गत २६ तारिख शुक्रबार न्युयोर्क ब्रुकलिनस्थित ईस्ट न्युयोर्कको सडकमा एक पेसेन्जर कार (लिब्री कार) ड्राईभर युवाको लास सडकमा लडिरहेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार भ्याली स्ट्रिममा बसोबास गर्दै आएका २९ वर्षिय नोमन सलेमीको लास टाउकोको पछिल्लो भागमा गोली हानिएको अवस्थामा फेला परेको हो । शुक्रबार बिहान करिब ३ बजे ईस्ट न्युयोर्कको एटलान्टिक एभेन्यु… Continue reading न्युयोर्कमा ट्याक्सी चालक काम असुरक्षित बन्दै, फेरी अर्को ट्याक्सी चालकको गोली हानी हत्या
Category: अमेरिका
वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा
गत जुलाई २४ तारिख पेन्सिल्भानिया स्थित चर्चित किराना स्टोर “वालमार्ट” भित्रको क्यामरामा एउटा बिचित्रको भिडियो कैद भयो । त्यति ठुलो सपिङ् मलको शौचालय छाडेर एक जवान महिला बिक्रीका लागि राखिएको आलुको थुप्रोमा पिसाब फेर्दै थिइन् । घुम्रिएको कपाल भएकी जवान महिलाले बिक्रीमा राखेको आलुको थुप्रो माथि पिसाब गरेको देखेपछि वालमार्ट प्रशासनले प्रहरीलाई खबर गर्यो ।… Continue reading वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा
एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल
फ्लोरिडाका एक युवाले एचअाईभि पोजेटिभ भएको कुरा गोप्य राखेर महिलासँग शारिरिक सम्पर्क राखेपछि एचअाईभि सारेको अभियोगमा १० बर्षको काराबास सजाय भोग्नु पर्ने भएको छ । २७ वर्षिय रशिम ईके बोडिफोर्डले आफ्नो रोग गोप्य राखि २ जना महिलासँग शारिरिक सम्पर्क गरेको र सो मध्ये १ महिलालाई एचअाईभि सारेको अभियोगमा न्यायपिठ (जुरी) ले समुदायको लागि खतरा हुने… Continue reading एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल
ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्यु
न्यूयोर्कको ब्रुक्लिनमा अज्ञात ब्यक्तीले भिडमा गोली चलाएर दुई जनाको मृत्यु भएको भोलीपल्ट पश्चिमी राज्य क्यलिफोर्नियामा पनि अाइतबार राती एउटा फुड फेस्टिबलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । घाईतेहरुलाई तत्काल अस्पताल पुर्याएर उपचार भै रहेको छ । उत्तरी क्यलिफोर्नियाको गिलरोय शहरमा साँझ आयोजित फुड फेस्टिबलको भिडमा साँझ ४… Continue reading ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्यु
शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्यु र १२ जना घाईते
न्यूयोर्क शनिबार राती न्यूयोर्क शहरको ब्रुकलिनमा भिडमाथी गोलीबारी हुँदा १ जनाको मृत्यु र १२ जना घाईते भएका छन् । शनिबार राती अन्दाजी १० बजे ब्रुकलिनस्थित ब्राउन्सभिलको एक खेल मैदानमा गोली चल्दा उक्त घटना भएको हो । खेल मैदान क्रिस्टोफर र हेगीम्यान एभेन्युको इन्टर्सेक्सनमा पर्दछ । स्थानीय “वल्ड टाइमर विक” को एक सामुदायीक कार्यक्रमले नजिकै… Continue reading शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्यु र १२ जना घाईते
पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्यु
अमेरिकाको नर्थ क्यारोलाइना राज्य निवासी एक जना मानिसलाई वाटर पार्कमा पौडी खेलेपछि दिमाग खाने (ब्रेन ईटिङ्) अमिबाले टोकेको कारण मृत्यु भएको छ । गत जुलाई १२ तारिखका दिन एडी ग्रे नामका ती ब्यक्ती “फ्यान्टासी लेक वाटर पार्क” मा पौडी खेलेपछि बिरामी भएको र केही समयमा नै मृत्यु भएको समाचार संस्था सि एन एनले जनाएको छ… Continue reading पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्यु
फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना
अमेरिकाको केन्द्रिय व्यापार आयोग (एफटीसी)ले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना सुनाएको छ । फेसबुकको गोपनीयतासम्बन्धी मुद्दामा करीव १ वर्षको अनुसन्धानपछि आयोग उक्त निर्णयमा पुगेको अंतरराष्ट्रीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो जरिवाना सम्भवतः फेसबुकमाथि लगाइएको सबैभन्दा ठूलो हो । संसारभर फेसबुकको गोपनीयतासम्बन्धी विषयले अहिले निकै चिन्ताका रुपमा हेरिएको छ । फेसबुकले व्यक्तिको गोपनीयतासँग सम्बन्धी कानूनको… Continue reading फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना
अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम
अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देशनिकाला गर्न मिल्ने द्रुत प्रकृतिको नयाँ प्रक्रिया मङ्गलवार शुरू गर्दैछ। नयाँ नियम अन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ। अहिलेसम्म यस्तो नियम सीमामा गिरफ्तार गरिएका र अमेरिकामा दुई हप्ताभन्दा कम बसोबास गरेका व्यक्तिहरूमा मात्रै लागु थियो। अधिकारवादी संस्थाहरूले यो नियमले सयौँ मानिसहरू… Continue reading अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम
शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट
न्यूयोर्क फेसबुकमा दिनहुँ सयौं झुठा हेडलाईन भएका समाचारहरु पोष्ट भएका हुन्छन् । पाठकलाई आकर्षित गरी लिंक थिच्न वाध्य पार्ने यस्ता झुठा शिर्षक भएका फेसबुकमा देखिने समाचारमा शिर्षक मात्र पढेर कमेन्ट गर्ने २ जना प्रहरी अधिकृतको अमेरिकामा जागिर नै गएको छ । लुजियाना राज्यका एक प्रहरी अधिकृतले न्यूयोर्क राज्यकी डेमोक्र्याटिक पार्टीकी प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रा वोकासियो –… Continue reading शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट
न्यूयोर्कको क्विन्समा हिन्दू पुजारी माथि आक्रमण
न्यूयोर्क न्यूयोर्कको क्विन्समा एक जना हिन्दू मन्दिरका पुजारी माथि आक्रमण भएको छ । गत जुलाई १८ तारिख बिहीवार बिहान ११ बजे ६२ वर्षिय पुजारी हरिषचन्द्र पुरी माथि आक्रमण भएको हो । ग्लेन ओक्सस्थित शिब शक्ती पिठ नजिकै धार्मिक लुगा लगाएर हिंडी रहेको समयमा पछाडिबाट आएर अकस्मात आक्रमणकारीले पुजारी पुरी माथि आक्रमण गरेको थियो ।आक्रमणबाट… Continue reading न्यूयोर्कको क्विन्समा हिन्दू पुजारी माथि आक्रमण
अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ
विश्वन्यूज / न्यूयोर्क उस्तै राजनीतिक ब्यवस्थाको प्रयोग गरी रहेको संघीय गणतन्त्र नेपालमा “राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढेर हिड्छिन” भन्ने शब्द राखेर गीत बनाएको कारण लाखौं जनताको मुख मुखमा झुण्डिएको गायक पशुपति शर्माको गीत नै प्रतिबन्धित भयो । तर त्यस्तै प्रकारको राजनैतिक ब्यवस्था रहेको अमेरिकामा भने राष्ट्रपतिको तस्बिर भएको ट्वाइलेट पेपर नै खुल्ला रुपमा बिक्रि बितरण… Continue reading अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ
टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्यु
विश्वन्युज /अमेरिका अमेरिकाको टेक्ससस्थित एक हाईवेमा गाडीहरु एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् । ह्युस्टनबाट दक्षिण पश्चिममा पर्ने हाईवे ५९ मा शनिबार बिहान १८ चक्के एक ट्रक र यात्रु वाहक भ्यान ठोक्किदा २ नाबालक सहित ५ जनाको मृत्यु भएको टेक्सस स्थित डिपार्टमेण्ट अफ पब्लिक सेफ्टीले जनाएको… Continue reading टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्यु
अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो
विश्वन्यूज/न्यूयोर्क अमेरिकामा झन्डै २० करोड मानिसले यो सप्ताहन्त कठोर गर्मीको सामना गर्दै छन् ।शिकागोस्थित मौसम पूर्वअनुमान कार्यालयले यो सप्तान्तको गर्मीलाई सन् २०१२ देखि यताकै सबैभन्दा धेरै गर्मी भनेको छ । मध्य अमेरिकादेखि पूर्विय तटसम्म महसुस गरिने यो तापका कारण हालसम्म २ जनाको मृत्यु भई सकेको छ । सुपर बलका चर्चित खेलाडी मिच प्रेटरसको गर्मीका कारण… Continue reading अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो
अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनहरु विपक्षमा
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले कामदारको न्यूनतम तलव दोब्बर बृद्धिको प्रस्ताव पारित गरेको छ । डेमोक्र्याट बहुल सदनले प्रतिघण्टा न्यूनतम पारिश्रमिक १५ अमेरिकी डलर पुर्याउने विधेयक पास गरेको हो । विधेयक अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट पनि पास भएर राष्ट्रपतिले प्रमाणीकरण गरे कार्यान्वयनमा जानेछ । विधेयकमा हाल कायम प्रतिघण्टा ७.२५ डलर… Continue reading अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनहरु विपक्षमा
मेक्सिकन लागु औषध ‘बादशाह’ एल चापोलाई आजिवन जेल, १३ खर्ब जरिवाना
न्यूयोर्क मेक्सिकन लागु औषध बादशाह जोसिन ‘एल चापो’लाई अमेरिकी अदालतले आजिवन सहित थप ३० बर्षको काराबासको सजाय सुनाएको छ । साथै उनले १२ अर्ब ६० करोड अमेरिकी डलर (१३ खर्ब रुपैयाँ बढी) जरिवाना समेत तिर्नु पर्ने भएको छ । उनी कोलोराडो स्थित सुपरम्याक्स जेल चलान भएका छन् । बुधबार फैसला सुनाइँदा उनी पनि अदालत उपस्थित… Continue reading मेक्सिकन लागु औषध ‘बादशाह’ एल चापोलाई आजिवन जेल, १३ खर्ब जरिवाना
आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्यु
विश्वन्यूज/अमेरिका आफ्नै पिताले हिर्काएको गल्फ बलले दुर्घटनाबस् आफ्नो नाबालिका छोरीको टाउको पछाडि गर्दनमा लाग्दा मृत्यु भएको छ । सोमबार अमेरिकाको युटास्थित स्लिपी हिल गल्फ कोर्समा आफ्नै पिताले गल्फ खेलेको हेरेर बसेकी ६ वर्षिया अरिया हिललाई आफ्नै बाबुले हानेको गल्फ बलले लाग्दा मृत्यु भएको हो । बलले टाउको पछाडिको गर्दनमा लागेर घाईते हुने बित्तिकै बोलाईएका प्यारा… Continue reading आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्यु
अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित
न्युयोर्क अमेरिकी सदनले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्पको नस्लबादी भाषा प्रयोग गरिएको ट्विट्लाई निन्दा गर्दै संकल्प प्रस्ताव पास गरेको छ । सदनमा मंगलबार राष्ट्रपति ट्रम्पको बिरुद्ध पास गरिएको संकल्प प्रस्तावको पक्षमा २४० मत परेको थियो भने बिपक्षमा १८७ मत परेको थियो । ४ रिपब्लिकन प्रतिनिधि सभा सदस्य र एक जना स्वतन्त्रत सदस्यले पनि ट्रम्पको बिवादास्पद ट्विट… Continue reading अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित
राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का
न्युयोर्क गत अाईतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदलाई भड्काउने अर्को एउटा बिवादास्पद ट्विट् गरेपछि अमेरिका तातेको छ । राष्ट्रपति ट्रम्पले गत अाईतबार अमेरिकी सदनका ४ जना महिला सदस्यलाई लक्षित गर्दै लेखे “किन तिनीहरु पूर्ण रुपमा क्षत बिक्षत र अपराधले भरिएको आफ्नै देश फर्किएर त्यहाँ राम्रो गर्दैनन्”। ट्रम्पले अमेरिकी सदनका प्रगतिशिल बिचार बोक्दै आएका सदस्यहरु अलेजेन्ड्रिया… Continue reading राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का
न्यूयोर्कमा केही घण्टा निभेको बत्ती सुचारु भयो
न्यूयोर्क ४२ बर्षपछि अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा अन्धकार हुन पुगेको न्यूयोर्कको म्यानह्याटन सहरमा आईतबार बिहान उज्यालो हुनुभन्दा पहिला नै बिद्युत आपूर्ति सामान्य भएको छ । हिजो शनिबार साँझ अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा केही घण्टासम्म २४ घण्टा धपक्कै बल्न्ने टाईम्स स्क्वायर अन्धकारमा हरायो । हजारौं यात्रुहरु रेलको डिब्बा एलिभेटर भित्र अड्किए । असक्त र… Continue reading न्यूयोर्कमा केही घण्टा निभेको बत्ती सुचारु भयो
४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार
न्युयोर्क संसार कै ब्यस्त मध्येको एक न्यूयोर्क स्थित म्यानह्याटन शहरमा शनिबार साँझ बिद्युत अबरुद्ध हुँदा पर्यटकीय क्षेत्र टाईम्स स्क्वायर रेष्टुरेण्ट क्षेत्र र हेल्स किचेन लगायतको ठुलो हिस्सामा अन्धकार हुन पुगेको छ । झण्डै ९० डिग्री तापक्रमले तातिएको न्युयोर्कमा एकाएक बिद्युत अबरुद्ध हुँदा जमिन मुनीबाट चल्ने रेल सेवा अबरुद्ध हुन पुगेको छ भने अग्ला भवनका एलिभेटरहरु… Continue reading ४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार
३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते
क्यानाडादेखि अस्ट्रेलिया जाँदै गरेको एक जहाज अकल्पनीय टर्बुलेन्समा पर्दा दर्जनौ यात्रु घाईते भएका छन् । अस्ट्रेलिया जाँदै गरेको एयर क्यानाडा उडानले ३७ जना घाईतको उपचारार्थ हिजो बिहिबार हनलुलुमा आकस्मिक अवतरण गरेको थियो । घाईते मध्ये ९ जनालाई गम्भिर चोट लागेको बताईएको छ । ३० जनालाई उपचारको लागि अस्पताल लगिएको छ । धेरै उचाईमा उडेको जहाज… Continue reading ३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते
यसरी उड्यो अमेरिकाको अाकासमा डलर : टिप्न्नेको भिड
न्युयोर्क गत मंगलवार राती ८ बजे अमेरिकाको एटलान्टास्थित हाईवेमा पैसा ओसार पसार गर्ने (आर्मोर्ड ट्रक) को ढोका खुलेर झन्डै २ लाख अमेरिकी डलर हाईवे वरिपरिको आकाशमा पत्कर जस्तै उड्यो । पैसा आकाश भरी उडेको देखेपछी महादेबको पनि तिन नेत्र भने झैं हाईवेमा गुडिरहेका अन्य गाडीहरु भटाभट रोकिए र गाडीबाट मान्छे निस्किएर पैसा सोर्न थाले ।… Continue reading यसरी उड्यो अमेरिकाको अाकासमा डलर : टिप्न्नेको भिड
अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्
प्रभात भट्टराई अमेरिका जुन पहिलो साता विश्वकपमा भाग लिन युरोप उड्दा मेगन रापिनोको आम चिनारी टोलीको उपकप्तानकै रुपमा थियो । एक महिना पछि ट्रफी लिएर फर्किंदा उनी एक वैचारिक मिसालका रुपमा अवतरण गरेकी छिन् । सकर भनेर चिनिने फुटबल अमेरिकामा सर्वाधिक लोकप्रिय खेल होइन । त्यसैले पनि रापिनोमा त्यसबेला त्यति धेरै नजर थिएनन् आज जति… Continue reading अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्
राष्ट्रपती ट्रम्पले आफ्नो ट्विटरमा बिरोधिलाई ब्लक गरेपछी उनलाई त्यसो नगर्न अदालतको आदेश
मंगलवार फेडरल अपिल कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो सामाजिक संजालका एकाउन्टमा उनका आलोचकहरुलाई रोक्न (ब्लक ) गर्न नपाउने आदेश गरेको छ । ट्विटरमा निकै सकृय राष्ट्रपति ट्रम्पले सर्बसाधारणसँग संपर्कका लागि उनले प्रयोग गर्ने ट्विटरमा कटु आलोचकहरुलाई ब्लक गरेर संबिधानको पहिलो संसोधन बिरुद्ध कार्य गरेको भन्दै यस्तो आदेश गरिएको हो । यु एस कोर्ट अफ… Continue reading राष्ट्रपती ट्रम्पले आफ्नो ट्विटरमा बिरोधिलाई ब्लक गरेपछी उनलाई त्यसो नगर्न अदालतको आदेश
आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा
घटना अनेक किसिमका हुन्छन् ।मानिसको जिवनमा कतिखेर के घटना घट्न पुग्छ थाहा हुँदैन । कति बेला सोच्दै नसोचेको घटना घट्छ थाहा नै हुन्न । गत अाईतबार यस्तै भएको छ। अमेरिकाको ईन्डियाना राज्यमा बसोबास गर्दै आएको एक परिवार एक हप्ता लामो करेबियन देशहरुको भ्रमणमा थियो ।भ्रमणकै क्रममा पोर्टो रिकोस्थित सान हुआनको समुन्द्री किनारमा पार्क गरिरहेको पानी… Continue reading आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा
विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए
विषालु जिवाणु फैलिदै गए पछी मानिस तथा जिव जन्तुहरुलाई मिसिसिपी गल्फ कोष्ट वरिपरीको पानीको सम्पर्कमा नजान सुचना जारी गरिएको छ । मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले पानीमा लगातार विषालु जिवाणु फैलिदै गएपछि गत जुन २२ तारिखदेखि सर्वसाधारणको लागि केही तटहरु बन्द गर्दै आएको थियो । गत ७ तारिख अाईतबारदेखि अलाबामा लाईनका २ वटा तट पनि… Continue reading विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए
कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्यो
न्युयोर्क एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ ।साथ साथै ती ब्यक्तिले सियोलस्थित बिमानस्थलमा जहाज कुरेर बसेका सबै यात्रुको होटल बसाई खर्च समेत… Continue reading कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्यो
अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने
न्यूयोर्क न्यूयोर्कका ट्याक्सी लगायत सम्पूर्ण भाडाका कार सेवा प्रदायकहरुको नियमनकारी निकाय ट्याक्सी एण्ड लिमोजिन कमिशन (टिएलसी) का डाईरेक्टर माल्कम केनले भेदभावपूर्ण तवरले ग्राहक लिने र नलिने गर्ने ड्राईभरहरुलाई एकदमै कडा कदम चाल्ने भएका छन् । यसो त केन आफूसँग अनगिन्ती त्यस्ता तितो घटना स्मृतीमा रहेको बताउँछन् । यद्यपी उनी आफू ६ बर्षको उमेरमा अभिभावकसँग थ्याङ्क्सगिभिङ्स… Continue reading अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने
अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज
न्युयोर्क संयुक्त राज्य अमेरिकाकै सबैभन्दा वृद्धा (महिला पुरुष दुबैमा) मानिस आज जुलाई ६ तारिख शनिबार ११४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९०५ को जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी अलिलिया मर्फी आज शनिबार ११३ पुरा भएर ११४ बर्षमा प्रवेश गर्दा उनी संसार कै ८ औं जिउँदो बृद्धा मानिस हुन पुगिन् । नर्थ… Continue reading अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज
क्यालिफोर्नियामा फेरी ७ दशमलव १ रेक्टरको भुकम्प
विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको रिजक्रिष्ट भन्ने स्थानलाई केन्द्र बनाएर ७ दशमलव १ म्याग्निच्युट रेक्टर स्केलको भुकम्पप गएको छ । भुकम्पको धक्का नजिकको राज्य एरिजोनाको फोनिक्स र नेभडाको लसभेगसको केही भागमा समेत महशुस गरिएको अमेरिकाको भुगर्व विभागले जनाएको छ । यस अघि पनि क्यालिफोर्नियामा हिजो मात्रैं ६ दशमलव ४ म्याग्निच्युट रेक्टरको स्केलको… Continue reading क्यालिफोर्नियामा फेरी ७ दशमलव १ रेक्टरको भुकम्प