Author: Vishwanews.com

  • अमेरिका क्षेत्रबाट कस्ले कति मत पायो ?  “राजन त्रिपाठी, राम सि पोखरेल र उमा कार्की थापा बिजयी”

    अमेरिका क्षेत्रबाट कस्ले कति मत पायो ? “राजन त्रिपाठी, राम सि पोखरेल र उमा कार्की थापा बिजयी”

    गैर आवसीय नेपाली संघको भर्खरै सम्पन्न निर्वाचनमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । जारी मत गणना अन्तर्गत अमेरिका क्षेत्रको मतगणना भने सम्पन्न भएको छ । अमेरिका क्षेत्रको परिणाम यस प्रकार रहेको छ ।

    अध्यक्ष  

    कुमार पन्त  १२० 

    कुल आचार्य १३५ 

    उपाध्यक्ष

    अर्जुन कुमार श्रेष्ठ ५६

    बद्री केसी ११५ 

    धर्म राज अधिकारी ६१ 

    हिक्मत बहादुर थापा ६४ 

    केशव पौडेल १७०

    किरण बिक्रम थापा ३६

    मन के सी ९३

    नरेन्द्र बहादुर भाट ६९ 

    सोनाम लामा १५१

     

    महिला उपाध्यक्ष 

    सपिला राज भण्डारी ८४

    रबिना थापा १६६

     

    महासचिव 

    जानकी गुरुङ्ग ११९

    डा. हेमराज शर्मा १३१

    सचिब 

    अभिमान सिङ्ग बस्नेत ७७

    बिनय अधिकारी २१ 

    दिपक प्रसाद ओली १८

    गौरीराज जोशी १९४

    आर के सर्मा ७४

    सिब कुमार बरवाल १४

    सुस्मा लिम्बु ३५

     

    कोषाध्यक्ष 

    महेश कुमार श्रेष्ठ १७८

    सुदन थापा ७१ 

    सह कोषाध्यक्ष

    गोभिन्द प्रसाद गौतम ८८

    लोक प्रसाद दहाल १४१ 

    महिला संयोजक

    प्रमिला खड्का बस्नेत ५२ 

    भुमा देबि लिम्बु ६५

    सङ्गिता मरहट्टा शर्मा ९१

    जुनु गुरुङ्ग ३४ 

    युवा संयोजक 

    हिमाल गुरुङ् १०४ 

    सुदिप कार्की :- ४४ 

    स्वतन्त्र प्रताप साह :- ९५ 

    क्षेत्रीय संयोजक अमेरिका 

    राजन त्रीपाठी :- १५४ – बिजयी 

    डा. बिनोद प्रसाद साह १०१

    क्षेत्रीय उप संयोजक अमेरिका 

    अभिमन्यु बस्नेत १०२

    राम सि  पोख्रेल १५०- बिजयी 

    क्षेत्रीय महिला उप संयोजक  अमेरिका 

    राधा कुमारी पौड्याल १०६ 

    उमा कार्की थापा १४४ – बिजयी 

    बाँकी सबै क्षेत्रको मत गणना जारी छ ।

  • जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या

    जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या

    न्युयोर्क र न्युजर्सी राज्य बीच आवतजावत गर्ने मुख्य मार्गमा पर्ने अति व्यस्त जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । आज बिहिबार दिउँसो १ बजे नाम नखुलाईएका २१ वर्षीय एक युवाले दुई तल्ले पुलको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या गर्ने ती युवाले न्युजर्सीबाट न्यूयोर्कको म्यानहाटन जाने तर्फबाट पुलको मध्य भागमा पुगेपछि गाडी साईडमा राखेर पुलको माथि चढेर बिशाल हड्सन रिभरमा हामफालेको हो । केही समयपछि पानीमा डुबेको मृत शरीर बाहिर निकालिएको थियो ।

    जर्ज वाशिंटन ब्रिजको माथिल्लो तल्लामा सुरक्षाको लागि किनाराको दुबै तर्फ तारको बार लगाईएको भएपनि ति युवा कसरी खोलामा खसे प्रष्ट नभएको अधिकारीहरुले बताएका छन् । आत्महत्याको कारण बारे मेडिकल एक्जामिनरहरुले अनुसन्धान  गरिरहेको बताएका छन् । 

    श्रोत : न्युयोर्क पोष्ट

  • साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

    साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्‍यु

     साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्‍यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो ।

    दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मृतक तथा घाईतेहरु अन्य अरेबियन तथा एसियन मुलुकबाट गएका पर्यटक भएको साउदी प्रहरीले जनाएको छ । समाचार संस्था एस पि एका अनुसार घाईतेहरुलाई उपचारको लागि एल हम्न अस्पतालमा लगिएको छ भने अधिकारिहरुले दुर्घटनाको छानबिन गरी रहेका छन् ।  

    एजेन्सी

  • बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन

    बक्सिङ् रिङमा नकआउट भएका प्रो. अमेरिकन बक्सरको निधन

    अमेरिकाको सिकागोमा शनिबार प्रो. बक्सर चार्ल्स कोनवेलसँगको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार उपचारको क्रममा निधन भएको छ । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान घाइते बनेका अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको हो ।

    सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए। कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकाली तत्काल एमर्जेन्सीमा अस्पताल लगिएको थियो ।


    घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो। तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो। प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए। गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो। पछिल्लो समय बक्सिङमा ब्यबसायिक खेलाडीहरुको निधनले खेलाडी सुरक्षाको प्रश्न खडा भएको छ। यस विषयम बिश्व बक्सिङ् एसोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ ।

  • अनिश्चित भविष्य

    अनिश्चित भविष्य

    भीमनारायण श्रेष्ठ / काठमाडौं 

     

    जतिसुकै उनले थिचोमिचो अनि

    अन्याय अत्याचार गरे पनि

    मैले आदर सत्कार गरी

    जहाँ जतिबेला भेट्दा पनि

    दुई हात जोडी नमस्कार गर्दै हिँड्थें म

     

    अझ

    उनका साथमा लाग्ने

    अगुवा पछुवाहरूलाई पनि

    नमस्कार गर्न भ्याउँथे म

    उनीहरूले नमस्कार फर्काओस् वा नफर्काओस्

    मतलव राख्दिन म

    नमस्कार गर्न पाएकोमा

    खुशीले गद्गद् हुँदै

    रमाउँदै टाउको हल्लाउँदै

    अघि बढ्थें म

     

    किनकी,

    मेरो छ एउटा सदिच्छा

    मेरा पूर्खाको सपना पूरा गर्ने

    सुन्दर मनमोहक बगैंचा बसाल्ने

    जसमा सयौं जातका रङ्गीचङ्गी

    करौडौं फूलहरू अट्ने

    छ वटै ऋतुमा ढकमक्क फुल्ने

    ताल तलैयाको कमी नहुने

    राजहाँस र रङ्गीविरङ्गी पुतली खेल्ने

    चिरविर चिरविर चराचुरुङ्गी रमाउने

    कोइली मधुर स्वरमा कुहुकुहु गाउने

    झरझर झरनाको शीतल ताप्ने

    एउटा सुन्दर बाग बर्गैचा बनाउने

    मेरा पुर्खाको सपना साकार पार्ने

     

    मेरा सामु

    त्यही सपना साकार पार्न

    कम्मर कसी उभिएका तिनलाई

    मेरो बलबुत्ताले भ्याएसम्म

    भुईं नै भास्सिने गरी थामी

    पैताला देखिको बल खिँची

    मेरै काँधमा चढाई उकासेका तिनी

    मेरै सामुन्ने तिनको छायाँमा पनि

    म आफैमा कति गर्व गर्थे

    मनमनै गौरवान्वित हुन्थें

    खुशीले गद्गद् हुँदै

    दुई हात जोडी नमस्कार गर्थें

     

    अनि,

    “हजूर कता सवारी ?

    आराम हुनुहुन्छ ?” भनी सवाल गर्थें

    किनभने,

    मेरा पूर्खाको सपना साकार पार्ने

    आधारशीला भेट्टाएकोमा

    अझ उनले

    कालोलाई सेतो

    सेतोलाई कालो पार्न सक्ने

    चाहेमा दिनलाई रात

    रातलाई पनि दिनमा

    परिवर्तन गर्न सक्ने

    सर्वाधिकार छ तिनमा

     

    त्यसैले

    कोही कोही त वाध्यतावस पनि

    नमस्कार गर्न पुग्थे

    नमस्कार गर्ने बानी परेको मलाई

    नमस्कार गर्दा गर्दै

    बाटामा कुकुर, सुँगुर, गधा भेटिए पनि

    नमस्कार गर्दै हिँड्थे म

    आजभोली त मलाई

    त्यही नमस्कारले पोल्छ, पिरोल्छ

    कहिले काँही त

    आफै माथि पनि रिस उठ्छ

    म आफैलाई धिक्कार्छु

    जानी नजानी मैले

    नमस्कार गर्ने बानी बसालेकोमा

    तिनलाई सर्वोपरी ठान्ने गल्ती गरेकोमा

    किनभने

    तिनी त

    आफूलाई सर्वोत्कृष्ट ठानी

    सर्वाधिकार मुठ्ठीमा राखी

    आफ्नो स्वार्थमा तल्लिन रहे

    त्यसैले अहिले

    उनलाई नमस्कार गर्नु सट्टा

    बाटामा भेटिने गधा कुकुरलाई

    नमस्कार गर्नु नै बेस ठान्छु

    किनकी

    तिनले मालिकको सेवा त गरेका छन्

     

    यिनले त

    मेरा पूर्खाको सपना साकार पार्छु भनी

    सुन्दर भविष्यको रेखा कोर्न गएका

    भविष्य त कता हो कता

    वर्तमान नै लठालिङ्ग भताभुङ्ग पार्दै

    साराका सारा  चलन प्रचलन

    बालापनको खेल झैं सम्झी

    मख्ख पर्ने यी रक्त पिपाशूले

    भविष्य हाम्रा सुनिश्चित पार्ला कसरी

    पूर्खाको सपना साकार पार्ला कसरी

     

    त्यसैले

    आजभोली त मलाई

    तिनको अनुहार देख्दैमा पनि

    उदेक लाग्दै घिनलाग्छ

    बहुला कुकुर आफूलाई ताक्दै

    अघि बढी रहे जस्तो लाग्छ

    लाग्छ अहिले त मलाई

    बहुला कुकुरलाई झैं

    टाढैबाट ढुङ्गाले हानी

    लखेटी लखेटीकन सीमा

    कटाई दिउँ झैं लाग्छ

    हजूर…

    नमस्कार ॥

  • एनआरएनएको निर्वाचन स्थगित

    एनआरएनएको निर्वाचन स्थगित

    काठमाडौं

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि आज बुधबार हुने भनिएको मतदान भोलि विहान १० बजेसम्मका लागि स्थगित भएको छ ।

    मतदाताहरुले लामो समय प्रतिक्षा गरिसकेपछि यस्तो निर्णय आउँदा ठुलो होहल्ला मच्चिएको थियो । गुटबन्दी र मिलेमतोको भद्दा वातावरण देखिएको पर्यवेक्षकको दाबी छ ।

    मतदानको लागि तयार पारिएको मेसिनमा समस्या देखिएपछि मतदान बिहीबार विहानसम्मका लागि स्थगित गरिएको हो।

    यस निर्वाचनमा एनआरएनएको अध्यक्षमा संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् । दुबै पक्ष बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

  • न्यूयोर्कमा उत्प्रेरणात्मक कार्यक्रम हुने

    न्यूयोर्कमा उत्प्रेरणात्मक कार्यक्रम हुने

    छिरिङ् योञ्जन, न्यूयोर्क 

    न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित एल्महर्ष्ट हस्पिटलको अडिटोरियम हलमा एक दिने उत्प्रेरणावाणी कार्यक्रम हुने भएको छ । “Motivational Speech – 2019” नाम दिईएको उक्त कार्यक्रम नेपाली समुदायलाई लक्षित गरी भ्वाईस् फर युथले सञ्चालन गर्न लागेको हो । 

    आगामी शनिवार १९ तारिखमा अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा कोलम्विया विश्वविद्यालयका प्राध्यापक डा. तारा निरौला, इन्जिनिर निज्वल लम्साल र युवा गायक तथा जेपी मोर्गन चेज एण्ड कम्पनीमा कार्यरत सज्जन राज बैध लगायतका सफल व्यक्तित्वहरु वक्ताका रुपमा रहने छन् । 

    जीवन उपयोगी सफलताका अनुभव तथा दैनिक जीवनमा हौसला मिल्ने खालका ज्ञानगुणका उपदेश एवम् कथनहरु सबैका लागि उपयोगी हुने आयोजकको दाबी छ । उहाँहरुको जीवन कथा र सल्लाह सुझावबाट जीवनमा उत्प्रेरणा, हौसला मिल्नुका साथै सकरात्मक सोचको विकास हुनेछ, आयोजकको थप दाबी छ । साथै, कार्यक्रममा प्राध्यापक शर्मिला शाक्य र मिस नेपाल उत्तर अमेरिका श्रीया गजुरेल अतिथी बक्ता हुनेछन् । 

    प्रवेश निःशुल्क निशुल्क राखिएको कार्यक्रममा नेपाली तथा आंसिक अंग्रेजी भाषामा प्रश्नोत्तर ईत्यादी कार्यक्रम समेत हुने जानकारी गराईएको छ ।

  • ५ किलो सुन समातियो

    ५ किलो सुन समातियो

    खाँदबारी, संखुवासभा

    प्रहरीले संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एक युवकलाई पक्राउ गरेको छ।

    प्रहरीटोलीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षका तोप्चेन भोटेलाई पक्राउ गरेको हो ।

    स्थानीय चेपुवा प्रहरी चेकपोष्टको टोलीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सुन र नगद भेटिएपछि पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट पाँच किलोग्राम सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद गरेको जनाएको छ। उनी पक्राउ परेकाे स्थान भोटेखोला –२ लिङ्गम सदरमुकाम खाँदबारीबाट तीन दिनको पैदल दूरीमा पर्छ।

    पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउदै ल्याइएको छ। बरामद भएको सुन चीन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर लामाले बताएका छन् । उनलाई सदरमुकाम ल्याइएपछि थप अनुसन्धान गरिने प्रहरी स्रोतले जानकारी दिएको छ।

  • नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

    नेपाली काँग्रेसका सांसद आलम पक्राऊ

    काठमाडौं

    १२ बर्षमा खोलो फर्कियो । आइतबार बिहान १२ वर्ष अघिको बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब अलाम पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट रौतहट २ का प्रतिनिधि सभा सदस्य हुन् ।

    आलक किन पक्राउ परे ?

    पहिलो संविधानसभा निर्वाचन अघिको धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरणको आरोपित मध्य एक भएको आरोपमा उनी पक्राउ परेका हुन् ।प्रहरीको अनुसन्धान फाइल थन्किएको अवस्थामा थियो । अभियोजनकर्ता निकायले प्रहरी प्रतिवेदन थन्क्याएको थियो ।

    घटना यस्तो थियो ।

    २०६४ चैत्र २७ गते भएको बमकाण्डको घटना धेरैले बिर्सिसकेको छ । रौतहटको तत्कालीन राजपुरफरहदवास्थित शेख सदिकको छोरा मोहम्मद अफताब आलमको काकाको घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो । उक्त घटना नियोजित रहेको परिवारको दाबी भने कायमै थियो ।

    परिवारको दाबी थियो कि बुथ कब्जाका लागि बम विस्फोट गराई तर्साउने योजना अनुसार बम बीचमै पड्किएको थियो । घाइते भएका सिंह र अख्तरलाई घटना चुहिने डरले इँटा भट्टामा जलाएर हत्या गरिएको थियो ।

    उक्त घटनापछि पीडित परिवारले प्रहरीमा जाहेरी दियो। तर, दर्ता भएन । जाहेरी दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पेस भयो। जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पार्‍यो । प्रतिवेदन सरकारी वकिललाई बुझाईयो । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन प्रमाण नपुगेको निर्णय गर्‍यो। जिल्लाको निर्णय तत्कालीन पुनरावेदन सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयले २०६५ असारमा सदर गर्‍यो ।

    सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेपछि पीडित परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले ०६९ सालमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्दै घटना अनुसन्धानका लागि आदेश गरेको थियो । आदेश पाएको सात वर्ष बितिसक्दा पनि प्रहरीले सांसद आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न हिम्मत गरेको थिएन।

    तर गत असार ६ गते सर्वोच्च अदालतले एउटा आदेश जारी गर्‍यो। जुन आदेशले प्रहरीमा तरङ्ग पैदा गरिदियो। अदालतले ३० दिनभित्र घटना अनुसन्धानबारे जानकारी गराउन आदेश दिएको थियो। साथै मासिक रूपमा प्रगति विवरण माग गरेको थियो। उक्त आदेशमा अदालतले अपहेलनामा कारबाहीको चेतावनी पनि दियो। आदेशपछि प्रहरीले अनुसन्धान अघि नबढाई सुखै पाएन।

    प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले अदालतको आदेश अनुसार नै अलामलाई पक्राउ गरिएको बताए । कार्कीले भने ‘अदालतको आदेश अनुसार हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।’

    पूर्वमन्त्री समेत रहेका आलम प्रहरीले खोजी सूचीमा थिए। २०६४ चैत २७ गते राजपुरमा भएको विस्फोटमा २३ जनाको ज्यान गएको थियो। तर, घटनाको लामो समयसम्म राजनीतिक शक्तिको आडमा अलाम अनुसन्धानको दायरामा आएका थिएनन् ।

    आलमको पक्राउ पछि धेरैले ढिलै भएपनि राज्यले न्यायको बाटो समातेको प्रतिकृया गरेका छन् भने कतिले अब राजनीति कारण दिएर दबाईएका पुरानो अपराधिक मुद्दाहरु पनि पुनराबृत्ति हुने बताएका छन् ।

  • दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा

    दरबारमार्गको आगलागी ३ घण्टापछि नियन्त्रणमा

    २६ असोज, काठमाडौं

    काठमाडौं दरबारमार्गस्थित क्लब भिक्टोरीमा लागेको आगलागी करिब ३ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

    प्रहरी कार्यालय टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पछिल्लो जानकारी गराएको हो । बोगटीका अनुसार “विद्युत् सर्किट् सर्ट भएका कारण आगोलागी शुरु भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।”

    आइतबार साँझ करिव ६ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । जेनेरेटरसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो ।

    आगलागी निक्कै भिषण भएकोले क्लब भिक्टोरीपूर्ण रुपमा जलेको छ भने अग्नी नियन्त्रणका लागि खटिएका एक फायरफाइटर घाइते भएका छन् । उनको परिचय खुलिहकेको छैन । उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ ।

  • नेपाली मुलकी युवतीको भारतमा हत्या

    नेपाली मुलकी युवतीको भारतमा हत्या

    २६ असोज, विराटनगर

    विराटनगर सहरको पञ्चमुखी चोंक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनीको भातरको जोगबनीमा हत्या भएको छ ।

    उनको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिनुले माईतीपक्ष न्यायको लागि ठुलो अन्यौलमा परेका छन् ।

    स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग गत वर्ष विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाकोे शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो ।

    आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो ।

    स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो ।

    केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए । सहनीका अनुसार खोलामा युवतीको शव भेटिदा हातखुट्टा बाँधेको अवस्थामा थियो । बिहिबार वा शुक्रबार हत्या गरी खोलामा फालेको शव आइतबार बिहान शौच गर्न जानेहरुले देखेको उनले बताए ।

  • दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी

    दरबारमार्गको क्लब भिक्टोरीमा आगलागी

    २६ असोज, काठमाडौं 

    काठमाडौंको एलिट वर्गहरुको जमघट हुने स्थानको रुपमा परिचय बनाउँदै आएको दरबारमार्गस्थित क्लब भिक्टोरीमा आईतबार साँझ ६ बजेबाट आगलागी भएको छ ।

    आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्रको जवानहरु तथा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिरहेको छ । यद्यपी आगलागी नियन्त्रणमा लिन नसक्दा आगो झन दन्किदै आसपासको घरहरुमा समेत क्षति पुर्याउने खतरा बढिरहेको छ ।

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार “आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन “। 

    उपत्यकामा दमकलको अभाव सधै महसुस गरिएपनि आपत बिपत नपर्दासम्म सम्वन्धित पक्षलाई चटारो नपर्ने अवस्था अहिले पनि देखिएको छ । ४ मिलियन जनसँख्या भएको शहरको लागि औंलामा गन्न सकिने दमकल असाध्यै कम हो ।

  • राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट  पिसाब समेत फ्याकियो

    राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो

    आजभोली अमेरिकाको राजनीति स्पष्ट रुपमा  ध्रुविकरण हुँदै गएको छ । यतिबेला राष्ट्रपति ट्रम्प पक्षधर र ट्रम्प बिरोधी दुई  धारमा देश कै राजनीति ध्रुविकृत हुँदै गएको अभाष हुन्छ । पछिल्ला समय राजनीतिक अतिबादी राजनीतिको प्रभाब कै कारण बिभिन्न प्रकारका हिंसात्मक घटना समेत बृद्धि हुन थालेका छन् । गत बिहिवार डेमोक्र्याटिक पार्टीको स्पष्ट समर्थन रहेको मिनेसोटा राज्यको मिनियापोलिस शहरमा राष्ट्रपति ट्रम्पले आयोजना गरेको एक चुनाबी सभामा हिँसात्मक घटना घटेको छ । बिहिवार मिनियापोलिसस्थित राष्ट्रपति ट्रम्पको प्रचारसभा राखिएको टार्गेट सेन्टर बाहिर दिउँसोदेखि नै बिभिन्न आप्रबासी महिला र युद्ध बिरोधी समुहहरु हस्तलिखित प्ले कार्ड बोकेर ट्रम्प बिरोधि नारा लगाउँदै बिरोधमा बसी रहेका थिए ।

    ट्रम्प पक्षधरहरु सभा क्षेत्रमा प्रबेश गर्दै गर्दा शुरु भएको बिरोध रात पर्दै जाँदा बढ्दै गएको थियो । राष्ट्रपति ट्रम्पले चुनाब प्रचारमा प्रयोग गर्दै आएको “मेक अमेरिका ग्रेट एगेन” लेखिएको रातो क्याप सडकमा थुप्रो बनाएर भिडले आगो लगाएको  थियो । ठुलो संख्यामा रहेको ट्रम्प बिरोधिहरुको भिडमा उत्तेजना बढदै जाँदा प्रहरीलाई “पिग ( सुङुर )” भन्दै पिसाब समेत फ्याकिएको थियो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यासको समेत प्रयोग गरेको थियो । प्रहरीले सम्भाबित भिडन्तलाई मध्य नजर गर्दै सडकमा प्रहरीको लाईन बनाएर पक्ष र बिपक्ष बिच भिडन्त हुन नदिएको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

    राष्ट्रपति ट्रम्पको निसानामा पर्दै आएकी मिनियासोटाकी प्रतिनिधि ईलान अोमार कै गृह राज्यमा  उनी प्रति नै गालीको बर्षा गर्दै सोमिली जनताको ठुलो हिस्सा भएको राज्यमा सोमालियाबाट आएर शरणार्थीको रुपमा बसोबास गर्दै आएका सोमालीहरु राष्ट्रपति ट्रम्पको निसानामा परेका थिए । ट्रम्पले गत बिहिवार उनको सभामा घटेको हिँसात्मक घटनाको समाचार आफ्नो फेसबुक र ट्विटर पेजमा शेयर समेत गरेका छन् ।                                               

    बिपक्षी दल डेमोक्र्याटिकको बाहुल्यता रहेको तल्लो सदन (हाऊस अफ रिप्रिजेन्टेटिभ) ले युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन बार्ताको बिषयलाई लिएर महाअभियोग लगाउने प्रकृया चलाए पछि राष्ट्रपति ट्रम्प हरेक बक्तब्य र सामाजिक संजालमा थप आक्रमक देखिन थालेका छन् । 

    श्रोत : युएसए टुडे न्युज

  • संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

    संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

    न्यूयोर्क   

    विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार “न्यू वर्ल्ड वेल्थ” ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको न्युयोर्क शहरलाई संसारकै सबैभन्दा धनी सहरको रुपमा सुचीकृत गरेको छ । साउथ अफ्रिकाको जोहान्सवर्गमा रहेर ग्लोबल मार्केट रिसर्च ग्रुपको रुपमा काम गर्दै आएको न्यु वर्ल्ड वेल्थले गत बिहीवार सार्वजनिक गरेको सर्वाधिक सम्पन्न सहरको सुचीको पहिलो नम्बरमा परेको न्युयोर्क सहरको खुद सम्पत्ती ३ खर्ब अमेरिकी डलर रहेको छ ।

     “बिग एप्पल” को नामले चिनिने गगनचुम्बी स्काईस्क्रेपरको सहर न्युयोर्कमा यो संसारका ६५ जना खर्बपति बसोबास गर्दछन् भने ३ लाख ८० हजार भन्दा धेरै जना करोडपतीहरुको बसोबास पनि यसै सहरमा छ । विश्व कै सबैभन्दा ठुला न्यूयोर्क स्टक एक्स्चेन्ज र नाजदाक दुई वटा स्टक एक्सचेन्ज न्यूयोर्कमा नै छन् । रिपोर्टका अनुसार जापानको टोकियोले खुद सम्पत्ती २ खर्ब ५० अर्ब सहित संसारकै दोश्रो धनी सहर बन्ने सौभाग्य प्राप्त गरेको छ ।

    टोकियोलाई पछ्याउँदै अर्का दुई चर्चित सहरहरु बेलायतको लन्डन र अमेरिका कै सानफ्रेन्सिस्को तेश्रो धनी शहर दरिएका छन् । तेश्रो स्थानमा सुचीकृत यी दुई शहरको खुद सम्पत्ति २ खर्ब ४० अर्ब रहेको छ ।  चाईनाको राजाधानी बेईजिङ् २ खर्ब १० अर्ब सम्पत्ति सहित पाँचौ नम्बरमा परेको छ भने अर्को आर्थिक केन्द्र सांघाई १ खर्ब ९० अर्ब सम्पत्ति सहित छैठौं भएको छ ।  १ खर्ब २० अर्ब सम्पत्ति सहित हङ्कङ आठौं धनी सहर भएको छ । भारतको मुम्बई शहर ९ सय ६० अरब सम्पत्ति सहित १२ औं स्थानमा परेको छ  । त्यस्तै भारत कै अर्को सहर दिल्ली २२ औं स्थानमा परेको छ ।  

    अमेरिका कै अन्य सहरहरु लसएन्जलस, शिकागो, ह्युस्टन २० धनी शहर भित्र परेका छन् । सन् २०१९ को लागि धनी सहरहरुको सुचीकृत गर्दा सम्बन्धित सहरमा बसोबास गर्नेहरुको ब्यक्तिगत नगद सम्पत्ति इक्युटी र सम्पूर्ण दायित्व घटाईएको ब्यापारबाट प्राप्त ब्याजलाई आधार मानिएको जनाईएको छ ।  

    एजेन्सी

  • नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे

    नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे

    – नरबहादुर बुढाथोकी (पूर्व आपूर्तिमन्त्री)

    २०४५ सालमा भारतले नाकाबन्दी गर्दा म आपूर्ति मन्त्री थिएँ । त्यो बेला भारतले विभिन्न खाल्का प्रस्तावहरु पठाएर निहुँ खोजिरहेको थियो । एक दिन विहान प्रधानमन्त्री मरिचमान श्रेष्ठज्यूले मलाई आकस्मिकरुपमा बोलाउनु भयो । प्रधानमन्त्रीसहित हामी केही मन्त्री राजालाई भेट्न दरवारमा पुग्यौ । राजा बिरेन्द्रले बोलाउनु भएको रहेछ ।

    हामी दरवारमा खाना खाँदै थियो । त्यही बेला राजाले भन्नुभयो भारतले निहुँ खोजिरहेको छ । पारवहान सन्धीको म्याद थप्छ जस्तो मलाई लाग्दैन, नाकाबन्दी हुनसक्छ तपाईहरुको तयारी के छ ?

    त्यसपछि म ५ जना कर्मचारी लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेँ । सवै इन्धनका डिपोहरु चेक गरेँ । त्यो बेलासम्म भारतले नाकाबन्दी गरिसकेको थिएन । इन्धन आइरहेको थियो । मैले सवै ठाउँका डिपोमा इन्धन भर्न आग्रह गरेँ । धेरै नेपाली ब्यापारीलाई तत्काल इन्धन ल्याउन र संचित गर्न आग्रह पनि गरेँ । जसले इन्धन बिक्रिबितरण गर्दैन्थे तिनि ब्यापारीहरुलाई पनि इन्धन संचित गर्न आग्रह गरेँ । १० दिनभित्रमा हामीसँग धेरै इन्धन जम्मा भयो । तर इन्धन राख्ने डिपोहरु ठुला भएनन् ।

    त्यसको केही दिनपछि भारतले नाकाबन्दी गरयो । ७ दिनभित्र हामीलाई घुडाँ टेकाउने उसको सपना पुरा भएन । त्यो बेला प्रधानमन्त्री मरिचमान धेरै सक्रिय हुनुहन्थ्यो । हामीले प्रत्येक इन्धनका डिपोमा सरकारी कर्मचारी चेकिडका लागि पठायौ । कालोवजारी हुनसक्ने आशंकाले कर्मचारी पठाएका थियौ ।

    नाकाबन्दीको समय ४५ दिन पुग्यो । डेढ महिनासम्म कुनै पनि बस्तु भारतबाट भित्रिएन । त्यसपछि हामीले संयुक्त राष्टसंघलाई गुहार्याै । अन्य छिमेकी मुलुकलाई गुहार माग्दै नाकाबन्दीको मुद्दालाई अन्तराष्टियकरण गरयौ । अन्तः भारतले तेस्रो मुलुकबाट सामान ल्याउन दिन सहमत त भयो तर पनि विभिन्न सास्तीहरु दिन छोडेन । भारतको बाटो भएर बंगलादेशबाट इन्धन लगाएतका सामानहरु ल्याउँदा निकै सास्ती भयो ।

    त्यसपछि हामीले विश्व वैंकसँग कुरा राख्यौ । उसले ४५ बर्षमा तिर्ने गरी १ प्रतिसत ब्याजमा ऋण दिन सहमत भयो । हामीले थानकोट र चारखालमा इन्धन डिपो निर्माण गर्ने योजना बनाऔै । त्यसको जिम्मा नेपाली सेनालाई दियौँ ।

    सधै तेस्रो मुलुकबाट इन्धन लगाएतका सामानहरु ल्याउन नसकिने निस्कर्षमा पुगेपछि चीनसँग सहकार्य बढाऔ । चीनले दिर्घकालिन प्रस्ताव माग्यो । उसले सधै हामीबाट ५० प्रतिसत इन्धन लिने हो भने हामी दिन तयार छौ भन्ने जवाफ पठायो । हामीले सधै ५० प्रतिसत लिन्छौ भन्ने जवाफ पठायौ । त्यसपछि उसले चारखाल र थानकोटका डिपो तयार नुहँदै हामी पाइप ल्याइदिन्छौ भन्ने जवाफ आयो ।

    हामी सम्झौताको तयारी गर्दै थियौँ । त्यो कुरा भारतले थाहा पाएछ । भारतका तत्कालिन प्रधानमन्त्री राजीव गान्धीले राजा विरेन्द्रसँग सम्पर्क गर्न खोजेछन् । तर राजाको सुर्खेतमा सवारी भएको थियो । राजीव गान्धीले एक सातासम्म सम्पर्क गर्न खोज्दा पनि राजासँग सम्पर्क भएन ।

    त्यसपछि भारतले हामी इन्धन दिन्छौ, अन्य मुलुकको विकल्प नखोज भन्दै प्रस्ताव पठायो । तर हामीले तिमीहरुसँग ५० प्रतिसत लिन्छौ र अर्काे मुलुकबाट ५० प्रतिसत लिन्छौ भन्ने जवाफ पठाऔ । त्यसबाट भारत सन्तुष्ट भएन । उसले चीनसँग सम्झौता नगर हामी कलकत्ताबाट रक्सौलसम्म पाइप लाइन बनाइदिन्छौ भन्ने प्रस्ताव पठायो । हामीले मानेनौ । चीनसँग सम्झौताको तयारी प्रधानमन्त्री मरिचमानले अघि बढाइरहनु भयो ।

    भारतले त्यसपछि कांग्रेसको साहारामा चन्द्र शेखरलाई नेपालमा पठायो । राजनीतिक परिवर्तनको खेल सुरु भयो । आन्दोलनले चर्काे रुप लियो । हाम्रो ध्यान चीनसँग सम्झौता गर्नुभन्दा आन्दोलनतिर बढि गयो । अन्तः चीनसँग सम्झौता नहुँदै हामी सरकारबाट बाहिरियौँ । आन्दोलनपछि प्रजातन्त्र आयो । प्रजातन्त्र आउनु त ठिकै हो तर तीन महिना मात्र पञ्चायत टिकेको भए चीनसँग सम्झौता भइसक्थ्यो । अहिले फेरी यो समस्या भोग्नु पर्ने थिएन ।

    प्रजातन्त्र आएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले चीनसँगको सम्बन्धलाई पूर्णरुपमा तोड्यो । चीन पनि पछि हट्यो । भट्टराईले सार्वजनिक भाषण गर्दै भारत माताको जय जय भने । फेरी नाका खुल्यो । भारतबाट इन्धन लगाएका खाद्यय बस्तु आउन थाले ।

    अहिले अर्काे मौका आएको छ । हामी भारतको मात्र भर पर्नु हुँदैन । चीनसँग सम्झौता गर्नु आवश्यक छ । तर चीनले अहिले ७५ प्रतिसत इन्धन किन्नु पर्ने सर्त राखेको कुरा सुनेको छु । त्यो भन्दा ५० प्रतिसत चीन र ५० प्रतिसत भारत लगाएत अन्य मुलुकबाट ल्याउने गरी सम्झौता गर्नु पर्दछ

  • न्यूयोर्कमा भेटिएकी – नोमी

    न्यूयोर्कमा भेटिएकी – नोमी

    यात्रानुभुती : अच्यूत सिग्देल

    सिमसिमे पानीले निथ्रूक्क भिजेको थियो न्युयोर्क शहर । वेस्ट फोर स्ट्रिटमा हिप्पीहरू बबमार्ली स्टाईलमा शिववुटी उडाउँदै थिए । केमिकल मिसाएको घॉस र नानाथरीका हुक्का फ्लेवरले मान्छेका कपडापनि हल्का रेयाकुन फ़्लेवर पोखिएको भान हुन्थ्यो । टाउको दुखेर चिटचिट भएको जस्तो लाग्दै थियो । 

    हातमा गितानेस सिग्रेटको बट्टा र डुप्वॉ लाईटर लिएर एक सुन्दर युवती आईन । पहेला दाँत र मैला लुगा तर विन्दास शैली ।  उनको हुलियाले उनी फ्रेन्च भएको अनुमान लगाउन गार्हो भएन । उनले नोमी भनिन् मैले जन सेपा, किस्कि से तु । ज सुई आक्युट भनें । उनले ओ लाला तुत् पार्ले फँसेज भनिन मैले वातावरणलाई अलि सहज बनाएँ । “जस्ट किडिङ, ए लिटिल बिट् वन्ली” भनें । 

    बान्किलो मोहडा अग्लो कद, सयपत्रीले छरेको मुस्कान हल्का टाईटानिक फिल्मकी हिरोईन जस्ती । मैले नजिकै देखेको वा चिनेको जस्तै । कत्ति सजिलै मनमुटु मिले झैं हुन्छ, कसैकसैसँग ! मानौं हामीले सँगै रात बिताएका थियौं । कमसेकम डिनर या लञ्च  त खाएकै हुनु पर्छ । मेरो मानसपटल झोछें गल्लीदेखि मासन गल्ली हुदै ज्याठा ठमेल र कालधारा दौडिदै थियो । कँही कतै छेक छन्दों मिलेन । दिमागलाई स्क्यानिङ गर्दै डिल्लिबजारको उकालो चढाएर फ्रान्सेली केन्द्रमा रोकें । 

    उर्षिला, कविता, विपिन, सौकत, सौरभ, संकेत, रूचीहरूका प्रतिविम्ध पल्टिए । कल्पना धिमिरे मिस आईन । माथेमा सर सहपाठी उमेरका भएपनि हामी सर भन्थ्यौं । वीन्डिज, निरूलाजले मन पच्चिस बसन्तमा फर्कियो । अनायास कपिल टमोट सरको यादले मन अमिलो भयो । वाकवाकी आयो, झगडा सम्झायो । मेरो फ्रेन्च भाषामा एक्सपर्ट हुने सपना तुषारापात भएको याद दिलायो । लामो सुस्केरा फेरें । तामाको जगबाट पानी  पिएँ र थोरै हल्का भएँ । 

    लुकिङ मिररमा के हेरेको थिएँ ऑखा चार भै हाल्यो । उनले भनिन् “क्यान आई कम टु दि फ्रन्ट” ? मैले नो प्रोव्लम भने । लेट मी स्टप दि कार के भनेको थिएँ । उनले ‘आई कुड कम फ्रम हेअर ‘ भन्दै बिचबाट घुर्सिईन। 

    मेरो दिमाग एलिएन्स फ्रॉसेज भित्रको क्याफ्टेरियाटी कक्षाकोठामा प्रवेश गरिसकेको थियो । उदाउँदै गरेको नोभेम्वर महिनाको कोमल घाम एक २०-२१ बर्षको केटीको मिनिस्कट छिरेर भित्र पस्थ्यो । भर्खरै वि ए सक्याएर बिवाहको तयारीमा रहेका हामी बिध्यार्थी त्यो सुनौलो वातावरणको प्रतिक्षारत रहन्थ्यौं । सुनौलो रंगका उनका बदनमा पोखिएको विहानी लालिमाले हामी सबैलाई भुतुक्कै बनाउँथ्यो। सबैको ड्रिम गर्ल थिईन उनी – नोमी । 

    मैले उनलाई जिस्क्याउदै भने चु नो मि, डे एलियन्स फँसेज दि क्यातमान्डु ? 

    त्यतिखेरसम्म मेरो हुलिया उनको दिमागमा घुसिसकेको रहेछ । मलाई जोडले अँगालो मारिन् । गाला तिर उनको चु च्वाँ लटरम्म बर्षियो । Visit Nepal 98 मा हामीले गरेको सहकार्य दोहरियो । उनले काठमाण्डू, पाटन र भक्तपूरको गल्ली गल्ली बयान गरिन । 

    हामीले सँगै विताएको विम्पी, निरूलाजका कथाहरू दोहरिए । मेलम्ची आयोजनाको ठेक्का लिन आएको फ्रेन्च कम्पनी र अफिस म्यानेजर माथेमा सरको सम्झना भयो । फ़ाईल बढाउन एक पटकमा पियनदेखि हाकिमसम्म एक एक हज़ार चढाउनु पर्ने । गिरिजा सरकारसँग कमिसन नमिलेर फ्रेन्च कम्पनी फर्केको घटनाको हामी साक्षात्कार नै थियौं । माथेमा सरको छोरीको बिवाहमा VVIP रोहमा ह्विस्की समातेको, गिरिजावावुले योङ्म्यान लेट्स चियर्स भन्दा हात कामेको । भारतीय पत्रकारले गिरिजा बाबुको अन्तरवार्ता लिन मलाई चाकडी गरेको । Club Dynasty गएको लगायतका सबै प्रसंग स्मृत भयो । 

    एउटा गँजडी टाटूवालाको मायाजालमा फसेर  हामी सबैको दिल तोडेको प्रसँग कोट्याएँ । उनले ‘बोल्ड फेसण्ड’ हामी टु बोरिङ पर्सनालिटी भएको बताईन । भिजिट नेपाल ११ मा पिसकोर मार्फत नेपाल जान खोजेको तर एजेन्सीले ४७०० यूएस डलर मागेकोले उनी न्युयोर्क झरेकी रहिछन् । 

    न्युयोर्कले उनमा अनौठो बदलाव ल्याई दिएछ । गॉजा, हुक्का र अनेकों प्रजाती ड्रग्समा रमाउने । लिवर्टी जस्तै स्वतन्त्र । बिन्दास र निश्चल झरना जस्तै बग्न चाहने भईछन उनी । झण्डै तीस मिनेटको ड्राईभ पछि विलियम्स बर्गको युनियन पुल डिस्टिनेसन आईपुग्यो। उनले गाडी साईड लगाउन इसारा गरिन् । मलाई बाहिर आउन भनिन् । म बाहिर के आएको थिएँ । कसिलो अँगालोमा बेरि हालिन । पन्ध्र फिटको दूरीमा तिसौं केटीहरू भित्र पस्न लामबद्द थिए । सबैले पालैपालो अँगालो मारे किस गरेँ । फ़्लेवर फुल हुक्काको र शिववुटीको गन्धले म झण्डै ढल्न ढल्न लागेको थिएँ । उनीहरू सबै मिलेर मलाई उचाले Visit Nepal 2020 को सफलताको कामना गरेँ । अर्को साल राउण्ड अन्नपूर्ण जाने र मुक्तिनाथको ववमार्लि होटलमा अर्गानिक तान्ने सहमती भएको छ । हेरौं के हुन्छ !

    समय न हो १२ बर्षमा खोला त फर्कन्छ भन्छन्…

  • टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

    टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

    न्यूयोर्क, 

    शुक्रबार, ११ अक्टोबर, १९

    जापानको राजधानी टोकियो र आसपासको क्षेत्रमा आज शुक्रबार शक्तिशाली आँधी “टाईफुन हागिबिस” आउने चेतावनी जापानी मौसम बिभागले गरेको छ । 

    अनुमानित आँधी यो सिजनमा आएको १९औं आँधी हो । यो टाईफुन शक्तिशाली हुने र बिध्वंस मच्चाउने चेतावनी दिएकोले सर्वसाधारनमा छाएको छ । प्रतिघण्टा २०० किमी प्रतिघण्टाको गतिमा जापानको मुख्य भुभाग तर्फ अघि बढिरहेको टाईफुन हागिबिसले बुधबार साँझ ओगासावारा द्वीपमा असर पारेको थियो । 

    यतिबेला टोकियोमा तिब्र गतिमा हावाहुरी र मुसलधारे वर्षा भईरहेको छ । समुन्द्र आसपासका क्षेत्रमा बढी असर हुने भएको र ठुला पानीको छालको खतरा बढेकोले सम्भावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ । 

    जापानको मध्य भागमा समेत शनिबार बिहानबाट सोमबार साँझसम्म असर पार्ने जनाईएको छ । 

  • अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

    अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

    गोविन्द गिरी प्रेरणा / भर्जिनिया

    अमेरिकाको भर्जिनियामा तेश्रो कलिउड नाईट तामझामका साथ सम्पन्न भएको छ । केसी डान्स सेण्टरको सकृयतामा बिविध साँस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि डिसी मेट्रो क्षेत्रमा रहँदै आएका नविन केसी र लुना श्रेष्ठ यस सेण्टरका दुई खम्वा हुन् ।

    सन् २०१७ मा पहिलो पटक नविन र लुनाको अग्रसरतामा कलिवुड नाइटको शुरुवात गरेका थिए । २०१८ मा यसलाई निरन्तरता दिए । तर ती दुवै वर्ष नेपालका कलाकार पनि संलग्न थिए । तर यस वर्ष “कलिवुड नाईट २०१९’’ मा भने स्थानीय कलाकारहरुवाटै पूरै कार्यक्रम तयार भयो र अत्यधिक सफल पनि भयो । यसवाट स्थानीय कलाकारहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाए । कलिउड नाइटले “सुपर मम’’ को अवधारणा सन् २०१७ मा ल्यायो, जसमा गृहिणी महिलाहरुलाई मञ्चमा उतारिएको थियो । यो पहिलो वर्ष हट केक भयो । दोश्रो वर्ष पनि उत्तिकै रुचाइयो । र यस वर्ष पनि झनै रुचाईयो । पहिलो वर्ष केवल सुपर मम मात्र थिए भने दोश्रो वर्ष साना वालिकाहरुलाई पनि समावेश गराईएको थियो । यस वर्ष सुपर ड्याडहरु पनि थपिए ।

    यस वर्षअत्याधिक बालवालिकाहरु समावेश गरिएका थिए । आजका वालवालिका नै भोलिका उज्ज्वल तारा हुन् । तिनले आजै मञ्च पाउँदा भोलि ती मध्येवाट उत्कृष्ट कलाकार वन्ने सम्भावनाको ढोका खुल्दछ ।

    संघारमा आएको दशैंलाई सङ्केत गर्दै दुर्गा भवानीको आराधनावाट शुरु भएको कार्यक्रम छिट्टै आउने तिहारको देउसीवाट समापन हुँदा सारा दर्शकहरुले दशैं र तिहारको झझल्को महशूस गर्न पाएका थिए । कार्यक्रममा साना साना केटाकेटीहरुदेखि राम मालाकार जस्ता वयोवृद्ध जेष्ठ नागरिकसम्मलाई मञ्चमा उतार्नु कम मेहनतको कुरा थिएन, कम महत्वको कुरा थिएन ।

    कार्यक्रमको पहिलो आइटम दुर्गा स्तुति तथा मङ्गल गान थियो जसमा कलाकारहरु सोनिका महत दर्गाको रुपमा थिइन् भने अरु कलाकारहरु थिए रिया श्रेष्ठ, रिचा ढकाल, दिप्ती अधिकारी, स्वाति गुप्ता, अक्षरिका खनाल, अनुष्का पाण्डे, नितिश चौधरी, दीया पौडेल र अङ्किता कोइराला थिए ।

    त्यसपछि कलिवृड नाइट २०१९ को आयोजकको तर्फवाट नविन केसी र लुना श्रेष्ठले स्वागत अभिवादन गरेका थिए ।

    त्यसपछि आएका थिए कार्यक्रमलाई शुरुदेखि अन्तसम्म डोर्याएर लैजाने उद्घोषकहरु परशु तिमिल्सिना, समीक्षा सापकोटा र रिचा ढकाल । डिसी मेट्रो क्षेत्रका लागि रमाइलो र प्रभावकारी उद्घोषणमा चिनिएका प्रतीभा हुन् परशु तिमिल्सिना । नयाँ प्रतिभा समिक्षाका साथै वाल कलाकार तथा भविष्यका उद्घोषकका रुपमा रिचा ढकाललाई मञ्चमा ल्याउनु यो कार्यक्रमको अर्को विशेषता थियो ।

    त्यसपछि सुपर लिटिल गर्लस् नृत्य प्रस्तुति थियो । वालकलाकारहरुमा; स्वस्तिका ज्ञवाली, सुहाना शाही, प्रितिका रिजाल, प्रनिशा रिजाल, इभा गुरागाईं, किन्जल रिजाल, रेजाल पाण्डे, किन्जल शर्मा, विभूति अधिकारी, अर्विना तिवारी, अन्सुया सुवेदी, रेवा वस्नेत, सदीक्षा वस्याल तथा सुभी भुषाल ।

     

    त्यसपछिको अर्को प्रस्तुति थियो डम्फूमा वज्यो ए कान्छा गीतमा रिया श्रेष्ठ, रोमा भण्डारी तथा आस्था ढकालको रमाइलो नृत्य ।

    त्यसपछि आएका थिए न्यूयोर्कलाई कर्मथलो वनाएका गायक जगदीश समालको । उनले अन्जु पन्तले गाएको अत्यधिक लोकप्रिय गीत “न विर्से तिमीलाई, न पाएँ तिमीलाई’’ वोलको गीत मेल भ्वाइस प्रस्तुत गर्दै अरु गीत समेत गाएका थिए ।

    चाहिन्छ वसन्त मेरो तनमन भरि गीतको वोलमा त्यसपछि अर्को रमाइलो सामुहिक नुत्यको प्रस्तुति थियो जसमा कलाकारहरु लुना श्रेष्ठ, राहुल केसी, रोमा भण्डारी, रिया श्रेष्ठ, अङ्किता कोइराला, दीया पौडेल, दीप्ति अधिकारी, रीचा ढकाल, आस्था ढकाल, आयुशा ढकाल, अनुष्का पाण्डे, नितिशा चौधरी, तेजस्वी पाण्डे र स्वाती गुप्ताले मनमोहक नृत्य प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भएका थिए ।

    लिटिल रकस्टार शान राजभण्डारीले आफ्नो प्रतिभाको चमत्कार नै देखाएका थिए । शानका अलावा अरु कलाकारहरुमा रायन वस्नेत, आदित्य निरौला, निशान्त रिजाल, शादिक मुडभरी, संस्कार वुढाथोकी तथा आयन एस राथोर थिए ।

    त्यसपछिको प्रस्तुति थियो, गायिका नलिना चित्रकारको । आफ्ना पुराना तर लोकप्रिय गीतले नित्य निरन्तर दर्शकलाई लट्ठ पार्न सक्ने नलिनाले आफ्ना सदावहार गीतहरु “कहाँवाट आयो…’’ तथा “चाहिंदैन हिरा र मोती मायाँ भए पुग्छ..’’ प्रस्तुत गरेर दर्शकको मन जितिन् र मध्यान्तर भयो ।

    खचाखच पूरा भरिएको हलका दर्शकहरु त्यसपछि मोमो र सेलरोटी तरकारीका लाईनमा लागेका देखिन्थे ।

    मध्यान्तरपछिको नृत्य नेपालको भौगोलिक विविधता झल्काउने, भाषिक विविधता झल्काउने तथा साँस्कृतिक विविधता झल्काउने खालको थियो, वहु साँस्कृतिक प्रस्तुति जसमा धिमाल, नेवारी, भोजपुरी तथा शेर्पा नृत्यहरु तथा टप्पा नृत्य प्रस्तुत गरिदा अनेकतामा एकता नेपालको विशेषता भन्ने उखान चरितार्थ भएको महशूस गर्न सकिन्थ्यो । यो नृत्यमा यज्ञमान शाक्य, राहुल केसी, सविना वज्राचार्य, सुहाना शाही, स्वस्तिका ज्ञवाली, रोमा भण्डारी, रिया श्रेष्ठ, दीप्ति अधिकारी, अङकिता कोइराला तथा स्वाती गुप्ताले भाग लिएका थिए । यसले यौटा राम्रो सन्देश प्रवाह गरेको थियो ।

    त्यसपछि आँखैमा गजल लाएर हेरुँ भन्छु वोलको गीतमा नृत्य प्रस्तुत भएको थियो जसमा अङ्किता कोइराला, दीप्ति अधिकारी, रीचा ढकाल, दीया पौडेल, स्वाती गुप्ता, नितिशा चौधरी, अनुश्का पाण्डे, सुधात्री शर्मा, अक्षरिका खनाल र वेन्जु राजभण्डारीले छमछमी नाचेर मनोरञ्जन प्रदान गरेका थिए ।

    यस कार्यक्रममा पहिलो पल्ट सदावहार लोकगायक प्रेमराजा महतले कलाकार रीमा केसीका साथ तथा वालकलाकारहरुसहित गीत प्रस्तुत गरे नृत्यको साथमा । यो उनको यसप्रकारको पहिलो प्रस्तुति थियो । उनीहरुलाई साथ दिने वाल कलाकारहरु थिए ऐश्वर्य निरौला, सुयक्षा नेपाल, सदीक्षा मुडभरी, रेहाना नेपाल, श्लेष्मा पन्त, सिमरन ढकाल, यासी डि आचार्य, आर्या वानिया, विनिशा अधिकारी, समा भुषाल, ओजस्वी केसी तथा आर्जु कार्की ।

    त्यसपछिको प्रस्तुति थियो वहुप्रतिक्षित सुपर ममहरुको प्रस्तुति जसमा यसपल्ट सुपर ड्याडहरुले पनि साथ दिएका थिए । केसी डान्स सेण्टरले लगातार तेश्रो वर्षसम्म प्रस्तुत गर्दै आइरहेको यो नृत्य सधैं लोकप्रिय रह्यो र यसपाली झनै मन पराए दर्शकहरुले । “चोली राम्रो पाल्पाली ढाकाको…’’ वोलको गीतमा नृत्य गर्ने सुपर ममहरु थिए रुविना प्रजापती, सविना वज्राचार्य, सोनिका महत, जया श्रेष्ठ, सुजना ढकाल, रेखा एस भण्डारी, अर्चना लामा, गीता नेउपाने, गौरी गजुरेल, वविता श्रेष्ठ, सम्झना खतिवडा भने सुपर ड्याडहरु यमन श्रेष्ठ, युवराज ढकाल, माधव भण्डारी तथा कृष्णा ढकालले साथ दिएका थिए ।

  • न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्

    न्युयोर्क म्यानह्याटनबाट चार वर्षीया बालिका हराईन्

    अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् ।  संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् ।

    क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै रङको स्निकर (जुत्ता) लगाएकी बालिका बुधबार बिहान साँढे आठ बजेबाट हराई रहेकी छिन्  । 

    तत्काल प्रहरीले आवश्य खोजी कार्य गरेता पनि बालिका नभेटिएकोले कसैले बालिकलाई देखेमा प्रहरीलाई खबर गरिदिनु हुन अनुरोध गरिएको छ ।  

    श्रोत :न् युज ४ न्यूयोर्क

  • कीर्तिपुरको त्यो एक चोक – तुँचोक

    कीर्तिपुरको त्यो एक चोक – तुँचोक

    प्रेमकृष्ण श्रेष्ठ

    “समय जति निष्ठुर के छ र ? मेरो बाल्यकाल खोसेर, बदलामा जवानी दिई म चोकको राजालाई दास बनायो” ।

    धेरै लेखकले विश्व लेख्यो, देश लेख्यो, प्रदेश लेख्यो, अञ्चल, जिल्ला, गाउँ र शहर लेख्यो । विराट कल्पनामा कल्पिन सक्नेले पूरै अमेरिका लेखुन्, रसिया, चीन, जापान वा अरु कुनै देश लेखुन् । तर, यतिबेला मेरो लेखकीय मानसपटलमा मात्र एउटा चोक अटाएको छ । कीर्तिपुरको बाहिरीगाउँमा अवस्थित सानो एक चोक, अर्थात ‘तुँचोक’ । तुँ यानी इनार र इनार भएको चोक भएकोले तुँचोक । म सानै लेखक सानै सोचाइ ! यो भौगोलिकरुपमा विराट चोक पनि होइन । यहाँ इतिहासको कुनै कालखण्डमा कुनै कोटपर्व  पनि भएको छैन । यसैले इतिहासको कुनै पानामा लेखिन योग्य पनि छैन यो चोक, किनभने यहाँ त्यस्तो सम्झन योग्य कुनै घटनाको उतारचढाव छैन । तर मेरो जीवनको अन्तिम क्षणसम्म पनि सम्झिन्छु यस्लाई, कारण, मेरो सिङ्गो बाल्यकाल यही ‘तुँचोक’सित जोडिएको छ ।

    म हजारपटक खेलेको छु यो चोकमा, लडेको छु, लडेर उठेको छु । यो चोकको माझमा उभिँदा आज पनि म थुप्रै मेरा बाल्यकालका हितैषी साथीहरु सम्झिन्छु, श्रवणकुमार, सुमन, बिनेश, हरिकृष्ण, सञ्जय, केविन्द्र, जेनर आदि इत्यादि । यो चोकमा आएर मलाई बोध भयो, साँच्चै भन्ने हो भने हिजोको धर्ती बाँकी छ न आकास नै । साथीको पिठँयुमा बसेर आकासमा हेर्दै साथीले आकासमा के के भनेर सोध्दा बुढाबुढी छ भनेर देख्ने त्यो आँखा पनि कतै मरिसकेका छन् । ती अमूल्य ढुँगाहरु जस्ले हाम्रो गरिवी पहिचान गरी, कैयन खेल खेलाइयो हामीलाई सायद अव ती ढुँगाहरु बाटोको छेउछाउतिर कतै अलपत्र छ । ढुँगालाई हीरा मानेर, खेल्नेहरु कोही छैनन् । आजका बालबालिकाले ढुँगामा खेल देख्दैनन् । भोगटेमा फुटबल देख्दैनन् । कपडाको सानो टालोमा पनि एउटा मीठो र स्वर्गीय खेल छ भनेर आजका बालबालिकाले भुलिसकेका छन् । यसैले त यो चोकमा कोही बालबालिका खेल्दैनन् आज । शुन्यप्रायः छ त्यो चोक आज  । यही चोकको वीचमा एउटा गहिरो इनार छ, त्यो इनारको ऐना फुटिसकेको छ  आज, जहाँ आफ्नो प्रतिविम्व खोज्दै गरेको कोही बालक देखिँदैन ।

    अहिलेका बालबालिका त पूरै मोवाइलमा खुम्चिसकेका छन् । के बुझुन तिनीहरुले यो चोकको महत्व ? मलाई किन किन यो चोकको सारै माया लाग्छ, यही चोकमा बसेर घाम तापेर आमाको सुकोमल हातबाट तेल लगाएको छु । यहीँ एउटा पुरानो घरको आँखिझ्यालका कैयन आँखासित नजिकै गएर आँखा जुधाएको छु । यहीँको इनारमा प्यास लाग्दा कैयनपटक पानी खाएको छु ।

    आज यो चोकको स्वरुप फेरिएको छ । आज यो चोकबाट ‘चोक’ हराइसकेको छ । पुराना घरको ठाउँमा नयाँ सिमेन्टका घरहरु उम्रिसकेका छन् । यो चोकमा जीवन विताएकाहरु प्नि आज कोही कता छ त कोही कता । यो त भयो प्रतिनिधि चोकको एक कथा । नेपालका गाउँहरुमा यस्ता चोकहरु लाँखौ होलान् । जस्ले बालक्रिडाको निम्ति आफ्नो छाती टेकाए । हजारौँ इनार होलान्, जस्ले बालबालिकाको निम्ति सदैव आमाले जस्तै आफ्नो ममतालु छाती रसाए ।

    मलाई लाग्छ, विश्वको जुनसुकै कुनामा रहेका हामी सकल नेपालीको जीवनमा यस्तै यस्तै चोक जोडिएको हुनुपर्छ । चोक नै नभए पनि गाउँकै एउटा यस्तो स्मरणीय विम्व त अवश्य जोडिएकै हुनुपर्छ । हामी सवै आज विकासका ठूल्ठूला कुरा गछौँ । काठमाडौँमा बसेर, समृद देशको नारा लगाउँछौँ । तर विकासको सुभारम्भ, यस्तै सानो एक चोकमा गमला राखेर, गमलामा एक थुँगा फूल रोपेर गर्ने हो । विकास त आफ्नै गाउँको सानो चोकबाट शुरु गर्नुपर्छ । आफ्नो भावना भन्दा परको देश उचालेर छातीमा राख्ने यत्न नगरौँ । देशको भावना, गुरुले सानो हुँदा सिसाकलमले पानामा लेखिदिएको मानचित्रको साइजमा छैन । देश विराट छ । यही देशमा हजारौँ मानिसले अटसमटस पेट खाएर डकारिरहेको बेला, लाखौँ मानिसले भोकले पेट थिचिरहेका छन् । तर चोकभित्रका पच्चीस, तीस मानिसको ओठमा हामीले सजिलै मुस्कान सल्बलाउन सक्छौं ।यदि कोही ठूलै नेता जो देश विकासको ठेक्का लिएको छ, उस्ले देशको लागि के गर्न सक्छ भनेर हेर्ने हो भने, उस्को बाल्यकाल बितेको चोकमा गएर हेरे पुग्छ । यदि उस्को चोक दयनीय छ भने त्यो नेताले देशको लागि केही गर्नेवाला छैन । जस्ले आफ्नै बाल्यकाललाई धोका दिएको छ उस्ले कस्लाई साथ देला र ? यसैले विकासको सुरुवात गरौँ, आफ्नै चोकबाट । सुरुमा आफ्नै चोकको वरिपरि गमलाहरु सजाऔँ । गमलामा विभिन्न प्रजातिका फूलहरु रोपौँ । चोकबाट गाउँ, गाउँबाट देशको निम्ति उत्सर्ग गर्ने हो । आफ्ना पुराना भावनालाई आँसुका दुईथोपा समर्पण नगरी, हामी आफ्नो गाउँको निम्ति केही पनि गर्न सक्दैनौँ । आज झिलिभिली शहरमा बसेर, झुत्रो त्यो गाउँलाई मेरो गाउँ हो भन्न पनि लाज मान्नेहरु आमाको फाटेको पछयौरीको प्वालबाट थुतुनो छिराएर स्तनपान गरेर कुल्ला गर्ने शिशुसमान हुन् । अव बेला आएको छ, आफ्नो चोकको निम्ति, गाउँको निम्ति केही गर्ने । सबैले थोरै भए पनि आ–आफ्नो चोक सजाऔँ । यस्तै टुक्रा–टुक्रा सज्जामा, सिङ्गो गाउँ सजिएर, सिङ्गै देश आफै सजिन्छ ।

  • काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं

    काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं

    न्युयोर्क   

    नेपालस्थित अमेरिकी दुतावासले काठमाडौंमा नेपाली हिन्दूहरुको महान चाड बडा दशैं भब्य रुपमा मनाएको छ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अधिकारिक फेसबुकबाट दशैं मनाएको भिडियो तथा केही तस्बिरहरु समेत सार्वजनिक गरेको छ ।

    नेपाली धर्म संस्कृती   रिती रिवाज र चाडपर्बलाई नजिकबाट नियाल्दै, सहभागि हुँदै आएको काठमाडौंस्थित अमेरिकी दुताबासको तर्फबाट राजदुत र्याण्डी बेरीले दुताबास र नियोगका कर्मचारीहरुलाई बिजया दशमीको उपलक्ष्यमा टिका तथा जमरा लगाई दिए भने राजदुत बेरीले पनि टिका थापेका छन् ।  राजदुतावासले वार्षिक दशैं कार्यक्रम भन्दै दुताबासका कर्मचारीले “रातो टिका निदारमा” बोलको गीतमा नृत्य गरेको भिडियो समेत सार्बनजिक गरेको छ ।  

    साथै, बिजया दशमीको उपलक्ष्य पारेर अमेरिकी दुतावासले;

    “तपाईंहरूको जीवन शुभआशीष, खुशी, मुस्कान, शान्तिले भरियोस् । नेपाल र विश्वभर यो अवसर मनाइरहनु भएका सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना” भनी शुभकामना ब्यक्त गरेको छ ।

  • दशैं : चित्त नबुझेको आशिर्वाद

    दशैं : चित्त नबुझेको आशिर्वाद

    पुरुषोत्तम लम्साल / भर्जिनिया

    ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे 

    ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने 

    सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते 

    विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे 

    म सानो हुँदादेखि आजसम्मका दशैंमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वाद यही हो । धेरै पछिसम्म मलाई यो आशिर्वादको अर्थ र महत्व थाहा थिएन । मान्यजनले दिएको ठूलै आशीष होला र हो भन्ने लाग्थ्यो । आफूभन्दा ठूलाले दिएको आशिर्वादमाथि प्रश्न उठाउने ताकत पनि म बबुरोको कहाँ थियो र ? फेरि आशिर्वचनविरुद्ध नै विद्रोह वा असन्तुष्टी ओकलेर मलाई कसैको श्राप लिनु पनि त थिएन । त्यसैले माथिको श्लोकको अर्थ जान्ने भएपछि मनमनै हाँसेरै पनि आशीष ग्रहण गर्दथे । आज भने प्रश्न नै उठाउँदैछु ।

    के हामीले लिइरहेको वा हामीलाई दिईंदै आएको बडादशैंको आशिर्वचन सही छ ? महाभारत र रामायणकालीन पात्रहरुको बाँकि दुर्गुणलाई चटक्कै बिर्सिएर गुणहरु मात्र समेटिएको आशिषको अर्को विकल्प खोज्नु शास्त्रको प्रतिकूल हुन्छ ? कि मै मात्र अराजक भएको हो ? के मैले माथिको श्लोकको अंशको स्थानमा अरु नै आशिष दिन आग्रह गर्नसक्छु ? आजको बसाईमा म धर्मविरुद्ध होइन, संस्कृतिविरुद्ध पनि होइन, रीति वा परम्पराविरुद्ध होइन त्यसभित्रको ज्यादै ज्यादै सानो अंशमा सीमित हुन्छु । 

    आशिषलाई शब्दकोषमा जे लेखे पनि म त्यसलाई मेरा लागि गरिएको कामनाको अर्थमा बुझ्छु । विशेषगरी दशैंमा पुरुषका लागि तय गरिएको माथि उल्लिखित आशिषमा प्रयुक्त पात्र र तिनका प्रवृत्तिका केही पाटाबारे जानकार भएपछि मलाई आशिषमै सन्देह पैदा भयो । किनकि, प्रयुक्त पात्रहरु सत्पात्र वा सद्गुणसम्पन्न ठानिएका होलान् तर ती सबै दोषरहित छैनन् भन्ने मेरो बुझाई हो ।

    अब पात्रको अवगुण, अपगाल वा दोषलाई पीठ फर्काएर गुणलाई मात्र लिनको लागि आशिष दिइएको मान्ने हो भने पनि मभित्रको सन्देहको निवारण चाँहि हुँदैन । अब सन्देह नै भएपछि प्रश्न उठाउने अधिकार सुरक्षित हुन्छ कि हुँदैन ?

    ब्यासको महाभारत र वाल्मिकीको रामायण पूर्वीय संस्कृतिका त्यस्ता ग्रन्थ हुन् जसले हिन्दु धर्म र दर्शनलाई नै दिशानिर्देश गर्ने सामर्थ राख्दछन् वा राखिरहेका छन् । जति कालखण्डमा ज–जसले तयार गरेका भए पनि ती कृति अद्भूत छन् । तिनका पटकथामा जादू भेटिन्छ । पात्रको चरित्र उठान, उत्कर्ष र अन्त्यमा विष्मयकारी सम्बन्धहरु जोडिएका छन् । मानव कल्याणहेतु सृजना गरिएका हरेक पात्र, विषय र घटनामा फरक फरक सन्देश सन्निहित छ ।

    पछिल्ला वर्षमा मैले महाभारत र यससँग सम्बन्धित अन्य केही सामाग्री कतिपटक दोहोर्याएँ आफैंलाई हेक्का छैन । तर कतिसम्म भन्नसक्ने भएको छु भने महाभारतकालीन पात्रका गुणको मात्र आधारमा तयार गरेर मलाई मेरा बा, हजुरबा, सानो बा, ठूलो बालगायतका मान्यजनले दिनुभएका आशिषमै त्रुटी रहेछ । त्रुटी छ भन्ने थाहा भएपछि त्यसलाई ग्रहण गर्न मेरो शर्त मञ्जुर हुन्छ भन्ने लाग्छ ।

    ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे 

    उदाहरण लिन्छु, श्लोकको पहिलो हरफमा प्रयुक्त चार पात्रको । पात्रहरु छन् द्रोण र उनका पुत्र अश्वस्थामा, दशरथ र राधव । पहिलो पात्र द्रोण हुन् । आयुर्वेदका ज्ञाता ऋषी भरद्वाजका पुत्र द्रोण परशुरामका सर्वकालीन श्रेष्ठ शिष्यमध्ये एक थिए । परशुरामबाट यावत् शस्त्रअस्त्रको विधि र ज्ञान हासिल गरेपछि भीष्म पितामहमार्फत उनी हस्तिनापुरका राजकुमारहरुको शिक्षकको रुपमा नियुक्त भए । तर उनी पक्षपाती थिए । आफूलाई मनपरेको शिष्य अर्जुनलाई श्रेष्ठ देखाउन उनले गरेका केही कर्म कुकर्मको रुपमा पाउँछु म । हो नै त्यही । जस्तै एकलव्य जस्ता दक्ष धनुर्धरको बुढीऔंला गुरुदक्षिणाको रुपमा लिनु, कर्ण जस्ता क्षमतावान निशानेबाजलाई जातको हवाला दिएर बहिष्करण गर्नु र कर्णकै दाजुको हत्याको साक्षी बस्नु । (यो छोटो आलेखमा कर्ण को हुन् भन्ने बारेमा जान चाहन्न । किनकि, कर्णलाई निकाल्दा महाभारतको नै स्वाद आउँदैन भन्ने सबैलाई थाहा छ) । श्लोकमार्फत उनका पुत्र अश्वस्थामाको जस्तो आयु होस् भन्ने कामना गरिएको छ । किनकि, उनी अष्टचिरञ्जीवीमध्ये एक पनि हुन् । अजरताको अमरताको कामना स्वभाविक पनि होला । अश्वस्थामा वीर, साहसी योद्धा, शास्त्रको ज्ञानी भए पनि उनका केही कर्मले उनीप्रति नै सम्मानभाव जाग्दैन र आशिष ग्रहण गर्दा अमिलो मन बनाउँछु । 

     शास्त्र भन्छ, धर्मात्मा, निन्द्रामा भएको व्यक्ति, नशामा चूर भएको व्यक्ति, स्त्री र बालकको हत्या निन्दनीय छ । त्यो अपराध हो । त्यो अमानवीय हो । त्यो आततायी हो । अनि सम्झन्छु, सुतिरहेको समयमा द्रौपदीका पाँच सन्तानको शीर छेदन गर्ने अश्वस्थामालाई शास्त्रले नै अपराधी करार गरिसकेपछि म अपराधीको आयु बोकेर किन हिंडूँ ? शिवकै एक अंशको रुपमा मानिने दिव्य मणीधारी अश्वस्थामाले प्रयोग गरेको अस्त्रबाट उत्तरराको गर्भको शिशुको हत्या प्रयास भयो । दैवी अस्त्र चलाउन जान्ने तर त्यसको उपचार नजान्ने अवगुण पनि त छँदैछ । अझ बढी हामी महाभारतमा कौरव पक्षलाई अन्यायको पर्यायको रुपमा ब्याख्या गर्ने अनि त्यसका एघार सेनापतिमध्येका मुख्य सेनापतिलाई आदर्श मान्नुपर्ने ? अलि मन परेन । अझ बढी उनी श्रापकै कारण हजारौं वर्ष भड्किएर हिंड्नुपरेको भन्ने पनि छ । यति भइसकेपछि म कसरी अश्वस्थामाको आयुको कामना गर्छु ?

    दशरथको बारेमा पनि मलाई केही असन्तुष्टी छ । दशरथको श्री राजा हुनुमा बढी हो वा रामको पिता हुनुमा बढी हो ? वा मनुले गरेको नारायणको तपस्याबाट प्राप्त वरदानमा ? त्रेतायुगकालीन अयोध्यामा द्वेष र क्लेषरहित राज्य सञ्चालन गर्नुमात्रले आशिषमा नाम थोपरिएको हो कि ? रामायण बुन्ने बाल्मिकीको पटकथा लेखनशैली अपूर्व नहुँदो हो त दशरथको संयोग र वियोगका तस्वीर यतिविधि आउँदैनथ्यो । तर, दृष्टिविहीन मातापिताको सेवामा रहेका श्रवणकुमारको हत्याका दोषी पनि त हुन् राजा दशरथ । होइनन् र ?  हो भने मलाई एउटा हत्याराको जस्तो श्री किन चाहियो ? कि राजाले भूलवश हत्या गरेकाले उनलार्य सबै छुट दिइएको हो ? अनि तिनै श्रवणकुमारका मातापिताको श्रापका कारण उनले पनि पुत्रवियोगमा प्राण अन्त गर्नपरेको भनेर त धेरै ठाउँमा लेखिएकै छ । अझ बढी नीतिमा निपूर्ण हुँदा हुँदै नारीमोहका लागि पनि त दशरथको कीर्तिमाथि धब्बा लागकै छ । अनि बा हुँदाहुँदै कसरी म दशरथको जस्तो श्री स्वीकार गरुँ ?

    रामले जस्तो शत्रुको क्षय गर्नु भनिन्छ । ठीकै हो । आदर्शपुरुष हुन् । विष्णुका सातौं अवतार हुन् । दशरथका पुत्र हुन् । सीताका पति हुन् । रावणको आतंक निवारण गरकै हुन् । तर, दोस्रो व्यक्तिसँग युद्ध गरिरहेको बालीलाई छलपूर्वक मारेर रामले कुन युद्धको पाठ सिकाए सिकाए ? अन्यौलमा छु । धेरैले रामलाई सुग्रिवसँगको मित्रताको बारेमा आदर्श मान्छन् तर म मान्दिन ।

    किनभने बालीको हत्यामा सुग्रिवको राज्यमोह वा सत्तामोह गाँसिएको थियो जसलाई छलपूर्वक रामले पूरा गराइदिए । किनकि बाली आफैं पटकपटक रावणलाई समेत पराजित गरिसकेका बलशाली थिए । राज्य उपहारवापत् सुग्रिवले सीताको खोजीका लागि रामलाई वानर सेना प्रदान गरेका थिए । र, यसलाई हनुमान गाथाको अर्को एउटा प्रसंगले पनि बल दिन्छ । जस्तो, सुग्रिवले बालीको हत्यापछि राजपाठ सम्हालेपछि विभिषण पनि धर्मको आवरणमा आएका हुन् । यो कुरा सुग्रिवको राज्यारोहणको सन्दर्भमा प्रष्टसँग बुझ्न सकिन्छ । त्यसैले मित्रताका लागि बरु सुदामा र कृष्णको उदाहरण ठीक होला राम र सुग्रिवको स्वार्थपरस्त मित्रतामै शंका छ । तर धैर्यता, शान्त र शत्रुलाई परास्त गर्न शत्रुकै घरबाट मित्रता गाँस्नुपर्छ भनेको भए चाँहि म कूटनीतिक रामलाई झन् ठूलो आदर्श मानेर आशिष ग्रहण गर्दथें । उसैपनि विभिषणको माध्यमबाट रावणको बध गराउनुपर्ने बाध्यता रामलाई थिएन, त्यो त वाल्मिकीले धर्ममार्ग वा सत्मार्गलाई अभिव्यक्ति दिन कथामा अर्को गज्जबको कथा बुनेका हुन् । मेरो भलो चिताएर मलाई दिइएको आशिर्वादमै त्रुटी ? सम्झेर ल्याउँदा मन खिन्न हुन्छ । 

    मेरो आग्रह : जुन पात्रमा मैले दोष देखेको छु, त्यही पात्रलाई आधार बनाएर दिइएको आशिषमा मेरो चित्त बुझेन । जसलाई मन पर्छ ग्रहण गरे हुन्छ , मलाई चित्त बुझेन र मैले सुधार गरौं वा सुधार गरेर ग्रहण गरौं भनेको मात्र हूँ । अब दोस्रो पंक्तिमा प्रवेश गर्छु । 

    ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने 

    एक महान सम्राट । वंशावलीअनुसार भगवान विष्णुका सातौं पुस्ता (विष्णु, ब्रम्हा, अत्रि, चन्द्रमा, बुध, पुरुरवा, आयु , नहुष) का दरसन्तान । ब्रम्हहत्याका अभियोगी इन्द्रको अनुपस्थतिमा एक हजार वर्षका लागि स्वर्गको कार्यवाहक देवराज बनेका । अर्थात्, इन्द्रको विकल्पको रुपमा चुनिएका चन्द्रवंशी राजा । तर त्यहींबाट अहंकार पालेका, इन्द्रको अनुपस्थितिमा गैरजिम्मेवार शासन चलाएको आरोप लागेका, इन्द्रको आशनमै बसेका मात्र होइन इन्द्रपत्नी शची (इन्द्राणी) माथि नै नजर डुलाएका । सप्तऋषीले बोकको पालकीमा बसेर आए मात्र आफूले अपनाउन सक्ने शचीको शर्तपछिका किस्सा सुनेको थिएँ । यही सन्दर्भमा अगस्त्य ऋषीको शीरमा नहुषले लात्ता हानेको र ऋषीले ‘अहंकारले तेरो मति भ्रष्ट गरेको छ, तँ मान्छे हुनसमेत लायक छैन’ भनेर अजिंगर भएस् भनेर सर्पयोनीको श्राप दिएको पनि त कथा छ ।  त्यसो भए हे पिताजी !, मलाई पनि ऐश्वर्य कमाएर परस्त्रीगमनतिर आकर्षित गर्न खोजिएको त होइन ? म पनि नहुष राजा झैं कामान्ध हुन पर्ने हो ? व्यक्तिको दोषलाई बिर्सिएर गुणको मात्र गान गाइएको आशिष अलि हजम भएन । होइन भने अहंकारको दुष्प्रभावका कारण पतन भएका ऐश्वर्यम् नहुषे आशिर्वचनमा सुधार गरिपाउँ ।

    (माफ पाउँ ! यो बेला म पूर्व माओवादी केन्द्रका उर्फ वर्तमान नेकपाका नेता, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई झल्झली सम्भीरहेको छु)

    अब पवनको गतिसँग मेरो गुनासो छैन । समयले पनि अब सुस्त हुनु भनेको सबै कुरामा पछि पर्नु हो भन्छ । अणु र परमाणुदेखि सुक्ष्मभन्दा सुक्ष्म कण पराकणको विकास भइसकेको विज्ञान र प्रविधिनिर्देशित जमानामा जो अल्छी भो वा जो ढिलो भो त्यो सकियो । अर्थात्, पछि पर्यो । त्यसैगरी हावा वा पवनको गतिबारे जो जति जानकार हुन्छ त्यति नै वातावरण र वस्तुस्थितिको जानकारी लिएर आफ्नो दिशा चयन गर्न सक्दछ । हामीले सुनेको सोह्र दिशा छन् तर पढेको चार । पूर्व, पश्चिम, उत्तर र दक्षिण । बाँकि बाह्र दिशाको बारेमा पनि जानकारी भएपछि हावाको बेग जता चल्छ त्यतै आफूलाई अनुकूल बनाउन सकिन्छ । अब यसलाई म अन्यथा लिन्न । तर, व्यवहारमा जता हावा चल्छ त्यतै ढल्किनुपर्छ पो भनिएको हो कि भन्ने शंका चाँहि छ । त्यसैले गतिश्च पवने लाई मैले सावधानीपूर्वक ग्रहण गरें ।

    महाभारतको शुरुमै भनिएको छ, यो कथा सार्थको, पुरुषार्थको, स्वार्थको हो । अर्थात् सत्तास्वार्थको । यसका एक पात्र हुन् धृतराष्ट्रपुत्र दुर्योधन जो निकै बलशाली छन्, अडानमा कटिवद्ध, प्रतिवद्ध छन् । उनको स्थायी शत्रु पाण्डव हुन् । दुर्योधन जन्मनुअघि नै गान्धारीले गर्भपातको प्रयास गर्दागर्दै पनि तुहिएको गर्भबाट कौरवको अस्तित्व देखिनुमा व्यास कारण देखिन्छन् र यहींबाट दुर्योधनको अस्तित्व प्रारम्भ हुन्छ । 

    प्रेमको अर्को नाम प्रेम नै हो । तर राजनीतिको अर्को नाम महाभारत पनि हो । र, त्यही महाभारतमा शकुनीको कपट र जाललाई आँखा चिम्लेर व्यवहारिकीकरण गर्ने पात्र हुन् दुर्योधन । अब हामीलाई पढाइएको महाभातमा दुर्योधन भनेको क्रोधी हो, हठी हो, दुष्ट हो, शकुनीको कपटमा चल्ने घमण्डी हो भनिएको छ । अनि आशिषमा चाँहि मानञ्च दुर्योधने रे ! यो विरोधाभाषले आशिषलाई हलुका बनाइरहेको मेरो अनुभूति हो । कर्णसँग मिलेर युवती अपहरण गर्ने पनि दुर्योधन, द्रौपदीलाई निर्वस्त्र बनाएर काखमा राख्न खोज्ने पनि दुर्योधन । अन्तिम समयमा जलबन्ध्याबाट भागेका वीर पनि दुर्योधन । त्यसैले भाईको रुपमा मानिएको हो भने ठीकै छ नत्र यो पनि चित्त बुझिरहेको छैन ।

    उसै पनि महाभारतलाई सत्य र असत्यबीचको, धर्म र अधर्मबीचको कथा मानिन्छ । कौरव भनेको असत्य र अधर्मको प्रतिनिधि हो भनेर शिक्षा दिइन्छ । अनि तिनै कौरवका महानायक दुर्योधनको जस्तो मान होस् रे  । असत्य र अधर्मीका महानायकको मान हुन्छ चाँहि कत्रो ? मैले नबुझेको वा मेरो जिज्ञासा यही हो ।

    मेरो नजरमा राधेय कर्ण वा कुन्तीपुत्र कर्ण वा सूर्यपुत्र कर्ण जे पनि पनि श्रद्धा र आदर्शका पात्र हुन् । र, म उनलाई पूरा महाभारतमा कृष्णपछिको सबैभन्दा आकर्षक र विशाल पात्र मान्छु । उनको चरित्रमा अनेक ‘ग्ल्यामर’ भेटिन्छ । पूरा ‘करिस्म्याटिक ग्ल्यामर ।’ ज्ञान र वीरताले सज्जित हुँदाहुँदै उनी सधैं अपमानित पात्रको भूमिकामा छन् । यही अपमानले कर्णभित्र एउटा स्थायी ईखको जन्म गराएको छ । सूर्यपुत्र हुँदा हुँदै महाभारतभरी उज्यालोको खोजीमा भौंतारिरहेका पात्र हुन उनी । कुमारी आमा अर्थात् कुन्तीको अवैध गर्भबाट जन्मिए लगत्तै जन्मनासाथ त्यागिएर अधिरथले भेट्टाएपछि शुरु भएको उनको अस्तित्व महाभारतको अन्तसम्म उतारचढावपूर्ण छ । जेष्ठ पाण्डव हुनपर्ने तर कहिल्यै पाण्डवको सगोलमा नपरेका । प्रतिकूल परिस्थितिसँग जुधेर नै श्रेष्ठता हासिल गरेका पात्र हुन् कर्ण । नियति पनि कस्तो भने फरकफरक सन्दर्भमा श्रापित भएका कर्णका सबै श्राप युद्ध मैदानमा अन्तिम समयमा क्रियान्वयन हुनपर्ने । अचम्म नै यही हो ।

    अस्त्रविहीन, रथविहीन, असहाय अवस्थामा भएको उनको अन्त मेरो लागि असह्य विषय हो । गुरुको पनि श्राप, धर्तीको पनि श्राप बोकेका कर्णको दानचरित्रको मात्र वर्णन चित्त बुझ्दैन मलाई । कमजोर मनोदशाका दुर्योधनले पाण्डवसँग रिस फेर्नकै लागि अंगराज बनाइएका कर्ण अर्जुन र कर्णलाई कला देखाउने अति ईखका शिकार भएका छन् ।

    शारीरिक, आत्मिक र बौद्धिक रुपमा सुन्दर हुँदाहुँदै उनको दानवीर चरित्र नै उनको कमजोरी हो भन्ने कुरा मेरा अग्रजले मलाई किन पढाएनन् ? त्यही कमजोरीको फाइदा इन्द्र र कर्णकी माता कुन्तीले उठाएको हो भनेर अबचाँहि म बुझ्ने भइसकेको छु । अनि म कर्णजस्ता अद्धितीय वीर योद्धाको त्यही कमजोरीलाई आशिष मानेर ग्रहण गरौं ?

    कर्ण द्रौपदीको चिरहरणका द्रष्टा र साक्षी दुबै हुन् । र, राजसभामा द्रौपदीलाई वेश्या करार गरेर दुर्योधनको घमण्डको आगोमा घिऊ थप्ने वा हौसला दिने पात्र पनि हुन्  ।

    अभिमन्यूको पीडा सहन नसकेर पीडामुक्त गराउनै सही, कर्णले अभिमन्यूमाथि छुरी चलाए । अर्जुनसँगको बैर वा दुश्मनी वा घृणाका कारण कर्णले अभिमन्यूको बध गर्न चक्कु चलाएका होइनन् भन्ने म बुझ्छु । तर लडाईमा घाइते, निशस्त्र अवस्थामा आफ्नो घेरामा परेको एउटा महान पराक्रमी योद्धामाथि अश्त्र उठाउनु पनि त अपराध नै होला नि होइन ? हो, यहींनेर म कर्णको पराक्रम स्खलित भएको पाउँछु । मित्रताको नाममा एउटा अधर्मी पात्रका खातिर कर्णले पनि अधर्म गरेका छन् भने मलाई मेरा मान्यजनले दिने आशिषमा अधर्मको कण किन स्वीकार गरौं ? यही मेरो प्रश्न हो । 

    निःसन्देह कर्ण आफ्नो वचन र प्रतिवद्धतामा अरुभन्दा धेरै माथि छन् । तर आशिषमा दानपात्रोले अरु गाथालाई गौण बनाएको छ । त्यसैले कर्णको दानसँग भन्दा उनको जस्वनका उतारचडावमा उनले गरेको संघर्षसँग म प्रेम गर्छु । अतः हे मान्यजन ! अर्को वर्ष मलाई कर्ण झैं संघर्षशील हुनु भन्दिए हुन्छ ।

    अब म सत्यवादी युधिष्ठिरतिर जान्छु । महाभारतमा धर्मलाई केन्द्रमा राख्ने तीन प्रमुख पात्र कृष्ण, बिदुर र युधिष्ठिर छन् । उनी कस्तै विषम परिस्थितिमा पनि शान्त रहने सक्ने वा क्रोधलाई जितेका पात्र हुन् । क्षमाशील हुनु उनको गुण हो, मातृ पितृ गुरुको भक्ति उनको गुण हो । दम्भ र कामलाई उनले जितेका छन् । कूलको मानमर्दन हुन नदिन उनी सचेत छन् । द्धैतवन काण्डबाट दुर्योधनलाई मुक्त गराउन उनको भूमिका थियो । उनी धर्मराज हुन् ।

    मेरो मनमा अर्को गम्भीर पाटो छ । युधिष्ठिर जुवाको व्यसनमा लिप्त थिए । उनको यही कमजोरीको फाइदा शकुनीले उठाउँदा हस्तिनापुरको राजसभामा द्रौपदीको चिरहरणको प्रयास भयो । आफ्नो सर्वश्व हारिसकेपछि उनले द्रौपदीलाई नै खालमा राखिदिए । एकछिनलाई मानौं यो कृष्णकै लीला हो, दैवको लीला । तर युधिष्ठिर जुवाको अम्मली नै थिए भन्ने कुरा गुप्तवासताका विराट दरबारमा कंकुको नाममा उनको भूमिकाले पनि त केही भन्छ ।

    पूरा महाभारत कथाको ‘ट्विस्ट’ युधिष्ठिरको एउटै महान झुठबाट हुन्छ । अश्वस्थामा र द्रोण एक अर्काका पूरक थिए । दुबै अति शक्तिशाली थिए । अनि यी दुबैको अन्त तीर वा गधा चलाएर मात्र सम्भव थिएन । अनि द्रोणको अन्तविना न युद्धमा कर्णको आगमन सम्भव थियो न महाभारतको अन्त । यस्तो अवस्थामा युधिष्ठिरले ‘अस्वत्थामा हतः इति नरो वा कुञ्जरो वा’ भनिदिनाले द्रोणको हातबाट हतियार खस्यो, धृष्टद्युम्नले निमेषमै उनको शिर छेदन गरिदिए र समग्र महाभारतको नयाँ आयाम खोलियो । 

    महाभारतको द्रोणपर्वमा अर्जुनले व्यक्ति गरेको एउटा विचारबाट म एउटा धारणा बताउँछु ।

    पंक्ति छः

    चिरं स्थास्यति चाकीतिस्त्रैलोेके सचराचरे

    रामे बालीवधाद् यद्धदेवं द्रोणे नियातिते 

    अर्थात्, हे राजा युधिष्ठीर, रामले लुकेर बालीको हत्या गरे र अपकीर्तिको भागिदार बने । तपाई पनि झुठको साहारामा गुरु द्रोणको हत्याको अपकीर्तिको भागिदार बन्नुभयो ।  

    अब भन्नुस मान्यजन थाहा पाउँदा पाउँदै म कसरी युधिष्ठिरको त्यो सत्यवादिता स्वीकार गरौं ? यो त संकट पर्दा तैंले झुठको साहारा लिए हुन्छ भनिएको होइन ? म त्यसै गरौं ?   

    बिदुरको नीति, धर्मवादिता र ज्ञानसँग मेरो कुनै गुनासो छैन । प्रश्न पनि छैन र  सन्देह पनि । माथिका तीन शीर्षकमा हस्तिनापुरका प्रधानमन्त्री बिदुरभन्दा शक्तिशाली मेरा लागि भगवान भनिएका कृष्ण पनि छैनन् । बिदुर स्वयम् धर्मराजको अंश थिए, जो पछि युधिष्ठिरमा विलय भए उनको तर्क न्यायको, विधिको र धर्मको पक्षमा थियो । धृतराष्ट्रको पुत्रमोहविरुद्ध सभामा बोल्न सक्ने एक जना बिदुर नै त थिए । धर्मको पक्षमा विद्रोह ओकलेर सभा नै बहिष्कार गर्नसक्ने अरु को थिए ? सभामा भीष्म र द्रोणहरु मूर्तिवत् लाचार भइरहँदा बिदुरले बोलेका हरेक वाक्य न्याय र समानताको पक्षमा देखिन्छ । 

    अर्जुनको गाण्डिवभन्दा शक्तिशाली धनुष फ्याँकेर बिदुरले पाण्डव वा धर्मको जीतका लागि बाटो सहज गराइदिएका थिए । सन्दर्भ थियो सभामा दुर्योधनले गरेको अपमानको बदला । उनी युद्धमा संलग्न नहुने घोषणा गर्दै तीर्थाटनमा जानु भनेको पाण्डवको जीतको नयाँ आधार दिनु पनि हो । तर,

    तर, एउटा क्षेत्रीय राज्यको प्रधानमन्त्री राज्य संकटमा परेको बेला हतियार त्यागेर तीर्थाटनमा जानु शोभनीय हो ? आफ्नो राज्यको सुरक्षा उनको कर्तव्यभित्र किन परेन ? धर्मभित्र कर्तव्य पर्छ कि पर्दैन ? सही र गलतको अन्तर थाहा हुँदाहुँदै बिदुरले युद्धको सनिन्कट पुगेको राज्यलाई नेतृत्वविहीन बनाएर तीर्थाटनमा गएको चित्त नबुझे पनि ज्ञान, नीति, र धर्मका पक्षमा उनको अडानका कारण आशिषलाई सहर्ष ग्रहण गर्छु ।

  • अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न

    अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न

    सुपेन्द्र बस्नेत / रोड आईल्याण्ड

    नेपालीहरुकाे महान चाड बडा दशैंलाई लक्षित गरी आयाेजना गरिएकाे दशैं कार्यक्रम अमेरिकाकाे राेड आईल्याण्डमा भब्यताका साथ सपन्न भएकाे छ । नेपाली समुदायकाे संस्था नेप्लिज एसाेसिएसन अफ राेड आइल्याण्ड (Nepalese Association of Rhode Island )ले आयाेजना गरेकाे  शुभकामना आदान-प्रदान सहितकाे उक्त मनाेरञ्जनात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे हाे । संस्थाले अमेरिकाकाे राेड आइल्याण्ड राज्यमा बसाेबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आयाेजना गरेकाे कार्यक्रमकाे मुख्य उद्देश्य चाड पर्व, धर्म, संस्कृति, परमपरा, रितिरिवाज आदिकाे संरक्षण र संबर्द्धन गर्नु रहेकाे थियाे ।

    गत आइतबार अक्टाेबर ६ मा पटाकेटमा आयाेजना गरिएकाे कार्यक्रममा झण्डै दुई सय नेपालीहरुकाे उत्साहजनक सहभागिता रहेकाे संस्थाका  अध्यक्ष उत्सव श्रेष्ठले जानकारी दिनु भयाे । कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुका साथै  कलाकारहरुले मनाेरन्जनात्मक नेपाली कला समेत प्रस्तुत गरेका थिए । प्रति टिकट २० डलर शुल्क रहेकाे कार्यक्रममा कलाकारहरु बिमला ढकाल, भिम्तुना महर्जन, स्नेहा पाेखरेल, सुदिश्मा आचार्य, गिता भण्डारी, ग्रिस्मा श्रेष्ठ, त्रिशा भागुइज, बिनिता महर्जन, अन्या खड्का लगायत कलाकारहरुले आफ्नाे कला प्रस्तुत गर्दै सहभागिहरुलाई भरपुर मनाेरञ्जन प्रदान गरेका थिए ।

    कार्यक्रममा नेपालीपन झल्काउने स्वादिष्ट परिकारहरुकाे समेत ब्यवस्था गरिएकाे थियाे । उक्त अवसरमा संस्थाका क्रियाकलापहरुका बारेमा संक्षिप्त जानकारी दिनुका साथै गत अगष्टमा सम्पन्न गरिएकाे पिकनिक कार्यक्रमकाे आय ब्यय समेत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे प्रति खुशी हुदै संस्थाका अध्यक्ष श्रेष्ठले प्रत्यक्ष अप्रत्यक्ष सहयाेगी भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद् ब्यक्त गर्नु भयाे । “ब्यस्त समयका बाबजुद पनि कार्यक्रमलाई प्राथमिकता दिएर सहभागि हुने, सहयाेग गर्ने र कार्यक्रमकाे बिभिन्न जिम्मेवारी बहन गर्नु हुने सबैलाई संस्थाकाे तर्फबाट धन्यबाद दिन चाहन्छु ” अध्यक्ष श्रेष्ठले भन्नु भयाे । कार्यक्रमकाे सफलताले आगामी दिनमा पनि  संस्थालाई थप सक्रिय बनाउन महत्वपूर्ण उर्जा सहितकाे उत्प्रेरणा मिलेकाे भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि यस्तै साथ र सहयाेग प्राप्त हुने बिश्वास ब्यक्त गर्नु भयाे । 

    परदेशमा नेपालीलाई नेपालीकाे साथ र सहयाेग निकै महत्वपूर्ण हुने भएकाले सबै नेपालीहरुलाई संगठित गराउने पनि कार्यक्रमकाे उद्देश्य रहेकाे  संस्थाका उपाध्यक्ष निराजन अधिकारीले बताउनु भयाे । धार्मिक,सामाजिक र साँस्कृतिक महत्व बाेकेका नेपाली प्रमुख चाडहरु सामुहिक रुपमा मनाउन संस्थाले हरसम्भव अग्रणी भूमिका खेल्ने प्रयास गरिरहेकाे छ” अधिकारीले भन्नु भयाे ” यस्ता कार्यक्रमहरु मनाेरञ्जनका लागि मात्र नभई ज्ञान शिक्षाका लागि पनि केन्द्रित गरिनु जरुरी छ जाे हामी गर्ने प्रयास गरिरहेका छाै ।” संस्थाले पहिलाे पटक यही आउदाे नेपालीहरुकाे दाेश्रो ठुलाे चाड तिहारमा द्येउसी भैलाे खेल्नका लागि आवश्यक तयारी समेत सुरु गरिसकेकाे अधिकारीले जानकारी दिनु भयाे । संस्थाले गरेका क्रियाकलापका कारण अहिले राेड आइल्याण्ड राज्यमा बस्ने मात्र नभई छिमेकी राज्यका नेपाली समुदायहरु पनि संस्थामा आबद्ध हुने क्रम बढ्दै गइरहेकाे छ । झण्डै  बाह्र बर्ष अघि  आेम् देवकाेटा, प्रशान्त थापा सहितका अग्रजहरुले जन्माएकाे संस्था विविध कारणले केहिे  बर्षदेखि निष्कृय रहेकाे थियाे । वर्तमान अध्यक्ष उत्सब श्रेष्ठ, उपाध्यक्ष निराजन अधिकारी,सचिब आशिष श्रेष्ठ, काेषाध्यक्ष सुरज अर्याल, सहसचिब एलिना धिताल, सदस्य निलिमा श्रेष्ठ, आस्था थापा लगायतका युवाहरुकाे सक्रियतामा एक बर्षदेखि संथाले सक्रियताकाे गति लिदै आएकाे छ । २,६७८ वर्ग किलाेमिटर क्षेत्रफल रहेकाे अमेरिकाकै सबैभन्दा सानाे यस राज्यमा साँढे दश लाख जनसंख्या रहेकाे छ भने झण्डै सात सयकाे हाराहारी नेपालीहरुकाे बसाेबास रहेकाे अनुमान गरिएकाे छ ।

  • अमेरिकामा धुमधामले दशैं मनाइँदै

    अमेरिकामा धुमधामले दशैं मनाइँदै

    कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका

    सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको सत्य नारायण मन्दिरमा साना नानीहरुको ठूलो भेला लागेको थियो । कन्या पूजामा इन्डियन र नेपालीहरुले साना नानीहरुलाई टिका लगाएर पूजा गरेर खानेकुरा र बिभिन्न उपहारहरु दान गरेका थिए ।

    एक सातासम्म बिदा लिएर नेपालमै जसरी धुमधामले दशै मनाउने योजना भएको सुनाउँदै थिइन् वुडसाइडस्थित दिब्यधाम मन्दिरमा दर्शन गर्न आएकी रीता श्रेष्ठ प्रधान । ‘अस्टमीको दिन देवीलाई चुनरी चढाएर दर्शन गर्न छोरा, छोरी, श्रीमान सबै मन्दिर आएका हौं’ उनले भनिन्, ‘मेरो ठूलो छोरी नर्थ क्यारोलिनामा बस्ने भएकाले यसपाली उतै गएर दशैँ मनाउँछौं ।’ आजैदेखि घरमा बिभिन्न नेवारी परिकार बनाएर परिवारसंगै रमाइलो गर्नेर्छौ । नवमीको दिन बिहानै आफ्नो गाडी पुजा गरेर, मन्दिरमा जमरा चढाएर दर्शन गर्छौ र दशैंको दिन टिका लगाएर नर्थ क्यारोलिना जान्छौं ।

    उनी मात्र होइन अमेरिकामा बस्ने नेपालीहरुले समय ब्यवस्थापन गरेर दशैँको दिन छुट्टि मिलाएरै दशैँ मनाउँदै आएका छन् । पेन्सिलभेनियाबाट दशैं मनाउनका लागि न्यूयोर्क आइपुगेका विष्णु छन्त्याल भन्छन्, परदेशमा भए पनि वर्ष दिनको चाड त मनाउनु प¥यो नि । दुई दिनको छुट्टि मिलाएर आफन्त भेट्न आँए । भोली टिका लगाएर दिनभर तास खेल्ने, खाने प्लान छ ।’

    दशैमा खसीको मासु र चिउरा खान मन पर्ने भएकाले फार्ममै गएर खसी किनेर ल्याउनेहरु पनि भेटिए । परदेशमै भएपनि नेपालीहरुले आ–आफ्नो तरिकाले दशैं मनाइरहेका छन् । नेपालमा सोमबार बिजया दशमी मनाइसकिए पनि अमेरिकामा यसपाली मंगलबार दशैँ मनाइदैँछ । अमेरिकामा मंगलबार बिहान ११ बजेर १५ मिनेटको समयलाई टिकाको उत्तम साइत मानिएको छ । नेपालीको महान् चाड दशैँ र नवरात्रमा विशेषगरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ । नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरेपछि दशौं दिन देवीको प्रसाद र आर्शिवाद स्वरुप टीका र जमरा लगाइन्छ । नकारात्मक शक्तिहरुलाई परास्त गरेर सकारात्मक उर्जा प्राप्त गर्ने अवसरका रुपमा यो पर्वलाई लिइन्छ । 

  • लघुकथा : सजाय

    लघुकथा : सजाय

    लीलाराज दाहाल / सर्लाही

    जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे ।

    समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।

    एउटी बाख्रीले भनी, हुनत म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ । उ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परें । क्षतिपूर्ति सहितको न्याय चाहियो ।

    लगत्तै एउटा स्यालले भन्यो, मेरै जातीको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ ।

    यत्तिकैमा फेरि अर्को हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो, ऊ त्यो छट्टुले मेरो छोरालाई अर्को राज्यमा बैदेशिक रोजगारीमा पठाई दिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो ।

    यसै गरी अन्यले पनि हत्या, आतंक, चोरी तस्करी, वातावरण प्रदुषण लगायतका समस्याहरुको उठान गरे ।

    सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।

    सबैको ध्यान सिंहतिर गएको थियो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए – सबै ।

    अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भिरतापूर्वक भन्यो; “तिमीहरुले अपराध बमोजिमको सजाय त पाउँछौ नै ! त्यो भन्दा ठूलो कुरा मानिसको बानी व्यहोराको सिको गरेकोमा पहिला तिमीहरुलाई दण्ड दिने घोषणा गर्दछु” । जनावरहरु यतिखेर भने केही बोल्न सकेनन् ।

  • परदेशीको दशैं

    परदेशीको दशैं

    घनश्याम कडरिया बियोग

    नपर्खिनु बोकि हातमा अक्षताको थाली आमा

    आउन पाइन यो दशैंमा रह्यो निधार खाली आमा

     

    धान झुल्ला खेतभरी, फुल फुल्ला बारीभरी

    यसपाली बिदा छैन, आउँछु अर्को पाली आमा

     

    पाइन मैले पठाउन, सौदा केही यसैपाली

    नयाँ नाना नभएनि, लाउनु भाको टाली आमा

     

    सम्झि रा‘छु गाऊबेसी, बालसंगी सबैलाई

    हांसिखुसी रहुन सबै, बगैचाका माली आमा

     

    पींग खेल्दै रमाउनु, खुसीयाली सबैतिर

    आशिर्वाद भवानीको, छाओस सबमा लाली आमा

  • हङकङका धनाढ्यय लि का सिङले आन्दोलन पिडित ब्यवसायलाई १ अरब सहयोग

    हङकङका धनाढ्यय लि का सिङले आन्दोलन पिडित ब्यवसायलाई १ अरब सहयोग

    न्यूयोर्क   

    बिगत ४ महिनादेखि हङ्कङमा चलिरहेको लोकतन्त्र समर्थनको आन्दोलनका कारण ब्यापार ब्यवसायमा क्षति पुगेका ब्यबसायीहरुलाई हङ्कङका एक धनाढ्यले अरबौ हङ्कङ  डलर सहयोग गर्ने भएका छन् । हङ्कङकै सबैभन्दा धनी ९१ बर्षीया लिका सिङले ति आन्दोलन पिडित ब्यवसायीहरुलाई १ अर्ब हङ्कङ डलर (१२ करोड ८० लाख अमेरिकी डलर ) सहयोग गर्ने भएका हुन् ।

    गत शुक्रबार लिका सिङको परोपकारी संस्था लिका सिङ फाउन्डेसनद्वारा जारी एक बिज्ञप्तीमा भनिएको छ “त्यो  कठीन समयमा भएको क्षतिको लागि मेरो सानो सहयोगले साना तथा मझ्यौला ब्यवसायहरुलाई अगाडि बढ्न मद्दत पुग्ने छ । हङ्कङमा संचालित साना तथा मझौला ब्यवसायलाई आन्दोलनका कारण पुगेको क्षतिको परिपुर्तिको लागि लि का -सिङले गर्न लागेको सहयोग गत हप्ता हङ्कङ सरकारले घोषणा गरेको २ अरब हङ्कङ डलर सहयोगमा अतिरिक्त सहयोग हो ।

    आर्थिक मन्दीबाट देशलाई रोक्नका लागि हङ्कङ  सरकारले अरबौं डलर क्षति पुर्तीका लागि लगानी गर्ने भएको छ भने लि का -सिङले थप १ अर्ब हङ्कङ डलर सहयोग गर्ने भएका हुन्  । का – सिङ हङ्कङस्थित रियल ईस्टेट ईन्डस्ट्रीका चर्चित व्यापारी हुन ।  

    श्रोत : सि एन एन

  • अमेरिकामा गोली चल्दा ४ को मृत्‍यु

    अमेरिकामा गोली चल्दा ४ को मृत्‍यु

     अमेरिकाको कन्सासस्थित एक बार भित्र गोली चल्दा ४ जनाको मृत्‍यु भएको छ भने अन्य पाँच जना घाईते भएका छन् । कन्सास पुलिस डिपार्टमेण्टका अनुसार जम्मा ९ जना मानिसहरुलाई गोली लागेको थियो ।

    हालसम्म गोली प्रहार गर्ने शंकास्पद कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन्  ।  घटना गत शनिबारोक मध्य रातपछि स्थानीय समय १ बजेर २७  मिनेट अाईतबार बिहान घटेको हो । घटनामा ह्यान्ड गन प्रयोग भएको प्रहरी सुत्रले बताएको छ ।  

    कन्सास सिटीको टकिला केसी बारमा अकस्मात चलेको गोलीबाट ४ जनाको बार भित्रै मृत्‍यु भएको थियो भने अन्य ५ जना घाईतेलाई अस्पताल पुर्याईएको थियो । गोली प्रहार गर्नुको उदेश्य प्रस्ट खुलेको छैन ।  

    एजेन्सी

  • थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

    थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

    थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ।

    काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए ।

    ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ।

    हाएउ नारोक वा ‘हेल्स फल’ भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दु:खद घटना भएका थिए । सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए । त्यो घटनाको देशका सञ्चार माध्यमहरूले ठूलो चर्चा गरेका थिए।

    झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो ।

    तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे।

    उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले हेरिरहेको अधिकारिहरुले संचार माध्यमहरुलाई बताएका छन् ।  

    वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठुलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ।

    उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक् । हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्।

    थाईल्यान्डमा झन्डै सात हजार वटा एशियाली हात्तीहरु छन् । ती मध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।

    श्रोत : बिबिसि नेपाली

  • जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि

    जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि

    न्यूयोर्क   

    सन २०१९ को अन्तिम ३ महिना बाँकी हुँदा यो  बर्ष दुई एसियाली देशका राहदानी विश्वभरका देशहरु मध्ये सबैभन्दा शक्तिशालीमा दरिएका छन् । जापान र सिंगापुरको राहदानी भ्रमणका लागि सबैभन्दा सजिलो भएका कारण विश्वमा नै सबैभन्दा शक्तिशाली भएका हुन् । बिगत १५ बर्षदेखि लगातार विश्वभरका देशहरुका राहदानीको अध्ययन गर्दै आएको हेनेली पासपोर्ट इन्डेक्सले भर्खरै सार्वजनिक गरेको रिपोर्ट अनुसार जापान र सिंगापुरको राहदानी १ नम्बरमा परेको हो । जापान र सिंगापुरको राहदानी बाहकलाई १९० देशहरुको भ्रमण गर्दा प्रवेशाज्ञा पहिले नै लिनु पर्दैन । ती दुई देशका राहदानी बाहक १९० देशहरुमा बिना भिसा भ्रमण गर्न सक्दछन । फिनल्याण्ड, जर्मनी र साउथ कोरियाको राहदानी बाहकले १८८ देशहरुको भ्रमणमा भिसा लिनु पर्दैन ।  यी तीन वटा देशहरुको राहदानी दोश्रो शक्तिशाली भएका छन् । युरोपियन देशहरु डेनमार्क, लक्जम्बर्ग र ईटालीको राहदानी तेश्रो शक्तिशाली हुन पुगेको छ । यी देशको राहदानी बोकेर १८७ देशहरुमा बिना भिसा भ्रमण गर्न सकिन्छ । फ्रान्स, स्पेन र स्विडेनलाई १८६ देशहरुको बिना भिसा भ्रमण गर्ने पहुँच प्राप्त भएपछि चौथौं शक्तिशाली भएका छन । सन २०१४ मा विश्वमा नै नम्बर १ को श्रेणीमा परेको संयुक्त राज्य अमेरिका र बेलायतको राहदानीको साख घटेर छैठौंमा पुगेको छ । बेलायत र अमेरिकाको यो श्रेणी सन २०१० पछिको सबैभन्दा तल्लो हो ।  लेबनन र उत्तर कोरियाको राहदानी १०० नम्बरमा परेका छन् । यि दुई देशहरुलाई ३९ देशहरुमा मात्र बिना भिसा भ्रमण गर्ने अनुमती छ भने नेपाल लेबनन र उत्तर कोरिया भन्दा एक श्रेणी पछाडि १०१ नम्बरमा ३८ वटा देशहरुको बिना भिसाको पहुँचमा छ ।  अफगानिस्तान सबैभन्दा पछाडि १०७ नम्बरमा परेको छ । यो देशको राहदानी बाहकले जम्मा २५ देशको पहुँच पाएका छन् ।  

    इन्टर्नेसनल एयर ट्रान्सपोर्ट अथोरिटी (अाई ए टि ए ) ले हेनेली पासपोर्ट इन्डेक्सलाई उपलब्ध गराएको डाटाको आधारमा कुन कुन देशको राहदानी कुन कुन देश भ्रमणमा प्रयोग गर्दा बिमानस्थलमा प्रबेशाज्ञा प्राप्त गर्न सकिने वा बिना प्रबेश आज्ञा भ्रमण गर्न सकिने वा भ्रमणपूर्व नै प्रवेश आज्ञा लिनु पर्ने भन्ने आधारमा तयार पारिएको हो । हेनेलीले कुल २२७ गन्तब्य र ११९ देशहरुको राहदानीको सुची माथि अध्ययन गरेर तयार पारेको जनाएको छ ।