काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नैतकताको प्रश्न उठेका व्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने स्पष्टीकरण दिएका छन् । जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सिफारिस गरेसँगै अहिले पार्टीको व्यापक आलोचना भइरहेको छ । यसैतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज… Continue reading नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण
Category: कानुनी कुरा
इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरूद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको… Continue reading इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा
दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन
काठमाडौं । बुधबार साँझ साढे ६ बजे बुद्धनगरस्थिति एक निर्माणाधिन घरको छतबाट हाम फाल्दा एक किशोर र एक किशोरीको ज्यान गएको छ । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरको बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल फालेका हुन् । घटनास्थलमा प्रहरी पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । उनीहरुलाई तत्काल सिभिल… Continue reading दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन
एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि… Continue reading एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने
काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेका अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको छ । सार्वजनिक जग्गामा रहेका, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानैबाट भत्काउन थालिएको महानगरले जनाएको छ । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर… Continue reading काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी
महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गर्ने कारखानामा छापा हानेको छ । सो क्रममा पाँच जना पक्राउ परेका छन् । नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४… Continue reading महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ
बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन
काठमाडौं । बिहीबार पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियानमा संलग्न रहे । शुरुमा बानेश्वर क्षेत्रमा अनधिकृत संरचना हटाउन निर्देशन दिएका उनको अल्फाबिटामा भने घरधनीसँग चर्काचर्की परेको थियो । त्यसपछि उनले नक्सा र डोजर नै ल्याएर संरचना भत्काइएको छ । बालेनले नक्सा पास नभई बनाइएका यस्ता संरचना हटाउन भनेका छन्… Continue reading बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन
भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान
क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी… Continue reading भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान
मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी
काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट १९३७ वटा उजुरी परेका छन् । गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सोमबारसम्म मिटरव्याज पीडितहरूबाट सो संख्यामा उजुरी आएको हो । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान… Continue reading मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी
कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ
झापा । झापामा कन्सलटेन्सीका नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक– ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र… Continue reading कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ
सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन
काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा… Continue reading सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन
फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण
काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो । त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण… Continue reading फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण
नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी
काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पास गर्ने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फिर्ता पठाएको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने तयारी रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ११ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव… Continue reading नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी
निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ
काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गरेकी छिन् । काठमाडौंको… Continue reading निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ
आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज पुरा हुने भएको छ ।सरकारले चुनावको मिति घोषणा गरेपछि आयोगले २२ साउनमा दल दर्ताका लागि आह्वान गरेको हो । साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य… Continue reading आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै
काठमाडौं । नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजबाट प्रतिनिधि सभामा प्रक्रिया शुरु हुने भएको हो । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ । संघीय संसद… Continue reading नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै
ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा
काठमाडौं । ट्राफिक नियम मिच्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् । ट्राफिक प्रहरीको चेकमा सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद… Continue reading ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा
राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?
काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको थियो । राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेसँगै राजनीतिक सरगर्मी तातेको छ । एमालले राष्ट्रपतिको कदमको स्वागत गरेको छ । कांग्रेसले कडा आलोचना गरेको छ । माओवादीले भने साझा धारणा बनाएर मात्र प्रतिक्रिया दिने भनेको छ । राष्ट्रपतिको असहमतिका कारण नागरिकता विधेयक पुनः… Continue reading राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?
निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतलाई अस्पतालमा पुगेर भेट गरेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् । ‘आफ्नो बच्चाको… Continue reading निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो
संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन
काठमाडौं । प्रहरी समायोजन नभएको आरोप लगाउँदै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणमा आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरे । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १… Continue reading संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन
निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले… Continue reading निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी
नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन
काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने… Continue reading नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा
न्यूयोर्क । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पाम हाउस र रिसोर्ट मार ए-लिगोमा मंगलबार छापा हानेको छ । न्यूयोर्क टाइम्सले लेखे अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारेका हुन् । ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई यसबारे जानकारी गराएका हुन् । एजेन्सीले कुनै पनि सूचना बिनै घरमा छापा मारेको हो… Continue reading अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा
निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु… Continue reading निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता
निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज
काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । गत साउन २० मा सत्ता… Continue reading निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल
काठमाडौं । अहिले निलम्बितमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभाको आजको बैठकबाट छलफल शुरु हुने भएको छ । संघीय संसद सचिवालयको कार्यसूची अनुसार आइतबार बिहान ११ बस्ने बैठकमा महाभियोग प्रस्ताव पेस हुने कार्यक्रम छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ । प्रतिनिधि सभा… Continue reading प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल
निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट
काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लक्षित गरी आजबाट दल दर्ताको समय तोकिएको छ । निर्वाचन मंसिर ४ मा हुदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक… Continue reading निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट
स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?
काठमाडौं । निर्वाचनको मिति घोषणा सँगै शुक्रबारबाट मतदाता नामावली संकलनको काम रोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको घोषणा भएपछि आजबाट मतदाता नामावली सङ्कलनको काम स्थगित भएको हो । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गतेसम्म समय निर्धारण गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि… Continue reading स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?
विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा… Continue reading विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई बुधबार राती पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई राति पक्राउ गरेको हो । बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा… Continue reading हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ