी स्वयमले सफ्टवेर निर्माण गरेर भाइरस निस्क्रामक गर्ने भएको छ । न्युयोर्क प्रहरी डिपार्ट्मेन्ट्ले आफुले प्रयोग गर्दै आएको हजारौं फोर्डका गाडीलाई भाईरस निस्तेज बनाउनको लागि फोर्ड गाडी निर्माण कम्पनीलाई अनुरोध गरेको थियो… Continue reading कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै

न्युजिल्याण्डका अस्पताल कोरोना बिरामी मुक्त भए : कोरोना पूर्ण नियन्त्रणमा आयो

न्युयोर्क विश्वका कतिपय देशहरुमा दैनिक सयौंको संख्यामा मानिसहरु कोरोना संक्रमणको कारण मृत्‍यु  हुँदै गर्दा प्यासिफिक आईल्याण्डको देश न्युजिल्याण्ड कोरोना नियन्त्रण गर्न सफल अर्को देश भएको छ ।  न्युजल्यान्डको अकल्याण्डस्थित एक अस्पतालबाट गत राती अन्तिम बिरामी डिस्चार्ज भएपछि न्युजिल्यान्ड हालको लागि कोरोना नियन्त्रणमा सफलता हासिल गर्ने देश  भएको हो । न्युजल्यान्डस्थित स्वास्थ मन्त्रालयका अनुसार बिगत पाँच… Continue reading न्युजिल्याण्डका अस्पताल कोरोना बिरामी मुक्त भए : कोरोना पूर्ण नियन्त्रणमा आयो

भारत चीन सिमा बिबादमा बोले ट्रम्प

न्युयोर्क       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीन सिमा बिबादमा बोलेका छन् । ट्रम्पले आफ्नो ब्यक्तिगत ट्विटर एकाउन्ट मार्फत अमेरिका भारत – चीन बीचमा चलिरहेको सिमा बिबादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भन्दै लेखेका छन् । ट्रम्पले बुधबार बिहान आफ्नो  ट्विटरमा लेखेका छन्; “हामीले चीन र भारत दुबैलाई जानकारी गराई सकेका छौं कि… Continue reading भारत चीन सिमा बिबादमा बोले ट्रम्प

न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै

न्युयोर्क जुन महिनादेखि न्युयोर्क सहरमा आबद्ध विद्यार्थीका परिवारले प्रति महिना ४ सय २० डलरको फुड कार्ड प्राप्त गर्ने भएका छन् ।  बिद्यालय बन्द रहेको अवस्थामा बच्चाहरुको खानामा मद्धत गर्ने उदेश्यले उक्त फुड कार्ड उपलब्ध गराउन लागेको जनाएको छ । प्रति दिन ५ डलर ७० सेन्टको दरमा बिद्यालय बन्द भएको मिति मार्च १६ देखि यो बर्षको… Continue reading न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै

जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

टोकियो जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्‍यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो ।   सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने… Continue reading जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

न्युयोर्क       झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए ।  न्युयोर्क सेयर बजार कोरोना महामारी पछि गत मार्च २३ तारिगदेखि बन्द थियो ।  … Continue reading दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

न्युयोर्क मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्‍यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ ।   ती अश्वेत मानिसको मृत्‍यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल… Continue reading मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

डालास डालास एभरेष्ट लायन्स क्लवले मे २४ तारिख साँझ प्रत्येक वर्ष गर्दै आएको ‘An Evening in Nepal’  नामक कार्यक्रम निकै आकर्षक र फरक ढंगले Zoom मार्फत सम्पन्न गरेको छ ।   नेपाली कला र सँस्कृतिको झल्को दिने र स्थानीय बहुभाषी समुदाय बीच  अमेरिकास्थित नेपाली मूलका बासिन्दालाई एकै थलोमा भेट्ने अवसर जुटाई, सम्बन्ध विस्तार र सेवाका… Continue reading डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

छिरिङ्ग तोप्के लामा, न्युयोर्क हिन्दि चलचित्र ‘भाइ’ मा सुनील सेठ्ठीको एउटा संवाद, “अरे मन्त्री जी जिन्दगीमे कभी कभी तो सच् बात किया करो” बेलाबेला म सम्झि रहन्छु ।  मैले यस्तो देशलाई कर्मथलो बनाएको छु जहाँ शासन पद्दति लोकतांत्रिक त छ तर शासक घरि घरि अलोकप्रिय र अलोकतान्त्रिक बन्ने चेस्टा गरी रहन्छन् । म तेश्रो विश्वबाट… Continue reading राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन

काठमाडौं चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सुचना जारी गरि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । सिने पत्रकार तथा कलाकार भिमा मैनालीले आफुसँगको व्यवस्थापकीय क्षमता र योग्यता सहितको आवेदन परेपछि सबैको ध्यान एक्लो महिला आवेदकमा परेको छ । सो आह्वानसँगै चलचित्र बिकास बोर्ड अध्यक्षका लागि… Continue reading चलचित्र विकास बोर्डको अध्यक्षका लागि भीमा मैनालीको आवेदन

महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्‍यु २४ घाईते

न्युयोर्क अमेरिकामा कोरोना महामारी जारी नै छ ।  दैनिक पाँच सयदेखि एक हजारको अनुपातमा मानिसहरुको मृत्‍यु भै रहेको छ ।  दैनिक हजारौ संक्रमित बढी रहेका छन् ।  कोरोना महामारीको संकट सुरु हुने बित्तिकै बन्दुक खरिद गर्न हतियार पसलमा भिड लागेको अमेरिकामा गोली प्रहारका समाचार पनि बढ्न थालिएको छ । अमेरिकाको सेन्ट लुईस राज्यको मिजौरी क्षेत्रमा… Continue reading महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्‍यु २४ घाईते

कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर

न्युयोर्क अमेरिकामा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १ लाख पुग्न अब केही सय मात्र बाँकी छ । जुन संख्या राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै बेला अनुमान गरेको मृतकको संख्याको दोब्बर हो । देश कै अग्रणी संचार माध्यम न्युयोर्क टाईम्सले आफ्नो आईतबारको अंकमा ‘हिसाब नगरिएको क्षति’ शिर्षक राखेर पहिलो पृष्‍ठमा  महामारीमा मृत्‍यु हुनेहरुको नामावली मात्रै छापेको छ… Continue reading कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर