स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

The remains of a 17th century shipwreck is pictured after resurfacing in Stockholm, Sweden, on February 17, 2026. A 17th century Swedish Navy shipwreck buried underwater in central Stockholm for 400 years has been visible above the surface since early February due to unusually low Baltic Sea levels. (Photo by Jonathan NACKSTRAND / AFP)

स्टकहोम, ६ फागुन (रासस–एएफपी) । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् । क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग… Continue reading स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

file

अबुजा, नाइजेरिया, ८ माघ (रासस–एएफपी) । नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपश्चिमा १५० भन्दा बढी चर्चका उपासकहरूलाई अपहरण गर्ने बन्दुकधारी र बन्धक बनाइएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । आक्रमणकारीले बन्धकका परिवारसँग फिरौतीका लागि १७ वटा मोटरसाइकल माग गरेका छन् । हालैका महिनाहरूमा पश्चिम अफ्रिकी राष्ट्रमा धार्मिक पूजा केन्द्रहरूलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो सामूहिक अपहरणमा, आक्रमणकारीहरूले… Continue reading नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

ट्रम्पले लेखे : भेनेजुएलाकी विपक्षी दलकी नेता मचाडोले मलाई नोबेल पुरस्कार दिइन्

२ माघ, काठमाडौं । भेनेजुएलाकी विपक्षी दल नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेको स्वयमः ट्रम्पले जानकारी दिएका छन् । उनको बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएको भेट भएको थियो । सो क्रममा मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक हस्तान्तरण गरेको बताइएको छ । राष्ट्रपति ट्रम्प… Continue reading ट्रम्पले लेखे : भेनेजुएलाकी विपक्षी दलकी नेता मचाडोले मलाई नोबेल पुरस्कार दिइन्

तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

Barber and content creator Safari Martins uses a clothing iron as he shaves Ian Njenga in Kiambu, Kenya, Wednesday, Nov. 26, 2025. (AP Photo/Andrew Kasuku)

किम्बु (केन्या), १८ पुस (रासस–एपी) । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन् । झुपडीको काठको भित्तामा बेलचा, फलाम, कृषि कैँची र रेन्च झुण्ड्याइएको छ । तर यहाँ उपकरण किन्ने कुरा होइन, ग्राहकहरू कपाल काटाउन आएका हुन्छन् । “म केवल अपरम्परागत उपकरणहरू प्रयोग गर्छु”,… Continue reading तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर (रौतहट), १५ पुष । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर… Continue reading ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

File

काठमाडौँ, ८ पुस । सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,… Continue reading सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

FILE - An attendee asks Pearl Harbor survivor Ira "Ike" Schab, 103, to sign an U.S. flag during the 82nd Pearl Harbor Remembrance Day ceremony on Thursday, Dec. 7, 2023, at Pearl Harbor in Honolulu, Hawaii. (AP Photo/Mengshin Lin, File)

होनोलुलु (अमेरिका), ७ पुस (रासस–एपी) । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उनकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिइन् । उनको निधनसँगै पर्ल हार्बरको आकस्मिक… Continue reading पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह

Australian Prime Minister Anthony Albanese, left, and Jodie Haydon smile after getting married in Canberra, Saturday, Nov. 29, 2025.(Mike Bowers/Pool Photo via AP)

मेलबर्न, १४ मङ्सिर (रासस–एपी) । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरेका छन् । अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता बनेका छन् ।दिउँसो द… Continue reading क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

जकार्ता, ११ मङ्सिर (रासस–एएफपी) । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन् । जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि… Continue reading जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

file photo

लिली, फ्रान्स, २९ कात्तिक (रासस–एएफपी) । उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् । चोरले कथित रूपमा बुधबार लिली नजिकैको मध्य रूबैक्समा एक गहना पसलमा तोडफोड गरी बहुमूल्य सामानहरू लिएर भाग्नु अघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धकसमेत बनाएका थिए। प्रहरीका अनुसार चोरले लगेका गहनाहरूको मूल्य पाँच लाखदेखि १० लाख… Continue reading फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, २८ कात्तिक (रासस–एएफपी) । टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमती दिएको बताइएको छ… Continue reading जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

अस्ट्रेलियामा ‘लुसिफर’ मौरी भेटियो, वैज्ञानिक चकित

सिड्नी, २६ कात्तिक (रासस–एएफपी) । घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ(सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकहरूले यसलाई मेगाकाइल ९ह्याकेरियापिस० लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ । यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला… Continue reading अस्ट्रेलियामा ‘लुसिफर’ मौरी भेटियो, वैज्ञानिक चकित

बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

The President of Cameroon, Paul Biya, speaks at a campaign rally in Maroua on October 7, 2025. Getty Images/AFP/Robert Fimbaye

याउन्डे, २१ कात्तिक (रासस–एएफपी) । विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिएका छन् । यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उनलदे ५३.७ प्रतिशत मत प्राप्त गरी विजय भएका थिए । विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको… Continue reading बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण

सुदन गुरुङले मागे गृहमन्त्रीको राजिनामा, रक्षा बम भन्छिन्, त्यो पर्दैन

२१ कात्तिक, काठमाडौं । जेनजी अगुवाका नाममा उदाएका सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजिनामा मागेका छन् । उता अर्की अगुवा रक्षा बमले भने अहिले गृहमन्त्रीको राजिनामा आवश्यक नभएको बताएकी छिन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन समूह सुदन प्रति निकट मानिन्छ । सोहीकारण सुदनको आक्रोस बालेन समूहको आक्रोसका रुपमा हेरिएको छ । गुरुङले सामाजिक मार्फत धारणा… Continue reading सुदन गुरुङले मागे गृहमन्त्रीको राजिनामा, रक्षा बम भन्छिन्, त्यो पर्दैन

उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

३१ असोज, काठमाडौं । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ । दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र… Continue reading उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

काठमाडौँ, ३१ असोजः एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो । सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल… Continue reading मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

AI Generated Image

चितवन, २८ असोजः कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का… Continue reading मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि….

पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

१६ असोज, पेरिस । रासस–एएफपी ।पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुगेका छन् । उनी फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुन् । उनी सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइन चिच्याउँदै हिँड्छन् । ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ ?’ वा ‘(एरिक) जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे ?’ जस्ता रमाइला… Continue reading पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

‘जेन-जी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

file

९ असोज, झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन्… Continue reading ‘जेन-जी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

३ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनी आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका हुन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा… Continue reading अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे

सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

३१ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ… Continue reading सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

एजेन्सी२९ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ। ‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको… Continue reading जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

२२ भदौ, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँमा बस्ने जीवनाथ तिमल्सिनालाई पक्राउ गरी आज सार्वजनिक… Continue reading हत्यापछि फरार तिमल्सिना ४५ वर्षपछि पक्राउ

काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ

११ भदौ, काठमाडौं । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौँ महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौँ महानगरपालिका–१३… Continue reading काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

२६ साउन, काँक्रेबिहार । कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षण गर्न राउटे करिडोर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२÷२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्साङ्कनका आधारमा करिडोर बन्ने भएको हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत,… Continue reading कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला

१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । रहस्यमयी तरिकाबाट हराएका उनीहरुका आज दिनभर खोजतलास गरिएको छ । तर, यो समाचार तयार पार्दासम्म फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको… Continue reading सिन्धुलीमा एकै घरका १६ जना वेपत्ता, दिनभरको खोजीमा पनि परेनन् फेला

प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

८ साउन, काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको छ । सबै कार्यालयमा परिपत्र पुगेको बताइएको छ । आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको प्रहरीको भनाई… Continue reading प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

सांसद डा सिंह काठमाडौँ, ८ असार : नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद डा अमरेशकुमार सिंह विनियोजन विधेयक २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय,अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस

८ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु… Continue reading संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक बिहिष्कार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू वेल अगाडिबाट बाहिर निस्किदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

७ असार, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल हरेक दिन जसो जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् । यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि… Continue reading प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए

३० जेठ, ओखलढुङ्गा । यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले आज बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिए । निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए ।… Continue reading ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए