Author: Vishwanews.com

  • न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो

    न्यूयोर्कको ज्याक्सन हाईट्समा ईन्द्रजात्रा मनाईयो

    न्यूयोर्क 

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाईने इन्द्रजात्रा न्यूयोर्कमा नेवा: गुठीको आयोजनामा मनाईएको छ । शनिबार १४ तारिख ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजाको खुला क्षेत्रमा दोश्रो पटक मनाईएको ईन्द्रजात्रा नेवारी परम्परा र संस्कृतिको पहिचानको रुपमा लिईन्छ । नेपालीहरुको बाक्लो बस्ती रहेको ज्याक्सनहाईट्समा कार्यक्रम हेर्न नेपाली तथा अन्य मुलका मानिसहरु समेत भेला भएका थिए । 

    सो अवसरमा कुमारीको पूजा तथा दर्शनको लागि लामो भिड लागेको थियो । 

    नेवारी समुदाय र समग्र नेपालको पहिचान गराउने उद्देश्यले मनाईएको ईन्द्रजात्रामा विदेशीहरुलाई समेत आमन्त्रण गर्न सकिए नेपालको पहिचानबृद्धी र पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने गुठीका अध्यक्ष निर्मल प्रधानले बताएका छन् ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा निकै धुमधाम सहित मनाईने गरिए पनि स्थानैपिच्छे केही फरकशैली अपनाईन्छ । न्यूयोर्कमा मनाईएको यो ईन्द्रजात्राको रिती ललितपुर र लाखेनाच बेत्रावती नुवाकोट (ब्रम्हटोल काठमाडौं) को रहेको बताईएको छ ।

    ईन्द्रजात्राको रिती अनुसार आकर्षक “समेबजी डों”, धिमेबाजाको तालमा “पुलकिसी”, कुमारी, लाखेनाच, ईत्यादी प्रदर्शन गरिएको थियो । धामेबाजाको नेतृत्व बाद्ययबादक न्हुच्छे महर्जनले गरेका थिए ।

    शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । नेपाली कला र संस्कृतीलाई बिदेशमा पनि निरन्तरता दिन सकेकोमा खुसी लागेको आयोजकका तर्फबाट नेवा: गुठीका कोषाध्यक्ष सुर्य श्रेष्ठ महर्जनले बताएका छन् । अन्त्यमा लाखेले समेबजी डों भत्काएपछि उक्त समेबजीलाई प्रसादको रुपमा सबैलाई बितरण गरेपछि जात्रा सम्पन्न भएको थियो । 

  • म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग

    म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग

    भदौ २९, काठमाडौं 

    म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवाखोला नजिक अज्ञात समुहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो । देश निर्माणमा होमिएका व्यवसायीहरुलाई आतंकित पारी पेशाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा ल्याई आवश्यक कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । “व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटकपटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो” महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरका निर्माण व्यवसायीहरु वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को नारालाई साकार रुप दिन विभिन्न प्रतिकूलताका बीच अहोरात्र विकास निर्माणको लागि आफ्नो कार्य क्षेत्रमा खटिएको विज्ञप्तिमा उल्लेख छ । पूर्ण व्यवसायी मैत्री कानून तथा निर्माण सामाग्रीको अभाव, महंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाई लगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायीहरु कार्य क्षेत्रमा खटिएको अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरवाही देखिएको महासंघले जनाएको छ ।  घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । भविष्यमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि महासंघले सरकार समक्ष अनुरोध गरेको छ ।

  • पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

    पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

    मानिसलाई कतिबेला वा कस्तो अवस्थामा हृदयघात हुन्छ ?  भन्ने कुरा निश्चित हुँदैन ।  तर पनि दैनिक जीवनमा मानिसहरुको सुतेको समयमा हृदयघात भएर मृत्‍यु भएको खबर भने थुप्रै सुनिने गरिएको छ । बाटोमा हिंड्दा हिंड्दै गाडी चलाऊदा चलाऊदै शारीरिक ब्यायाम गर्दा, खाना खाँदा खाँदै पनि हृदयघात हुने गरेका घटना छिटपुट रुपमा सुनिने गरिएको छ । गत हप्ता ग्रिसमा एक जनाको पौडी पोखरी भित्र पौडी खेल्दा खेल्दै मृत्‍यु भएको छ । ४२ बर्षीय साईमोन जोन्स् पौडी खेलेर बिदा मनाई रहेका थिए । तिन सन्तानका पिता साईमोन्सलाई पानी भित्र हृदयघात भए पछी बाहिर निकालिएको थियो र घटनास्थलमा अाई पुगेका प्यारा मेडिक्सले  केहीबेर आकस्मिक उपचारको प्रयास गरेर अस्पताल पुर्याए पनि ४५ मिनेट पछी साईमोन्स जोन्सलाई मृत घोषित गरिएको थियो । 

    एउटै कम्पनीमा काम गर्ने पत्नी डेनिला र उनले कामबाट केही दिन बिदा लिएर एक होटलमा आराम गर्ने क्रममा पौडी पोखरी भित्र साईमोन्सलाई हृदयघात भएको हो ।  

    श्रोत : डेली मेल

  • म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु

    म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु

    ​विनोद रोका / न्युर्योक

    पढेर, सुनेर वा देखेर थुपारिएका बिचारका कारणले गर्दा प्राय: अरुले भनेको कुरा सुन्ने धैर्यता हुदैन । त्यसैले गर्दा हामीसँग प्रश्नहरु हुन्छन, जान्ने र बुझ्ने जिज्ञासा हुदैन । त्यस्तो व्यक्तिको उदाहरण दिनु पर्यो भने हाम्रो बानी अरुलाई ईंगित गर्ने हुन्छ । त्यो बानी मेरो पनि छ । त्यसैले मैले पनि बेला मौकामा त्यस्ता व्यक्तिलाई बुद्धि भरिएका मान्छेहरुको उदाहरण दिने गरेको छु ।

    यस प्रसंगमा मलाई बुद्ध र सारीपुत्तको कथाको स्मरण हुन्छ ।

    ब्राम्हणका छोरा सारिपुत्त धर्मशास्त्रका ज्ञाता थिए । सारिपुत्त लगायतका साधकहरु आफ्नो गुरुकुल आश्रम छाडेर बुद्धको शरणमा पुगे, शिष्य बन्ने चाहना लिएर । उनिसँग अन्य सयौं अनुयायीहरु पनि पछि लागे । सारीपुत्तसँग शास्त्रद्वारा भनिएका अरुका अनुभवको ज्ञानको भण्डार थियो । त्यसैले उनले बुद्धसँग केही प्रश्नहरु राखे । उनको प्रश्न सुनेर बुद्धले भनें “यी प्रश्नहरु तिम्रा आफ्ना निजी होईनन् । यी प्रश्नहरु तिमीले शास्त्र पढेका आधारमा गरेका हौ । त्यसैले मैले दिएको जवाफले तिम्रो जिज्ञासा मेटिदैन । तिमी मलाई तिम्रा आफ्ना अनुभवका प्रश्नहरु गर । म ती प्रश्नहरुको उत्तर दिन्छु” । सारीपुत्तले यो तथ्यलाई स्विकारे र आफु शास्त्रका प्रश्नहरुबाट खाली बने । बुद्धले उनलाई शिष्यको रुपबाट स्विकार गर्दै भनें “अब तिम्रो मुक्तिको बाटो खुल्यो । तिमी खाली भयौ । अब त्यो खाली ठाउँमा तिमीले ध्यानको माध्यायमबाट आर्जित आफ्नो ज्ञानको दियोबाट सबै प्रश्नहरुको उत्तर पाऊने छौ” । लामो समयसम्म सारिपुत्त बुद्धसँग प्रश्न गर्न गएनन् । एकदिन बुद्धले सारीपुत्तलाई सोधेछन् “तिम्रा प्रश्नहरु केही छन् भने सोध” । प्रतिउत्तरमा सारीपुत्त मौन थिए । किनकि उनीसँग अब अरुको अनुभवद्वारा निस्किएका उधारो ज्ञान थिएन । उनको खाली ठाउँमा अब ध्यानद्वारा आर्जित आफनै अनुभव थियो । उनी भित्रको ज्ञानको दियोले अध्यारो हटाई सकेको थियो ।

    पतञ्जली योग नेपालका गुरु ललित शंकरजी २०१२ मा अमेरीका आउनु भएको थियो। मैले उहाँलाई डलास, टेक्सासमा मित्र देवी आचार्यजीको माध्यमबाट भेटेको थिए ।ईन्द्रेणीले गरेको नेपाली समुदायको लागि ईमिग्रेशन कानूनको बारेमा आयोजना गरेको कार्यक्रममा न्युर्योकबाट वक्ताको रुपमा गएको थिएँ । त्यसबेला ललितजीले डालासमा योगाभ्यासको प्रशिक्षण दिनु भएको थियो। मैले उहाँलाई न्युर्योकमा आऊने निम्ता दिएँ  । सनातन धर्म सेवा समिति न्युर्योकका तर्फबाट हामीले पनि एऊटा कार्यक्रम राख्यौ । यो समिति विष्णुदाईको अगुवाईमा विगत २५ बर्षदेखि सञ्चालित छ । न्युर्योक शहरको क्विन्स, ज्याक्सनहाईट्सको सेरोफेरोमा एऊटा पशुपतिनाथ र बुद्धको मन्दिर बनाऊने सपना बोकेर सनातन धर्मको विंडो थामी रहेको छ ।

    ललितजी केही दिनका लागि मेरो पाहुना हुनु भयो । एक दिन ललितजीले भन्नु भो “विनोदसर एऊटा अमेरीकी प्रोफेसर मेरो योगाभ्यासको कार्यक्रममा भाग लिन आयो। कार्यक्रमपछि पनि मसंग लामो समयसम्म योग र यसबाट हुने फाईदाका बारेमा जानकारी लियो। अनि मैले ऊनलाई सोधें “तपाई प्रोफेसर जस्तो मान्छेले म थोरै पढेको मान्छेसंग यसरी प्रश्न सोध्ने र मैले जवाफ दिनु पर्दा अपठ्यारो लागि रहेको छ” । यस्को जवाफमा प्रोफेसरले भने “मेरो बिषयमा पो त मलाई जानकारी छ तर यो योगको बारेमा म अनभिज्ञनै छु । त्यसैले म यस बारेमा तपाईबाट राम्ररी जान्न चाहान्छु किनकि तपाई यस्को ज्ञाता हो।” तर हाम्रो नेपाली समुदायमा प्राय! सहभागीहरुको कुनै जिज्ञासा हुदैन । यदि कसैले बोलीनै हाले भने कि त गल्ती देखाउँछन, कि त आफनै धारणा राख्दछन । वा फलानाले त यसो भन्थे तपाईले किन यसो भन्नु भो भनि प्रश्न गर्छन् । किन होला ? ऊहाँको प्रश्नमा मैले पनि प्वाक्क भनिहाले “गुरु हाम्रो भरिएको बुद्धिमा राख्ने ठाऊनै बाँकी छैन। अलिकति खाली भए पो सुन्ने अनि जिज्ञासुपन रहन्छ ।” अनि हामी दुवैजना मस्तले हास्यौं। मैले पछि महसुस गरें, म पनि ऊही ड्याङ्को मुला रहेछु भन्ने । आज धेरै बर्षपछि फेरी मलाई ललितजीसंग भएको माथिको भनाईको सम्झना आयो ।

    प्रसंग के भने, हामीले न्युर्योकको क्विन्समा विगत १ बर्षदेखि हरेक हप्ता आईतबार साँझ सामुहिक ध्यान साधना र सत्संघको थालनी गरेका छौं । यस्मा करिब १५ जना जति सदस्यहरु छौं । हामीले एक घण्टा ध्यान र केहीबेर सत्संघमा समय विताउँछौं । समुहका सदस्यहरु विभिन्न ध्यानका पद्दतीबाट आऊनु भएको छ। विपश्यना, रजनिश, रविशंकर, डा. रमानन्द गिरि, डा. पिल्लाई, योगाचार्य बालकृष्ण, वेनप्रभु, आदि । कहिलेकाही न्युर्योकमा आऊनु भएका बेला अन्य सम्प्रदायका व्यक्तिरुसँग पनि हामीले सत्संघ गर्ने गर्छौ । केही समय अगाडी रेम्पोचे गुरुजीका साथमा रहेर उहाँले सिकाउनु भएको ध्यान पद्दतीमा पनि हामी सामेल भयौ। रक्षासंग पनि हामी सत्संघमा सामेल भयौं ।

    हाम्रो समुहका साथीहरुले बालज्ञानी गुरु आदित्यको चैत्र २४ देखि ३०, २०७५ मा ॐ आदिकुन्ज, गौरीनगर, काठमाडौंमा आयोजित त्रिगजुर शिवालयको प्राण.प्रतिष्ठान एवम ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको पावन अवसरमा ॐ आदि अनादि आदित्याय परमज्योति आराध्याय ॐ नमो नम: मन्त्रको सामुहिक मन्त्रको पाठ न्युर्योकमा पनि गर्यौ । समुहमा रहने साथीहरुलाई बालज्ञानी गुरु आदित्यद्वारा आविष्कार गरिएका मन्त्रहरुको पाठ र ध्यानका विधिको अनुसरण गर्न सहज पनि हुन्छ । तर यस्तो सहजता समुहका कुनै सदस्यले मानि आएको गुरुजीको प्रकृयामा भने हुने गर्दैन।

    हामी समुहका साथीहरुलाई गुरु आदित्य र अन्य गुरुहरुको बारेमा केही कुराहरु थाहा छ । केही प्रत्यक्ष सम्पर्कबाट र केही उहाँहरुका बारेमा सार्वजनिक भएका र सुनेका आधारमा । त्यसैले कहिलेकाँही कुनै खास गुरुको सानिध्यमा रहेको व्यक्तिले गुरुका बारेमा केही बोल्न लाग्यो भने हामी पनि आफनो भनाई राख्न हतारिन्छौ । यही मेसोमा गुरु आदित्यका नजिकमा रहेका साधकहरु डा. राजु अधिकारी, शुसिला र सागर थापाजीलाई हामीले हाम्रो सामुहिक ध्यान र सत्संघको क्रममा पटक पटक स्वागत गर्ने मौैका पाएका छौं । उहाँहरुले ज्ञानका सागर गुरु आदित्यको प्रत्यक्ष सम्पर्कमा रहेर अनुभव गरेका अनि बटुलेका केही अमृतका थोपाहरु हामीलाई बाड्नु हुन्छ । गुरु आदित्यले आफनो भनाईलाई पस्कने क्रममा भन्नु पनि भएको छ। “मेरो सानिध्यमा रहेका साधकहरुलाई भेटनु भनेको मलाई भेटनु जस्तै हो।” तर कहिले काँही म लगायतका अन्य साथीहरुले उहाँहरुका अनुभवका कुरालाई राम्ररी सुन्दैनौ र आफ्ना बिचारहरु थप्न थाल्दछौं । यसरी सिक्वेन्स नमिलेको अवस्थाको ज्ञात जब मलाई हुन्छ तब अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु ।

  • संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै

    संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै

    न्युयोर्क   

    अमेरिकी सरकारले संबिधान दिवसको उपलक्ष्यमा ३४ हजार ३ सय जनालाई अमेरिकी नगरिकता बितरण गर्ने भएको छ ।  उक्त जानकारी आज शुक्रबार युएससिअाईएसद्वारा जारी सुचनामा जनाईएको छ । आगामी सेप्टेम्बर १३ तारिखदेखि २३ तारिख भित्र ३४ हजार ३ सय जनालाई देशभर आयोजित हुने ३१६ सपथ कार्यक्रम स्थलबाट नागरिकता बितरण गरिन लागिएको हो ।  

    अमेरिकाको संबिधान दिवस आगामी सेप्टेम्बर १७ तारिख मंगलवार हो । संबिधान दिवसको अवसर पारेर ३४ हजार गैह्र नागरिकलाई अमेरिकी नागरिक बनाउने निर्णयको प्रसंगमा युएससिअाईएसका कार्यकारी निर्देशक केन कुसिनिली भन्छन्; “२ सय ३२ बर्ष पहिले यो महान देशले संयुक्त राज्य अमेरिकाको संबिधानलाई आत्मसात गर्‍यो । यही समारोहलाई हामी संबिधान दिवस सप्ताह मनाउँछौ । मलाई लाग्छ हजारौं मानिस जो यो देशप्रति प्रतिबद्द र संबिधानप्रति बफादार छन, उनिहरुलाई अमेरिकामा स्वागत गर्दै संबिधान दिवस मनाउनु जत्तिको राम्रो कुरा अरु के होला र ?” 

    अमेरिकाले प्रत्येक बर्ष देशभर आयोजित गरिने सपथ कार्यक्रम मार्फत ६ लाख ५० हजारदेखि ७ लाख योग्य मानिसलाई अमेरिकी नागरिकता बितरण गर्दै आएको छ भने सन् २०१८ मा ५ बर्ष कै सबैभन्दा धेरै ७ लाख ५६ हजारलाई अमेरिकी नागरिकता बितरण गरेको थियो ।

  • उडिरहेको जहाजमा पाईलटले कफी पोख्दा

    उडिरहेको जहाजमा पाईलटले कफी पोख्दा

    चालक दलका ११ सदस्य सहित ३३७ जना बोकेर एट्लान्टिक महासागर माथिको आकाशमा उड्दै गरेको एउटा जहाज  पाइलटले ककपिटमा एक्कासी कफी पोखेको कारण आकस्मिक अवतरण गर्न वाध्य भएको छ । गत फेब्रुअरी ६ तारिखका दिन जर्मनीको फ्र्यांकफर्टबाट मेक्सिकोको क्यानकुनका लागि उड्दै गरेको कनडोर एयरलाईन्सको एयरबस ए ३३० – २४३ मध्य आकाशमा उड्दै गर्दा पईलटले खाँदै गरेको कफी एक्कासी  ककपिटमा पोख्न पुगेका थिए । कफी पोखिएर जहाजको अडियो कन्ट्रोल प्यानलमा भित्रसम्म पुगेको थियो ।तत्काल चालकले जहाजलाई आयरल्याण्डको स्यानन बिमानस्थलमा आकस्मिक अवतरण गरेका थिए ।  

    घटनाको बारेमा लामो अनुसन्धानको ६ महिना पछी सार्बनजिक  गरिएको रिपोर्टमा भनिएको छ “घटनामा कुनै पनि यात्रुलाई चोटपटक लागेको थिएन । एयर एक्सिडेन्ट ईन्भेस्टिगेसन ब्रान्चले जारी गरेको रिपोर्टका अनुसार “अडियो कन्ट्रोल प्यानलमा कफी पोखिए पछी जहाजको ककपिटमा धुँवा समेत निस्कन सुरु भए पछी जहाजलाई आकस्मिक अबतरण गर्ने निर्णयमा चालक पुगेका थिए” । 

    १३ हजार घण्टा जहाजको सफल उडान गरी सकेका ४९ बर्षीय  चालकको हातमा क्याबिन क्र्युले बिर्को बिनाको एक कप कफी दिईन् । अकस्मात कफीको कपमा पाईलटको हात ठोक्कियो अनि पोखियो ।  जहाज उत्तर एट्लान्टिक  महासागरको माथि  थियो । जहाजमा ३३७ जना सवार थिए ।  कन्ट्रोल प्यानल भित्र तातो कफी पसे पछी धुँवा आउन थाल्यो र आगोको गन्ध पनि आयो । त्यतिकैमा कन्ट्रोल प्यानल भित्रको एउटा बटन तातोले पग्लिए पछी चालक जहाजलाई आकस्मिक अवतरण गराउन बाध्य भएका हुँन्  । घटना पछी जहाजका क्र्यु मेम्बरहरुलाई भबिष्यमा जहाज उडानको समयमा चिया कफी पानी जस्ता तरल पदार्थ बितरण गर्दा आवस्यक सबै बस्तु होसियार साथ प्रयोग गर्न चेतावनी दिईएको छ ।  जहाजलाई आयरल्याण्डमा आकस्मिक अवतरण गर्नु परेको कारण जहाज कम्पनीलाई ८० हजार पाउण्ड ब्ययभार परेको बताईएको छ । 

    एजेन्सी

  • कविता : बलात्कार

    कविता : बलात्कार

    भीमनारायण श्रेष्ठ / थानकोट

    आजभोली दिनका दिन

    खवर पत्रिकाहरुमा

    छापेका हुन्छन्

    बलात्कारका घटना

    कतै बालिका बलात्कार

    कतै किशोरी बलात्कार

    कतै युवती बलात्कार

    अझ कतै कतै त

    महिला र बृद्धा समेतको

    बलात्कार…

     

    बलात्कार पनि अनेक

    रुप र रङ्ग अनेक

    कहिँ एकल बलात्कार

    कतै सामुहिक बलात्कार

    कतै त सहमतिमा सहवास

    सहमति टुटेमा बलात्कार

    अनि त

    बलात्कारी माथि नै

    मोलमोलाईको बलात्कार

    फेरि अर्को

    अपहरणमा बलात्कार

    बलात्कार पछि

    जघन्य हत्या र

    हिंसाको अपराध

     

    एउटा बलात्कारको घटना

    सेलाउन नपाउँदै

    फेरी अर्को बलात्कार

    दिनहुँ जसो आइरहने

    यस्तै खवर…

     

    कति होलान् अझ

    खवरमा आउन नपाउँदै

    डर, धम्की, आश र त्रासको

    मिलोमतोमा सेलाउँछन्

    धैर्यको बाँध नफुन्जेल

    हुन्छन् बेखवर

    बलात्कार…

     

    खवरमा छाएका

    केही बलात्कारका घटना

    न्यायिक कठघरामा उभ्याउन

    जुरमुराउँछन्

    जन आक्रोश

    जन आवाज र जन दवाव

    थेग्न नसकी सरोकार

    केही हदसम्म साम्य पार्न

    गठन गर्छन् सरकार

    छानविन आयोग

     

    छानविन नामको चरो

    भुर्रर्र… उड्छन्

    घटनास्थल पुग्छन्

    छानविनको नाटक गर्छन्

    बुझाउँछन् प्रतिवेदन

    नाम मात्रको दस्ता

    बलात्कारी को हो

    थाहा छैन

    दोषी को हो ?

    उत्तर दिंदैन 

    बस्,

    यति मै सीमित

    कलम अगाडि बढ्दैन

    अगाडि बढ्न चाहँदैन आयोग

    सायद…

    कलमको नीब भाच्चिएर हो कि ?

    अथवा; मसी सकिएर हो

     

    नीव र मसीको

    दोष कितान हुन नपाउँदै

    उम्कन र उम्काउन सफल हुन्छन्

    पूजिवादी बलात्कारी  

     

    के गर्नु यहाँ

    रक्षक नै भक्षक भएपछि

    कसको के लाग्छ

    जन आवाज र जन दवाव

    अनि आक्रोश

    आस्थाका आधारमा

    मत्थर हुन्छन्

    अझ भनौं

    मत्थर पार्छन्

     

    बलात्कार

    यौन हिंसा

    निन्दनीय व्यवहार

    हो सामाजिक अपराध

    गरौं आज चारैतिरबाट

    खवरदार…

     

    समाजमा व्याप्त

    बलात्कारीका कुदृष्टी

    पूँजिवादको गिद्धे नजर

    बहिष्कार गरौं

    बलात्कारीका कुदृष्टी

    गिद्धे नजर

    सुधार केन्द्रको

    वन्दी गृहमा, नजर बन्दमा

    कैद गरौं,

    अनि

    कालकोठरीमा कोचौं

  • दिउँसो सुत्दा अचम्मको फाईदा

    दिउँसो सुत्दा अचम्मको फाईदा

    दिउसो छोटो समय सुत्नेहरुका लागि खुसीको खबर आएको छ । सुताईसँग सम्बन्धित एउटा नयाँ तथ्यले दिउँसो सुत्नेहरुका लागि नयाँ खुसी दिएको हो । धेरै सुत्न्नु स्वास्थको लागि नराम्रो मानिदै आएको समयमा हप्तामा दुई दिन दिउँसोको समयमा छोटो समय सुत्यो (न्याप) भने हृदयघात नहुने तथ्य बाहिर आएको हो ।  

    गत सोमबार जर्नल हर्टमा प्रकासित रिपोर्टका अनुसार कारिब ३५ सय स्विट्जरल्याण्डबासी माझ गरिएको अनुसन्न्धानबाट उक्त तथ्य प्रमाणित भएको हो । जर्नल हर्टका अनुसार उक्त तथ्यका सम्बन्धमा स्विट्जरल्यान्डको लौजानी स्थित युनिभर्सिटी हस्पिटलकी चिकित्सक तथा उक्त नयाँ अनुसन्धानका नेतृत्वकर्ता नदिनी हौसलरले भनेका छिन; “जीवनमा कहिले पनि दिउँसो नसुतेकाहरु भन्दाहप्तामा एक वा दुई दिन दिउँसो छोटो सुताई (न्याप) सुत्नेहरुमा मुटु सम्बन्धि रोग कम लाग्ने गरेको पाईयो”।  हौसलर र उनका समकक्षीहरुले ५ बर्षसम्म ३५ देखि ७५ बर्ष उमेर समुहका पूर्ण स्वस्थ र ज्यादै धेरै नसुत्नेहरु छानेर अनुसन्धान सुरु गरेको बताईको छ । अनुसन्न्धानले हप्तामा एक वा दुई पटक दिनको समयमा ५ मिनेट देखि १ घण्टासम्म निदाउने गरेकाहरुलाई मुटु सम्बन्धी रोग कम लाग्ने गरेको देखिएको छ ।  ब्रिटिश कार्डियो भास्कुलर सोसाईटीद्वारा प्रकासित द हर्ट नामक जर्नलमा प्रकासित सुताई सम्बन्धी नयाँ रिपोर्ट पछी युनिभर्सिटी अफ ग्ल्यास्गोका प्रोफेसर नभिद सत्तरले हप्तामा एक वा दुई पटक दिनमा सुत्दा फाईदा पुग्ने देखिएता पनि हरेक दिन दिउँसो सुत्नेहरुलाई भने घातक हुने प्रतिकृया दिएका छँन् ।  

    एजेन्सी

  • रातो रंग, रंगको तरंग-आवृति र सृष्टिको विज्ञान

    रातो रंग, रंगको तरंग-आवृति र सृष्टिको विज्ञान

    धन लामा / कनेक्टिकट

    इन्द्रेणीको सात रंग, संगीतको सात सुर अनि त्यस्तै योगमा सातचक्र, यस्तो लाग्छ जीवन इन्द्रेणी हो l विषय ज्ञान र विज्ञान लाईजोड्ने पूलको खोजीको हो l यसपाली भाद्र शुक्ल पक्ष तृतियमापरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको रौनकलेनेपालको गाउँ/शहर र नेपालीहरु पुगेको देश/परदेश  रातो रंगलेधपक्क बलेको छ । एउटा आहान छ: रातो राम्रो गुलियो मिठो ।हो, त्यही रातो रंगमा धपक्क बलेकी छे नेपाली हिन्दू नारी, अझयसरी भनौं हिन्दू संस्कृतिमा रमाउँन चाहने समस्त नेपाली नारी ।अरु बेलामा गुम्बामा जाने, जन्म–न्वारान, विवाह–मृत्यु जस्ताजीवनका घटनाहरुमा बौद्ध संस्कार अंगाल्ने कत्ति जनजातीमहिलाहरु समेत तीजको अवसरमा रातो चोली र साडीमाचिटिक्क परेर तीज पर्वको अपनत्व ग्रहण गर्दै धार्मिक/साँस्कृतिक सहिष्णुता पेश गरीरहेका छन् । धर्मको केन्द्रमाअध्यात्म लुकेको हुन्छ, एउटा नरिवलको रस जस्तै । एउटानरिवलको फलको बाहिरी भागमा कडा तह र बाहिरी बोक्रा हुन्छ, भित्र सेतो गुदी र अझ भित्र केन्द्रमा गुलियो शितल रस हुन्छ ।नरिवलको बारेमा कहिल्यै केही थाहा नभएको व्यक्तिले बाहिरीबोक्रालाई हेरेर जसरी नरिवलको सेतो गुदी र गुलियो रसकोबारेमा अनुमान लगाउँन सक्दैन त्यस्तै गरेर संस्कृतिको नाममागरिने देखासिकी र नक्कल झक्कलले धर्म र अध्यात्मको असलीगुदी र अध्यात्मिक रसको रस्वादन नै गर्न सक्दैन । जत्ति जत्तिसमाज आधुनिकताको नाममा प्रदर्शन र उपभोगतावादकोचपेटामा पर्दै जान्छ उत्ति उत्ति नै अध्यात्मको जगमा उम्रिएकोधर्मको रुख र धर्मकै हाँगा संस्कृति केवल औपचारिकता रमनोरन्जनको सस्तो साधन बन्न पुग्दछ । अनि धर्मको आत्माअध्यात्म चरम रहस्यको गर्भमा प्रवेश गर्छ । प्रसंग हिन्दूनारीहरुको महान चाड हरितालिका तीजको हो ।

    आम साँस्कृतिक मान्यता अनुसार विवाहित महिलाहरुले आफ्नोपतिको सुस्वास्थ्य, आयुष वृद्धि र अविवाहित महिलाहरुलेआफ्नो लागि भगवान शिव जस्तै योग्य वर प्राप्त होस भनेरभगवान शिवको नाममा व्रत, पूजा–आराधना र नाचगान गर्दैमनाईने चाड तीज हो । तर अध्यात्मिक दर्शन र मार्गदर्शन केहीफरक छ । यो विशाल अस्तित्वमा पुरुष र प्रकृति सृष्टिकोघडीलाई गति दिने पेन्डुलमको दायाँ र बायाँ भाग हो । योविशाल अस्तित्वको पहिलो र  अन्तिम पुरुष शिव हो । शिवभन्दा पर त अनन्त शून्य छ, हिन्दूहरु यसलाई मोक्ष भन्छन, बौद्धहरु निर्वाण, इसाईहरु परमेश्वरको परम सत्ता, इस्लामहरुभन्छन् अल्लाह । यसलाई यसरी बुझौं, शिव याने परम पुरुषकोचेहेरा संसार पट्टि फर्कियो र प्रकृतिसंगको आलिंगनमासंसारलाई निरन्तरता दियो । शिवको दोहोरो भूमिकालाईमध्यनजर गरौँ, शिव अदृश्य आफ्नै महाशून्य स्वरूपमासदासर्वदा विराजमान छन् । स्वयम शिव एक शून्य स्वरुपबाटदुई हुने आकांक्षाले आफ्नै शून्य सचेतनामा मनलाई जन्म दिन्छ ।मन याने स्त्री, मन याने प्रकृति, मन याने शक्ति । शक्तिकोआधारशिलामा नै शिवले जीव तर्फको यात्रा गर्दछ। मन्त्रलेमनको धरातल सम्म मात्र काम गर्छ, मनको पार मन्त्रको जरुरतपर्दैन, मन द्वन्दात्मक छ, मन द्वन्दग्रस्त क्षेत्र हो, त्यसैले शक्तिजगाउन मन्त्रहरुको उपयोग गरिन्छ । रातो रंग स्वयंममा शक्तिहो, हाम्रो शरीरमा बग्ने रगतको रंग रातो छ । शक्तिमाताहरुआफ्नो उग्रस्वरूप देखाउन आफ्नो लामो रातो जिब्रो प्रदर्शितगर्दछिन । प्रकाश एउटा उर्जा श्रोत हो, त्यही उर्जा श्रोत जुनप्रिज्मको माध्यमबाट गुज्रिंदा सात वटा विविध रंगहरुमाविभाजित हुन्छ । त्यस मध्यको रातो रंगको तरंग लम्बाई अरु सबैरंगको भन्दा बढी (७०० देखि ६३५ को ) बीचमा हुन्छ भने, तरंगआवृत्ति अत्यन्त कम याने (४३० देखि ४८० THz) को बीचमाहुन्छ । तरंग आवृत्ति कम हुनुको मतलव यो हुन्छ कि यो एकदमैअस्थीर उर्जा हो । अस्थीर यस अर्थमा कि यो ज्यादा चलायमानछ, याने बढी गतिमान छ । रातो रंग स्त्रिलिंगी हो, रातो रगतकोरजस्वलाले स्त्रीको गर्भाशयलाई नयाँ जीवनको लागि लायकबनाउँछ ।  कुण्डलिनी योगमा मानव शरीरमा हुने सात चक्रहरुमध्ये यौन अंग भन्दा तल मेरुदण्डको अन्तिम भागमा अवस्थितपहिलो  शक्ति चक्र मूलाधार चक्रलाई, रातो रंगको प्रतिकदिईएको छ । यो नै मानवको प्रकृतिसंग सम्बन्ध राख्ने पहिलोचक्र हो । समग्र मानवमा यो शक्तिकेन्द्र विद्यमान छ तर सकृयछैन । योग शास्त्र भन्छ, यहाँ संसारका सम्पूर्ण ज्ञानहरु विद्यमानछन, केही संकल्पवान व्यक्तिहरु आफ्नो त्यही कुण्डलिनीशक्तिलाई जगाएर जीवन उर्जालाई स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि हुँदै, दुई वटा आँखाको बीचमा (जसलाईयोगको भाषामा आज्ञा चक्र वा शिव नेत्र भन्दछन) स्थित गरेरशिव तत्वको दर्शन गर्दछन भने अझै संकल्पवान व्यक्तिहरु, आफ्नो जीवन उर्जालाई शीरको माथिल्लो भाग सहस्त्रार दलकमलमा स्थित गरेर शिवकै शून्य स्वरूप अनन्त ब्रम्ह्मामा लीनहुन्छन  । तर हामी औसत मानिसहरुको लागि मूलधारबाट उठेकोजीवन उर्जा स्वाधिष्ठान चक्र ( महिला/पुरुष को जनेंद्रिय भएकोस्थान) सम्म आईपुग्दा नपुग्दै वासनाको बादलमा रुमालिनपुग्दछ  र कहिल्यै त्यहाँ भन्दा माथि उठ्नै दिंदैन ।अधिकतमव्यक्तिको जीवन उर्जा यही चक्रमा घुमी रहन्छ तब उसको जीवनधन दौलत, शक्तिको भोग, कामवासना भन्दा पर कहिल्यै जानसक्दैन । यही केन्द्र संसारिक मायाको केन्द्र विन्दु हो, मायाकोगुरुत्वाकार्षण यत्ति शक्तिशाली छ कि यहाँ कस्ता कस्ता योगीमहापुरुष भनाउँदाहरू पथभ्रष्ट भएका कथा तथा जीवन्तउदाहरणहरु हामी पढ्न र देख्न पाउँछौं । अब रातो रंगको प्रसंगतर्फ फर्कौं । रातो याने प्रकृति, रातो याने शक्ति। शिवलाईसंसार प्रति कम तर शून्य प्रति रस बढी छ, शिव त चाहन्छन् कि, सारा संसार प्रकृति र शक्ति आफ्नै शून्यमा समाहित होस तरशक्ति शिव स्वयमको प्रतिरूप त हो तर एउटै देशको स्वशासितक्षेत्र जस्तो, जसले शक्तिलाई एक स्वतन्त्रताको प्रत्याभूतिदिईएको हुन्छ । शक्ति शिवको शून्यतामा विलय भएको दिनसृष्टीमा प्रलयको दिन हुनेछ । सृष्टीलाई शिव होईन शक्तिलेचलाई रहेको छ । शक्तिलाई, स्त्रीलाई शिव स्वरुपमापरमपुरुषको चाह त छ तर केवल एक वाह्य पुरुषमापरमपुरुषताको प्राप्ति सम्भव छैन । शिवको आव्हान बाह्य पुरुषप्रति होईन आफै भित्र विद्यमान शिवत्व प्रति हो, जुन स्त्री र पुरुषदुवैमा निहीत हुन्छ । जब जीवन उर्जा मूलाधारबाटस्वाधिष्ठानको गुरुत्वकार्षण बललाई परास्त गर्दै मणिपूर, अनाहत र विशुद्धि हुँदै दुई आँखाको बीच (आज्ञा चक्र) जसलाईशिव नेत्र या तेस्रो नेत्र पनि भनिन्छ मा स्थापित गर्न सफल भएमा आफ्नै शरीर भित्र शिवत्वको अनुभव गर्न सकिन्छ। नारीहरुलेआफ्नो निधारमा रातो टिका लगाउनको प्रतिकात्मक अर्थ यहीहो।  यसरी टिका लगाउनले उनीहरुको चंचल मन स्थीर हुन्छकिन कि त्यहाँ त्यो विन्दुमा शिव र शक्तिको मिलन हुन्छ । अस्तु।

  • फेसबुकको एउटा साथी; पायल

    फेसबुकको एउटा साथी; पायल

    प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर

    मैले फेसबुक चलाउन थालेको धेरै समय बितेको छैन । केही समय मात्र भयो होला, मेरो एउटा हितैसीको अनुरोधमा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ । प्रारम्भमा, फेसबुक मेरा लागि उत्सुकता र जिज्ञासाको विषय बनेको थियो । आज नौला–नौला साथीको आगमनले मेरो फेसबुकको आफ्नै एउटा परिधि र समाज छ । आज फेसबुक मेरो फुर्सदको साथी बनेको छ ।

    एकदिनको कुरा हो । म फेसबुकमा आफ्ना साथीहरुको चेट लिस्ट नियाल्दै थिएँ । ऐश्वर्या रायको तस्बिर राखेकी एक अनजान महिला साथीलाई मैले ‘हाइ’ भनेँ । उनले पनि ‘हेलो’ भनिन् । मैले उनको नाम सोधेँ । उनले आफ्नो नाम पायल बताइन् । कुरा लम्बिने क्रममा हाम्रो शिक्षा, पेशा र जीवनक्रमका बारेमा पनि केही कुरा साटियो । मेरो गजलको उनले खुलेरै प्रशंसा गरिन् । फेसबुकभित्र बेवारिस छोडिएका मेरा टुक्रा–टुक्रा गजलका भावले उनको मन छुँदा रहेछन्

    । मेरो फेसबुकमा त्यस्ता साथी कमै छन्, जो अरुको प्रोफाइलभित्र​ के छ भनेर नियाल्छन् । सबैलाई आफ्नो प्रोफाइलको ब्यस्तता नै प्रिय छ र आफ्नो कम्प्युटरमै दुनियाँ खुम्चिएको छ । मेरो गजलमा पहिलो प्रतिक्रिया उनकै गाँसिन्थे । त्यो मेरो गजलको शौभाग्य पनि हो । मेरो प्रणय गजललाई कस्को लागि रचना गर्नु भएको हो भनी सोध्ने क्रम निरन्तर रुपमा दोहरियो । कहिले गजलको उदास भावलाई उनी घृणा गर्थिन् । मेरो गजललाई मुस्कुराएकै सुहाउँछ भनेर उनी मलाई दुखद होइन, सुखद सृजनाहरु कोर्न प्रेरणा दिन्थिन् ।

    मलाई थाहा थिएन, उनी को हुन् ? किनभने उनले फेसबुकमा आफ्नो तस्वीर पनि राखेकी थिइन । म उनलाई मायाले मेरी पायल भन्थेँ, जसलाई हाम्रो घनिष्ठताले पनि सहज बनाएको थियो । अनुहारमा कितावमा बेअनुहार भएर चिनिएकी ती युवतीको नाम वास्तवमा पायल पनि हो कि होइन, मलाई जानकारी थिएन । म उनलाई प्रोफाइलमा एउटा तस्वीर राख्न अनुरोध गर्थे। ‘यो अनुहार किताव हो र यसमा एउटा अनुहार चाहिन्छ, मेरी पायलजी । तपाई पनि एउटा अनुहार भएको मानिस हो, त्यसैले दर्ता गर्नुस् न आफ्नो अनुहार, तपाईको के जान्छ र ?’ म प्रश्न गर्थेँ ।

    उनी च्याटमै ‘हेहे’ गरी हाँस्थिन् र भन्थिन्– ‘मेरो अनुहार फेसबुकमा राखेर तपाईलाई तर्साउनु छ र ? मेरो अनुहार पूरै आगोले जलेको छ ।’ म उनको वाक्यलाई ठट्टा सम्झेर भन्थेँ –‘के आगोले पोलेको अनुहार, अनुहार होइन र ? अरु जे भनून्, मलाई तपाई सुन्दर लाग्यो । तपाईको जुन काल्पनिक चित्र मेरो मनमा उदय भएको छ, त्यसलाई म पूजा गर्छु ।’ म पनि बदलामा हाहा गरी हाँस्थेँ । उनी मेरो भावना र विचारको खुलेरै प्रशंसा गर्थिन् । उनको अनुहार एकपटक नियाल्न मैले दुई महिना जति अनुरोध गरेँ । एकपटक रातको १२ बजे उनले च्याटमा भनिन् –‘आज तपाईलाई मेरो वास्तविक रुपको दर्शन दिन्छु । मेरो प्रोफाइलमा गएर हेर्नुस है त ।’ मलाई तत्क्षणै उत्सुकता जाग्यो र मैले हुन्छ भनेँ । एउटा तस्वीर देखियो प्रोफाइलमा, जसको आधा भाग पूरै आगोले जलेको थियो, त्यो अनुहार कुरुपताको प्रतिमा थियो । मलाई विश्वासै लागेन, यो तस्वीर मेरी चिरपरिचित मित्र पायलको हो । उनले मेरै तस्वीर भनेर बारम्बार भन्दा म बिश्वास गर्न बाध्य भएँ । उनले फेरि भनिन् –‘हामीजस्ता कुरुप महिलालाई यो अनुहार कितावको के महत्व छ र ?’ मलाई त्यो क्षण, कुनै दुखद सपना जस्तो लागेको थियो ।

    त्यसको भोलिपल्ट फेरि उनको तस्वीरको ठाउँमा ऐश्वर्या रायकै तस्वीर मुस्कुरायो । अनुहार किताबभित्रको त्यो एउटा अनुहार, जो अरुको सुन्दर अनुहार सापटी मागेर बाँचिरहेको छ, के उसलाई आफ्नो अनुहारको अस्तित्वमा बाँच्ने अधिकार छैन ? अब मेरी पायलसित फेरि एकपटक च्याट भए म यही प्रश्न गर्ने हिम्मत बटुलेर फेसबुकभित्र नयाँ–नयाँ गजल बोकेर बाँचिरहको छु । खोइ, अचेल मेरो गजलमा सबैको प्रतिक्रिया छ, मेरी पायलको छैन ।

     

     

     

    Sent from my iPhone

  • मनोबाद : त्यो दिनको भेटघाट

    मनोबाद : त्यो दिनको भेटघाट

    ऋतिका प्रसाई / टेक्सस

    दिनहरु दौडिरहे झैं लाग्छ । अध्ययनको लागि अमेरिका छिरेको पनि लामो जस्तो लाग्न थालेको छ । वालमार्ट शपिङ्देखि लण्ड्री लगायतका सबै कामहरु आफैले समाल्नु परेपछि समय बितेको पनि पत्तै नहुने रहेछ । पढ्न र नयाँ कुरा सिक्न अत्यन्तै रुचाउने म जस्ताको लागि अमेरिकाको प्रत्यक पलले केही न केही सिकाइ रहेको प्रतित हुन्छ । दिन प्रतिदिन नयाँ भावना नपलाएको पनि होईन । आफु भन्दा कम उमेरका भाईबहिनीहरुले मरिमरी काम गरेर घण्टा घण्टामा पैसा छापेको देखेर मेरो पनि मनै त हो; लोभिदो रहेछ । तर अमेरिकाले अत्यन्त स्वतन्त्रता दिएका कारण पाइला पाइलामा होस पुर्याएर चल्नु पर्ने अवस्था रहेछ । यस्तै दिनचर्या सोच्दै थिए; एकाएक फोनको घन्टी बज्यो । फोनको घण्टी सुन्न पनि अमेरिकामा त रहर पो भैसकेछ !

    “तीजको दर खाने होइन ? आऊ आज रमाइलो गर्नु पर्छ” । घर नजिकै बस्ने नेपाली म्याडमले फोन गर्नु भएको रहेछ । “हुन्छ, हवस्” भनें । एक्कासी धेरै खुसी लाग्यो । दर शब्द सुनेर यत्ति धेरै खुसी सायद पहिले कहिल्यै महसुस गरेकी थिईन । अकस्मात दिमाग भरी नेपाल सलबलायो । सायद हरेक बिद्यार्थीले चाडवाडमा यहाँ बिताउनु पर्दा नेपाललाई धेरै सम्झँदो हो ।

    टेबलमा भाको घडी फटाफट नाडीमा बाँधेर म उहाँको घर पुगें । सबै नेपाली देखेर मनमा औधी आनन्द महसुस भयो । नयाँ ठाउँ नयाँ मान्छे, म अलि नर्भस नै देखिएँ होला सायद । सबै मलाई नोटिस गर्दैथिए । खासमा मेरो मनमा; अब के गर्ने हो, कसरी अगाडी बढ्ने हो, भन्ने कुरा खेलिरहेकोले गर्दा अलि चिन्तित नै देखिए कि ?  सायद त्यस्तै अनुमान गरेर उहाँ मलाइ सक्दो घुलमिल गराउने कोसिसमा हुनुहुन्थ्यो ।

    “म पूर्वी पहाडको गाउँमा जन्मिएकी केटी, उहाँ भन्न थाल्नुभो… नेपालको लगभग सबै ठाउँको डाँडा काँडा देखेकी छु । कक्षा ५ देखि नै घर छोडेर पढ्न कै लागि घरबाट टाढा बस्नुपर्ने बाध्यता आइपर्यो । होमसिक केलाई भन्छ ? मलाई त्यतिबेला थाहै थिएन । तर आफ्नो गाउँमा भएजस्तै टिनको टल्कने छानो पारी डाँडामा देख्दा आफ्नै गाउँको स्कुल जस्तो लागेर निकै खुसी हुन्थें ।

    एसएलसी पछी बन बिज्ञान पढ्न छात्रवृत्ती पाए लगतै ६ वर्षमा मैले बिएस्सी फोरेष्ट्री उत्तीर्ण गरें । तिमी भन्दा १५ वर्ष जेठी छु ।सरकारी बिद्यालय पढेको १० कक्षासम्म ।एकाएक ११ मा पुगेपछि अंग्रेजी किताब पढ्नु पर्दा आत्तिएकी थिएँ, अरुलाई १ घण्टा लाग्ने पाठ मलाइ ३ घण्टा लाग्थ्यो । तर पार लगाएर नै छाँडे । बिएस्सी फोरेष्ट्री पढ्दा नै मेरो बिबाह भैसकेको थियो । बिएस्सीको पहिलो सेमेस्टरको अन्तिम परिक्षाको ७ दिन पछी मैले मेरी छोरीलाई जन्म दिएकी हुँ” । उहाँको हरेक अभिव्यक्तिलाई मैले निकै सतर्कताका साथ सुन्दै थिएँ । मलाई मोटिभेट गर्न आफ्नो भोगाई सुनाउँदै हुनुहुथ्यो । उहाँ भन्दै जानुभो; “अमेरिकामा फुर्सद निकालेर अरुको दुखको अनुभूति गर्ने मान्छे बिरलै भेटिदा रहेछन् भन्ने मैले बुझेकी छु ।

    बिएस्सी फोरेष्ट्री पढ्दा पढ्दै नै मैले नेपाल भन्दा बाहेक अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेर आफुले गरेको रिसर्च पेश गर्ने मौका पाएकी थिएँ । जसले गर्दा मैले धेरै बुझ्ने र जान्ने मौका पाइसकेकी थिए । यसै कारणले गर्दा नेपाल भन्दा बाहिर गएर पढ्ने रहर जागेको थियो । तर भर्खरकी सानी छोरीले गर्दा त्यो मैले पुरा गर्न सकिरहेको थिईन । छोरी अलि हुर्किसकेपछी मैले मेरो अधुरा रहेका सपना पुरा गर्ने निर्णय गरें । पुन: आफ्नो शिक्षालाई निरन्तरता दिनका लागि MS मा छात्रवृत्ति खोजेर पढ्न शुरु गरें । सरकारी बिद्यालयमामा पढेर आएकी मेरा लागि यहाँ हरेक कुरा नयाँ थियो । अनौठो थियो । मेहनत गरे जे पनि पुरा हुन्छ नानी ! दृढ संकल्प हुनुपर्छ । मैले MS 4 GPA Maintain गरेर अमेरिकाको युनिभर्सिटीबाट पुरा गरें ।

    मैले मेरो यो सफलतालाई जिवनको मूल धारा नै बनाएँ । सानो छँदा ३० वर्ष नपुग्दै पिएचडी सक्छु भनेर औला गन्ने गर्थे । MS सक्दा म ३५ बर्सकी भएछु । समय र परिस्थितिले मेरा हरेक चाहनालाइ पुरा नगरेपनि बाँच्नका लागि निकै सन्तुष्टी भने दिएको छ । त्यसमाथि छोरी मान्छेले आफ्ना केही सपनालाई कहिले समाजका लागि त कहिले परिवारका लागि कम्प्रोमाईज गर्नु नै पर्दो रहेछ । म अहिले अमेरिकाको विश्वबिध्यालयमा पढाईरहेकी छु । तिमी जस्तो नेपालबाट हजारौं सपना बोकेर आउने मान्छे देखेर गर्व महसुस गर्छु । मान्छे मात्तिनु हुदैन तर मान्छे कहिल्यै आत्तिनु पनि हुदैन । राम्रै बाटोमा हिडेकी छौ । गन्तब्य पनि राम्रै हुनेछ”  । “अब नाच्ने बेला भयो” । भनेर कसैको अवाज आयो ! खै कताबाट मलाइ ज्ञात भएन । म अझै उहाँको हरेक वाक्यलाई सुन्दै थिए । नाच्ने होइन ? सांगीतिक माहोल चर्किदै गयो । नेपाली हिन्दू नारीहरुको महान चाड, ननाची कहाँ हुन्छ ? भन्ने ठान्दै म पनि उहाँसंगै नाँच्न उठें ।

  • नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

    नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

    न्यूयोर्क 

    नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित घ्याल्सुन्दो समाजको सभाहलमा नेपाली मुक्तक मेला सम्पन्न भएको छ । आईतबार ८ तारिख मध्यान्ह तिर शुरुभएको मुक्तक मेला करिव २ घण्टा चलेको थियो । अमेरिकामा पहिलो पटक भएको नेपाली मुक्तक वाचन कार्यक्रम नेपाली भाषा साहित्यको क्षेत्रमा थप आयाम भएको आयोजकको तर्फबाट साहित्यकार आनन्द श्रेष्ठले बताए । कार्यक्रममा करिब दुई दर्जन श्रष्टाहरुले आ-आफ्ना रचना बाचन गरेका थिए ।

    मेलाका प्रमुख अतिथ्यता नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले गर्नु भएको थियो । विदेशमा नेपाली समुदायको पहिचान स्थापित गराउन यस्ता साहित्यिक कार्यक्रमले ठूलो महत्व राख्ने धारणा भट्टराईले राखेका थिए । नेपालबाट कार्यक्रममा सहभागी हुन आएका मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले मुक्तक आकारमा सानो भए पनि यो लेख्न त्यति सजिलो नभएको र मोटो गद्य पुस्तकभन्दा उत्कृष्ट मुक्तक शक्तिशाली हुने अभिव्यक्ती दिएका थिए । साहित्यिक रेडियो प्रस्तोताको रुपमा ख्याति बनाईसकेका पौडेलको अभिव्यक्तीको समय कार्यक्रम थप स्तरीय महसुस गरिएको थियो । 

    न्यूयोर्कका डा. तारा निरौलाले मुक्तक शक्तिशाली विधा भएको धारणा राख्नुभयो । साहित्यकार डा. मधु माधुर्यले नेपाली मुक्तकको इतिहास पुरानो भएको बताउँदै वर्तमानमा मुक्तक विधाप्रति साहित्यकारहरूको आकर्षण बढेको सकारात्मक हो भन्नु भयो । सञ्चारकर्मी शैलेश श्रेष्ठले कार्यक्रममा वाचित मुक्तकबाट आफूलाई हौसला मिलेको र आगामी दिनमा लेख्न प्रयास गर्ने बताए ।

    गजलकार/मुक्तककार आनन्द श्रेष्ठले नेपाली मुक्तक विधाको विकास र विस्तारका लागि न्यूयोर्कमा आगामी दिनमा नियमित कार्यक्रम गर्ने जानकारी गराए । कार्यक्रममा नदिया लिवाङ, ज्योतिकुमार श्रेष्ठ, पद्मा लिंखा मगर, डा. गोविन्द कोइराला, रश्मि भट्ट, विनोद रोका, कुन्ती थापा, लक्ष्मी श्रेष्ठ, पुष्पा अधिकारी, किशनसिंह धामी, विजया सिंखडा, व्याकुल पाठक, अच्युत सिग्देल, शान्ता अधिकारी घिमिरे, पुनम काफ्ले, पुरुषोत्तम पन्थी, सौरभ कारञ्जित, सिर्जना शर्मा, कमला प्रसाईं, कविनविक्रम शाह, बद्री पौडेल, ज्योति पौडेल, जानुका वस्ती ढकाल लगायतका श्रष्टाहरुले आआफ्ना मुक्तक वाचन गरेका थिए । पहिलो पटक नितान्त एक बिधालाई लिएर गरिएको कार्यक्रमबाट सहभागीहरु उत्साहित र हौसिएका देखिन्थे ।

  • गोकर्णेश्वरमा राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न

    गोकर्णेश्वरमा राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न

    भदौ २२, काठमाडौं 

    “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगरपालिकाले आइतबार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय  साक्षरता दिवस मनाएको छ । वडा नं ८ अत्तरखेलस्थित विद्या संस्कार माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो । कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकामा उत्कृष्ट ठहरिएका विद्यार्थी, शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सहित शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मान गरियो । प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे लगायतले विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई सम्मान गर्नु भएको हो । उहाँहरुले  स्थानीय पाठ्यक्रम तयार पार्न बिशेष भूमिका खेल्ने अरुणोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, वरिष्ठ समाजसेवी दीपककुमार भण्डारी लगायतलाई सम्मान गर्नुभयो । गोकर्णेश्वर नगरपालिका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने मुलुककै पहिलो नगरपालिका हो । शैक्षिक क्षेत्रमा योगदान दिने स्थानीय साहित्यिक संघ संस्थाहरु अभिनव साहित्य समाज, रमेश विकल साहित्य प्रतिष्ठान, सुरभी साहित्य प्रतिष्ठान लगायतलाई पनि सम्मान गरियो । सोही अवसरमा २५ वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकाहरु सहित एसईई २०७५ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, शिक्षा–युवा तथा खेलकुद शाखा प्रमुख विजयराज आचार्य, समाजसेवी विमल ठकुरी, श्रीकृष्ण ज्योति लगायतले शैक्षिक क्षेत्रमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट रहेको जानकारी गराउनु भएको थियो । गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा समेत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध कार्यक्रम संचालन गर्ने शिक्षा समितिका सदस्य अनिल पराजुलीले जानकारी दिनुभयो ।

  • एक पत्रकारले ७६ लाख ५० हजारको एक सिसी बियर पिउँदा यस्तो भयो हालत

    एक पत्रकारले ७६ लाख ५० हजारको एक सिसी बियर पिउँदा यस्तो भयो हालत

    एजेन्सी 

    गत ५ तारिख मंगलवार पिटर लालोर नामका   एक अस्ट्रेलियन पत्रकारले आफ्नो ट्विटर् एकाउन्टमा सानो बियरको सिसी र साथमा आधा बियरले भरिएको फोटो राख्दै लेखे; “यो बियर हेर्नुस् । यो बियर ईतिहासकै सबैभन्दा महंगो बियर हो । मैले यो एक सिसी बियरको मुल्य म्यान्चेस्टरस्थित मालमेसन होटलको बारमा अस्ट्रेलियन डलर ९९ हजार ९ सय ८३ र ६४ सेन्ट तिरे” ।  

    बिगत २५ बर्षदेखि लगातार पेय पदार्थको रिपोर्टिङ गर्दै आएका र पेय पदार्थबारे निकै जानकार अस्ट्रेलियन पत्रकार पिटर लालोरलाई इङ्ल्यान्ड म्यान्चेस्टरस्थित मालमेसन होटलको बारले ६ डलर ७६ सेन्ट्स अमेरिकी डलर मुल्य पर्ने एक सिसी बियरलाई १० हजार गुणा बढाएर ६७ हजार ६ सय ८९ अमेरिकी डलर लिएपछि आफू जिल्ल परेको प्रतिकृया बिभिन्न संचार माध्यमलाई बताएका छन् ।  

    गत अाईतबार पिटरले आफ्नो एक जना साथीलाई ट्रेन स्टेसनमा छाडेपछि बाटोमा पर्ने मालमेसन होटेलको बारमा बियर पिउन छिरेका थिए । पत्रकार पिटरले होटलको बारमा काम गर्ने बार टेन्डरलाई अमेरिकन ड्राफ्ट बियर बाहेक ब्रिटिश स्वादको बियर दिन अनुरोध गरे । बार टेन्डरले हेनिकन बियर पिउन सल्लाह दिईन् । त्यतिकैमा स्कटिस बियर कालडोनियन पिउने निर्णयमा पिटर पुगे । बियर पिएपछि बार टेन्डरले पिटरलाई बिल दिईन । बिलमा मुल्य भन्दा निक्कै धेरै रकम लेखे जस्तो पिटरलाई लागेको थियो । तर त्यतिबेला उनले रिडिङ ग्लास नलगाएको कारण प्रस्ट हुन सकेनन् तर बार टेन्डरलाई उनले मुल्यको बारेमा सोधे । बार टेन्डरले कुनै उत्तर नदिएर उल्टै खित खित गर्दै एक्लै हाँसिन् मात्र । जब पत्रकार पिटरको ब्यांक खाताबाट एक्कै पटक ६७ हजार ६ सय ८९ अमेरिकन डलर रकम घट्यो अनि मात्र उनी जिल्ल परे ।  जीवनको अधिकतम समय पेय पदार्थको बारेमा मात्र लेख्दै आएका पिटर आँफैले पिएको एक सिसी बियरको त्यति ठुलो मुल्य तिर्नु परे पछी उनी निक्कै छक्क परे । तर भुलवस चार्ज भएको उक्त्त रकमको बारे होटल ब्यबस्थापनले माफी माग्दै फिर्ता दिने निर्णय गरे पनि उक्त्त रकम पिटरको ब्यांक  खातामा आउन भने १० दिन लाग्ने बताईको छ ।

  • अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

    अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

    न्यूयोर्क

    अमेरिकामा यतिबेला समुन्द्री आँधीको सिजन चल्दै छ । हरेक बर्ष एट्लान्टिक  महासागरमा जुन १ देखि नोभेम्बर ३० सम्मलाई आँधीको सिजन मानिन्छ । त्यस्तै पूर्वी उत्तर प्यासिफिकको आँधीको सिजन भने मे १५ देखि नोभेम्बर ३० सम्म हो ।  आँधीको कारण हरेक बर्ष अमेरिकामा थुप्रै मानवीय क्षति हुन्छ भने थुप्रै मानिस घरवार बिहिन हुन पुग्दछन् । भर्खरै मात्र क्यारेबियन मुलुक बहामासमा आएको डोरियन नामक आँधीले थुप्रै मानवीय र भौतिक क्षति पुर्याएर अहिले अमेरिकाको पूर्वीय तटतर्फ अगाडि बढिरहेको छ । वर्षैपिच्छे आउने यस्ता समुन्द्री आँधीको बारेमा सञ्चार सम्पर्क गर्न र स्मरण गर्नको लागि सहज होस् भनेर लामो समय अगाडि मौसमबिद्हरुले यस्तो बिनासकारी आँधीहरुलाई समेत नाम रखिने प्रचलन शुरु गरेका छन् । हरेक वर्ष समुन्द्री आँधीको सिजन शुरु हुनु अगाडि नै तिनीहरुको नामको सुची तयार पारिने र त्यस अगाडि नै सम्बन्धित निकायबाट नामहरु प्रमाणित गरेर राखिने प्रचलन छ । सन् १९५० को शुरुवातदेखि यु एस नेसनल हरिकेन सेन्टरले आँधीलाई नाम दिने प्रचलन ल्याए पछी हाल विश्वका अधिकांश देशहरुमा यही प्रचलन छ । अहिले अमेरिकामा सन् २०२४ सम्मका समुन्द्री आँधीहरुको नाम मौसमबिदहरुले जुराएर राखिसकेका छन् । प्रारम्भमा अंग्रेजी अक्षर “ए” “बि” गर्दै बर्णाक्रम अनुसार आँधीहरुको नामाकरण गरिने प्रचलन सुरु गरिए पनि नामहरु दोहोरिन गएको कारण हाल महिला र पुरुषको नामलाई पालै पालो दिने चलन चलाईएको छ । यसरी महिला र पुरुष नामहरुको सुची हरेक ६ बर्षको लागि तयार पारेर रखिने गरिएको छ । ६ बर्ष पछी पुन: दोहोर्याउने गरिएको छ ।  

    एटलान्टिक महासागरमा यो बर्ष आउने आँधीहरुको नामावली यस्तो छ :

    एन्ड्रिया, बेरी, शन्टल, डोरियन, आईरिन्, फर्नाण्ड, ग्याब्रियल, हम्बर्टो, ईमेल्दा, जेरी, करिन, लोरेन्जो, मलिसा, नेस्टोर, ओल्गा, पाब्लो, रेबेका, सेबास्टियन, तान्या,भ्यान, विन्डी ।

    पूर्वी उत्तर प्यासिफिक महासागरमा आउने यो बर्षको आँधीका नामवली :

    अल्बिन, बार्बरा, कस्मी, डलाईला, एरिक, फ्लोसी, गिल, हेंनरिट, इभो, जुलिएट, किको, लोरिना, मारियो, नर्दा, ओक्टाभे, प्रिस्सिला, रेमोन्ड, सोनिया, टिको, भल्मा, वालिस, जिना,योर्क, जेल्दा ।

  • दोश्रो बजारमा उतार चढाव एक विश्लेषण

    दोश्रो बजारमा उतार चढाव एक विश्लेषण

    निरन्जन फुयाल / प्रवन्धक नेप्से

    पृष्ठभूमी

    पूँजीबजारको प्रमुख उद्देश्य छरिएर रहेका स–साना वचतलाई एकत्रित गरी पूँजीका रुपमा उद्योग धन्दा तथा विकास निर्माणमा दीर्घकालिन लगानीका लागि आवश्यक ब्यवस्था गर्नु हो । पूँजी परिचालन र त्यस पछिको कारोवारका हिसाबले यसलाई प्राथमिक बजार र दोस्रो बजारका रुपमा वर्गिकरण गरिन्छ । प्राथमिक बजारमा वचतका रुपमा छरिएर रहेको रकमलाई एकत्रित गरी पूँजीको रुपमा संकलन गर्ने र संगठित संस्था वा सरकार मार्फत पूँजी परिचालन गरिन्छ । यसरी पूँजी परिचालन गर्न विभिन्न धितोपत्रहरु जस्तै शेयर, विभिन्न अवधिका ऋणपत्रहरु, सामूहिक लगानीकोषका इकाई, आदि उपकरणहरु प्रयोग गरिन्छ । त्यसैगरी पूँजी बजारको अर्को पक्ष दोश्रो बजारको प्रमुख उद्देश्य लगानीकर्ताहरुलाई तरलता उपलब्ध गराउनु हो । तरलता दोस्रो बजारले लगानीकर्ताहरुलाई प्रदान गर्ने सुविधा हो जसले गर्दा चाहेको वखतमा चाहेको धितोपत्र बजार मूल्यमा खरिद विक्री गर्ने अवसर लगनाीकर्ताहरुले प्राप्त गर्दछन् । प्राथमिक बजारमा प्रयोग भएका उपकरणहरुलाई सहज रुपमा खरिद विक्रीको प्रबन्ध गरी लगानीकर्ताहरुलाई आफ्नो लगानी नगदमा परिवर्तन गर्ने अवसर दोश्रो बजारले उपलब्ध गराउछ भने नयाँ लगानीकर्ताहरु पनि सहज रुपमा बजारमा प्रवेश गर्न सक्छन् । तर दोश्रो बजारमा भएको कारोवारवाट सरकार वा संगठित संस्थाले थप पूँजी प्राप्त गर्न सक्दैनन् ।

    पूँजी परिचालन गर्ने मुख्य उद्देश्य प्राप्तीका लागि प्राथमिक बजारले नै कार्य गर्ने हुँदा, कतिपय अवस्थामा दोश्रो बजारलाई “सिमित लगानीकर्ताहरुले चलखेल गरी कमाउने स्थान, जुवा घर, केही लगानीकर्ताहरुको वा ब्रोकरको कब्जामा रहेको बजार” भनेर चित्रण गर्ने गरेको पाईन्छ । दोश्रो बजारमा एकै दिनमा कुनै पनि धितोपत्रको मूल्य घटबढ हुने, छोटो अवधिमा नै लगानीकर्ताहरुले नाफा आर्जन गर्ने वा नोक्सानी ब्यहोर्ने गर्दछन् । अझ दोस्रो बजारका लगानीकर्ताहरुले सूचनालाई सही रुपमा प्राप्त गर्न नसकेमा वा प्राप्त सूचनालाई उपयोग गर्न नसकेमा लगानीकर्ता नोक्सानीमा पर्न सक्दछन् । के साँचै दोस्रो बजार सधै उतारचढाब हुने, धेरै जोखिम रहेको र पूँजी परिचालनका लागि खासै आवश्यक छैन त ?

     

    उतारचढाब किन त ?

    तरलता उपलब्ध गराउनुका साथै दोश्रो बजारको एक प्रमुख कार्य धितोपत्रको उचित मूल्य निर्धारण पनि हो । यसरी धेरै भन्दा धेरै लगानीकर्ताहरुको सहभागिता एवम् पहुँच भएमा त्यस्तो बजारले निर्धारण गर्ने धितोपत्रको मूल्य उचित मानिन्छ । तर निरन्तर उतारचढाब हुनु उचित हो त ? धितोपत्रको कुनै निश्चित मूल्य हुन सक्दैन ?

    वित्तशास्त्रमा धितोपत्रको मूल्य निर्धारण गर्ने विभिन्न तरिका उपलब्ध छन् । तर बजारको वास्तविक मूल्य कुनै पनि सिद्धान्त अनुसार गणना गरिएको मूल्यसँग नमिल्न सक्छ । किनभने बजारमा धितोपत्रको मूल्य निर्धारण वास्तविक रुपमा माग र आपूर्तिका आधारमा हुन्छ । यस्तो माग र आपूर्तिलाई कम्पनी वा संगठित संस्थाले भविष्यमा उपलब्ध गराउन सक्ने प्रतिफलको सम्भावनाले असर गर्दछ । तर कम्पनीको प्रतिफल उक्त कम्पनीको काम कार्वाही, भविष्यको योजना, देशमा रहेको विद्यमान आर्थिक एवं सामाजिक अवस्था आदि धेरै कुराले असर गरेको हुन्छ । साथै त्यस्ता कम्पनीहरुले समय समयमा जारी गर्ने सूचना तथा जानकारीहरुले पनि धेरै असर गरेको हुन्छ । हरेक लगानीकर्ताले प्राप्त गरेको जानकारी एवं ज्ञानका आधारमा निर्णयमा पुग्दा वा शेयरको बजार मूल्य अनुमान गर्दा कुनै एक खास मूल्यमा सवै लगानीकर्ता पुग्न सक्दैन । त्यसैले प्रत्येक लगानीकर्ताले बजारमा उपलब्ध माग र आपूर्तीलाई हेरेर र आफुले आकलन गरेको मूल्यलाई आधार मानेर खरिद वा विक्री आदेश दिन्छ । यसैगरी बजारमा सिमित सूचना र सिमति ज्ञान भएका धेरै लगानीकर्ताहरु रहन्छन् । यस्ता लगानीकर्ताहरुलाई बजारमा उपलब्ध कुनै पनि सूचनाले प्रभाव पार्न सक्छ भने कतिपय अवस्थामा अपूर्ण सूचना वा गलत सूचनालाई सत्य मानी हल्लाका भरमा बहुसंख्याक लगानीकर्ताहरुले लहडका भरमा खरिद वा विक्री गर्ने गर्दछन् । यसले गर्दा बजारमा निरन्तर उतार चढाब हुन जान्छ । धेरै उतार चढाब भएको बजारमा बढि जोखिम हुन्छ । तर उतार चढाब नहुने बजारमा लगानीकर्ताको खासै सहभागिता रहदैन । त्यसैले एक निश्चित विन्दुसम्म बजारमा उतार चढाब हुनु पर्छ । यसलाई बजारको सुन्दर पक्षको रुपमा लिईन्छ । (Speculation is considered as beauty of secondary market)

    दोश्रो बजारको महत्व:

    यस्तो जोखिम सहितको बजार किन आवश्यक छ त ? माथि नै उल्लेख गरिसकिएको छ; दोस्रो बजारको प्रमुख कार्य प्राथमिक बजारका लगानीकर्ताहरुलाई तरलता उपलब्ध गराउनु र धितोपत्रको उचित मूल्य निर्धारण गर्नु हो । यही कारणले प्राथमिक बजारमा पूँजी निर्माण सम्भव भएको हो । यसले लगानीकर्तालाई Exit point उपलब्ध गराउँछ । एक पटक लगानी गरे पछि त्यसलाई विक्री गर्न नसकिने हो भने प्राथमिक बजारको धितोपत्रमा लगानी गर्न लगानीकर्ताहरु उत्साहित हुदैनन् र यसले गर्दा कम लागतको पूँजी निर्माण गर्ने धितोपत्र बजारको उद्देश्य पुरा हुन सक्दैन । जब जब दोस्रो बजारका परिसूचकहरु सकारात्मक हुन्छन् त्यस वेला नै प्राथमिक बजारले बढि भन्दा बढि पूँजी परिचालन गर्ने गरेको विभिन्न अध्ययनहरुले प्रमाणित गरहेको छ । त्यसैगरी कुनै पनि देशमा विदेशी लगानी गर्नु भन्दा अगाडि लगानीकर्ताले त्यस देशको पूँजी बजारको परिसूचक हेरेर मात्र आफ्नो निर्णय गर्ने गर्दछ । त्यसैले दोस्रो बजार परिसूचकलाई समग्र अर्थतन्त्रको ऐना (Barometer or Mirror of economy) पनि भनिन्छ । यसले देशको समग्र लगानी अवस्था, लगानीकर्ताको मनोवल आदिलाई प्रतिनिधित्व गर्दछ ।  

    साथै प्रभावकारी दोश्रो बजार भएको देशमा कम लागतमा सहजै दीर्घकालिन पूँजी निर्माण भई उद्यमशिलता भएका ब्यक्तीहरुले सजिलै पूँजी परिचालन गरी उद्योग ब्यवसाय गर्न सक्छन् । तर दोस्रो बजार कुशल हुनका लागि त्यस बजारमा धेरै लगानीकर्ताहरुले धेरै भन्दा धेरै कम्पनीका अनेक प्रकारका धितोपत्रहरु स्वतन्त्र रुपमा खरिद विक्री गर्ने अवसर प्राप्त गर्नु पर्दछ । साथै ती कम्पनी तथा धितोपत्रका वारेमा आवश्यक जानकारी तथा सूचना सजिलै संग प्राप्त हुनुका साथै सवै लगानीकर्ताहरुको त्यस्ता सूचनामा समान पहुच रहुनु पर्दछ । यसो भएमा मात्र लगानीकर्ताहरुलाई तरलता उपलब्ध भई पूँजीबजारमा पूँजी निर्माण प्रकृयामा तिब्रता आउछ । यसका लागि सम्बन्धित नियमक निकायहरुले उचित नीति निर्माण गर्नुका साथै ब्यापक सहभागिताका लागि उच्चतम प्रविधिको प्रयोग गर्नु पर्छ । यसै गरी बजारमा लगानीकर्ताहरुलाई विभिन्न क्षेत्रका धितोपत्रहरुमा लगानी अवसर प्राप्त हुन सके कम जोखिम सहितको पोर्टफोलियो निर्माण गर्ने अवसर प्राप्त हुन्छ । साथै भहअजबलनभ तचबमभम Exchange traded funds (ETFs), विभिन्न प्रकारका Derivatives instruments आदि बजारमा उपलब्ध भएमा लगानीकर्ताहरुको जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी रणनीति तयार गर्न सक्छन् । यस्तो भएमा बजारमा आउन सक्ने अनावश्यक उतार चढाबलाई नियन्त्रण गरी धेरै लगानीकर्ताहरुलाई बजारमा समावेश गर्न सकिन्छ र पूँजी बजारले आफ्नो मुख्य उद्देश्य अनुसार कम लागतको पूँजी सहज तरिकाले निर्माण गर्न सक्छ ।  

  • वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

    वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

    पुरुषोत्तम लम्साल / भर्जिनिया

    धर्मशास्त्रका कालिगढहरुले तयार गरेका सृजनाको विविधता अलौकिक छ । हजारौं वर्षअगाडि पनि प्रकृति र जीवजन्तुलाई सुरक्षित राख्न उनीहरुले अपनाएको उपाय अनौठो छ । नपत्याए हेर्नुहोस् त हामी कसरी गाई, गोरु, भैंसीको पूजा गरिरहेका हुन्छौं ? हामी कसरी मुसा, (सर्प) साँप र गोहीको संरक्षण गरिरहेका हुन्छौं ? हामी कसरी सिंह, बाघ र कुकुरहरुको रक्षाकवच बनिरहेका हुन्छौं ? कसरी गरुढ, काग र हाँसहरुप्रति सकारात्मक सोचिराखेका हुन्छौं ? प्रकृति, मान्छे र जीवजन्तुसहितको सभ्यतालाई यहाँसम्म ल्याइपुर्याउन उनीहरुले लगाएको बुद्धि जति जुक्तिपूर्ण छ उति युक्तिसंगत पनि छ भनेर विज्ञानले स्वीकार गरिसकेकै छ ।

    स्रष्टाहरुले साँप (सर्प)लाई शिवजीको गलामा बेरिदिए र त्यसको पूजाअर्चना गर्न भनिदिए । मुसालाई गणेशजीको बाहन बनाइदिए र त्यसलाई नमार्न सचेत गराए । (घरमा छुचुन्द्रोको उत्पात हुँदा पनि हजुरआमाले बरु नातीले बन्द गरिदिएको दुलो खोलिदिनुभयो तर गणेशको बाहन भनेर त्यसलाई मार्न दिनुभएन ।) उनीहरुले कुमारलाई मयुर दिए, विष्णुलाई गरुढ दिए र महादेवलाई नन्दी (साँढे) । जसैजसै देवता उसैउसै वाहन । यमराजलाई भैंसी, कृष्णलाई गाई र सूर्यलाई घोडा दिए । ऋषीमुनीहरु शनिलाई काग दिन्छन्, इन्द्रलाई हात्ती र कालभैरवलाई कुकुर दिन्छन् । सरस्वतीलाई हाँस, गंगालाई गोही, दुर्गालाई सिंह, पार्वतीलाई बाघ, लक्ष्मीलाई उल्लु दिन्छन् । जुन प्रकृति र स्वभावका भगवानको नाममा आराधना गर्छौं त्यही प्रकृति र स्वभावका जीवजन्तु तत तत पात्रहरुलाई छुट्याएर ऋषीमुनीहरुले पर्यावरणको पक्षमा विष्मयकारी काम गरेका रहेछन् ।

    कणकणमा भगवान भनेर सिकाउनुको अर्थ प्राणीप्राणीमा पनि भगवान छ भन्नु नै हो । र, प्राणी र जीवजन्तुप्रति हिंसक नहोऊ भन्नु नै हो । अर्थात् प्रकृतिको रक्षा नै गुह्य कारण हो । जीवजन्तुलाई हिंसाबाट बचाउन अपनाइएको यो शास्त्रीय उपाय नै हो । ईश्वरको नाममा प्रकृति र मान्छेबीच सम्बन्धका यी व्याख्या पौराणिक, धार्मिक, किम्बदन्ती जे लागे पनि यसले प्रकृति र पर्यावरणलाई नै जोड दिइरहेको हुन्छ ।

    अपुत्रलाई वृक्ष पुत्र

    महाभारतको अनुशासन पर्वमा भीष्मपितामह र युधिष्ठिरबीच एउटा संवाद छ । संवादमा भीष्मपितामह बृक्ष र जलाशायको महत्वबारे महाराज युधिष्ठिरलाई उपदेश दिइरहेका छन् ।

    पितामह भन्छन्, ‘बृक्षारोपण गर्ने र जलाशाय बनाउनेहरुले पनि उत्ति नै महत्व पाउँछन् जति महत्व सत्य बोल्नेहरुले प्राप्त गर्छन् ।’ संवादमा भीष्मले सत्य बोल्ने संकल्पसँगै प्रकृति र प्राणीहितका लागि बृक्षारोपण र जलाशाय निर्माणको पनि संकल्प लिन युधिष्ठिरलाई सल्लाह दिन्छन् ।

    प्राणी हित र जगत कल्याणलाई एकै स्थान दिएर गरिएको जंगलको वर्णनमा बृक्षलाई पुत्रसमान स्याहार गर्न पनि सुझाइएको छ । संवादमा भनिएको छ, ‘जसरी सुयोग्य पुत्रले मातापिताको हित गर्छन् त्यसरी नै बृक्ष र जंगलले पनि समाजको हित गरिरहेको हुन्छ (तस्मात तडागे सद्बृक्षा रोप्याः श्रेयोर्थिना सदा, पुत्रवत् परिपाल्याश्च पुत्रास्ते धर्मतः स्मृताः) ।’

    सन्देश चाँहि समाज र राज्यभित्र रहेका मानव र प्राणीजगतको कल्याणका लागि राज्यले नै बृक्षारोपण, वनजंगल र जलायशायको विकास र विस्तार गर्नपर्दछ र त्यसको दायित्व असल शाषककै हो भन्ने नै हो । ततः शिवं कुसुमित बालपादपं  । रुख सधैं शिवरुप (कल्याणकारी) हुन्छन् ।

    जेत नाम गरेका व्यक्ति ठूलो वनका मालिक थिए । एक दिन राजा सुदत्त वन दिएर चाहिए जत्ति धन र दौलत लिन आग्रह गर्दै जेतकहाँ पुगे । तर जेतले वनले दिइरहेको सुख र आनन्द महाराजको धन र दौलतले वनको पुरै क्षेत्रफल भरिदिए पनि प्राप्त नहुने भन्दै राजाको आग्रह अस्वीकार गरिदिन्छन् । अश्वघोष काव्यको वनमालिक जेतबाट भन्छन् सर्वकाल सुखप्रदत्तम वनं रम्यं ददर्थ बहुपादपम् ।

    ‘सर्वभुतेषु कारुण्यं मैत्री च’ भने पनि वा ‘सर्वभूतेषु दया हि धर्म’ भने पनि भनिएको आखिर प्राणी हित हो र यो पर्यावरणको सन्दर्भमा हूबहू लागू हुन्छ । हामी दश पुत्रबराबर एक बृक्ष भन्ने सभ्यताबाट उठेका हौं । जसको पुत्र छैन उसका लागि बृक्ष नै पुत्र हो भन्ने मान्यताबाट प्रकृतिको रेखदेख र संरक्षण गर्दै आएको सभ्यताको पछिल्लो अंश हौं । गुणको हिसावमा भगवान बराबर बनाएर, स्याहार र सम्मान दिएर स्वास्थ्य र वातावरणले प्रतिफल ग्रहण गर्दछ भनेरै ‘अश्वत्थ सर्व वृक्षाणाम’ भनिएको हो । ‘वटमूले स्थितो ब्रम्हा, वटमध्ये जनार्दनः वटाग्रे तु शिवो देव सावित्री वटसंश्रिता’ भनेर हरेक वटवृक्षमा भगवानको वास देख्ने संस्कृति छ पूर्वीयहरुको । र, हामी त्यही पूर्वीय संस्कृतिको एक अंश हौं । रामायणको गोदावरी, पञ्चवटी भने पनि वा कृष्णकालीन अक्षयवटी भने पनि सारमा बृक्षहरुकै संकलित स्वरुपको अभिव्यक्ति हो । अर्थात् जहाँ नदी र जंगल त्यहाँ सभ्यताकै चिनो र उपहार ।

    (भीष्मपितामहले भने जस्तो सुयोग्य शाषक पाइएको हुँदो हो त काठमाण्डौ उपत्यकाका जलाशाय र हिटीहरु ध्वस्त हुँदैनथे । सुयोग्य शाषक पाइएको हुँदो हो त सयौं वर्षदेखि गर्तमा पुरिएका जनकपुरका जलाशायहरुले पनि जीवन पाउँथे । )

    दशकअगाडि एउटा शोधको सामना गर्नेक्रममा मान्य विद्वानले मलाई ‘तपाईले वातावरण पत्रकारिताको अभ्यासको शोध गर्नुभएको हो कि शास्त्र र वातावरणको सम्बन्ध केलाउनुभएको ?’ भनेर सोधे । मैले ‘हाम्रो आजको वातावरण र पर्यावरणप्रति हाम्रो पत्रकारिताले गरेको वा देखाएको चिन्ताभन्दा हजारौं वर्षअगाडिका ऋषीमुनीहरुले देखाएको चासो र सरोकोर बढी रहेछ’ भनें ।

    ‘कसरी ?’, उनले सोधे ।

    भलै त्यो पत्रकारिता थिएन तर पञ्चतत्व अथवा पञ्चमहाभूत परिकल्पना र व्याख्या आजको विज्ञानले गरेको होइन, वैदिक सभ्यताले गरेको हो । स्थूल शरीर स्वस्थ रहन मान्छेको मस्तिष्कमा पाँच कोषबीच सन्तुलन आवश्यक हुन्छ, त्यस्तै सृष्टि सन्तुलित राख्न आकाश, वायु, अग्नि, जल र पृथ्वीका अवयवको सही उपयोग र संरक्षण आवश्यक हुन्छ । खगोलिय अध्ययनदेखि पाँच इन्द्रियको व्याख्या समेत यसैमा समेटिएका छन् । र, यी सबै हामीले भन्ने गरेको वातावरण र पर्यावरणको अंश हो । र, यी सबैमा आजको विज्ञानलाई बाटो देखाउने त तिनै शास्त्रीय मत रहेछन् । केही स्वाँठहरुले रुढी, अन्धविश्वासी र पाखण्डी भनेको विषयको गर्त उधिन्दै यो यो कारणले हाम्रो वातावरण पत्रकारिताको अभ्यास टीठलाग्दो छ भन्दा उहाँहरुलाई अलि सहज लागिरहेको थिएन ।

    अहिले नीजगढ विमानस्थलको चर्चा छ । पत्रकारिता हुन्छ र हुँदैन भन्नेमा बाँडिएको छ । सपनाको मोहरमा जति चमक छ, यथार्थको सिक्का भने उस्तै खोटो छ । मोहरको चमकले निम्त्याउन सक्ने संकट गोप्य कागजातमा लुकाइएको छ, सार्वजनिक बहसको हिस्सा बनाइएको छैन ।

    बसाईको सन्दर्भ

    संघीय नेपालको २ नम्बर प्रदेशमा पर्ने बारा जिल्लाको निजगढमा दुई चार लाख रुख जबरजस्ती काटेर विश्वकै चौथो ठूलो विमानस्थल बनाउन नेपाल सरकार कम्मर कसेर लागेको छ । केही प्रश्न गरिरहेका छन्, एकाध बाघ, गैंडा, हात्ती अलपत्र हुँदैमा देशको अर्थतन्त्रलाई नै कायापलट गर्ने विमानस्थल निर्माण अभियानविरुद्ध बोल्ने ? केही भनिरहेका छन् एकाध लाख रुख काटेर न चारकोशे सकिन्छ न नेपालको वन, किन रँडाको ? अर्कोथरि भनिरहेछ धावन मार्ग त बनाउने हो, रुखै जाबो त काट्ने हो आकाशै खसाल्न लागेको पनि होइन, धर्ती नै सिध्याउन लागेको पनि होइन । केही थान चरा, केही घाँसपात र केही जंगली जनावरका लागि सुवर्णकल्पनाले ओतप्रोत भएको समृद्दीको संवाहक विमानस्थल चाँहिदैन भन्ने ? नेपालसँग कूल भूभागको अझै ४५ प्रतिशत क्षेत्रफलमा वनजंगल छ भने जाबो नीजगढको पाँच दश हजार हेक्टर वन मासेर विपत्ति आउँदैन भन्ने पनि उति नै छन् ।

    सुन्दा मनकारी लाग्छ विमानस्थलको विषय । मुहुनीमय छ । कर्णप्रिय छ । जादुयी छ । समृद्दिको भावनाले छपक्कै भिजेको छ । कसरी हुन्छ आरो चलाईहाल्न र खन्ती गाडी हाल्न र डोजर कुदाईहाल्न हतारो छ । झ्याप्पै पाँच वर्षमा संसारका ठूला देशका बडेमानका जहाज, यात्रु र सामान निजगढमा भरिभराऊ बनाएर तीनकोटी नेपालीको भाग्यको फैसला हातहातै लेखिन लागेको झैं छ ।

    तर होइन । विमानस्थल वायुपंखी घोडा चढेर आउने होइन । हामीले देखेको ठूला आयोजनाहरुको नियति आँखै अगाडि छ । अर्थ राजनीतिको दाउपेच र बेथितिले गाँजेको व्यवस्थाका भुक्तमानहरुले नीजगढलाई पनि चुरे क्षेत्रको नियतिमा पुर्याउने सम्भावना बढी छ । तीन, पाँच, दश र पन्ध्र वर्ष लगाएर दीगो विकासको अवधारणामाथि अन्धाधुन्द आरा डोजर चलाएर ‘परेको देखाजायगा !’ भन्ने सम्भावना बढी छ ।

    अर्को अंकमा यसै विषयमा निरन्तर रहनेछौं ।

  • मिस नेपाल यूनिर्भस नग्माले मिस नेपाल यूएसको कोरियोग्राफी र उद्घोषण गर्ने

    मिस नेपाल यूनिर्भस नग्माले मिस नेपाल यूएसको कोरियोग्राफी र उद्घोषण गर्ने

    नेब्रास्का

    बिगत ७ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको “मिस नेपाल युएस” यस वर्ष अक्टोबर १२ तारिखमा नेब्रास्काको ओमाहामा हुने भएको छ । नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा हुन गईरहेको यस पटकको कार्यक्रममा मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले उद्घोषण र कोरियोग्राफी गर्ने भएसँगै थप चर्चा चुलिएको हो । 

    सातौं संस्करणको यो प्रतियोगितामा अमेरिकामा रहेका १९ देखि २९ बर्ष उमेर समुहका नेपाली युवतीहरुले भाग लिन पाउनेछन् । आवेदन खुल्ला भईसकेकोले इच्छुकले मिसनेपालयूएसडटकम मार्फत आबेदन गर्न सकिने मिसनेपाल युएसका अध्यक्ष अमित पि शाहले बताएका छन् ।

    यो सौन्दर्य प्रतियोगितालाई बिगतका बर्षहरु भन्दा अझै बढी प्रभावकारी र स्तरीय बनाउनका लागि सम्बद्ध सबैको प्रयास जारी रहेको र प्रबासका यस्ता प्रतियोगिताले नेपालको थप पहिचानमा टेवा पुग्ने आयोजकको ठहर छ । 

    नग्माले सन् २०१७ मा लसभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस यूनिर्भसमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरेकी र त्यहाँ उनी उत्कृष्ट ८ मा पुगेकी थिइन् । यस्तै उनी २०१६ मा चिनमा भएको प्रतिस्पर्धामा थर्ड रनर वल्ड मिस यूनिर्भसको उपाधि, वेष्ट टुरिजम भिडियो अवार्ड र इजिप्टमा भएको मिस इको यूनिभर्स २०१६ मा सहभागिता जनाएकी थिइन् । सन् २००९ देखि नग्मा इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छिन् ।

    उनको सहभागिताले आसन्न सातौं संस्करण अझै स्तरीय हुने अपेक्षा राखेको प्रतियोगिता संयोजक स्मृती गिरीले बताएका छन् ।

  • बर्खी बार्ने किन बिधवाले मात्र ?​

    बर्खी बार्ने किन बिधवाले मात्र ?​

    प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर

     केही वर्षअघि संकुचित विचारधाराको एक मोर्चाले राजजानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी प्रवेश गरी पूजा गरेको निहुँमा गंगाजल छर्केर शुद्ध पारेको समाचार बाहिर आएको थियो । जवकी उहाँभन्दा अघिल्ला राष्ट्रपति रामवरण यादवलाई कुनै पनि मन्दिरमा एकल पुरुषको बाधा अडचन सिर्जेन । राष्ट्रपति जस्तो गरिमामय पदमा विराजमान राष्ट्रपतिबीचमै एकल महिला र पुरुष हुनुमा त्यो भेद छ भने सामान्य नागरिकको सवालमा के होला ? सजिलै अनुमान लगाउन सकिन्छ । अव राज्यस्तरबाटै एकल नारीप्रतिको भेदभाव र छूवाछुटको उन्मूलनमा जोडटोडका साथ लाग्नुपर्छ ।

    विवाह एक अनिवार्य सामाजिक संस्था हो । पुरुष र महिला दुई जातिको शारीरिक र भावनात्मक एकता नै  विवाह हो । नारी वा पुरुषको मात्र अस्वीकृतिमा अपूर्ण यो संस्था प्रजननको लागि पनि अपरिहार्य छ । यसरी भावनात्मकरुपमा नारी र पुरुष एक हुने वैवाहिक संस्थामा पति र पत्नीको नामवाट यी दुई जातिको भूमिका अग्रसर हुन्छ । नेपाली समाजमा पतिको पहिले मृत्यु भएमा पत्नी विधवा हुने र पत्नीको पहिले मृत्यु भएमा पति विधुर हुने सामाजिक परिपाटी छ । नारी विधवा भएको खण्डमा उनी अरु सामान्य महिला भन्दा पृथक तथा एक्लो हुन्छिन् । सामाजिक नियमअनुसार उनले पुर्नविवाह गर्नुहुँदैन । उनले सेतो परिधानमा  एक वर्षसम्म मृतक पतिको नाममा बर्खी बार्नुपर्छ । परन्तु, विधुरको सवालमा यो नियम लागु हुँदैन । विधुर पुरुषलाई आम अरु पुरुषको हुलवाट छुटयाउन सकिँदैन । न उनको शरीरको परिधानवाट सुनौलो रंग नै पग्लिन्छ, न अर्को विवाह गर्नुहुन्नको निषेधको रेखा नै उनीमाथि कोरिन्छ । सामान्यतया पत्नीको मृत्युपश्चात बिधुर भएको पतिलाई समाजका सदस्यवाटै अर्को विवाहको दवाव दिइन्छ । कारण, घरमा मातृत्व खोसिएका लालाबालाको संरक्षणको कुरा आउँछ । यसरी विधुर पुरुषले दोस्रो विवाह गरी वैविध्यको परिचय मेटिदिन्छ । तर, पतिको मृत्यु भोगेकी नारीलाई दोस्रो विवाहको दवाव कहिल्यै पनि आउँदैन । बरु पूनर्विवाह गर्नु पाप हो भनी शास्त्रका काला पर्खालहरु चुलाइदिन्छ । समाजले कैले पनि यो सोच्दैन कि, पत्नीको मृत्यु भएको घरमा जसरी लालाबालाको लागि मातृत्वको अभाव खट्कियो, पतिको मृत्यु भएका  घरमा तिनै लालाबालालाई पितृत्वको अभाव पनि उतिकै खट्किन्छ । त्यहाँ संरक्षणको कुरा कैले पनि उठ्दैन । यसरी नै नेपालमा विधवा महिला र बिधुर पुरुषविचमा लैङ्गिक विभेद रहिआएको छ । नेपालमा विधवा र विधुर पुरुषवीच परिधानदेखि लिएर सामाजिक ठेसमा समेत भिन्नता रहेको छ ।

    हाम्रो समाजमा बिधवा महिलालाई सामाजिक र पारिवारिकरुपमा लाञ्छना लाउने, पतिको मृत्युपश्चात एक बर्षसम्म सेतो वस्त्र लाउनुपर्ने, दोस्रो विवाह गर्न नपाइने, घरपरिवारको मानसिक हिंसाले प्रताडित हुनुपर्ने र रातो कुनै चिजको प्रयोग गर्न नहुने विभेदपूर्ण रेखाहरु अझैँ कोरिएका छन् । बिधवा नभनी एकल महिला भनी सम्वोधन गरेता पनि सामाजिक र पारिवारिक प्रहारमा कुनै कमी आएको छैन । एकल पुरुषलाई अर्को विवाहको बाटो खुल्ला छ जवकि महिलाको सवालमा यो ज्यादै कठिन हो ।

    ​ एकल महिला हुनु पाप वा चाहना दुवै होइन । जन्म जसरी शाश्वत सत्य हो त्यसरी नै मृत्यु पनि शाश्वत सत्य हो । जन्म लिएपछि विछोड वा मृत्यु अनिवार्य हुन्छ । स्त्री र पुरुष मानवीय औतारका दुई महत्वपूर्ण आधार हुन् र दुवैको भूमिका समान रहन्छ तर हाम्रो समाजमा पतिको निधन हुँदा महिलाले आजीवन रङबिहीन हुनुपर्ने, आजीवन एकल रुपमा बाँच्नुपर्ने प्रचलन छ ।  यद्यपि यही समाजमा एउटा पत्नीको निधन हुँदाचाहीँ पुरुषले कुनै वैविध्य कर्म गर्नु नपर्ने साथै उसले तुरन्तै पुनर्विवाह गर्दा पनि समाजले स्वीकृति दिने जस्ता क्रुर विभेदको तस्वीर पनि उदाँगिएको छ ।  

    ​हाम्रो समाज पुरुषप्रधान समाज हो । पुरुषबाट महिलामाथि दासता थोपरेको सत्य हो । तर, यस्ताखाले दासताको विरोधमा महिलाहरु एकवद्ध भएर आवाज उठाउनुपर्नेमा महिला नै शोषक र महिला नै शोषित हुने परम्पराले टुँगो नपाउनु विडम्बनायुक्त छ । एकल महिलामाथिको विभेद कम गर्न महिलाहरुले ऊर्जाशील कदम चाल्न प्रशस्त काम गर्नुपर्छ । महिलामाथि महिलाकै शोषण परम्पराले एकल महिलामाथि रुढिवादी समाजको उपेक्षाले आधार पाएको हो । जस्तो; तीजको दिन विवाहिता महिलाहरु पूरै रातो वस्त्र लगाउँछन् र ब्रत लिन्छन् । तीजको सांस्कृतिक पक्षलाई रातो रंगले रंगाउनु भनेको प्रतीकात्मक आक्रमण हो । यो रंगमाथि रंगको हमला हो । कथित संस्कारले रातो रंग खोसिदिएका महिलाहरु माथि गरेको भेदभाव हो । रातो रंगले सेतो रंगलाई तँ चाँहि वैविध्यको प्रतीक होस् र म चाँहि सौभाग्यको भनी गरेको अहम् सिवाय अर्थोक होइन । महिलामाथि महिलाको शोषण हुने यस्ताखाले सांस्कृतिक परम्परामा महिलाबाटै परिवर्तनको थालनी हुनु आवश्यक छ ।

    ​यस्ता सांस्कृतिक कमजोरीहरु हाम्रो समाजमा धेरै छन् । यस्ता खराब संस्कृतिको अवयवहरुलाई महिलाहरुले नै मिलेर छिनाल्नुपर्छं । तीजकै कुरा गर्ने हो भने विवाहित महिलाहरुले रातै वस्त्रमा सजिएर होइन, अन्य रंगको वस्त्रमा सजिएर व्रत लिने अभ्यास थाल्न सकिन्छ, जुन परिधानले एकल महिलाहरुमाथि चोट नपुगोस् ।

    ​विधवा सम्बोधनको ठेसलाई मत्थर पार्न, अहिले हाम्रो समाजमा श्रीमान् नभएका महिलाहरुलाई एकल महिला भन्ने जुन अभियान थालिएको छ, त्यो पनि त्यति न्यायसंगत छैन । एकल भन्दा नितान्त एक्लोपनको अर्थबोध हुन्छ । जसको जीवनमा कसैको सहारा छैन, जो नितान्त एक्लो छ, तिनीहरुका निम्ति मात्र एकल शब्द प्रयोग हुन्छ । श्रीमान् नहुँदैमा उनी एक्लिने होइन, उनले यही समाजमा रहेर बुहारीको भूमिका निर्वाह गर्न सक्छिन्, नन्द, आमा वा नारीका अन्य विविध रुपको भूमिका निर्वाह गर्न सक्छिन् ।

    ​यसकारण एकल भनिने शब्दको ठाउँमा अन्य वैकल्पिक विशेषणको खोजी आवश्यक छ, जसले महिलाको जीवनमा परेको चोटलाई मत्थर गर्न सहयोग पुर्याओस् । हाम्रो समाजमा श्रीमती नभएका पुरुषलाई एकल पुरुष भनिएको छैन, जसले महिलाहरुमाथि एकल शब्दले विभेद नै सिर्जना गर्छ । नारीको जीवनमा जीवनसहचरी नहुँदा ऊ एक्ली हुने र पुरुषको जीवनमा जीवनसंगिनी नहुँदा पनि ऊ एक्लो नहुने सामाजिक परिपाटीको अन्त्य अहिलेको टड्कारो आवश्यकता हो ।

    ​हाम्रो समाजको रीतअनुसार नारी विधवा भए उसले एक वर्षभरी सेतो वस्त्र लगाउनुपर्छ र धार्मिक अनुष्ठानले चोख्याएर मात्र उसलाई अन्य वस्त्र दिइन्छ । धर्मले चोखिए पनि उसले जीवनभरि सिउँदो बाँझै गरेर बाँच्नुपर्ने, चुरा– पोतेहरु लगाउन नपाइने र श्रृगारबाट टाढा रहनुपर्ने बाध्यकारी सामाजिक नियमहरु बनाइएका छन् । नारीले वैविध्यमा लगाउनुपर्ने सेतो वस्त्र नै नारीमाथि पुरुषले थोपरेको दासताको परिचायक हो । आज महिलाहरुले हिजोझैं विधवाको वेशभूषा होइन, आफ्नो इच्छानुकूल परिधानले बर्खी बार्न सक्ने नियम बसाउनुपर्छ । नारीलाई सेतो वस्त्रमा थुनेर उसप्रति कुदृष्टि गाड्न समाजका खराब प्रवृत्तिका व्यक्तिहरुले बनाएको यो विभेदकारी चक्रमा आजका महिलाहरु पिल्सनु हुँदैन । सासू विधवा भए बुहारीले साथ दिने र बुहारी विधवा भए सासूले साथ दिने अभ्यास थाल्न महिलाहरुले नै पहल गर्नुपर्छ । बुहारीहरुको इच्छा–चाहनालाई बुझेर सासूहरुले एकल महिलाहरुलाई अर्को विवाहका लागि प्रोत्साहित गर्न सकिन्छ । यस्तो अभ्यास हाम्रो समाजमा कम नै भएको पाइन्छ । पाँच बर्षअघि तिलाहार २ की भगवती मल्लले आफ्नी बुहारी टीका मल्ललाई रातो दोसल्ला र टीका लगाइदिएकी थिइन् । छ महिनाअघि शिवसताक्षी नगरपालिका ११ की बच्चाबगरका एक रोक्का दम्पतीले पनि आफ्नी बुहारी अनुशा रोक्कालाई छोरी बनाइ अन्माएर यस्तै अभ्यास गरेको थियो । त्यस्तै पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले पनि एकल भएकी आफ्नी जेठी बुहारी मालती शर्मालाई छोरीजस्ती अन्माएकी थिइन् । यी एकाध उदाहरणलाई छोडेर, यस्ता नजीरलाई चोर्दै अरु सासूहरुले समाजको विकृतिलाई चिरेको घटना खासै देखिएन ।

    ​हाम्रो समाजमा विधुरलाई विचरा र विधवालाई अलछिनाको संज्ञा दिने गरिन्छ । दुर्भाग्य उहीँ हो तर कतै सिन्दुर पखालिन्छ त कतै केही पखाल्नु पर्दैन । नारीले मात्र सिन्दुरसँगै जीवनको सवै रंग पखालेर जिउँदै सेतो कात्रो ओढनु पर्ने कस्तो विडम्वना ? विधवा हुनु अभिशाप होइन । यो भवितब्य हो र जुनै महिलाको जीवनमा पनि आउन सक्छ । यस्तो भवितव्यलाई पुर्पुरोसँग जोडेर सोच्नु गलत हो । एक्काइसौं शताब्दीमा पनि सृष्टिका समान रंगहरु सौभाग्य र दुर्भाग्यको प्रतीक हुने परम्परा अब टुंगिनैपर्छ ।  सृष्टिका समान रंगको भेदलाई चुपचाप सहने आजका सधवा र विधवा महिलाले यो कुरा मनन गर्नुपर्छ कि विधुर पुरुष र गैरविधुर पुरुषको संसारमा रंगको कुनै भेद छैन । पुरुषप्रधान समाजको निम्ति एउटै प्रश्न पर्याप्त छ –बर्खी बार्ने किन बिधवाले मात्र ? यस्को लागि सिन्दूर पखालिएका र नपखालिएका महिलाहरुको आवाजमा संयोजन हुनै पर्दछ।

  • दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

    दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

    न्यूयोर्क

    दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होम्मिएका छन् । प्रगतीशिल युवा उम्मेदवार मानिने ३५ बर्षिय चौधरी अमेरिकन आर्मीमा कार्यरत छन् । राजनीतिक रुपमा बिद्यार्थी जीवनकालदेखि नै खारिएका चौधरी ल-ग्वार्डिया कलेजमा बिद्यार्थी समुहको अध्यक्ष थिए । यस्तै चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समुहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । उनले २२ डिष्ट्रिक्टका काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिजडेजको कार्यालयमा समुदाय समन्न्वयकर्ता रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा न्युयोर्क राज्यमा गभर्नर कुमोको कार्यालयबाट बिद्यार्थीहरुले अतिरिक्त कक्षाको रकम घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्व समेत गरेका थिए । साउथ एसियन मुलुकबाट अमेरिका आई बसोबास गर्नेहरुलाई एकिकृत गरेर चौधरीले भोटर एशोसियशनको समेत शुरुवात गरेका छन् । साउथ एसियन भोटर एशोसियशनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाट उम्मेदवार भएकाले चुनाव जित्ने आंकलन गरिएको छ । एसियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गर्दछन् । चौधरी एक सक्षम उम्मेदवार हुन् । एल्मष्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोला भन्छन्; “उनले चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानूनमा समावेश हुनेछ । यो ठुलो उपलब्धि समेत हुनेछ, चौधरी न्यूयोर्क राज्यको कानून निमार्ण गर्ने समितिको उम्मेदवार भएकाले साउथ एशियन समुदायलाई सहयोग पुग्नेछ । करिअरको शुरुवात ट्याक्सी ड्राइभरबाट गरेका चौधरीले चुनाव जितेमा न्यूयोर्क राज्यमै पहिलो हिन्दु समुदायका नेता हुनेछन्” । साउथ एशियन समुदायका मुद्धा जस्तै अध्यागमन, भाषा समस्या, बिद्यार्थीका लागि अतिरिक्त कक्षा सहयोग लगायतका बिषयमा सहयोग गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् । चौधरीले नेपाली समुदायका लागि एल्महर्ष्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्ती, माउन्ट एभरेस्ट सडकको नामकरण र ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका बिषयमा सिटी काउन्सिलसंग सहकार्य गर्दै सहयोग गरेका छन् । चौधरीलाई कुइन्स क्षेत्रका धेरै प्रगतीशिल नेताहरुको सहयोग रहेको जनाइएको छ । जिल्ला अधिवक्ता उम्मेदवार रहेकी टिफिनी कबानको चुनावका बखत समेत उनी सक्रिए भएर लागेका थिए ।

  • ह्याप्पी फादर्स डे

    ह्याप्पी फादर्स डे

    वियोग कडरिया / काठमाडौं

     

    अनायस मेरो डेथ माइन्डमा 

    ती दिनका यादहरु

    बैशाखमा असिना बर्षे झैँ बर्षिरहे

    कलेज बंक हान्दा म 

    बासँग डराएको दिन

    एउटा साथी भन्थ्यो 

    जब बाऊका जुत्ता ठीक हुन थाल्छन् नि 

    बाऊ बाऊ नभएर साथी बन्छन् 

    साँझ डराउँदै घर पुग्दा 

    बाका स्काई ब्लुज आँखा छल्दै 

    फ्रिजिङ कोल्ड किचेनमा छिर्न लाग्दा 

    बाले भन्नुभयो, 

    ‘किन ढिला आइस् केटा ?

    भात सेलाइ सक्यो 

    छिटो खाएर पढ्न थाल’

    उसको भनाइ सही साबित भयो 

    बाको गालीको सट्टा मायाको आभाष पो पाइयो 

    मेरा बा कति महान, मनले मनसँगै भन्यो ।

    बा सुतेपछि,

    सुटुक्क बाका पुराना जुत्ता 

    मेरा नयाँ खुट्टामा घुसारे

    जुत्ता मिल्यो, दंग परे ।

    बाको रस्टीक दौरा लगाएँ, मिल्यो 

    सिलिन्ड्रीकल सुरुवाल लगाएँ, मिल्यो 

    ब्लाक जर्सी भिरे, त्यो पनि मिल्यो

    तेह्रथुमे ढाका टोपी

    जर्सीका खल्तीबाट झिकी ऐना हेर्दै टाउकोमा घुसारे 

    ठ्याक्कै मैलाई नापेर सिलाए जस्तै भयो 

    चार–पाँच बर्षदेखि क्यान्सर पिडीत

    अस्थिपञ्जर मात्र बाँचेका मेरा बासँगका

    पुराना स्मृतिहरु तछाडमछाड गर्दै, जन्मदै मर्दै गर्न लागे

    मेरो बरियल माइन्डमा 

    ठुलो बट फ्र्याक्चर्ड ऐनाको शिशामा

    मैले मलाइ मेरै बा जस्तै देख्न थाले 

    ओशेनिक आँखाबाट अश्रुधारा बग्दै गर्दा 

    सिम्फोनिक ओठहरु बरबराए

    Happy Father’s Day !

    सँगै सुतेको छोराले बाबा बाबा भनेर कराउँदा

    झल्यास्स ब्युझन्छु,

    उसको ममी छोरालाई फिउडल अर्डर दिदै भित्र पस्दै भन्छिन् 

    आज Happy Father’s Day हो, बाबालाइ happy father’s day भन त !

    हो त आज पितृ औँशी रैछ, नेपाली पात्रो हेरें मोबाइलमा

    सपनाका मेरा बासँगका गोल्डेन स्मृतिहरु

    मेरो ब्लण्ड माइन्डमा हुइकिन थाले

    मैले त सपनामै पो मेरा डेड फादरलाइ Happy father’s day भनेछु 

    साच्चै पितृ औँसी भन्या त 

    मृत पुरुष पुर्खाहरुलाइ सम्झदै 

    उनकै नाममा केही दान गर्नुपर्ने होइन र ?

    उनकै सम्झनामा शान्तिको दियो बाल्नु पर्ने होइन र ?

    उनले देखाएको संस्कृतिको बाटो हिड्नु पर्ने होइन र ?

    शहरका बृद्धाश्रमका डाइङ फादरहरुलाई एक दिन खान दिए हुन्न र ?

    इम्पोर्टेड वेस्टर्न कल्चरको क्रुढ कपि गर्दै 

    आज हामी आफ्नै लिभिङ फादरलाई पितृ बनाइरहेछौं

    फेसबुकका भित्ताहरुमा पुरानो फोटो पोष्ट्याइरहेछौं

    यो फादर्स डे हाम्रा बाको बर्थ डे हो या डेथ डे हो ?

    तपाइँलाई थाहा छ ?

    मलाइ सुटुक्क सबैले थाहा पाउने गरी भनिदिनुस्न प्लीज !

    यो फादर्स डे हाम्रा बाको बर्थ डे हो या डेथ डे हो ?

  • न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

    न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

    न्यूयोर्क, ज्याक्सन हाईट्सस्थित सत्यनारायण मन्दिरमा नेपाली महिलाहरुले धुमधाम तीज मनाएका छन् । शनिबार साँझ ७ बजेदेखि ११:३० सम्म चलेको कार्यक्रम मन्दिरको सभाहल तथा पुजा परिसरमा गरिएको थियो । उक्त कार्यक्रम बिगत १२ वर्षदेखि न्यूयोर्क न्यूजर्सीका नेपाली दिदीबहिनीहरुको समुहले हरेक वर्ष मनाउँदै आएको सामुहिक तीज कार्यक्रमको निरन्तरता भएको र आगामी वर्षमा पनि जारी रहने आयोजकको तर्फबाट गिता पोख्रेलले बताएका छन् । 

    अमेरिकामा नेपाली समुदायले मनाउँने तीज कार्यक्रम मध्ये कै ठुलो मानिने यो कार्यक्रममा करिब १ हजारको हाराहारीमा दिदीबहिनीहरु जम्मा भएर नाचगान गर्दै दर भोजन गरेर मनाएका थिए । चेलिबेटीको दर खानपानमा सहजिकरणको भुमिका निभाएका समाजसेवी मनोज शर्माले आफूले हरेक बर्ष तीजमा गर्दै आएको यो सेवा आफुलाई पुजा गरे बराबर लाग्ने बताए ।

    कार्यक्रममा “अधिकार” संस्थाको कार्यकारी निर्देशक पवित्रा बेन्जामिन खाती, व्यवसायी बिमला हमाल श्रेष्ठ र पेमा शेर्पालाई सम्मान समेत गरिएको थियो ।

    करिब ५ घण्टा चलेको कार्यक्रममा सामुहिक तथा एकल नृत्यहरु प्रस्तुत गरिएको थियो । डायस्पोरामा हुने यस्तो किसिमको साँस्कृतिक महत्व बोकेको कार्यक्रममा ठुलो समुहका नेपाली महिलाहरु गहनापात लगाएर सजिसजाऊ भएर हिडेको देखेर अन्य देशका आप्रबासी न्यूयोर्केलीहरुको समेत ध्यानाकर्षण भएको थियो ।

  • एनआरएन कनेक्टिकट च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

    एनआरएन कनेक्टिकट च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

    केपी भट्ट/ कनेक्टिकट 

    गत मे महिनामा सम्पन्न NRNA अमेरिकाको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले गत जुलाईमा पदभार ग्रहण गरेसँगै विभिन्न च्याप्टरमा पनि नयाँ नेतृत्वको पद हस्तान्तरण  कार्यक्रम चलिरहेको छ । यसै क्रममा कनेक्टिकट च्याप्टरले एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण सम्पन्न गरेको छ । गत अगष्ट २६ तारिक आईतबार आधिकारिक रुपमा उक्त कार्यक्रम गरिएको हो । एनआरएन कनेक्टिकट च्याप्टरका निबर्तमान अध्यक्ष श्री घनश्याम खड़काको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि एनआरएन अमेरिकाका उपाध्यक्ष तथा उत्तर पुर्वि क्षेत्रीय समितिको सभापति श्री बाबुराम लामा हुनुहुन्थ्यो भने एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष एवं उत्तर पुर्वी क्षेत्रीय समितिको सचिब श्री रामहरि अधिकारी, हामी नेपाली ग्लोबल संस्थाका ग्लोबल अध्यक्ष श्री अमृत लामा लगायत विभिन्न स्थानीय संघ सस्थाहरुबाट पाल्नु भएका अतिथिहरुको  बाक्लो उपस्थिति रहेको थियो । 

    कार्यक्रममा नवनिवाचित अध्यक्षलाई पद हस्तान्तरण गराऊनुको साथै च्याप्टरका नयाँ कार्यसमितिका सबै एघार जना पदाधिकारीहरुलाई प्रमुख अतिथिबाट सपथ ग्रहण गराईएको थियो । त्यसैगरी सबै पदाधिकारीहरुलाई आ-आफ्नो ओहोदाको प्रमाणपत्रहरु पनि प्रदान गरिएको थियो।

    आगामी (2019-2021) कार्यकाल  लागि भएको चुनावमा कनेक्टिकट च्याप्टरको नेतृत्वको लागि निर्वाचित भएका अध्यक्षमा हरि प्रसाद जोशी लगायत च्याप्टरको कार्यसमितिको उपाध्यक्षमा मुना तिवारी,  सचिबमा केपी भट्ट , कोषाध्यक्षमा नारायण दत्त मिश्र, महिला संयोजकमा शुशिला कार्की, युवा संयोजकमा यज्ञ राज जोशी सहित बोर्ड सदस्यहरुमा नमुना अयार्ल , सुनिता चापागाईं पाण्डे,  हरि पन्थ, श्याम बाबू कार्की र बिजेन्द्र बहादुर  मल्ल चयन हुनु भएको छ । 

    कार्यक्रममा प्रमुख अतिथि लामा, एनआरएन न्युयोक च्यापटरका अध्यक्ष रामहरि अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष एवं च्याप्टरका प्रमुख सल्लाहकार राम ओझा, हार्टफोर्ड काउन्टी एभरेस्ट सेन्टिनियल लायन्स क्लबका अध्यक्ष माधव आत्रेय, जनसम्पर्क समिति कनेक्टिकट च्यापटरका सभापति यादव दुलाल, नेपालिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) का प्रमुख सल्लाहकार अशोक श्रीवास्तब लगायत अतिथिहरु एवम् स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्दै एनआरएन कनेक्टिकट च्यापटरका नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुभएका विभिन्न संघ सस्थाका अध्यक्षहरुबाट आ- आफ्नो सस्थाको तर्फबाट  नयाँ कार्यसमितिलाई पठाईएको बधाई एवं कार्यकाल सफलताको शुभकामना सन्देश पढेर सुनाईएको थियो । शुभकामना सन्देश पठाउनेहरुमा सोसाइटी अफ नेपालिज इन अमेरिका (एस एन ए ), एन आर एन म्यासाचुसेट्स च्याप्टर, न्यु ह्याम्पसायर च्याप्टर,  न्यु जर्सी च्याप्टरका अध्यक्षहरु एवम् आई सि सि मेम्बर तृष्णा शर्मा काफ्ले हुनुहुन्थ्यो । उक्त पद हस्तान्तरण कार्यक्रमका दोस्रो चरणमा कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका नव निर्वाचित अध्यक्ष हरि प्रसाद जोशीले उपस्थित सबै गन्यमान्य सदस्यहरु एवं महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो ।

  • जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

    जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

    सुनिलमणि दाहाल / वाशिंगटनडिसी

    नेपालमा धेरै जनताहरुले संबिधान प्रदत्त हकाधिकार समेत पाउन सकेका छैनन् । अर्कातर्फ जनप्रतिनिधिहरू र राज्य सयन्त्रका कर्मचारीहरु भने पुस्तौ पुस्तालाई पुग्ने सम्पति जोडेर हाई सुखमा छन् । देशमा ब्यापक भ्रष्टाचार मौलाउनु, जताततै  राजनीतिक हस्तक्षेप हुनु,  सुशासन कायम नहुनु आदि जस्ता कारणले जनतामा नैरास्यता बढन गएकोमा दुई मत छैन । यस्तो अवस्थामा र त्यसले निम्त्याएको बिसंगति औंल्याउँदै रवि लामिछाने उदाएका हुन् । टेलिभिजनको पर्दाबाट चिच्याए, कराए र ती शासकहरूलाई खवरदारी गर्दै ललकारे । धेरैको सातो खाए, धेरैको दुखमा मलमपट्टी लगाए पनि ।

    रवि लामिछाने एक सामान्य टेलिभिजन प्रस्तोता हुन । उनका पछाडि यत्रो ठुलो जात किन लाग्यो ? भनेर बजारमा चर्चा चुलिएको छ । त्यो भिडमा सवैको भनाई एउटै छ: देशमा रोजीरोटी जोडन कठिन भएकाले एउटा गरिवको छोरा/छोरी बैदेसिक मेनपावर एजेन्सीमा जान्छन । त्यही ठगिन्छन् । त्यसका लागि टेलिभिजनवाट रवि नै वोले ।राज्यले उचित सम्बोधन गर्न सकेन । जसोतसो खाडीको रापमा काम गर्न जान्छन । तलव नपाएर उनीहरूको सडकको वास हुन्छ । त्यहाँ राज्य बोलेन । दूतावास बोलेन । रवि बोले । एउटा किसान आफ्नो जग्गाको काम मिलाउन मालपोत जान्छ । त्यहॉ घुस मागिन्छ । त्यहॉ काम नहुंदाको तनावमा प्रशासन मौन रहंदा क्यामेरा तेर्स्याउन रवि नै पुगे । सरकारी अधिकारीहरूले ज़िम्मेवारीपूर्वक सेवाग्राहीको काम नगरी अकुत सम्पति जोडदा होस् वा राजनितिक नेताहरूको अप्रत्यासित बढ्दो आर्थिक हैसियत बारे अख़्तियार बोलेन । रवि नै बोले। विचौलिया, ठेकेदार, कमिशनखोर तथा राज्यलाई कर नतिर्नेहरूलाई सरकारले तह लगाउन सकेन । रविले त्यस्ता गलत काम बारे टेलिभिजनवाट खवरदारी गरि नै रहे ।

    जनताले रविको यस्तै कामलाई मन पराए ।उनको काममा विश्वास र भरोसा गर्दै उनलाई हिरो बनाए । त्यसैले रविका पछाडी उर्लदो भिड देखियो । उता कमजोर सरकारी संयन्त्र, राज्य हॉक्ने राजनितिक दल र त्यसका कार्यकर्ता लगायत त्यसको आडमा चल्ने केही मिडियाहरू र आफुलाई अव्वल दर्जाको पत्रकार भन्नेहरूलाई त्यही भिडले यति बेला भिलेन जस्तै बनाईए ।

    रविको एग्रेसिभ/ मिसन पत्रकारिताको शैली कति ठिक र कति बेठिक त्यसको मापन जनता आफैले गरेका छन् । तर रविको पत्रकारिताको शैलीसंग असन्तुष्ट अर्काथरी पत्रकारहरु लगायत मुलधारका मिडियाहरु उनको शैलीप्रति आपत्ति जाहेर गर्दै आएका छन् ।

    जनताले हिरो बनाएका रविबाट बरिष्ठ भनाउँदा केही पत्रकार लगायत राजनितिक दलको छत्रछायॉमा हुर्किएका मिडियाकर्मीहरूको छटपटी शुरू भयो । रविको हिरोईजमले विस्तारै मुलधारका मिडियाकर्मीहरूलाई छायॉमा पार्यो । एकले अर्कालाई सिध्याउने खेल शुरू भयो ।उता रविको कार्यक्रमबाट हतास बनेकाहरू रविलाई कसरी साईजमा ल्याउन सकिन्छ भनेर दर्हो च्याखे थापेर बसेका थिए । यसै बीच शालिकरामको रहस्यमय मृत्यु र उनले छोडेको भिडियोको आधारमा रविलाई चक्रव्यूहमा फसाउन भरपुर कसरत भएको हो ।

    हरेक चिज लिमिटमा पुगेपछी टुंगिन्छ । अत्याधिक जनता रविको पक्षमा उभिए । रवि भर्सेस राज्य जस्तो देखियो । यतिबेला आरोपीहरुलाई भरपर्दो कारण बिना थुनछेक गरेको । जनताको व्यापक बिरोध र दबाबका कारण सरकारले सेफ ल्याण्डिङ्गको बाटो रोज्दै प्रहरी र सरकारी वकिललाई प्रयोग गरी कमजोर आरोपपत्र दाखिला गराएको भन्ने चर्चा पनि सुनिएको छ । अर्का तर्फ, सर्पपनि मर्ने लठ्ठी पनि नभाचिने रणनीतिको प्रयोग गर्दै यस प्रकरणलाई लम्ब्याई केही शर्त सहित रबिलाई कोठा भित्र थुनी ब्लाकमेलिङ्गको खेल शुरु भएको समेत चर्चा गरिदै छ। 

    कानूनका कारणले नागरिक पिडित हुन्छन् भने त्यो कानून परिवर्तन गर्नु पर्दछ । त्रुटिपूर्ण कानूनको हवाला दिएर नागरिकको हुर्मत लिने काम सरकारी पक्षबाट बन्द गर्नु पर्ने बिचार धेरै विद्वानहरुले राखेका छन् ।  

    रविलाई ठूलो संख्याका जनताको साथ थियो यसर्थ थप षडयन्त्र गरी जेलमा कोच्न सक्ने गुन्जाईस रहेन । तर रविको ठाउंमा अन्य सामान्य नागरिक भएको भए के हुन्थ्यो ? एउटा सामान्य व्यक्तिले सहजै भन्छ; त्यो व्यक्तिलाई सिध्याउन प्रहरी र सरकारी वकिल समेतको सेटिंग मिलाई नक्कली आरोप पत्र खडागरी नख्खु चलान गरिन्थ्यो । जव शक्ति केन्द्र दर्हो हुन्छ र सरकारी संयन्त्रमा हस्तक्षेप हुन्छ तव शुसासन समाप्त हुन्छ । कुनै व्यक्ति मन नपर्दा आफ्नो पदीय दायित्व र अधिकारको दुरूपयोग गरिंदो रहेछ भन्ने शालिकराम/रवि प्रकरणमा देखियो । जुन अन्तत बिफल जस्तै देखिएको अवस्था छ ।

    यसरी पनि हेरौं, रविको धन्यवाद सभामा उर्लिएको जनसागरलाई नेपालका प्रमूख मुलाधारे मिडियाहरुले देखेनन् । किनकि उनीहरुको नजर कहिले पनि भुईमान्छेहरुमा पर्दैनन् । त्यस कार्यक्रममा आफ्ना खेमाका नेता भएको भए हाम्रा पत्रकार बन्धुहरुले आफ्नो पत्रकारिताको धर्म निर्वाह गर्ने थिए । यस्तै धर्म र साहुकारिता गरेर उनीहरु पत्रकारितामा बेस्सरी जमेका छन् ।

    रवि प्रकरणमा आफुलाई अब्बल दर्जाको पत्रकार भन्नेहरु यतिबेला मौन ब्रतमा छन् । धेरै नेताहरुले जनसागर देखेर जिब्रो टोकेका छन् । अन्त्यमा, तलको फोटोमा देखिएको तर मुलधारका मिडियाले नदेखेको ‘धन्यवाद सभा’ को जनलहर जनता कै हो। जुन जनताले ठुला परिवर्तन गरेका थिए । यसलाई भेडा भनि होच्याउने काम बन्द गरौं ।पत्रकारज्यु, तपाईको कलमले भूंई मान्छेका कथा कहिलै पाएन । सधै नेताहरूको गुनगान लेख्दाको नियति तपाईले भोग्दै हुनु हुन्छ । साहुकारिता बन्द गरौ, पत्रकारिता गरौं ।

  • ह्याप्पी तीज

    ह्याप्पी तीज

    अच्युत सिग्देल / न्यूयोर्क

    शनिवार सॉझ सिमसिमे पानीले कच्याक कुचुक्क परेका क्विन्सका गल्ली होसियारपूर्वक काट्दै अर्को राम्रो फेएरको पर्खाईमा थिएँ । पॉच मिनेट परबाट एउटा तिस मिनेटको रिक्वेस्ट ऑउछ। रेगुलर रेट र ४.४० रेटिङ, नाम – सबनम । विशाल जमैका एरियामा बाक्लिदो साउथ एसियन बस्तीबाट कुनै आफ्नै सहदेशी होला कि भन्ने सोच्दै पिकअप प्वाईन्टमा रोकिन्छु ।

    रातो टल्किएको साडीमा धपक्कै बलेका सुनौला तिलहरी र राता हरिया पोते चमक्क चम्कन्दा, सँघारमा आएको तीजको रौसले यो अध्यारो बस्ती छिचोल्ने नेपाली नै भएको अनुमान गर्न गार्हो पर्दैन ।

    अलि छिटो आउनु, धेरै नमात्नु, गहना ख्याल गर्नु भन्ने आदेशात्मक स्वर नेपथ्यमा सुनिन्छ। उबर एपमा तिन मिनेट बितिसक्छ । ‘क्यानसल ईट, ईफ प्यासैन्जर ईज नट सोईङ अप’ भन्ने मेसेज पपअप हुन्छ । ढोका खोलेर उभिएकी महिला र गाडीको दुरी दशमिटर होला तर तीन मिनेट जुत्ता लगाउँदैमा बिते जस्तो लाग्छ ।

    सरी, लिलिट लेट भन्छिन। लुकिङ मिररमा आई कन्ट्याक बनाएर म “ईट्स ओ के” भन्छु । ऑखा जुध्छन् “नमस्ते” अभिवादन दिन्छु। सन्चै हुनुहुन्छ नि ? म फिस्स हॉस्ने प्रयास गर्छु, उनी मेरो हुलिया तर्फ आखॉ दौडाउँछिन । मेरो अभिवादन उनलाई सुदुर पूर्वेली भाषाको भेले जस्तो लाग्छ कि सायद । ४.९४ को मेरो रेटिङ र आई एम फ्रम टप अप दि वर्ल्ड । स्पिक्स – ईङ्लिस, नेपाली, हिन्दी र युन पोको स्पान्योलमा सायद आखॉ गएको छैन होला भन्ने ठान्छु। म एड्रेस भन्छु उनी “एस” भन्छिन् । म कुन रूट जाने सोध्छु । उनी फास्टर रूट बताउँछिन् ।

    कसैको पर्सनल मामलामा नबोल्ने र पूर्ण व्यवसायिक र औपचारिकता निभाऊने कर्म स्वरूप विण्डसिल्डले फालेको आकासको दर्कने पानीको गातिमा म गाडि कुदाउँछु । २५ माईल मेक्सिममको रूललाई फलो गर्दा पनि खाल्डाखुल्टी जोगाउनु धेरै हम्मे पर्छ। लगातार पानी परेर ताल परेका सडकमा खिईएका टायरहरू सर्पको चालमा फिलिली नाच्छन् कयौं पटक ।

    आई हर्ट रेडियोले आउँदै गरेको ग्रैमी अवार्डको नोमिनेसन हिट गीत नन् स्टप बजाई रहन्छ । मलाई मन पर्ने एड सेरिन र हिपहप क्विन नवोदित कार्डि बीलाई मन मनै शुभकामना दिन्छु। बच्चाहरूको आईडल निकोदोलियनबाट उदाएकी एरिना ग्रान्देको जीतको सम्भावना त्यतिकै छ ।तर मलाई उनी खास लाग्दिनन् । टेलर स्विफ्टको यू निड टु काल्म डाउनले जित्ने संभावना धेरै नै भए जस्तो लाग्छ। नेभिगेटर एप वेजले गाडी ग्राण्ड सेन्ट्रल पार्कवे छिचोलेर १० एक्जिट लिदै एलआईई एक्सप्रेस वे लान्छ। मेरो मौनता र भारी वर्षें झरीलो परिवेशले खिन्नतामा उभिएका न्याउरा सडक लाईटलाई उनका रसिला टेलीगफले तातो बनाउँछ।

    उनी फटाफट दुईचार कल सकाउँछिन । साथीहरूको साडी गहनाको चर्चा गर्छिन सायद। प्रोसेको र सेतोनोदे पप र स्याम्पिएन फर्माईस सुनिन्छ । उनको अन्तिम कलले म एक्साईटेड हुन्छु । पार्टी सकिए पछि भेट्ने कुरा गर्दैछिन, म निर्क्योल गर्छु उताबाट केटा बोलि रहेको छ । रातको समय फोनको आवाज बाहिर नै प्रष्टिएको छ । आजकल बुढ़ाले शंका गर्न थालेकोले छोटो भेट तय हुन्छ सायद । हाम्रो पेशा पनि गज्जबको छ । अर्काको भान्सादेखि विस्तरासम्म र घर बजारदेखि अफिससम्मको नालीवेली सुनिदिनु पर्ने । यो भैया जेन्टल रहेछ राती यसैलाई लिन बोलाउँछु; उनले मलाई ईंगित गर्दै भनेको जस्तो लाग्छ। उनको फोन काटियो । उनी मसँग हिन्दीमा कुरा गर्न थालिन ।

    मैले नियालेर  मिररबाट उनको अनुहार हेर्ने प्रयास गरें । फोनको लाईटले उज्यालोमा चम्किएकी उनी लाम्चो मोहडा र बदामी ऑखा र अलि बाटूलो एैजेरू पलाए जस्तो फूली भएको नाक आर्य मँगोलको समिश्रण जस्तै रहिछन । अन्तराष्ट्रमा नेपालीको पहिचान सायद यस्तै छ। उनी म तिर पुलुक्क हेर्छिन् । पलभर ऑखा चार हुन्छन । उनी अलि अघि सर्छिन । उनको स्यानल परफ्युमले मगमगीले मन मुग्ध बनाउँछ ।

    भैया आप बहुत ह्याड्सम हो । उनी तेल लगाउँछिन। फर्किने लिफ़्ट हो भन्ने मलाई बुझ्न कठीन पर्दैन । म हिन्दी टोनलाई पन्जावी टच दिएर “आप तो मनिषा कोईराला से भि अच्छि लगती हो” भनिदिन्छु । उनी फुरूङ पर्छिन उनी एकै सासमा बलिउड फ्यान भएको, खानहरू मन पर्ने, ईन्डिएन केटा मन पर्ने कुरा गर्छिन । म पनि नेपाली केटी विश्वमा सबैभन्दा राम्रा हुन्छन भनिदिन्छु । केरिङ सेयरिङमा नेपाली नम्वर वन, ईमान्दार र कर्तव्यनिष्ट विउटीफूल ईन एण्ड आउट । उनको अनुहारमा व्लसिङ छाउँछ । उनी पहेलो पूर्णिमामाको चन्द्रमा जस्तै छल्किन्छिन ।

    करकापमा एरेन्ज मेरिज, सी सेक्सनबाट एक छोरा पाएको र श्रीमान् अली डफर जस्तो एज डिफेरेन्ट भएको। मनको कुरा नबुझ्ने, साथी भन्दा वोस बढि हुने, निर्देशात्मक र वोल्ड स्कूलिङ मनि सेयरिङ मेन्टालिटी । पार्टी मन नपराउने कन्जुस, समय नदिने । फेमेली फोकस्ड अलि ईन्डिपेन्डेन्सी नदिने कन्जरभेटिभ भएको बताउछिन। म मन मनै सोच्छु मान्छे किन आफूसँग भएको ख़ुशी भरपुर समेट्न सक्दैन? किन बैकल्पिक सपनामा बॉच्छ ? सायद मन भँवरा झै चन्चल छ, नयॉ र मनमोहकतामा आकर्षित हुन्छ।

    उदास नदी जस्तै एकोहोरो झै बगेको उनको मुड मैले बिगार्न चाहिन । ज़िन्दगी नै अनुभव र एक रोडल कोस्टर एड्भेन्चर भएकोले समय बहावसँग बग्दै आफूलाई परिवर्तन गर्न जरूरी रहने कुरा बताएँ । नयॉ सभ्यता सँगै सँस्कार बदल्नु पर्ने रहन सहन र जीवन शैलीमा परिवर्तन हुन आवस्यक छ। जीवनस्तर उकास्न सोच र शिक्षा आवस्यक छ भने । शिक्षाले उनी हल्का बिच्किए जस्तो लाग्यो । मैले वातावरणलाई एउटै रफ्तारमा लाने प्रयत्न गरें । तिमी विजनेस वोमन हो ? भनेर सोधि दिएँ । उनी झन नज़िक आईन् । आफू भि भि आई पीकोमा वेवीसिटर गर्ने बताईन । रिपव्लिकन पार्टीको नेता, ठूलो मान्छे र व्यापारी छ । टिप्स, गिफ्ट प्रस्सत हुने र एक्ट्राले नै आफ्नो खर्च चल्छ भनिन।

    त्यसैले आएको तीन चार बर्षमा नै जमैकामा घर किनेको । घर भाडाबाट राम्रो सेभिङ हुने र उनी बारम्वार आफूलाई ईन्डिपेन्डेण्ट उन्मुख रहेको बताउदै थिईन ।

    मैले उनको श्रीमान प्रतिको बिकर्षणको कारण जान्न चाहे। यो डिभोर्स लिने मनोदशाको मुख्य जड नै सामान्य असमझदारी र स्पेस नदिने कारण हो। मैले बिवाह एक कम्परमाईजिङ र म्यूचुअल अण्डर स्ट्यान्डिङ हो भने।

    दिल मागे मोर, पेप्सीकोलाको एड नै सहि कति व्यवहारिक नभएको तर्क सारें । सेयरिङ इनकम, एक्सपेन्सेज र रेस्पोन्सिबिलीटी । ज्वाईन्ट फेमेली र सौहाद्रताको वकालत गरें। उनी लाईफ़ एक बार पाईने हो । मनले चाहेको गर्न पाउनु पर्ने । आफ्नो कमाईमा बांच्न सक्ने भए पछि श्रीमानको कचकच कति सहने ? सामान्य सम्वन्धदेखि घर व्यवहार र ओछ्यानमा समेत डोमिनेट हुनु पर्ने कारणको उत्तर खोज्दै थिईन। सेल्फ़ ब्यालेन्स र सेल्फ़ डिसिजन मेकिङ र स्वतन्त्रतामा उनको जोड थियो। मैले स्वतन्त्रता र स्वच्छन्दताको फरक सोधे । उनले टेक्निकल्ली एउटै भएको बताईन ।

    उनको उद्देलित मनोदशालाई शान्त पार्न मैले गर गहना र साडीको तारीफ़ गरेँ । उनले आफूलाई यो पटक्कै मन नपर्ने जिकिर गरिन । नलगाए समाजले के भन्ला भन्ने डर । अनावस्यक खर्च र सामाजिक सँजाल र साथीसँगीको लहलही र लहड। कुनै कर्मकाण्डीले पार्वती र महादेवको कथामा समाजबाध्ने आधार स्वरूप सुरू गरेको लहलहै परम्परामा अडेको सांसारिक प्रदर्शनी र सो कल्ड सँस्कृती करकापमा धानिदिएको उनको तर्क थियो।

    मैले तिम्रा ब्रतले श्रीमानको आयु बढ्छ रे हो ? प्रश्न गरें। उनले आजकलको केटीहरूको कम्तीमा दर्जन व्वाईफ्रेन्ड रहने र मेरो ब्रतले कुन चाँहिको आयू बढ्ने होला ? प्रतिप्रश्न गरिन। म हॉसे सायद उनको यो जोक थियो।

    केटाहरू राडारले स्कानिङ सर्च गरेजस्तो राम्री केटीहरू छान्दै हिड्छन र मानसिक रूममा मानिस भन्ने जातको चरित्र नै भ्रष्ट भएको उनले थपिन् । हामी दुबै हॉस्यौ । उनले थपिन आप भि तो कम नहि है, लड्कि लोग फ्रष्ट ग्लिम्समे हि पता करती है । कौन कित्ना पानी मै है । म सम्हालिने प्रयास गरे । उनको आवाजसँगै बगेको तातो हावा मेरो कान नजिकै न्यानो बनाएर बत्तिदै थियो। फरासिली रहिछन् ।

    डिस्टिनेसन आयो, मैले “ट्रिप एण्ड” गर्नु अगाडी उनले भरे लिन आउन अनुरोध गरिन । मैले घर फर्कदा बाटो पर्यो भने पस्छु भनें । मेरो प्रोफाईलबाट नम्बर लिईसकोको बताईन् । तर जाँदा जाँदै “सी यू भैया आप बहुत अच्छे  हो” भनिन । म, झण्डै चारकिलो सुन लगाएकि अग्ली नारी साडी उचालेर अध्यारो प्यासेजबाट हिल बजाउदै हिडेको हेरिरहरें। उनको सुरक्षित पार्टी प्यालेस ईन्ट्री कुरेर बसिरहें । ढोकामा पुगेपछि हात हल्लाएर गईन । मैलै मनमनै भनें “ह्यापी तिज” । भरे मदहोशीको फाईदा उठाएर तिम्रा महँगा गहना कसैले नलुटुन । तिमी सधै खुसी रहनु भन्ने कामना गरेँ । ह्यापी तीज सबनम !

  • हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

    हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

    आचार्य पीपलमणि सिग्देल/न्यूयोर्क

    भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नीसम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् । साथीको सहयोगमा हरण गरिएर विवाहबाट बच्न तपका लागि जंगलतिर लाग्छिन् । महादेवलाई पतिको

    रुपमा प्राप्त नगरmन्जेल कठोर तपस्या गर्ने दृढ आकांक्षालाई उच्च सम्मान गर्दैउनका साथीले कसैलाई पनि थाहा नहुने एकान्त स्थलमा भगाइदिएकी हुन्छिन् । इच्छाएको वर प्राप्तिका लागि शरीरलाई कष्ट हुने गरी पार्वतीले शिवको उपासना गर्दा पानीसमेत सेवन नगरी व्रत बसेको र त्यसकै प्रभावले महादेव पति पाएको पुराणको प्रमाणमा आधारित भएर हरितालिका तीज पर्व मनाइने

    प्रचलन सुरm भएको देखिन्छ । त्यसैले हरितालिका तीज समस्त हिन्दु नारीहरुले धुमधामका साथ मनाउने प्रचलन छ ।

    विवाहित नारीले अविच्छिन्न सौभाग्यका साथै पतिको दीर्घायु एवं समृध्दिका लागि र अविवाहितले इच्छानुकूल योग्य वर प्राप्त गर्ने प्रार्थनासहित शिवको पूजा आराधना गर्ने महान् चाड हो हरितालिका तीज ।

    भाद्र शुक्ल तृतीयाको दिन उपवास बसी शिवपार्वतीको पूजाअर्चना गर्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुनाका साथै आफ्नो सौभाग्य अटुटरmपमा प्राप्त हुने धर्मशास्त्रमा बताइएको छ । भाद्र शुक्ल द्वितीयाका दिन माइती घरमा जम्मा भई दर खाने परम्परा रहेको छ । तीजको दर व्रतको भर भन्ने मान्यताका साथ मीठामीठा खाद्यान्न सेवन गरी भोलिपल्ट व्रत बस्ने गरिन्छ । तृतीयाको दिन व्रतालुहरm प्रातः सबेरै नदी, पवित्रस्थल तथा गंगाजलले स्नान गरी सौभाग्यसूचक सिन्दुर, पोते, चुरा, धागो तथा रातो सारी पहिरेर शिवपार्वती मन्दिरमा जम्मा हुन्छन् । शिवमन्दिर टाढा भए नदीको दोभान, गंगा किनार तथा घरमै पनि जम्मा भएर शिवलिंग स्थापना गरी पूजाअर्चना गर्ने परिपाटी चलेको पाइन्छ । व्रतको दोस्रो दिन भाद्र शुक्ल चतुर्थीका दिन विघ्ननाशक सिद्धिविनायक श्री गणेश भगवान्को पूजाआजा हुने गर्दछ । तीजको तेस्रो दिन भाद्र शुक्ल पंचमी अर्थात् ऋषिपंचमी पर्व पर्दछ । यस दिन अरmन्धतीसहित सप्तऋषिको पूजाअर्चना हुने गर्दछ । ऋषिपत्नीसहित वशिष्ठ, विश्वामित्र, कण्व, भारद्वाज, वामदेव तथा शौनक आदि ऋषिवर्गको आराधना गर्नाले ज्ञान, कर्म तथा वैराज्ञको त्रिवेणी प्राप्त हुने बताइएको छ । यस दिन रजस्वला स्त्रीले रजदोष निवृत्तिका लागि व्रत बस्ने र गंगामा गई दतिवनले स्नान गर्ने परम्परा रहेको छ ।

    यस वर्ष अमेरिकाको अक्षांश, देशान्तर तथा सूर्योदयअनुसार तिथि गणना गर्दा अगस्ट ३१ तारिक शनिबार दर खाने, सेप्टेम्बर १ गते आइतबार हरितालिका तीज व्रत, सेप्टेम्बर २ तारिक सोमबार श्री गणेश चतुर्थी व्रत तथा सेप्टेम्बर ३ तारिक मंगलबार ऋषिपंचमी पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ । दिनको सुरुवात पूर्वबाट हुन्छ भने तिथिको सुरmवात पश्चिमबाट हुन्छ । अतः कतिपय व्रत तथा पर्वहरु नेपालभन्दा एकदिन पहिले नै पनि अमेरिकामा मनाउनुपर्ने हुनसक्छ । जसरी ग्रहण जहाँबाट देखिन्छ त्यहींमात्र ग्रहणको असर हुन्छ र सुतक लाग्छ त्यसैगरी विश्वमा छरिएर रहेका नेपालीहरुले स्थानीय अक्षांश, देशान्तर एवं सूर्योदयको समाय अनुसार तिथि गणना गरी चाडपर्व तथा व्रत आदिको निर्णय गर्नुपर्ने हुन्छ ।

    परिवारको आपसी एकता तथा शान्तिका लागि यस्ता व्रत तथा पर्वहरुले शक्ति प्रदान गर्दछन् । शिव परिवारको विविधतालाई नियाल्ने हो भने पनि धेरै व्यापक ज्ञान आर्जन गर्न सकिन्छ । महादेवको वाहन नन्दी, पार्वतीको वाहन सिंह, गणेशको वाहन मुसो, कुमार कार्तिकेयको वाहन मयुर अनि महादेवको गहना नागदेव । यी सबै जीव प्राकृतिक रmपमा नै ज्यान लिने सम्मका दुष्मान भएपनि एउटै घरमा शान्ति र अमनचैनका साथ रहेको पाइन्छ । यी वाहनहरुले कहिले पनि युद्धको शंखघोष गरेनन्, मिलेर बसे र एकअर्काको सम्मान गरिरहे । हाम्रो परिवारभित्र, देशभित्र अनि विश्वमानचित्रमा अनेर्कौ विविधताका रेखाहरु छन् । विविधताभित्र एकताको पाठ हामी शिव परिवारबाट सिक्न सक्छौं । ती विविध स्वरुपलाई स्वीकार गर्न र एकअर्कालाई सम्मान गर्दै समुन्नत एवं सुसंस्कृत जीवन यापन गर्न पनि यस्ता व्रत तथा पर्वले सिकाउने गर्दछन् अतः नारीले मात्रै किन पुरुषका लागि व्रत बस्नुपर्ने भनेर नारीवादी स्वरमा तीनबित्ता उफ्रनुभन्दा यस्ता व्रतले पार्ने सकारात्मक प्रभावको ग्रहण गर्दै परिवारिक एकता र विश्वास बढाउनेतिर सबै लाग्नुपर्छ ।

    तीज पर्व मानाउने सन्दर्भमा केही परिर्विर्तत घटनाक्रमहरु मौलाउँदै गएको पाइन्छ । तीजको एकदिन पहिले व्रत बस्न शक्ति मिलोस् भनेर दर खान थालिएकोमा आजभोलि २ महिना पहिलेदेखि नै आलोपालो सिद्धान्त जस्तो लाग्ने सदावहार दरको प्रचलन सुरु भएको छ । यस्तो प्रचलनले तीज पर्वको महत्व र उपादेयता कम हुँदै भुँडीपर्व को रुपमा विकसित हुँने डर पैदा भएको छ । साथै यस्तो प्रतिस्पर्धाले सामाजिक विभेदको नयाँ समस्या पनि पैदा हुन सक्छ ।

    तीजमा गाइने गीतमा स्वतन्त्रता, विद्रोह, समालोचना, सच्छन्दता तथा सामाजिक विसंगति विरुद्घको स्वर मुखरित हुने गरेकोमा आजभोलि धार छोडेको तथा छेउ न टुप्पाका गीतमै नाचगान हुनेगरेको देखिन्छ । मौलिक संस्कृति र कला चिन्न सकेनौं भने हामीले आफुलाई पनि चिन्न सक्दैनौं भन्नेतिर व्रतालुहरुको ध्यान जानु जरुरी छ ।

    व्रतमा गरिने श्रृंगार पनि स्वभाविक नभएर घाँटी नहेरी हाड निल्न खोजेको जस्तो देखिन्छ । आफ्नो क्षमताको अन्दाज गरी उपभोग तथा प्रयोग गर्न सकेमात्र मनोरञ्जन हुन्छ अन्यथा ईष्र्या र तृष्णाले आफैंलाई कमजोर बनाउँदै जान्छ ।

    उमामहेश्वर, शिवपार्वती, भवानीशंकर आदि नामले पुकारिने भगवान्को विशेष उपासना तथा आराधना हरितालिका तीजको अभीष्ट हो भने धार्मिक माध्यमले आध्याम्कि एवं साँस्कृतिक चेतनाको प्रस्फुटन पर्वको गहनतम उपलब्धि हो । यो पर्वले सबै नेपालीमा धार्मिक एवं साँस्कृतिक चेतनाको अभिवृद्घि गर्दै एकता र विश्वासको जग बलियो बनाओस् । व्रतको शक्तिले नयाँ उर्जा थप्दै जीवनको गोरेटोमा सुखद् यात्रा होस् सबै हिन्दु नारीहरुमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

  • पुडासैनी मृत्यु प्रकरणबाट पाठ सिक्नु पर्छ

    पुडासैनी मृत्यु प्रकरणबाट पाठ सिक्नु पर्छ

    सुपेन्द्र बस्नेत/बोस्टन

    अपूर्ण र अल्पकालिन नै सही तर यतिबेला देशले एउटा अकल्पनीय घटना र त्यसले निम्त्याएकाे परिणाले दिलाएकाे पिडाबाट केही राहत भने पक्कै पाएकाे छ। 

    पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा रबि लामिछाने सहित आराेपित सबैलाई अदालतकाे आदेशका आधारमा  हिरासतबाट मुक्त गरिए पछि  रबिकाे समर्थनमा चितवनकाे सडकमा उत्रिएकाहरुमा निकै ठुलाे खुशी छायाे ।सराेकारवालाहरुलाई लक्षित गर्दै निरासा, असहमति,आक्राेस, असन्तुष्टि लगातयतकाे प्रतिनिधित्व गर्दै गरेका अभिब्यक्ति तथा नाराहरु एकाएक जय जयकारमा परिणत भए र सांकेतिक  बिजयकाे रुपमा दिपावली समेत गरिए । चितवनमा मात्र हैन देशभर र बिदेशसम्म पनि त्याे खुसी तरंगित भयाे । यद्यपि याे घटनाले कानूनी रुपमा सदाका लागि किनारा लाग्न भने अझै बाँकि नै छ । पत्रकार पुडासैनी चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा मृत फेला परे पछि अनेकन शंका उपसंकाहरु उब्जिन सुरु भएकाे थियाे । जब सञ्चार माध्यमबाट घटनाकाे केही दिन पछि मृतकले रबि लामिछाने सहित तीन जनालाई घटनाकाे हुनुकाे मुख्य दाेषी ठहराएकाे भिडियाे  एकाएक सार्बजनिक भयाे र आराेपितहरुलाई गिरफतार गरियाे ,तब घटना थप संबेदनशिल र रहस्यमय बन्याे । त्यसले अकल्पनीय  उलझनकाे तरंग पैदा गरायाे । जाे कसैकाे कल्पना भन्दा पनि बाहिर थियाे । कानुनी सिद्धान्त अनुसार पनि न्यायीक छानबिनका लागि  सुरक्षा निकायमा सुरक्षित र गाेप्य रहनु पर्ने  उक्त भिडियाे एकाएक  सार्वजनिक हुनुले सर्वसाधारणमा उब्जिदै गरेकाे प्रारम्भिक संकामा झन घिऊ थप्नेकाम गर्याे। त्यति मात्र हैन बिगतमा रबिका  बिराेधीका रुपमा चिर परिचित पत्रकार किशाेर श्रेष्ठले उक्त भिडियाे सार्बजनिक गरेकाे भन्ने समाचार सार्बजनिक भए पछि  रबिकाे समर्थहरुलाई थप ससंकित र आक्राेसित बनायाे र उनिहरुलाई  घटना रबिलाई फसाउनकै लागि प्रपञ्चित षड्यन्त्रपूर्ण रहेछ भन्ने तिर साेच्न बाध्य बनायाे । भिडियाे सार्बजनिक भए पछि भिडियाेलाई बिभिन्न काेणबाट बिश्लेशण र ब्याख्या गर्न थालियाे । र भिडियाेले भने जस्ताे आराेपितका कारण बाध्यकारी आत्महत्या नभएकाे मत राख्नेकाे जमात बढ्याे । घटनाकाे प्रकृति, मृतकसंग आराेपितहरुकाे सम्बन्ध, अराेपितहरुकाे चरित्र र घटनाकाे  अनुसन्धान गर्ने  सुरक्षा निकायकाे भूमिकाले स्वतन्त्र रुपमा बिश्लेषण गर्नेहरुमा घटना आत्महत्या नभएर हत्या भएकाे हुन सक्ने संका जन्माउन प्रसस्त आधारहरु खडा गरिदियाे र त्याे आसंका एककान दुईकान मैदान हुदै छताछुल्ल हुन थाल्याे । बिगतमा न्युज 24  टेलिभिजनमा सिधाकुरा जनतासंग कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम प्रस्ताेता रबि लामिछानेले पिडित र  सर्बसाधारण जनताकाे पक्षमा निभाएकाे सकारात्मक भूमिकाले उनीहरुमा रबि प्रति जमाएकाे सकारात्मक डेराले आराेपितलाई दाेषी स्विकार्न कुनै हालतमा तयार गराएन । र उनीहरु घटनालाई षड्यन्त्रपूर्ण हत्याकाे संज्ञा दिदै साेही काेणबाट घटनाकाे निश्पक्ष न्यायीक छानबिन गर्न, दाेषी पहिचान गरी सजाय दिन र निर्दाेषलाई ससम्मान रिहाई गर्न माग गर्दै  सडकमा उत्रिए । याे घटनालाई षड्यन्त्रपूर्ण हत्याकाे संकाकाे घेरामा राख्न  रबिलाई गिरफ्तारी गर्दाकाे प्रक्रिया, सार्बजनिक भएकाे मुचुल्का उठाउदै गर्दाकाे भिडियाे, बिगतमा भएका घटनाहरु, तिनीहरुकाे न्यायीक निरुपण, सरकारले निभाएकाे भूमिका, सुरक्षा निकायकाे भूमिका, यस बिषयमा चाेक चाैताराे र सामाजिक सञ्जालहरुमा भएकाे बहसहरु लगायतले थप मल जल गर्याे । जसले गर्दा जनमानस आत्महत्या र हत्या दुई ध्रुबमा बाँडिए ।  आराेपितहरु निर्दाेष भएकाे र षड्यन्त्रपूर्ण  हत्या नै भएकाे भन्नेहरुकाे जमात दिन प्रतिदिन बढ्दै सडकमा शसक्तरुपमा उत्रियाे । केही दिन चितवनमा मात्र सिमित रहेकाे दबाबमुलक आन्दाेलन देशभर फैलियाे । त्यति मात्र नभएर घटना बिश्वभर बहसकाे  बिषय बन्याे । आराेपितहरुलाई दाेस्राे पटक अनुसन्धानकाे लागि भन्दै ५ दिन म्याद थपिए पछि र रबिकाे हिरासतबाटै आफु असुरक्षित रहेकाे र फसाउने षड्यन्त्रकाे आसंका सहितकाे अभिब्यक्ति सार्बजनिक भएपछि देशभर रबिकाे समर्थनमा आन्दाेलन झन  चर्कियाे। देशकाे केन्द्रीय राजधानी काठमाडाैंमा रबिकाे पक्षमा उर्लिएकाे जमातले निकै ठूलाे हलचल मच्चायाे । रबिकाे समर्थनमा उर्लिएकाे जमातलाई अन्धभक्तहरु, भेडाहरु भनेर नजर अन्दाज गर्नेहरुलाई र सरकारलाई निकै ठुलाे झड्का लगायाे । याे घटनालाई लिएर  उर्लिएकाे जमात र भएका बहसहरु मुल त सरकारकाे अकर्मन्यताकाे परिणाम हाे भन्न हिचकिचाई रहनु पर्दैन । बिगतमा सरकारले निभाउनु पर्ने आफ्नाे जिम्मेवारी  ननिभाएकाे, बरु एउटा ब्यक्तिले न्याय, निसाब र जनताकाे पक्षमा खेलेकाे भुमिका कै कारण रबिलाई  देवत्वकरण र सरकारलाई राक्षसीकरण गर्न पछि परेनन् जनता । सिमित श्राेत साधनकाे प्रयाेग गरी एउटा सामान्य टिभी कार्यक्रम चलाउने रबि जन-जनकाे मनमा छाउदै हाई हाई हुनु र राज्यकाे साधन श्राेतमा नियन्त्रण र प्रतक्ष्य अधिकार रहेकाे सरकार जनताकाे नजरमा निकम्मा बन्दै बाई बाई हुन बिडम्बना नै हाे । एउटा ब्यक्तिले वर्तमान ब्यवस्था र कानूनकाे परिधिमा रही सरकारकै प्रमुख मुद्दाहरुलाई सम्बाेधन गर्ने भूमिका नुर्वाह गरेर जनताकाे मनमा बस्न सफल हुनु साच्चै सरकारका लागि लाजमर्दाे चुनाैति भै रहेकाे कुरा जगजागेर नै थियाे । हुन त यस घटनालाई लिएर राजनितिक रंग पनि दिन नखाेजिएकाे हैन । त्यस काेणबाट साेच्दा माैकाकाे फाईदा उठाउदै आफ्नाे राजनैतिक अभिष्ट पुरा गर्नेहरुले भूमिगत भूमिका खेलेकाे हुन सक्ने सम्भावना सहिकाे आसंकालाई नकार्न भने सकिदैन ।  तर त्यस्ताे परिस्थिति सृजना हुनुमा राज्य सरकार नै मुख्य रुपमा दाेषी र जिम्मेवार छ भन्दा अतियुक्ति नहाेला। त्यसैले याे परिणामकाे पनि उसैले जिम्मेवारी लिनु पर्दछ । अरु माथि दाेष थुपारेर सरकार चाेखिन कदाचित सक्दैन ।

    सडकमा उत्रिएकाे  जमातमा हिजाे राणा शासन फ्यालेर प्रजातन्त्र ल्याउनदेखि राजसंस्था फालेर गणतन्त्र ल्याइ नयाँ संबिधान जारी गर्न र त्यसकाे कार्यान्वयन गर्दासम्म महत्वपूर्ण याेगदान पुर्याउनेहरुकाे सक्रिय सहभागिता रहेकाे छ भन्ने हेक्का सरकारलाई हुनु पर्दथ्याे । त्यति मात्र हैन तिनै आन्दाेलित जनता हुन जसले गत निर्वाचनमा सक्रिय सहभागी भई बर्तमान सरकारलाई सत्ता आराेहणकाे यात्रा सम्पन्न गराउने । आफ्नाे समर्थन गर्ने जति मात्र जनता ,बिराेध गर्ने जति जनता हैनन् भन्ने स्वार्थी, भ्रमित र पुर्वाग्रही मानसिकताबाट मुक्त हुनु पर्दछ । खाेलाे तर्याे, लाैराे बिर्सियाे भने झै गर्ने जाे काेहीलाई आवश्यक पर्दा खाेलाे तर्दाकाे अवस्था सबिस्तार सम्झाउन जनता यसरी नै उर्लिन्छन् भन्ने  नजिर धेरै छन् । सडककाे प्रदर्शनले रबिकाे समर्थन मात्र गरिरहेकाे थिएन कि सरकारप्रतिका चरम असन्तुष्टि  सहितकाे कडा बिराेध ,प्रतिपक्ष सहितका अन्य राजनैतिक दलहरुले निभाई रहेका भूमिकाप्रतिकाे नैराश्यता र नेपथ्यबाट  ब्यवस्थाकाे बिकल्पकाे लागि अकल्पनीय दृश्य काेरिदै गएकाे देखिएकाे थियाे । राज्यकाे प्रमुख चार अंगहरु मध्य ब्यवस्थापिका र कार्यपालिका निकै कम्जाेर अवस्थाबाट गुज्रिरहेकाे छ । अब प्रहार न्यायपालिका माथि हुदैछ, जसका लागि माेहरा बनाईदै छ चाैथाे अंग प्रेस जगतलाई ।अब  यि दुई अंगहरु पनि कम्जाेर भए भने सरकार र ब्यवस्थाकाे मात्र हैन देशकै अस्तित्व संकटममा पर्ने अनुमान गर्न गाह्राे छैन । राजनैतिक हिसाबले स्वतन्त्र र प्रेसमा आबद्ध एउटा ब्यक्तिका लागि स्वस्फुर्त रुपमा मर्न तयार भएर आन्दाेलमा हाेमिएकाे यति ठुलाे जमात इतिहास मै पहिलाे हाे र तुलनात्मक रुपमा पार्टीले नेतृत्व गरेका आन्दाेलनहरु भन्दा कयाै गुणा भद्र र शान्तिपूर्ण  साबित भयाे आन्दाेलन पनि । यसबाट सबैले पाठ  सिक्नु नै पर्दछ । यस्ताे परिस्थितिमा पनि आफ्नाे हठ नत्याग्ने,पाठ सिकेर नसच्चिने र जनताकाे मनाेभावना नबुझी सडकमा उर्लिएकाे जनसागरलाई नजरअन्दाज गर्दै पुरानै पारामा अघी बढ्ने हाे भने जाे काेहीलाई जनताले अब भिर लड्नेलाई अहिसम्मकाे राजनैतिक यात्राकाे सहयात्रीकाे नाताले केबल राम राम मात्र बाेल्न सक्ने तर काँध नथाप्ने निश्चित छ । तसर्थ यिनै कुराहरुलाई आत्मसाथ गर्दै याे घटना देशकै एक महत्वपूर्ण संवेदनशिल घटना बनेकाले बढाे हाेसियारीपूर्वक निश्पक्ष रुपमा न्यायिक निरुपण गरिनु पर्दछ, जसले राज्यका सम्बन्धित निकायहरुप्रति जनतामा उब्जिएकाे उदासिनता र संका मेटाउदै नयाँ सिराबाट विश्वास जगाउन सकाेस् । यही कामना !

  • फलफुल खानुहुन्छ ? सावधान !

    फलफुल खानुहुन्छ ? सावधान !

    योगेश डंगोल ‘आदी’/न्यूयोर्क

    अमेरिकामा हुनुहुन्छ र फलफुल खाँदै हुनुहुन्छ भने पर्खनुस् । पहिले फलफुलमा टाँसिएको स्टिकर हेर्नुस् । त्यसमा कतिवटा अंक छ ? कतिबाट शुरु भएको छ ? त्यो अंकको अर्थ के हो, के जनाई रहेको छ ? त्यो जानकारी लिएर मात्र खाँदा सही फलफुल खाएको ठहर्नेछ । नत्र अनेकौं डरलाग्दो रोगको शिकार हुन सक्नुहुन्छ । सरकारको स्वास्थ्य बिभागले फार्मबाट तुरुन्तै टिपेर ल्याएको फार्मर्स मार्केटको अर्गानिक फलफुल बाहेकका कुनै अन्य फलफुलको उत्पादन प्रकृया र भण्डारन गरिएको अवस्थाको चेकजाँच गरेर स्टिकर टाँसेपछि मात्र बजारमा बेचबिखन गर्न पाईन्छ । अमेरिकाको समस्या के छ भने, युरोपमा बन्देज गरिएको अवस्थाको फलफुल, तरकारी, जुस इत्यादी अमेरिकामा खुलेआम बिक्री बितरण भईरहेको हुन्छ । भारतबाट बिषाक्त तरकारी नेपालमा भित्रिएको समाचार जस्तै डरलाग्दो तरकारी फलफुल अमेरिकामा पनि बिक्री भईरहेको छ । 

    प्लास्टिकको भाँडोमा माईक्रोवेभ मार्फत तताएर खाँदा जस्तै खतरनाक तत्वहरु पेस्टिसाईट्स, प्रोसेस्ड र इन्जेक्टेड फलफुल तरकारीहरु खाँदा शरिरमा प्रवेश गर्दछ । जसको कारण क्यान्सर जस्ता रोगहरु लाग्ने सम्भावना बढी रहन्छ । यो नसोच्नुस् कि अमेरिकामा सबै कुरा राम्रो पाईन्छ । अमेरिका पैसाले सबै काम कुरा गर्न सकिने देश हो । कसैसँग यथेष्ट पैसा छ भने अमेरिकामा मान्छे मारेपनि कानूनका अनेक छिद्र प्रयोग गरी जेल बस्न नपर्ने देश हो । यहाँ जुन सामान, जति मुल्यमा, जसले जसरी बेचेपनि महंगो मुल्य लिएको निहुँमा कारवाही हुँदैन । उपभोक्ता आफै सचेत छैन भने यहाँ उस्तै चिजलाई दोब्बर मुल्य पनि लिइ दिन सक्छ । नेपालमा जस्तो खाद्य पदार्थको मुल्य सरकारले निर्धारण गर्दैन । अर्थात यहाँ समाजबादको कुनैपनि तप्काको अभ्यास हुँदैन । त्यसैले आफुले दैनिक खाने खाना कस्तो छ ? त्यो जान्न जरुरी छ । खासगरी फलफुल र तरकारी ।

    सामान्यतया हामीले बजारमा फलफुल छान्दा चिल्लो दाग नलागेको हेरेर छान्छौं । जुन गलत हो । राम्रो फलफुल चिल्लो हुँदैन । धरैजसो फलफुलमा लामो समयसम्म किरा नलागोस् भनेर किरालाई मन पर्ने फलफुलको गुण नै सुई हालेर निष्कृय पारेको हुन्छ । नकुहिनको लागि र फलफुलमा साईनिङ् ल्याउनको लागि टोक्सिक केमिकल्स लगाईन्छ । फरबुजालाई गुलियो बनाउका लागि इरिथ्रोसिन बी नामक सुई लगाइन्छ । रंगको सुई नगलाएको फरबुजा सिन्दुर जस्तो रातो कहिल्यै हुँदैन । काँचो केरा, गोलभेडा, आँप, सुन्तला, स्याऊ इत्यादी फलफुललाई काँचैमा किराबाट बचाउनको लागि टिपेर सुईबाट बाँकी पकाउनेसम्मको प्रकृया पुरा गरेको हुन्छ ।

    हरेक फलफुलमा टाँसिएको अंकको अर्थ के हो ?

    यदि फलफुलमा ५ अंकवाला स्टिकर टाँसिएको छ र त्यो ९ बाट शुरु हुन्छ भने त्यो पूर्ण रुपमा शुद्ध अर्गानिक हो । यस्तो फलफुल होलफुड, कुनै कुनै ट्रेडर्स जो, सबै अर्गानिक मार्केट्समा पाईन्छ । (न्यूयोर्क ज्याक्सन हाईट्समा बस्नुहुन्छ भने ३७ एभेन्यू बिटवीन ८४ र ८५ स्ट्रिटको अर्गानिक मार्केटमा पाईन्छ) 

    कुनै फलफुलमा ५ अंकवाला स्टिकर छ तर ८ बाट शुरुभएको छ भने जेनेटिकल्ली मोडिफाईड हो । खान सकिन्छ र अर्गानिक होइन ।

    तँपाईले किन्नु भएको फलफुलमा ४ अंकवाला स्टिकर छ । जुन ३ वा ४ अंकबाट शुरु भएको छ भने आजै खान बन्द गर्नुहोस् । त्यो फलफुललाई ३ ओटा कृतिम प्रकृया पुरा गरेको छ । पकाउन, सुरक्षित राख्न र चिल्लो देखाउन ३ किसिमको हानिकारक केमिकलको प्रयोग गरिएको छ । थप जानकारी हेल्थ डिपार्टमेण्टको वेवसाईड वा गुगलदाईबाट लिन सकिन्छ ।

    हरेक वर्ष अमेरिकामा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सरकारले चेतनामुलक कार्यक्रम गरिरहेको हुन्छ । तर व्यापारी र पहुँचवालाले त्यो समाचार बाहिर आउन नै दिदैनन् । सरकारी निकायले पनि, कारण भगवान जानुन, तर तदारुकताका साथ पहल गर्दैनन् । जबकी युरोपमा हरेक महिना यस सम्वन्धमा जनचेतनामुलक कार्यक्रमहरु भईरहेका हुन्छन् । वर्ल्ड हेल्थ अर्गनाईजेशन र डिपार्टमेण्ट अफ हेल्थ लगायतका सरोकारवाला निकायलाई सबै यथार्थ थाहा छ तर अमेरिकाको ३० करोड जनताको बजार मागलाई बिचार गरेर यस बिषयमा मौन देखिन्छ ।

    सरकारले रोकोस् नरोकोस्, आफु र आफ्नो परिवारको स्वास्थ्यलाई बिग्रनबाट रोक्ने काम तँपाईको हो । थोरै खानुहोस् तर राम्रो शुद्ध खानुहोस् । खानाको स्वरुपमा बिष सेवन गरेर बहुमुल्य जीवनलाई रोगको मुख नधकेलौं ।

  • नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी

    नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी

    काठमाडौं

    नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिकाका रुपमा परिचय बनाएकी नायिका नम्रता श्रेष्ठ अहिले फुरुंग छन् । चलचित्र सानो संसारबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी सफल मोडल, अभिनेत्रीसँगै व्यवसायी एवम् निर्मात्रीसमेत बनेकी छन् । अहिले उनी आफैंले निर्माण गरेको चलचित्रको प्रदर्शनको तयारीमा लाग्दै गर्दा सफल व्यवसायी एवम् निर्मात्री बन्ने लक्ष्य राखेकी छन् । कुनै समय अश्लील भिडियोका कारण विवादमा

    तानिएपछि उनी मानसिक समस्यामा समेत परेकी थिईन् । उनलाई बालबालिका निकै मन पर्छ । पहिले पहिले आफ्नो करियरका विषयमा चर्चामा रहने नम्रता अहिले भने आफ्नो विवाहमा भैरहेको ढिलाइका कारण चर्चामा आउने गरेकी छन् । पछिल्लो समय उनले हरेक सावर्जनिक समारोहमा प्रेमीलाई लिएर जाने गरेकी छन् । डिप्रेशनको अवस्थाबाट माथि उठेर उनले अहिले आफूलाई

    सफल नायिकाको सूचीमा राखिरहेकी छन् ।

  • यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्

    यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्

    ईश्वर पोख्रेल

    उपप्रधान तथा रक्षामन्त्री

    पछिल्लो समय सबैभन्दा बढी चर्चा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कूल विभागको विषयलाई लिएर चर्चा भयो । शुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले त्यो विभागको जिम्मेवारी पाउने चर्चा भए पनि पछिल्लो समय त्यो विभागका आकांक्षी बढ्दै गए । नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, घनश्याम भुसालले मात्रै होइन पूर्व अध्यक्ष झलनाथ खनालले समेत स्कूल विभागमा चासो देखाए । तर, अन्तिममा ईश्वर पोख्रेलले नै बाजी मारे । पोख्रेलसँग यिनै विषयमा मोहन बास्तोलाले गरेको कुराकानी 

    निकै चर्चामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कूल विभागको जिम्मेवारी प्राप्त गर्नुभयो । सबैभन्दा पहिला त बधाई छ ?

    – धन्यवाद ।

    यो विभागको जिम्मेवारी प्राप्त गरेपछि यो सन्दर्भमा चाहिँ तपाईंको प्रतिक्रिया के छ ?

    – म पार्टीको एउटा जिम्मेवार कार्यकर्ता भएको नाताले मैले पार्टीले दिएका हरेक जिम्मेवारीलाई यो अघि पनि पूरा गर्दै आएको इतिहास साक्षी छ । त्यसै क्रममा अहिले मलाई पार्टी स्कूल विभागको जिम्मेवारी पार्टी सचिवालयको निर्णयबाट मैले प्राप्त गरेको छु । मैले पहिला प्राप्त गरेका जिम्मेवारीलाई मेरो योग्यता, क्षमताले पूरा गर्ने प्रयत्न गरे जस्तै यो जिम्मेवारी पनि पूरा गर्ने गरी लाग्ने छु ।

    तत्कालीन नेकपा एमालेमा शक्तिशाली महासचिवको जिम्मेवारी सम्हालेको तपाईंसँग अनुभव छ । पार्टी एकता हुँदा स्वाभाविकै रुपमा तपाईं महासचिवको जिम्मेवारीबाट अलग रहनु भयो । अहिले फेरि शक्तिशाली विभागको जिम्मेवारी तपाईंलाई प्राप्त भएको छ । स्कूल विभागमा तपाईंबाहेक अरुले पनि आशा गरेका थिए । तर, अन्तिममा तपाईंले नै प्राप्त गर्नुभयो । अब फरकफरक लक्ष्यसहित हिँडेका दुई कम्युनिष्ट पार्टी एक भएको अवस्थामा विचारलाई पनि संगठित बनाएर लैजानु पर्ने जिम्मेवारी तपाईंले सम्हालेको विभागको काँधमा छ । यसलाई कसरी लिनुभएको छ ?

    – यसलाई सबैभन्दा पहिला यसरी बुझ्नु पर्छ । हामी पहिला आआफ्नो बैचारिक मान्यता अनुसार अघि बढेका थियौँ । त्यो सन्दर्भमा कतिपय अवस्थामा हाम्रा आआफ्नौ कार्यशैली पनि थिए । परिवर्तित सन्दर्भमा हामी एक भएका छौँ । अहिले नेकपा एमाले पनि छैन र नेकपा माओवादी केन्द्र पनि छैन । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्रै छ । त्यसैले अब हाम्रो पार्टीका अध्यक्षदेखि हामी सबैले के बुझ्नु पर्छ भने यो नयाँ पार्टीलाई एकताबद्ध

    बनाएर लैजाने हाम्रो संकल्प हो, त्यो बन्नुपर्छ । दुनियाँभरी कम्युनिष्टहरु फुट्न मात्रै जान्दछन् भन्ने असाध्यै नकारात्मक धारणा अहिले फैलिएको छ । यस्तो बेलामा हामी फुट्न मात्रै होइन जुट्न पनि जान्दछौँ भन्ने हामीले एउटा दृष्टान्त प्रस्तुत गरेका छौँ । यहाँको परिस्थिति अनुसार यहाँको माक्र्सवादलाई आफ्नो ढंगले प्रयोग गर्दै अघि बढ्नु पर्छ भन्ने ठाउँमा हामी पुगेका छौँ । विगतमा हाम्रो बारेमा हामी उपयुक्त समयमा बस्तुनिष्ठ समिक्षा गर्ने नै छौँ । तर, अहिले हामी जुन ठाउँमा छौँ । हामी विचारमा समान छौँ । संगठनात्मक हिसावले सुदिृढ बन्नुपर्छ भन्ने निष्कर्षमा हामी समान छौँ र नेतृत्व निर्माणको एउटा बैज्ञानिक विधिबाट अघि बढ्नु पर्छ भन्ने कुरामा पनि हामी समान छौँ ।

    अलकअलक पृष्ठभूमिबाट आएका दुई पार्टी एक ठाउँमा मिसिएपछि अलिक परसम्म दुई नदी मिल्दा पानीको अलकअलक रंग देखिए जस्तो हुनु स्वाभाविक नै हो । तर, अब हामी एक भै सकेका छौँ अब रगं पनि छुट्याउन सक्ने अवस्थामा छैन । त्यसैले हामी अब एक ढिक्का भएर अघि बढेका छौं।

    त्यसैले यति बेला पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीका कुरा अघि सारेर अहिलेको ऐतिहासिक एकतालाई विथोल्ने काम कसैबाट पनि हुनुहुदैँन । यसलाई कमजोर ढंगले बुझ्ने काम पनि कसैबाट गर्नुहुँदैन । त्यो कसैमा पनि छैन । जुन ऐतिहासिक सफलता प्राप्त गरेका छौँ । त्यसलाई पनि व्यवस्थित गर्नु पर्ने गहन जिम्मेवारी चाँहि हाम्रा सामू छ । अहिले पनि कतिपय नमिलेका कुरामा दुई अध्यक्ष बसेर गृहकार्य गर्ने, उहाँहरुले धारणा ल्याउने र हामीले सामूहिक रुपमा निर्णय गरेर पठाउने गरेका छौँ । अझै पनि हामीले एकता प्रक्रियाका केही बाँकी कामलाई टुंगोमा पुर्याउनु पर्ने जिम्मेवारी छ । हामी त्यसलाई पनि जति सक्दो छिटो टुंगोमा पुर्याउने छौँ । हामी यो प्रक्रियालाई टुंगोमा पुर्याउने वित्तिकै पार्टीको स्थायी कमिटी बैठक पनि राख्छौँ  र त्यो बैठकबाट हामीले गर्नुपर्ने थप कामको योजना बनाएर अघि बढ्छौँ । जहाँसम्म पार्टी स्कलू विभागको सन्दर्भ छ । हाम्रो पार्टीमा ३३ आेटा विभाग छन् । ती मध्यको एक महत्वपूर्ण विभाग पार्टी स्कूल विभाग पनि हो । कुनै विभागले आफ्नो छुट्टै नयाँ निर्णय गरेर पार्टी एकातिर विभागहरु अर्कैतिर हुने होइन, हुन सक्दैन । बरु पार्टीले गरेका संस्थागत निर्णयलाई ती विभागले कार्यान्वयन गर्दै जाने हो । विभागले पनि पार्टीलाई चलायमान बनाउन आफनो विभागका गतिविधिलाई सस्ं थागत ढगंले चलायमान बनाउने हो । त्यसलै यसलाई अन्यथा ढंगले बुझ्नुपर्छ जस्तो मलाई लाग्दैन र बुझ्न जरुरी पनि छैन ।

    अहिले एउटा भ्रमचाँहि के चलाइएको छ भने यो स्कूल विभागको विषयलाई लिएर भयंकर बहस चलाइएको थियो । तर, त्यस्तो होइन त्यो निर्णय गर्ने बेलामा एजेण्डाका रुपमा उठ्यो र हामीले सर्वसहमतिबाट त्यसलाई टुंगोमा पुर्याउने काम गर्यौँ । होला बाहिर समूहमा केही त्यो विषयमा पनि बहस भयो होला तर कमिटीमा पहिलो पटक औपचारिक ढंगले त्यो विषयमा छलफल भयो र हामीले फेरि पनि भन्छु । हामीले सम्र्वसहमति ढंगले निर्णय गर्यौँ ।

    कतिपय कुरा बाहिर आउँदा भित्रको यथार्थ नबुझि आइदिन्छन् । अनि हामी त्यसैमा केन्द्रित भएर बहसमा सहभागी भइदिन्छौँ । त्यसले भित्रि कुरालाई बोकेको हुँदैन । यो समस्याका रुपमा पनि आएको छ । यो विषयमा मैले एक शब्दमा भन्दा अरु नेताहरुले विभिन्न जिम्मेवारी पाउनु भयो त्यति मध्येको एउटा जिम्मेवारी मैले पनि पाएको हुँ।

    भनेपछि यो स्वाभाविक प्रक्रिया हो ?

    – हो, मैले अघि पनि भने यो विभाग मैले पाउने वित्तिकै मैले फरक ढंगले चलाउने कुरा त होइन । मैले पार्टीको निर्णय अनुसार नै चलाउने हो । त्यसैले यो विषयमा धेरै बहस र चर्चा गर्नुको औचित्य छ जस्तो मलाई लाग्दैन । हरेक विभाग पार्टीको अधिनस्त भएर चलेका हुन्छन् । याजे ना पनि त्यसै अनुसार चल्ने हुन् । मैले पनि चलाउने त्यसैगरी हो ।

    भनेपछि बैचारिक रुपमा दुई पार्टीलाई एक बनाएर अघि लैजाने कुरामा तपाईँको भूमिका महत्वपूर्ण रहने छ ?

    हामी जुन बैचारिक जगमा उभिएका छाँै । त्यो जगमा उभिएर त्योसँग गाासिएका कतिपय पृथकपृथक लाग्ने पृथकपृथक देखिने कुरालाई मिलाएर जानुपर्छ, त्यसको विकल्प छैन । फेरि पनि भन्न चाहन्छु अब एमाले पनि छैन । माओवादी पनि छैन । अहिले हामी सबै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा भएका छौँ । हामी त्यहि अनुसार नै अघि बढ्नुपर्छ । यो पार्टीमा सुसंगत, बैचारिक श्रृंखला हुनुपर्छ त्यो भएन भने त्यो विचार बोकेर हिड्ने मान्छेहरुको पब्क्ति पनि कमजोर भएर जान्छ । त्यसैले यो कुरामा पनि हामीले हेक्का राख्न जरुरी छ ।

    आज हामी संविधानको सर्वोच्चता, कानुनको शासन, आवधिक निर्वाचन, प्रतिस्पर्धाको राजनीति, शान्तिपूर्ण प्रर्दशनको कुरा, नियन्त्रण र सन्तुलनको कुरा, समाजका बहलुता, बहलुवादी खुला समाज जस्ता कुरालाई हामी मानेर अघि बढिरहेका छौँ । वास्तवमा भन्ने हो भने हामी यस्ता कुराबाट निर्देशित भएर हामी अघि बढ्ने हो । राज्य सञ्चालनका यी मुलभूत कुरालाई हेक्का राख्दै अघि बढ्नु पर्ने पनि दायित्व छ ।

    हाम्रो यतिबेलाको विचार यी नै कुरामा निर्देशित भएर अघि बढ्छदै माक्र्सवादलाई सिर्जनात्मक ढंगले लागु गर्ने र कार्यान्वयन गर्ने कुरामा पनि ध्यान दिन जरुरी छ । पार्टी स्कूल विभागले पनि यी कुरालाई नै सिर्जनात्मक ढंगले देशव्यापि ढंगले पार्टी पब्क्तिमा लैजान्छ ।

    ७० वर्षको इतिहासलाई हेर्ने हो थुप्रै पटक टुटफुटको सिकार कम्युनिष्ट पार्टी पनि भयो । अब एकताबद्ध सन्देश दिएर अघि बढ्नु हुन्छ ?

    – निश्चय पनि ।