केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

काठमाडौं । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ… Continue reading केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ। १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले… Continue reading नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउदै… Continue reading प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…

काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्। सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो। जब त्यो फोन फेला पर्‍यो पानी पसेका कारण त्यो काम नगर्ने… Continue reading फोन तलाउमा खसेपछि जब जलाशय नै खाली गराइयो…

दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खोल्ने यात्रु पक्राउ

NEWS 1\bbc

काठमाडौं । दक्षिण कोरियामा अवतरण गर्ने क्रममा रहेको एशियाना एअरलाइन्सको एउटा विमानको आपत्कालीन द्वार खोलेको आरोपमा एक यात्रु पक्राउ परेका छन्। डेगू अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार सुरक्षित रूपमा अवतरण गरेको उक्त विमानमा यात्रा गरिरहेका १९४ जना यात्रुहरू सकुशल छन्। तर विमान अवतरण गर्दा त्यसको आपत्कालीन ढोका भने खुलै थियो। विमानमा भएका केही यात्रु बेहोस भएका थिए… Continue reading दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खोल्ने यात्रु पक्राउ

यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा… Continue reading यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

File

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ। बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो। जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो। आज दिउँसो प्रशिक्षक… Continue reading शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

उड्नै लागेको जहाजमा जब मुसो देखियो…

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो। तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले… Continue reading उड्नै लागेको जहाजमा जब मुसो देखियो…

युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल

काठमाडौं । सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतका साथ सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजाय हुने भएको छ । क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड… Continue reading युट्युवका लागि जानाजान प्लेन दुर्घटना गराउने युट्युवरलाई अमेरिकामा २० वर्षको जेल

धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

काठमाडौं । कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ। पेट दुख्यो भनेर सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । ‘भिडिओ एक्स रे गर्दा पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिए पनि उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको… Continue reading धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

ललितपुरमा जब जमिन भासियो…

काठमाडौं । ललितपुरको बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् । घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको… Continue reading ललितपुरमा जब जमिन भासियो…

मेयर बालेन सिंहदरबारसँग आक्रोसित, फोहोर नउठाउने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति आक्रोस व्यक्त गरेका छन् । आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई… Continue reading मेयर बालेन सिंहदरबारसँग आक्रोसित, फोहोर नउठाउने घोषणा

जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् । उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि,… Continue reading जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले शनिबार अप्रत्यासित रुपमा आफ्नो राजिनामा मागेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सबैको ध्यानाकर्षण गराएका छन् । उनले राजिनामा कसले र किन माग्यो उल्लेख गरेका छैनन् । जनअपेक्षा अनुसार काममा खरो उत्रन नसकेका उनलाई पछिल्लो समय कही कतैबाट सार्वजनिक रुपमा राजिनामा मागिएको छैन । शनिबार दिउँसो देश बन्दैन भन्दै स्टाटस लेखेका… Continue reading मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न

जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

BBC

काठमाडौं । जापानको एक समुन्द्री तटमा विशाल मेटल बल भेटिएको छ । जसलाई क्रेनको सहायतामा हटाइएको जापानी सञ्चारमाध्यमले लेखेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जापानको तटमा भेटिएको यो मेटलका कारण सथानीयमा त्रास थियो । जापानको हमामात्सु शहरको नजिकै यो भेटिएको हो । स्थानीय अधिकारीहरुका अनुसार यस बललाई निश्चित समयसम्म संग्रह गरेर राखिने छ । त्यसपछि… Continue reading जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

उडिरहेको जहाजमा एक महिलाको हंगामा

मुम्बई । उडिरहेको जहाजमा एक महिलाले हंगामा मच्याएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । आबुधावीबाट मुम्बई आइरहेको भिस्तारा एयरको जहाजकी एक महिला यात्रुले यस्तो हर्कत गरेकी हुन् । समाचार अनुसार इटालीमा रहने ती महिलाले उडानका दौरान क्रु मेम्बरलाई गाली दिएका थिइन् । त्यसपछ उनली मारपिटमा उत्रिइन् । केहीबेरपछि आफ्नो कपडा खोलेर नग्न अवस्थामा करिडोरमा… Continue reading उडिरहेको जहाजमा एक महिलाको हंगामा

उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

नयाँ दिल्ली । दुबईबाट भारतको जयपुर आइरहेको एक विमान भारतको नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि एक यात्रुले ट्वीट नगरे, दुबईबाट जयपुर गइरहेको फ्लाइट अपहरणमा परेको छ । त्यसपछि यो खबर भाइरल भयो । वास्तवमा जहाज जयपुरको मौसम खराबीका कारण दिल्ली डाइभर्ट भएको थियो । पौने १० बजे दिल्ली अवतरण भएको जहाजले १… Continue reading उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

चोर समाते १० हजार पुरस्कार पाइने

प्यूठान । प्यूठानमा चोर समाते १० हजार पुरस्कार पाइने भएको छ । गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार… Continue reading चोर समाते १० हजार पुरस्कार पाइने

उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले अहिले सत्तामा उपप्रधानमन्त्री धेरै हुँदा सुशासन नआउने भन्दै आलोचना गरेका छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै धेरै उपप्रधानमन्त्री किन बनाइयो भनेर प्रश्न गरेका छन्। ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकताकै कोणमा यति उपप्रधानमन्त्री बनेको हो ? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ ? के नेपाली… Continue reading उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य

बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ… Continue reading बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा

फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर ल्याण्ड गरेको छ । त्यसपछि आयोजकले पाइलट र यात्रुमाथि हातपात गरेका छन् । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै… Continue reading फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

टिकटकमा जुवा खेल्ने गरेको खुलासा

काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता… Continue reading टिकटकमा जुवा खेल्ने गरेको खुलासा

मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

नयाँ दिल्ली । रुसको मस्कोबाट गोवाका लागि उडेको जहाजमा बम राखेको हल्लासँगै जहाजको आकस्मिक अवतरण गरिएको छ । बम रहेको सूचनापछि रूसको मस्कोबाट भारतको गोवातर्फ आइरहेको एक चार्टर्ड जहाज सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार विमानमा सवार सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालेर प्रहरी… Continue reading मस्कोबाट गोवा उडेको जहाजमा बमको हल्ला, आकस्मिक अवतरण

नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन् ।उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू उही पुरानो देशउही पुराना व्यापारीहरू। उनले यो कुन प्रसंगलाई लक्षित गरी भनेको भन्ने चाँही खुलाएका छैनन् । मंसिर ४ मा भएको चुनावबाट निर्वाचित नयाँ सांसदले… Continue reading नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु

गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् । ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का… Continue reading गोरखाका सांसद राजेन्द्र बजगाईले तलव-भत्ता नागरिककै लागि खर्च गर्ने घोषणा

केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा आक्रोससहित प्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले कडा प्रश्न गरेका हुन् । उनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा किन समस्या समाधान नगरेको भन्दै ओलीलाई प्रश्न गरेका छन् । उनले… Continue reading केपी ओलीमाथि आक्रोसित बालेन : सुकुम्बासीका ३२ वटा जाडो किन देख्नु भएन ?

यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

काठमाडौं । आइतबार हुने आम निर्वाचनका दौरान केही केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्न नपाउने भएका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन् । मतदाता नामावली आफू उम्मेदवार… Continue reading यी शीर्ष नेता जसले आफुले आफैलाई हाल्न पाउने छैनन् मत

भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको बयान सार्वजनिक भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा… Continue reading भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

नयाँ दिल्ली । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने क्रममा नेपालको राष्ट्रिय गान बजेको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भारइल बनेको छ । राहुललाई भने ट्रोल बनाइएको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो। घटना… Continue reading राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…

नक्कली सुन धितो राखेर २४ लाख ऋण

काठमाडौं । पोखरामा एक व्यक्तिले नक्कली सुन राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका २५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।… Continue reading नक्कली सुन धितो राखेर २४ लाख ऋण