खाँदबारी, संखुवासभा प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीटोलीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षका तोप्चेन भोटेलाई पक्राउ गरेको हो । स्थानीय चेपुवा प्रहरी चेकपोष्टको टोलीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सुन र नगद भेटिएपछि पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट पाँच किलोग्राम सुनसहित नगद… Continue reading ५ किलो सुन समातियो
Author: Vishwanews.com
नेपाली काँग्रेसका सांसद आलम पक्राऊ
काठमाडौं १२ बर्षमा खोलो फर्कियो । आइतबार बिहान १२ वर्ष अघिको बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब अलाम पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट रौतहट २ का प्रतिनिधि सभा सदस्य हुन् । आलक किन पक्राउ परे ? पहिलो संविधानसभा निर्वाचन अघिको धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरणको आरोपित मध्य एक भएको आरोपमा… Continue reading नेपाली काँग्रेसका सांसद आलम पक्राऊ
दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा
२६ असोज, काठमाडौं काठमाडौं दरबारमार्गस्थित क्लब भिक्टोरीमा लागेको आगलागी करिब ३ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । प्रहरी कार्यालय टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पछिल्लो जानकारी गराएको हो । बोगटीका अनुसार “विद्युत् सर्किट् सर्ट भएका कारण आगोलागी शुरु भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।” आइतबार साँझ करिव ६ बजेदेखि शुरु भएको… Continue reading दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा
नेपाली मुलकी युवतीको भारतमा हत्या
२६ असोज, विराटनगर विराटनगर सहरको पञ्चमुखी चोंक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनीको भातरको जोगबनीमा हत्या भएको छ । उनको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिनुले माईतीपक्ष न्यायको लागि ठुलो अन्यौलमा परेका छन् । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा… Continue reading नेपाली मुलकी युवतीको भारतमा हत्या
दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी
२६ असोज, काठमाडौं काठमाडौंको एलिट वर्गहरुको जमघट हुने स्थानको रुपमा परिचय बनाउँदै आएको दरबारमार्गस्थित क्लब भिक्टोरीमा आईतबार साँझ ६ बजेबाट आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्रको जवानहरु तथा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिरहेको छ । यद्यपी आगलागी नियन्त्रणमा लिन नसक्दा आगो झन दन्किदै आसपासको घरहरुमा समेत क्षति पुर्याउने खतरा… Continue reading दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी
राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो
आजभोली अमेरिकाको राजनीति स्पष्ट रुपमा ध्रुविकरण हुँदै गएको छ । यतिबेला राष्ट्रपति ट्रम्प पक्षधर र ट्रम्प बिरोधी दुई धारमा देश कै राजनीति ध्रुविकृत हुँदै गएको अभाष हुन्छ । पछिल्ला समय राजनीतिक अतिबादी राजनीतिको प्रभाब कै कारण बिभिन्न प्रकारका हिंसात्मक घटना समेत बृद्धि हुन थालेका छन् । गत बिहिवार डेमोक्र्याटिक पार्टीको स्पष्ट समर्थन रहेको मिनेसोटा राज्यको… Continue reading राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो
संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?
न्यूयोर्क विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार “न्यू वर्ल्ड वेल्थ” ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको न्युयोर्क शहरलाई संसारकै सबैभन्दा धनी सहरको रुपमा सुचीकृत गरेको छ । साउथ अफ्रिकाको जोहान्सवर्गमा रहेर… Continue reading संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?
नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे
– नरबहादुर बुढाथोकी (पूर्व आपूर्तिमन्त्री) २०४५ सालमा भारतले नाकाबन्दी गर्दा म आपूर्ति मन्त्री थिएँ । त्यो बेला भारतले विभिन्न खाल्का प्रस्तावहरु पठाएर निहुँ खोजिरहेको थियो । एक दिन विहान प्रधानमन्त्री मरिचमान श्रेष्ठज्यूले मलाई आकस्मिकरुपमा बोलाउनु भयो । प्रधानमन्त्रीसहित हामी केही मन्त्री राजालाई भेट्न दरवारमा पुग्यौ । राजा बिरेन्द्रले बोलाउनु भएको रहेछ । हामी दरवारमा खाना… Continue reading नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे
न्यूयोर्कमा भेटिएकी – नोमी
यात्रानुभुती : अच्यूत सिग्देल सिमसिमे पानीले निथ्रूक्क भिजेको थियो न्युयोर्क शहर । वेस्ट फोर स्ट्रिटमा हिप्पीहरू बबमार्ली स्टाईलमा शिववुटी उडाउँदै थिए । केमिकल मिसाएको घॉस र नानाथरीका हुक्का फ्लेवरले मान्छेका कपडापनि हल्का रेयाकुन फ़्लेवर पोखिएको भान हुन्थ्यो । टाउको दुखेर चिटचिट भएको जस्तो लाग्दै थियो । हातमा गितानेस सिग्रेटको बट्टा र डुप्वॉ लाईटर लिएर एक… Continue reading न्यूयोर्कमा भेटिएकी – नोमी
टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी
न्यूयोर्क, शुक्रबार, ११ अक्टोबर, १९ जापानको राजधानी टोकियो र आसपासको क्षेत्रमा आज शुक्रबार शक्तिशाली आँधी “टाईफुन हागिबिस” आउने चेतावनी जापानी मौसम बिभागले गरेको छ । अनुमानित आँधी यो सिजनमा आएको १९औं आँधी हो । यो टाईफुन शक्तिशाली हुने र बिध्वंस मच्चाउने चेतावनी दिएकोले सर्वसाधारनमा छाएको छ । प्रतिघण्टा २०० किमी प्रतिघण्टाको गतिमा जापानको मुख्य भुभाग… Continue reading टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी
अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न
गोविन्द गिरी प्रेरणा / भर्जिनिया अमेरिकाको भर्जिनियामा तेश्रो कलिउड नाईट तामझामका साथ सम्पन्न भएको छ । केसी डान्स सेण्टरको सकृयतामा बिविध साँस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि डिसी मेट्रो क्षेत्रमा रहँदै आएका नविन केसी र लुना श्रेष्ठ यस सेण्टरका दुई खम्वा हुन् । सन् २०१७ मा पहिलो पटक नविन र… Continue reading अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न
न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्
अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् । संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् । क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै… Continue reading न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्
कीर्तिपुरको त्यो एक चोक – तुँचोक
प्रेमकृष्ण श्रेष्ठ “समय जति निष्ठुर के छ र ? मेरो बाल्यकाल खोसेर, बदलामा जवानी दिई म चोकको राजालाई दास बनायो” । धेरै लेखकले विश्व लेख्यो, देश लेख्यो, प्रदेश लेख्यो, अञ्चल, जिल्ला, गाउँ र शहर लेख्यो । विराट कल्पनामा कल्पिन सक्नेले पूरै अमेरिका लेखुन्, रसिया, चीन, जापान वा अरु कुनै देश लेखुन् । तर, यतिबेला मेरो… Continue reading कीर्तिपुरको त्यो एक चोक – तुँचोक
काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं
न्युयोर्क नेपालस्थित अमेरिकी दुतावासले काठमाडौंमा नेपाली हिन्दूहरुको महान चाड बडा दशैं भब्य रुपमा मनाएको छ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अधिकारिक फेसबुकबाट दशैं मनाएको भिडियो तथा केही तस्बिरहरु समेत सार्वजनिक गरेको छ । नेपाली धर्म संस्कृती रिती रिवाज र चाडपर्बलाई नजिकबाट नियाल्दै, सहभागि हुँदै आएको काठमाडौंस्थित अमेरिकी दुताबासको तर्फबाट राजदुत र्याण्डी बेरीले दुताबास… Continue reading काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं
दशैं : चित्त नबुझेको आशिर्वाद
पुरुषोत्तम लम्साल / भर्जिनिया ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे म सानो हुँदादेखि आजसम्मका दशैंमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वाद यही हो । धेरै पछिसम्म मलाई यो आशिर्वादको अर्थ र महत्व थाहा… Continue reading दशैं : चित्त नबुझेको आशिर्वाद
अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न
सुपेन्द्र बस्नेत / रोड आईल्याण्ड नेपालीहरुकाे महान चाड बडा दशैंलाई लक्षित गरी आयाेजना गरिएकाे दशैं कार्यक्रम अमेरिकाकाे राेड आईल्याण्डमा भब्यताका साथ सपन्न भएकाे छ । नेपाली समुदायकाे संस्था नेप्लिज एसाेसिएसन अफ राेड आइल्याण्ड (Nepalese Association of Rhode Island )ले आयाेजना गरेकाे शुभकामना आदान-प्रदान सहितकाे उक्त मनाेरञ्जनात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे हाे । संस्थाले अमेरिकाकाे राेड… Continue reading अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न
अमेरिकामा धुमधामले दशैं मनाइँदै
कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको… Continue reading अमेरिकामा धुमधामले दशैं मनाइँदै
लघुकथा : सजाय
लीलाराज दाहाल / सर्लाही जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले भनी, हुनत म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ… Continue reading लघुकथा : सजाय
परदेशीको दशैं
घनश्याम कडरिया बियोग नपर्खिनु बोकि हातमा अक्षताको थाली आमा आउन पाइन यो दशैंमा रह्यो निधार खाली आमा धान झुल्ला खेतभरी, फुल फुल्ला बारीभरी यसपाली बिदा छैन, आउँछु अर्को पाली आमा पाइन मैले पठाउन, सौदा केही यसैपाली नयाँ नाना नभएनि, लाउनु भाको टाली आमा सम्झि रा‘छु गाऊबेसी, बालसंगी सबैलाई हांसिखुसी रहुन सबै, बगैचाका… Continue reading परदेशीको दशैं
हङकङका धनाढ्यय लि का सिङले आन्दोलन पिडित ब्यवसायलाई १ अरब सहयोग
न्यूयोर्क बिगत ४ महिनादेखि हङ्कङमा चलिरहेको लोकतन्त्र समर्थनको आन्दोलनका कारण ब्यापार ब्यवसायमा क्षति पुगेका ब्यबसायीहरुलाई हङ्कङका एक धनाढ्यले अरबौ हङ्कङ डलर सहयोग गर्ने भएका छन् । हङ्कङकै सबैभन्दा धनी ९१ बर्षीया लिका सिङले ति आन्दोलन पिडित ब्यवसायीहरुलाई १ अर्ब हङ्कङ डलर (१२ करोड ८० लाख अमेरिकी डलर ) सहयोग गर्ने भएका हुन् । गत… Continue reading हङकङका धनाढ्यय लि का सिङले आन्दोलन पिडित ब्यवसायलाई १ अरब सहयोग
अमेरिकामा गोली चल्दा ४ को मृत्यु
अमेरिकाको कन्सासस्थित एक बार भित्र गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन् । कन्सास पुलिस डिपार्टमेण्टका अनुसार जम्मा ९ जना मानिसहरुलाई गोली लागेको थियो । हालसम्म गोली प्रहार गर्ने शंकास्पद कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन् । घटना गत शनिबारोक मध्य रातपछि स्थानीय समय १ बजेर २७ … Continue reading अमेरिकामा गोली चल्दा ४ को मृत्यु
थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान
थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ। काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए । ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट… Continue reading थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान
जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि
न्यूयोर्क सन २०१९ को अन्तिम ३ महिना बाँकी हुँदा यो बर्ष दुई एसियाली देशका राहदानी विश्वभरका देशहरु मध्ये सबैभन्दा शक्तिशालीमा दरिएका छन् । जापान र सिंगापुरको राहदानी भ्रमणका लागि सबैभन्दा सजिलो भएका कारण विश्वमा नै सबैभन्दा शक्तिशाली भएका हुन् । बिगत १५ बर्षदेखि लगातार विश्वभरका देशहरुका राहदानीको अध्ययन गर्दै आएको हेनेली पासपोर्ट इन्डेक्सले भर्खरै… Continue reading जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि
प्रवासी नेपालीको बडादशैं
गीता खत्री / न्यूयोर्क बडादशैं नेपालीहरुको सबैभन्दा लामो र ठूलो राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन विभिन्न देवीहरुको पूजाआराधना गरेर चलिरहन्छ । प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नौरथा भन्ने गरिन्छ । हिन्दुहरुको घरमा घटस्थापनाको दिन नदीबाट शुद्ध पानी र बालुवा ल्याइ जौको जमरा राखेर दशैंको शुरुवात गरिन्छ । नौ दिनमा नौवटा देवीहरुको… Continue reading प्रवासी नेपालीको बडादशैं
हिन्दू समाजमा प्रचलित १६ संस्कार
भीमनारायण श्रेष्ठ / शोणितपुर, काठमाडौं वैदिककालदेखि नै हिन्दू समाज आफ्नै प्रकारको परम्परा, संस्कृति र संस्कारमा हुर्किदै आएको पाइन्छ । कुनै पनि सभ्य वा असभ्य देशका समाजले पनि कुनै न कुनै प्रकारको संस्कार ग्रहण गरेकै हुन्छ । हिन्दू सामाजिक व्यवस्थामा धर्म र संस्कृतिको वास्तविक स्वरूप र त्यसका उद्देश्यहरुको समुचित रूप नै हिन्दू धार्मिक ग्रन्थहरुलाई लिइन्छ । हिन्दू… Continue reading हिन्दू समाजमा प्रचलित १६ संस्कार
लघुकथा : उपहार
आचार्य प्रभा ईशा आमालाई फुर्क्याई रहेकी थिई | “आवर मम् ईज सो लभ्ली एण्ड ग्रेट… थ्यान्क्यु मम्, फर योर ग्रेट गिफ्ट !” हातमा आईफोन खेलाउंदै ईशा खुशीले हर्षबिभोर बनिरहेकी देखेर सँगै पढ्ने साथी निलिमा आफ्नी आमालाई मनमनै धिक्कारी रहेकी थिई | “हाम्री आमालाई त बिजनेस गर्न भन्दा कवयित्री बन्दै ठिक्क छ | आयस्ताको काम केहि… Continue reading लघुकथा : उपहार
कविता : कालो बादल
भीमनारायण श्रेष्ठ / काठमाडौं प्रभातकालीन नियमित घुमफिर चिसो सुनसान वातावरण चिर्दै आफ्नै तालमा अघि बढिरहेको पाईला अचानक रोकिन पुगे घाम झुल्किन लागेको थियो अनायास कालो बादल मडारिन थाले मौसम विपरित हावा चल्न थाले बेमौसमको भूमरिमा रन्भुल्ल परें नील गगनको मध्य भागमा मडारिएको भूमरि कुनाकाप्चामा समेत हानिन थाले असंख्य डाँडाकाडाँ र पहाडमा ठोकी सहर बजारतिर हानिन… Continue reading कविता : कालो बादल
जैविक विविधता संरक्षणमा हाम्रो दायित्व, प्रकृति र मानिस
डील्ली बहादुर रावत / काठमाडौं यो सालको असोज महिनामा बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय स्तरका संरक्षण दिवसहरु परेका छन । यतिखेर संसारभरी सरकारी, गैर सरकारी र व्यक्तिगत रुपमा विभिन्न कार्यक्रमहरु मनाउँदै आइरहेका छन् । यी दिवसहरु मनाउनुको मुख्य उद्देश्य संरक्षणको लागि सचेतना फैलाउने र ब्यवहारमा उतार्न प्रेरणा दिनु हो । असोज महिनामा संरक्षण संम्वन्धि अन्तर्राष्ट्रिय दिवसहरु ५ वटा… Continue reading जैविक विविधता संरक्षणमा हाम्रो दायित्व, प्रकृति र मानिस
महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)
“मिन विश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । पूर्व मन्त्री समेत रहेका विश्वकर्मा कांग्रेसभित्र स्पष्टवक्ताको रुपमा परिचित छन् । उनै विश्वकर्मा अमेरिका आएको समयमा उनीसँग यस अनलाइनका लागि सम्पादक सुरज भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।” कांग्रेसमा फेरि किन हिन्दु राष्ट्रको कुरा उठेको होला, धर्म निरपेक्ष कांग्रेसलाई मन नपरेको हो ? –… Continue reading महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)
लघुकथा : ओईलाउँदै गएका टीकाहरु
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर २०७३ सालको दशैंमा… बाबुले छोरालाई मोवाइलमा हेर्दै उत्साही स्वरमा बोल्यो, ‘कान्छु, जसरी भए पनि यो दशैमा आउनु है ।’ मोवाइलबाट आवाज सुनियो, ‘यसपाली अफिसमा कामको चाप नै बढी छ बा । फेरि दशैं हामी अमेरिकामा पनि धुमधामै मनाउँछौँ नि । बरु हजुरहरुलाई दशैं आनन्दले मनाउन एक लाख पठाइदिन्छु नि बा।’ ‘कुरा… Continue reading लघुकथा : ओईलाउँदै गएका टीकाहरु