काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो । सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब… Continue reading माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
Category: रोचक खवर
नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार
दुबई । दुबईमा एक घरको बाल्कनीमा नग्न फोटो सूट गरेका कम्तिमा एक दर्जन महिला गिरफ्तारीमा परेका छन । शरीया कानून लागु हुने दुबईमा नग्नता प्रदर्शनलाई अपराध सरह मानिन्छ । एक समुहले बालकनीमा नग्न फोटोसूट गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । यो समुह युक्रेनी महिलाहरुको रहेको बताइएको छ । भिडियो शनिबार नै अनलाइनमा पोष्ट… Continue reading नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार
कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४… Continue reading कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
काठमाडौं \एजेन्सी । नाइजेरियामा जेलमा आक्रमण गरी १८ सय भन्दा बढी कैदी भगाइएको छ । नाइजेरियाका दक्षिण पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादी समुहले आफ्नो १८ सय ४५ जना कार्यकर्तालाई भगाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार सोमवार बिहान पीकअप ट्रक र बस चढी ठूलो हातहतियारसहित आएका आक्रमणकारीले जेलबाट… Continue reading नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् । संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको… Continue reading रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो
इजिप्ट । स्वेज नहरमा अड्किएको एक विशाल कन्टेनर जहाजले ६ दिनदेखि अन्तर्राष्ट्रिय व्यापार ठप्प थियो । स्वेज नहर यूरोप र एसिया जोड्ने सबैभन्दा छोटो दूरीको समुन्द्री मार्ग हो । तर, यसै मार्गमा जहाज तेस्रो परी अड्किएपछि सयौं कन्टेनरको जाम लागेको थियो । यसले दुई महादेशबीचकै व्यापारमा प्रभाव पारेको थियो । अधिकारिहरुका अनुसार एक सातादेखि नहरमा… Continue reading स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो
एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा
काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ । कार्यालय थापाथली हाइटस्थित… Continue reading एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा
आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले… Continue reading आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
नेपालमा आजबाट गैंडा गणना थालिने
काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्… Continue reading नेपालमा आजबाट गैंडा गणना थालिने
ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने
ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका… Continue reading ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने
ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान आयोजना गरेको छन् । ११ बजे वालुवाटारमा चियापानका लागि एमालेका नेताहरुलाई निम्ता पुगेको छ । २८ फागुनमा एकलौटी रुपमा एमालेका नेताहरुको जिम्मेवारी खोसेका उनले पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेको देखिन्छ । यद्दपी पटक पटक धोका पाएका अन्य समुहका नेताहरु भने उनको चियापानमा… Continue reading ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने
राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वदलीय बैठक आह्वान भएको छ । मंगलबार दिउँसो ४ बजे बस्ने गरी दलहरुलाई राष्ट्रपति कार्यालयले आमन्त्रण गरेको हो । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निम्ता पठाइएको छ । बदलिँदो परिस्थितिमा दलहरुबीच तिब्र ध्रुविकरणका बीच बोलाइएको यो… Continue reading राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान
दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै
काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन पुरा भएको छ । अब यस स्थानबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ निकाल्न सकिने सम्भावनाबारे टुंगो लगाउन पुनः चिनियाँ प्राविधिकको टोली नेपाल आउने भएको छ । दैलेखको श्रीस्थान नाभिस्थानमा पेट्रोलियम पद्धार्थको अन्वेषण चीनले नै गरिसकेको छ । अब सो स्थानमा व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउने भएको हो । चिनियाँ… Continue reading दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै
नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष
काठमाडौं । नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन सम्भव रहेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको हो । समितिले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्तिक २४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले… Continue reading नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष
महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न
अमृता के सी ( रोनी ) काठमाडौँ/गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री पर्व २०७७ को अवसरमा विशेष बागमती गङ्गा आरति सम्पन्न भएको छ।गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने भएकोले विशेष बागमती गङ्गा… Continue reading महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न
आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा
बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा ढुंगामुडा भएको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पुगेका उनीमाथि प्रभावित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन् । आज कडा सुरक्षा घेरामा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । त्यसपछि अर्थमन्त्रीले भाषण शुरु गरेलगत्तै स्थानीयबाट स्टेजमा ढुंगा प्रहार शुरु भयो । नाराबाजी र होहल्लाका बीच भाषण… Continue reading आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा
चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सदर चिडियाखाना जावलाखेलमा घुमफिरमा निस्किए । उनले चिडियाखानाको करीव सबै तिर घुमे र जनवारहरुको अवलोकन गरे । सो अवसरमा उनले एकसिंगे गैंडाको अभिभावकत्व समेत ग्रहण गरे । चिडियाखानामा वन्यजन्तुको अभिभावकत्व अभियानको प्रधानमन्त्रीबाट आज शुभारम्भ गराइएको छ । यस अभियान अन्तर्गत नेपाल सरकारले एक वर्षसम्म गैंडाका लागि चाहिने सबै… Continue reading चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण
विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा
काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ… Continue reading विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा
ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ
काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।… Continue reading ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ
२०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?
काठमाडौं । हिन्दु धर्मावलम्बीले विसं २०७८ मा तीन वटा दशैँ मान्नु पर्ने भएको छ । सामान्यतया चैते दशैं र मुल दशैं गरी वर्षमा दुई वटा दशैं पर्छ । तर, २०७८ सालमा भने तीन वटा दशैं परेको छ । २०७७ सालमा हुनुपर्ने चैते दशैं समेत वैशाखमा परेपछि यस्तो संयोग जुरेको हो । यो वर्ष चैत्र शुक्ल… Continue reading २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?
माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने
काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार पारेको छ । माटोमा रहेको विभिन्न तत्त्व र गुण देखाउन अब जिपिएस माध्यमबाट नक्सा तयार पारिएको हो । माटोको डिजिटल नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका अनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियामै पहिलो बनेको छ… Continue reading माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने
सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल
काठमाडौं । मंगलबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चको यो फैसलाको समयमा भने वालुवाटारमा प्रधानमन्त्रीको जन्मदिनको उपलक्ष्यमा केक पार्टी थियो । उनी आफ्ना बुबासहित आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । तर, उनको खुसी लामो समय टिक्न सकेन । अदालतबाट ठूलो भरोसा… Continue reading सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल
साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने
काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस… Continue reading साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने
प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला
जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत… Continue reading प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला
विप्लव समुहले दियो वार्तामा आउने संकेत
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण… Continue reading विप्लव समुहले दियो वार्तामा आउने संकेत
आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै
काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् । आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक… Continue reading आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै
परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पढ्ने एक विद्यार्थीका सम्पूर्ण परीक्षा रद्द गरिदिएको छ । परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । बोर्डले गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी शाहीले परीक्षा चलिरहेकै समयमा टिकटक बनाएर सामाजिक संजालमा भाइरल बनाएका थिए ।… Continue reading परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस
ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुईमन्त्री आफ्नो पक्षमा फर्किने तयारीमा रहेको खुलासा गरेका छन् । समूहले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । प्रचण्डको यो उद्घोस सत्य भए पनि नभए पनि यसले क्याविनेटमा खुलेर आफ्नो रणनीति… Continue reading ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा
मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी
पोखरा । कास्कीको सुन्दर फेवातालको रुप अहिले कुरुप बनेको छ । कारण हो, फेवातालको मूख्य आकर्षणका रुपमा रहेको जलको स्तर घटाइएको छ । अर्थातः बाँध नै खोलेर फेवातालबाट पानी कम गरिएको छ । यसअघि फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा बाँध बाँधिएको हो । यो बाँधका माध्यमबाट सिँचाइका लागि नहर, त्यसैबाट बिजुली समेत… Continue reading मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी
प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले प्रतिगमनका विरुद्धमा हुने आन्दोलन शान्तिपूर्ण गर्न सबै दल तथा संस्थालाई आह्वान गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् । उनले जनतालाई दुख नदिने गरी शान्तिपूर्ण आन्दोलनमा लाग्न सबैसँग अपिल गरेका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि नेकपालको… Continue reading प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस