Author: Vishwanews.com

  • चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक  महासागरमा झर्यो

    चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो

    न्युयोर्क      

    अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको  एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ ।  अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११ तारिख सोमबार समुन्द्रमा झरेको उक्त अनियन्त्रित टुक्रा गत मे ५ तारिखका दिन चीनको हाईनान प्रान्तस्थित वेनचाङ् स्पेस लन्च सेन्टरबाट छोडिएको लामो दुरीको मार्च -५ बि नामक मानब रहित अन्तरिक्षयानको भएको संचार माध्यमहरुले जनाएका छन् । झन्डै १८ हजार किलो वजन भएको ३१ मिटर लम्बाई भएको अन्तरिक्षयानको यति ठुलो अनियन्त्रित टुक्रा झरेको सन् १९९१ पछि पहिलो पटक हो । 

    अमेरिकास्थित रक्षा मन्त्रालयले चीनद्वारा परिक्षण गरिएको उक्त अन्तरिक्षयानको टुक्रा एट्लान्टिक  महासागरमा ११ तारिख सोमबारका दिन झरेको कुरा पुष्टी गरेको छ ।

  • कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स

    कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स

    न्युयोर्क      

    ईटाली अर्को हप्तादेखि खुल्दै –

    कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेको ईटाली आगामी हप्ता मे १८ तारिखदेखि खुल्ने तरखरमा छ । अब ईटालीमा रेस्टुरेन्ट, बार, ब्युटी पार्लरहरु १८ तारिखदेखि खुल्ने छन् । ईटालीमा मंगलवारसम्म २ लाख १९ हजार ८ सय १४ संक्रमित र ३० हजार ७ सय ३९ को मृत्‍यु   भएको छ ।  

    रसियाले कोरोना संक्रमित संख्यामा बेलायत र स्पेनलाई जित्यो –

    पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९९ जना संक्रमित भेटिए पछि रसियाले संक्रमितको संख्यामा बेलायतलाई जितेको छ ।  रसिया अहिले बेलायत र स्पेन भन्दा माथि पुगेर कोरोना संक्रमणमा विश्वमा दोश्रो भएको छ । जोन हप्किन्स युभर्सिटीको ताजा आँकडा अनुसार रसियामा २ लाख ३२ हजार २ सय ४३ संक्रमित पुगेका छन्  भने २ हजार १ सय १६ को कोभिड -१९ ले मृत्‍यु भएको छ ।  

    युनाइटेड किङ्डममा मृतकको संख्या  ४० हजार नाघ्यो-

    युकेस्थित नेशनल स्ट्यटिक्सको कार्यालयका अनुसार  बेलायत र वेल्सको संयुक्त मृतक संख्या ३५ हजार ४४ जना पुगेको छ ।  स्कट्ल्यान्ड  र उत्तरी आयरल्याण्डमा समेत गरेर युनाइटेड किङ्डममा मृतकको संख्या ४० हजार ४ सय ९६ पुगेको छ ।  

    स्पेनमा बिदेशबाट जाने सबैलाई दुई हप्ता क्वेरन्टाईनमा राखिने घोषणा  –

    मे १५ तारिख शुक्रबारदेखि बिदेशबाट स्पेन भित्रिने हरेक मानिस क्वेरन्टाईनमा बस्नै पर्ने बाध्यकारी ब्यबस्था स्पेन सरकारले घोषणा गरेको छ । स्पेन जाने हरेक मानिस २ हप्ता आफ्नै घर भित्र क्वेरन्टिनमा बस्नु पर्ने छ भने ग्रोसरी लगायतको लागि बिशेष ब्यबस्था गरिने जनाईएको छ । 

    दक्षिण कोरियामा नाईट क्लब जानेहरुलाई डिजिटल माध्यमबाट खोजी गरिदै –

    पहिलो चरणमा कोरोना संक्रमणलाई सफलता पूर्वक नियन्त्रणमा लिएको दक्षिण कोरियामा पुन: कोरोना संक्रमण बल्झिए पछि सरकारले नाईट क्लब जानेहरुलाई फोन डाटा, क्रेडिट कार्ड, स्टेटमेन्ट र सि सि टि भि फुटेज मार्फत क्लब जानेहरु खोज्न थालेको छ । पछिल्लो समय १०० जना एक्कै पल्ट नाईट क्लब जानेहरु संक्रमित भेटिए पछि सरकारले यो माध्यमबाट सम्भाबित संक्रमित खोज्न थालेको हो ।  

    विश्व स्वास्थ संगठनको अति नै सचेत रहन आग्रह –

    एसिया र युरोपका कतिपय मुलुक पुन: सुचारु गर्ने तयारीमा भएको अवस्थामा कोरोनाको दोश्रो पटकको छालदेखि बच्न्न विश्व स्वास्थ सँगठनले सम्बन्धित देशहरुलाई अति नै सचेत भएर देश पुन: सुचारु गर्न अनुरोध गरेको छ ।  

    भारतमा दशकौं पछि पहिलो पटक प्रदुषणमा कमी –

    कोरोना महामारीले लामो समय देश लकडाउन गरेको कारण भारतको बातावरणमा दशकौं पछि पहिलो पटक कार्बन डाईअक्साईड उत्सर्जनमा ब्यापक कमी आएको जनाईएको छ ।

    अमेरिकी राष्ट्रपति र उप-रास्ट्रपतिलाई केही समय एक अर्काबाट टाढा राखिदै –

    ह्वाईट हाऊसस्थित दुई कर्मचारीमा कोरोना संक्रमण देखिए पछि केही समयको लागि राष्ट्रपति र उपरास्ट्रपतिलाई एक अर्काको नजिक जान नदिने ट्रम्प प्रशासनको कर्मचारीले संचार माध्यमलाई बाताएका छन्  । एउटै कोठामा पनि राष्ट्रपति र उपरास्ट्रपतिलाई सामाजिक दुरी कायम गरेर राखिने जनाईएको छ ।

    यससँगै; हालसम्म विश्वमा कुल ४२ लाख १५ हजार ५ सय १४ मानिसमा संक्रमण देखिएको छ भने २ लाख ८७ हजार ८ सय ९ को मृत्‍यु भइसकेको छ ।

    प्राप्त पछिल्लो जानकारी अनुसार अमेरिकामा १३ लाख ५१ हजार २ सय ४८ जना संक्रमित  र ८० हजार ९ सयको मृत्‍यु भएको छ ।

  • कविता : मालिक

    कविता : मालिक

    तुलसीराम पुरी 

    मालिक, म गोरु हुँ, तिमी हली

    तिमीले जुवामा नारेउ,

    मैले दुई धार्निको जुवा काँधमा थापी दिएँ,

    जोतारोले मेरो गला कसेउ मानी दिएँ,

    डेड हात लामो हलो झुण्ड्याएउ तानी दिएँ,

    छेउ भनेउ छेउ लागेँ, मेलो भनेउ मेलो लागेँ

    कुना भनेउ कुना लागेँ ।

    भसाउनु हलो भसाएउ, धासाउनु छेउ-कुना धसाएउ।

    जानी जानी हलो अडकाएउ।

    अनि मेरी डडाल्नुमा सिर्कुना बर्साएउ।

    मेरो के दोष थियो मालिक ?

    जोत्ने मेरो काम, तानी दिँएकै थिँए हलो ।

    राँटो रह्यो त गल्ती तिम्रो हैन ?

    हो मालिक तिमीले जोत्न जानेनौ ।

    अनि बोलाएउ छिमेकको हली ।

    नारेउ फेरि जुवामा ।

    उसले त सुरुमै सिर्कुना बर्सायो अनि भन्यो होऽऽऽरि आईज !

    न पानी न घाँस ,

    म जान्दथे तिमीले सिकाएको छेउ कुना, होरि, मेलोको भाषा ।

    लुरु लुरु गरि रहें आफ्नो काम, 

    तै पनि छोडेन चुट्न, भाँच्यौ दर्जनौं सिर्कुना,

    टोक्यो मेरो पुच्छर, सायद ढिला हिनेकी ?

    मालिक, भोको पेटले गोडा लाग्छ र ? लाग्दैन नि !

    मालिक,

    तिम्रो अगाडि मैले बाच्नै सकिन ।

    कसै गरिनी टिक्न अनि बिक्न सकिन ।

    दलाल लगाएर बेचेउ खाडीमा ।

    सिपालु हलीले जोत्यो, फुर्क्याएर जोत्यो, घुर्क्याएर जोत्यो, खुवाएर जोत्यो, हँसाएर जोत्यो, रुवाएर जोत्यो ।

    जिन्दगीको फरक फरक स्वाद चखाएर जोत्यो ।

    मेरो पौरखमा ठडियो उस्को गगनचुम्बी भवन,

    बन्यो उस्को देशमा लमतन्न सडक अनि रेलको लिक ।

    मैले मेरो ज्यानले सकेको कमाएँ,

    मेरा पनि तिम्रा जस्तै भुरा छन पढाएँ, बढाएँ ।

    अझ भनौँ ?

    मेरो पसिनाको रेमिट्यान्सले नै तिम्रो गुजारा चल्या  छ।

    बिना बिरुवा अनि बिना गोडमेलको फल,

    तिम्रै वरिपरि फल्या छ।

    अझै पनि मदेखि खुसी छैनौं मालिक ?

    तिमी भन्छौ, थपडी बजाउ, तिम्रै गुणगान गाउ,

    तिम्रै सिद्धान्तमा आउ ।

    माफ पाउँ मालिक,

    बिना भक्ती गाईने भजनमा, रागको मिठास दिन पटक्कै सक्तिन ।

  • राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)

    राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार व्हाईट हाऊसमा आयोजित कोरोना भाईरस प्रेस ब्रिफिङबाट पत्रकारसँग जंगिएर निस्किए । कोरोना भाईरस सम्बन्धि प्रेस ब्रिफिङको अन्तिम समयमा राष्ट्रपति ट्रम्पले वाईजा जियाङ नामकी एक पत्रकारको प्रश्न लिएका थिए । ती महिला पत्रकारले ट्रम्पलाई सोधेकी थिईन्; “किन तिमी भाईरस परिक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशहरु भन्दा अमेरिकाले एकदमै धेरै मानिसमा परिक्षण गरेको भनेर विश्वब्यापी प्रतिस्पर्धा जस्तो गर्दछौ ? जबकी अमेरिकामा यति धेरै मानिसको मृत्‍यु भएको छ ?”

    ती पत्रकारको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले; “हो नि ! संसारभर मान्छेहरुको मृत्‍यु भएको छ । यदि तिम्रो यही प्रश्न हो भने चाईनालाई सोध” । भनेका  थिए । जियाङ मङोलियन अनुहारकी चीनमा जन्मिएकी पत्रकार हुन । त्यस लगत्तै राष्ट्रपति ट्रम्पले थपे – “त्यो प्रश्न मलाई सोध्न्ने होईन ।  चीनलाई सोध ल ! यदि चीनलाई सोध्यौ भने तिमीले अस्वाभाविक उत्तर पाउँछौ” ।  

    त्यसपछि ट्रम्पले सिएनएनकी अर्की महिला पत्रकार केट्लन कोलिन्सलाई प्रश्न सोध्ने पालो दिए । प्रश्न सोध्ने पालो पाएकी कोलिन्स एकै छिन् रोकिएकी थिइन् । त्यतिकैमा जियाङले फेरी सोधिन् “तिमीले बिशेष गरेर मलाई नै त्यसो किन भनेको” ? त्यस पछि राष्ट्रपति ट्रम्पले रिसाएर भनें “न्यास्टी…कोईसन” । उनले कुनै उत्तर दिएनन् । 

    आफ्नो पालोमा पत्रकार जियाङलाई पुन: प्रश्न राख्ने मौका दिएको भनेर सिएनएन कि केट्लन कोलिन्सको प्रश्न ट्रम्पले पुन: लिन मानेनन् । त्यतिकैमा ‘नेक्स्ट प्लिज’ भन्दै अर्को तिर औंला देखाएका उनले; ‘नेक्स्ट प्लिज’ त  भने तर अर्को पत्रकार कसैलाई पनि प्रश्न सोध्ने मौका दिएनन् । उनी त्यतिकै रिसाएर रोज गार्डनबाट बहिरिए ।

    सोमबार आयोजित राष्ट्रपति ट्रम्पको प्रेस ब्रिफिङ कोरोना भाईरस परिक्षण गर्ने किट र अमेरिकामा अर्थतन्त्र खुला गर्ने बिषयमा केन्द्रित थियो ।

     

  • कोरोना बिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने अचुक उपाय यस्ता छन्

    कोरोना बिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने अचुक उपाय यस्ता छन्

    न्युयोर्क      

    कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् ।

    सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार  प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्।

    कोरोना भाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन्।

    स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्।

    शरीरको प्रतिरक्षा प्रणाली आँफैले बलियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ।

    शरीरको प्रातिरक्षा प्रणाली बलियो बनाउने सात उपाय यस्ता छन्:

    १. सन्तुलित र पोषणयुक्त आहार

    पछिल्लो समयमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न मसलायुक्त परिकार, लसुन र कागती खानुपर्छ भन्ने चर्चा चलेको छ। उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा भए पनि तिनले भाइरस मार्ने वैज्ञानिक प्रमाण छैन।

    हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षाका लागि चाहिने भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम रहेको उनको भनाइ छ।

    भिटामिन सी घुलनशील हुने भएकाले शरीरमा लामो समयसम्म नटिक्ने हुनाले फलफूल र सागसब्जी नियमित खानुपर्ने विज्ञहरूको सुझाव छ।

    २. नियमित शारीरिक अभ्यास

    प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ।

    हाम्रो छाला र छालामुनिको तहमा रहेका सूक्ष्मजीवले हानिकारक जीवाणुसँग लड्छन्। हानिकारक जीवाणु यदि हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन्।

    सेता रक्तकोषहरू कम चलायमान हुने हुनाले तिनलाई चलायमान बनाउन शारीरिक व्यायाम अत्यावश्यक हुने विज्ञहरू बताउँछन्।

    जनस्वास्थ्यविज्ञ डा. विश्वनाथ कोइराला भन्छन्, “सेता रक्तकोष शरीरका सैनिकजस्तै हुन् र तिनलाई नियमित रूपमा सक्रिय बनाउँदा प्रतिरक्षा प्रणाली पनि बलियो बन्दै जान्छ।”

    शारीरिक अभ्यास गर्दा रक्तचापसँगै सेता रक्तकोषको गति पनि बढ्ने हुँदा रोगको प्रकृति अनुसार तिनीहरुले रोग लाग्नु पहिले नै सम्भावित सङ्क्रमणको पहिचान गर्ने उनले बताए।

    त्यसका अतिरिक्त शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम पनि केही बढ्ने हुनाले सङ्क्रमणसँग जुध्न तथा हानिकारक जीवाणुको वृद्धिलाई समेत नियन्त्रण गर्न सघाउने चिकित्सकहरूको भनाइ छ।

    ३. पर्याप्त विश्राम र निद्रा

    आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणालीमा सुधार गर्न पर्याप्त हुँदैनन्।

    शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञहरू बताउँछन्।

    कोभिड-१९ निको हुन कति समय लाग्छ

    डा. कोइरालाले भन्छन्, ”शरीर सधै एउटै अवस्थामा नरहने र उमेर बढ्दै जाँदा रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउने हुनाले पर्याप्त आराम वा नियमित सुत्ने बानी बसाले प्रतिरक्षा प्रणाली पनि निकै मजबुत हुन्छ।”

    त्यसका अतिरिक्त योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने विज्ञहरूको मान्यता छ।

    अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थलाई बाहिर निकाल्न निकै सहयोग पुग्छ।

    ४. धूमपान र मद्यपान नगर्ने

    जनस्वास्थ्यविज्ञ डा. अर्जुन कार्कीका अनुसार मदिरा र चुरोट सेवन गर्ने मानिसको तुलनामा नगर्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

    उनी भन्छन्, ”तपाईँले मदिरा वा चुरोट सेवन गर्नुहुन्छ भने तत्काल छाड्नुहोस् वा कम गर्दै जानुहोस्। त्यसो गर्नुभयो भने आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बन्दै गएको आफैँ अनुभव गर्न सकिन्छ।”

    धूमपान र मद्यपान गर्ने मानिस र तीमध्ये पनि प्रौढ व्यक्तिमा धेरै सङ्क्रमक हुने सम्भावना धेरै हुने अध्ययनहरूले देखाएका छन् ।  

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरि चुरोट र सूर्तीजन्य पदार्थको सेवनका कारण सरदर ८० लाख मानिस र रक्सी सेवनका कारणले ३० लाख बढी मानिसको ज्यान जाने गरेको छ।

    ५. रचनात्मक बन्ने

    धेरै मानिस फुर्सद नभएकाले रचनात्मक बन्न नसकेको बताउँछन्।

    तर रचनात्मक वा सिर्जनात्मक बन्न सकेमा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास हुने डा. कोइरालाको भनाइ छ।

    चिकित्सकहरूका अनुसार सृजनात्मक कृयाकलापमा सहभागि हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपनाको भावना कम गर्दछ।

    डा. कोइरालाले भन्छन्, “फुर्सदको समय छ भन्दै एकै ठाउँमा बसिरहने गर्दा निराशाजस्ता मानसिक रोगको विकास हुन्छ।”

    बगैँचामा काम गर्ने, चित्र वा अन्य कला बनाउने, घर सजाउने वा कथाकविता लेख्ने लगायतका काम गर्न उनको सुझाव छ।

    ६. उच्च मनोबल

    डा. कोइरालाका अनुसार धेरै मानिस आफ्नो उच्च मनोबलका कारणले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास गरेको उदाहरणहरू प्रशस्त छन्।

    कोरोनाभाइरसले उमेरका हिसावले तुलनात्मक रूपमा वृद्धवृद्धाहरूको ठूलो सङ्ख्यामा ज्यान लिएको छ।

    तर केहीले भने उच्च मनोबलका कारण सङ्क्रमण भएरपनि त्यसमाथि विजयी प्राप्त गरेका घटना छन्।

    तीमध्ये एक बाग्लुङ नगरपालिकाकी मनकुमारी पौडेल हुन् जसले आफूमा उच्च मनोबल रहेका कारण कोरोनाभाइरसलाई पराजित गरेको बताएकी थिइन्।

    ७. रोग र खोप

    शरीरमा हुने हितकारी सूक्ष्मजीवले बाह्य आक्रमणकारी जीवाणुसँग सङ्घर्ष गरेर सङक्रमण हुन दिँदैनन्।

    तर श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, बाथ र मधुमेहजस्ता रोग लागेका व्यक्तिहरूमा भने यस्ता हितकारी जीवाणु तुलनात्मक रूपमा कम हुन्छन्। एन्टीबायोटिक खाएका मानिसमा हितकारी जीव पनि मर्छन्।

    तसर्थ पाका र दीर्घरोग भएका मानिसमा जोखिम बढी हुने हुनाले प्रतिरक्षा प्रणालीलाई सबल राख्न विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

    त्यसका अतिरिक्त नियमित खोप लिँदा केही रोगसँग लड्ने क्षमता बलियो बनाउन सकिने डा. कार्कीको सुझाव छ।

    शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न वा अपाङ्गताबाट बचाउन र गम्भीर रोग लाग्न नदिन बालबालिकालाई निर्धारित मात्रामा खोप दिने गरिन्छ।

    हाल नेपालमा भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस ‘बी’,धनुष्टङ्कार, निमोनिया, र दादुरा-रुबेला रोगबाट बचाउन खोप दिने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    श्रोत : बि बि सि नेपाली

  • विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स

    विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स

    न्युयोर्क      

    विश्व – जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडा अनुसार विश्वभरी ४० लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन्  भने २ लाख ७९ हजारको मृत्‍यु भै सकेको छ ।  

    अमेरिका – अमेरिकामा १३ लाख भन्दा धेरै मानिस संक्रमित र ७८ हजार मानिसको मृत्‍यु भएको छ । अमेरिकामा सि डि सि डाइरेक्टर रोबर्ट रेडफिल्ड तथा उच्च स्वास्थ्य सल्लाहकार एन्थोनी फुसीद्वय ह्वाइट हाउसका दुई संक्रमितको संपर्कमा आएका कारण सेल्फ आईसोलेसनमा बसेका छन् ।  

    स्पेन – स्पेनमा आज दुई महिना पछि कोरोनाका कारण सबैभन्दा न्युन संख्यामा मृत्‍यु भएको छ ।  

    जर्मनी  – केही हप्तादेखि कोरोना संक्रमण तल झरेको जर्मनीमा संक्रमण पुन: ह्वात्तै बढेको समाचार छ । 

    बेलायत– बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन हटाईएको घोषणा गरेका छन् । बुधबारदेखि पार्कमा सन् बाथ लिन कार, चलाऊन एक्सर्साईज गर्ने जस्ता कृयाकलाप गर्न पाईने जनाइएको छ ।  

    दक्षिण कोरिया – दक्षिण कोरियामा पुन: कोरोना संक्रमण बल्झिएको छ । त्यहाँ अप्रिल ९ पछि अहिले सबैभन्दा धेरै संक्रमण देखिए पछि देश ब्यापिरुपमा बार तथा क्लबहरु बन्द गरिएका छन् ।  

    दक्षिण अमेरिका – दक्षिण अमेरिकामा कोरोना संक्रमण उकालो लागेको छ ।  ब्राजिलमा मात्र संक्रमितको संख्या १ लाख ५५ हजार पुगेको छ भने १० हजार ६ सय २७ को मृत्‍यु  भै सकेको छ ।

  • भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

    भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

    भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।

    भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले संचार माध्यमहरुलाई बताएका छन् । घटना शनिवारको हो ।  उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा तत्कालको लागि विवाद समाधान गरेको बताइएको छ । झन्डै ३,४०० किलोमिटर लामो सीमा क्षेत्रमा दुवै देशको आ-आफ्नो दाबी छ ।

    कहिलेकाहीँ त्यस्ता झडपमा सेनाहरूले एकअर्कासँग छाती जुझाउने, धकेल्ने र ढुङ्गा हानाहान गर्ने गरेका छँन् । केही वर्षअघि दोक्लम विवादले दुई देशको सम्बन्ध चिसिएपछि भारत र चीनका शिर्षस्थ नेताबीच वार्ता भएको थियो ।  

    यो तनाव समुद्री सतहभन्दा ५,००० मिटरको उचाइमा अवस्थित विकट नाकुला क्षेत्रमा भएको हो।  भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो । बेलाबेला यस्ता किसिमका घटना भइरहने भए पनि चार दशकमा गोली प्रहार भने भएको छैन।

    (समाचार बि बि सि नेपालीबाट जस्ताको त्यस्तै सभार गरिएको हो)

  • व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

    व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

    न्युयोर्क

    अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस स्थित ‘वोभल अफिस’ नजिकै कोरोना भाइरस मडारिन थालेको छ । ह्वाइट हाउस परिसर भित्र कम्तिमा पनि ११ जना सिक्रेट सर्भिस एजेन्टमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएपछि ओभल अफिस नजिकै कोरोना पुगिसकेको चर्चा हुन थालेको हो । 

    गत हप्ता सोमबारदेखि यता राष्ट्रपति ट्रम्प पुत्री इभान्का ट्रम्पको निजी सहयोगी (पिए) कोरोना संक्रमित भएका छन् । यद्यपी ती निजी सहयोगी बिगत केही हप्तादेखि घरमा बसेर ‘टेली वोर्किङ’गर्दै आएको र इभान्काको संपर्कमा नआएको जनाईएको छ । सोही हप्ता ट्रम्पका एक जना सैनिक सहयोगीमा पनि संक्रमण देखिएको ह्वाइट् हाउसले बिहीवार पुष्टी  गरेको थियो । ट्रम्पका ती सहयोगी नै  ह्वाइट हाउस भित्रका पहिलो कोरोना संक्रमित हुन् । उप-राष्ट्रपति माइक पेन्सकी २५ बर्षीय प्रेस सेक्रेटरी केटी  मिलरमा पनि शुक्रबारका दिन संक्रमण पुष्टी भएको हो । केटी ह्वाइट हाउसको सिनियर एड्भाईजर स्टेफेन मुलरकी पत्नी हुन् । केटी मिलरमा संक्रमण देखिए पछि नजिकको संपर्कमा आएर संक्रमणको जोखिम महसुस  गरी एफडिए कमिस्नर स्टेफन हानलाई २ हप्ताको लागि सेल्फ आईसोलेसनमा बस्न भनिएको छ ।  

    याहू न्युजले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हवाला दिंदै अमेरिकी राष्ट्रपति उप-रास्ट्रपति लगायत अन्य उच्च अधिकारीहरुको सुरक्षार्थ खटिएका ११ जना सिक्रेट सर्भिस एजेन्टहरु हाल संक्रमित अवस्थामा रहेको जनाएको छ । गत मार्चमा पहिलो सेक्रेट सर्भिस एजेन्ट संक्रमित भएका थिए भने अहिलेसम्म २३ एजेन्ट निको भएको र ६० जना सेल्फ क्वारेण्टिनमा बसेको याहू न्युजले लेखेको छ ।  

    अहिले हरेक दिन राष्ट्रपति डोनाल्ड ट्रम्प उप-राष्ट्रपति माइक पेन्स अन्य व्हाइट हाउस अधिकारी लगायत पत्रकारहरुको कोरोना परिक्षण नियमित रुपमा जाँच गर्ने गरिएको न्युयोर्क पोष्टले लेखेको छ । झन्डै ८० हजार नजिकै मृतकको संख्या पुग्न लाग्दा पुरै अमेरिकालाई सुचारु गर्न कस्सिएका राष्ट्रपति ट्रम्पले भाइरस संक्रमणबाट बच्न मास्क भने लगाउने गरेका छैनन्  ।

  • विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

    विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

    न्युयोर्क

    प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा गत ७ तारिख शान्ति पाठ गराइयो । न्युजर्सी राज्यस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रम्ह भट्टलाई राष्ट्रपति ट्रम्पले शान्ति पाठको लागि निमन्त्रणा गरेका थिए ।  पूजारी ब्रम्ह भट्टले बैदिक मन्त्रको साथमा शान्ति पाठ गरेका थिए । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा यो महामारीबाट प्रभावित सबैको सुरक्षा   कुशलता र स्वास्थको लागि ह्वाइट हाउस रोज गार्डनमा बैदिक मत्र पाठ गरिएको हो ।  

    मन्त्र पाठ गर्नु अगाडि पूजारी ब्रम्ह भट्टले मन्त्रको बारेमा भनेका थिए; “यो एउटा अत्यन्त प्रभावशाली हिन्दू प्रार्थना हो । यो बैदिक प्रार्थनालाई यजुर्बेदबाट लिइएको हो”।

    मन्त्र पाठ पछि उनले उक्त मन्त्रको अर्थ अंग्रेजीमा उल्था गरेका थिए । मन्त्रोच्चारण समारोहमा राष्ट्रपति ट्रम्प लगायत अन्य धर्मका गुरु तथा ह्वाइट हाउस कर्मचारीको उपस्थिती रहेको थियो ।

  • नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

    नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

    मे ८, २०२०, न्युयोर्क

    संसारभर व्याप्त कोभिड- १९ संकटको समयमा राज्यले नागरिकको आवश्यक संरक्षण नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले सशक्त प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ्को नामबाट जारी विज्ञप्तीको पूर्णपाठ;

    आदरणीय जनसमुदायमा हार्दिक अभिवादन 

    नेपाल बहुभाषीक, बहुजातीय, बहुसास्कृतिक, विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भएको मुलुक हो । नेपालको वर्तमान अवस्थामा १२३ मातृभाषाहरू बोलिने गर्दछन् । ती सबै नेपालको राष्ट्रिय भाषाहरू हुन । आ-आफ्नै समुदाय, क्षेत्रहरूमा हजारौं हजार वर्षदेखिको खोज अनुसन्धान हुँदै विकास भएको भाषाहरू राष्ट्रको सम्पत्ति हो । त्यसलाई राज्यले समान रूपमा संरक्षण र सम्बर्धन गर्नु राज्यको दायित्व हो । त्यसमा एकलाई काखा र अर्कोलाई पाखाको व्यवहार राज्यबाट हुनु हुदैन । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन  परिषद्को वि.स २०७६/१०/२ मा  बसेको बैठकको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को यस निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारको यसप्रकारको एकल जातीय भाषालाई मात्र संरक्षण गरेको प्रति घोर निन्दा एवं भर्त्सना गर्दछौं ।

    नेपालको संविधान २०७२, मौजुदा कानून र परिवर्तनको मर्म र भावन विपरीत शिक्षा मन्त्रालय र त्यस अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले संस्कृत विषयलाई मात्रै काखी च्यापेर नेपालका अरु भाषाहरूलाई विभेद गर्दै कक्षा १ देखि देशभरका विध्यालयहरूमा एकै साथ ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, मृत प्राय: संस्कृत भाषालाई सबैभाषी विद्यार्थीहरूमाथि जबर्जस्ती लाद्ने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने यसखाले कदमप्रति हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं । संविधानमा व्यवस्था भए बमेजिम माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ(केन्द्र)को पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले चालेको कदम र गरेको कार्य असंवैधानिक र संघीयताको सिद्धान्त र अभ्यास विपरित रहेको छ।

    नेपालका बोलिने सबै मातृभाषा तथा रैथाने भाषाहरूमा पठनपाठन गर्न गराउन पाउनु संविधान, कानून, नेपाल सरकारले अनुमोदन गरेको र पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनी दस्तावेजहरूले प्रत्याभूत गरेको भाषिक मानवअधिकारको सवाल हो । कुनै एउटा भाषा त्यो पनि सरकारले सदिऔदेखि  राज्यको ढुकुटी खर्चेर पनि जो मृतप्रायः छ र वक्ता संख्या नगन्य छ त्यस संस्कृत भाषालाई मात्रै फेरि पनि शाहीकालीन, राणाकालीन र अझ पञ्चायती शासन व्यवस्थामा झैँ पक्षपोषण गरिनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको धज्जी उडाउनु हो । देशमा भएको परिवर्तनको खातिर समानताको लडाईमा शहिदभएका महान शहिदहरूको वलिदानीको खिल्ली उडाउनु हो । जनआन्दोलन, जनयुद्द, मधेश विद्रोह, आदिवासी आन्दोलनको माग र सम्झौता विपरीत हो । यो वास्तवमा असम्वैधानिक कदम हो । त्यसकारण यो असम्वैधानिक र असमानतामा आधारित समानुपातिक समावेसीकरणको सिद्धान्त विपरीत निर्णय तत्काल फिर्ता लिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ । नेपालको संविधान २०७२, आदिवासीको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र-२००७, शिक्षा ऐन २०२८ (संशोधन २०७५)को स्पिरिट बमोजिम नेपालमा बोलिने सबै रैथाने मातृभाषाहरूको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्न गराउन र पठनपाठनको व्यवस्था गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) जोडदार माग गर्दछौ ।

    संसारलाई हायलकायल  पार्नेगरी महामारीको रूपमा फैलिएको कोरोना भाईरस covid-19 को संक्रमणवाट मानवजातिमा अपुरणीय क्षति भईरहेको छ । यो वेला सरकारको ध्यान नेपाली जनतालाई सुरक्षित गरी कम क्षति हुने उपायहरूमा सक्रियहुन जरूरी छ । हामी सधै सरकारको सकारात्मक निर्णयको पक्षमा छौं । तर यस्तो राज्य आफैले एकल जातीय, एकल भाषालाई मात्र संरक्षण हुने निर्णय गरेर राज्य नै एकल जातीय नश्लीय निर्णय गर्दै अगाडि बढ्नु दु:खद र खेदजनक छ ।

    कोरोना विरूद्धको अभियानमा हामी सधैं सँगसँगै छौ ।

    जय मातृभूमि, आदिवासी अभिवादन !

    लोक चेम्जोङ 

    अध्यक्ष

  • कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

    कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

    न्युयोर्क

    कोरोनाको महामारी पछि हवाई यातायात बिस्तारै सुचारु हुँदा टिकटको मुल्य अत्यन्तै महँगो हुने आईटा(ईन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन) ले जनाएको छ । हवाई यातायात पुन: सुचारु हुँदा लागू हुने ‘सोसल डिट्यान्सिङ’  नियमको कारण हवाई टिकट मुल्य अत्याधिक महँगो हुने बताइएको हो । 

    विश्वका १२० देशमा संचालित कुल २९० हवाई कम्पनीलाई प्रतिनिधित्व गर्दै आएको आईटाका अनुसार अघिल्लो बर्ष त्यही समयको तुलनामा यो बर्ष प्लेनको माझको  सिट खाली राखेर यात्रु ओसार पसार गर्दा मुल्यमा ४३ देखि ५० प्रतिशतसम्म बृद्धि हुने जनाएको छ । आईटाका चिफ एक्जुकेटिभ अफिसर अलेक्जान्ड्रे डि जुनियाकले  बिज्ञप्तीमा भनेका छन्; “यति बेला हवाई कम्पनीहरु अस्तित्वको लागि लडिरहेका छन्  । बीचको सिटको आय हटाएर मुल्य समयोजन गर्दा मुल्य बढ्ने भएको छ” ।  एसोसिएसनका अनुसार उत्तर अमेरिकाको लागि सन् २०१९ को तुलनामा २०२ देखि २८९ अमेरिकी डलरसम्म एसिया प्यासिफिकको लागि १४१ देखि २१७ अमेरिकी डलरसम्म टिकटमा मुल्य बृद्धि हुने आईटाले जनाएको छ ।  

    आईटाले हवाई सेवा लिने यात्रुका लागि सुरक्षा प्याकेज समेत सिफारिस गरेको छ ।  हरेक यात्रु तथा कर्मचारीलाई अनिवार्य मास्क प्रयोग, अनिवार्य तापक्रम जाँच, भिडभाड रहित बोर्डिङको ब्यबस्था र यात्रा अबधिभर क्याबिनमा हिंडी रहन बन्देज लगाउने साथै ईम्युनिटी पासपोर्ट लागू गर्ने जस्ता ब्यबस्था गरिने आईटाले जनाएको छ ।  

    एजेन्सी

  • न्युयोर्कको अस्पतालमा मृतक बिरामीको क्रेडिट कार्ड एक नर्सले चोरेर चलाउँदा

    न्युयोर्कको अस्पतालमा मृतक बिरामीको क्रेडिट कार्ड एक नर्सले चोरेर चलाउँदा

    न्युयोर्क      

    न्युयोर्क स्टेटन आईलइयाण्डस्थित एक नर्स कोरोना भाइरस संक्रमणले मृत्‍यु भएका मृतकको क्रेडिट कार्ड चोरेको अभियोगमा पक्राउ परेकी छिन् । प्रहरीले ती नर्सलाई बिहीवार बिहान पक्राउ गरेको हो ।  

    न्युजर्सी राज्यको ओल्ड ब्रिज निवासी ४३ वर्षीया डेनेली कोन्टीले स्टेटन आईल्याण्ड युनिभर्सिटी हस्पिटल नर्थमा उपचारको क्रममा ७० वर्षीय एक बिरामीको क्रेडिट कार्ड चोरेर सामान खरिद गर्नको लागि प्रयोग गरेको प्रहरीले जनाएको छ । ती बिरामीको अप्रिल १२ तारिखका दिन मृत्‍यु भएको समेत न्युयोर्क   प्रहरीले जनाएको छ । ती महिलालाई चोरी गरेको कारण ‘ग्राण्ड लार्सेनी’ र ‘पेटिट लार्सेनी’ को अभियोग लगाएको समेत  प्रहरीले जनाएको छ ।  

    मृतकको क्रेडिट कार्ड चोरेर ती नर्सले १०० डलर मुल्य भन्दा कमको केही सामान खरिद गरेकी थिईन् । अप्रिल २८ तारिखका दिन ७० वर्षीय मृतककी छोरीले आफ्नो मरी सकेका पिताको क्रेडिट कार्ड कसैले प्रयोग गरेको थाहा पाएपछि स्टेटन आईल्याण्डस्थित प्रहरीमा उजुरी गरेकी थिईन् ।  

    सन् २००७ देखि लगातार काम गर्दै आएकी नर्स कोन्टीलाई अस्पताल प्रशासनले निलम्बन गरेको जनाएको छ । 

    समाचार श्रोत : न्युयोर्क पोष्ट

  • अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

    अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

    न्युयोर्क      

    अमेरिकी बिमान कम्पनी “जेट ब्लु” ले अमेरिकाका एक लाख स्वास्थकर्मीहरुलाई नि:शुल्क ‘राउण्ड ट्रिप’ टिकट दिने भएको छ । कम्पनीले ‘जेट ब्लु हेल्थ केयर हिरो’ कार्यक्रम अन्तर्गत कोरोना भाईरसको महामारीको समयमा काम गर्ने स्वास्थकर्मीहरुलाई नि:शुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको हो । एयरलाईन्सले कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने १ लाख जना अमेरिकामा काम गरेका स्वास्थकर्मीको लागि प्रति ब्यक्ती २ वटा ‘राउण्ड ट्रिप फ्लाईट सर्टिफिकेट’ दिने आफ्नो प्रेस बिज्ञप्तीमा जनाएको छ । बिमान कम्पनीले पहिलो १० हजार टिकट न्युयोर्कमा बिभिन्न अस्पातालमा काम गर्ने स्वास्थकर्मीहरुका लागि जारी गर्ने बिज्ञप्तीमा जनाएको छ । न्युयोर्कमा प्रदान गरिने त्यो १० हजार टिकट माउण्ट साईनाई हेल्थ सिस्टम अन्तर्गतका अस्पतालमा काम गर्ने र न्युयोर्क सिटी पब्लिक हस्पिटल सिस्टम अन्तर्गत न्युयोर्क हेल्थ प्लस हस्पिटलका स्वास्थकर्मीलाई प्रदान गरिने र टिकट बाँकी रहेमा न्युयोर्कका अन्य अस्पातलका स्वास्थकर्मीलाई पनि दिइने बिज्ञप्तीमा भनिएको छ । कम्पनीले डाक्टर नर्सदेखि फार्मेसीस्ट थेरापिस्ट सोसल वोर्कर पब्लिक हेल्थ वोर्कर लगायत अन्य थुप्रै स्वाथकर्मीहरु समेत उक्त कार्यक्रम अन्तर्गत निसुल्क टिकट प्राप्त गर्न योग्य हुने छन् । बिमान कम्पनीले जारी गरेको उक्त कार्यक्रममा मे महिनाको १५ तारिख भित्र http://www.jetblue.com/healthcarehero  मा गएर दरखास्त दिनु पर्ने छ । यात्रा टिकट भने १ जुलाई २०२० देखि १ जुलाई २०२१ सम्म मान्य हुने छ ।
    https://jetblue.readysweeps.com/

  • म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो

    म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो

    न्युयोर्क      

    प्रत्येक बर्ष ‘मे’ महिनामा न्युयोर्कमा आयोजना गरिंदै आएको ‘नेपाल डे परेड’ कार्यक्रम यो बर्ष स्थगित हुने भएको छ ।  सन् २०१६ देखि नियमित रुपमा न्युयोर्क  राज्यको म्यानह्याटन सहरमा बिभिन्न झाँकीहरु प्रदर्शन सहित आयोजना गरिंदै आएको परेड कोरोना महामारीका कारण यो बर्षको लागि स्थगित गरिएको हो ।  आयोजकका तर्फबाट निमा शेर्पा र अनन्त सुबेदीद्वारा ६ तारिख शुक्रबार जारी बिज्ञप्ती मार्फत सन् २०२० को लागि ‘नेपाल डे परेड’ रद्ध गरिएको बताईएको हो । आयोजकद्वारा परेड रद्ध गरिएको जानकारी गराउँदै जारी बिज्ञप्तीमा भनिएको छ; “डायस्पोराका नेपालीहरुको पहिचान र गौरवका रुपमा सन् २०१६ देखि न्युयोर्क सहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो । नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो । तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२०’ आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौं अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।” 

    बिज्ञप्तीमा कोरोनाका कारण ज्यान गुमाउने डायस्पोराका नेपालीहरु प्रति समबेदना समेत ब्यक्त गरिएको छ । नेपाल डे परेड न्युयोर्क  म्यानहाटनको सडकमा नेपाली पोशाक नाँचगान र बिभिन्न्न झाँकी प्रदर्शन सहित मनाउने गरिएको छ भने परेडमा भाग लिन बिभिन्न्न राज्यमा बसोबास गर्ने नेपालीहरु भेला हुने गरेका छन्  ।

  • गायक प्रेम सेन्चुरीको ‘परदेशले मलाइ रुवायो’ सार्बजनिक

    गायक प्रेम सेन्चुरीको ‘परदेशले मलाइ रुवायो’ सार्बजनिक

    न्यूयोर्क

    लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर भबिष्यका सुनौला सपना बुन्दै कठिन पल गुजारिरहेका छन् । परदेशको कथा पिडा आफ्नै छ । यस्तै यथार्थ कथामा आधारित रहेर गायक प्रेम सेन्चुरीको शब्द/संगीत/स्वरमा नयाँ गीत “परदेशले मलाइ रुवायो” हालसालै सार्बजनिक भएको छ । आफ्नो देश छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनको छटपटी गीतमा समेटिएको छ । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताई रहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ ।

    हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत २ दशक अघिदेखिको सांगीतिक यात्रामा रेडियो नेपालदेखि आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाइसकेका छन् ।

  • अलकधार : भाउका खातिर जुँगाकाे ताउ

    अलकधार : भाउका खातिर जुँगाकाे ताउ

    सुपेन्द्र बस्नेत, बोष्टन

    संसारमा दाह्री जुँगाकाे महत्व र महिमा अपरम्पार नै छ । चाहे मानवकाे हाेस् या जनावरकाे । दाह्रीमा बाेका र जुँगामा बाघकाे चर्चा र महत्व बढी गरिन्छ । बाेकाकाे दाह्रीकाे चर्चा हसिमजाकका लागि गरिन्छ भने बाँघकाे जुँगाकाे चर्चा शक्तिकाे प्रतिबिम्बका रुपमा गरिन्छ । मानवमा भने दाह्रीकाे भन्दा जुँगाकाे भाउ बढी छ । कति मानिसले धर्म, संस्कृति, परम्परा, रितिरिवाजकाे पालना गर्न त , कतिले अरु भन्दा पृथक र आकर्षक बन्न र कतिले मुसार्न कै लागि जुँगा पाल्दछन् । जे जे कारणले जुँगा पालेकाे भए पनि सार उद्देश्य भनेकाे जुँगामा ‘ताउ लगाएर भाउ खाने दाऊ’  नै हाे । यथार्थमा जुँगामा गतिलाे ताउ लगाएर भाउ खान मेहनत पनि त्यति नै चाहिन्छ । जति भाउ चाहिन्छ, त्यति नै जुँगामा ताउ लगाउनु पर्दछ । जाे चानचुने मानिसबाट भने सम्भव पनि छैन । त्यसैले त हिजाे आज त्याे झनझटतिर नलागी मानिसहरु जुँगा पाल्न तिर भन्दा पनि सफाचट गरी फाल्न र ताउ लगाएर भाउ खानु पर्ने अवस्था आए नक्कली जुँगा धारण गर्नतिर आकर्षित हुँदै गएका छन् । भाउ खाने जुँगाउन्मुख समाजमा आफ्नै जुँगा नभएका , नक्कली जुँगा भिर्ने आाँट वा रहर नभएका वा जुँगे तिकडम पनि नजान्नेहरु भने निकै पिडित छन् । उनीहरु समाजमा जुँगाकाे भाउ भएकाहरुले जति सुकै असैय्य घाउ लगाए पनि , पाँऊ पर्न  बाध्य नै भैरहेका छन् । उनीहरु न त जुँगाकाे खुलेरै प्रशंसा गरेर जुँगेपथमा हिड्न सकिरहेका छन् । न त बिराेध नै गरेर सफाचटपथमा लाग्न । दिन प्रतिदिन समाज जानीनजानी गुपचुप ‘जुँगेभाउपथ’ तिर उन्मुख हुदै गएकाले जुँगामा ताउ लगाउने परम्परागत संस्कारीपथ चटकै भुल्न वा छाेड्न वा बिराेध गर्न त्यति सजिलाे नि कहाँ भने जस्ताे र साेचे जस्ताे सजिलाे छ र ? त्यसैले त माैका छाेपी हिजाे आज मानिसहरु लाभकाे ‘तरिय भाउ’ खाने दाउमा जुँगा बिना नै ताउ लगाउन पनि पछि पर्दैनन् । जाे बास्तवमा जगत भलाेका दृष्टिकाेणले जुँगा भएरै ताउ लगाउने भन्दा कयाैं गुणा खतरनाक छन् । जसका उदाहरणहरु जगतभर यत्रतत्र सर्बत्र छताछुल्ल नै छन्। 

    अर्काे बिडम्बना हिजाे आज मानिसबाटै मानिसकाे भन्दा पनि जनावरकाे जुँगाकाे महत्व र चर्चा परिचर्चा बढि गरिन्छ। जुँगाकाे लडाईमा जुँगेबाज बनी ताउ लगाएर भाउ खाने लालचमा सर्बाेकृष्ट चेतनशील प्राणीकाे पहिचान बाेकेकाे मानव आफ्नाे छनखानाकाे जुँगा सफाचट पारेर पाएसम्म बाघकै जुँगा टास्ने हाेडबाजीमा तल्लीन छ । त्यसाे त जुँगा बाँघकाे मात्र हैन, स्यालकाे पनि त हुन्छ नि । तर मानिस स्याल र बाघकाे जुँगाकाे मुल्य र महत्वमा आकास जमीन भिन्नता देख्दछ । स्यालकाे जुँगा चाँहि केराकाे फुँगा, अनि बाघकाे जुँगा चाँहि चम्पाचमेली फुलकाे थुंगा हुने त पक्कै हाेइन हाेला । अर्काे कुरा बाघकाे जुंगामा ‘हिंस्रक शक्ति’ केन्द्रिकृत हुने पनि त हैन । तर बाघकाे जुँगाप्रति मानवकाे मनाेदशा राम्ररी बुझेका स्याल पनि मानव झैं आफ्नाे प्राकृतिक पहिचानकाे जुँगा फालेर बाँघकै जुँगा टास्नतिर लालाहित छ । बाघकाे जुँगा धारण गर्ने प्रतिस्पर्धामा भने मानवलाई स्यालले पछि पारेकाे छ । त्यसाे त ”स्यालले ढलेकाे बाँघकाे जुँगा उखालेर लगाउँदैमा स्यालमा बाघकाे बिशेषता सर्ने पनि हाेइन र सिनाे खान पनि छाेड्दैन । तर बाघले भने प्राण नै गए पनि सिनाे खादैन र धर्मका नाममा हिंस्रक कर्म गर्न पनि छाेड्दैन । यिनीहरुका आ-आफ्नै प्राकृतिक जन्मसिद्ध बिषेश्ताहरु छन्” । भन्ने कुरा भने मानवलाई राम्ररी अवगत नै छ । तब त बाघकाे जुँगाधारी स्याल देखेर मानव डरले कुलेलाम पनि ठाेक्दैन । बरु जुँगै नभएकाे ढलेकै बाघ भए पनि त्रसित हुन्छ । साताेपुत्लाे उड्न सक्छ । त्यति मात्र हैन मानिस जिउँदाे स्यालकाे भन्दा मरेकै बाघकाे जुँगा, राैं, नंग्रा, छालालाई अमुल्य ठानी त्याे प्राप्त गर्नमा गर्व, बहादुरी, भाग्मानी र पुरुषार्थ ठान्दछन् । स्याललाई मार्दा भन्दा बाघलाई धपाउँदा कयाैं गुणा बहादुरी ठान्दछ । यसकाे मुख्य कारण भनेकाे बाघमा रहेकाे ‘हिंस्रक शक्ति’ नै हाे । तर पनि हिजाे आज मानव बस्तीमा पस्न बाघलाई भन्दा स्याललाई नै सहज छ । हुन त नेपालीमा भनाई छ ”स्याललाई काल आयाे भने सहर पस्छ” । तर हिजाे आज सहर पसेकाे स्याल मारिएकाे खबर सुन्न पाइदैन । सहरमा स्यालकाे चतुर्याइँ यतिसम्म बढिसकेकाे छ कि उसले मै हुँ भन्ने मानवलाई मित्रताकाे पासाे फालेर रगरगी र चकचकी गरिरहेकाे छ । अवस्था यतिसम्म भै सक्याे कि बाघकाे जुँगा धारण गरी ताउ लगाए भाउ खाने दाउमा रहेकाहरु एकाएक बाघकाे जुँगातिर भन्दा स्यालकै जुँगातिर आकर्षित हुदै स्यालहुइयाँ मै मन्त्रमुग्ध हुदै गइरहेका छन् । आफुमा स्यालहुइयाँ कै बीच जीउने, रमाउने र आनन्दित हुने आदत पारिसकेका छन् । र यसैमा जुँगाकाे ताउ लगाएर भाउ खानमा बहादुरी ठान्दैछन् । यस्ताे परिस्थतिमा यदि साच्चै सक्कली जुँगाकाे भाउ भएकाे बाघ सहर पस्याे भने उसलाई सिकार गर्न त के आफ्नै ज्यान जाेगाउन पनि हम्मेहम्मे पर्छ । अचम्मकाे  कुराे चाँहि के छ भने बाघकाे जुँगा धारण गरी गतिलाे ताउ लगाएर भाउ खाने लालचमा डुबेकाहरु भने घनिष्ठ मित्रवत् सम्बन्ध गाँसिदै गएकाे सिनाे खान र्याल चुहाउने स्यालकाे नभई, आमनेसामने हुँदा माैका छाेपी ज्यानै लिने शत्रुवत् सम्बन्ध कायमै रहेकाे  त्यही सिकारका लागि मानवबस्ती छिर्न खाेज्ने बाघकै संरक्षण र पूजा गर्दै छन्। तर, न त कम्जाेर शक्तिका आधारमा  बेवास्ता गरेर स्यालहुइयाँ मै भुल्ने लत लाग्नु ठिक, न त हिंस्रक शक्तिका आधारमा जुँगाकाे लाेभमा बाघकाे पूजा आराधनामा लाग्नु नै ठिक । यी दुबै मांसहारी जंगली जनावर हुन् । पाल्तु (घर पालुवा) जनावर हैनन् । चाहे मित्रबत् सम्बन्ध हाेस् या सत्रुबत् । चाहे  सिनाे खाओस् या नखाओस् । तसर्थ, सर्बाेकृष्ट चेतनशील प्राणी र मर्दकाे पहिचान बाेकेकाे  आफ्नाे छनखानकाे जुँगा फालेर जुँगामा ताउ लगाएर भाउ खानकै खातिर जनावरकाे जुँगातिर लालाहित हुदा जगत भलाे कदाचित हुदैन। जुँगामा ‘ताउ लगाएर भाउ’ खाने भाेक नै जागेकाे हाे भने आफ्नै जुँगाकाे सिहारसुसार तिर लाग्नु  र जुँगामा ताउ लगाएर प्राप्त उचित भाउ खाएर रमाउनु नै उत्तम हाेला । जनावरसंग प्रकृति अनुसारकै यथाेचित दुरी कायम गरी आवश्यक सम्बन्धमात्र स्थापित गर्नु नै बुद्धिमानी हाेला कि ?

  • सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने  ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

    सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

    न्युयोर्क      

    राष्ट्रपति डोनाल्ड  ट्रम्पले दक्षिण सिमानामा निर्माण गरेको फलामको पर्खाललाई कालो रंग लगाउने आदेश दिएका छन् । ट्रम्पले फलामको पर्खालमा कालो रङ लगाउँदा सुर्यको ताप कालो रङले संचित गर्ने र बिशेष गरी गर्मी याममा तातेको फलाम छोएर पर्खाल चढन गार्हो हुने भन्दै सिमानामा लगाइएको फलामको बारमा कालै रङ लगाउने आदेश दिएका हुन् ।  

    वासिङ्टन पोष्टले प्राप्त गरेको रंग सम्बन्धि सरकारी कन्ट्र्याक पत्रका अनुसार एक्रेलिक रंग लगाउँदा ५० लाख अमेरिकी डलर खर्च हुने यदि पाउडर कोट गरेर प्रिमियम रङ लगाउने हो भने ३ अरब अमेरिकी डलर खर्च हुने अनुमान छ । राष्ट्रपति ट्रम्पले अहिले भर्खरै मन परिवर्तन गरेर बारलाई रंग्याउने चाहना राख्नु भयो अब हामी कन्ट्र्याक बदल्दै छौं, सिमानामा बार लगाउने कामको जिम्मेवारी लिदैं आएका एक सरकारी कर्मचारीको हावाला दिदैं वासिङ्टन पोस्टले लेखेको छ । राष्ट्रपति ट्रम्पले गत महिनाको व्हाईट हाऊस बैठकमा नै सिमानाको बारमा रङ लागाउने निर्देशन दिएका थिए । ट्रम्पले आफ्नो ज्वाँइ जरेद कुस्नरलाई रङ लगाउन लाग्ने खर्च र अन्य प्रकृयाको लागि अगाडि बढ्न भनेका थिए ।  

    ट्रम्पले सिमानाको बारमा रङ लगाउने कुरा भने अहिले मात्र गरेका होईनन् । गत बर्ष मे महिनामा पनि राष्ट्रपति ट्रम्पले दक्षिणी सिमानाका बारमा निक्खर कालो रङ लगाउँदा फलामले धेरै सौर्य किरण सोसेर राख्ने र बार चढेर अमेरिका प्रबेश गर्नेलाई कठीन हुने तर्क राखेका थिए । ट्रम्पले ती पर्खालको चुचोमा फलामको तिखो सुईरो राख्नु पर्ने जस्ले गर्दा पर्खाल नाघ्न खोज्नेहरुको हात काट्ने तर्क पनि पेस गरेको जनाईएको छ ।  

    साउथ डकोटा राज्यस्थित फिशर स्याण्ड एण्ड  ग्राभल नामक कम्पनीले ४० करोड अमेरिकी डलर लागतको एरिजोनाको सिमानामा निर्माण गर्न लागिएको नयाँ पर्खाल निर्माणको ठेक्का पाउने अपेक्षा गरे अनुसार कालो रङको लागि लाग्ने अनुमानित मुल्य समेत माग गरिएको छ । फिशर स्याण्ड एण्ड ग्राभलले ३० फिट आग्लो उक्त बारमा कालो रङ लगाउन अनुमानित ५० लाख अमेरिकी डलरदेखि ३ अरब अमेरिकी डलरसम्म लागत लाग्ने बताएको वासिङ्टन् पोस्टले जनाएको छ ।  

    राष्ट्रपति ट्रम्प पछिल्ला समय सिमानाको पर्खाल गैह्र कानूनी रुपमा अमेरिका प्रवेश गर्नेहरुलाई रोक्न मात्र नभै यो पर्खालले जनस्वास्थ र सुरक्षाको लागि पनि दाबी गर्दै आएका छन् । ट्रम्पले मंगलवार सिमानाको बारको महत्वसँग आफ्नो पनि महत्व दर्साउँदै एक ट्विट गरे “मेक्सिको दु:खका साथ धेरै ठुलो कोरोना महामारीसँग जुधिरहेको छ ।  अहिले क्यालिफोर्नियामा त्यहीबाट आयो ।  म दक्षिण सिमाबाट मान्छे भित्रिन दिन्न । सिमान अहिले धेरै कडा छ र बारहरु लगाउनने काम ब्यापक छ । तिनीहरु सबै भाग्यमानी छन् किनकि म राष्ट्रपति छु” ।

  • कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

    कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

    न्युयोर्क      

    अमेरिकामा महामारी सुरु भए यता दशलाख भन्दा धेरै मानिस कोरोना पोजेटिभ भै सकेका छन् । तर विश्वकै शक्तिशाली सैन्य शक्ती अमेरिकी सेनाले भने कोरोना पोजेटिभ देखिएका र कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकालाई अमेरिकी सेनामा  प्रबेश नदिने प्रस्ताव अगाडि ल्याएको छ । यु एस मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा जारी नयाँ निर्देशिकाका अनुसार अमेरिकी सेनाको लागि नयाँ दरखास्त वाला कोही पनि ब्यक्तीमा कोरोना संक्रमणको पूर्व रेकर्ड भएमा ति ब्यक्ती अमेरिकी सेनाको लागि स्वत: अयोग्य हुने छन् । नयाँ निर्देशिकाले थप प्रष्ट पार्दै भनेको छ; “अमेरिकी सेना प्रबेश अन्तर्गत लिइने स्वास्थ परिक्षण र अन्तर्वार्ताका क्रममा गरिने चिकित्सक परिक्षण वा प्रयोगशाला परिक्षण मार्फत कोभिड -१९ को हिस्ट्री देखिएमा त्यस्ता दरखास्तवाला व्यक्ती स्थाईरुपमा अमेरिकी सेनाका लागि आयोग्य हुने छन्” ।  

    मिलिटरी टाइम्सका अनुसार कोरोना संक्रमण  जस्तै मिल्दो जुल्दो लक्षण भएका अन्य भाइरसबाट हुने सरुवा रोगहरुलाई नयाँ नियमले छुट्याएको छ । कोरोनासँग समानान्तर लक्षण हुने अन्य भाईरस संक्रमण भएका मानिस सेनाका लागि योग्य भए पनि कोरोना संक्रमितलाई भने अमेरिकी सेनामा बार बन्देज लगाइने भएको हो । नयाँ निर्देशिकालाई सेना मुख्यालय पेन्टागनले अन्तरिम निर्देशिकाले भनेको न्युजविकले लेखेको छ ।  मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा कोरोना संक्रमितहरुलाई सेनामा बन्देज लगाउने भनिएको जारी नयाँ निर्देशिका पछि कोभिड संक्रमितलाई सेनामा अयोग्य ठहर्याउनुको कारणको बिषयमा पहिलो पटक समाचार लेखेको मेलिटरी टाईम्सलाई पेन्टागन प्रबक्ता जेसिका मेक्स्वेलले प्रतिकृया दिन अस्विकार गरेको जनाएको छ ।

  • न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

    न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

    न्युयोर्क

    न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ? भन्ने प्रश्न पक्कै उब्जाएको छ ।  

    गत हप्ता न्युयोर्कमा अस्पताल भर्ना भएका एक हजार कोरोनाका बिरामी मध्ये ६६ प्रतिशत बिरामी लामो समयदेखि काममा नगएर घरमा नै बस्दै आएकाहरु छन् भने १८ प्रतिशत नर्सिङ होम (बृद्धा आश्रम) मा बस्दै आएकाहरु छन् । अस्पताल भर्ना हुन पुगेका ती ६६ प्रतिशत बिरामी काममा नगएर घर बसेको तर समय समयमा ग्रोसरी गर्न वा अन्य अत्यावश्यक सामाग्री लिन स्टोर वा अन्यत्र  जाने गरेको पाईएको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले बताएका हुन् । कुमोले बुधाबार नयाँ तथ्यांक सार्वजनिक गर्दै भनें; ती बिरामीहरु जो घर बसेको समयमा पनि संक्रमित हुन पुगे उनीहरु स्वयमको व्यबहारले संक्रमित भएको पाईयो जुन व्यबहारलाई हालको “लक डाउन” ले नियन्त्रण गर्न सक्दैन भन्ने प्रस्ट भयो” ।  

    बुधबार दिउसोसम्म न्युयोर्कमा १९ हजार ८ सय ७७ को मृत्‍यु भै सकेको छ भने ३ लाख २१ हजार संक्रमित भएका छन् । सिंगो अमेरिकामा भने ७२ हजार भन्दा धेरैको मृत्‍यु र १२ लाखमाथि संक्रमित भै सकेको जोन हप्किन्सको तथ्यांकमा जनाइएको छ । पछिल्ला केही दिनको तथ्यांकले न्युयोर्कमा संक्रमित र मृतकको संख्यामा केही गिरावट आएपनि बाँकी अमेरिकामा भने त्यो संख्या उकालो लाग्दै गरेको देखिएको छ । 

    अघिल्लो हप्ता न्युयोर्कमा अस्पताल भर्ना हुने ८० प्रतिशतले मार्चमा जारी गरिएको ‘स्टे होम अर्डर’ देखि कुनै पनि सार्वजनिक सवारी समेत प्रयोग नगरेको देखिएको छ । उपचारको लागि भर्ना भएकाहरु मध्ये ७३ प्रतिशत मानिस ५१ बर्ष माथिको रहेको र त्यो समुह मध्येबाट पनि सिकिस्त बिरामी भने ६१ देखि ७० बर्ष उमेर समुहका रहेको छन् ।अस्पताल भर्ना हुने मध्ये ९६ प्रतिशत बिरामी पहिल्यैदेखि कुनै न कुनै रोगसँग लडि रहेकाहरु भएको बताइएको छ ।  

    गभर्नर कुमोले बुधबार नियमित ब्रिफिङका क्रममा थप चर्चा गर्दै भनें; “लकडाउन गरेको यति लामो समय भै सक्दा पनि किन यति धेरै मानिस संक्रमित भईरहेका छन् ? भनेर न्युयोर्कस्थित अस्प्तालहरुले गत हप्ता गरेको एक सर्बेक्षणबाट मानिसको ब्यक्तिगत व्यबहारबाट नै संक्रमित भै रहेको र अहिलेको स्टे होम अर्डरले पूर्णरुपमा काम नगरेको तथ्य फेला परेको छ” ।  

    • को धेरै संक्रमित ? 

    न्युयोर्क सहरको पाँचै बोरोमा देखिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै २५ प्रतिशत अस्वेत जातीहरु छन् भने दोश्रो नम्बरमा २४ प्रतिशत स्वेत जातीका छन् ।  २० प्रतिशत हिस्प्यानिक अथवा ल्याटिनो छन् ।  नयुयोर्कमा सबैभन्दा कम एसियनहरु ८ प्रतिशत मात्र संक्रमित छन् । बाँकी २२ प्रतिशत मिश्रित जातीहरु छन् ।

    न्युयोर्क राज्य मे १५ तारिख सम्मका लागि बन्द छ ।  मे १५ पछाडि पहिलो नम्बरमा उत्पादन र निर्माण ब्यवसाय सम्बन्धि कामहरु खुल्ने छन् । दोश्रो चरणमा प्रोफेसनल कामहरु खुल्ने छन् भने तेश्रो चरणमा मात्र रेस्टुरेन्ट ब्यवसाय खुल्ने छन् । अन्तिम चरणमा मात्र शैक्षिक र मनोरञ्जनात्मक क्षेत्रहरु खोलिने छन् ।  

    प्रस्तुति : बिजय राम पौडेल

  • नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

    नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

    न्युयोर्क

    जुत्ता उत्पादनको दुनियाँमा शिखरमा रहेको नाम “नाइक” ले कोरोना भाइरसको महामारीमा ३२ हजार ५ सय जोर नयाँ जुत्ता दान दिने भएको छ । अमेरिकाको ओरेगन राज्यस्थित मुख्य कार्यालय रहेको नाईकले अमेरिका र युरोपको स्वास्थ सेवा क्षेत्रको लागि आफ्नो नयाँ उत्पादन “जुम प्लस” दिन लागेको सोमबार जनाएको हो । नाईकले निकट भबिष्यमा “गूड ३६०” नामक गैह्र नाफामुलक संस्था मार्फत अमेरिकामा र युरोपमा स्थानीय संस्थासँग सहकार्य गरेर अर्को १ लाख ४० हजार जोर जुत्ताको साथमा लत्ता कपडा र स्वास्थ सामाग्री बितरण गरिने समेत जनाएको छ । नाईकले सन् २०१९ मा पहिलो पटक “एयर जुम प्लस” जुत्ता स्वास्थकर्मीहरुलाई लक्षित गरी तयार गरेको थियो । कम्पनीले उक्त जुत्तालाई ओरेगनस्थित हेल्थ एण्ड साईन्स युभर्सिटीका कर्मचारी र डोएर्नबिचर चिल्डेर्न हस्पिटलका कर्मचारीहरुलाई जुत्ता लगाउन दिएर परिक्षण गरेको थियो ।

  • मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

    मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

    ओहायो

    ओहायोस्थित एक सभासदले भगवानको अपमान हुने भन्दै मुखमा मास्क लगाउन अस्विकार गरेका छन् । सत्तारुढ दल रिपब्लिकनका सभासद निनो भिटालेले आफ्नो फेसबुकमा लेखेका छन्; “यो देश जुडिओ क्रिस्टियनको सिद्धान्तमा बनेको महान राष्ट्र हो । ती सिद्धान्त मध्ये एक हो हामी सबै भगवानको छायाँबाट बनेका हौं । त्यो छाँया प्राय: हाम्रो अनुहारमा देखिन्छ । त्यसैले म मास्क लगाउँदिन” । मंगलवार भिटालेले आफ्नो फेसबुक क्याम्पेन पेजमा आफ्नो ‘मास्क’ सम्बन्धि धारणामा आधारित भिडियोको आधारमा “न्युज विक” पत्रिकाले लेखेको समाचारलाई समेत पेजमा शेयर गर्दै लेखेका छन्; “कसैले मास्क लगाउँछ भने मलाई भन्नु केही छैन । तर बाध्य गराउने कुरा भने अर्कै हो” । मंगलवारको उनको फेसबुक पोस्टमा उनले मास्कका बारेमा लेखेका छँन् – ‘कसैले पनि अरुलाई मास्क लगाउन रोक्दैन । तर प्रस्ट भन्नु पर्दा मास्क लगाउँदा सबैको स्वतन्त्रताको अन्त्य नाकको टुप्पोमा पुगेर हुन्छ । मास्क लगाउनु पर्छ कि पर्दैन भनेर मलाई कसैले सिकाईरहनु पर्दैन’।  अमेरिकामा कोरोना संक्रमणको आधारमा पन्ध्रौं स्थानमा रहेको राज्य ओहायोमा  हालसम्म ११ सय ३६ को मृत्‍यु भै सकेको छ । ओहायो गभर्नर माईक डिवाईन भने मास्क लगाउनु पर्ने कुरामा वकालत गर्दै आएका छन् । गभर्नर डिवाईन रिपब्लिकन पार्टी समर्थक नै हुन् । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोलले मुख छोपेर हिंड्नु पर्ने बाध्यकारी ब्यबस्था भनेको छ । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत कुनै पनि सार्वजनिक ठाउँहरुमा मास्कमा देखिएका छैनन्  ।

  • टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि  अन्तरिक्ष

    टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

    न्युयोर्क      

    संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ ? भन्ने होडबाजी चलेको छ – विश्वमा ।  चलचित्र निर्माता र निर्देशक बीच नौला नौला ठाउँ देखाएर दर्शकलाई आकर्षित पार्ने होडबाजी बढेको छ । यस्तै होडबाजी बीच चलचित्र निर्माणको सम्बन्धमा नयाँ समाचार सार्वजनिक भएको छ । फिल्म क्षेत्रका चर्चित ब्यक्तित्व टम क्रुज यतिबेला पृथ्वीको कुनै एउटा सुन्दर स्थानमा चलचित्र निर्माण गर्दै छैनन् । उनी चलचित्र छायाँकनको लागि पृथ्वी छाडेर अन्तरिक्षमा जाने तयारीमा छन् ।अभिनेता तथा निर्माता क्रुज फिल्म निर्माणको क्रममा अन्तरिक्ष जाने तयारीमा रहेको नासाले पुष्टि गरेको छ ।  

    अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा फिल्म निर्माणको लागि अन्तरिक्ष एजेन्सीले अभिनेता टम क्रुजसँग काम गरिरहेको नासा प्रमुखले मंगलवार बताएका हुन् । चलचित्र छायाँनकनको लागि अन्तरिक्ष केन्द्रमा रहेको अरबौं डलरको प्रयोगशालामा बसेर अभिनेता क्रुजले पृथ्वीबाट २५० माईल्स माथि घुमेर चलचित्र बनाउने कुरा नासाका प्रबक्ताले सि एन एनलाई बताएको जनाईएको छ । यस अगाडि अन्तरिक्ष केन्द्र वरिपरीको अन्तरिक्षमा सन् २००२ मा म्याक्स डकुमेन्ट्री “स्पेस स्टेसन थ्री डि” र संन २०१२ मा “अपोजी अफ फियर” दुई डकुमेन्ट्रीको छायाँनकन भएको थियो भने बिशेष कथामा आधारित यो चलचित्र भने अन्तरिक्षमा छायाँङ्कन हुने पहिलो कथानक चलचित्र हुने छ ।  

    अन्तरिक्षमा चलचित्र छायाँङ्कनको बिषयमा मे ५ तारिख मंगलवार नासाका प्रशासक जिम ब्रिडेन्स्टिनले ट्विटमा लेखेका छँन् – टम क्रुजसँग काम गर्न नासा उत्साहित भएको छ ।  अहिले हामीलाई त्यस्तो चर्चित संचार माध्यमको आवश्यकता परेको छ जस्ले नासाको महत्वाकाँक्षी योजनालाई साकार बनाउन मद्दत गर्ने नयाँ पुस्ताका ईन्जिनियर र बैज्ञानिकहरुलाई प्रोत्साहन गरोस् ।

  • अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

    अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

    न्युयोर्क

    अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ ।  सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट्  अफ एग्रिकल्चरका अनुसार उक्त किरा वासिङ्टन राज्यका ४ ठाउँमा देखिएको पुष्टी गरेको छ भने डिपार्ट्मेन्ट्का अनुसार गत फल सिजनमा ब्रिटिश कोलम्बियाका दुई ठाउँमा ती पहेंलो अनुहार भएका हर्नेट देखिएका थिए । मान्छे मार्न सक्ने ‘मर्डर हर्नेट’ अमेरिकाका बिभिन्न राज्यमा फैलिन सक्ने अनुमानका साथ अहिले अमेरिकी मिडियामा यो समाचारले स्थान पाएको छ । साधारणतया ती हर्नेटहरु गर्मीयाम सकिने बेलादेखि फल सिजनसम्म निकै खतरनाक हुने गर्दछन् ।

    दुई इन्च लम्बाईको उक्त हर्नेटले टोकेर चिनमा सन् २०१३ मा सयौं मानिस घाईते भएका थिए भने २८ जनाको मृत्‍यु भएको थियो ।

  • कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

    कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

    न्युयोर्क

    विश्व स्वास्थ संगठनले हाल कोरोनो भाइरस बिरुद्ध १०८ वटा सम्भाबित भ्याक्सिनहरु रहेको जनाएको छ । सँगठनले आफ्नो वेब साईटमा प्रकाशित बिज्ञप्ती अनुसार ती १०८ सम्भाबित भ्याक्सिन मध्ये ८ वटा भ्याक्सिनहरुलाई क्लिनिकल ट्रायलको अनुमति दिईसकेको छ भने ती आठ भ्याक्सिन क्लिनल ट्रायलको क्रममा छन् । ति आठ मध्ये अमेरिकास्थित नेशनल ईन्स्टिचुट अफ हेल्थले गत मार्चमा १६ मा पहिलो परिक्षण मानवमा गरेको समेत संगठनले उल्लेख गरेको छ ।

    युनिभर्सिटी अफ टोकियो, टुलाले युभर्सिटी युनिभर्सिटी अफ अल्बर्टा, युनिभर्सिटी अफ पिट्सबर्ग सहित सयवटा समुहले तयार गरेको अन्य भ्याक्सिनहरु क्लिनिकल परिक्षणको पूर्व तयारीमा रहेको समेत विश्व स्वास्थ सँगठनले जनाएको छ । जोन हप्किन्सका अनुसार हालसम्म संसारभर ३६ लाख मानिस कोरोना संक्रमित छन् भने २ लाख ५१ हजारको मृत्‍यु भै सकेको छ । अमेरिकामा भने सुरुमा ६५ हजारसम्म मानिसको मृत्‍यु हुने अनुमान राष्ट्रपति ट्रम्पले गरेका थिए तर गत आईतबार ट्रम्पले ८० देखि ९० हजारसम्म मानिसको मृत्‍यु हुने भन्दै मृतकको संख्या अकस्मात बृद्धी गरे । अमेरिकामा अहिले मृतकको संख्या ७० हजार नाघि सकेको छ ।

  • अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

    अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

    न्युयोर्क

    संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन कि एक पाँच बर्षीय नाबालकले एक्लै गाडी चलाएर क्यालिफोर्निया जाँदै गरेको अनौठो घटनाको  समाचार बाहिरिएको छ । मे ४ तारिख सोमबारका दिन अन्दाजी पौने बाह्र बजे तिर युटाह् राज्यस्थित हाइवे प्रहरीले पाँच बर्षीय नाबालकलाई एक्लै हाइवेमा कुदिरहेको समयमा पुल ओभर (रोक्यो ) गर्‍यो । प्रहरीले गाडी रोक्दा ती नाबालकले हाइवे आई -१५ मा ३० माइल्स प्रति घण्टाको दरमा गाडी कुदाई रहेको युटाह् प्रहरीले आफ्नो ट्विटमा लेखेको छ ।  

    प्रहरीले ती बालकलाई गाडी चलाई रहँदा रोकेको समाचार सँस्था सिएनएनले सार्बजनिक गरेको भिडियोमा प्रहरीले नाबालकलाई कति बर्षको भयौ ? तिम्रो नाम के हो ? भनेर सोधिएको सुनिन्छ । प्रहरीले नाबालकलाई तिमीले कसरी र कहाँ गाडी चलाऊन सिकेको ? भनेर प्रश्न गरेको समेत सुनिएको छ । युटाह् प्रहरीका अनुसार ती नाबालकले आफुलाई लाम्बोर्गिनी गाडी किनेर चढ्न मन लागेको तर आमाले नमाने पछि आफुसँग भएको ३ डलर लिएर क्यालिफोर्नियामा ल्याम्बोर्गिनी गाडी किन्न हिंडेको जवाफ दिएका थिए । अमेरिकामा ल्याम्बोर्गिनी गाडीको सुरुवाती मुल्य २ लाख डलरबाट सुरु हुने गर्दछ ।

    नाबालकले गाडी चलाएका कारण कुनै पनि मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । नाबालकका माता पितालाई त्यसरी नाबालकलाई एक्लै गाडी चलाएर हिड्ने अवस्था सिर्जना गरेको कारण उनीहरु माथि अभियोग लगाउने वा नलागाउने स्थानीय अभियोजकलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।

  • अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ

    अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ

    न्युयोर्क      

    गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना महामारीका क्रममा अमेरिकी समुदायमा संघले खेलेको भूमिका र योजना प्रष्ट पारेको छ । शुक्रबार जुम भिडियो कन्फरेन्स मार्फत एक पत्रकार भेटघाट आयोजना गरी संघले कोभिड -१९ को महामारीमा समुदायलाई सहयोग पुर्याउन बिभिन्न्न पाँच टास्क फोर्सलाई सकृय बनाएको संस्थाले जनाएको छ ।  महामारीको समयमा अमेरिकास्थित समुदायमा सम्भाबित समस्याको पहिचान गरी संस्थाले बिभिन्न क्षेत्रका चिकित्सकहरुको सहभागीतामा “मेडिकल टास्क फोर्स” अमेरिकास्थित कानून ब्यबसायीहरु भएको “इमिग्रेसन एण्ड लिगल टास्क फोर्स” स्टुडेण्ट रेस्पोन्स टास्ख फोर्स, ग्रोसरी एण्ड फाईनान्स टास्क फोर्स तथा अनईम्प्ल्योएमेन्ट टास्क फोर्स लगायतका पाँच प्रकारका टास्क फोर्स  सकृय बनाएको संस्थाका महासचिब पशुपति पाण्डेले जानकारी दिएका थिए । समुदायका हरेक ब्यक्तिले संघले सकृय गराएको पाँच वटै टाक्स फोर्सबाट सेवा प्राप्त गर्न सकिने समेत पत्रकार भेटघाटमा जानकारी दिइयो ।

    संघले हालसम्म कोभिड -१९ का पिडितहरुको सहयोगका लागि २० हजार अमेरिकी डलर गो फण्ड मार्फत संकलन गरेको र ४० हजार डलर एनआरएन मुल कोषबाट कोभिड-१९ को सहयोगका लागि छुट्याएको हुँदा आवश्यक ब्यक्तीहरुलाई कमसेकम १ महिनाका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री उपलब्ध गराईने र हालसम्म झन्डै १८ हजार डलर रकम बराबरको सहयोग गरी सकिएको बताइएको थियो । यद्यपी संस्थाको आर्थिक श्रोत धेरै नभएको र थोरै पैसाले धेरै पुर्‍याउनु पर्ने भएको हुँदा यो अवस्थामा संस्था आर्थिक भन्दा मोटिभेसनल र प्राबिधिक सहयोग उपलब्ध गराएर जनजीवन सजिलो बनाउने कुरामा केन्द्रित रहेको समेत बताईएको छ ।  नेपालको बिमानस्थल समेत बन्द रहेको बिषम परिस्थितीमा संघले पछिल्लो समय अमेरिकाबाट नेपाल जाने चाहनेहरुको नामावली समेत                                                            संकलन गर्दै आएको बिषयमा हालसम्म ५ सय ९८ जनाले उक्त अनुरोध पत्र भरेको जनाएको छ भने नेपाली राजदुतावास र नेपाल सरकारसँगको सहकार्यमा छिट्टै टुंगोमा पुग्ने समेत बताएको छ ।  

    आवश्यक ब्यक्तिले हेल्प डेस्कको हट लाइन – ८४४ ६७६ २८७२ मा संपर्क गर्न सकिने छ ।  

    अध्यक्ष सुनिल शाह बरिष्ठ उपाध्यक्ष अर्जुन बण्जाडे साहितका पदाधिकारी सहभागी पत्रकार भेटघाटमा अमेरिका भर सकृय नेपाली मिडियाका संचारकर्मीको उपस्थिती रहेको थियो ।

  • कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

    कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

    मिचिगन

    अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क प्राबिधिक र कलेज शिक्षा प्रदान गरिने घोषणा गरेकी हुन् । गभर्नर व्हिटमरले राज्यद्वारा घोषित नयाँ कार्यक्रम बारे भनेकी छिन्; “यस्तो बिषम परिस्थितीमा सेवा प्रदान गर्ने जस जस्को कलेज डिग्री छैन उनिहरुले  कलेज शिक्षा निसुल्क प्राप्त गर्ने मौका पाउने छन् भने जस्ले प्राबिधिक शिक्षा सिकेर प्रमाणपत्र लिन चाहेका छन्, उनिहरुले प्राबिधिक शिक्षा निसुल्क पाउने छन् ।  

    गभर्नर व्हिटमरद्वारा घोषणा गरिएको नयाँ कार्यक्रममा अत्यावश्यक सेवाहरु अस्पताल  नर्सिङ होममा कोरोना महामारीको समयमा काम गर्ने कर्मचारी किराना पसलमा काम गर्ने कर्मचारी र पि पि ई उत्पादक  कम्पनीका कामदार लगायत अन्य थुप्रै सेवाका कामदार पर्ने छन् । कार्यक्रमको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी  नै छ ।  

    गभर्नर व्हिटमरका अनुसार यस कार्यक्रमका लागि आवश्यक पर्ने बजेट संघीय सरकारको केयर याक्ट र फेडरल वोर्क फोर्सबाट पूर्ति  गरिने छ । देशमा भएको महामारीको बिषम परिस्थितीमा पनि अग्रपङ्तीमा बसेर बिभिन्न्न अत्याबस्यक सेवा दिन लागि पर्ने कामदारहरुलाई पुरस्कृत गर्ने यस्तो कार्यक्रम अन्य राज्यहरुले पनि ल्याउने कुरामा आफू बिश्वस्त भएको गभर्नर व्हिटमरले बताएकी छिन् ।

  • राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण

    राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण

    काठमाडौं    

    काठमाडौं गोकर्णेश्वर नगरपालिकाको उत्तर पूर्वी गाउँ  सुन्ताखाँनस्थित केही सकृय युवाहरुद्वारा संचालित स्वतन्त्र टोल सुधार  समितिले कोरोना महामारीमा पिडामा परेका ११ सय ३० बिपन्न तथा मजदुरलाई राहत बितरण गरेको छ ।स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा मजदुरलाई बितरण गरिएको टोल सुधार समितीका अध्यक्ष जय राम बिष्टले बताए ।”पछिल्लो समय कतिपय राहत बितरण अब्यवस्थित भएको समाचार आएको हुँदा हामीले बितरणलाई आफ्नो बुद्धी र बिबेकले भ्याएसम्म राम्रो गर्ने कोशीस गरेका छौं” भन्छन् अध्यक्ष बिष्ट ।  बिष्ट भन्छन्; “हाल सालै वडा कार्यालयले नगरपालिकासँग समन्वय गर्दै वडा भित्रका बिपन्न र मजदुरहरुको अभिलेख तयार गरेको थियो ।  त्यही अभिलेखलाई आधार मान्दै ११ सय ३० जनालाई पहिलो चरणको राहत बितरण सम्पन गरेका छौं ।हाम्रो मुख्य चसो भनेको राहत पाउनु नपर्नेले नपावोस र पाउनै पर्ने नछुटोस भन्ने नै हो” ।  

    समितिले प्रति ब्यक्ती १२ किलो चामल, आधा लिटर तेल, १ किलो चिनी, १ किलो दाल, १ प्याकेट नुनको साथमा मास्क र साबुनको थैलो पारेर बितरण गरिएको समितिले बताएको छ ।छोटो समयमा ११ सय ३० जनालाई राहत बितरणको सफलता पछि अध्यक्ष बिष्ट भन्छन् – “अवस्था निक्कै गम्भिर देखियो ।कतिपयको ओत लाग्ने छानो त छ तर पेट भर्ने मानो छैन ।त्यसैले हामीले अहिले सहयोग गरेको राहतले २ छाकको लागि केही राहत त होला तर स्थाई समाधानको लागि भने केही योजना ल्याउनै पर्ने देखिएको छ” ।  गत बर्ष मात्र वडाका करिब दुई सय सकृय युवा सहभागितामा गठित स्वतन्त्र टोल सुधार समिती,साबिक बालुवा गाबिसमा पर्ने हालको वडा नम्बर ३ भित्रका थुप्रै सार्वजनिक बिकृती र बिसँगती बिरुद्ध सकृय संस्था हो ।  

    राहतका लागि सहयोग उपलब्ध गराउनेहरुको सुची यस्तो छ :

    रमेश घोरासैनी – २० बोरा चामल 

    दीपेन्द्र बिष्ट घट्टेखोला -२० बोरा चामल 

    साँङ्ग्रिला किड्स होम – ९ बोरा चिनी 

                                  – ३० बोरा दाल 

                                   – ९ प्याकेट तेल 

    समितीको तर्फबाट       – ३० बोरा चामल  

                                    – १ बोरा चिनी 

                                     – १ लाखको औषधी 

    बि पि कोईराला सङ्रालय सुन्दरिजल – १ हजार मास्क 

                                                     – २ सय साबुन 

    दिपक थापा –                               ३० बोरा चामल  

    के डि शेर्पा आँत्तरखेल                     –  ४१ बोरा चामल   

    हेमराज सिलवाल जोरपाटी              – ३० बोरा चामल  

    हेग्री भैरब बलुवा तथा प्रशोधन केन्द्र –  २०० बोरा चामल   

    राजन कार्की उमेश कार्की बालकृष्ण भण्डारी 

    कुमार र अमरको टिम                    – ७५ बोरा चामल 

                                                     – २० बोरा नुन 

    राजेन्द्र भण्डारी ( वडा अध्यक्ष ) –  २५ बोरा चामल 

    सन्तोष चलिसे ( नगर प्रमुख ) तथा दिपक रिसाल – २० बोरा चामल

  • तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

    तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

    न्युयोर्क

    बिगत ३ हप्तादेखि बेपत्ता भएका उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उन  सार्वजनिक रुपमा देखिएका छन् । २० दिन पछि उन एक फर्टिलाईजर कम्पनीको शुभारम्भ कार्यक्रममा रिबन काट्दै गरेको देखिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ । किम शुक्रबार अकस्मात कार्यक्रममा देखिए पछि सहभागिहरुको भिडले “हुर्रे…” भनेर चिच्याएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । यद्यपी रिबन काट्दै गरेको उनको तस्बिर भने सार्वजनिक हुन नै बाँकी छ । उनले कार्यक्रममा फर्टिलाईजर कम्पनीको उत्पादनले आफू सन्तुष्ट भएको बिचार समेत ब्यक्त गरेका थिए ।  

    उन गत अप्रिल ११ तारिखमा आयोजित वर्कर्स पार्टी पोलिट ब्युरो मिटिङ र अर्को दिन फाईटर जेट निरिक्षणका क्रममा अन्तिम पटक देखिएका थिए । अप्रिल १५ मा पर्ने उत्तर कोरियाका संस्थापक किम सुङ्को जन्मदिवसमा पनि नदेखिए पछि उनको मृत्‍यु  भएको हल्लाहरु संचार माध्यममा फैलिएको थियो ।

  • अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    न्युयोर्क

    अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ । यस अगाडि कोभिड-१९ का बिरामीको उपचारमा चिकित्सकहरु “क्लिनिकल ट्रायल” को रुपमा बिभिन्न औषधी प्रयोग गरी उपचार गर्दै आएका थिए भने अब चिकित्सकहरुले अस्पातलमा उपचारत  कोभिड बिरामीलाई “रेमिडिसिभर” लाई प्रेस्क्रिप्सनमा लेख्न पाउने छन् ।  यसको मतलब अस्पताल भर्ना भएका प्रत्येक बिरामीलाई भने रेमिडिसिभर सिफरिस गर्न पाईने छैन ।  

    यसै हप्ताको सुरुवातमा डक्टर एन्थोनी फुसिले रेमिडिसिभर औषधीको बृहत अध्ययनले कोभिड -१९ का बिरामीलाई छिट्टै निको पार्न सकिने प्रष्ट संकेत देखी सकेको बताएका थिए ।  

    रेमिडिसिभरलाई तात्कालिन अवस्थामा ईबोला उपचारको लागि गिलिएड सायन्सले निर्माण गरे पनि ईबोलाको उपचारको लागि उक्त औषधीको परिणाम सकारात्मक देखिएको थिएन । शुक्रबार बिहान गिलिएडका सिईओ डेनियल वोडेले;  “हामी अब भाईरसको लागि तयार छौं” भनेका छन् । रेमिडिसिभरलाई सुरुमा ईन्ट्राभेनस थेराफी (आई भि) मार्फत सिकिस्त बिरामीलाई प्रयोग गरिने वोडेले बताएका छन्  ।  

    एफडिएले रेमिडिसिभरलाई स्वीकृती दिनु अगाडि शुक्रबार ह्वाईट हाऊसमा राष्ट्रपति ट्रम्प सहित एफडिए कमिस्नर स्टेफन हाङ औषधी निर्माणकर्ता कम्पनी गिलिएड सायन्सका सिईओ डेनियल  वोडे हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजर लगायतको मिटिङ भएको थियो ।