Author: Vishwanews.com

  • क्यालिफोर्नियाको एक घरको पार्टीमा गोली चल्दा ३ को मृत्‍यु, ९ घाईते

    क्यालिफोर्नियाको एक घरको पार्टीमा गोली चल्दा ३ को मृत्‍यु, ९ घाईते

    क्यालिफोर्निया

    क्यालिफोर्नियाको लङ् बिचस्थित एक घरमा मंगलवार मास सुटिङ् हुँदा ३ को मृत्‍यु  र ९ जना घाईते भएका छन् । साथीभाई ईष्टमित्र बोलाएर एक व्यक्तिगत घरमा आयोजित पार्टीमा अकस्मात मास शुटिङको हमला भएको हो ।

    टेम्पल एभेन्यु नजिकै ७ स्ट्रिमा रहेको घरमा घटनाको जानकारीपछि १० बजेर ४४ मिनेट जाँदा प्रहरीको टोली पुगेको थियो भने घटना रातको करिव साँढे १० बजे घटेको थियो ।

    घटनाको जानकारी सम्वन्धमा, शुरुमा घटनास्थलमा प्यारामेडिक्सले मास सुटिङ्का कारण १२ जना घाईते भएको बताए पनि औसत २० बर्ष उमेर वरिपरिका ३ जनालाई प्यारामेडिक्सले मृतक घोषणा गरेका थिए ।  ९ जना घाईतेलाई थप उपचारको लागि स्थानीय अस्पताल लगिएको थियो । 

    सामुहिक गोली प्रहारको यो घटना ब्यक्तिगत घरमा आयोजित हलोईन पार्टीको दौरान भएको थियो ।  

    गोली प्रहार गर्ने ब्यक्तीको तिब्र खोजी कार्य भईरहको बताईएको छ।

  • न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

    न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

    न्युयोर्क

    यही अक्टोबर २८ का दिन न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेको हो । 

    न्युयोर्क सिटी कम्पट्रोलरबाट यो उच्च स्तरको सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो । न्युयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने यो सम्मान क्रमश: २०१७ र २०१८ मा  नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) र अधिकारले प्राप्त गर्न सफल भएको थियो ।

    दक्षिण एसियालीमुलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन् । 

    तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्युयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले खुलेर प्रशंसा गरेका थिए । त्यसै गरी तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले “यो सम्मानबाट तामाङ समाज अमेरिकाको जिम्मेवारी अझै बढेको र न्युयोर्क शहरलाई गर्व गर्न लायकको शहर बनाउने अभियानमा संस्थाले अहम भूमिका निर्वाह गर्ने ” बताएकी थिइन् ।

  • नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

    नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

    काठमाडौं

    एक जना नेपालीले पर्वतारोहणको ईतिहासमा नयाँ किर्तिमान राखेका छन् । ३६ बर्षीय निर्मल पुर्जाले १८९ दिन भित्र विश्वका १४ वटा अग्ला हिमश्रृंखलाको सफल आरोहण सम्पन्न गरी नयाँ किर्तिमान राखेको हो । पुर्जाले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने क्रममा मंगलवार चिनको सिसपङ्मा हिमालको आरोहण सफलता  पूर्वक सम्पन्न गरेपछि विश्वमा उनको नयाँ किर्तिमान कायम भएको हो । आरोहण गरिएका १४ वटा हिमश्रृंखलाहरु मध्ये सिसपङ् अन्तिम हिमश्रृंखला थियो ।

    यस अगाडिको १४ वटा हिमश्रृंखला आरोहण सम्वन्धि विश्व रेकर्ड ७ बर्ष १० महिना ६ दिनको थियो । यो रेकर्ड दक्षिण कोरियाका पर्बतारोही किम चाङ् होले सन् २०१३ मा बनाएका थिए । नेपालका पुर्जाले दक्षिण कोरियाका किमको रेकर्डलाई तोडेर नयाँ रेकर्ड  बनाएका हुन् । पुर्जाको पर्बतारोहणको सम्पूर्ण सामग्री ब्यबस्थापन गरेका सेभेन समिटका मिङ्मा शेर्पाले संचार माध्यमलाई बताए अनुसार पुर्जाको स्वास्थस्थिती राम्रो रहेको र चुचुरोबाट सफलता पूर्वक तल झर्न सफल भएका छन् । पर्बतारोही पुर्जा ब्रिटिश सेना हुन् । उनी सन् २००३ मा ब्रिटिश सेनामा भर्ती भएका थिए ।  

    यसै बर्षको अप्रिल २३ मा नेपालमा रहेको माउन्ट अन्नपूर्ण, धौलागिरी मे १२, कन्चनजंगा मे १५, सगरमाथा मे २२, लोत्से हिमाल मे २२, मकालु मे २४, मनास्लु सेप्टेम्बर २७ मा आरोहण गरेका थिए ।  चिनमा रहेको माउन्ट चो यु सेप्टेम्बर २३, माउन्ट सिसपङ्को आरोहण अक्टुबर २९ मा गरेका हुन् ।

    पुर्जाले यसै बर्ष खिचेको सगरमाथा आरोहणको क्रममा चुचुरो भन्दा केही तल आरोहीहरुको ट्राफिक जाम भएको दृष्यको तस्विर विश्वभर चर्चित भएको थियो ।

  • अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

    अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

    न्युयोर्क

    अमेरिकी राहदानी बाहक अर्थात अमेरिकी नागरिकहरुले प्रायश: विश्वका थुप्रै देशहरुको भ्रमण गर्दा सम्बन्धित देशहरुको भिसा लिइरहनु पर्दैन । राहदानी बोक्यो, हवाईजहाज चढ्यो । तर अन्य थुप्रै देशहरु पनि छन् जहाँ जानको लागि अमेरिकी राहदानी बाहकले भिसा लिनै पर्छ । यसरी अमेरिकी पासपोर्ट  बाहकले भिसा लिनै पर्ने थुप्रै देशहरुको सुचीमा भिसा प्राप्त गर्ने तीन वटा फरक फरक ब्यवस्थाहरु छन् । त्यस मध्येका अधिकांश देशहरुले सम्बन्धित देशको विमानस्थलमा पुगेपछि भिसा लिने ब्यबस्था गरेका छन् । यस्तो ब्यवस्था भएका देशहरुको भ्रमणमा जाँदा हवाई टिकट भएपुग्छ । तर सम्बन्धित देशको बिमानस्थलमा भिसा लिँदा भिसा फि भने तिर्नै पर्छ ।  

    अर्को समुहका देशहरुले भने भिसा बिमानस्थलमा पनि दिंदैनन् । ति देशको भ्रमणमा जानुभन्दा पहिले नै भिसा लिएर जानु पर्छ । नत्र अलपत्र पारिएला ! तर यो समुहका देशहरुले अमेरिकी राहदानी  बाहकका लागि ई – भिसाको ब्यबस्था गरेका छन् । सम्बन्धित देशको सरकारी वेबसाईटमा गएर तोकिएको रकम तिरेर आफ्नो ब्यक्तिगत जानकारी भरेपछि कन्फर्मेसन प्राप्त हुन्छ । त्यही पर्चीलाई प्रिन्ट निकालेर राहदानीको साथमा बोकेर हिड्दा हुन्छ ।  

    यि दुई समुहका देश बाहेक अर्को समुह पनि छन् । त्यो समुहका देशहरुले अमेरिकी नागरिकलाई न बिमानस्थलमा भिसा दिन्छन् न ई – भिसा नै दिन्छन् । यी देशहरुको भ्रमणका लागि भिसा पहिला नै लिनु पर्दछ ।  त्यस्ता देशहरुको  भिसा लिन केही कागजी झन्झट हुन सक्छ । केही बढी समय लाग्न पनि सक्दछ । स्मरण रहोस्; अमेरिकाको पासपोर्ट छ भन्दैमा त्यतिकै हवाई टिकट किनेर एयरपोर्ट नदौडनुस् । अमेरिकी पासपोर्ट सबै देशको लागि “गोल्डेन टिकट” होईन । यी देशहरुको भ्रमण गर्न पहिले नै भिसा लिनु पर्दछ ।  

    १) म्यानमार :

    म्यानमारले पर्यटकका लागि टुरिस्ट भिसा र टुरिस्ट भिसा एक्स्प्रेस दिने गरेको छ । ई – भिसा $५० मा प्राप्त हुन्छ त्यस्को लागि ३ देखि ४ दिन लाग्दछ । तर ई -भिसा एक्स्प्रेसको लागि $५६ लाग्छ तर २४ घण्टा  भित्र भिसा प्राप्त हुन्छ । भिसा जसरी लिए पनि म्यानमार  भ्रमणमा जाँदा पहिले नै भिसा लिएर जानै पर्छ ।

    २) भियतनाम :

    भियतनाम जानका लागि ३ किसिमले भिसा लिन सकिन्छ । पहिलो तरिका हो वेबसाईटबाट अप्लाई गरेर प्राप्त गर्ने, अर्को अमेरिकास्थित भियतनामी दुताबासमा गएर भिसा लिने, र अर्को तरिका हो कुनै ट्राभल एजेन्सीमा गएर “लेटर अफ अप्रुभल” लिने ।  अनि त्यही ट्राभल एजेन्सीले दिएको लेटर अफ अप्रुभलको आधारमा भियतनामको बिमानस्थलमा अबतरण भएपछि अराईभल भिसा लिने । तर याद राख्नुस् “लेटर अफ अप्रुभल” भएन भने अराईभल भिसा प्राप्त गर्ने ब्यबस्था छैन । भियतनामको लागि ३० दिने भिसाको मुल्य $२५ पर्दछ ।  

    ३ ) ब्राजिल :

    केही समय अगाडिसम्म ब्राजिल घुम्न जानु पर्‍यो भने अमेरिकी नागरिकलाई निकै लामो प्रकृया पुरा गरेर ब्राजिलको दुतावास वा कन्सुलेटबाट भिसा लिनु पर्दथ्यो तर अहिले ब्राजिलले नियम परिवर्तन गरेर ई -भिसाको ब्यबस्था गरेको छ । ब्राजिलले अमेरिका, क्यानाडा अष्ट्रेलिया र जापानको लागि ई – भिसाको ब्यबस्था गरेको हो । ई – भिसाको लागि शुल्क बुझाएको १० दिन भित्र ईमेलबाट ई- भिसा आउँदछ र प्रिन्ट निकालेर पासपोर्टसंगै बोकेर जानु पर्दछ ।  ब्राजिलको ९० दिनको भिजिट भिसाको लागि ४४ डलर २४ सेन्ट शुल्क लाग्दछ ।  

    ४ ) भारत :

    अमेरिकी नागरिकले भारत भ्रमणमा जानको लागि वेब साईटबाट अनलाईन भिसा आबेदन दिन सक्छन् । यद्यपी थुप्रै ब्यापारी कम्पनीले भिसा लगाएर ल्याउने काम पनि गर्दछन् । तर ती कम्पनीले अतिरिक्त शुल्क लिने गर्दछन् । तर पनि सरकारको आधिकारिक वेब साईटबाट आँफैले आबेदन दिएर भिसा लिँदा पैसाको बचत र भरपर्दो पनि हुने गर्दछ । भारतको भिसा लिन आबेदन दिंदा पासपोर्ट ६ महिना म्याद हुनु पर्दछ भने पासपोर्टमा २ पेज खाली हुनै पर्द्छ । अमेरिकी नागरिकलाई ६० दिनको भिसाको $१०२ पर्दछ । भिसा प्राप्त गरेको १२० दिनसम्म भिसा प्रयोग भएन भने स्वत: रद्ध हुन्छ ।  

    ५ ) भुटान :

    भुटानको भिसा लिन त्यति सजिलो छैन । भुटानको भिसाको लागि सबैभन्दा पहिला टुर गाईड लिनु पर्दछ । गाईडसँग समन्वय गरेर कति दिन घुम्ने कता कता घुम्ने बताए पछि गाईडले आईटिनरी तयार गर्दछ । आईटिनरीको आधारमा मुल्य र भ्रमणको पुरा खर्च तयार हुन्छ । त्यो तय भएको भ्रमण अबधिको मुल्य बुझाएपछि गाईडले भिसा अप्लाई गरिदिन्छ । एक हप्ता भित्र ईमेलबाट भिसा आउंछ । त्यही भिसा लिएर पासपोर्टको साथमा भुटान जानु पर्दछ ।  

    ६ ) रसिया :

    रसियाको लागि ई-भिसाको ब्यबस्था छैन । अमेरिकी नागरिकले रसिया भ्रमण गर्नु पूर्व नै रसियन दुतावास वा कन्सुलेटबाट भिसा लिनु पर्दछ । तर थाहा पाउनै पर्ने कुरा के हो भने; रसियाको भिसा लिनको लागि स्पोनसरको पत्र अनिबार्य छ ।  यद्यपी यस्ता स्पोन्सर भने भ्रमणको क्रममा बस्ने होटल भ्रमण तालिका बनाउने ट्राभल एजेन्ट वा रसियामा बस्ने नातेदार वा साथी जो पनि हुन सक्छ्न ।  

    ७ ) चिन : 

    चिन भ्रमणको लागि ई-भिसाको ब्यबस्था छैन । चिनको दुताबास वा कन्सुलेटमा सशरीर उपस्थित भएर भिसा आबेदन दिनु पर्दछ ।  सामान्यतया सिङल ईन्ट्री भिसाको लागि १४० डलर शुल्क लाग्दछ । आबेदन दिएको ४ दिनमा भिसा प्राप्त हुन्छ भने एक्स्प्रेस गर्ने हो भने २ देखि ३ दिनको समय लाग्दछ ।  

    यि माथिका ७ वटा  देश बाहेक तल उल्लेख गरिएका अन्य देशहरुको भ्रमणमा जाँदा पनि पहिला नै भिसा लिनु पर्दछ । यि उल्लेख गरिएका देशहरुको पनि बिमानस्थलमा अराईभल भिसा दिने ब्यबस्था नभएको हुँदा भ्रमण पूर्व भिसा लिनु पर्दछ ।  

    – अफगानिस्तान, अंगोला, अजरबैजान, अल्जेरिया, चाड, क्युबा, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, ईरिट्रिया, गाम्बिया, घाना, गिनी, ईरान, ईराक, लाईबेरिया, लिबिया, माडागास्कर, मलावी, माली, नाईजर, नाईजेरिया, पाकिस्तान, अष्ट्रेलिया ।

    उपरोक्त सावधानि अपनाउनु भयो भने अनावश्यक झण्झटबाट बच्नुहुनेछ । 

  • बोष्टनमा दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न

    बोष्टनमा दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपालीहरुकाे महान चाड दशैं र तिहारकाे शुभ अवसर पारेर आयाेजना गरिएकाे दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न भएकाे छ । अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था ग्रेटर बाेस्टन नेपाली कम्युनिटी (जिबिएनसी)द्वारा आयाेजित उक्त कार्यक्रम गत अक्टाेबर २६ का दिन विविध कार्यक्रम गरी सम्पन्न गरिएकाे हाे ।नेपाली राष्ट्रिय गान “सयाैं थुंगा फुलका हामी, एउटैमाला नेपाली ” र अमेरिकाकाे राष्ट्रिय गान गाएर शुभारम्भ गरिएकाे कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुका साथै द्येउसी भैलाे समेत खेलिएकाे थियाे । 

    साेमरभिल सहर(Somerville City )का मेयर  जाेसेफ कर्टाटाेन(Joseph Curtatone)काे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रमलाई कलाकारहरु र डिजेले  मनाेरञ्जनात्मक साँगितिक माहाेललाई उत्कर्षमा पुर्याएका थिए।कार्यक्रममा आफ्नाे शुभकामना मन्तब्य ब्यक्त गर्दै मेयर कर्टाटाेन(Curtatone)ले राष्ट्रपति डाेनाल्ड ट्रम्प आप्रवासी प्रति अनुदार देखिएकाे भएता पनि आफुहरु भने  सकारात्मक नै रहेकाे जिकिर गर्नु भयाे । नेपाली चाड, पर्व,धर्म,संस्कृति,रितिरिवाज, कला,भेषभुषा आदिकाे संरक्षण तथा सम्बर्धन गर्ने मुख्य उद्देश्यका साथ  उक्त कार्यक्रमको आयोजना गरिएकाे संस्थाका अध्यक्ष अर्जुन जंग कुँवरले बताउनु भयाे ।

    ·

    कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे प्रति खुसी ब्यक्त गर्दै अध्यक्ष  कुँवरले प्रतक्ष्य अप्रतक्ष्य रुपमा  सहयाेगी भुमिका निर्वाह गर्नु हुने सबै प्रति आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गर्नु भयाे । “हामी अत्यन्तै खुसी छाै । यसले हामीलाई थप उर्जा दिनुका साथै भावी दिनमा अझ जिम्मेवार भएर क्रियाशिल हुन उत्प्रेरित गरेकाे छ”अध्यक्ष कुँवरले भन्नु भयाे । संस्थाका सचिव परशुराम फुयालद्वारा सञ्चालित तथा कुँवरकाे अध्यक्षता रहेकाे कार्यक्रममा बिषेश अतिथि बुद्धिनारायण श्रेष्ठले बिषेश मनतब्य दिनु भएकाे थियाे । प्रति टिकट २५ डलर शुल्क रहेकाे गीत संगीतमय उक्त मनाेरञ्जनात्मक कार्यक्रममा नेपाली स्वादिष्ट परिकारहरुकाे समेत ब्यवस्था गरिएकाे थियाे । सन् १९८९ काे दशैंकै अवसरमा भएकाे नेपालीहरुकाे भेलाले जन्माएकाे यस संस्थाले हरेक बर्ष दशैं तिहारकाे अवसर पारेर  गर्दै आएकाे यस प्रकारकाे  कार्यक्रमलाई  यस बर्ष अझै परिस्कृत ,बृहत र परिणाममुखी बनाउन  सफल भएकाे संस्थाका माहासचिव राज थापाले बताउनु भयो । भावी दिनमा अझ   धेरैलाई समेटेर कार्यक्रम थप प्रभावकारी बनाउन संस्था प्रतिबद्ध भएर लाग्ने बताउदै माहासचिव थापाले भावि दिनमा पनि सबैबाट महत्वपूर्ण सल्लाह सुझाब सहित आ-आफ्नाे ठाँऊबाट सक्दाे सहयाेग पुर्याउनु हुन सबैलाई आग्रह समेत गर्नु भयाे । झण्डै तिस हजार नेपालीहरुकाे बसाेबास रहेकाे यस राज्यमा नेपाली समुदायका बिच संस्थाले संस्थाकाे उद्देश्य अनुसार बेला बखत विभिन्न क्रियाकलापहरु गर्दै आइरहेकाे छ ।यद्यपि नेपालीहरुकाे ठुला हिस्सा संस्थामा आबद्ध हुन बाँकी नै रहेकाले सबैलाई समेट्न सबैले संयुक्त पहलकदमी गर्नु पर्ने जरुरी देखिन्छ ।

  • अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो

    अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो

    विश्वमा लामो समयदेखि सर्वाधिक खोजिमा रहेका आतंककारी समुहका नेता अबु बकर अल बग्दादीको मृत्‍युमा अहम भूमिका खेल्ने अमेरिकी सेनाको कुकुर घाईते अवस्थामा आफ्नो ड्युटीमा फर्किएको छ । गत शनिबार  चर्चित आतंकबादी नेता मारिएको भन्दै आइतबार बिहान राष्ट्रपति डोनाण्ड ट्रम्पले व्हाईट हाऊसबाट बिशेष सम्बोधन गरेका थिए । बग्दादीको मृत्‍युमा बिशेष भूमिका खेल्ने सेनाको तालिम प्राप्त उक्त कुकुरले जमिन भित्रको सुरुङ्मा लुकेर बसेका बग्दादीलाई लखेटेको थियो । कुकुरले लखेटेकै कारण अमेरिकी सेना बग्दादीको नजिक पुगेपछि बग्दादीले आफुले लगाएको आत्मघाती ज्याकेट बिस्फोट गराएर आफू सहित आफ्ना ३ सन्तान समेत मार्दै आफैले ईहलिला समाप्त पारेका थिए । बिस्फोटको कारण सामान्य घाईते भएको सेनाको उक्त कुकुर नियमित काममा फर्किसकेको सोमबार पेन्टागनले जनाएको छ ।

    राष्ट्रपति ट्रम्पले सोमबार उक्त सहसी कुकुरको तस्बिर राख्दै ट्विट्मा भनेका छन “हामीले प्रशंसा गर्न लायक यस्तो कुकुरको तस्बिर सार्वजनिक गरेका छौं (नाम सार्वजनिक गरेका छैनौं) जस्ले आतंककारी नेता अबु बकर अल बग्दादीलाई समाउन र मार्न सफल भयो “। उक्त कुकुरको चर्चा यतिबेला सर्वत्र चलेको छ । बिशेष जिम्मेवारी बोकेर मिसनमा जाँदा जुन स्पिरिटमा बोकेको थियो, सामान्य घाईते अवस्थामा मिसन पुरा गरेर फर्किंदा पनि उक्त कुकुरको जोश कम देखिएको थिएन । राष्ट्रपतिको समेत प्रशंसा पात्र बनेका साहसी कुकुर हाल निगरानिमा छ । बिभिन्न सञ्चार माध्यायमहरुले उक्त कुकुरलाई “हिरो डग” को संज्ञा समेत दिएका छन् ।

    श्रोत:न्यूयोर्क पोष्ट

  • बियोण्ड दि हिमालयज् र प्रतीक ढकाल

    बियोण्ड दि हिमालयज् र प्रतीक ढकाल

    पुस्तक समिक्षा : रश्मी भट्ट, न्यूयोर्क

    नेपाली साहित्यका कवि, लेखक, एक चिन्तक ऊवम् विश्लेषक प्रतीक ढकाल हामी सबैका सुपरिचित नियात्राकार हुन् । अझ भनौं बिशेष गरी नियात्रा बिधाका सिद्धहस्त सफल र बरिष्ठ ब्यक्तित्व । जागिरे जीवनमा अनेकौं दु:ख दर्द खेप्दै लामो समय प्रशासनिक क्षेत्रमा बिताएका उनले दुई वटा प्रशासन सम्वन्धि पुस्तक, दुई अनुवाद कृति , एक शोक काव्य, सेती पनि काली पनि, हिमाल पारी पुगेपछि, बियोन्ड द हिमालयज ट्राभेलग, सगरमाथाको आधार शिबिरबाट जस्ता मुल्यवान नियात्रा कृति प्रकाशन गरेर नेपाली साहित्यमा योगदान पुर्याएका छन् । त्यसै गरी ” Beyond The Himalayas ” कृतिलाई अंग्रेजी भर्सनमा ल्याएर अनलाइनमा अर्थात् अमेजन्, बार्न्स एण्ड नोबल र आइ युनिभर्स डटकममा राखि विश्व साहित्याकाशमा नेपाली साहित्य र लेखक स्वयंलाई चिनाउने भर मग्दुर प्रयत्न गरेका छन् । यसले बिदेशमा बस्ने नेपाली पाठकलाई त यसै लाभ हुने नै भयो । विश्व भरका समस्त जिज्ञासु, पढ्ने बानी परेका मानव मनहरूलाई खुसी तुल्याउनेछ ।

    नेपाल हिमालयको देश भनेर नामले त बिश्वमा केही हदसम्म चिनिन्छ तर यस बियोन्ड द हिमालयज कृतिले अझ त्यसलाई साॅच्चै नेपाल हिमालयकै देश हो त ? कस्ता छन् त ती हिमाल र हिमालय क्षेत्रका जन जीबन, रहन सहन ? भनेर राम्रो र यथार्थ चिनारी दिन अत्यन्तै कसरत गरेको छ ।यात्राको सुख दु:खका अनुभुति बटुल्नु एउटा राम्रो पक्ष हो । ती ठाउॅ अबस्था, प्रकृति र जनमनको चित्रण गर्नु अर्को उच्च पक्ष हो । अझै त्यसमा पनि देश भित्रकै बिभिन्न ठाउॅ घुमेर , नियालेर पाठकलाई रौं चिरा दर्शन गराउनु उच्चतम कुरा हो । यस कृतिमा खास गरी नेपालका हिमाली जिल्ला मध्ये डोल्पा र उपल्लो मुस्ताड्को बारे बर्णन गरिएको छ । धेरै र सुन्दर हिमालय भएका, सेफोक्सुण्डो, मुक्तिनाथ जस्ता प्रसिद्ध ठाॅउ भएका यस जिल्लाका बारे हामी नगएकाहरूलाई गए जस्तै र गएकाहरूलाई थप रमाईलो दिन्छ । कृतिले हिमालय नजिक, हिमाल पारी अर्थात् हिमाली भेगका हिमालको सौन्दर्य मात्र वर्णन नगरी, त्यहाॅको भौगोलिक वातावरण, पर्यटनको सम्भावना, असर, सामाजिक, आर्थिक, साॅस्कृतिक, राजनैतिक सॅपुर्ण पक्षको राम्रो नराम्रो प्रभाबको स्पष्ट वर्णन गरेको छ ।

    हिमालयको देश भनेर गर्वले छाती फुलाउन हामी सबैलाई मन लाग्छ तर साॅच्चै हिमाली क्षेत्रमै पुगेर यसरी बर्णन गर्न जो पाएले सक्दैनन् र कमैलाई मात्र यस्तो अवसर, साथी र समय जुर्ला ! नेपाल गईसकेका, जान चाहने, नगइकनै नेपाललाई बुझ्न चाहने विश्वका जो कोही अंग्रेजी बुझ्नेलाई यस कृतिले नेपालका हिमाली भेगबारे पक्कै रसस्वादन गराउनेछ । त्यस भेगका गरीबीको चित्रणले पर्यटकले के सोच्लान् भने झैं पनि लाग्छ । लेखकले राम्रै राम्रो मात्र वर्णन गरेका भए नि हुने जस्तो पनि लाग्छ तर सत्य लुकाउन सकिंदैन र हुॅदैन पनि । यस कृतिले पर्यटकहरू भित्र्याएर नेपालको पर्यटन ब्यवसायलाई ठूलो टेवा पुर्याउनेछ । लेखकको मुख्य उद्धेश्य पनि पर्यटनको बिकाश नै देखिन्छ । साहित्यप्रेमी नेपालीलाई मात्र नभएर, हिमाली भु-भाग नजीकबाट प्रत्यक्ष नदेखेका जो कोही नेपालीका लागि पनि कृति पठनीय र उत्साहप्रद छ । आनन्ददायी छ । हिमाली भेगका दु:ख, अभाब , गरिवीले मुटु दुखाउॅछ भने, त्यहाॅको रहन सहन, भेषभुषा भौगोलिक वनावट प्राकृतिक वातावरण आदिले सुखको सॅचार गर्दछ । हरेक नेपालीले हेर्न ईच्छा राख्ने ठाउॅ पनि डोल्पाको फोक्सुण्डो ताल, दक्षिण तर्फका ती हिमालहरु, गुम्बा, चैत्य र उपल्लो मुस्ताङ्को कागबेनी, मुक्तिक्षेत्र, काली गण्डकी, सालीग्राम आदि नै हो ।

    नेपालले आउॅदै गरेको सन् २०२० लाई धुमधामले पर्यटन बर्षको रूपमा मनाई बीस लाख जति पर्यटन भित्र्याउने लक्ष्य राखीरहेको छ । यही समयमा सरकारी स्तरबाट पनि यो र यस्ता कृतिहरूको प्रबर्धन गर्न पाए राम्रो हुन्थ्यो । विश्वमा छरिएका बिभिन्न नेपाली राजदुतावासहरूले यो कृति मात्र नभएर यस्ता यस्ता सबै कृतिहरू यथासम्भव स्टकमा राखेर बिदेशीलाई उपहार दिन सके झनै राम्रो हुन्थ्यो होला । नेपालको गौरव बढ्नुको साथै पर्यटक पनि धेरै हदसम्म बढ्थे होलान् । तसर्थ नियात्रा बिधामा सिद्धहस्त प्रतिक ढकालको यस” Beyond the Himalayas” कृतिले साहित्यमा मात्र नभएर नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुर्याउनेछ भन्ने आशा हामीलाई छ । एक पटक खोजी खोजी यस कृतिलाई अध्यनन गरौं र गरेपछि अवश्य नै कृतिले नेपाललाई बिश्वमा चिनाउन लेखकले गरेका प्रयत्न हामीलाई थाहा हुनेछ । नियात्राको, आफ्नै भुमीको रसस्वादन पनि गरौं ।

  • भिजिट नेपाल २०२० का सद्भावना दुत डोल्मा भन्छिन् : हाम्रो स्पीडसँग सबै हार्छन्

    भिजिट नेपाल २०२० का सद्भावना दुत डोल्मा भन्छिन् : हाम्रो स्पीडसँग सबै हार्छन्

    विशेष अन्तर्वार्ता, न्यूयोर्क

    मिसेस नेपाल टुरिजम् २०१९, को उपाधि धेरैको सपना थियो । श्रीमती छिरिङ्ग डोल्मा शेर्पाले आफ्नो प्रतिभा, सुन्दरता र क्षमतालाई प्रभावकारी ढंगले प्रस्तुत गरी निर्णायकको मन जित्न सफल भईन । दोलखाको ग्रामिण परिवेशमा हुर्किएर शिक्षा र समुन्नतीकोलागि राजधानी काठमाडौं छिरेका छिरिंग डोल्मा शेर्पाको जीवनगति सधैं प्रगती उन्मुख रहेको छ । परिवारको साथ आमा र गृहिणी, साथीभाईको सहृदयी अनि व्यवसायमा अब्बल रहने व्यवहारिक ज्ञान नै उनको सफलताका घोतक हुन् । यतिबेला उनै व्यक्तित्व “भिजिट नेपाल २०२०” को सदभावना दुतको रुपमा अमेरिका भ्रमणमा आएका छन् । यसै भ्रमणको उद्देश्य लगायत बिबिध बिषयमा जानकारी पाउनका हेतु विश्व सन्देश साप्ताहिक पत्रिकाको लागि योगेश आदीले लिएको भेटवार्ता;

    • डोल्माजी अमेरिकामा स्वागत छ । कस्तो भईराको छ ?

    – धन्यबाद । सोचेभन्दा राम्रो भईरहेको छ । मैले प्रवासमा रहेका नेपाली दाजूभाई दिदीबहिनीहरुको माया र सहयोगको गुन कहिले तिर्ने होला जस्तो लागिसक्यो । सबैजनाले कस्तो आफ्नै जस्तो व्यवहार गर्छन् । 

    • किन आउनु भो अमेरिका ? विशेष कारण छ कि घुमघाम मात्र ?

    – दुबै भनेर बुझ्दा हुन्छ । नयाँ ठाउँमा पुग्दा कस्लाई घुम्न मन लाग्दैन र ? खासगरी यो पटक म नेपालको पर्यटन प्रवर्धनको लागि सदभावना दुत भएर आएको कारणले गर्दा त्यसैको लागि बिभिन्न कृयिकलापहरु गर्दैछु । सबैले सकारात्मक लिएका छन् ।

    • बढी माया पाउनु भएको कारण तँपाईको नाम वा पदवी त होईन ?

    – हैन होला । नेपालीहरु त्यतिसारो स्वार्थी कहिल्यै हुँदैन । हामी हुर्केको संस्कारले नै हामीलाई अपनत्व कायम राख्न सिकाएको हुन्छ । मैले अमेरिकाको मात्र कुरा गरेको होईन । थाईल्याण्ड, अस्ट्रेलिया, बेलायत आदि देशमा लामो समय बसेका नेपालीहरुले मेरो पदको नहुँदा पनि माया नै गर्थे ।

    • धेरै देश पुगिसक्नु भएछ । किन जानुभएको ?

    – मेरो व्यवसाय र घुमघामको लागि गईरहन्थे । मेरो श्रीमानलाई पनि देशबिदेश डुल्न मनपर्ने अनि मलाई पनि । अरु के चाहियो र ? (हाँसो…)

    • के हो यो सद्भावना दुत ईत्यादि भनेको ?

    – दुत ईत्यादि होईन । पर्यटन मन्त्रालयले  पर्यटन प्रबर्द्धनका हेतु नियुक्त गरेको – Visit Nepal 2020 को लागि सद्भावना दुत, भनेर मात्रै बुझ्दा हुन्छ । मैले जितेको मिसेस नेपाल टुरिजम् टाईटलको धेरै उद्देश्य मध्येको एउटा मुख्य उद्देश्य यो पनि हो । यसले नेपालको पर्यटन प्रवर्दनको लागि काम गर्दछ ।

    • के के गर्नु भयो त ? कामबाट सन्तुष्ट हुनुहुन्छ ?

    – बिस्तारै गर्दैछु । हुँदैछ । ‘छु मन्तर’ हुने कुरा होईन यो । मैले अहिले यो जिम्मेवारी लिएकोले मात्र होईन लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी मान्छे हुँ । अहिले शुरुको दिन भएर होला, सम्मान भेटघाटले पनि अल्मल्याईराको छ । हुनत यस्तो काम भेटघाटबाटै शुरु हुन्छ ।

    • कसरी गर्ने हो ? तौर तरिका भन्न मिल्छ ?

    – किन नमिल्नु, मज्जाले मिल्छ । हामीले पर्सपेक्टिभ प्लान बनाएका हुन्छौं । टार्गेट समुदाय र क्षेत्र हुन्छ । प्रोमोशनल प्याकेज हुन्छ । आर्ट, कल्चर, कस्ट्युम र फोटोग्राफीको एक्सपान्सन वे हुन्छन् । वान टु वान भिजिट्, मिडिया क्याम्पेन, डकुमेण्टरी सेमिनार… यस्तै अनेक छन् । ख्यालख्याल होईन यो । हेर्दै जानुस्, हाम्रो लक्ष्य मीट हुन्छ ।

    • गुड लक । अरु देशकाहरुले गरेको जस्तोपनि तरिका होलान् । मलाई पनि खुसी लागेको छ । अरुको आईडिया पनि लिने होला नि ?

    – हामीले पनि अलिकति आफ्नो, अलिकति अरुको अनुशरण गर्ने हो । हामीसँग संसारलाई देखाउने चिज धेरै छन् । हामीले एकपटक स्पीड लिएपछि हाम्रो स्पीडसँग सबै हार्छन् । हामीले विश्वास जित्नु पर्नेछ । सबै चाँडै ठीक हुनेमा विश्वस्त छु । 

    • २०२० त आउनै लाग्यो त ! भ्याउनु हुन्छ त ?

    – हामी पूर्ण तयार छौं । देश तयार छ । राजनैतिक स्थायीत्व छ । शान्तिसुरक्षा राम्रो बन्दैछ । अन्धकार हटेको छ । देखाउने कला, संस्कृती, झरना, हिमाल सबै छन् । प्रचारप्रसार तिब्र पार्दै छौं ।

    • यहाँका माथिल्लो तहको व्यक्तित्वहरुसँग पहुँच बनाउन र डिल गर्न आत्मविश्वास आउँछ ?

    – म आफ्नो तर्फबाट कन्फिडेन्ट छु । नेपालमा हुने दर्जनौं सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेको व्यक्ति हुँ । ममा त्यो क्षमता देखेर नै त मलाई सदभावना दुतमा नियुक्त गरेका होलान् नि ।

    • खासमा तँपाईको दायित्व चैं के हो ?

    – नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै मरो पहिलो दायित्व हो । यसका लागि म तयार छु । गर्दैछु ।

    • समयको लागि धन्यबाद । हाम्रो शुभकामना छ ।

    – धन्यबाद । मेरो बिचार राख्ने मौका दिनुभो । तपाईको पत्रिकालाई पनि शुभकामना ।

  • आफ्नै वकिललाई बन्दुक देखाउँदा एक वृद्धालाई २२ बर्ष जेल

    आफ्नै वकिललाई बन्दुक देखाउँदा एक वृद्धालाई २२ बर्ष जेल

     

    न्युयोर्क 

    लुजियानास्थित एक वृद्धालाई आफ्नै वकिललाई मार्न खोजेको अभियोगमा जेल सजाय तोकिएको छ । न्युअर्लिन्स एड्भोकेट्का अनुसार ७८ वर्षीय प्याट्रिसिया क्युरी नामकी ती महिलालाई २२ बर्षको जेल सजाय तोकिएको हो । क्युरीले सन २०१६ मा आफ्नै वकिल केथ कोचुरलाई मार्न खोजेको कारण २२ बर्ष जेलमा बस्नु पर्ने भएको हो । 

    न्युअर्लिन्स एड्भोकेटका अनुसार क्युरी आफ्नो वकिललाई लक्षित गरी हातमा पंजा लगाएर खुट्टामा प्लास्टिकको झोलाले बेरेर बन्दुक साथमा लिएर एक्लै उनको वकिल कोचुरको कार्यालयमा गएकी थिईन् । केही समयअघि आफ्नो बैंकरप्सीको          केस हराईदिएको रिसमा वकिलको कार्यालय पुगेकी क्युरीले रुमालले बेरेर ल्याएको बन्दुक वकिल तर्फ लक्षित गरिन तर वकिल कोचुरले त्यो बन्दुक तत्काल पन्छाउन सफल भएको अभियोग पत्रमा लेखिएको थियो ।  

    मुद्दा चलेपछि आफ्नो बयानमा ति महिलाले आफुले वकिललाई तर्साउन मात्र त्यसो गरेको बताए पनि जम्मा १५ मिनेटको सुनुवाई पश्चात ती महिलालाई २२ बर्ष जेल सजाय तोकिएको छ ।

  • विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

    विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

    राष्ट्रपति डोनल्ड ट्रम्पले तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आईतबार बिहान बोल्दै ट्रम्पले भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले लखेटेको बताए ।

    इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए।

    इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

    उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो।

    विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ ।

    इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।

    यसै महिनाको शुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित हो ।

    सिरियाको इड्लिब क्षेत्र जहाँ अमेरिकी फौजले कारबाही गरेको हो

    डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ ।

    स्थानीय समय अनुसार आइतवार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी ‘चिच्याउँदै र रुदै मरेको’ बताएका छन् ।

    आईएसका नेता अल-बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्छन् । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

    सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो । विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए ।

    कतिपयका अनुसार सद्दाम हुसैनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए ।

    अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए ।

    सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो।

    सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताको रूपमा उदाए ।

    आइएसमा पछि सो समूह समाहित भएको थियो । सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए ।

    यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।

    त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन।

    त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर ‘केलिफेट’ निर्माणको घोषणा गरेका थिए।

    सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो।

    आईएसले आफ्नो बर्बर शासन झन्डै ८० लाख मानिसमाथि लादिरह्यो । अनेकौँ हत्या गर्‍यो, सांस्कृतिक धरोहरहरू नष्ट पार्‍यो र तेल बिक्री, चन्दा असुली, लुटपाट एवम् फिरौतीबापत अर्बौँ डलर आर्जन गर्‍यो ।

    पाँच वर्षदेखि भएको भीषण एवम् रक्तपातपूर्ण लडाइँपछि एकताका आफूले नियन्त्रण कायम गरेको सबै भूभागबाट आईएस धपाइएको छ।

    अमेरिकी नेतृत्वमा सन् २००३ मा इराकमा गरिएको अतिक्रमणपछि सुन्नी मुस्लिमहरूले बनाएको अल-कायदाबाट आईएस बनेको हो।

    सन् २०११ ताका इस्लामिक स्टेट इन इराक आईएसआई नामले परिचित उक्त समूह सिरियामा राष्ट्रपति बशर अल-असादविरुद्धको विद्रोहमा सामेल भयो । त्यहाँ उसले आफ्नो सुरक्षा स्थान बनायो ।

    उसले इराकबाट अमेरिकी फौजको फिर्ती तथा शिया नेतृत्वको इराकी सरकारको साम्प्रदायिक नीतिप्रति सुन्नीहरूको आक्रोशको फाइदा पनि उठायो।

    सन् २०१३ मा आईएसआईले सिरियाली भूभागमाथि कब्जा जमाउन थाल्यो र आफ्नो नाम परिवर्तन गरी इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट अर्थात् आईसिस/आईसिल राख्यो।

    अर्को वर्ष उसले इराकको ठूलो भूभागमा नियन्त्रण कायम गर्‍यो र आफ्ना नेता अबु बकर अल-बग्दादीलाई ईश्वरका प्रतिनिधि घोषणा गर्दै इस्लामिक स्टेटको रूपमा परिचित भयो।

    आफ्नो पकडको उत्कर्षमा आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा शासन गर्‍यो।

    करिब ८० लाख मानिसहरूले शरियाको व्याख्याबमोजिम जीवन गुजारा गरे।

    महिलालाई पूरै जीउ ढाक्ने नकाब लगाउन बाध्य पारियो, दिनहुँजसो सार्वजनिक रूपमा मान्छेको टाउको छिनाइन्थ्यो, बालबालिकालाई विद्यालयमा निर्देशित गरिन्थ्यो र इसाईहरूले कर तिर्ने, धर्म परिवर्तन गर्ने अथवा मृत्युवरण गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्थ्यो।

    प्रभावशाली मुस्लिम नेताहरूले आईएसको ‘क्यालिफेट’लाई अस्वीकार गरे। तर दशौँ हजार विदेशीहरू सो समूहमा सामेल हुन पुगे।

    प्रत्येक महिना तेल तस्करी, चन्दा असुली, लुटपाट र फिरौती बापत आईएसले दशौँ लाख डलर आर्जन गर्थ्यो।

    प्राचीन स्थलहरू र मूर्तिहरू नष्ट गरेर पनि सो समूहले व्यापक आक्रोश निम्त्यायो।

    समाचार सभार : बि बि सि नेपाली

  • न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

    न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

    अक्टोबर, २७ न्यूयोर्क

    २६ अक्टोबर, शनिबार साँझ किराँत वलिहाङ तङनाम, न्यूयोर्कले न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसको सभाकक्षमा दीपावली साँझ मनाएको छ । फिप्ना अन्तर्गत रहेको यस आदिबासी संस्थाले नेपाली समुदायमाझ तिहार बिशेष साँस्कृतिक कार्यक्रम सहित तङनाम साँझ मनाएको हो ।

    कार्यक्रमको पहिलो सत्रमा औपचारिक कार्यक्रम अन्तर्गत संस्थाका पदाधिकारीहरुले ईतिहासमा योगदान पुर्याएका ईमान सिंह चेम्जोङ, राष्ट्रिय बिभुती फाल्गुनन्द र सिरिजुंगाको तस्बिरमा माल्यार्पणगरी उनीहरुको योगदानलाई समरण गरेका थिए ।

    यसै अन्तर्गत फिप्नाका अध्यक्ष मान राना मगरले प्रबासमा गरिने यस्ता कार्यक्रमले हाम्रो कला, संस्कृती र चाडपर्वको गरिमा अझ उँचो बनाएको बताए । संस्थाका अध्यक्ष बिरेन्द्र हाङ् लाबुङ्ग लिम्बुले कार्यक्रममा उपस्थित समुदायलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्ता कार्यक्रम अझ शसक्त गर्ने बताएका छन् । कार्यक्रममा लिम्बुभाषामा गाजाबाजा सहित देउसीभैलो खेलिएको थियो । देउसी टोलीले राम्रो दक्षिणा उठाएका थिए । 

    कार्यक्रमको सञ्चालन प्रस्तोता सुमन थाम्सुहाङ लिम्बुले गरेका थिए भने दोश्रो सत्रको सांस्कृतिक कार्यक्रमलाई लमु लामा लिङ्देनले गति दिएका थिए ।

    साँस्कृतिक कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएका नृत्यहरु बसन्त डान्स सेण्टर न्यूयोर्कका बिजय नकर्मीले कोरियोग्राफ गरेका थिए । त्यसै गरी स्थानीय गायिक गायिकाहरुले बिभिन्न नेपाली गीतहरुले मनोरञ्जन गराएका थिए । कार्यक्रममको अन्त्यमा डिजे एलएसको डिजेईङ चलेको थियो ।

  • साउथवेष्ट एयरलायन्सको जहाज भित्रको  शौचालयको   भिडियो पाईलटले ककपिटमा बसेर हेर्दा

    साउथवेष्ट एयरलायन्सको जहाज भित्रको शौचालयको भिडियो पाईलटले ककपिटमा बसेर हेर्दा

    साउथ वेष्ट एयरलायन्सकी एक महिला परिचारिका (फ्लाईट अटेन्डेण्ट) ले उडानका क्रममा ट्वाईलेटमा क्यामरा जडान गरी ककपिटमा बसेर पाईलटले लाइभ भिडियो हेरेको भन्दै सम्बन्धित एयरलाईन्स बिरुद्ध मुद्धा दायर गरेकी छिन् । सन २०१७ मा फिनिक्सबाट पिटर्सवर्गको लागि उडान भर्दै गरेको साउथवेष्टको पाईलट र को-पाईलटले जहाज भित्रको सौचालयमा लुकाएर क्यामरा जडान गरी ककपिटमा बसेर सौचालय भित्रको भिडियो लाईभ हेर्दै गरेको भेटेको भन्दै सोही उडानकी परिचारिका रेनी स्टेनाकरले एयरलाईन्सलाई मुद्दा (ल सुट्) गरेकी हुन् । दुई घण्टा आधा उडान समय रहेको फिनिक्सदेखि पिटर्सवर्गसम्मको उडानका क्रममा चालक टेरी गरामलाई सौचालय जानु परेपछि सम्बन्धित बिमान कम्पनीको नियम अनुसार उडान अबधिभर ककपिट भित्र दुई जना हुनै पर्ने वाध्यकारी ब्यबस्थाका कारण चालक गरामले  परिचारिकालाई ककपिट भित्र बस्न बोलाएका थिए ।

    परिचारिका ककपिट भित्र जाँदा ककपिटको विन्ड सिल्डमा टाँसिएर राखिएको आईप्याडमा सौचालयको लाईभ भिडियो आईरहेको थियो जुन भिडियोमा भर्खरै सौचालय गएका पाईलट देखिएका थिए । परिचारिका स्टेनाकरले भिडियो देखेपछि सहचालक रायन रसेल्सले सुरक्षाका कारण साउथवेष्ट एयरलाईन्सको सबै बिमानको सौचालय भित्र क्यामरा रखिएको बताउँदै बचाउ गरेका थिए । साथै  सहचालकले क्यामराको कुरा कसैलाई पनि नबताउन समेत अनुरोध गरेको मुद्दाको ब्यहोरामा जनाईएको छ । सौचालयको भिडियो देखेपछि परिचारिका स्टेनाकरले तत्काल आफ्नो फोनबाट उक्त भिडियो खिचेकी थिईन । स्टेनाकरले उडान अवतरण हुने बित्तिकै एयर्लाईन्सको सुपरभाईजरलाई घटनाको जानकारी गराएकी थिईन।

    एयरलायन्स बिरुद्ध परिचारिकाले मुद्धा हालेपछि साउथवेष्ट एयरलाईन्सले बिज्ञप्ती निकाल्दै भनेको छ “साउथवेष्ट  एयरलाईन्सले सौचालय भित्र क्यामरा राख्दैन ।” हाल मुद्दा अदालतमा बिचाराधिन छ ।  

    एजेन्सी

  • क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै

    क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै

    न्युयोर्क

    नेपालका हरेक चाड पर्ब संस्कृती रिती रिवाजसँग नजिकको सम्बन्ध राख्दै हरेक स्थानीय चाडपर्बलाई पर्ब कै रुपमा मनाउँदै आएका नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीले रंगोली बनाउँदै आफ्नो निवासमा  माला र झिलिमिली बत्तीले सझाउँदै तिहार मनाएका छन् । राजदुत बेरीले लक्ष्मी पूजाको तयारी गरेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गरिएको हो । एक बर्ष अगाडि अक्टुबर २५ का दिन नेपालको राष्ट्रपति बिद्या देबी भण्डारीलाई आफ्नो ओहदाको प्रमाण पत्र बुझाएर अमेरिकाको लागि नेपालको राजदुतको काम सुरु गरेका बेरीले नेपालस्थित अमेरिकी राजदुतावासको अफिसियल फेसबुक मार्फत हरेक अफिसियल कृयाकलाप सार्वजनिक गर्दै आएका छन ।  

    “तपाईंहरूको तिर दीपावलीको तयारी कस्तो चल्दैछ? राजदूत बेरीले पनि आफ्नो सहकर्मीहरूसँग मिलेर तिहारको लागि आफ्नो निवासमा मन्डला बनाउने र घर सजाउने काममा सरिक हुनुभयो।” भनेर नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ ।

    नेपालस्थित अमेरिकी मिशन परिवार झिलिमिली पर्व तिहार अन्तर्गत दीपावलीको यो अवसरमा तपाईंहरू सबैको लागि धन र सौभाग्यकी देवी लक्ष्मी बर्षभरी रहनुहुनेछ भन्ने कामना गर्दछौं। शुभ: दीपावलि। भन्दै राजादुत बेरीले रंगोली तथा घरका कोठा र झ्यालहरुमा बत्ती बाल्दै गरेको तस्बिर सार्वजनिक गरिएको छ । यस अगाडि यम पञ्चक मध्ये कै एक दिन कुकुर तिहार समेत राजदुत बेरीले मनाएका छन् । उनले आफ्नो दुई बर्षे कुकुर  लोलालाई पूजा गर्दै कुकुर तिहार मनाएका हुन् ।

  • यस्तो छ लक्ष्मी पुजाको साईत

    यस्तो छ लक्ष्मी पुजाको साईत

    काठमाडौं

    संसारभर रहेका हिन्दू धर्मावलम्बीहरुको महान पर्व तिहारलाई दीपहरुको पर्व भएकोले दीपावली पनि भनिन्छ ।

    आफ्नो घर, पसल आदिमा झिलिमिली बत्ती, फुल, ध्वजापतंगाले सजाएर हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीपावली शरद ऋतुमा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू चाड हो । दीवाली भारतको सबैभन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक अवधारणा अनुसार अन्धकार माथि उज्यालोको जीत भन्ने प्रतीकात्मक अर्थ राख्दछ ।

    यो दिन लक्ष्मीमाताको पूजाको विशेष दिन हो । यस दिन लक्ष्मी पूजालाई महत्वपूर्ण पूजाको रुपमा लिने गरिन्छ । दीपावलीका दिन बत्तीको उज्यालोमा लक्ष्मी घरमा आउने मान्यता रही आएकोले दीपले घर सजाउने गरिन्छ ।

    श्री रामको अयोध्याका वरपर रहेका मानिसले उनको स्वागतमा घ्यूको दियो बालेर औंसीको कालो रातलाई उज्यालो बनाएको धार्मिक परम्परा रहीआएको छ ।

    लक्ष्मी पुजाको साइत

    • साँझ ६:४२ देखि ८:११ बजेसम्म
    • प्रदोष काल साँझ ५:३६ देखि ८:११ बजेसम्म
    • वृषभ काल साँझ ६:४२ देखि ८:३७ बजेसम्म
    • अमावस्या तिथि आरम्भ रातको १२:२३ बजेसम्म

    अमावस्या तिथि भोलिपल्ट विहान  ९:०८ बजे समाप्त हुनेछ । यसअनुसार गरे रिती पुग्ने बताईएको छ ।

  • ‘आयु छउन्जेल वायुको पनि केही लाग्दैन’ भन्थे हो रहेछ

    ‘आयु छउन्जेल वायुको पनि केही लाग्दैन’ भन्थे हो रहेछ

    एउटा प्रचलित नेपाली उखान “आयु छउन्जेल वायुको पनि केही लाग्दैन ।” गत अक्टोबर ११ तारिख शुक्रबार जर्जियामा यही उखान चरितार्थ भएको छ । मान्छेको जीवनलिला कहिले बाटोमा हिड्दा हिड्दै ठेस लागेर समाप्त हुन्छ भने कहिले कल्पना नै गर्न नसकिने घटनामा पर्दा पनि सामान्य चोट समेत लाग्दैन ।

    नाम नखुलाईएका कार चालकले चलाईरहेको गाडीको अगाडि गुड्दै गरेको ट्रकबाट एकै पटक बिसौं काठका मुढाहरु चिप्लदै खसेर कार भित्र पस्यो । कार ध्वस्त भयो तर कार चालकलाई घाऊ समेत लागेन । व्हाईट फिल्ड काउन्टीस्थित हाईवेमा भएको दुर्घटनामा ट्रकबाट कार भित्र मुढा छिर्दा कारको सिट लगायत कार पुरै क्षतबिक्षत भयो तर निहुरिएर लुकेका चालकलाई घाऊ चोट समेत नलागेको ह्वाईट फिल्ड काउन्टी फायर डिपार्टमेण्टले बताएको छ ।

    घटनाको जानकारी प्राप्त भएपछि घटनास्थल पुगेका फायर डिपार्ट्मेन्ट्का अग्नी नियन्त्रकका अनुसार गाडी भित्र करिब ३५ वटा मुढा छिरेको थियो । कार भित्र मुढा छिरेपछि निहुरिएर ज्यान बचाएका चालकलाई मुढा काटेर बाहिर झिक्न करिब २० मिनेट लागेको थियो ।  एजेन्सी

  • महरा जेल जान सक्ने : प्रहरीले मुद्दा चलाउनु पर्ने प्रतिबेदन बुझायो

    महरा जेल जान सक्ने : प्रहरीले मुद्दा चलाउनु पर्ने प्रतिबेदन बुझायो

    काठमाडौं 

    जबर्जस्ती करणीको उद्योग गरेकोले सो सम्वन्धि मुद्दा चलाउनु पर्ने राय सहित निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध प्रहरीले अनुसन्धान प्रतिबेदन सरकारी वकिलको कार्यलयमा बुझाएको छ । प्रहरीले २० दिनको गहन अनुसन्धान पश्चात उक्त प्रतिबेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार महरा र अंकरक्षकको बयान सकिएपछि शुक्रबार नै अनुसन्धानको मिसिल बुझाईएको हो । 

    बयानमा महराले रोशनी माथि बलात्कारको प्रयास नगरेको भनेका छन् । “म रोशनी शाहीको निवासस्थानमा गएको हुँ, तर कोठामा प्रवेश गरिन । फोन गरें, उनले उठाईनन् । त्यसपछि फर्किएँ ।” तँपाईसँगै गएका अंगरक्षकले तपाईले त्यहाँ डेढ घण्टा बिताएको भनेका छन्, खुलाईदिनुस् ? भन्ने प्रश्नको जवाफमा महराले २०/२५ मिनेट कुरेर बसेको बताएका छन् । रोशनीले ‘चस्माको टुक्रा र जुत्ताको तलुवा’ तँपाईकै हो भनेका छन् भन्ने सवालमा आफुलाई फसाउने षडयन्त्र भनें । अंगरक्षकले आफ्नो बयानमा “महरासाप जाँदा चस्मा लाएर गएको र फर्किदा बिना चस्मा फर्किएको र मदिराले लट्ठ थिए” भनेका थिए ।

    प्रहरी प्रतिबेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने नचलाउने निर्णय गर्नेछ । प्रहरीले प्रतिबेदनमा जबकको प्रयासको यथेष्ठ प्रमाण पुगेकोले कारवाही गरिपाउन निबेदन गरेकोले मुद्दा चल्ने सम्भावना प्रवल छ ।

    निवर्तमान सभामुख महरा सार्वजनिक पदमा रहँदा यस्तो हर्कत गरेकोले प्रहरीले फौजदारी अपराध संहिता अनुसार अझ थप सजायको मागदाबी समेत गरेको छ । संसारको कुनैपनि देशमा सार्वजनिक पदमा बहाल रहेको अवस्थामा सरकार बादी हुने अपराध गरेमा थप सजाय समेत हुने व्यवस्था छ ।

     

  • “नुन अलिकति, चिनी पनि अलिकति : जीवनको उद्देश्य, स्वास्थ्यमा समुन्नति”

    “नुन अलिकति, चिनी पनि अलिकति : जीवनको उद्देश्य, स्वास्थ्यमा समुन्नति”

    कीर्तिपुर, काठमाडौं 

    कीर्तिपुर नगरपालिकाले माथिको नारा लिएर अव स्वास्थ्य क्षेत्रमा वृहत कार्यक्रम ल्याउने भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन जापानको एक प्रशिक्षण कार्यक्रममा जाँदा, जापानिजहरुले स्वस्थ जीवनको लागि चिनी र नुनमा कमी ल्याएर डायबिटिज र उच्च रक्तचापलाई नियन्त्रण गरेको देखेर उनी प्रभावित भएका थिए ।

    नगर उपप्रमुख सरस्वती खडका भन्छन्, ‘डायबिटिज र उच्च रक्तचापको रोकथामले अन्य जटिल प्रकृतिको रोग रोकथाम हुन्छ ।’

    रोग लागेर उपचार गर्नु भन्दा निरोधात्मक उपाय अपनाएर स्वस्थ हुनु बेस भनिन्छ । 

    टोल टोलमा स्वास्थ निरोधात्मक परीक्षण केन्द्र खोल्ने, स्थानीय महिलालाई नै यसमा सशक्तीकरण र सबलीकरण गरी रोजगारी दिने उद्देश्य पनि यस अभियानको रहेको छ । यस्का लागि हालै पाँगा पार्टी भेन्युमा ‘महिलाहरुको आर्थिक तथा सामाजिक समृद्धिको लागि रोजगार तथा स्वास्थ सेवा सम्वन्धि छलफल कार्यक्रम सम्पन्न गरेको थियो ।

  • “नदिया लहर” सँग मेरो शब्द थुँगा

    “नदिया लहर” सँग मेरो शब्द थुँगा

    • विकास विष्ट / न्यूयोर्क

    “मलाई थाहा छ रोकिनु हुन्न कहिले फराकिलो त कहिले साँघुरो…” 

    हो यँहीबाट शुरू हुन्छ नदिया लहरको कबिताको दर्शन ! नदी, नदी भएर अस्तित्वमा रहदैन जब बगरमा परिणत हुन्छ, नदिया नदी नै ठहरिन चाहन्छिन् जो आफ्नो पहिचानलाई जिबित राख्न ।

    बगर भएर उराठ जिन्दगी बिताउनेलाई आफ्नो शितल नदीको स्पर्शसंगै रंगीन जीवनको अनुभुती दिलाउँछिन् आफ्ना जबर्जस्त काब्य बर्षा मार्फत ।

    पानीसँग उनको अनौठो संबन्ध छ, आकाशबाट झरे झरी, त्यही झरी बगेर नदी हुदै बिशाल भण्डारको आकारमा महासागर ! कस्तो चाहना उनको !

    यति धेरै रुझ्न सकूँ

    र, मेरो प्यास कसैले नदेखुन ।

    तिर्खाएका प्यासहरु

    यही बर्षाले मेटिदियोस् 

    चकमन्न रातमा चन्द्रमालाई साथ लिई कहाँ कहाँ खोजिन उनले तारालाई साक्षी राखेर रातभरि आकाश रोइरहँदा थाकेको शरीरसंगै भौतारिदै प्रेमीसंगको वियोगको बेदनालाई कवयत्रीले यति मिठो शब्दहारले “मेरो सपना” भन्ने कबितामा उनेकी छन् की यसले जो कोही पाठकलाई भाबुक बनाउँछ ।

    आमा भन्ने शब्द नै काफी छ ममताको परिभाषाका लागि । 

    यी २ अक्षर नै सबै हो ।

    बाल्यावस्थामा मातृ वियोगको

    कठिन पिडा कसलाई बोक्न सजिलो होला र ?

    प्रकृतिका हरेक उपजहरुलाई आमाको कल्पना गरेर लेखिएको “मेरी आमा” भन्ने कबिता मार्मिक छ ।

    अत्यन्तै शसक्त कलमले तिखारेकी छन् ।

    शहरमा सुतेर गाउँ पुगेछु, मिठा सपना देख्दै शहर बस्ने नदियाको आफ्नो माटो प्रतिको अगाध माया प्रिय ताप्लेजुङ्ग कबितामा पोखेकी छन् ।

    कैयौं पोतवारको प्रतिनिधित्व गरेको यो पोतवार कबिता गरिखाने श्रमजीबीमा समर्पित कथाको कबिता हो, सुख दुखमा सतीसाल झैँ ठडिएर अर्काको लागी जिबन जिउने !

    पोल्टाभरि थिए होलान गुनासा तिम्रा पनि

    आँसुका थोपाहरु मिले होलान कोशीमा ।

    कोशी तिम्रो सुख दुखको साथी !

    जिन्दगी निरासाको कालॊ बादल होइन आशाको क्षितिज पनि हो कल्पना कति रमाइलो र घमाइलो हुन्छ जब जानेपछि,

    औशीका रातहरु एक्लै बित्छन मेरा

    यस्ता काला रात नआइदिए हुन्थियो ।

    जहाँ मैले हेर्ने जून र ताराहरु हुदैनन

    जून एक्लो छैन त्यहा ताराहरु पनि छन

    सबैभन्दा ठुलो मेरो मन छ त्यहाँ ।

    म आफ्नै शरीरबाट बगेको रगतबाट म कसरि अछुत हुन सक्छु ? भन्दै सामाजिक कुरिती प्रति तिखो प्रहार गर्दछिन ” राजस्वला हुदा ” कबिता मार्फत ।

    कुलतमा परेर आफ्नो जिबन बर्बाद गरेका दुर्व्यसनीको कथा बोकेको कबिता ” आत्मग्लानी” र ” माफ गरिदेउ ” मा मार्मिकता साथ् प्रस्तुत गरेकी छन् /

    उही परमआनन्द प्यास जगाइरहेको

    अकाट्य सत्य यदी हो भने सर्माउछौ किन ?

    हटाएर ती सरमका पर्दाहरु

    हराईरहुँ एक अर्काको न्यानो स्पर्शमा ।

    पुगौं फेरी उत्कर्षको चरम बिन्दुमा

    बुझ्यौ नि तिमीले ?

    उनका कबिता मार्फत प्रकृती नै हो भने किन लुकाउनु छ र ब्रमाण्ड के प्रमाण होइन र मायाको ? यो उनको खुला सोचले पोखिएका यावत कबिता खुला पाना नै हुन् ।

    रातो चुरा, धागो र टिका खोसिए

    फेरी उही दोष र पोइ टोकुवा लाञ्छना ।

    अनि बल्ल मासिक धर्म देखा पर्दछ

    एक बिधुवाको मन पर्ने रंग बनेर ।

    “मेरो प्रश्न ” कबिताका जबर्जस्त लाइन हुन् यिनी महिला हिसा, बालबिबाह, बिधवा प्रतिको सामाजिक नजरलाई अत्यन्तै शसक्त कलमले तिखारेकी छन् ।

    ५५ कबिताहरु समाबेश गरी संग्रहित गरिएको यो कबिता पठनीय र संग्रहनीय छ ।

    नेपाली साहित्य जगतमा उदियमान यी सर्जक आफ्ना शसक्त सृजना मार्फत उदियमान होइन किर्तिमान कायम गर्न सफल छिन ।

    “नदिया लहर” बाट छुटेको उनको साहित्यिक सफर महासागरको अटल यात्रासम्म जान सफल होस् भनी एउटा पाठकको नातले 

    मेरो शब्द थुङ्गा उनको ‘नदिया लहर’ मा अर्पण गरें ॥

  • समय – मापन

    समय – मापन

    ​​प्रा. डा. कुलप्रसाद कोइराला​​

    समय अविभाज्य र अखण्ड पनि छ । समयलाई काल, बेला, घडी पनि भनिन्छ । यस प्रकारका समयलाई पनि हाम्रा पौरस्त्याचार्यले तिथि, वार, नक्षत्र, योग र करणसमेत पाँच प्रकारमा विभाजन गरेका छन् । कुनैले भने कुनैले चाहिं वर्तमान, भूत र भविष्यत् गरी मूलतः त्रिधा विभाजन गरेको पनि देखिन्छ । यिनै कालका पनि पक्षहरू छन् । प्रत्येकका कम्तिमा पनि तिन त भए नै भूतका प्रथम दुई अनि तिनका पनि चार गर्दा कति भए ? यस प्रकारको विभाजन पनि सबै व्याकरणमा एक नासका तवरले गरिएको छैन । यो विभाजन भनेको हाम्रो (मानवमात्रको) काम गर्ने क्षमताका आधारमा निर्धारण गरिएको हो । मान्छे सबैसँग एक समानको कार्य क्षमता छैन । यस पृथ्वीका छातीमा रहेका २९५ वटा राज्यमा बस्ने सबैले काम चलाउनका निमित्त समयको व्यवस्था मिलाएका हुन्छन् ।
    यो समय सबै देशमा झुल्कने सूर्यलाई नै केन्द्रविन्दुमा राखेर मिलाईएको देखिन्छ । हाम्रा गते वार एक प्रकारले चल्ने, तिथि र नक्षत्र अर्को प्रकारले चल्ने भनेर हामीले व्यवस्था मिलाएका छौं । चन्द्रमाको र सूर्यको गति समान छैन । मलमास, अधिक मास, क्षयमास जस्ता कुरा चन्द्रसँग सम्बद्ध हुन्छन् चन्द्रमा भनेको मृत ग्रह हो । त्यसको आफ्नै प्रकाश छैन, त्यसैले चन्द्र देखिने ठाउँमा सबैतिर चन्द्रग्रहण देखिन्छ भने सूर्य ग्रहण चाहिं कतै देखिने कतै नदेखिने हुन्छ । हिजोको ज्ञान समय–क्रममा संशोध्य साबित भयो भने हिच्किचाउने किन ? विज्ञानले बनाएको यन्त्र (घडी) पनि त देशैपिच्छेका समयमा मिलाउनुपर्छ । पात्रो पनि एक प्रकारको घडीकै काम गर्ने वस्तु हो । यसलाई पनि देशदेशका समय अनुसारको न बनाए या नगरे काम गर्न अप्ठ्यारो पर्दछ । सिद्धान्त ज्योतिषले समस्या खडा गर्दैन । अलिअलि समस्या ल्याउने फलित ज्योतिषले होला भन्छु । नेपालमा राजा महेन्द्रले एक देश, एक भेष, एक नेता, एक संस्कार–संस्कृति, एक व्यक्ति–एकैव्यक्तित्वको नीति चलाएका थिए । अहिले पन्चा¨मा पनि त्यही बखेडा हामी निकाल्न लाग्यौं भने हामी जहाँ पुगेर जे काम गर्ने, गर्न–गराउन सक्ने भए पनि “पुच्छ शुनो नैव जहाति वक्रताम्” बन्यौ कि बनेनौ ? नेपालमा भएकै हुनुपर्ने भए अमेरिका किन बनो पनि त भनिएला ? एकछिन् अझै बरालिऔं आर्य भट्ट ती पहिला व्यक्ति हुन् जसले अचला, स्थिरा भनिएको पृथ्वीलाई सबै भन्दा पहिले पृथ्वी चला, गतिमतिश्च भनेर दुनिया“लाई छक्याएका थिए । उता तिमीहरूले जति नै भने पनि म मान्दिन अर्थ ईज ग्लोब राउण्ड भनेर भन्दा ग्यलिलियो मारिएका थिए । जसरी देवी देउरालीका कुरा बेकारका हुन् भन्दा दार्शनिक शुकरातले “ह्यामलक” नामको विष सत्यका खातिर प्युनु परेको तियो । एकलव्यले पनि त बुढी औंलो गुरुदक्षिणामा चढाएका थिए शैक्षिक स्वतन्त्रताका निमित्त । न हतारई नआत्तिई अभियानमा लागे एक दिन सफल भइन्छ ।

    ​तपाईका पत्रमा पन्च¨कै बाहिरपट्टि यो यो देशका लागि भन्ने कुरो लेख्ने गर्नु पर्छ भन्ने सल्लाह देखिन्छ । के रस्सिया, अमेरिका, भारत आदिले बनाएका घडी अथवा उपभोग्य सामग्री कुनै निश्चित देशमा मात्र चल्ने या लाउन पाइने हुन्छ र ? पन्चा¨ बनाउने सीप भएकाले यसलाई उद्योगका रूपमा चलाउन किन नपाउने ? तपाईले भनेको जस्तो गर्ने हो भने ठ्याक्कै राजा महेन्द्रको नीति शास्त्रमा पनि कायम हुँदैन र ? ऊ त राजा थियो, आफ्ना राज्यमा लायो, हामीले कहाँ लाउने ? कस्ले मान्ने ? ज्ञानविज्ञानका कुरामा प्रभुसम्मत सम्मति त्यति राम्रो मानिदैन । अल्बर्ट आईन्स्टाईनले प्रतिपादन गरेका सापेक्षतावादमाथि पनि विद्वान् वैज्ञानिकले अनेक पक्ष विपक्षका सम्बन्धमा बताई सकेका छन् । तिनले अल्बर्टलाई निषेध गरेका छन् र ? हाम्रो देश नेपालमा पखाला लाग्दा पानी खान नदिने चलन थियो । आजको औषधिविज्ञानले शरीरबाट पानीको मात्रा जतिजति जान्छ त्यतित्यति नै मदौरुलाई पानी खान दिनुपर्छ भनो । त्यो कुरो मान्दा हामीलाई फाईदा भएन र ? हिजो बुहारीले जेठाजुलाई नांगो टाउको देखाए भने मरेपछि कपाल जल्दैन भन्थे । लोकले नै त्यसलाई हटाइ दिएको पनि त देखियो । यस कुरालाई परिहार गर्न कुनै विद्वानले अभियान चलाएको त देखिएन । हिजोका दिनका कुरा धेरै फेरिएका छन् । नेपालकै तराईमा पातलो लुगा लाउनु वातावरणीय दृष्टिले राम्रो छ । आज पनि महेन्द्रकै पालामा झैं टोपी खोई ? भन्ने सूचना पाटी राख्न मिल्ला ? के भन्ला दुनियाँले ? किन ल्याएको प्रजातन्त्र ? हिजो नेपाली नेपाल र भारतमा सीमित थियो आवश्यकता थिएन, कुरो चलेन । आज नेपाली उल्लेख्य सङ्ख्यामा अमेरिका लगायत धेरै देशमा बसोबास गर्न,आवश्यक्ता बोध भयो, कुरा उठे, समाधान पनि हुन्छ । वादेवादे जायते तत्व बोध । आज विरुद्धमा उभिने पनि भोली समर्थनमा आउन विवश बन्छन् ।

    ​ज्ञानका क्षेत्रमा आलोचना टीकाटिप्पणी आह्वान् गरिन्छ, निषेध गरिंदैन । विद्वानहरु आफ्ना कुरा टिप्पणी र समीक्षाका निमित्त गोष्ठीको आयोजना गर्छन् । एकै पिताका चारभाई पुत्रका घरमा पनि भिन्नता देखापर्न सक्छ । सानातिना भिन्नता त पिता र पुत्रमा नै देखिन थाल्दछ । हाम्रा पुर्खा त्यति अज्ञानी थिएनन् र त भनें “मुन्डेमुन्डे मतिर्भिन्ना,कुन्डेकुन्डे नवं पयः” । देशभेदेन धर्मा अपि भेद्यन्ते भन्ने कुरामा पनि ध्यान पुर्याउनैपर्छ । शास्त्रले “यद्यपि सिद्धं नाचरणीयं लोकबिरुद्धम्” पनि त भनेको छ । कुनै नयाँ काम गर्न लाग्दा अनेक बाधा व्यवधान आउनु पनि स्वाभाविक हो, त्यसले दृष्टि खारिन्छ, कामको सफलताका लागि दृष्टि परिपक्व बन्नु अति नै जरुरी हुन्छ । त्यसो भएकाले आगामी गोष्ठीमा यस विषयमा व्यापक छलफल गरौं गोष्ठीमा सहभागी विद्वत समुहले जे निर्णय गर्छ त्यसैलाई प्रस्थानविन्दु मानेर अगाडि लागौंला । किमधिकम् ? इत्यलम् । शुभास्ते पन्थान सन्तु ।​

  • शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी

    शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी

    भीमनारायण श्रेष्ठ / काठमाडौं

     काठमाडौं उपत्यकाको चार भञ्ज्याङ्गमध्येको एक रहेको चन्द्रागिरिको काखमा अवस्थित उत्तराभीमुख लम्पसार फैलिएकोे प्राचीनकालमा सुप्रभानगरीबाट शोणितपुर नामाकरण भएको रमणीय गाउँ हो थानकोट । ऐतिहासिक शोणितपुरको नामबाट हालसम्म परिचित हुँदै प्रसिद्धि पाएको यस गाउँको मध्यमागमा अवस्थित झ्यालम्पाटीको बारेमा प्रस्तुत गर्नुभन्दा अगाडि शोणितपुरकोे विशेष महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सामाजिक, भौगोलिक तथा राजनैतिक अवस्था झल्काउनु उपयुक्त हुने देखिएको छ ।

    प्राचीनकालीन सुप्रभानगरीका तत्कालीन दैत्यराज वाणासुर अति वीर पराक्रमी हुनुकासाथै शिवभक्त भएकाले भगवान पशुपतिनाथको आराधनाबाट वरदान पाई आफ्नो राज्य स्वर्णमय (सुनैसनको) बनाएका थिए । उनको घमण्डको अगाडि कसैको केही लाग्दैनथ्यो । त्यसैले उनले आफ्नी अति सुन्दरी छोरी राजकुमारी उषालाई जलक्रीडाका लागि तत्कालीन नेपाल खाल्डोलाई जलमग्न (ताल) बनाई दिए । राजकुमारी उषाले एकदिन सपनामा देखिएकी युवक मनपराएकीले उनैसँग बिहे गर्ने अठोट गरिन् र उक्त कुरा आफ्ना बाबु वाणासुरलाई सुनाईन् । तर सपनामा देखिएका ती युवक को हुन्, कहाँका हुन् केही अत्तापत्तो थिएन । तापनि वाणासुरले आफ्नी प्यारी छोरीको लागि अप्सरा चित्रलेखा (राजकुमारी उषाकी १०० जना सुसारेहरु मध्येकी अति मन मिल्ने शयन कक्ष समेतमा रहने सुन्दरी) लाई बोलाई राजकुमारी उषाले हुलिया बताए अनुसारको चित्रलेखाले चित्र कोर्दा ती युवकको अनुहार द्वारिका नगरीका अनिरुद्र (भगवान श्रीकृष्णका नाति) सँग ठ्याक्क मिलेकोले रातारात चित्रलेखालाई समेत पठाई अनिरुद्रलाई लिन पठाए । राती सुतिरहेका अनिरुद्रलाई खाट समेत उठाई अपहरण गरी ल्याएर शोणितपुरमा लुकाएर राखे । त्यो कुरा भगवान श्रीकृष्णले थाहा पाएर वाणासुरसँग लडी उनको धमण्ड चकनाचूर पारी दिए । अनि राजकुमारी उषाको बिहे अनिरुद्रसित गरी दिए । त्यसको केही समयपछि श्रीकृष्ण र अनिरुद्रकोसाथ राजकुमारी उषा द्वारिकानगरीमा नै फर्किए । अनिरुद्र र राजकुमारी उषा शोणितपुरमा रहुञ्जेल स्नान गर्ने खोला, खाना पकाउन पानी ल्याउने खोला र अशुद्ध (महिनावारी हुँदाको) कपडा धुने र नुहाउने खोला समेत अलग अलग रहेको छ । त्यसैले आजसम्म पनि शोणितपुर (थानकोट) मा अनिरुद्र (ज्वाईं अर्थात् नेपालभाषामा भाजु) ले स्नान गर्ने ठाउँ अर्थात् खोला ‘भाख्र्वाःसी’ (भाजु ख्वाःसिली) यद्यपी गाउँको माझबाट बगेको छ । शोणितपुरको पश्चिमतर्फ ‘आलःखुसी’ (आल्खु खोाला) को पानी आलः (नेपालभाषामा उच्चकोटीको परिष्कृत बोलीचाली भाषाबाट भातलाई आलः भन्दछन्) अर्थात भात (खाना) पकाउन प्रयोग गरिने भएकाले खोलाको नाउँ नै आलःखुसी राखिएका छ । हिजोआज यस खोलालाई आल्खु भन्ने गरेको छ । त्यस्तै गाउँको पूर्वतर्फको ‘मःखु’ मभिं’ खुसी अर्थात ‘मन्खु’ खोला बगेको छ । त्यस खोलालाई ‘हिज्याखुसी’ (खोला) पनि भन्ने गर्दछन् । त्यस खोलामा राजकुमारी उषा मासिक धर्म अनुसार अलग्ग हुने बेलामा नुहाउने र कपडा धुने गरिने भएकाले मभिं हिज्या खुसी नामाकरण भएको मानिन्छ । यी खोलाहरूहालसम्म पनि सोही नामले चिनिन्छन् । साथै श्रीकृष्णको साथमा आएका गोपाल अर्थात ग्वालाहरू श्रीकृष्णका साथसाथै द्वारिका फर्किए तापनि केही ग्वालाहरू यहीँ रमाएर बसे । तिनै ग्वाला अर्थात गोपालहरू यद्यपी गोपाली जातिको अस्तित्व कायम गर्दै बसेका छन् ।

    लिच्छवीकालमा शोणितपुरलाई ‘थेन्चोग्राम’ भनी ‘शिताटी’ (चन्द्रागिरि र दहचोक डाँडोको बीचको भूभाग) अन्तर्गतको गुल्मको रुपमा राखिए तापनि प्रशासनिक दृष्टिकोणले महत्वपूर्ण हुँदै गएपछि ‘तल’ र ‘द्रङ्ग’को रूपमा क्रमशः विकसित गराउँदै लगिएको छ । वसन्तदेवको पालामा शोणितपुर (थेन्चोग्राम) लाई ‘शीताटी’ गुल्मको रूपमा राखिए तापनि गणदेवको पालामा आएर ‘शीताटीका’ ‘तल’को रूपमा प्रसिद्ध भयो । त्यसपछि ‘शीताटिका’ ‘द्रङ्ग’को नाम रहेको देखिन्छ । लिच्छवीकालमा प्रशासनिक दुष्टिकोणले महत्वपूर्ण स्थानहरू विकसित हुँदै गएपछि ग्राम, तल, द्रङ्ग गरी क्रमशः महत्वकासाथ बढोत्तरी गरी लैजाने गर्दथे । यी तीनै इकाईहरुमा सुरक्षाको दृष्टिकोणले गुल्म रहन सक्ने व्यवस्थासमेत गरेको पाइन्छ । त्यसैले लिच्छवी राजा वसन्तदेवदेखि शिवदेव (द्वितीय) को समयसम्ममा ‘शीताटी’ प्रशासनको दृष्टिले महत्वपूर्ण स्थान बन्दै गए । यसैले ‘शिताटी’ अन्तर्गतको शोणितपुर अर्थात् थेन्चोग्राम प्रशासनिक दृष्टिकोणबाट महत्वपूर्ण स्थान बन्दै गएको पाइन्छ । यहाँ स्थित आदिनारायण मन्दिर परिसरमा रहेको लिच्छवी राजा वसन्तदेवको सम्वत् ४२८ को (१५९२ वर्ष अघिको) शिलालेख, च्वछेँ फल्चा अगाडिको गणदेवको आजभन्दा झण्डै १४ सयबर्ष अगाडिको शिलालेख र त्यस्तै नासः फल्चा अगाडिको भीमार्जुनदेव+जिष्णुगुप्तको सम्वत् ५७ को शिलालेखहरुबाट समेत तत्कालीन थेन्चोग्रामको अवस्था र ऐतिहासिक महत्व झल्काउँछ । त्यसैले यहाँ लिच्छवीकालीन प्रमुख प्रशासनिक निकायहरूको अलिकति उल्लेख गर्न वान्छनीय नै देखिन्छ । लिच्छवीकालमा प्रशासनिक दृष्टिले महत्वपूर्ण निकाय ‘कुथेर’, ‘सूली’, ‘लिङ्वल’ र ‘माप्चोक’ गरी प्रमुख चारवटा मानिन्थ्यो । सोहीमध्ये ‘कुथेर’ र ‘सूली’ अड्डाले स्थानीयस्तरमा राजस्व उठाउने र भूमि सम्बन्धी काम गर्ने भएकाले आर्थिक प्रशासनको अड्डा÷अदालत भन्ने गर्दथे । त्यस्तै ‘लिङ्वल’ कुलो, धारा, पानी र यातायातकोसाथै वाणिज्यसम्बन्धी काम गर्ने अड्डा हो भने ‘माप्चोक’ सम्पत्ती सम्बन्धी नियन्त्रण गर्ने तथा विवाह सम्बन्धी नियम लागू गर्ने अड्डामा पर्दछ ।

    लिच्छवीकालमा यहाँको प्रशासनिक तथा दशैं पूजाको साथै अन्य पर्वपूजा सञ्चालनको दृष्टिकोणले अति महत्वपूर्ण मानिएको ठाउँ ‘क्वाथ’ (कोतघर) यद्यपी यथास्थानमा रहेको छ । त्यस्तै अर्को नगर सुरक्षार्थ सुरक्षाकर्मी बस्ने र सामरिक दृष्टिकोणबाट महत्वपूर्ण ठाउँ ‘क्वाख्यर्ः’ (कोटृ÷किल्ला) रहेको छ । साथै तत्कालीन स्थानीय शासकहरू मार्फत न्याय निशाफ एवम् सार्वजनिक सुनुवाईको काम कारवाही गर्नकोलागि महत्वपूर्ण मानिएको ऐतिहासिक ठाउँ ‘झ्यालँफः’ अर्थात् झ्यालम्पाटी पनि यथास्थानमा नै मौजूदा छन् । लिच्छवीकालमा यसै ‘झ्यालम्पाटी’मा आई राजस्व उठाउने, सामाजिक एवम् अन्य न्याय निशाफ गर्ने र सार्वजनिक सुनुवाई तथा सूचना प्रवाह गर्ने गर्थे । लिच्छवीकाल पछि मल्लकाल र शाहीकालमा पनि यसै ‘झ्यालम्पाटी’मा आई कर सङ्कलन गर्ने, सामाजिक न्याय निशाफ गर्ने तथा सार्वजनिक सुनुवाईको साथै सार्वजनिक सूचना प्रवाह समेत गर्ने थलोको रुपमा विकसित हुँदै गए । यसैले हालसम्म ‘झ्यालम्पाटी’को ऐतिहासिक महत्व बढ्दै गइरहेको छ ।

    नेपालको राजनीतिक भौगोलिक क्षेत्र विभाजन अनुसार काठमाडौं जिल्लाको ‘थानकोट’ (तत्कालीन गाउँ विकास समिति) को सीमित घेरा भित्रको यो रमणीय ऐतिहासिक ‘शोणितपुर’ नगरको रुपमा कैद गरिएको छ । तापनि यसको भौगोलिक क्षेत्रफल ७.९६ वर्ग किमी छ । 

    थानकोट गा.वि.स.अन्तर्गतको वडा नं. ४ हाल चन्द्रागिरि नगरपालिका वडा नं. ४ अन्तर्गत ‘झ्यालँफः’ अर्थात ‘झ्यालम्पाटी’ अवस्थित छ । यो पाटी कहिले बनेको थियो भन्ने बारेमा हालसम्म यकिन हुन सकेको छैन । किनभने यस सम्बन्धी कुनैपनि शिलालेख भेटिएकोे छैन । तापनि लिच्छवीकालमा ‘थेन्चोग्राम’ अर्थात ‘शोणितपुर’ प्रशासनिक तथा सैन्य विशेषबाट सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । तत्कालीन शासकहरूबाट न्यायिक कार्य सम्पादन गर्न, प्राकृतिक नियमको न्याय सिद्धान्त अनुरूप राज्य सञ्चालन तथा सामाजिक व्यवस्था सञ्चालन तथा न्याय प्रतिपादन गर्ने थलोको रूपमा ‘झ्यालम्पाटी’ लिएको छ । तत्कालीन स्थानीय शासकहरूबाट कर असूली, सामाजिक न्याय निशाफ तथा सार्वजनिक सुनुवाईका लागि एउटा अड्डा अदालत सम्बन्धि कामकाजमा सहजता अपनाउन ‘शोणितपुर’ नगरको मध्यभागमा यो झ्यालम्पाटी निर्माण गरेकोे हुनुपर्छ । जे होस् यो पाटी हालसम्म पनि यथास्थानमा नै उभिएको छ ।

    यो झ्यालम्पाटीको बनावट हेर्दा सामान्य देखिए तापनि यसको निर्माण फरक ढङ्गले गरेको देखिन्छ । कुनैपनि घर वा भित्ताको आड नलिइकन चारैतर्फ बाटोको बीचमा ‘झ्यालम्पाटी’ उभ्याइएको छ । यस पाटीको जगदेखिमाथिको सतहमा काठको खम्बाहरू ठड्याउन ठूलाठूला चारपाटे आकारमा कुँडिएका काला ढुङ्गाहरू ठड्याइएका छन् । त्यसमाथि चारैतर्फ जोडिने गरी काठका ठूला सत्तरहरू (टाईबीमको रुपमा) ओछ्याइएको छ । त्यसमाथि कलात्मक बुटृाले भरिको ठूला खम्बाहरू ठड्याइएका छन् । यसरी उभ्याइएको यो पाटीको दक्षिण मोहडा पारिएको छ । अगाडि पटिृको भागमा समानान्तर तीन कवल र पूर्व तथा पश्चिममा पनि एक एक कवल राखी बनाएको छ । उत्तर पटिृको बीच भागको गारोमा कलात्मक बुटृा कुँडिएको खम्बा राखी झ्याल राखेको छ । यसै झ्यालले गर्दा यस पाटीको सौन्दर्य बढ्नुकोसाथै ऐतिहासिक महत्व बढेको छ । यसै झ्यालले गर्दा नै यो पाटीको नाम ‘झ्यालम्पाटी’ रहन गएको छ । झ्यालको साथै सबै कवलहरु खड्गाकार देखिने गरी खम्बाहरुमाथि काठकै ‘निना’ (काठको बीम) राखेर बनाएको छ । झ्यालको साथै सबै कवलहरुमा देखिने खड्गाकारले गर्दा यो पाटी तान्त्रिक आधारले समेत निर्माण गरेको हुनुपर्छ भन्ने आभाष मिल्दछ । टायल प्रयोग गरी दुई पाखाको छाना राखी बनाएको यो पाटीमा काठको फल्याकहरू ओछ्याइएको छ । हालसम्म यसको सामान्य मर्मत कार्य समय समयमा हुने गरेको छ । यो पाटी हाल जीर्णोद्वारको पर्खाईमा सकी नसकी उभेको छ । यो पाटीको तल्लो तह अर्थात जमिनको सतहदेखि माथिको भाग कालकोठरीको रूपमा रहेको छ । यो कोठा भित्र मान्छे उभिन नमिल्ने गरी निहुरिएर मात्र जान र बस्न सक्ने गरी बनाएको छ । यो कोठा भित्र पस्नको लागि उत्तरतर्फ एउटा सानो झ्याल एकमान्छेसम्म छिर्न सक्ने गरी राखेको छ । यो ठाउँ (कोठा) प्रयोग विहिन देखिए तापनि यसको विशेष महत्व छ भन्ने जानकारहरू बताउँछन् ।

    यो झ्यालम्पाटीको पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ बाटोहरू फैलिएको छ । यसको करीव समान दूरीमा पूर्वतर्फ नासः फल्चा (नासल पाटी), पश्चिमतर्फ सिकःछेँ फल्चा (पाटी) उत्तरतर्फ चाफः फल्चा (चाफल पाटी) र दक्षिणतफ च्वछेँ फल्चा (पाटी) रहेको छ । यो पाटीको अगाडि (दक्षिण पटि) लस्करै तीनवटा कलात्मक ढुङ्गे धारा (लाछीहिटी नामले चिनिन्छ ) छन् । त्यही धारा परिसरमा हिटी गणेद्यः (गणेश देवता) छन् । धाराको माथिपटिृ महादेवको वाहन सहितको दुईवटा शिवलिङ्ग स्थापना गरेकोे छ । शिवलिङ्गको पूर्व तर्फ (झ्यालम्पाटीको अगााडि) सोह्रखुटृे पाटी अवस्थित छ । झ्यालम्पाटीको बायाँ तर्फको पूर्वी दक्षिण कोण तर्फ प्राचीन ऐतिहासिक भगवान् आदिनारायणको मन्दिर र लण्ठ टोलमा कल्पेश्वर महादेवस्थानको साथै क्षेत्रपाल स्थान समेत रहेको छ भने दायाँतर्फको दक्षिण पश्चिम कोण तर्फ ऐतिहासिक भगवान बद्रिनाथको मन्दिर अवस्थित छ । साथै उत्तर पश्चिम कोण तर्फको परिसरमा लिच्छवीकालीन प्रशासनिक तथा दशैंपूजा सञ्चालन गर्ने भवन ‘क्वाथ’ (कोतघर) छ । त्यस्तै पूर्वी दक्षिण कोण तर्फको अलि अग्लो भूभागको परिसरमा तत्कालीन सैन्य किल्ला एवम् सामरिक दृष्टिकोणले महत्वपूर्ण ठाउँ ‘क्वाख्र्यः’ (कोटृ किल्ला) रहेको छ । यो ऐतिहासिक क्वाख्र्यः हालको नापनक्सामा व्यक्तिगत नाममा दर्ता कायम समेत भैसकेको छ । झ्यालम्पाटीको चारैतर्फ जाने मुख्य चारवटा बाटोहरूको साथै सोही बाटोहरूसँग जोडिएका अन्य सानाठूला गरी ४ वटा बाटोहरू छ । ती बाटोहरू विभिन्न टोल (ठाउँ) हरुमा जाने मुख्य बाटो अन्तर्गत पर्छ । यसको साथै चारैतर्फका पाटीहरू, लाछिहिटी, सोह्रखुटृे पाटी, शिवलिङ्ग र कल्पेश्वर महादेव समेत समेटिने गरी परिक्रमा गर्ने सक्ने बाटो समेत छ । यिनै महत्वपूर्ण चारकिल्ला भित्र थानकोटको मध्यमागमा यो ऐतिहासिक न्यायालय ‘झ्यालम्पाटी’ रहेको छ । राजनैतिक परिवर्तनको साथसाथै ऐतिहासिक झ्यालम्पाटी पञ्चालयत व्यवस्थाको उदय संगसंगै तत्कालीन गाउँ पञ्चायतकोे नाउँ समेत झ्यालम्पाटी गाउँ पञ्चायत नामकरण भएको थियो । परिवर्तनशील समय काल अनुसार यसको केही समयावधी पछि गाउँ पञ्चायतको नाउँ थानकोट रहन गएको थियो । परिवर्तित राजनैतिक शासन व्यवस्था अनुसार साविक थानकोट गाउँ विकास समिति नाउँ हुँदै हाल चन्द्रागिरि नगरपालिकाको वडा नं. ३ र ४ मा थानकोट विभाजित भयो । सोही अनुसार वडा नं. ४ अन्तर्गत पर्दछ झ्यालम्पाटी । प्रसङ्ग झ्यालम्पाटीको रहे तापनि यसको भौगोलिक अवस्थितिको बारेमा चर्चा भयो । शोणितपुरमा ऐतिहासिक न्यायालयको रूपमा प्रसिद्धि पाएको झ्यालम्पाटी तत्कालीन अवस्थामा राजस्व उठाउने थलोको साथै सामाजिक न्याय निशाफ एवम् सार्वजनिक सूचना प्रवाह गर्नेदेखि सार्वजनिक सुनुवाई समेत हुने अदालत प्रकृतिको रहेको पाइन्छ । किनभने यसै पाटीमा बसेर कोही कसैलाई अन्याय परेको छ भने तत्कालीन स्थानीय प्रशासक द्वाःरे तथा भद्रभलादमीहरु मार्फत पिडकबाट पिडित पक्षलाई न्याय दिलाउने काम कारवाही हुने गर्छ । तत्कालीन स्थानीय प्रशासक द्वाःरे तथा भद्रभलादमीहरु समक्ष पिडित पक्षले आफूलाई परेको अन्यायको विरुद्धमा किटानी उजूरी गरेमा त्यस्तो उजूरी माथि पिडक पक्षलाई झिकाई उनले जानी नजानी गरेको काम वा आरोप प्रत्यारोपबाट पिडित पक्षलाई साँच्चै अन्याय वा पिर मर्का पर्न गएको रहेछ भने पिडित पक्षलाई न्याय दिलाउने काम यही झ्यालम्पाटीमा बसेर गर्ने गरिन्छ । नैतिक तथा सामाजिक अपराध विरुद्धको उजूरी माथि समेत निशाफ दिलाउने गर्छ । त्यस्ता किसिमका अपराध गर्ने व्यक्ति वा जोसुकैलाई गाउँ निकाला समेत गर्न सक्ने सामाजिक न्याय निशाफ गर्दथे । नैतिक पतन हुने सामाजिक अपराधको उजूरीमा सत्यतामा पुग्न अपराधीलाई धर्मभाकल गराउने प्रचलन थियो । उजूरी सुन्ने प्रशासक द्वारे तथा भद्रभलादमीहरूलाई सत्यता माथि चित्तबुझ्दो जवाफ नआएमा भगवान आदिनारायण तथा बद्रीनाथको मन्दिर दायाँ बायाँ रहेकाले “मैले असत्य बोल्न परेमा बोलेमा यिनै भगवानबाट नाश हुन परोस्” भनी भगवानको कसम खुवाउने गर्दथ्यो । त्यसपछि अगाडिपटिृ रहेको लाछिहिटीको पानी छुवाई “मैले सत्य नबोलेको भए छोराछोरीको हातबाट पानी खान नपरोस” भनी कसम खुवाउँथे । अझ झ्यालम्पाटीको चारैदिशामा रहेको पाटीहरुलाई देखाई “मैले असत्य बोलेको अपराध गरेको भए म र मेरो सातपुस्ताले समेत पाटीमा बास समेत नपाओस्” भनी धर्मभाकल गराउने चलन थियो ।

    यसबाहेक कोही कसैले कुनै व्यक्ति परिवार समूहलाई झूठो आरोप लगाउन खोजेमा पनि “झ्यालम्पाटीमा चारजनाको अगाडि उभिन सक्ने मात्र बोल् ।” “झ्यालम्पाटीमा उभिएर बोल्न सक्छस् ?” “झ्यालम्पाटीमा गएर झ्याली पिटाए पनि केही लछार्दैन ।” “झ्यालम्पाटीमा कागज टाँसे पनि केही गर्न सक्दैन ।” जस्ता प्रतिकारात्मक भाषाहरु प्रयोग गर्ने गर्थे । त्यस्तै “फलाना… को झगडा झ्यालम्पाटीमा जात्रा” “झ्यालम्पाटीमा कुरा भएको… हिजो त्यस्तो भयो अरे ।” “आज यस्तो भैरहेको छ अरे ।” “भोली फलानो… ढिस्कानो… हुँदै छ अरे ।” भन्ने जस्ता सूचना प्रवाहका सम्वादहरू हुने गर्दथे । अझ सार्वजनिक रूपमा केही कामकारवाही गर्न परेमा पनि “नाय्खिँ च्वय्किगु माहाँ च्वय्केगु” अर्थात् झ्याली पिटाउने कटुवालद्वारा सार्वजनिक सूचना प्रवाह गर्ने जस्ता कार्य पनि यही झ्यालम्पाटीबाट शुरू गर्ने गर्दथे । झ्यालम्पाटीमा भेला भएर छलफल भएको विषयवस्तु व्यक्ति वा परिवार विशेषमा मात्र सीमित रहँदैन । त्यसैले झ्यालम्पाटीमा भएको कुराकानी व्यक्तिगत होस् वा पारिवारिक गोप्य हुन कठिन छ । हालसम्म पनि साविक वडा कार्यालयबाट कुनै सार्वजनिक सूचना प्रकाशन गर्दा यही झ्यालम्पाटीमा समेत सूचना टाँस गर्ने प्रचलन यद्यपि चली आएको छ । शोणितपुर (थानकोट) अवलोकन गर्न आउने अतिथिहरुको लागि एकछिन भएपछि सवैतिर आँखा दुलाउने अवलोकन केन्द्र बनेको छ । नवआगन्तुक अतिथिहरूको लागि पदचिन्ह स्वरूप गन्तव्यमा पुग्न केन्द्रविन्दु बन्न पुगेको छ झ्यालम्पाटी । यसैकारण शोणितपुरको ऐतिहासिक न्यायालयको रुपमा आफ्नो अस्तित्व कायम राख्दै उभिएको छ जीर्ण अवस्थाको झ्यालम्पाटी । बाहिरी रुपरङ्ग टल्किए तापनि भित्रभित्र जीर्ण बनेको छ ।

  • नमस्कार विरोधि अभियानमा यहाँलाई स्वागत छ

    नमस्कार विरोधि अभियानमा यहाँलाई स्वागत छ

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    नेपालीहरु माझ प्रचलनमा रहेको नमस्कार साक्षात्कारको पहिलो पर्याय बनेको छ । नमस्कार एक प्रवृत्ति हो । यस भित्र बर्ग र स्तर लुकेको हुन्छ । अझ बढी त्यो चाप्लुसी हो । थाहा छैन, नमस्कारको जन्म कहाँ भयो, प्रचलनमा कसरी आयो ? र यस्को अन्त्य कहाँ छ ? यो नमस्कार इतिहासदेखि थियो र छ । सालिकले गरेका शताब्दीपूर्वका नमस्कारहरुले यो कुरा सावित गर्दछ । यो नमस्कार मेरो पिताले ठूलाबडालाई गर्नुभयो । पिताको संस्कारलाई गुरुमन्त्र बनाएर मैले पनि यो नमस्कार ठूलाबडालाई गर्दै आएको छु । तर, भित्र भित्र म यो नमस्कार संस्कारको घोर विरोधि । मलाई लाग्छ, नमस्कार गर्ने र गराउने दुबैलाई अपराध मानेर हदैसम्मको सजाय दिनुपर्दछ । देश बिगारेकै नमस्कारले हो । न्युटनको सिद्धान्त पनि फेल खान्छ यस्को अगाडि, किनभने प्रत्येक क्रियाको प्रतिक्रियालाई मात खुवाएर क्रिया मात्र छ, नमस्कारमा । सानाले ठूलालाई नमस्कार गर्छ भने ठूलाले कहिल्यै पनि सानालाई नमस्कार गर्दैन । काम गर्ने अफिसमा बोसले तपाईको नमस्कारलाई नमस्कार दियो कि दिएन त्यस्को मात्र बेरुजु निकाल्नुस, आफै पत्ता लाग्छ । फेरी नमस्कार त्यो पेन्टर पनि हो, जस्ले हाकिमको अनुहारमा सम्मानको रंग पेन्टिङ गरी तपाईलाई बढुवाको प्रमाणपत्र भिराइदिन्छ । ठूलो ठूलो पदको सिफारिस नमस्कारबाटै शुरु हुन्छ । अझ ‘नमस्कार हजुर’ भनेर भन्ने हो भने चाप्लुसीको संसारमा हाइड्रोजन बम भन्दा बढी प्रभावशाली हुन्छ ।

    अमेरिका त्यसै विकास भएको होइन । त्यहाँ यस्तो चाप्लुसी संस्कार छैन । धेरै समानता छ त्यहाँ । नमस्कारको विकल्पमा, ‘हैन्डसेक’ भन्दै हात मिलाउँछन् । त्यो हात हल्लाई उर्फ हैन्डसेकले हातदेखि दिलसम्मको मिलन गराई, करोडपति र रोडपतिको वीचको ग्रेटवाललाई सेकेण्डमै गर्ल्याम्मै ढलाइदिन्छ । हातदेखि दिलसम्म जोडिने त्यो पाश्चात्य संस्कार आयात गरी सकरात्मक, शभ्य र शिष्ट ब्यापार घाटा खानु कता कता, आफ्नै ‘अर्गानिक नमस्ते’मा आत्मनिर्भर बनेर भेदको पर्खाल चुलाइरहेका छौं – हामी । त्यहाँ सम्वोधनमा सवैको सवैप्रति ‘यु’ प्रयोग गर्दछ । हाम्रो देशमा जस्तो टुक्राटाक्री सम्वोधनहरु ‘तँ, तिमी, तपाई र हजुर’ त भन्दै भन्दैन त्यता । देश त्यसै विकास भएको होइन । हरेक काममा आत्मसम्मान त्यसै भएको होइन । त्यहाँको संस्कार, भाषा, मर्यादा र हरेक कुरामा समानता छ । उनीहरु कहाँबाट कहाँ पुगे हामी भने आफ्नै दुई हात जोडेर आफ्नै प्रगतिको बाटो छेकिरहेका छौँ । नमस्कार गर्नेहरुको प्रगति नगर्नेहरुको दुर्गति, गर्नेको बढुवा, नगर्नेको घटुवा वा सरुवा भएको देख्दा नमस्कार त प्रगतिको अनिवार्य शर्त जस्तो पनि लाग्छ । तर मलाई थाहा छ, हाम्रो देश बिगारेकै यो दुई हाते नमस्कारले हो । अझ भन्नुपर्दा धनुषाकार नमस्तेले हो । अध्यादेशै लादेर, अव कसैले कसैलाई नमस्कार गर्न पाउँदैन भनेर परमादेश जारी गर्नु पर्दछ वा अव कसैले कसैलाई नमस्कार गर्दा नमस्कार नै प्रत्युतरमा पाउँदैन भने ‘नमस्कारको मानहानी’ भनी सर्वोच्चमा मुद्दा दायर गर्नपाउने भनी फरमान होस् ।

    मलाई लाग्छ, यो नमस्कारमा के छ ? मान हत्केलामा होइन, हृदयमा हुन्छ । नमस्कार गरेर शीर झुकाउँदैमा श्रद्धाले झुकाएको हो भनी कसरी भन्न सक्छौँ ? बाहिर नमस्कार भित्र धिकार गरेको भए, त्यो नमस्कार र तुच्छ शब्दले प्रहारमा के नै फरक भो र ? बिडम्वना, हाम्रो देशमा नमस्कार यस्तो संस्कार, जो प्रगतिको आधार नगर्नेहरुको लागि अपकार । बाहिर बाहिर स्पष्ट मान, भित्र भित्र प्रशष्ट बेइमान । नमस्कार गर्ने हत्केला र मुटुको सम्वन्धको सुक्ष्म परीक्षण गर्ने हो भने एक प्रतिशत नमस्कार मात्र हृदयबाट प्रारम्भ भएको होला । अरु नमस्कार त सवै भक्तपुरको दतात्रेयमा भुपतिन्द्र मल्लले ठोकेको नमस्कार बरावर मात्र हो । श्रदा कम, परम्परा धेरै !

    साना हुँदा हरेक अभिभावकले संतानलाई यो पाठ सिकाए कि आफू भन्दा ठूलालाई नमस्कार गर्नु पर्दछ । पछि हुर्किदै जाँदा सवैले त्यो संस्कारलाई धन र शक्तिसँग गुन्यो । ठूला त ठूला, धनले ठूलालाई नमस्कार गर्ने परम्पराको सुरुवात भयो । नमस्कार जव ब्यक्तित्व भन्दा ब्यक्तिको लागि झुक्न थाल्यो अनि बिक्न थाल्यो बजारमा कौडीमा नमस्कारहरु । त्यो बेलादेखि, सुकिलो कोटमा झुल्न थाल्यो नमस्कार, हरियो नोटमा फुल्न थाल्यो नमस्कार । 

    यो नमस्कारविरोधी आन्दोलन अव शुरु हुन्छ । तपाईले पनि मलाई साथ दिन सक्नु हुन्छ । प्रारम्भ गरौँ, मात्र धनले समाजमा अग्लिएका, महँगो कोटले टल्किएका, ओठमा पान सय पचपन्न सल्किएका, चिल्लो कारमा पल्किएका कथित धनीहरुलाई नमस्कार नगरी । नमस्कार बाहिर हेर्दा कामधेनु गाई हो तर भित्रभित्र यो भिरुङ्गगी रोग जस्तै निकै संक्रात्मक छ । म आफनो आउँदो पुस्तालाई सम्मान औँलाले गर्न होइन, हृदयले नमन गर्न सिकाउँछु । यो परम्परागत नमस्कारको खारेजी वा परिमार्जनसहितको नमस्कारको आन्दोलनमा यहाँलाई पनि स्वागत छ ।        

  • गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

    गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

    न्यूयोर्क

    गुणस्तरमा विश्वास गर्ने गायिका सिर्जना लामा स्याङ्दानले आफ्नै स्वरमा गीत “बसी सक्यो…” युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । माया प्रेमका गीत लेख्न खप्पिस खगीतकार गिता खत्रीको शब्द तथा चर्चित संगितकार हरी लम्सालको संगीतमा गीत राम्रो बनेको छ ।

    गीतको म्युजिक भिडियोमा एमयुए तनिशा लामाको श्रृङ्गारमा गायिका आफै देखिएका छन् भने गीतको फिल्मांकन वज्र फिल्म ईंक, न्यूयोर्कले गरेका हुन् । जुन अमेरिकामा तयार भएको हो ।

    गीतकार गीता खत्री थप्छन्; ” यो गीत प्रेमरसमा लेखिएको साथै संगीतकार र गायिकाले मेहेनत गरेकोले सबैको मन जित्नेछ” । गायिका लामाले यस गीतबाट उनले नेपाली माधुर्य संगीत मनपराउने दर्शक श्रोताको अपेक्षा पुर्ति हुने बताएकी छिन् ।

    गायिकाले सम्पूर्ण टिम लगायत एन्जिला लामा, एलिसन लामा र अलिशेष राईलाई विशेष धन्यबाद दिएका छन् । पछिल्लो समय गायिका सिर्जनाले समय अन्तरमा बजार गीत ल्याउने गरेतापनि स्तरीय गीत ल्याउने गरेको छ ।

  • अमेरिकाको जर्जियामा ट्रेनिङ गर्दागर्दै ३ अमेरिकी सेनाको मृत्‍यु

    अमेरिकाको जर्जियामा ट्रेनिङ गर्दागर्दै ३ अमेरिकी सेनाको मृत्‍यु

    तालिम गर्दागर्दै दुर्घटना भएर आईतबार बिहानै अमेरिकाको जर्जिया राज्यस्थित एक तालिम केन्द्रमा ३ जना अमेरिकी सेनाको मृत्‍यु भएको छ । यसै क्रममा अन्य तीन जना सैनिकहरु घाईते भएर अस्पताल भर्ना गरिएका छन् । दुर्घटना जर्जियास्थित फोर्ट स्टिवार्ट – हन्टर आर्मी एयर फिल्डमा भएको हो ।

    अमेरिकी सेनाले जारी गरेको बिज्ञप्तीका अनुसार पहिलो आर्मड ब्रिगेड कमब्याट टिमका सेनाहरु “ब्राड्ली फाईटिङ भेकल” चढिरहेको समय दुर्घटनामा परेको बताईएको छ । बिज्ञप्तीमा दुर्घटना बारे पूर्ण जानकारी उपलब्ध गराईएको छैन ।

    दुर्घटनापछि ३ जना सेनालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो भने अन्य तीन सेनालाई उपचारको लागि “विन आर्मी कम्युनिटी हस्पिटल” लगिएको थियो ।  दुर्घटनामा परेका सेनाहरुको नाम हालसम्म सार्बजनिक गरिएको छैन । सो सम्वन्धि बृस्तित जानकारी २४ घण्टा भित्र सार्बनजिक गरिने बताईएको छ ।  

    एजेन्सी

  • के सबै एनआरएन खराब हुन् ?

    के सबै एनआरएन खराब हुन् ?

    प्रशान्त उप्रेती/रक्तदाता/फ्रान्स 

    सर्बप्रथम, एनआरएनएको स्थापना किन, कसरी र कहिले भएको थियो भन्ने कुरा बुझ्न जरुरी छ । बिदेशमा रहेका नेपाली र नेपाली मुलका बिदेशी नागरिकको ज्ञान, शिप प्रबिधि र पुंजी परिचालन गर्दै देश बिकासमा टेवा पुराउने उदेश्यले विदेशमा बस्ने नेपालीहरुको सकृयतामा २००३ अगष्टमा एक भेला आयोजना गरी गैरआवासीय नेपाली संघ एन आर एनको स्थापना भएको थियो । गैरआवासीय नपेाली संघका प्रमुख उदेश्य स्थापना कालदेखि संघको उदेश्य विदेशमा बस्ने नेपालीहरुलाई एकजुट बनाउने अनि विदेशमा आर्जन गरेको शिप ज्ञान प्रबिधि र पुँजीलाई नेपाल भित्राएर देशलाई सामाजिक अनि आर्थिक योगदान दिने हो ।

    संघको संस्थागत विस्तारसंगै अन्य बिषयहरु थपिने क्रम जारी छ । बिदेशी मलुकमा नेपाली संस्कृति अनि पर्यटन प्रबर्धन गर्ने, नेपालमा प्रत्यक्ष बिदेशी लगानीलाई भित्र्याउन उत्प्ररेकको रुपमा कार्य गर्ने, रक्तदानलाई आधुनिक प्रबिधिसंगै सुरक्षित रगत संचारमा सहयोग गर्ने, विभिन्न बिकट गाउँहरुमा स्वास्थ सिविरहरु संचालन गर्ने, आदि ईत्यादि ।

    हामी बिदेशिनुको मुख्य कारणनै जनबादी क्रान्ति छोड्ने निहुमा बिश्वकै शान्त मुलुक बुद्धको जन्मभुमीलाई भौतिक संरचना तहस नहस पारी हजारौं नेपाल आमाका सन्तानलाई क्रान्तिकारी जनयुद्धको नाममा आफ्ना बेक्तिगत स्वार्थ पूर्तिका लागि हत्या गरिएपछि या जबर्जस्त युद्धमा होमीन बाध्य पारेपछि, देशमा शान्ति, सुरक्षा खल्बलिएपछि देशमा लगानी गरेकालाई चन्दा आतंकले पिरोलेपछि, आमाका घाटिका सिक्री अनि बाबुको स्वयम्बरको औंठी बेचेर हामी बिदेशिन बाध्य भएका हौं ।

    देश १० बर्षे गृहयुद्धले आक्रान्त भएको बेला हामी भने अझ बढी शिप प्रबिधि ज्ञान अधि समेट्न तल्लिन थियौं ।अनेक राजनीतिक गठ-बन्धन अनि समजधारीका नाममा सत्ता हडपेपछि ति तिखारिएका अनि ब्यबस्थित अनि बिकशित देशमा माझिएका युवा वर्ग देश फर्केन आफ्ना १२ बज्ने भएकाले 

    हतारमा गैर आबसिय नेपालीहरुलाई मतदान बाहेक सम्पूर्ण अधिकार दिने भनेर निर्णय गरियो । स्मरण रहोस देश पार्टीगत सिद्धानातले होइन, ज्ञान शिप र नविन विचारले चल्छ । स्मरण रहोस यो पनि, अमेरिका, फ्रान्स जस्ता बिकसित मुलुकमा सरकार प्रमुख बिदेशी मूलका नागरिक भई रहेका छन्, खोइ यहाँ बिकाश रोकिएको ?

    देश रेमिटान्सले चलेको छ भन्ने कुरामा दुई मत छैन । प्राकृतिक प्रकोपले देश कुण्ठित भएको बेला बिदेशीको सामु सधै हात फैलाउदै मेरा भूकम्प पिडित जन्मभुमी नेपाल राष्ट्रलाई सहयोग गर भन्दा हामीले सानो महसुस कहिले गरेनौ ? रातभर खाई नखाई अरबका ५० डिग्रीको तातोमा अनि क्यानाडा को – ५० को मुटु जम्ने चिसोमा कमाई पठाको पैसाले गोर्खाको बारपाकमा केही छानो हाल्न गैर आवाशीय नेपाली संघ सफल भयो । विभिन्न राष्ट्रहरुबाट आएको सहयोग भने राजनीतिक तानातानमा जस्तापाता भेटे जस्तापाता, त्रिपाल भेटे त्रिपाल, चामल भेटे चामल बेच्न तल्लिन थिए बिशिष्ट नेता, संसद अनि पूर्व मन्त्रीहरु अर्थात् नेपाल प्रेमीहरु । रातका २ बजे कामले थकित भएर घर फर्किदा विभिन्न संचार माध्यायमहरुमा गैर आवासीय नेपाली एस्तो उस्तो भनेर बदनामका नियतले उठाएको प्रश्नको जवाफ नदिनु भनेको झुटा आरोप प्रत्यारोप सहर्ष स्विकार्नु हो, त्यसैले उठाए बिदेशमा भाडा घोट्दा घोट्दा भाचिएको औंला बीच यो कलम l

    संस्था स्थापना कालपछिको सबैभन्दा बढी विबादित महाधिबेसनको रुपमा परिभाषित गरिदैं छ । हो, राजनीतिक गुठबन्दी बढेको हो तर सम्मेलनमा आउने सबै एयरपोर्टको डेस्क ठटाउने अनि सिशा फुटाउने भनेर बदनाम गर्न मिल्छ र ? त्यसो हो भने हरेक राजनीतिक नेता मन्त्री बलात्कारी भ्रस्टचारी भन्ने त ? विदेशबाट नै उपहारमा पठाएको क्यामेरा तेर्स्याएर गलत सूचना प्रबाह गरेर पत्रकारितालाई पत्रुकरिता बनाउने महानुभाव प्रति कठै भन्दा बढी केही भन्न सकिने स्थिति छैन । झन्डै ३००० प्रतिनिधि एक्कै पटक नेपाल भित्रिदा अध्यागमन शुल्क राजस्व हरिया डलर मुलुकले भित्र्याको छ । आन्तरिक अर्थतन्त्रमा समेत योगदान पुगेको छ । प्रत्यक्ष्य या अप्रत्यक्ष्य रुपमा रोजगारी सिर्जना भएको छ । 

    नेपालमा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा यो सम्मेलन अझ बढी प्रभावकारी हुने थियो । नेपालमा भिजिट नेपाल २०२० लेखेको फोटो फ्रेम फेसबुकमा राख्दैमा अथवा त्यही संदेश लेखिएको टि-सर्ट लगाउदैमा अथवा २ कौडीका पित् पत्रकारिता गर्नेले भिजिट नेपाल २०२० लेखेको लेख लेख्दैमा यो महान उत्सव सफल हुनेवाला छैन । यतिखेर बिश्वभरी छरिएर रहेका मेहनेती गैर नेपालीहरु जो बिश्वका कुना कुनामा भेटिन्छ यिनीहरुको सही सदुपयोग गरेर बिश्व भरी भिजिट नेपाल २०२० को प्रबर्धनमा लाग्ने हो भने यो साँच्चै नै सफल अनि राष्ट्रको पर्यटन बिकाशमा ठुलो टेवा पुग्ने देखिन्छ ।

    हामी रहरले बिदेशिएका नभई बाध्यताले हिडेका हौँ । २० औं वर्षसम्म पढेको शैक्षिक प्रमाण पत्रले खान नदिए पछि, आमाको सिक्री अनि बाउको स्वयम्बरको औंठी धरौटीमा राखी सात समुन्द्र पारी आएका हौं । संगैको छिमेकी जनयुद्दमा बमका छर्राले अंगभंग भई अपांग भएपछि उनलाई व्हील चिएर किन्ने सपना बोकेर हामी बिदेसिएका हौं । हामीले त हाम्रो आमा बाबुको जमानत फिर्ता लिई सक्यौं तर तिमीहरु गद्दार राजनेता हौ, तिमीले आर्थिक लोभमा परी बेचेका नदिनाला कहिले फिर्ता लिने हो ? हेर्न अझै बाँकी छ ।

    तिमी साँस्कृतिक सम्पदा आफ्नो नाममा नामसारी गर्दै छौ, हामी भने बिदेशमा नेपाल घर बनाउन लागेका छौं । ऊ आफ्नो गाउँ घरमा मन्दिर, बिद्यालय, पुल बनाउनु परे कहिले हामीले गैर नेपाली भनेका छैन् । सकेको सहयोग गरेका नै छौं । नेपाली बिदेशी भुमिमा जेल परे छुटाउन सक्दो सहयोग गरेका नै छौ, 

    मुटुरोगीलाई उपर्चार्थ सहयोग रकम पठाएका नै छौं । चेतना भया ।

    एक थान कागजी राहदानीले राष्ट्रबादी भईन्न, राष्ट्रको माया त यो मुटुको कुनामा खोज । सात समुन्द्र पारी रहेपनि, जनै कुश अनि नेपाली भाषाका किताब खोज्नेलाई सोध । कालारात मा घरको खबर न पढी नसुत्ने तिम्रा भाषामा भन्दा गैर नेपालीलाई सोध । सतिले सरापेको मेरो देश जसले राम्रो गर्न खोज्यो त्यही माथि खनिन्छ – आरोप प्रत्यारोप ।

    जय देश जय नेपाल, एक पटकको नेपाली सधैको नेपाली !

  • चितवन मेडिकल कलेज तोडफोड : डाक्टरको लापर्वाहीले बिरामी मरेको आरोप

    चितवन मेडिकल कलेज तोडफोड : डाक्टरको लापर्वाहीले बिरामी मरेको आरोप

    चितवन

    उपचारार्थ बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु उत्तेजित भएको हो । आइतबार साँझ ठुलै समुहले चितवन मेडिकल कलेजमा प्रदर्शन एबम् तोडफोड गर्न थालेपछि व्यापक प्रहरी परिचालन गरेको थियो ।

    प्रहरीले पहरा दिएर स्थिती सामान्य पार्न खोज्दा स्थिति थप तनावग्रस्त भएपछि प्रहरीले ४० सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।

    घटना;

    गत असोज २६ गते नाकको उपचार गराउन भनी ल्याइएकी नवलपुर मध्यविन्दु ९ की ३२ बर्षीय आशा ज्ञावालीको शनिबार उपचारको क्रममा मृत्य भएको थियो । चिकित्सकले उपचारलाई गम्भिर रुपमा नलिएको, शल्यक्रियामा गडबड गरी चिकित्सकको लापरबाहीकै कारण उनको मृत्यू भएको भन्दै आफन्तहरूले मेडिकल कलेजमा तोडफोड  गरेका हुन् ।

    अस्पताल प्रसासनका अनुसार “विरामीको मृत्यू हुनुमा अस्पतालको कुनै कमजोरी नभएको र बचाउने प्रयास गरेपनि नसकिएको” अस्पतालका निर्देशक डा. दयाराम लम्साल बताउँछन् ।

    दोहोरो झडप सहित अस्पताल परिसर तनावग्रस्त भएपछि शवलाइ पोष्टमार्टमको लागी भरतपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ भने तोडफोडमा संलग्न ६ जनालाई प्रहरीले हिरासतमा लिएका छन् ।

  • अमेरिकामा मदिरा सेवन गरेर सवारी साधन चलाउन खोज्दा स्टार्ट नहुने गाडी निर्माण गर्नुपर्ने कानून बन्दै

    अमेरिकामा मदिरा सेवन गरेर सवारी साधन चलाउन खोज्दा स्टार्ट नहुने गाडी निर्माण गर्नुपर्ने कानून बन्दै

    अमेरिकी सदनका दुई जना सिनेटरले गत बुधबार आगामी दशकको मध्यसम्ममा अमेरिकामा निर्माण गरिने हरेक गाडी भित्र चालकले पिएको मदिराको मात्रा मापन गर्ने संयन्त्र जडान गर्नै पर्ने वाध्यकारी ब्यबस्था गर्ने कानून लागू गरिने बताएका छन् ।  डेमोक्र्याटिक सिनेटर टम उडाल र रिपब्लिकन सिनेटर रिक स्कटले गाडी निर्माण कम्पनीहरुले मदिराको मात्रा मापन गर्ने संयन्त्र गाडी भित्रै जडान गरेर मात्र गाडी निर्माण गर्नु पर्ने कानून सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका हुन् । सिनेटर उडालले समाचार संस्था रेउटर्ससँग भनेका छँन् “हामीलाई विश्वास छ यो प्रबिधि लागू हुनेछ । यो बिषय अत्यन्त जरुरी भई सकेको छ ।” उनी थप्छन् “अटोमोबाईल उद्योगले गाडी निर्माण गर्दा नै यो प्रबिधि जडान गरेर सहयोग गर्ने पनि विश्वास गरेका छौं । तर सहयोग गरेपनि नगरेपनि हामीले लागू गर्नै पर्छ, किनकि यो प्रबिधि मानवीय जीवनको हिस्सा बनेर बसेको छ ।”

    अमेरिकी केन्द्रीय सरकारको एजेन्सी नेसनल हाईवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन  (एन एच टि एस ए) ले बिगत १० बर्षदेखि गाडीमा यस्तै प्रकृतीको प्रबिधी जडानको लागि काम गर्दै आएको छ । यसको लागि एजेन्सीले ५ करोड अमेरिकी डलर खर्च गरिसकेको छ ।  मेरिल्यान्ड  र भर्जिनियाका केही क्षेत्रमा यो प्रबिधि प्रयोग समेत गरी सकिएको बताईएको छ । मदिरा सेवन गरेको चालक गाडी भित्र सिटमा बसेपछि चालकले स्टेरिङ् समाते पछि वा गाडी स्टार्ट गर्न साँचो घुसाए पछि वा चालकले फेरेको श्वास वा चालकको आँखाको चाल थाहा पाउने सेन्सर गाडीमा जडान गरिने छ । यदि चालकले कानूनी ब्यबस्था भन्दा बढी प्रतिसतमा मदिरा पिएको सेन्सरले देखाएमा गाडी स्टार्ट हुने छैन । यो ब्यबस्था गाडी दुर्घटनाको समयमा निस्किने एयर ब्याग जस्तै सुरक्षाका लागि हुने छ । भोल्भो गाडीको स्विडिस निर्माण कम्पनीले सन् २०२० को शुरुदेखि नै गाडीमा चालकले पिएको मदिराको मात्रा देखाउने क्यामेरा र सेन्सर राखेर गाडी निर्माण गरिने बताई सकेको छ ।  

    अमेरिकामा वार्षिक करिब १० हजार मानिसको ज्यान गाडी चलाउँदा अत्याधिक मदिरा सेबन गरेका कारण हुने गरेको छ ।                      

    लामो समयदेखि मदर्स अगेन्स्ट ड्रंक ड्राईभिङ (एम ए डि डि) नामक संस्थाले अत्याधिक मदिरा सेवन गरेको चालकलाई गाडी चलाउन नदिने प्रबिधि गाडी भित्रै जडान गर्नु पर्ने माग गर्दै आएको थियो ।  

    श्रोत : रेउटर्स

  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

    न्यूयोर्क

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो ।

    १. अध्यक्ष  – शकुन ज्ञवाली   

    २. उपाध्यक्ष  – सान्ता घिमिरे 

    ३. महासचिव – राजन महर्जन 

    ४. सचिव- मेनका पराजुली 

    ५. कोषाध्यक्ष – जानुका ओस्ती ढकाल 

    ६. बोर्ड सदस्य – सिर्जना लामा 

    ७. बोर्ड सदस्य – शोभा गौतम

    अनेसास न्यूयोर्क च्याप्टरका नव गठित पदाधिकारीको पदावधि २ वर्षको हुनेछ । नयाँ कार्यसमितिलाई निबर्तमान अनेसास न्यूयोर्क चाप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको टिमले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

  • न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या

    न्युयोर्कमा तल्लो तलाको छिमेकीले माथिल्लो तल्लामा बस्ने दम्म्पत्तीलाई गोली हानी हत्या

    न्युयोर्कको हार्लममा गोली चल्दा ३ जनाको मृत्‍यु भएको छ । हार्लमको लेनोक्स र फिप्थ एभेन्यू बीच १३१ स्ट्रिटस्थित ५ तल्ले घरको तल्लो तलामा बस्ने छिमेकीले माथिल्लो तलामा बस्नेलाई गोली प्रहार गरेको प्रहरीले बताएको छ । ७८ वर्षीय रिटायर्ड बिल्डिङ सुपरटेन्डेण्ट र ६२ वर्षीय उनको पत्नीलाई तल्लो तलामा बसोबास गर्दै आएका ५९ वर्षीय एक छिमेकीले गोली प्रहार गरी हत्या गरेका हुन् ।

    बृद्धबृद्धा दम्पत्तीलाई गोली प्रहार गर्ने ती ब्यक्तीलाई उक्त भवनको तल्लो तलामा आफूले आँफैलाई टाउकोमा गोली प्रहार गरी लडिरहेको अवस्थामा भेटेका थिए ।

    घटना शुक्रबार अपरान्ह ३ बज्नु अगाडि घटेको थियो । गोली प्रहारको कारण उक्त भवनमा आगलागी समेत भएको थियो । १०० जना भन्दा धेरै अग्नी नियन्त्रक र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिईएको थियो ।  

    श्रोत : ए बि सि ७, न्युयोर्क

  • स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने

    स्थानीय तहका पदाधिकारीले अब तलब नपाउने

    काठमाडौं

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संबैधानिक ईजलासले स्थानीय तहका पदाधिकारीलाई प्रदान गर्दै आएको मासिक पारिश्रमिक तथा सुविधा सम्वन्धि कानून बदर गरेको छ ।

    प्रदेश सभाले निर्माण गरेको कानून अनुसारको सेवा सुविधा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की समेतको ईजलासले “सेवा सुविधा सम्वन्धि दफा र सम्बद्ध अनुसूची” मात्र बदर गरेको हो ।

    सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार निवेदकको मागअनुसार रिट जारी भएको बताए । उनले भने, “मागअनुसार रिट जारी भएको छ ।”

    अदालतले सबै प्रदेश सभाले बनाएको ऐनको दफा ३ र सो सम्बद्ध अनुसूची बदर गरेको हो । यस्तै प्रदेश २ र ५ को स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनको दफा १० को पारिश्रमिक शब्द पनि अदालतले बदर गरेको छ । उक्त दफाहरू संविधानको धारा २२० (८) र २२७ विपरीत हुने अदालतको ठहर छ ।

    यद्यपी सविधानको धारा २२० को उपधारा ८ मा जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभासम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ, भन्ने उल्लेख छ । फैसलाको पूर्णपाठ आउँन भने बाँकी छ ।

  • प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

    प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

    कार्तिक १, बेत्रावती, रसुवा

    पछिल्लो समय अत्यन्त व्यस्त रहेको रसुवागढी नाकाबाट चिनियाँ प्याज नेपाल भित्रिन थालेको छ । भारत सरकारले भारतमा प्याजको मुल्य उच्च बिन्दुमा पुगेको ठहर गरी भारतबाट अन्य देशमा निर्यात हुने प्याजलाई प्रतिबन्ध गरेको थियो ।

    भारतको प्याज नेपाल भित्रिन नपाएपछि नेपालमा प्याजको मुल्य आकासिएको हो । गत असोज महिनामा मात्र रसुवागढी नाकाबाट अढाई लाख किलो प्याज नेपाल आएको छ । यो प्याज नेपाली बजारमा पुगेपछि मुल्य समेत सामान्य हुने बताईएको छ । गत असोज १२ देखि नेपालमा प्याज भित्रिएको थिएन ।

    रसुवागढी भन्सार कार्यालयका अधिकृत पुण्य बिक्रम खड्का बताउँछन् “यस नाकाबाट एक महिनामा २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको छ” । खड्काका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा रसुवागढी नाका भएर नेपालमा प्याज आयात भएको थिएन ।

    नेपाली व्यावसायीले प्रस्तुत गरेको भन्सार बिजक अनुसार असोज महिनामा आयात भएको प्याज १ करोड २२ लाख ५१ हजार रुपैयाँ भन्दा धेरैको हो । व्यापारीद्वय ताराबहादुर बस्नेत र लाक्पा छिरिङ्गले चीनबाट प्याज भित्र्याएको रसुवागढी भन्सारको अभिलेखमा छ । आर्थिक वर्ष ०७५/०७६ मा नेपालले भारतबाट १६ करोड ७९ लाख केजी प्याज आयात गरेको थियो ।