आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले… Continue reading आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

काठमाडौँ, कात्तिक ४ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका… Continue reading कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

लक्ष्मी पूजाको साँझ विद्युतको अधिकतम माग १६५० मेगावाट मात्र रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज ६ः५० बजे सबैभन्दा उच्च माग मापन गरिएको छ । साँझ आन्तरिक माग १६५० पुरा गरी १०१५ मेगावाट विद्युत निर्यात समेत भएको छ । यससँगै आजको माग धान्न कुल २६६५ मेगावाट नै पर्याप्त भएको नेपाल विद्युत प्राधिकरणले जनाएको… Continue reading लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

दिपावलीमा धपक्कै बल्यो काठमाडौं

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ काठमाडौँको हलचोकबाट देखिएको काठमाडौँमा बत्तको झिलिमिली । तस्बिर: हरिराम भेटुवाल / रासस

३ कात्तिक, काठमाडौं । लक्ष्मी पूजा तथा दिपावली आज नेपालभर हर्षोल्लाससहित मनाइयो । यस अवसरमा आज काठमाडौं विशेष रुपमा सिंगारियो । झिलिमिली लाइटका कारण आजको साँझ काठमाडौं धपक्कै बलेको थियो । सन्ध्याकालिन काठमाडौं नियाल्न अग्लो स्थानमा जाने प्रचलन समेत बढेको छ ।

तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । ‘नेपाल… Continue reading तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो

rss

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन्… Continue reading प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो

तिहारको तेस्रो दिन आज कुकुर पूजा

३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा… Continue reading तिहारको तेस्रो दिन आज कुकुर पूजा

पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको… Continue reading पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

काठमाडौँ, २ कात्तिकः काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला… Continue reading नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए… Continue reading कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

नयाँ भाँडा किनेर मनाइयो धनतेरस

rss

काठमाडौँ, १ कात्तिकः कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् । भाण्ड… Continue reading नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

१ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । दिपावलीको अवसरमा… Continue reading काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

१ कात्तिक, काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक… Continue reading सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

कमल खत्री–राससम्याग्दी, ३० असोजः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् । असोजको सुरुआतदेखि… Continue reading सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

तिहारको फूलले ढकमक्क देश

दाङको घोराही उपमहानगरपालिका–३ स्थित झिङनीमा सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर : कुलदीप न्यौपाने / रासस

३० असोज, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार घर आगनमै आइपुगेको छ । यस चाडमा फूल र बत्तिको अधिक माग हुन्छ । पछिल्लो समय व्यवसायीहरुले नेपाललाई फूलमा आत्मनिर्भर बनाउँदै लगेका छन् । फलस्वरुप यतिबेला देशका विभिन्न स्थानमा तिहारका फूलले ढकमक्क भएको देखिन्छ ।

गोदावरी पुष्प मेलाको रौनक

प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस

पाटन, ३० असोज । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले… Continue reading गोदावरी पुष्प मेलाको रौनक

कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

राससभोजपुर, २९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ ।नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि… Continue reading कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

Photo : The Rising Nepal

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर… Continue reading कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

दाङको घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित स्वर्गद्वारी मन्दिर आश्रममा रहेका गाईलाई चराउन चरन क्षेत्रतर्फ लगिँदै। यहाँ ७५ भन्दाबढी गाई रहेको आश्रमले जनाएको छ । तस्बिरः सुशीला ओली/रासस चरन क्षेत्रतर्फ लगिँदै स्वर्गद्वारी मन्दिर आश्रममा पालिएका गाई घोराही(दाङ), २६ असोजः

काठमाडौँ, २६ असोजः हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र… Continue reading नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

काठमाडौँ, २४ असोजः काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित… Continue reading तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

राष्ट्रिय समाचार समिति (रासस)खोटाङ, २४ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।… Continue reading ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

स्याङ्जा र पाल्पाको सङ्गमस्थल उत्तरवाहिनीस्थित कालीगण्डकी नदी किनारमा शालग्राम शीलाको सफाइ गर्दै स्थानीय महिलाहरू । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजानमा यहाँ आज मङ्गलबारबाट एक महिने दामोदर धर्मोत्सव हुँदैछ । तस्बिर : तोलाकान्त बगाले / रासस

काठमाडौँ, २१ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस,… Continue reading आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ६ मा अवस्थित गौराती भिमेश्वर मन्दिर । तस्बिर:देवराज सुवेदी ÷रासस

काठमाडौँ, २१ असोजः धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडादसैँ… Continue reading कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

आदिनाथमा एकमहिने मेला सुरु

काठमाडौँको कीर्तिपुर नगरपालिका-६ स्थित चोभार डाँडामा रहेको आदिनाथ मन्दिरमा पूजाअर्चना गर्दै भक्तजन । यस मन्दिरमा प्रत्येक वर्ष अश्विन शुक्ल पूर्णिमाका दिनबाट मेला सुरु भई कात्तिक शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ। तस्बिर : हरिराम भेटुवाल / रासस

२१ असोज, काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति राखिएका छन् । जसलाई अर्धनारेश्वर ‘आदिनाथ’ भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने… Continue reading आदिनाथमा एकमहिने मेला सुरु

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

Source : Hamro patro

काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि… Continue reading आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा

बडादसैँको दसौँ दिन बिहीबार विजय दशमीमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित ठुलाबडाको हातबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्दै। तस्बिरः मिला दरैरासस

आज हिन्दु धर्मावलम्बीले महान चाड विजयादशमीको टीका तथा ग्रहण गरिरहेका छन् । विजयादशमीको दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्ने प्रचलन रहेको छ । आज नेपालका विभिन्न स्थानमा दशैं उत्साव यस्तो देखियो….

राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

१६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिइन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका… Continue reading राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

१६ असोज, काठमाडौं । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो… Continue reading विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

१६ असोज, काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने पाइएको छ । धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र… Continue reading दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना… Continue reading आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत