काग तिहार आज, के छ महत्व ?

Photo : THT

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर… Continue reading काग तिहार आज, के छ महत्व ?

काठमाडौं महानगरका यी स्थानमा पाइने छ फूलको बिक्रि, प्लाष्टिकका फूल बेचे कारवाही

THT

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र फूल बिक्रि गर्न स्थान तोकेको छ । महानगरपालिकाका मेयर बोलन शाहले यसबारे जानकारी गराएका हुन् । उनले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गरिएको र प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराए । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा… Continue reading काठमाडौं महानगरका यी स्थानमा पाइने छ फूलको बिक्रि, प्लाष्टिकका फूल बेचे कारवाही

धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु

काठमाडौं\रासस। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्छ । सोहीकारण आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास… Continue reading धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

Photo : The Rising Nepal

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने जनाइएको छ… Continue reading भाइटीकाको उत्तम साइत ११ः३७ बजे

केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

म्यासाच्युसेट्स केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण,… Continue reading केप कडमा दशैं शुभकामना साँझ भब्यताका साथ सम्पन्न

कोजाग्रत पूर्णिमा आज, दसैं समापन

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै… Continue reading कोजाग्रत पूर्णिमा आज, दसैं समापन

बन्दिपुर पुगेका पर्यटकले लगाए दसैंको टिका

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको… Continue reading बन्दिपुर पुगेका पर्यटकले लगाए दसैंको टिका

पूर्वराजाको हातबाट टिका लगाउन निर्मल निवासमा भीड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । पूर्वराजाको हातबाट नायिका मनीषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएका छन् । दशैंको मुख्‍य दिन आज मान्यजनको हातबाट शुभसाइतमा… Continue reading पूर्वराजाको हातबाट टिका लगाउन निर्मल निवासमा भीड

प्रधानमन्त्रीलाई राष्ट्रपतिले लगाइदिए दसैंको टिका

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । आजै टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ… Continue reading प्रधानमन्त्रीलाई राष्ट्रपतिले लगाइदिए दसैंको टिका

दशैंमा राष्ट्रपतिले दिए शुभकामना

तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गरेका छन् ।… Continue reading दशैंमा राष्ट्रपतिले दिए शुभकामना

आज बडा दशैंको टिका, ११ बजेर ३६ मिनेटमा उत्तम साइत

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३… Continue reading आज बडा दशैंको टिका, ११ बजेर ३६ मिनेटमा उत्तम साइत

उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् । राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको… Continue reading उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

दसैंको महाअष्टमी र महानवमी पर्व आज एकै दिन मनाइदैं, यस्तो छ महत्व

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले… Continue reading दसैंको महाअष्टमी र महानवमी पर्व आज एकै दिन मनाइदैं, यस्तो छ महत्व

दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने

काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क चलाउने भएको छ । दशैंमा सार्वजनिक यातायात कम चल्दा सर्वसाधारण्लाई समन्य हुने गरेको छ । प्रहरीका अनुसार एक बस रिङरोडभित्र चल्ने छ भने अर्को बस बाहिर चलाउने योजना छ । काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान… Continue reading दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने

बडा दशैंको सातौं दिन, आज फूलपात्री भित्राइदैं

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ… Continue reading बडा दशैंको सातौं दिन, आज फूलपात्री भित्राइदैं

आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन… Continue reading आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

राष्ट्रपतिबाट साढे ३ बजेदेखि सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । मंगलबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरुका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन् । उपराष्ट्रपति,… Continue reading राष्ट्रपतिबाट साढे ३ बजेदेखि सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

दशैंको आज पाचौं दिन : स्कन्दमाताको पूजा आराधना

काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता… Continue reading दशैंको आज पाचौं दिन : स्कन्दमाताको पूजा आराधना

दशैंलाई कोशेली : तीन चलचित्र एक साथ प्रदर्शनमा

काठमाडौं । दशैंको बिदामा चलचित्र हेर्ने योजनामा हुनुहुन्छ ? यस पटक निर्माताले तपाईलाई तीन अवसर प्रदान गरेका छन् । चाडपर्वको मौकामा एक साथ तीन वटा चलचित्र प्रदर्शनमा आउँदैछन् । अरू बेलाभन्दा दसैँमा दर्शक बढी चलचित्र हेर्ने गरेको पाइन्छ । यसो हुनुमा एक त परिवार एक साथ जम्मा भएको मौका हुन्छ । अर्को बिदाको समय हुन्छ… Continue reading दशैंलाई कोशेली : तीन चलचित्र एक साथ प्रदर्शनमा

आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा आरधना

काठमाडौं । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,… Continue reading आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा आरधना

दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना

काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा… Continue reading दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना

मनसुनमा बन्द भएको हट एयर बलुनको पुनः उडान सुरु

काठमाडौं । मनसुनका कारण केही महिना स्थगित पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार कम्पनीले ९ हजार फिटमाथिसम्म हट एयर बेलुन उडान गर्छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा… Continue reading मनसुनमा बन्द भएको हट एयर बलुनको पुनः उडान सुरु

सुरु भयो बडा दशैं, आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको… Continue reading सुरु भयो बडा दशैं, आज घटस्थापना

न्युयोर्कमा हिमालय साँस्कृतिक प्रतिष्ठानको ‘साँस्कृतिक साँझ’ भव्य

दीपकराज पाण्डे, न्युयोर्क । नेपाली गीत तथा नृत्यको आकर्षक प्रस्तुतिहरु रहेको “दशैं तिहार विविध साँस्कृतिक साँझ -२०२४” न्युयोर्कको ज्याक्सन हाइट्सस्थित धर्म हाउसमा भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली कलाकारहरुको उम्दा कलाकारिता प्रस्तुत गरिएको कार्यक्रमको आयोजना ‘हिमालय साँस्कृतिक प्रतिष्ठान’ले दशैं तिहारको अवसर पारेर गरेको हो । गत शनिबार २८ तरिख साँझ ७ बजे शुरु भएको मनोरञ्जनात्मक… Continue reading न्युयोर्कमा हिमालय साँस्कृतिक प्रतिष्ठानको ‘साँस्कृतिक साँझ’ भव्य

नेपालबाहिर कु्न देशमा कति बजे छ दशैंको टिका लाउने उत्तम साइत ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१ बजे, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर… Continue reading नेपालबाहिर कु्न देशमा कति बजे छ दशैंको टिका लाउने उत्तम साइत ?

विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो । दशैं नजिकिएसँगै चङ्गा… Continue reading विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

कवि एवं गीतकार दीपा राईको ‘कुनै मधुर धुन’ सार्वजनिक

काठमाडौँ । कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समय अनुसार असोज तीन गते बिहिवार बिहान आठ बजे र अमेरिकी समय अनुसार बुधबार राति दश बजे गीतकार स्वयंको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दीपा राई पुनको शब्दमा मेलिना राईको स्वर रहेको छ… Continue reading कवि एवं गीतकार दीपा राईको ‘कुनै मधुर धुन’ सार्वजनिक

न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

बी.के. नेवा, न्युयोर्क । हरेक वर्षझैँ यस पटक नेवा गुठी न्युयोर्कले न्युयोर्कमा भव्यरुपमा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएको छ ।न्युयोर्कका ज्याक्सन हाइटमा नेवारी परम्पराले सिँगारिएको समयबजीको प्रतिक जसमा चिउरा, माछा, उसिनेको अण्डा, बारा, उसिनेको आलु, छोइला, अदुवा, मिठाई र फलफूलले सजाएको चिन्ह राखिएको थियो । उक्त प्रतिक हेर्न र फोटो खिच्न ठूलो संख्यामा मानिसको भिड लागेको… Continue reading न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा

दशैंका शुभसाइत सार्वजनिक, टिकाको उत्तम समय कति ?

काठमाडौं । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ। शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ। विजया दशमी असोज २६ गते शनिबार परेको छ। घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको… Continue reading दशैंका शुभसाइत सार्वजनिक, टिकाको उत्तम समय कति ?

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट आयोजना, प्रधानमन्त्री सहभागी

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको… Continue reading संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट आयोजना, प्रधानमन्त्री सहभागी