एजेन्सी ३ असार, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानाडा जाने क्रममा भियनामा पत्रकारसँग भने, “हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने एउटा मुद्दा भनेको युक्रेनले खरिद गर्न तयार रहेको रक्षा प्याकेज हो।” तीन वर्षभन्दा बढी समयदेखि रुसी सेनाविरुद्ध आफ्नो देशको लडाईंको नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपतिले भने, “संयुक्त राज्य अमेरिकाको मद्दत बिना कसरी लड्न र बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ र चाहन्न पनि ।“
उनले भने, “मलाई लाग्छ, अमेरिका र युरोपबीचको गठबन्धन टुट्न नदिन हामी सबैले काम गर्नुपर्छ ।” जेलेन्स्कीले जी–७ शिखर सम्मेलनलाई आफूले ’अत्यन्त महत्वपूर्ण’ अवसरका रूपमा हेरेको र त्यहाँ हामी सबैले ‘रुसी राष्ट्रपति भ्लादिमिर’ पुटिनलाई रोक्न कस्तो दबाब दिन सक्छौं ताकि उहाँले आक्रमण र युद्ध रोक्न बाध्य हुनुपरोस् ।” उनले भने, “हामी रोकिएको रुसी सम्पत्तिको युक्रेनी हितमा प्रयोगका बारेमा नेताहरूसँग छलफल गर्नेछौँ र प्रतिबन्धबारे पनि छलफल गर्नेछौँ ।” यसअघि, नेता जेलेन्स्कीले अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनसँग भियनामा आफ्नो छोटो यात्राको क्रममा भेटवार्ता गरेका थिए ।
जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँ र बेलेनले युक्रेनको युद्धपछिको पुनर्निर्माणका बारेमा अस्ट्रियाको अन्तिम योगदानको बारेमा कुरा गर्नुभएको थियो । यसमा जसमा बारूदी सुरङ सफा गर्ने, ऊर्जा सहयोग र खाद्य सुरक्षाजस्ता बिषय समावेश छन् । अस्ट्रियाका राष्ट्रपतिले आफ्नो देश सैन्य रुपमा तटस्थ रहे पनि राजनीतिक रुपमा त्यस्तो नभएको बताए । युक्रेनमाथि आक्रमण गर्नुअघि अस्ट्रियाको रूससँग राम्रो सम्बन्ध थियो, तर यसको अझै पनि केही आर्थिक सम्बन्धहरू छन् तर ती सम्बन्धहरू विगत तीन वर्षमा उल्लेखनीय रूपमा बिग्रिएका छन् । अस्ट्रियाको अति दक्षिणपन्थी विपक्षी एफपीओई पार्टीले जेलेन्स्कीको भ्रमणको आलोचना गरेको छ ।
एजेन्सी २ असार, काठमाडौं । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”
प्रत्यक्ष प्रशारणबाट उनले भने, “इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।” यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताएका थिए । “इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,” उनले एक विज्ञप्ति जारी गरी बताएका थिए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दी जारी गरेका थिए । त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।
२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर शत्रुहरुबीच जारी लडाइँमा ‘हामी संलग्न हुन सक्छौं’ भने । उनले संयुक्त राज्य अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “पुटिन द्वन्द्वमा सम्भावित मध्यस्थकर्ता हुनसक्नुहुन्छ र उहाँ तयार हुनुहुन्छ। उहाँले मलाई यसबारे फोन गर्नुभएको छ । यस विषयमा हामीले लामो छलफल गरेका छौँ ।” इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन भीषण हवाई आक्रमण भएको छ ।
आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीच यसै साता हुने भनिएको छैटौँ चरणको वार्ता रद्द भएको जनाएको छ तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले छलफल जारी राखेको बताए । तेहरानलाई वार्ताको टेबलमा आउनका लागि समयसीमा तोकिएको छ कि छैन भनेर सोधिएको प्रश्नमा उनले एबीसीसँग भने, “अहँ, वार्ताको कुनै समयसीमा तोकिएको छैन।”
“उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ्,” स्कटले ट्रम्पलाई उद्धृत गर्दै भने । ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताए । ट्रम्पले भने, “यसले वास्तवमा सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ।”
१ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छिन् ।
मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिइन् ।
हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप(प्रमुखरप्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं ९७२–५३५३६०७४८, ०३५१००१११ र इ–मेलः [email protected] नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर\नियोग उप=प्रमुख कुमार राईलाई फोन नं ं९७४–५५६१६०४०, ,९७४४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ–मेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।
एजेन्सी १ असार, काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो।
संदिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले ’भयानक हिंसा’ को निन्दा गर्दै दोषीलाई ’कानूनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताए । राज्यका पूर्व सभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिए ।
“यो लक्षित राजनीतिक हिंसाको कार्य हो,” वाल्जले पत्रकारसँग भने, उनले भने, “शान्तिपूर्ण बहस हाम्रो लोकतन्त्रको जग हो । हामी हिंसा वा बन्दूकको नालबाट हाम्रा मतभेदहरूको समाधान गर्दैनौं।” मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उहाँका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।
होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा संदिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताए । उनले भने, “हामी अहिले सक्रिय रुपमा ती व्यक्तिको खोजी गरिरहेका छौं ।”एबिसी न्यूजले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै भनेको छ, “दुवै घटनामा आक्रमणकारीले कानुन कार्यान्वयन गर्ने अधिकारीको भेष धारण गरेको अधिकारीहरूले अनुमान गरेका छन्।”
स्थानीय टिभी स्टेशन केएसटीपीका अनुसार प्रहरीले खैरो केश भएका, निलो सर्ट र निलो पाइन्टमाथि कालो बडी आर्मर लगाएका एक गोरा व्यक्तिको खोजी गरिरहेको छ । गत जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि संयुक्त राज्य अमेरिकी समुदाय गहिरोरूपमा विभाजित भएको छन् । रिपब्लीकन राष्ट्रपतिले आफ्नो कठोर निर्वासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण र कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटिकको आलोचना गरेका छन् ।
वाल्जले भने, “हामी यस कठिन क्षणमा, मिनेसोटामा भएको यो दुःखद कार्यले हामी सबैलाई सम्झाउने काम गर्नुपर्छ। “लोकतन्त्र र कांग्रेसको हलमा, राज्यका घरहरूमा, स्कूल समितिहरूमा हुनेबहसहरू हाम्रा मतभेदहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने र समाजलाई राम्रो ठाउँमा सार्ने एक तरिका हुन् ।
एजेन्सी १ असार, काठमाडौं । इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ । विज्ञहरूले एएफपीलाई बताएअनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पु¥याएको हुन सक्छ तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै भनेको छ, “इजरायलले नटान्ज र फोर्डोमा इरानको भूमिगत युरेनियम संवद्र्धन स्थल र इस्फाहानमा युरेनियम रूपान्तरण केन्द्रमा आक्रमण गरेको छ ।
इरानी अधिकारीलाई उद्धृत गर्दै आईएईएले शुक्रबार इरानको नातान्ज आणविक स्थलको जमिनभन्दा माथिको एक महत्वपूर्ण भाग नष्ट भएको जनाएको छ । आणविक प्रसारमा विशेषज्ञता हासिल गर्ने अमेरिकास्थित संस्था इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेसनल सेक्युरिटी (आइएसआइएस) ले भूउपग्रहीय तस्वीरको विश्लेषण गरेको प्रतिवेदनमा उक्त स्थलको विद्युत् आपूर्तिमा ‘व्यापक’ क्षति पुगेको उल्लेख छ ।
भूमिगत संरचनामा विद्युत् आपूर्ति हुन नसकेमा युरेनियम संवद्र्धनका लागि प्रयोग गरिने मेसिनका सेन्ट्रिफ्युजमा ठूलो क्षति पुग्न सक्ने आइएसआइएस इन्स्टिच्युटले जनाएको छ । यदि जगेडा विद्युतको स्रोत गुम्यो भने कमसेकम युरेनियम संवद्र्धन प्लान्ट तत्कालका लागि काम नलाग्ने अवस्थामा पुग्नेछ । तेहरानको दक्षिणमा रहेको फोर्डोमा भएको क्षति सामान्य रहेको इरानले जनाएको छ । विज्ञहरूका अनुसार इस्फाहानस्थित युरेनियम संवद्र्धन केन्द्र वरपर भण्डारण गरिएको युरेनियमको भण्डारमा आक्रमणले कस्तो प्रभाव पारेको हुन सक्छ भन्ने जानकारी लिन अहिले नै असम्भव छ।
इन्टरनेसनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली भाएजले एएफपीसँग भने, “यदि इरानले ‘गोप्य केन्द्रहरू’ मा युरेनिायम ठूलो मात्रामा स्थानान्तरण गर्न सफल भयो भने ‘इजरायलको आक्रमण बेकार हुनेछ।” भाएजले भने, “इजरायलसँग ‘नाटान्ज र फोर्डोमा भण्डारण सुविधाहरू नष्ट गर्न’ आवश्यक विशाल शक्तिशाली बमहरू छैनन् । इजरायलले इरानको आणविक कार्यक्रमलाई क्षति पुर्याउन सक्छ तर यसले कार्यक्रमलाई नष्ट गर्न सक्ने सम्भावना छैन।”
हतियार नियन्त्रण सङ्गठनका विशेषज्ञ केल्सी डेभेनपोर्टका अनुसार ती केन्द्र नष्ट गर्न अमेरिकी सैन्य सहयोग आवश्यक पर्छ । उनले भने, आक्रमणबाट नौ जना इरानी आणविक वैज्ञानिकको हत्या भए पनि इजरायलको अभूतपूर्व आक्रमणले इरानले आणविक हतियारमा निर्माण गरेको विशेषज्ञतालाई मेटाउन नसक्ने देखिन्छ।” आइएइएले प्रभावित क्षेत्रमा विकिरणको स्तर नबढेको बताएको छ ।
“इरानको युरेनियम संवद्र्धन केन्द्रमा आक्रमण गर्दा हानिकारक विकिरण निस्किने सम्भावना निकै कम छ,“ डेभनपोर्टले भने । तर इरानको एक मात्र आणविक ऊर्जा केन्द्र बुशहरमा भएको आक्रमणले स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने उनले बताए । इजरायलले आक्रमण सुरु गरेपछि आइएइएका प्रमुख राफेल ग्रोसीले आणविक केन्द्रहरूमा ‘कहिल्यै आक्रमण गर्न नहुने’ र इरानी स्थलहरूलाई लक्षित गर्दा ‘इरान, यस क्षेत्र र त्यसभन्दा बाहिरका मानिसहरूका लागि गम्भीर परिणाम’ न्म्त्यिाउनसक्ने बताएका थिए ।
संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा तेहरानको आणविक गतिविधिलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा पछि हटेपछि विशेष गरी युरेनियम संवद्र्धनमा इरान बिस्तारै पछि हटेको छ। मे महिनाको मध्यसम्ममा देशमा ४०८.६ किलोग्राम युरेनियम रहेको अनुमान गरिएको छ, जुन आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी तयारी हो ।
(250614) — TEHRAN, June 14, 2025 (Xinhua) — This photo taken on June 13, 2025 shows a car damaged during Israeli airstrikes in Tehran, Iran. Early Friday, Israel carried out airstrikes on Tehran and other cities across Iran.
Amir Saeid Iravani, Iran’s UN envoy, said that at least 78 people were killed as a result of Israel’s strikes, while 320 others were injured, most of whom were civilians. (Xinhua)
भियनास्थित आइएइएको परिभाषाअनुसार इरानसँग सैद्धान्तिक रूपमा करिब १० वटा आणविक बमका लागि पर्याप्त आवश्यक सामग्री छ। संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाका अनुसार युरेनियम उत्पादन गर्ने इरान एक मात्र गैरआणविक शक्ति सम्पन्न राष्ट्र हो । आईएईएले संयुक्त राष्ट्रसङ्घको निकायसँग इरानको सहयोगको अभावको आलोचना गर्दै आएको छ, तर यसले भनेको छ कि ‘जारी, आणविक कार्यक्रमको अघोषित संरचना बनाइएको कुनै विश्वसनीय सङ्केत छैन’।
तेहरानले आणविक हतियार विकास गर्ने महत्वाकाङ्क्षालाई निरन्तर अस्वीकार गर्दै आएको छ । डेभनपोर्टले यो आक्रमण इरानमा आणविक हतियारको वकालत गर्ने समूहलाई बलियो बनाउन सक्ने कारण हुनसक्ने चेतावनी दिएका छन् । “इजरायलको आक्रमणले इरानलाई प्राविधिक रूपमा पछाडि धकेलेको छ, तर राजनीतिक रूपमा आक्रमणले इरानलाई आणविक हतियारको नजिक धकेलिरहेको छ,” डेभनपोर्टले भने ।
३१ जेठ, काठमाडौं । वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताए । बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो ।
इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन् । इराकी सरकारले तेहरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए । इरानलाई इराकमा निशाना नबनाउन अनुरोध गरिएको थियो । उनीहरूले हामीलाई सकारात्मक आश्वासन दिएका छन्,” संवेदनशील विषयमा बोल्ने अख्तियारप्राप्त व्यक्त आफू नभएको बताउँदै ती अधिकारीले भने ।
अधिकारीका अनुसार तेहरानले बगदादको अनुरोधमा समझदारी देखाएको छ । इरानमा रहेका सैन्य र आणविक स्थलहरूमा इजरायली आक्रमणको शृङ्खलासँगै शुक्रबार बिहान सुरु भएको वर्तमान तनावअघि तेहरानले वासिङ्टनसँगको आणविक वार्ताको सम्भावित असफलताका कारण उत्पन्न द्वन्द्वको स्थितिमा यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।
सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धका क्रममा इरानसमर्थित प्यालेस्टिनी समूह हमासविरुद्ध इजरायललाई उभ्याइएको छ भने तेहरानसमर्थित सशस्त्र समूहले इराक र छिमेकी सिरियामा रहेका अमेरिकी सेनालाई लक्षित गरी दर्जनौँ रकेट र ड्रोन आक्रमण गरेका छन् ।
आक्रमणको लहर सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षाको कारण देखाउँदै बग्दादस्थित आफ्नो दूतावासमा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । शक्तिशाली कातेब हिजबुल्लाहले ‘यस क्षेत्र (इराक)मा थप युद्ध’ को चेतावनी दिएसँगै इराकमा रहेका इरान समर्थक धेरै समूहले शुक्रबार देशबाट अमेरिकी सेनाको बहिर्गमनलाई तीव्रता दिन आह्वान गरेका छन् ।
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्।
((Photo by Ammar Safarjalani/Xinhua)
अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली एवं अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन्।
(Gideon Markowicz/JINI via Xinhua)
शनिवार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्। संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।
(Photo by Ammar Safarjalani/Xinhua)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए अझ क्रूर इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ। इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।
३१ जेठ, काठमाडौं । इजरायली हमलाको जबाफमा इरानले गतराती इजरायलमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमला जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् । बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्।
अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्। जबाफी हमलामा परेर ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली एवं अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन्।
शनिवार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्। संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए अझ क्रूर इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ। इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।
(250613) — JERUSALEM, June 13, 2025 (Xinhua) — Bright Traces are seen over Jerusalem during missile attacks launched by Iran to Israel, on June, 13, 2025. Dozens of missiles were fired from Iran into Israel on Friday evening, according to statements issued by the Israel Defense Forces (IDF). (Xinhua/Chen Junqing)
इरानको आणविक कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो। इजरेली प्रधानमन्त्रीले इरानलाई चेतावनी दिँदै थप आक्रमणहरू हुने क्रममा रहेको जनाएका छन्। बेन्जमिन नेतन्याहूले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरू मध्ये एकको रूपमा उल्लेख गरेका छन्। इजरेलले इस्फहान र फोर्डोमा रहेका आणविक केन्द्रका साथै इरानको नजान्जस्थित मुख्य युरेनिअम प्लान्टमा प्रहार गरिएको जनाएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले युद्ध सुरु गरेको र आफ्नो देशले जबाफमा ठूलो प्रहार गर्ने बताएका छन्। इजरेलमा जबाफी प्रहारहरू गरेपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन्। समाचार संस्था एएफपीले आफ्ना एकजना पत्रकारलाई उद्धृत गर्दै तेहरानस्थित विमानस्थलबाट आगो र बाक्लो मुस्लो आइरहेको देखिएको जनाएको छ।
इरानको अर्ध-सरकारी मेहर समाचार संस्थाले विमानस्थल क्षेत्रमा विस्फोटन भएको बताएको छ र त्यहाँबाट भारी धुवाँ निस्किरहेको देखिने तस्बिर सार्वजनिक गरेको छ। इजरेली हमला धेरैजसो परमाणु र सैन्य केन्द्रहरूमा लक्षित देखिन्छन् तर आवासीय क्षेत्रहरूमा पनि त्यसको असर पारेको छ। इजरेलले इरानलाई परमाणु अस्त्र बनाउन रोक्नको लागि आक्रमण सुरु गरेको बताएको छ। बीबीसीबाट
एजेन्सी ३१ जेठ, काठमाडौं । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र पीडादायक’ भाग्यको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानी मिडियाका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरको पनि मृत्यु भएको छ ।
इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा एक सय वटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई उहाँलाई इजरायली आक्रमणको पूर्व जानकारी रहेको बताए । इजरायली सेनाका अनुसार आक्रमणमा दुई सय वटा लडाकू विमान संलग्न थिए । ट्रम्पले तेहरानसँग ‘आणविक बम राख्न सक्दैन’ भनी पनि जोड दिए ।
(250613) — TEHRAN, June 13, 2025 (Xinhua) — A rescuer attempts to remove debris of buildings damaged during Israeli strikes in Tehran, Iran, June 13, 2025. Israeli Defense Minister Israel Katz said on Friday that Israel has launched a “preemptive strike” on Iran.
Chief Commander of Iran’s Islamic Revolution Guards Corps Hossein Salami and Gholam-Ali Rashid, commander of Iran’s Khatam al-Anbiya Central Headquarters, were assassinated as a result of the airstrikes, the official news agency IRNA reported. (Xinhua)
संयुक्त राज्य अमेरिकाले पनि इजरायली कारबाहीमा संलग्न नभएको स्पष्ट गरेको छ र तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ । तर तेहरानले इजरायलको अपरेसन ‘संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमति बिना गर्न सकिँदैन’ भन्दै संयुक्त राज्य अमेरिका ‘परिणामका लागि जिम्मेवार हुनेछ’ भनेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको अपरेसनले ‘इरानको आणविक संवर्धन कार्यक्रमको मुटु’मा प्रहार गरेको र नतान्जका आणविक सुविधा र आणविक वैज्ञानिकहरूलाई लक्षित गरेको बताए । उनले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहनेछ’ भने । पछि भिडियो वक्तव्यमा उनले प्रारम्भिक आक्रमणहरू ‘अत्यन्त सफल’ थिए भने । इजरायली कारबाहीमा इरानको रिभोलुसनरी गार्ड्सका नेता हुसेन सलामी र सशस्त्र बलका चिफ अफ स्टाफ मोहम्मद बघेरी मारिएको इरानी मिडियाले जनाएको छ ।
इरानी राज्य मिडियाले तेहरानमा आवासीय भवनहरूमा पनि आक्रमण भएको र महिला तथा बालबालिका सहित धेरै नागरिकको मृत्यु भएको बताएको छ । तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल इमाम खोमेनीमा हवाई यातायात बन्द गरिएको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरी सबै विमानस्थलमा सबै उडान स्थगित गरेको सरकारी मिडियाले जनाएको छ ।
President Donald Trump speaks during an event to sign a bill blocking California’s rule banning the sale of new gas-powered cars by 2035 in the East Room of the White House, Thursday, June 12, 2025, in Washington. (AP Photo/Evan Vucci)
रक्षामन्त्री इजरायल काट्जले तेहरानबाट जवाफी कारबाहीको अपेक्षा गर्दै इजरायलले आपत्कालीन अवस्था घोषणा गरेको र आफ्नो हवाई क्षेत्र बन्द गरेको बताए । “इरानविरुद्ध इजरायलको पूर्वनियोजित हमलापछि इजरायल राज्य र यसको नागरिक जनसङ्ख्या विरुद्ध मिसाइल र ड्रोन आक्रमण निकट भविष्यमा हुने अपेक्षा गरिएको छ”, काट्जले भने । इजरायली सेनाले इरानसँग ‘कुनै पनि मिनेट’ इजरायलमा आक्रमण गर्ने क्षमता रहेको विश्वास गरेको एक इजरायली सैन्य अधिकारीले बताए ।
इजरायली आक्रमणपछि तेलको मूल्य १२ प्रतिशतले बढेको छ भने सेयर बजार घटेको छ । यो आक्रमण यस क्षेत्रमा ‘ठूलो द्वन्द्व’ को ट्रम्पको चेतावनीपछि आएको हो । यदि द्वन्द्व सुरु भयो भने इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने धम्की दिएपछि अमेरिकाले मध्यपूर्वमा कर्मचारीहरू कम गरिरहेको पनि ट्रम्पले बताएका थिए । ट्रम्पले इरानको आणविक कार्यक्रममा ‘धेरै राम्रो’ सम्झौता ‘धेरै नजिक’ भएको विश्वास गरेको तर आफ्नो कट्टर शत्रुमाथि इजरायली आक्रमणले सम्झौताको सम्भावनालाई बिगार्न सक्ने बताए ।
उनले सोमबार नेतान्याहुसँगको कुराकानीको विवरण खुलासा गरेनन्, तर भने, “म तिनीहरूलाई भित्र जान चाहन्नँ, किनकि मलाई लाग्छ यसले यसलाई बिगार्नेछ ।” ट्रम्पले तुरुन्तै भन्नुभयो, “यसले वास्तवमा मद्दत गर्न सक्छ, तर यसले यसलाई बिगार्न पनि सक्छ ।” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा वासिङ्टन संलग्न नरहेको भन्दै इरानलाई अमेरिकी अड्डाहरूमा आक्रमण गरेर इजरायली आक्रमणको जवाफ नदिन चेतावनी दिए । “मलाई स्पष्ट हुन दिनुहोस्ः इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्षित गर्नु हुँदैन”, रुबियोले एक विज्ञप्तिमा भने । शुक्रबारको आक्रमणअघि इरानले द्वन्द्व सुरु भएमा मध्यपूर्वका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने धम्की दिएको थियो । “यसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तिनीहरूसम्म पहुँच छ र कुनै हिचकिचाहट बिना हामी ती सबैलाई आयोजक देशहरूमा लक्षित गर्नेछौँ”, इरानका रक्षामन्त्री अजिज नासिरजादेहले यस हप्ता भने । हिंसाबाट अमेरिका र इरानबीचको छैटौँ चरणको वार्ता आइतबार ओमानमा हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको अवस्थामा ट्रम्पले वासिङ्टन अझै पनि ‘वार्ताको टेबलमा फर्कने आशा गरिरहेको छ’ भने । नतान्ज लक्ष्यहरूमध्ये एक भएको पुष्टि गर्दै संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाले यो स्थितिलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ ।
A general view shows buildings in the Iranian capital Tehran on June 13, 2025, following reported Israeli strikes targeting Iran early in the morning. Israeli Prime Minister Benjamin Netanyahu said in a video statement in the early hours of June 13 that Israel carried out strikes on Iran and the military operation against the Islamic republic would “continue for as many days as it takes”. (Photo by AFP)
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले भने, “एजेन्सी विकिरणको स्तरको सम्बन्धमा इरानी अधिकारीहरूसँग सम्पर्कमा छ । हामी देशमा रहेका हाम्रा निरीक्षकहरूसँग पनि सम्पर्कमा छौँ ।” अमेरिकी सैन्य र कूटनीतिक समर्थनमा भर पर्ने इजरायलले इरानलाई अस्तित्वको खतराका रूपमा हेर्छ ।
नेतान्याहुले सन् २०२३ अक्टोबर ७ मा तेहरान समर्थित हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि कम संयम अपनाउने वाचा गरेका छन् । हमासको आक्रमणपछि गाजामा ठूलो इजरायली आक्रमण सुरु गर्यो । हमासको आक्रमणपछि इरान र इजरायलले पहिलोपटक प्रत्यक्ष आक्रमण गरेका छन् । इजरायलसँगै संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले बारम्बार अस्वीकार गरेको छ । बुधबार आइएइएले इरानलाई आफ्नो दायित्वको पालना नगरेको आरोप लगाएपछि इजरायलले फेरि विश्वव्यापी कारबाहीको आह्वान गरेको छ ।
इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले प्रस्तावलाई ‘चरमपन्थी’ भनेर निन्दा गर्दै इजरायली प्रभावलाई दोष दिए । प्रतिक्रियामा इरानले सुरक्षित स्थानमा नयाँ संवर्धन केन्द्र सुरु गर्ने बताएको छ । इरानले हाल युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गर्छ । यो सन् २०१५ को सम्झौतामा तोकिएको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै माथि छ र आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतको नजिक भए पनि अझै पनि कम छ ।
३० जेठ, काठमाडौं । ईरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) प्रमुख हुसेन सलामीलाई इजरायले निसाना बनाएर मारेको छ । इजरायली आक्रमणबाट उनको मृत्यु भएको ईरानको सरकारी मिडियाले पुष्टी गरेका छन् । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका शीर्ष अधिकारीमा पर्छन् ।
ईरानी सरकारी टेलिभिजनले इजरायली हमलामा मृत्यु भएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूका नाम समेत सार्वजनिक गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूलाई हवाला दिंदै बीबीसीले ईरानको परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक स्वतन्त्र विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि मृत्यु भएको उल्लेख गरेको छ ।
सन् २०१० मा तेहरानमा फिरेदून अब्बासीमाथि हत्या प्रयास भएको थियो । इजरायलले ईरानका परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैनिक केन्द्रहरूमा लक्षित हमला गरेको जनाएको छ । ईरानी सरकारी टेलिभिजनका अनुसार, नतांज परमाणु केन्द्रमा पुनः विस्फोट भएको छ। उक्त केन्द्र तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ। बीबीसीले इस्लामिक रिभोल्युशनरी गार्ड्सका कमाण्डर होसेन सलामी इजरायली हमलामा ज्यान गुमाउने सम्भवतः सबैभन्दा उच्चपदस्थ इरानी नेता भनेको छ ।
सलामीले सन् १९८० मा इरान–इराक युद्ध सुरु हुँदा रिभोल्युशनरी गार्ड्समा प्रवेश गरेका थिए। उनी सैनिक पदोन्नतिक्रममा अघि बढ्दै जाँदा अमेरिकासहित उसका सहयोगीहरूप्रति दिएको कडा अभिव्यक्तिका लागि परिचित हुँदै गए। सन् २००० को दशकदेखि इरानको परमाणु र सैनिक कार्यक्रमहरूमा संलग्नता देखाएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् र अमेरिकाद्वारा उनीमाथि प्रतिबन्ध लगाइएको थियो।
सन् २०२४ मा इरानले इजरायलमाथि पहिलोपटक सिधा सैन्य हमला गर्दा उनी नै रिभोल्युशनरी गार्ड्सका प्रमुख थिए। उक्त हमलामा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो । भर्खरका दिनहरूमा इजरायलसँगको तनाव उत्कर्षमा पुगेपछि सलामीले बिहीबार “इरान जुनसुकै परिदृश्य, अवस्था र चुनौतीको लागि पूर्णरूपमा तयार रहेको’ अभिव्यक्ति दिएका थिए ।
‘शत्रुले इजरायली नाकाबन्दीमा परेका असहाय प्यालेस्टिनीहरूलाई जसरी लड्छ, त्यसैगरी इरानसँग पनि लड्न सकिन्छ भन्ने सोच राखेको छ,’ उनले भनेका थिए, ‘तर हामी युद्धको अनुभव भएका, परिक्षणमा परेका सैनिकहरू हौं।’
३० जेठ, काठमाडौं । इजरायलले इरानमा हरेको हमलाप्रति अमेरिकाले प्रतिक्रिया सार्वजनिक गरेको छ र। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यसबारे बोलेका छन् । उनले आज रात इजरायली सेनाले ईरान विरुद्ध एकतर्फी कार्रवाही गरेको बताएका छन् । अमेरिका ईरानको विरुद्धको हमलामा सहभागी नभएको स्पष्टीकरण उनले दिएका छन् ।
उनले अमेरिकाको प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाको सुरक्षा चाहेको समेत बताएका छन् । उनले इजरायलका तर्फबाट यो कारवाही आत्मरक्षाका लागि गरेको जानकारी अमेरिकालाई गराएको समेत बताए । राष्ट्रपति ट्रम्प र प्रशासन अमेरिकी सेनाको सुरक्षाका लागि भने जुनसुकै कमद उठाउन तयार रहेको उनको भनाई छ ।
२९ जेठ, काठमाडौं । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको ईन्धन–कुशल, वाइड–बडी भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको गौरव हो । सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेपछि विश्वका ८० भन्दा बढी एयरलाइन्सले दुईहजार ५९८ वटा जहाजअर्डर गरिसकेका छन् भने ८८९ वटा अझै डेलिभरीको पर्खाइमा छन् ।
यसको ईन्धन–कुशल, वाइड–बडी र हल्का संरचनाका लागि विमानको माग विश्वभर लोकप्रिय मानिन्छ । यसले पुरानो, सोही आकारको यात्री विमानहरूले भन्दा लामो दूरीमा २० प्रतिशत कम ईन्धन खर्च गर्ने कम्पनीले दावी गरेको छ । यो ‘पोइन्ट–टू–पोइन्ट’ सेवाहरूको लागि प्रयोग गर्न सकिन्छ, यसको अर्थ यो भारी विमानद्वारा प्रयोग गरिएको ‘हब’ प्रणालीमा निर्भर हुनुको सट्टा गन्तव्यमा सीधा उडान गर्न सक्छ। बोइङका अनुसार ७८७ को प्रयोगले १८० वटा ’पोइन्ट टु पोइन्ट’ रुट खोलेको छ।
(250612) — AHMADABAD, June 12, 2025 (Xinhua) — People and rescuers are seen at a site of a plane crash in Ahmedabad of India’s Gujarat state, June 12, 2025. An Air India flight to London crashed Thursday shortly after takeoff from an airport in the western Indian state of Gujarat, officials said. Senior police officer confirms at least 110 dead in the crash, according to local media reports.
The flight with 242 people, including 230 passengers and 12 crew members, onboard took off from the Sardar Vallabhbhai Patel International Airport in Ahmedabad, about 17 km south of Gandhinagar, the capital city of Gujarat.
Reports said the passenger aircraft went down in the Meghani area of the city. (UNI/Handout via Xinhua)
हाल ७८७ को तीन संस्करणहरू छन् । बोइङको ७८७–८ले १३,५३० किलोमिटर (८,४०० माइल) सम्मको दूरीमा २४८ यात्रुहरू बोक्न सक्छ भने ७८७–९ ले १४,०१० किलोमिटर सम्म २९६ यात्रुहरू बोक्छ र ७८७–१० ले ११,९१० किलोमिटरसम्म ३३० यात्रुहरूलाई बोक्न सक्छ । भारतको अहमदाबादमा २४२ यात्रु र चालक दलका सदस्य लिएर उडेको बिहीबार दुर्घटनाग्रस्त विमान ७८७–८ संस्करण थियो । उक्त विमान लण्डनका लागि उडेको थियो तर पश्चिमी भारतीय शहर अहमदावादबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।
बोइङले विमान दुर्घटनाबारे आफू जानकार रहेको र थप जानकारी सङ्कलनका लागि काम गरिरहेको जनाएको छ । यो ७८७ ड्रिमलाइनरको पहिलो घातक दुर्घटना थियो। सन् २०२१ देखि २०२३ को बीचमा बोइङको विमानको कार्यक्रमले पटक–पटक र महँगो ‘डेलिभरी सस्पेन्सन’ लगायत थुप्रै असफलता भोगेको थियो। अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उत्पादन लाइनहरूमा गुणस्तर आश्वासन जाँच र निरीक्षणलाई सुदृढ पार्न काम सकिसकेको छ ।
यसै वर्षको अप्रिलमा एफएएले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो। बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाईहरूको सामना गरिरहेको छ। बेइजिङबाट सकारात्मक सङ्केत आएपनि एक महिना अघि वाशिङ्टनले सुरु गरेको व्यापार युद्धका कारण चिनियाँ एयरलाइन्सलाई कम्पनीसँग काम गर्न अस्थायी रूपमा रोक लगाएपछि निर्माताले मे महिनामा चीनलाई कुनै पनि विमान आपूर्ति गरेको छैन ।
एजेन्सी २९ जेठ, इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ ।
गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गर्नुभएको छ तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । इरानका रक्षामन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भने, “उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ ।”
“भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ”, उनले भने, “यदि अमेरिकी पक्ष द्वन्द्वमा आयो भने ‘थप क्षति बेहोर्नुपर्नेछ’।” संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ। इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवद्र्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई ‘सक्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।
ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वासिङ्टन आशावादी रहेको बताएका थिए । तर बुधबार प्रकाशित एक अन्तरवार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवद्र्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताए ।
२९ जेठ, वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ ।
कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गरेका थिए । राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गरे ।
उनले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमितामा पु¥याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गरे । राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गर्नुभएकामा बधाई ज्ञापन गरे । उनले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताए ।
२९ जेठ, काठमाडौं । लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ लागु हुने घोषणा गरेका छन् । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो । एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताए । “म कर्फ्यू जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ”, उनले भने ।
आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यू एक आवश्यक उपाय हो भनी जोड दिए । गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थालेका थिए ।
TOPSHOT – California Highway Patrol (CHP) close the bridges and the access to the 101 Freeway after curfew was put into effect following days of protests in response to federal immigration operations in Los Angeles on June 10, 2025. Los Angeles police began arresting people in the city’s downtown late on June 10, as groups gathered in violation of an overnight curfew after a fifth day of protests against Donald Trump’s immigration crackdown. (Photo by Apu GOMES / AFP)
होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आइसिई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ । आइसिई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा ट्रम्पले लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिए । मङ्गलबार ट्रम्पले शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताए ।
एजेन्सी २८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिएका छन् । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड सैनिकहरूको असाधारण परिचालन ठूलो विदेशी जन्म र ल्याटिनो जनसङ्ख्या भएको लस एन्जलस सहरमा दर्जनौँ आप्रवासी पक्राउद्वारा सुरु गरिएको सडक विरोधको चौथो दिनमा आएको हो ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यो कदमको कडा आलोचना गर्दै एक्समा पोस्ट गरे, “अमेरिकी मरिनहरूलाई ‘तानाशाही राष्ट्रपतिको विकृत कल्पना पूरा गर्न आफ्ना देशवासीहरूको सामना गर्दै अमेरिकी भूमिमा तैनाथ गर्नुहुँदैन । यो गैर–अमेरिकी हो ।” यो परिचालन आइतबार लस एन्जलसको मुख्य सहरमा प्रदर्शनकारीहरूले सडकहरू कब्जा गरेपछि, कारहरू जलाएपछि र पसलहरू लुटेपछि आएको हो । जुन दृश्यहरूमा कानून प्रवर्तनले अश्रु ग्यास र रबर बुलेटले जवाफ दिएको थियो ।
LOS ANGELES, CALIFORNIA – JUNE 09: Police engage with protesters in the evening following three days of clashes after a series of immigration raids last Friday on June 09, 2025, in Los Angeles, California. Tensions in the city remain high after the Trump administration called in the National Guard against the wishes of city leaders. Spencer Platt/Getty Images/AFP (Photo by SPENCER PLATT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
तर सप्ताहन्तको प्रदर्शनले अधिकारीहरूले भनेअनुसार अवैध आप्रवासी र गिरोह सदस्यहरूको दर्जनौँ गिरफ्तारी सुरु गरेपछि सोमबारको प्रदर्शन धेरै हदसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भयो । “सुँगुरहरू घर जाऊ, ” प्रदर्शनकारीहरूले सङ्घीय हिरासत केन्द्र बाहिर राष्ट्रिय गार्डहरूलाई चिच्याए । अरूले प्रहरी नियन्त्रण रेखाहरू पार गर्दा चिह्न नभएका सवारी साधनहरूको छेउमा ठोक्काए । लस एन्जलसबाट करिब ३२ माइल (५० किलोमिटर) दक्षिणपश्चिममा रहेको नजिकैको सहर सान्ता अनामा कानून प्रवर्तनले आप्रवासन र भन्सार प्रवर्तन ९आइसिई० एजेन्सीको विरुद्धमा नारा लगाउने प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास र फ्ल्यास–ब्याङ ग्रेनेडहरू फायर गरेको थियो ।
वासिङ्टनमा बोल्दै ट्रम्पले प्रदर्शनकारीहरूलाई ‘व्यावसायिक आन्दोलनकारी र विद्रोही’ भनेका थिए । सामाजिक सञ्जालमा उनले प्रदर्शनकारीहरूले सैनिकहरूलाई थुकेका थिए भन्दै ‘यदि तिनीहरूले यसो गरिरहे भने, म तपाईंलाई वाचा गर्छु कि तिनीहरूलाई पहिलेभन्दा कडा प्रहार गरिनेछ’ भने । हिंसाका पृथक र आँखा खिच्ने कार्यहरूका बावजुद अधिकारीहरू र स्थानीय कानून प्रवर्तनहरूले सप्ताहन्तमा अधिकांश प्रदर्शनकारीहरू शान्तिपूर्ण रहेको जोड दिए ।
लस एन्जलसभरका विद्यालयहरू सोमबार सामान्य रूपमा सञ्चालन भइरहेका थिए भने फैलिएको सहरमा जीवनको लयहरू धेरै हदसम्म अपरिवर्तित देखिन्थे । ट्रम्पको विरोध प्रदर्शनको वर्णनको विपरित मेयर करेन बासले भने, “यो केही सडकमा पृथक छ । यो सहरव्यापी नागरिक अशान्ति होइन ।” लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनलले स्थानीय अधिकारीहरूले सहरलाई नियन्त्रण गर्न सक्षम भएको बताए । “प्रत्यक्ष समन्वय बिना सङ्घीय, सैन्य कर्मचारीहरूको परिचयले लजिस्टिक चुनौतिहरू सिर्जना गर्दछ र महत्त्वपूर्ण घटनाहरूमा भ्रम पैदा गर्दछ”, उनले पत्रकारहरूलाई भने ।
A police officer in riot gear fires a nonlethal weapon toward protesters during a demonstration following federal immigration operations in Los Angeles on June 9, 2025. President Donald Trump’s administration said on June 9 that it was sending 700 US Marines and thousands more National Guard troops to Los Angeles, sparking a furious response from California’s governor over the “deranged” deployment. (Photo by RINGO CHIU / AFP)
लस एन्जलस प्रहरी विभागका अधिकारीहरूले दुई दिनमा कम्तीमा ५६ जनालाई पक्राउ गरिएको र पाँच अधिकारीलाई हल्का चोट लागेको बताएका छन् । अधिकारीहरूका अनुसार सान फ्रान्सिस्कोमा विरोध प्रदर्शनमा करिब ६० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरूले सोमबार न्युयोर्क सिटी र टेक्सासको अस्टिनमा पनि प्रहरीसँग झडप गरेका थिए । म्यानहट्टनको सङ्घीय भवन नजिकै करिब एक सय जना भेला भएपछि प्रहरीले धेरैलाई पक्राउ गरेको थियो । त्यहाँ अध्यागमन सुनुवाइको आयोजना गरिएको थियो ।
ट्रम्पको सेनाको प्रयोग अमेरिकी राष्ट्रपतिका लागि ‘अविश्वसनीय रूपमा दुर्लभ’ कदम भएको लस एन्जलसको साउथवेस्टर्न ल कलेजकी प्राध्यापक र अमेरिकी वायुसेनाकी पूर्व लेफ्टिनेन्ट कर्नल रेचेल भ्यानल्यान्डिङ्घमले बताए । नागरिक अधिकार आन्दोलनको उचाइमा सन् १९६५ देखि राज्य गभर्नरको टाउकोमाथि नेसनल गार्ड तैनाथ गरिएको छैन । अमेरिकी कानूनले विद्रोह बाहेक घरेलु भूमिमा प्रहरी बलका रूपमा सेनाको प्रयोगलाई धेरै हदसम्म रोक्छ ।
एजेन्सी २७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।
यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।
गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताए । यो समूहले गाजामा बन्दी बनाइएका बन्धकहरूसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो भने उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो । “त्यो आक्रमणले उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा उत्पन्न गरेको चरम खतराहरूलाई जोड दिएको छ”, ट्रम्पले भने ।
LOS ANGELES, CALIFORNIA – JUNE 08: The National Guard, police and protesters clash following two days of protests after a series of immigration raids on June 08, 2025 in Los Angeles, California. Tensions in the city remain high after the Trump administration called in the National Guard against the wishes of city leaders. More protests are scheduled for today. Spencer Platt/Getty Images/AFP (Photo by SPENCER PLATT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ । ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाउनुभएको छ । ती देशबाट केही अस्थायी कार्य भिसाहरूलाई अनुमति दिइनेछ ।
ट्रम्पले संसारभरि खतराहरू देखा पर्दै गए अनुसार नयाँ मुलुक थप्न सकिने चेतावनी दिए । यो प्रतिबन्ध सन् २०२६ को विश्वकप वा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा लागू नहुने ट्रम्पको आदेशमा भनिएको छ । विश्वकप संयुक्त राज्य अमेरिकाले क्यानाडा र मेक्सिकोसँग सह–आयोजना गर्दैछ । आदेश लक्षित देशका कूटनीतिज्ञहरूमा पनि लागू हुनेछैन ।
संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले ‘नयाँ यात्रा प्रतिबन्धको व्यापक र फराकिलो प्रकृतिले अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट चिन्ता उत्पन्न गरेको’ चेतावनी दिए । अमेरिकी डेमोक्रेटिक सांसद र निर्वाचित अधिकारीहरूले प्रतिबन्धलाई कठोर र असंवैधानिक भन्दै आलोचना गरेका छन् । “मलाई ट्रम्पको क्रूर र विदेशविरोधी यात्रा प्रतिबन्धहरूले दिने पीडा थाहा छ किनभने मेरो परिवारले यसलाई प्रत्यक्ष महसुस गरेको छ”, इरानी–अमेरिकी सांसद यासामिन अन्सारीले आइतबार एक्समा भने “हामी यो प्रतिबन्धसँग हाम्रो सबै शक्तिले लड्नेछौँ ।”
कोलोराडो आक्रमणपछि नयाँ यात्रा प्रतिबन्धको अफवाह फैलिएको थियो । ट्रम्पको प्रशासनले भिसामा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ‘आतङ्ककारीहरू’ लाई पछ्याउने वाचा गरेको थियो । अमेरिकी अधिकारीहरूले अदालतको कागजातअनुसार संदिग्ध इजिप्टका नागरिक मोहम्मद साब्री सोलिमन अवैध रूपमा पर्यटक भिसामा बसेको तर सन् २०२२ सेप्टेम्बरमा शरणका लागि आवेदन दिएको बताएका छन् । ट्रम्पको नयाँ यात्रा प्रतिबन्धमा विशेष गरी इजिप्ट समावेश छैन ।
उनको घोषणाले तालिबान शासित अफगानिस्तान र युद्धग्रस्त लिबिया, सुडान, सोमालिया र यमनमा राहदानी प्रशोधन र जाँचका लागि ‘सक्षम’ केन्द्रीय अधिकारीहरूको अभाव रहेको बताएको छ । “इरानलाई समावेश गरिएको थियो किनभने यो ‘आतङ्कवादको राज्य प्रायोजक’ हो”, आदेशमा भनिएको छ । अन्य देशका लागि ट्रम्पको आदेशले मानिसहरूले आफ्ना भिसाहरूको अवधि नाघ्ने औसतभन्दा बढी सम्भावनालाई उद्धृत गरेको छ ।
२६ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर ३७ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन् । त्यसमध्ये एक जना विद्यार्थी भिसामा गएको र एक जना डिभि परेर गएको पाइएको छ । अमेरिकी कानून उल्लंघन गरेकाहरु अहिले डिपोट भएका हुन् । यसमध्ये धेरैजसो गैरकानूनी रुपमा अमेरिका छिरेका नागरिक छन् । उनीहरु गैरकानूनी बाटोबाटै अमेरिका छिरेका थिए । चार्टर्ड विमानमा फर्किएर आएपछि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरुले नेपाली नागरिकसँग समेत सोधपुछ गरेका थिए । त्यसक्रममा उनलाई राज्यसँग कुनै गुनासो भए नभएको समेत सोधिएको थियो । त्यसक्रममा उनले आफ्नो केही गुनासो नभएको बताएका थिए ।
‘यसरी फर्किएकामध्ये ५ जना महिला छन् । उनीहरु पनि अवैध बाटोबाट अमेरिका पुगेका थिए । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट आएका ३७ जनालाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेश्नलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो । राति प्रहरीले सामान्य सोधपुछ गरेर प्रहरीले सबैलाई छाडेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् ।
उनीहरुले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।
एजेन्सी २५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन् । यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो ।
अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको राज्य सेनाको सङ्घीय नियन्त्रण लिएर सैनिकहरूलाई देशको दोस्रो ठूलो सहरमा धकेलेका थिए । त्यहाँ सैनिकहरूले प्रदर्शनकारीहरूको सामना गर्न सक्छन् । यो दुर्लभ कदम हो जसलाई गभर्नर गाभिन न्युसमले ‘जानाजानी उत्तेजक’ भनेका छन् ।
ठूलो ल्याटिनो जनसङ्ख्या भएको सहरमा दर्जनौँ आप्रवासीको गिरफ्तारीमा आक्रोशित भीडतिर सङ्घीय एजेन्टहरूले फ्ल्यास–ब्याङ ग्रेनेड र अश्रु ग्यास प्रहार गरेको दुई दिनको भिडन्तपछि यो घटनाक्रम विकास भएको हो । फुटेजमा व्यस्त चौबाटोमा आगो लगाइएको कार देखाइएको छ भने सामाजिक सञ्जालमा प्रसारित भिडियोमा मोटरबाइक हेलमेट लगाएका एक व्यक्तिले द्रुत गतिमा चल्ने सङ्घीय सवारी साधनहरूमा ढुङ्गा फ्याँक्दै गरेको देख्न सकिन्छ ।
प्रदर्शनकारीहरूले एजेन्टहरूलाई ठट्टा गरेको र उनीहरूको फोनमा छायाङ्कन गरेको देख्न सकिन्छ । अन्य दृश्यहरूमा प्रदर्शनकारीहरूले शान्ति कायम राख्न बोलाइएका स्थानीय कानून प्रवर्तनकर्ताहरूको लाइनमा आतसबाजी फ्याँकेका थिए ।
“राष्ट्रपति ट्रम्पले अराजकता फैलाउन अनुमति दिइएको छ भनेर सम्बोधन गर्न दुई हजार नेसनल गार्ड तैनाथ गर्न राष्ट्रपतीय ज्ञापनमा हस्ताक्षर गरेका छन्”, क्यालिफोर्नियाका डेमोक्रेटिक नेताहरूलाई ‘कमजोर’ भनेर दोष लगाउँदै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शनिबार बेलुका भने, “ट्रम्प प्रशासनसँग आपराधिक व्यवहार र हिंसाका लागि शून्य सहिष्णुता नीति छ, विशेष गरी जब त्यो हिंसा कानून प्रवर्तन अधिकारीहरूले आफ्नो काम गर्न खोजिरहेका छन् ।”
TOPSHOT – A protester waves a combined US-Mexican flag as law enforcement clashes with demonstrators during a protest following federal immigration operations, in the Compton neighborhood of Los Angeles, California on June 7, 2025. US President Donald Trump deployed 2,000 troops on June 7, 2025 to handle escalating protests against immigration enforcement raids in the Los Angeles area, a move the state’s governor termed “purposefully inflammatory.” Federal agents clashed with angry crowds in a Los Angeles suburb as protests stretched into a second night Saturday, shooting flash-bang grenades and shutting part of a freeway amid raids on undocumented migrants, reports said. (Photo by RINGO CHIU / AFP)
आरक्षित सेना नेसनल गार्ड प्रायः प्राकृतिक प्रकोपहरूमा प्रयोग गरिन्छ । जस्तै लस एन्जलसको आगलागी पछि र विरलै नागरिक अशान्तिका घटनाहरूमा । सन् २०२० मा जर्ज फ्लोइडको हत्यापछि यसलाई लस एन्जलसमा तैनाथ गरिएको थियो । ट्रम्पका बारम्बार विरोधी र रिपब्लिकनका लामो समयका शत्रु न्युसम शनिबारको ह्वाइट हाउसको आदेशको निन्दा गर्न सामाजिक सञ्जालमा आए ।
“त्यो कदम उद्देश्यपूर्ण रूपमा भड्काउने हो र यसले तनाव मात्र बढाउनेछ”, उनले भने, “लस एन्जलस अधिकारीहरू एक क्षणको सूचनामा कानून प्रवर्तन सहायता पहुँच गर्न सक्षम छन् । हामी सहर र काउन्टीसँग नजिकको समन्वयमा छौँ र हाल त्यहाँ कुनै अपूर्ण आवश्यकता छैन । यो गलत मिशन हो र यसले जनताको विश्वासलाई बिगार्नेछ ।”
ट्रम्पका रक्षामन्त्री पिट हेग्सेथले नजिकैका नियमित सैन्य बलहरू संलग्न हुनसक्ने चेतावनी दिँदै तनावलाई अझ बढाउने धम्की दिए । “यदि हिंसा जारी रह्यो भने क्याम्प पेन्डलटनमा सक्रिय ड्युटी मरिनहरू पनि परिचालन हुनेछन्–तिनीहरू उच्च सतर्कतामा छन्”, उनले भने । जनवरीमा पदभार सम्हालेदेखि रिपब्लिकन ट्रम्पले कागजातविहीन आप्रवासीहरूको प्रवेश र उपस्थितिमा कडा कारबाही गर्ने वाचा गरेका छन, जसलाई उनले ‘राक्षस’ र ‘जनावर’ सँग तुलना गरे । शनिबारको गतिरोध प्यारामाउन्टको उपनगरमा भयो । त्यहाँ प्रदर्शनकारीहरू कथित सङ्घीय सुविधामा भेला भएका थिए, जसलाई स्थानीय मेयरले एजेन्टहरूको स्टेजिङ पोस्टका रूपमा प्रयोग भइरहेको बताए ।
शुक्रबार मास्क लगाएका र सशस्त्र अध्यागमन एजेन्टहरूले लस एन्जलसका अलग–अलग भागहरूमा उच्च–प्रोफाइल कार्यस्थलमा छापा मारेका थिए, क्रोधित भीडलाई आकर्षित गरेका थिए र घण्टौँ लामो गतिरोध सुरु गरेका थिए । लस एन्जलसका मेयर करेन बासले सङ्घीय आप्रवासन प्रवर्तन कार्यहरूपछि सहरका केही बासिन्दाले ‘डर महसुस’ गरेको स्वीकार गरे । “सबैलाई शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार छ, तर मलाई स्पष्ट हुन दिनुहोसः हिंसा र विनाश अस्वीकार्य छ, र जिम्मेवारहरूलाई जवाफदेही बनाइनेछ”, उनले भने ।
एफबिआईका उप निर्देशक डान बोङ्गिनोले शुक्रबारको झडपपछि धेरैलाई पक्राउ गरिएको बताए । “तपाईँले अराजकता ल्याउनुहुन्छ, र हामी हातकडीहरू ल्याउँछौँ । कानून र व्यवस्था कायम रहनेछ”, उनले एक्समा भने । शनिबार अध्यागमन र भन्सार प्रवर्तन (आइसिई) एजेन्टहरू बाहिर निस्कन भन्ने नाराका बीचमा केही प्रदर्शनकारीले मेक्सिकाली झण्डा फहराएको र अरूले अमेरिकी झण्डा जलाएको लस एन्जलस टाइम्सले रिपोर्ट गरेको छ ।
सिमेन्टका ब्लकहरू र पल्टिएका किनमेल कार्टहरूले कच्चा सडक अवरोधका रूपमा काम गरे । भिडले नजिकैको फ्रिवेबाट बाहिर निस्किएको युएस मार्सल सर्भिस बसलाई आक्रमण गरेको थियो । अधिकारीहरूले पछि प्रदर्शनकारीहरूलाई राजमार्ग कब्जा गर्नबाट रोक्न र नयाँ मानिसहरूलाई भित्र छिर्नबाट रोक्न र्याम्पहरू बन्द गरे ।
ह्वाइट हाउसले विरोध प्रदर्शनको विरुद्धमा कडा कदम चालेको छ । उप चिफ अफ स्टाफ स्टिफन मिलरले उनीहरूलाई ‘संयुक्त राज्य अमेरिकाको कानून र सार्वभौमिकता विरुद्धको विद्रोह’ भनेका छन् । संयुक्त राज्य अमेरिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको सहर लस एन्जेलस देशको सबैभन्दा विविधतापूर्ण ठाउँहरू मध्ये एक हो । अमेरिकी जनगणनाको तथ्याङ्कअनुसार करिब ५० हजार मानिसको घर प्यारामाउन्ट उपनगरमा ८२ प्रतिशत हिस्पानिक वा ल्याटिनो छन् ।
एजेन्सी २५ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले बेलायतसँगको व्यापार सम्झौता वास्तवमै कोसेढुङ्गा भएको र यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । भारत र बेलायतबीच गत फेब्रुअरीमा पुनः वार्ता सुरु भएपछि गत महिना लामो समयदेखि रोकिएको स्वतन्त्र व्यापार सम्झौता भएको थियो । युरोपेली सङ्घबाट बेलायत बाहिरिए (ब्रेक्जिट)देखि नै बेलायतले विश्वभरि नै व्यापारिक सम्बन्धलाई मजबुत बनाउने प्रयास गरेको छ । यो आवश्यकता संयुक्त राज्य अमेरिकाले कमजोर आर्थिक वृद्धिको जोखिम निम्त्याउने विश्वव्यापी कर वृद्धि लागू गरेपछि थप दबाबमा परेको थियो।
“भारत–बेलायतबीच स्वतन्त्र व्यापार सम्झौताको अहिले नै निष्कर्ष के देखिएको छ भने यो वास्तवमै एउटा कोसेढुङ्गा हो, जसले हाम्रो दुईतर्फी व्यापार र लगानीलाई अगाडि बढाउने मात्र होइन, द्विपक्षीय सम्बन्धका अन्य रणनीतिक पक्षहरूमा पनि सकारात्मक प्रभाव पार्नेछ,” दुई दिने भ्रमणमा रहेकी ल्यामीलाई भेटेपछि भारतीय अर्थमन्त्री जयशंकरले भने । “यसले आपूर्ति र मूल्य श्रृंखलाको सुदृढीकरणमा पनि योगदान पुर्याउँछ,“ उनले भने ।
यो सम्झौताले भारतमा ह्वीस्की, श्रृङ्गारका सामान र मेडिकल उपकरणसहित बेलायती सामानहरूको आयातमा कर कटौती गर्नेछ। बदलामा बेलायतले भारतबाट लत्ताकपडा, जुत्ताचप्पल र फ्रोजन प्राउनलगायत खाद्य वस्तुको आयातमा कर कटौती गर्ने भएको छ । बेलायत र भारत क्रमशः छैटौँ र पाँचौं ठूलो वैश्विक अर्थव्यवस्था हुन्, जसको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड (५४.८ अर्ब डलर) छ र लगानीले दुबै देशहरूमा छ लाखभन्दा बढी रोजगारीलाई समर्थन गर्दछ।
स्वतन्त्र व्यापार सम्झौताले उनीहरूबीचको व्यापारमा लगभग २५।५ अर्ब पाउन्डको वृद्धि गर्नुका साथै बेलायती अर्थव्यवस्था र ज्यालालाई बढावा दिने आशा गरिएको छ । बेलायतको पूर्ववर्ती कन्जरभेटिभ प्रशासनको पालामा रोकिएको वार्ता गत फेब्रुअरीमा पुनः सुरु भएको थियो । ल्यामीले आफ्नो भ्रमणअघि भारतसँगको सम्झौता ‘आफ्नो महत्वाकाङ्क्षाको सुरुवात मात्र’ भएको बताएकी थिइन् ।
२५ जेठ, काठमाडौं । इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा क्षेत्रबाट पिन्टाको शव निकालिएको जनाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा उनलाई जिउँदै बन्धक बनाइएको र ‘कैदमा रहेको बेला उनको हत्या गरिएको’ बताइएको छ ।
इजरायली सेनाले जारी गरेको वक्तव्यमा उनको मृत्युमा हमासको सहयोगी इस्लामिक जिहादसँग नजिक रहेको सशस्त्र समूह मुजाहिद्दीन ब्रिगेड दोषी देखिएको जनाइएको छ । थाइल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता निकोरन्डेज बालान्कुराका अनुसार नाट्टापोङ गाजामा बन्धक अवस्थामा रहेका तीन जना थाई नागरिकमध्ये एक थिए । अन्य दुई जनाको मृत्यु सन् २०२४ मा भएको पुष्टि भए पनि इजरायलले अहिलेसम्म उनीहरुको शव भेट्न नसकेको निकोरन्डेजले बताएका छन् । तेल अभिभस्थित थाई राजदूतावासले नाट्टापोङको परिवारलाई सम्पर्क गरी यसबारे जानकारी गराएको र इजरायली पक्षसँग मिलेर जतिसक्दो चाँडो उनको शव थाइल्यान्ड फिर्ता गर्ने उनले बताए । यसैबीच, थाइल्याण्डको विदेश मन्त्रालयले गाजामा एक थाई बन्धकको मृत्यु भएको घटनाले देश शोकमग्न बनेको बताएको छ । निकोरन्डेजले एक भिडियो वक्तव्यजारी गर्दै भनेका छन्, “तेल अभिभस्थित रोयल थाई दूतावासलाई इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी गराउनु पर्दा हामी अत्यन्त दुःखी बनेका र्छौ।”
एजेन्सी २५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ ।
डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो ।
अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ ।
डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ ।
काठमाडौं । अमेरिकामा चार नेपाली मृत भेटिएको स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन्। घटनामा प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद समेत गरेको खबर सार्वजनिक भएको छ । बिहीबार राति भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एउटा घरमा दुई बालबालिका, एक महिला र एक पुरूष मृत भेटिएका हुन् । चारै जनामाथि गोली प्रहार गरिएको अवस्थामा मृत भेटिएको पाइएको छ । भर्जिनियाबाट प्रकाशन हुने अनलाइन सञ्चारमाध्यम एनबिसी वाशिङ्टन डटकमका अनुसार प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छ। चारै जना मृत भेटिएको कोठाबाटै प्रहरीले पेस्तोल बरामद गरेको हो।
मृत भेटिएका चारै जनाको शव प्रहरीले मेडिकल परीक्षणका लागि स्थानीय अस्पतालमा पठाएको छ। घटनास्थलमै पेस्तोल भेटिएका कारण प्रहरीले उक्त घटना हत्यापछि आत्महत्या हुन सक्ने आकलन गरेको छ। यद्यपि हत्यापश्चात आत्महत्या गर्ने को हुन सक्छ भनेर प्रहरीले खुलाएको छैन। त्यो अझै अनुसन्धानकै क्रममा रहेको बताएको छ। प्रहरीले मृत्यु हुने महिला र पुरूष अन्जु श्रेष्ठ र सन्तोष परियार रहेको पनि खुलाएको छ। दुई बालबालिकाहरुमास २ वर्षका बालक र ८ वर्षीया बालिका छिन्।
सोही घरको माथिल्लो तलामा अर्का नेपालीको परिवार पनि बस्दै आएको एनबिसी वाशिङ्टनले लेखेको छ। मृतकका एक नेपाली छिमेकीले उक्त घटनाले मर्माहत बनाएको बताएकी छन्। उनले आफ्नी ८ वर्षीया छोरी पनि मृतक ८ वर्षीया बालिकासँग सँधै सँगै खेल्ने गरेको पनि प्रहरीलाई बताएकी छन्। मृत भेटिएका उनीहरू मनसास पार्कको त्यो घरको भुइँतलामा बस्दै आएका थिए। घरबेटीले शंकास्पद लागेर प्रहरीलाई खबर गरेपछि बिहीबार राति १०ः४० बजे उक्त घरमा प्रहरी पुगेर ढोका खोलेको थियो।
एजेन्सी २४ जेठ, काठमाडौं । चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ ।
विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा वृद्धि भई मे महिनाको सुरुमा ४.७ प्रतिशत पुगेको छ । यसले बच्चाहरूमा गम्भीर कुपोषणका घटनाहरूमा वृद्धि भएकाले प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई जोखिममा पार्ने अवस्था आउने प्रतिवेदनमा उल्लेख छ । उत्तरी र दक्षिणी गाजा पट्टीको रफाहमा इजरायली आक्रमणका कारण गम्भीर अवस्था सिर्जना भएको र यहाँ स्वास्थ्य केन्द्रहरू बन्द गर्न बाध्य पारिएपछि चिकित्सा जटिलता देखिएको र बच्चाहरू उपचार प्राप्त गर्नबाट बञ्चित बनेको देखिएको छ ।
एजेन्सी २४ जेठ, काठमाडौं । अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दर स्थिर रहेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरै कम हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमा कायम रहेको छ । विश्लेषकहरूले यस मन्दीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति विशेष गरी ट्यारिफ (कर) हरूको प्रभावसँग जोडेर हेरेका छन् ।
व्यापार नीतिहरूको अनिश्चितताले व्यवसायहरूलाई नयाँ कर्मचारी नियुक्तिमा सतर्क बनाएको छ । यद्यपि, स्वास्थ्य सेवा, मनोरञ्जन र सामाजिक सहायता जस्ता क्षेत्रहरूमा रोजगारी वृद्धिमा वृद्धि देखिएको छ । यो रिपोर्टले अमेरिकी श्रम बजारको स्थायित्व र व्यापार नीतिहरूको प्रभावलाई स्पष्ट पार्दछ । आगामी महिनाहरूमा आर्थिक नीतिहरूको प्रभाव अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।
एजेन्सी २३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा सिटीका केही भागका बासिन्दालाई आक्रमणको पूर्वसन्ध्यामा स्थानान्तरण गर्न आदेश दिएको छ । सेनाका प्रवक्ताले उक्त क्षेत्रलाई ‘खतरनाक युद्ध क्षेत्र’ भन्दै बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । यो आदेश मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व इद अल–अधाहको अवसरमा आएको छ, जसले गाजा सिटीका बासिन्दामा थप तनाव र अनिश्चितता सिर्जना गरेको छ ।
यसैबीच, हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गाजा सिटीमा स्थायी युद्धविरामको लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन तयार रहेको बताएका छन् । तर, हालसम्मका वार्ता प्रयासहरू असफल भएका छन् । गाजा सिटीमा इजरायली सेनाको आक्रमण र स्थानान्तरण आदेशले मानवीय संकटलाई थप गम्भीर बनाएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले नागरिकहरूको सुरक्षा र मानव अधिकारको सम्मान गर्न आह्वान गरेका छन् । गाजा सिटीका बासिन्दाहरूको स्थिति अत्यन्त कठिन छ, र यस सङ्कटको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको सक्रिय पहल आवश्यक देखिन्छ ।
२३ जेठ, अमेरिका । अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ । खारेजीको यो निर्णयसँगसँगै आगामी अगष्ट ५ उप्रान्त सोही स्टाटसमा बसेका नेपालीहरु अवैध हुनेछन् । यस अघि डिसेम्वर २४ सम्म नेपालीहरुले टीपीएस सुविधा पाउने बताइएको थियो । टीपीएस खारेजीपछि करिब सात हजार पाँच सय नेपालीहरु प्रभावित हुने छन् ।
अमेरिकी गृह सुरक्षा विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको टीपीएस खारेजीको कुरा उल्लेख छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिष्टी नोमले अमेरिकी सरकारका निकायहरुले नेपालको वर्तमान अवस्थाको बारेमा दिएको सुझाबलाई मनन गरी नेपाललाई टीपीएस सुविधा दिइरहनुपर्ने आवश्यकता नभएकोले सो खारेज गरेको बताउनुभएको छ । नेपालमा गएको भूकम्पका कारण भत्किएका संरचनाहरु पुनर्निर्माण भइसकेको पनि सो विज्ञप्तिमा उल्लेख छ ।
यस अघि ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरुको टिपीएस खारेज गर्ने निर्णय गरेको थियो । प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरुलाई अमेरिकाले अस्थायी रुपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ ।
सन् २०१५ अर्थात् २०७२ सालको भूकम्पअघि वैध वा अवैध रुपमा यहीँ बसोबास गरिरहेका नेपाली आप्रवासीहरुलाई अमेरिकाले टीपीएसको सुविधा दिएको थियो । त्यस यता थुप्रै नेपालीहरुले टीपीएस सुविधा पाएर काम गर्दै आएका थिए । यस अघि अघिल्लो हप्ता मात्र अमेरिकी गृह सुरक्षा विभागले चारवटा देशको अस्थायी संरक्षित स्थिति ९टीपीएस० खारेज गर्न गरेको निर्णयलाई सर्वोच्च अदालतले अनुमति दिएको थियो ।
अमेरिकाको ट्रम्प प्रशासनले धेरै अघिदेखि टीपीएस खारेज गर्ने निर्णय गरे तापनि वोस्टनको सङ्घीय अदालतले यसलाई रोकेको थियो । बिहीबार सर्वोच्च अदालतले चारवटा देश क्युवा, हेटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीहरुको टीपीएस खारेज गर्ने सरकारको निर्णयलाई अनुमति दिएको कुरा समाचारपत्र पोलिटिकोले जनाएको छ । यो अनुमतिसँगै अबको केही दिनमा ती पाँच लाख आप्रवासीहरु स्वैच्छाले या त स्वदेश जानुपर्नेछ या सरकारी गिरफ्तारीमा परेर निष्काशित हुनुपर्नेछ ।
२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो। मार्चको तुलनामा यो घाटा ५५.५ प्रतिशतले घटेको वाणिज्य विभागले जनाएको छ ।
व्यवसायहरूले ट्रम्पको प्रतिज्ञा गरिएको कर कार्यान्वयनमा आउनु पहिले विदेशी वस्तुको आयातमा व्यापक लगानी गरेपछि मार्चमा समग्र अमेरिकी व्यापार घाटा १३८.३ अर्ब डलर पुगेको थियो । अमेरिकी सहयोगी र प्रतिस्पर्धीहरूमाथि समान रूपमा १० प्रतिशत आधारभूत कर लगाएपछि अप्रिलमा आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको छ ।
आधारभूत १० प्रतिशत करबाहेक ट्रम्पले चीन, युरोपेली सङ्घ र जापानसहितका दर्जनौं अर्थतन्त्रमा उच्च कर दरको घोषणा पनि गर्नुभएको थियो यद्यपि, ती दर व्यापार वार्ताका लागि ठाउँ दिने शर्तमा जुलाईको सुरुसम्म लागू नहुने सहमति ती मुलुकले गरेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्काको उत्पादनमा दुवै पक्षको कर तीन अङ्कमा पु¥याएपछि चीनबाट आउने सामान ट्रम्पको सबैभन्दा ठूलो निशाना बनेको थियो । अमेरिका र चीनबीच स्थितिलाई कम गर्न अस्थायी सम्झौतामा पुग्नुअघि चीनबाट धेरै ढुवानीहरू रोकिएको थियो । तत्कालका लागि सबैका आँखा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको फोन वार्तामा केन्द्रित छन् । उनी बीच बिहीबार नै फोन वार्ता भएको छ । फोनवार्ताले विवादको दीर्घकालीन समाधान खोज्न मद्दत गर्न सक्ने आशा गरिएको छ ।
ट्रम्पले गत हप्ता बेइजिङले आफ्नो अस्थायी सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएपछि दुई देशबीचको व्यापार सम्झौताको अवस्था अनिश्चित छ । गत अप्रिलमा अमेरिकी आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको थियो । विशेष गरी उपभोग्य वस्तुहरूको आयात ३३ अर्ब डलरले घटेको तथ्याङ्कले देखाएको छ। अमेरिकी निर्यात तीन प्रतिशतले बढेर २८९.४ अर्ब डलर पुगेको छ, जसले औद्योगिक आपूर्तिजस्ता वस्तुनिर्यातलाई सहयोग गरेको छ तर अमेरिकी अटो तथा पार्टपुर्जाको निर्यात ३.३ अर्ब डलरले घटेको छ ।
ट्रम्पले हालैका महिनाहरूमा घोषणा गरेको कर विभिन्न देशहरूलाई लक्षित गरी व्यापक शुल्कहरू बाहेक, व्यवसायहरूले क्षेत्र–विशिष्ट शुल्कहरूको साथ पनि प्रतिस्पर्धा गरिरहेका छन् । मार्च र अप्रिलमा राष्ट्रपति ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा २५ प्रतिशत कर लगाउनुभएको छ भने उहाँले यस महिना दुबैमा कर दोब्बर पारिएको घोषणा गरेका छन् । सरकारी तथ्याङ्कअनुसार अप्रिलको समग्र अमेरिकी घाटा सन् २०२३ को सुरुदेखि अहिलेसम्मकै सबैभन्दा कम हो ।
एजेन्सी २२ जेठ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसले उनको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ । “हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्धित गर्न आवश्यक छ भनेर मैले निर्णय गरेको छु”, ट्रम्पले एक विज्ञप्तिमा भने । ट्रम्प प्रशासन शैक्षणिक क्षेत्र, विशेष गरी हार्वर्डसँग निरन्तर द्वन्द्वमा रहेको छ ।
हार्वर्डले ट्रम्पको क्रोधलाई निरन्तर आकर्षित गर्दै आएको छ भने सार्वजनिक रूपमा उनको प्रशासनको भर्ती, पाठ्यक्रम र अनुसन्धान छनोटहरूको नियन्त्रण छोड्न दिएका दोहोर्याइएका मागहरूलाई अस्वीकार गर्दै आएको छ । ट्रम्पको घोषणाले उहाँको निर्णय तुरुन्तै लागु हुने र ‘विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रममार्फत हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्न संयुक्त राज्य अमेरिका प्रवेश गर्ने वा प्रवेश गर्ने प्रयास गर्ने विदेशीहरूमा लागू हुने’ बताएको छ । विभिन्न भिसामा पहिले नै हार्वर्डमा उपस्थित भएका वर्तमान अन्तर्राष्ट्रिय विद्यार्थीहरूले समीक्षाको सामना गर्नु परेको र ‘उनीहरूको भिसा रद्द’ हुने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ‘राष्ट्रिय सुरक्षा’ को रक्षा गर्न यो कदम आवश्यक रहेको बताइएको छ । “मेरो निर्णयमा, विदेशी विद्यार्थीहरूले गरेको दुव्र्यवहार र आपराधिकताका ज्ञात घटनाहरूको बारेमा सोध्दा पर्याप्त जानकारी प्रदान गर्न अस्वीकार गर्ने शैक्षिक संस्थाका लागि हाम्रो राष्ट्रको सुरक्षामा अस्वीकार्य जोखिम प्रस्तुत गर्दछ”, ट्रम्पले भनेका छन् । उनले‘हार्वर्ड र क्याम्पसमा यसका सम्बद्ध सङ्गठनहरूले मेहनती अमेरिकीहरूलाई समान अवसरहरू अस्वीकार गर्न जारी राखेको पनि आरोप लगाएका छन् । “अत्यधिक विदेशी विद्यार्थी भर्नाबाट अमेरिकी विद्यार्थीहरूका लागि अवसरहरू थप कम गरेर गैर–प्राथमिकता प्राप्त जाति, राष्ट्रिय उत्पत्ति, साझा पुर्खा वा धर्महरू विरुद्ध हार्वर्डको भेदभावलाई थप बढाउनु संयुक्त राज्य अमेरिकाको हितमा छैन”, विज्ञप्तिमा भनिएको छ । धबारको आदेश हार्वर्ड विश्वविद्यालयलाई मात्र लागू हुने देखिन्छ । ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई स्पष्ट रूपमा लक्षित गरेको छ । विदेशमन्त्री मार्को रुबियोले चीनका विद्यार्थीहरूका भिसाहरू ‘आक्रामक रूपमा’ खारेज गर्ने वाचा गरेका छन् । गत हप्ता विद्यार्थीहरू स्नातक भएपछि एक न्यायाधीशले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट रोक्न ट्रम्पको प्रयासमा अस्थायी अवरोध विस्तार गरे ।