न्यूयाेर्क विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न आयाेजित तीन दिने ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम सम्पन्न भएकाे छ । यही मार्च २५, २६ र २७ गते सम्पन्न यस जपयज्ञका लागि विश्वभरका विभिन्न संघसंस्थाले आह्वान गर्दै व्यवस्थापन गरेका थिए । विश्वभरका हजाराैं सहभागी आ-आफ्नै घरबाट जपयज्ञमा सम्मिलित हुनुभएकाे थियाे । विश्व अध्यात्म… Continue reading विश्वशान्तिका लागि जपयज्ञ सम्पन्न
Author: Vishwanews.com
अमेरिकी सरकारको राहत प्राप्त हुनु अघि नै ठग्ने गिरोह सकृय : होसियार !
न्युयोर्क अमेरिकास्थित संघीय सरकारले प्रदान गर्ने भनिएको द्रुत राहत चेक सरकारले जारी गरेकै छैन तर त्यही राहत रकमको नाममा ठगी गर्नेहरु भने सकृय भै सकेका छन् । सरकारले प्रति ब्यक्ती दिने १२ सय डलरको राहत चेक पठाउन अन्य थप जानकारी चाहिने भन्दै फोन, टेक्स्ट, ईमेल र वेबसाइट मार्फत संपर्क गर्दै ठगी गर्ने समुह सकृय हुन… Continue reading अमेरिकी सरकारको राहत प्राप्त हुनु अघि नै ठग्ने गिरोह सकृय : होसियार !
एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो
न्यूयोर्क अमेरिकास्थित नेपाली ब्यनस्थापनमा संचालित एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको कारण मारमा परेका ग्राहकको सुबिधाको लागि ऋणीहरुले आफ्नो किस्ता एक महिना रोक्न पाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण नियमित कामहरु बन्द भएको र थुप्रै ऋणीहरुले रोजगारी समेत गुमाएको परिपेक्षमा आफ्नै समुदायका मानिसलाई सहयोग मिलोस भन्ने हेतुले ऋणको किस्ता एक महिनालाई रोक्न मिल्ने… Continue reading एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो
न्युयोर्कमा कोरोनाका कारण मृत्यु भएका अनिलको दाहसंस्कार आज
न्यूयोर्क गत मंगलवार न्युयोर्क क्वीन्सस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएका अनिल सुब्बा (लिम्बु) को दाहसंस्कार ५ दिनपछि शनिबार हुने भएको छ । आज शनिबार लिम्बुको दाहसंस्कार हुने भएपनि स्वर्गीय लिम्बुको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न परिवार तथा शुभचिन्तक शुभेक्षुकहरुको भने उपस्थिती नहुने कुरा लिम्बुका नजिकका नातेदार तथा नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले… Continue reading न्युयोर्कमा कोरोनाका कारण मृत्यु भएका अनिलको दाहसंस्कार आज
न्यूयोर्क शहरमा कोरोना संक्रमित र मृत्यु हुने अधिकांशको उमेर यस्तो छ
न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर बन्दै गएको न्यूयोर्क शहरमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९९ र संक्रमितको संख्या १७ हजार ८ सय ५६ पुगेको हेल्थ डिपार्टमेन्ट न्युयोर्कले जनाएको छ । संक्रमित मध्ये अधिकांश ५० बर्ष भन्दा कम उमेरमा भएको हेल्थ डिपार्ट्मेन्ट्को डाटाबाट पाईएको छ । संक्रमितमध्ये ५६ प्रतिशत मानिस ५० बर्ष मुनीका छन् । … Continue reading न्यूयोर्क शहरमा कोरोना संक्रमित र मृत्यु हुने अधिकांशको उमेर यस्तो छ
एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ । बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा… Continue reading एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
कोरोना संक्रमण निको भएकाको रक्त प्लाज्मा अरु बिरामीलाई दिएर उपचार गर्न एफडिएले दियो स्वीकृती
न्युयोर्क अमेरिकास्थित एफडिए (फुडएन्डड्रग एड्मिनिस्ट्रेसन) ले अमेरिकाभरका बिरामीहरुको उपचारमा कोरोना भाइरस संक्रमणबाट सन्चो भएका बिरामीको रक्त प्लाज्मा प्रयोग गरेर उपचार गर्न स्वीकृती दिएको छ । एफडिएले मंगलवार न्यु ईमर्जेन्सी प्रोटोकल अन्तर्गत यो बिधिबाट बिरामीको उपचार गर्ने स्वीकृती दिएको हो । न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्क राज्यको हेल्थ डिपार्ट्मेन्टले निको भएका बिरामीको प्लाज्मालाई एन्टिबडीको… Continue reading कोरोना संक्रमण निको भएकाको रक्त प्लाज्मा अरु बिरामीलाई दिएर उपचार गर्न एफडिएले दियो स्वीकृती
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै… Continue reading कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
कोरोना संक्रमितको उपचारको लागि अस्पताल बनाउन अमेरिकी सेना म्यानहाटन आईपुग्यो : १००० सैय्याका ४ अस्पताल बन्दै
न्युयोर्क न्युयोर्कस्थित म्यानह्याटनको प्रशिद्ध ब्यापारिक भवन जाभेट्स सेन्टर लगायतका अन्य ३ ठुला भवनमा अस्थाई अस्पताल बनाएर कोरोना नियन्त्रण गर्न अमेरिकी सेना म्यानह्याटन आईपुगेको छ । न्युयोर्कस्थित पहिलो अस्थाई अस्पताल निर्माण गर्न १ दशमलब ३ मिलियन स्क्वायर फिटको जाभेट्स सेन्टरमा अमेरिकी सेनाले १००० बेडको सुबिधा सम्पन्न अस्पताल तत्काल बनाउने छ । न्युयोर्कमा चार वटा अस्थाई अस्पताल निर्माण… Continue reading कोरोना संक्रमितको उपचारको लागि अस्पताल बनाउन अमेरिकी सेना म्यानहाटन आईपुग्यो : १००० सैय्याका ४ अस्पताल बन्दै
टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै
हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् । ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै… Continue reading टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै
न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए
न्युजर्सी न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने… Continue reading न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए
एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार
एरिजोनास्थित टक्सनमा एक ब्यक्तीले कोरोना भाइरस जाँच गर्ने किट चोरी गरेर भागेका छन् । प्रहरीका अनुसार टक्सनस्थित एल रियो हेल्थ सेन्टरबाट भाइरस जाँच गर्ने २९ वटा किट चोरी भएको हो । सेन्टर बेलुका ८ बजे बन्द गर्ने तयारीमा थियो । सेन्टरका कर्मचारीहरु सामान थन्क्याउँदै थिए, एक जना ब्यक्ती डेलिभरी ड्राईभरको नक्कली भेसमा सेन्टर भित्र प्रबेश… Continue reading एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार
कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना
न्यूयोर्क सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना… Continue reading कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना
दैनिक उपभोग्य सामग्री सहयोगका लागि अमेरिकामा जुट्यो नेपाली कांग्रेस प्रबास संगठन
टेक्सस कोरोना भाइरसको संक्रमण अमेरिकाभर फैंलदै जाँदा अमेरिकास्थित नेपाली काँग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सस च्याप्टर भने नेपाली समुदायको सहयोगमा जुटेको छ । अमेरिकाभर संक्रमण फैलिए पछि बिशेषगरी दक्षिण पूर्बी एसियाका दैनिक उपभोग्य बस्तुहरुको अभाव बढेपछि वेष्ट टेक्सस च्याप्टरले समुदाय भित्रका विद्यार्थी तथा अन्य समुदाय सदश्यहरुलाई सामग्री बितरण सुरु गरेको हो । … Continue reading दैनिक उपभोग्य सामग्री सहयोगका लागि अमेरिकामा जुट्यो नेपाली कांग्रेस प्रबास संगठन
कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ
न्युयोर्क चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैंलिदा हालसम्म तीन लाख २० हजार मानिस संक्रमित भइसकेका छन् भने १४ हजार मानिसले ज्यान गुमाई सकेका छन् । यो बीचमा संक्रमित मध्ये ९६ हजारले स्वास्थ्यलाभ पनि गरेका छन् । यतिबेला विश्वभर नाम चलेका प्रयोगशालामा बैज्ञानिक तथा चिकित्सकहरु दिन रात भ्याक्सिन तथा औषधि तयार गर्न… Continue reading कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ
कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने
न्यूयोर्क अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि ‘विश्वशान्ति जपयज्ञ’ गरिने भएको छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी कार्यक्रममा सहभागी जनाई दिनुहुन आह्वान समेत गरिएको छ । यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन… Continue reading कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने
अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा
न्यूयोर्क युएस फुड एन्ड ड्रग (एफ.डि.ए) ले विश्वभर फैलिदै गएको कोरोना संक्रमणको प्रयोगशाला परिक्षणको नतिजा ४५ मिनेट भित्रै दिने परिक्षण पद्दतिलाई मान्यता दिएको जनाइएको छ । कोरोना संक्रमणको परिक्षणको नतिजा प्राप्त गर्न ३ दिनसम्म कुर्नुपर्ने अप्ठेरो परिस्थितीमा अब जाँच गरेको ४५ मिनेट भित्रै नतिजा प्राप्त हुने नयाँ प्रयोगले रोकथाम र उपचारमा सजिलो हुने अपेक्षा गरिएको… Continue reading अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा
आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”
न्यूयोर्क न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ । यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए… Continue reading आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”
कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो
न्युयोर्क अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ । हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ… Continue reading कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो
ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)
न्यूयोर्क संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ । महामारीको यो अवस्थामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले… Continue reading ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)
गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा
न्यूयोर्क प्रेमिल गजलकारको रुपमा परिचित पुष्कर बरालले आफ्नो गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । बिगत लामो समयदेखि साहित्य लेखनमा सकृय बरालको गजल गीत “हलचल जिन्दगीमा” लाई लोकप्रिय गायक यम बराल स्वर र संगीत भरेका छन् । “यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा, किन झर्छ आसु यहाँ पलपल जिन्दगीमा” यस्तै खालका माया प्रेम र… Continue reading गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा
राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
न्यूयोर्क कोरोना भाईरसको संक्रमणको शंकामा सो सम्वन्धि जाँच गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार साँझ ट्रम्पको जाँच गरिएको एक दिनपछि उनी संक्रमित नभएको रिपोर्ट आएको कुरा ह्वाईट हाउस श्रोतले पुष्टि गरेको छ । गत हप्ता राष्ट्रपति ट्रम्पले मार्गा लागोस्थित ब्राजेलियन प्रतिनिधि मन्डलसँग भेट गरेको र उक्त प्रतिनिधि मन्डलको एक… Continue reading राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
न्यूयोर्क चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार… Continue reading कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो
न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन्… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो
कोरोनाको आँधिबेरी
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क गत डिसेम्बरमा चीनको उहान प्रान्तमा जनावरबाट मानिसमा सरेको बताइएकोे नोवल कोरोना भाइरस विकराल रुप लिंदै विश्वव्यापी रुपमा आँधिबेरी जस्तै फैलिएको छ । संक्रमण सुरुमा भएको करिब तीन महिनाको समयमा यो आलेख तयार पार्दै गर्दा करिब एक लाख एघार हजारभन्दा बढी मानिसलाई यो भइरसको संक्रमण भइसकेको छ भने झण्डै चार हजार… Continue reading कोरोनाको आँधिबेरी
कविता : मैले लेख्न छोडें
प्रवीण भट्टराई / श्रीजङ्गा-४, ताप्लेजुंग खै के लेखौं हरेक मौकामा रंग बदल्ने छेपाराहरुको कथा खै के लेखौं हरेक जमघटमा एकान्त खोज्ने ढेडुहरुको कथा खै के लेखौं मुखमा राम राम बगलीमा छुरा बोक्नेहरुको कथा खै के लेखौं विहान राम्रो कुरा दिउँसो हाम्रो कुरा अनि साँझ चाम्रो कुरा गर्ने चेपारेहरुको कथा । म आजकल अक्क बक्क अनि तीन… Continue reading कविता : मैले लेख्न छोडें
११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न
काठमाडौं- एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो । मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क,… Continue reading ११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न
कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल
न्यूयोर्क कोरोना भाईरसको कारण परिस्थिती बिग्रिदै गएपछि न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राज्यमा संकटकालको घोषणा गरेका छन् । शुक्रबारसम्म न्युयोर्क राज्यमा ४४ जनामा कोरोनाको संक्रमण देखिएकोमा शनिबार दिऊसोसम्म न्युयोर्कमा उक्त संख्या ह्वातै बढेर ७६ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्यामा नाटकीय रुपमा बृद्धि भएपछि गभर्नर कुमोले हरेक अस्पतालको श्रोत साधनको बृद्धिको लागि संकटकाल घोषणा गरेका… Continue reading कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल
न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
न्युयोर्क न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ । न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको… Continue reading न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
कथा : सपनाको सौता
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर सपना कसैको निम्ति हिजोको अनुभव होला त कसैको निम्ति भोलिको पूर्वानुमान । तर किन किन मेरो सपनामा भोलि देखिनु भन्दा हिजो नै बढी दोहरिन्छ । एक राती मैले गजबको सपना देखेथेँ । एउटा झ्यालको हरियो पर्दा खुल्यो र गोरो अनुहारको दर्शन भयो । बार्दलीको गमलामा फुलिरहेका फूलमा पानी छर्किरहेकी उनले मतिर… Continue reading कथा : सपनाको सौता