अमेरिकी तल्लो सदनमा राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु

न्यूयोर्क अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको छ । हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी हुन् । युक्रेनी समकक्षीलाई पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशमा आएसँगै पिलोसी महाभियोगका प्रकृया अघि बढाउने निर्णयमा पुगेकी हुन्… Continue reading अमेरिकी तल्लो सदनमा राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु

महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यब्यस्तता र केही अस्वस्थताका कारण सहभागी हुन नसकेपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आइपुगेका हुन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी साहित्यकार सरस्वती ज्ञवाली, राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट,… Continue reading महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते

क्यारोलिना । अमेरिकामा शनिबार भएको गोलीबारीमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भेन ८ जना घाइते छन् । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार एक रेष्टुराँ नजिकै गोली चलेको हो । स्थानीय समय अनुसार राती पौने ती बजे लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा गोली चलेको हो… Continue reading क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते

साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाले खाडी क्षेत्रमा संन्य क्षमता बढाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त घोषणा गरेका हुन् । साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले सैन्य शक्ति बढाउने तयारी गरेको हो । साउदी अरेवियाबाट अमेरिकाले सबैभन्दा धेरै तेल आयात गर्छ । त्यसो त अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप प्रतिबन्धको समेत… Continue reading साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा

डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्यूस्टन शहर डुबानमा परेको छ । भारी वर्षापछि आएको बाढीले शहर डुबानमा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पछिल्लो तीन दिन देखिको अविरल वर्षाले यहाँ ठूलो बाढी आएको हो । शहर जलमग्न भएको छ । यो त्यही शहर हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रुपमा… Continue reading डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका

अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि

फाईल फोटो

अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ । त्यति हुँदा पनि ठूला सहर एवं सहरी इलाकाका बालबालिका तुलनात्मक रुपमा विभाजित स्कुल डिष्ट्रिक्टहरुमा भर्ना हुने गरेका छन् । विशेषगरी काला जातिका… Continue reading अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि

नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट

न्यूयोर्क  सफलताको कथा मार्मिक हुन्छ किनकि सफल बन्नका लागि गरिएको लामो संघर्षको फहरिस्ते त्योसँग जोडिएको हुन्छ । कथा; लगातार तेश्रो पटक पनि प्रतिष्ठित New York City’s Annual MoMo Crawl # Best Mo:Mo In Town को Trophy जित्न सफल ज्याक्सन हाईट्सस्थित नेपाली भान्छाघरको सफलताको । ५ वर्षअघि ४ जना मिलेर शुरु गरेको सामान्य खाजा रेष्टुरेण्टले आज… Continue reading नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट

फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणका दौरान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता तय भएको छ । करीव ५० हजार भारतीयको सहभागितामा अमेरिकामा हाउडी मोदी नामक कार्यक्रम आयोजना गरिएको छ । २२ सेप्टेम्बरमा हुने उक्त कार्यक्रमका दौरान भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेट हुने भएको हो । यस कार्यक्रमका दौरान आयोजना हुने… Continue reading फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति अमेरिकालाई उत्तेजित बनाउन नआएको स्पष्ट पारेका छन् । उनले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्दै यो अडानमा यथावत रहेको बताएका छन् । इलाममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहेको बताएका हुन् ।… Continue reading नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै

न्युयोर्क    अमेरिकी सरकारले संबिधान दिवसको उपलक्ष्यमा ३४ हजार ३ सय जनालाई अमेरिकी नगरिकता बितरण गर्ने भएको छ ।  उक्त जानकारी आज शुक्रबार युएससिअाईएसद्वारा जारी सुचनामा जनाईएको छ । आगामी सेप्टेम्बर १३ तारिखदेखि २३ तारिख भित्र ३४ हजार ३ सय जनालाई देशभर आयोजित हुने ३१६ सपथ कार्यक्रम स्थलबाट नागरिकता बितरण गरिन लागिएको हो ।  … Continue reading संविधान दिवसको उपलक्ष्यमा ३४ हजारलाई अमेरिकी नागरिकता बितरण गरिंदै

मेक्सिकोबाट अमेरिका छिर्नेलाई असाइलम नदिन ट्रम्प प्रशासनलाई अदालतको स्वीकृती

न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले ट्रम्प प्रशासनको असाइलममा कडाइ गर्ने नीतिलाई अनुमोदन गरेको छ । प्रशासनले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेले असाइलम आवेदन गर्न नपाउने नीति अख्तियार गरेको थियो । सरकारी नीतिको पक्षमा सर्बोच्चका सात न्यायाधिशले साथ दिएका छन् । दुई न्यायाधिशले मात्र नीतिको विपक्षमा मत दिए । क्यालिफोर्निया स्थित संघीय अदालतका न्यायाधिशले उक्त नीति कार्यान्वयनमा… Continue reading मेक्सिकोबाट अमेरिका छिर्नेलाई असाइलम नदिन ट्रम्प प्रशासनलाई अदालतको स्वीकृती

सचिवमा मेरो आकांक्षा स्वभाविक : जोशी

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघको आगामी सम्मेलनमा सचिव पदका आंकाक्षी गौरीराज जोशीले आफूले सचिवको पदको आंकाक्षा राख्नु स्वभाविक रहेको बताएका छन् । हाल अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजक रहेका जोशीले आफूले हालको पदमा रहँदा गरेको काम र योगदानलाई नजिकवाट बुझेकाहरुले मेरो सचिवको पदको आंकाक्षालाई स्वभाविक मान्ने बताएका हुन् । उनले विश्व… Continue reading सचिवमा मेरो आकांक्षा स्वभाविक : जोशी

पोखरेल क्षेत्रीय उपसंयोजक पदको उम्मेद्वार बन्ने

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक पदका लागि एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेपाली समाज टेक्सस र डलास एभरेष्ट लायन्सका क्लबका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले सामाजिक संजालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले एनआरएनए अमेरिकाको… Continue reading पोखरेल क्षेत्रीय उपसंयोजक पदको उम्मेद्वार बन्ने

जोशीले गरे १ करोड सहयोग

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका संयोजक गौरी राज जोशीले गैर आवासीय नेपाली संघलाई १ करोड सहयोग गरेका छन् । संघका अध्यक्ष भवन भट्टले संस्थालाई सहयोग गर्न सार्वजनिक आह्वान गरेका हुन् । उनको सो आह्वान सँगैं क्षेत्रीय संयोजक जोशीले सहयोग गरेका हुन् । उनी आउँदो सम्मेलनमा सचिव पदका आंकाक्षी समेत… Continue reading जोशीले गरे १ करोड सहयोग

ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

न्यूयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रपतीको पदभार सम्हालेसँगै स्वास्थ बीमा गुमाउने अमेरिकीको संख्या उकालो लागेको छ । मंगलवार प्रकाशित संघीय तथ्यांक अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या दुई लाखले बढेको हो । अमेरिकी केन्द्रीय तथ्यांक विभागको सर्भेक्षण अनुसार सन् २०१८ मा मा बीमा बिहिन अमेरिकीको संख्या दुई करोड ७५ लाख पुगेको छ । सन्… Continue reading ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले कश्मीर मामलामा मुख खोलेका छन् । भारत-पाकिस्तान दुबै देशले चाहेको अवस्थामा अमेरिका यस मामलामा मध्यस्तता गर्न तयार रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् । कश्मीरलाई भारतको एक प्राप्तका रुपमा लिने गरी संविधानका एक धारा नै खारेज गरिएपछि अहिले भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र… Continue reading कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार

एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

न्यूयोर्क, अमेरिका आगामी अक्टोबरमा नेपालमा हुन गइरहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तीन दिने विश्व सम्मेलनमा अमेरिका स्थित गैर आवासीय नेपालीको नेतृत्व र भूमिकाबारे छलफल गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको पूर्ब क्षेत्रीय समिति तथा न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा न्यूयोर्कमा गरिएको टाउन हल बैठकमा आगामी निर्वाचनमा अमेरिकाबासी नेपालीको सबैभन्दा… Continue reading एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

मनोबाद : त्यो दिनको भेटघाट

ऋतिका प्रसाई / टेक्सस दिनहरु दौडिरहे झैं लाग्छ । अध्ययनको लागि अमेरिका छिरेको पनि लामो जस्तो लाग्न थालेको छ । वालमार्ट शपिङ्देखि लण्ड्री लगायतका सबै कामहरु आफैले समाल्नु परेपछि समय बितेको पनि पत्तै नहुने रहेछ । पढ्न र नयाँ कुरा सिक्न अत्यन्तै रुचाउने म जस्ताको लागि अमेरिकाको प्रत्यक पलले केही न केही सिकाइ रहेको प्रतित… Continue reading मनोबाद : त्यो दिनको भेटघाट

ज्याक्सनहाइटमा नेवारी बालिकाको बेलविवाह

कल्पना घिमिरे न्यूयोर्क, अमेरिका न्यूयोर्कको ज्याक्सन हाइटमा नेवारी समुदायको बिशेष महत्वको चाड बेल बिवाह सम्पन्न भएको छ । नेवाः नखः न्यूयोर्कको आयोजनामा शनिबार गरिएको बेल बिवाह कार्यक्रममा रुखमा फल्ने फल बेललाई साक्षी राखेर बालिकाहरुको विवाह गरिएको हो । नेवाः नखः संस्थाको सहयोगमा विगत छ वर्ष यता न्यूयोर्क र आसपासमा बस्ने नेवारी समुदायले सामुहिक बेल बिवाह… Continue reading ज्याक्सनहाइटमा नेवारी बालिकाको बेलविवाह

ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्

काबुल । तालिवानसँगको शान्ती सहमती नमान्ने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तालिवानले अब अझै बढी अमेरिकी मारिने धम्की दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले तालिवानको निरन्तर आक्रामण पछि शान्ती सहमति भंग भएको घोषणा गरेका थिए । सहमति अनुसार आगामी २० साता भित्र ५४ सय अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने थिए । अफगानिस्तानको राजधानी काबुलमा भएको… Continue reading ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्

अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

न्यूजर्सी । मेक्सिकोले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि प्रभावशाली जीत हाँसिल गरेको छ । अमेरिकाको घरेलु मैदान मेटलाइफ रंगहालामा सम्पन्न खेलमा मेक्सिकोले अमेरिकालाई ३ ० गोल अन्तरले हरायो । मेक्सिकोका लागि हाभियर हर्नान्डेज, इरिक गुटिरेज र युरियल एन्टुनाले गोल गरे । अमेरिकाले भने पेनाल्टीमा पाएको अवसर पनि सदुपयोग गर्न सकेन । अमेरिकी फरवार्ड जोश सार्जेन्टले अन्तिम… Continue reading अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

अफगानिस्तानमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण मानिएको शान्ती सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकृत गरेका छन् । तालिबानसँग शान्ति सहमति भएपछि तालिवानले लगातार दुई बम विस्फोट गराइयो । जहा अमेरिकी सैनिकको समेत ज्यान गएपछि राष्ट्रपति ट्रम्प सहमतिबाट पछि हट्ने रणनीतिमा पुगेका हुन् । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिबान नेताहरुसँग क्याम्प डेविडमा भेटघाटको कार्यक्रम… Continue reading तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

न्यूयोर्क अमेरिकामा यतिबेला समुन्द्री आँधीको सिजन चल्दै छ । हरेक बर्ष एट्लान्टिक  महासागरमा जुन १ देखि नोभेम्बर ३० सम्मलाई आँधीको सिजन मानिन्छ । त्यस्तै पूर्वी उत्तर प्यासिफिकको आँधीको सिजन भने मे १५ देखि नोभेम्बर ३० सम्म हो ।  आँधीको कारण हरेक बर्ष अमेरिकामा थुप्रै मानवीय क्षति हुन्छ भने थुप्रै मानिस घरवार बिहिन हुन पुग्दछन् ।… Continue reading अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

शिवरात्रीमा ग्राउण्ड ब्रेक गर्ने हुँदैंछ तयारी विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको टेक्सस डलासमा वहुआयामिक प्रयोजनसहीत बनाउन लागिएको पशुपतिनाथ तथा बौद्ध मन्दिर निर्माणको कार्य अव छिट्टैं सुरु हुने भएको छ । झण्डैं ५० लाखको लागतमा सन् २०२३ सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनासहीत अघि बढेको यो परियोजनाको प्रथम चरणको निर्माण कार्य छिट्टैं सुरु हुने… Continue reading बहुआयामिक महत्वको परियोजना निर्माणमा बढ्दैंछ सहयोगी हात

अस्टिनमा एमआरपी शिविर हुने

विश्व न्यूज संवाददाता अमेरिका । टेक्ससको राजधानी अस्टिनमा नेपाली राहदानी वाहकहरुलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउने उद्देश्यले दुइ दिने शिविरको आयोजना गरिएको छ । खासगरी हस्तलिखित राहदानीको प्रतिस्थापन गर्ने नेपाल सरकारले निर्णय यस अघि नैं गरिसकेकाले हस्तलिखित राहदानी भएकालाई मेसिन रिडेवेल पासपोर्ट उपलब्ध गराउनका लागि घुम्ती शिविरको रुपमा अस्टिनमा कार्यक्रम आयोजना हुन लागेको हो ।… Continue reading अस्टिनमा एमआरपी शिविर हुने

साकार हुँदैं अस्टिनमा सामुदायिक भवन बनाउने सपना

विश्व न्यूज संवाददाता टेक्सस । टेक्सस राज्यको राजधानी अस्टिन शहर आसपास बस्ने नेपालीहरु अहिले वहुआयामीक सामुदायिक भवन बनाउन कस्सिएका छन् । हालसम्म नेपाली संस्थाको स्वामित्वमा अस्टिनमा सामुहिक प्रयोजनको निम्ति आवश्यक पर्ने सामुदायिक भवन छैन । जसका धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमको आयोजना गर्न कठिनाई हुदैं आएको छ । नेपाली बालबालिकाका निम्ति संचालन हुदैं आएको नेपाली… Continue reading साकार हुँदैं अस्टिनमा सामुदायिक भवन बनाउने सपना

सेम्टेम्वर २२ मा रक्तदान कार्यक्रमको आयोजना

विश्व न्यूज संवाददाता टेक्सस । रुपन्देही सेवा समाज र ब्लड डोनर्स अफ अमेरिकाले सेप्टेम्वर २२ आइतवार रक्तदान गर्ने भएका छन् । रक्त संकलन अभियान अन्तर्गत दुई संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । टेक्ससको अर्विङमा रहेको नेपाली मन्दिर (पशुपति नाथ तथा बौद्ध मन्दिर) मा रक्तदान कार्यक्रमको आयोजना गरिएको रुपन्देही सेवा समाजका अध्यक्ष जगदीश न्यौपानेले जानकारी… Continue reading सेम्टेम्वर २२ मा रक्तदान कार्यक्रमको आयोजना

प्रज्नाले निकालिन् गित

विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको केन्टकी राज्यमा बस्ने ८ वर्षिया प्रज्ना पाठकले फर्कि आऊ बोलको गित वजारमा ल्याएकी छन् । मणि भट्टराईको शब्द र स्वरुपराज आचार्यको संगितमा निकालिएको गितमा बाध्यताले परदेशीया बुबाहरुलाई स्वदेश फर्कन आग्रह गरिएको छ । पश्चिमा संगितामा समेत अब्बल प्रज्नाले सानो उमरेदेखिनै. गित गाउन थालेकी थिइन् । उनले ६ वर्षको उमेरमा… Continue reading प्रज्नाले निकालिन् गित

अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्व न्यूज संवाददाता टेक्सस । अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो । अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह विजेता बनेको छ । त्यस्तैं, रुकुम युनाइटेड उपविजेता बनेको छ । विजेता र उपविजेता समुहले… Continue reading अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया

विश्व न्यूज संवाददाता टेक्सस । गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राज भण्डारीको आतिथ्यतामा विहिवार टेक्ससमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उपाध्यक्ष भण्डारीले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका गतिविधिबारेमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराएकी थिइन् । उनले गैर आवासीय नेपाली संघका सदस्यहरुलाई परिचय पत्र उपलब्ध गराउने काम भैरहेको र त्यस… Continue reading एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया