विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले धेरै विदेशी मुद्रा लगेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आर्थिक वर्षको ६ महिनामै भ्रमण… Continue reading विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

एक महिनामै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

Photo : NBA

काठमाडौं । एक महिनामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।… Continue reading एक महिनामै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

२५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको रुपमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार श्री पुरानो गण ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार निधन भएको हो । उनी दोखला निवासी हुन् । सिपाही थापा हेडक्वाटरको बंकरमा स्ट्यान्डवाई डिउटीमा रहदा आफैंले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेला… Continue reading लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

काठमाडौं । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो । छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले… Continue reading स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि भिसा आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल,… Continue reading नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिएका छन् । बिहीबार महानगरमा भएको भेटमा उनले यस्तो निम्तो दिएका हुन् । भेटमा बालेनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरेका छन् । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि… Continue reading महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा. सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन… Continue reading नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइयो, विभागको जिम्मा

काठमाडौं । चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता ल्याइएको छ । यी मूर्ति बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं र १८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो… Continue reading नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइयो, विभागको जिम्मा

बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, प्रधानमन्त्री प्रचण्डसँग भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो । नेपालको प्रमुख विकास साझेदार बेलायतले… Continue reading बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, प्रधानमन्त्री प्रचण्डसँग भेट

न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

काठमाडौं । साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ । अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका अमेरिकीलाई ओलम्पिकसम्म पुराउने लक्ष्य राखेको छ । संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा… Continue reading न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे । ‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न… Continue reading कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजना र अति कम विकसित मुलुक ९एलडीसी०बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग राय लिएको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिएका छन् । आयोग आगामी ५ वर्षका… Continue reading नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए। उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा… Continue reading चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता

काठमाडौं । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो । यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक… Continue reading गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता

नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै

काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा। समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ ।… Continue reading नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै

रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु

काठमाडौं । रुसी सेनामा थप एक जना नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको नेपाली सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । गत भदौमा रुसी सेनामा… Continue reading रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु

युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी नेपाली टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन् ।… Continue reading युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

काठमाडौं । बिजनेस भिसा लिन अब अध्यागमन विभाग जान नपर्ने भएको छ । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार विभागले उद्योग विभाग अन्तर्गत रहेको एकल विन्दु सेवा केन्द्रबाट सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै… Continue reading विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

न्यूयोर्क। जिपी कोईराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे घाना र न्यूयोर्कमा सम्मानित भएका छन् । न्युयोर्कस्थित साउथ एसियन समुदायको सबै भन्दा पुरानो संस्था न्यु( अमेरिकन डेमोक्रेटिक क्लब लगायत न्यु अमेरीकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमले विशिष्ट व्यक्तिलाई सम्मान गरेको हो । सो क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा घिमिरेलाई साउथ एशियन एक्टिभिष्ट अफ द एअर… Continue reading घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य… Continue reading सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट अमेरिकामा मात्र २१ हजार नेपाली गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष स्थायी बसोबासको् पीआर लिएर विदेश गएका झन्डै ७१ हजार मानिसमध्ये अमेरिकामा मात्र २१ हजार मानिस पुगेका हुन् । नेपालीहरु १०९ वटा देशमा पुगेका छन् । नेपालीहरू विकसित भनिएका अमेरिका,… Continue reading सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग त्यहाँको सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । साथै उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरेका थिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदलेकेही मुलुकसँग… Continue reading रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु । हिमाली पारिस्थितिक… Continue reading हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल

युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति-सुरक्षाका लागि उभिन चाहेको बताएका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘विश्वको ६० प्रतिशतभन्दा… Continue reading युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान

युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

माघ ४, कम्पाला। असंलग्न आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन बिहीबार बेलुकी युगाण्डाको कम्पाला पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन् । सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले भने, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती… Continue reading युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन् ।माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री  बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेका हुन् ।शिखर सम्मेलनमा सहभागी हुने नेपाली  प्रतिनिधिमण्डलमा… Continue reading असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

यसियाली विकास बैङ्क र सरकारबीच २२ अर्ब सहायताको सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव… Continue reading यसियाली विकास बैङ्क र सरकारबीच २२ अर्ब सहायताको सम्झौता

प्रधानमन्त्री ४ माघमा युगाण्डा जाने

काठमाडौं । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहनेछन् । ५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् भने सम्मेलनमा… Continue reading प्रधानमन्त्री ४ माघमा युगाण्डा जाने

रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

काठमाडौं । नेपालबाट कामको खोजिमा विदेश पुगेका नेपालीले पठाउने रेमिट्यान्स उत्साह कायम छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक… Continue reading रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब