गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

Photo Source : Gorakhapatra online

काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जनाको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । उनीहरुले आइतबारबाट यस्तो माफी पाउने भएका हुन् ।… Continue reading गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ

काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय नघट्ने फैसला आएको भोलीपल्टै पत्नी हत्याका दोषि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष… Continue reading पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ

बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । बुधबार नेपाली कांग्रेसका महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए… Continue reading बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन

यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन । विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ गरेको हो । अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा… Continue reading यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको… Continue reading बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन

काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छप्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल,… Continue reading सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन

नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम… Continue reading नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

काठमाडौं । जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने भएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु… Continue reading मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा… Continue reading आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

काठमाडौं । स्थानीय तह निर्वाचनको दौरान अहिले मौन अवधी जारी छ । तर, नेताहरुले जानेर वा नजानेर सामाजिक संजालमा बढी आचारसंहित उल्लंघनका घटना भएका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाई छ… Continue reading नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् । स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको… Continue reading केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बुधबार एक घण्टा प्रभावित भयो । ९ः४५ बजे एक अपरिचित व्यक्तिको टेलिफोन आएपछि विमानस्थलमा त्रास फैलिएको हो । त्यसपछि विमानस्थल कार्यालयले सूचनाबारे सुरक्षा निकायलाई जानकारी गराएको थियो । विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार एक घण्टासम्म विमानस्थलको आन्तरिक टर्मिनल बन्द गरेर सर्च गरिएको थियो । सो क्रममा नेपाली सेनाको… Continue reading बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको… Continue reading केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालमा राखे कारवाही हुने चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने छ । स्थानीय तह सदस्य… Continue reading निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यससँगै गभर्नर अधिकारीको पद नहट्ने भएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको… Continue reading गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र… Continue reading स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

काठमाडौं । आइतबार (आज) र भोली स्थानीय तह निर्वाचनमा उठ्ने उमेदवारले उमेदवारी दर्ता गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने जानकारी गराएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उमेदवारी दर्ता गराउन सकिने भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय… Continue reading आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

File

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको काम आइतबारबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको हो । शनिवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै… Continue reading स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए… Continue reading इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

बैतडी । अनुमति नलिई प्याराग्लाइडिङ उडाएका एक विदेशी नागरिक बैतडीमा पक्राउ परेका छन् । राससका अनुसार पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र… Continue reading अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख गरिएको छ ।… Continue reading संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपालमा पौने ४ अर्ब बराबर कर छलिको अभियोगमा बहुराष्ट्रिय कम्पनी कोकाकोला र संचालकविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको अभियोगमा शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३… Continue reading पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता

कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन… Continue reading कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ… Continue reading काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

आज संसद बैठक, एमसीसीबारे छलफल हुने

काठमाडौं । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भएको छ । तर, दलहरुबीच सहमति हुन नसकेपछि छलफल हुन भने सकेको छैन । सोहीकारण पटक पटक स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको छ । फागुन ८ मा एमसीसी सम्झौता अनुमोदन गर्न संसदमा टेबुल भएको हो । आइतबार बैठक दिउँसो १ बजे बस्ने छ । संसद… Continue reading आज संसद बैठक, एमसीसीबारे छलफल हुने

स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?

File

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि आचार संहिताको टुंगो लगाएको छ । उमेदवारको नाममा सरकारी पेश्की र बेरुजू रहन नपाइने भएको छ । यसले उमेदवारहरुलाई जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट… Continue reading स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?

सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । सत्तारुढ दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोटमा पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा श्रीमती डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि… Continue reading सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना निकाल्दै निर्वाचनमा भाग लिन दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार बिहीबारबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने भएको छ । दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि… Continue reading स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने

काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २… Continue reading काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि दुई पक्षबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता… Continue reading नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल